आईतवार, चैत्र २३, २०७६

    पर्यटन समाचार

    ओली-दाहालबीच सत्ता हस्तान्तरणको गोप्य सहमति !

    शुक्रबार, फागुन २०, २०७३ साल
    काठमाडौंं : संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निषष्र्क निकालेको छ । प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्वोधन हुने आश्वासन पाएपछि दाहाल नेतृत्वमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनलाई बाहिरबाट समर्थन गरेको मोर्चाकै भाषामा राप्रपाले अभिव्यक्ति दिएर आगामी दिनमा नयाँ सत्ता समिकरणको..

    निर्वाचनका लागि मोर्चालाई फकाउन बसेको बालुवाटार बैठक फेरि निष्कर्षविहीन

    बिहिवार, फागुन १९, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न सत्तारुढ दल र मधेसी मोर्चाका नेताबीचको छलफल फेरि निष्कर्षविहीन भएको छ। बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग कुरा मिल्न नसकेको जानकारी दिए । आक्रोसित मुद्रामा निस्किएका मधेसी नेताहरुले एक हातमा बन्दुक र अर्को हातमा संविधान देखाएर गर्न निर्वाचन गर्न खोजिएको भन्दै यो आफूहरुलाई स्वीकार्य नहुने बताए । मोर्चाले स्थानीय निर्वाचनअघि संसदमा दर्ता..

    महानगरका कार्यकारी अधिकृत तामाङको सरुवा, पौडेललाई जिम्मेवारी

    बुधबार, फागुन १८, २०७३ साल
    काठमाडौँ : महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सरुवा भएको छ ।उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव ईश्वर पौडेललाई लगिएको छ ।   तामाङलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तानिएको छ । सरकारले उनीहरुको सरुवा स्थानीय निर्वाचनको आचारसंहिता लागू आजबाट हुने थाहा पाएपछि मंगलबार राती कै मितिमै पौडेललाई कार्यकारी अधिकृतमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।..

    स्ववियुका लागि विद्यार्थीहरु मतदानमा मस्त (फोटो फिचरसहित)

    बुधबार, फागुन १८, २०७३ साल
    काठमाडौंः त्रिभुवन विश्वविद्यालयअन्तर्गतका केही आंगिक क्याम्पसमा बुधबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । मनोनयनपत्र दर्ता भएका क्याम्पसमा बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी पाँच बजेसम्म चल्नेछ । अधिकांश क्याम्पसहरुमा २८ बर्षे उमेर हदको विषयलाई लिएर नेपाल विद्यार्थी संघसमर्थकहरुले तालाबन्दी गरेका कारण आज निर्वाचन हुन नसके पनि अढाई दर्जन जति क्याम्पसहरुमा भने मतदान भइरहेको छ । जसमध्ये राजधानीमा पाँचवटामा मात्रै..

    संविधान संशोधनमा एमालेले अवरोध गरे पनि नझस्कन मोर्चालाई दाहालको आग्रह

    बुधबार, फागुन १८, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी जनताको माग भन्दै मधेसलाई विखण्डन गर्न खोजिएको बताएका छन् । उनले निर्वाचनलाई कुनै पनि बहानामा नरोकिने बताएका छन् ।  देशवासीका नाममा मंगलबार अपरान्ह सम्बोधन गर्दै दाहालले सरकारले गरेका कामको फेहरिस्त पनि प्रस्तुत गरे । उनले कुनै पनि अतिवादलाई नसहने भन्दै त्यस्तै अतिवाद जुनसुकै क्षेत्रबाट भए पनि स्वीकार गर्न नसकिने बताए ।  मधेसी मोर्चाको मागलाई मात्रै अतिवाद भन्दा..

    मधेसी मोर्चाले संविधान संशोधन बिना निर्वाचन स्वीकार नगर्ने

    बुधबार, फागुन १८, २०७३ साल
    काठमाडौंः सत्तारुढ दलको निरन्तर आग्रह र नियमित वार्ताबाट पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो पूरानो अडान नछाडे पछि आउँदो बैशाख ३० गतेलाई स्थानीय निर्वाचनको घोषणा गरेको सरकार अन्योलमा परेको छ ।  प्रधानमन्त्रीसहित सत्तारुद दलका प्रतिनिधि र मोर्चाका प्रतिनिधिबीच पछिल्ला दिनहरुमा नियमित वार्ता जारी छन् । मंगलबार भएको वार्तामा पनि मोर्चाले पहिलो संविधान संशोधन गरेर मात्रै निर्वाचन जानुपर्ने भन्दै अन्यथा आफूहरुले सुरु..

    दाहालले मोर्चालाई भने– संघीयता उल्टिने खतरा बढ्यो, सहमतिमा आउनुहोस्

    मंगलवार, फागुन १७, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया, स्थानीय तहको निर्वाचन र सहमतिका आधारका विषयमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा दाहालले हाल सहमति हुन सक्ने विषयमा सहमति गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढाउन र सहमति हुन नसकेका विषयमा बिस्तारै सहमति जुटाउँदै जाने भएकाले त्यसमा सहयोग गर्न आग्रह गरे..

    स्थानीय चुनावमा हार्ने डरले सत्ताधारीहरु थुरथुर भएः ओली

    मंगलवार, फागुन १७, २०७३ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा पराजित हुने डरमा सत्तारुढ दलहरु थुरथुर भएको बताएका छन् ।   ‘मेची–महाकाली अभियान’का स्वयंसेवकहरूलाई प्रशिक्षण दिने क्रममा सोमबार उनले निर्वाचन घोषणा भए पनि यसलाई बिथोल्न सत्तारूढ दलहरू लागिपरेको भन्दै एमालेको नीति र कार्यक्रमबाट चुनावमा बढारिने डरले थुरथुर भएको बताए ।  प्रहरी प्रशासनलाई प्रयोग गरेर चुनाव जितित्छ भन्ने भ्रममा सत्तामा बस्नेहरु रहेको भन्दै ओलीले..

    विजुक्छेंको ठोकुवाः यो सरकार रहेसम्म निर्वाचन हुँदैन, प्रचण्ड, देउवा र सिके एकै ठाउँबाट परिचालित

    मंगलवार, फागुन १७, २०७३ साल
    भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने खुलासा गरेका छन् ।   रफत सञ्चार क्लवमा सोमबार बोल्दै उनले स्थानीय तहको निर्वाचन घोषणा गरे पनि यो सरकारले निर्वाचन गर्न नसक्ने ठाकुवा गरे । विजुक्छेंले संविधान संशोधन नभई चुनाव हुन नदिइने र चुनाव नभए यो सरकार पनि नरहेको तर्क गरे ।  संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको..

    राजदूतमा सिफारिस दुई विवादास्पदको नाम फिर्ता, अर्का दुईको नाम फिर्ता लिन आलटाल

    सोमबार, फागुन १६, २०७३ साल
    काठमाडौंः चौतर्फी विरोधपछि काँग्रेस र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको कोटाबाट राजदूत सिफारिस भएका दुई महिलाको नाम फिर्ता भएको छ । मन्त्रिपरिषदले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूतमा सिफारिसमा परेकाहरुको नाम फिर्ता लिएको हो ।  कांग्रेसको कोटामा युएईका लागि आशाकुमारी लामा र फोरम लोकतान्त्रिकबाट पराजुलीको नाम सिफारिस भएको थियो । विवादास्पद पृष्टभूमिका यी दुईबाट काँग्रेस सभापति शेरबहादुर देउवा र फोरम..

    स्थानीय निकायको चुनावमा १ करोड ४० लाख मतदाता, १९ लाख थपिए

    आईतवार, फागुन १५, २०७३ साल
    काठमाडौँ: स्थानीय तहको बैशाख ३१  गते  हुने निर्वाचनमा करिव १ करोड ४० लाख व्यक्तिले मतदान  गर्न  पाउने  भएका छन् । अघिल्लो पटकको चुनाव  अर्थात् २०७० सालको भएको दोश्रो संबिधान सभाको निर्वाचनमा मतदाताको संख्या १ करोड २१ लाख मात्र थियो। यो पल्टको चुनावका लागि करिव १९ लाख मतदाता थपिएका हुन् । निर्वाचन आयोगका अनुसार फागुन ९ गतेसम्म दर्ता गरिएका मतदाताको अनुमानित संख्या..

    निर्वाचन आयोगले तिरायो यी ३० दललाई जरिवाना, हेर्नुहोस् को-को परे कारवाहीमा

    आईतवार, फागुन १५, २०७३ साल
    काठमाडौं : निर्वाचन आयोगले आइतबार नेपालका विभिन्न ३० राजनैतिक दलहरुले तोकिएको समयमा पार्टीको वार्षिक आयव्यय विवरण नबुझाएको कारबाही गरेको छ । कारबाहीमा पर्ने बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसहित मधेशबादी दल लगायत अरु साना दलहरु प्राय रहेका छन्  । ती ३० दलले स्पष्टिकरण सोध्दा समेत जवाफ नपठाएको तथा पठाएकाले पनि चित्तबुझ्दो जवाफ नदिएपछि आयोगले कारबाहीस्वरुप १०० रुपियाँ जरिवाना तिराउने निर्णय गरेको हो । आयोगको..

    गोकुलेश्वर कृषि क्याम्पसमा नेविसंघ विजयी

    आईतवार, फागुन १५, २०७३ साल
    बैतडीः गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज बैतडीको  स्ववियु निर्वाचनमा सभापतिमा नेपाल विद्यार्थी सङ्घका राजेन्द्र बम विजयी भएका छन् ।  शनिबार सम्पन्न स्ववियुको निर्वाचनमा उनले प्रतिस्पर्धीलाई एक मतले पछि पारेका हुन् । बमले ७० मत प्राप्त गरेकामा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका हरेन्द्र खड्काले ६९ मत प्राप्त गरे ।   यस्तै सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का खगेन्द्र कँडेल र कोषाध्यक्षमा नेविसङ्घका दिनेश जमरकट्टेल तथा सदस्यमा नेविसङ्घका..

    उमेर हद विवादले अधिकांश क्याम्पसमा मनोनयन हुन सकेन, स्ववियु चुनाव अन्योलमा

    शनिबार, फागुन १४, २०७३ साल
    काठमाडौंः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा फागुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन प्रभावित हुन पुगेको छ । विश्वविद्यालयका ६० क्याम्पसमध्ये ३९ वटा मा शनिबार मनोनयनपत्र दर्ता हुन सकेन ।  मनोनयन दर्ता भएका २१ वटामा पनि निर्वाचन अन्योल कायमै छ । विभिन्न विद्यार्थी संगठनको तालाबन्दीले मनोनयन दर्ता हुन नसकेको हो । मनोनयन दर्ता गर्ने क्रममा आरआर क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच..

    राजदूत सिफारिसमा व्यापक आर्थिक चलखेल भएको भन्दै काँग्रेसमा बिग्रह सुरु

    आईतवार, फागुन १५, २०७३ साल
    काठमाडौंः राजदूत नियुक्तिमा व्यापक आर्थिक चलखेल भएको भन्दै काँग्रेसभित्र विवाद चुलिएको छ । काँग्रेसमा शेरबहादुर देउवा समूहले मोटो रकम लिएर राजदूत पद बिक्री गरेको भन्दै रामचन्द्र पौडेल पक्षले विरोध जनाएको हो ।  काँग्रेस महामन्त्री शशांक कोइरालको निवासमा शुक्रबार भएको बैठकमा पार्टीलाई नै बदनाम गर्नेगरी काँग्रेससँगै नातै नजोडिएकाहरुलाई पैसाको आधारमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न देउवा पक्षले नाम दिएको भन्दै आपत्ति जनाइएको..

    भारतीय राजदूत भन्छन्– मलाई निकै माया गर्नुभयो, धन्यवाद छ सबै नेपालीलाई

    शनिबार, फागुन १४, २०७३ साल
    काठमाडौंः नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतको समृद्धीले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तर्क गरेका छन् ।  नीति अनुसन्धान प्रतिष्ठानले शनिबार रायको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले दुवै देश समृद्धीतर्फ बढिसकेकाले अहिलेका समस्या चाँडै समाधान हुने बताए ।  आफ्नो तीन बर्षे कार्यकाल सकेर फर्किन लागेका उनलाई सम्मान गर्न पछिल्ला दिनमा विभिन्न संस्था र व्यक्तिको होड नै चलेको छ..

    चुनाव हुनेमा शङ्का गर्नु हुँदैन् – देउवा

    शनिबार, फागुन १४, २०७३ साल
    विर्तामोडः काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । काँग्रेस झापाले शुक्रबार विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले भने – ‘संविधान पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ ।’  सभापति देउवाले संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुदैन् भन्दै निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।  एमालेले समाजिक सद्भाव बिगार्ने काममा लागेको..

    नेपाल छोडन लागेका भारतीय राजदूतले भने– मोर्चालाई पनि चुनावमा सहभागी गराउँदा सबैको भलो हुन्छ

    शनिबार, फागुन १४, २०७३ साल
    काठमाडौंः आफ्नो तीन बर्षे कार्यकाल सकेर फर्किन लागेका भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागिता हुनुपर्ने बताएका छन् ।  शुक्रबार रिपोर्टर्स क्लवमा उनले भने, ‘चुनावमा नेपालका सबै दलहरुको सहभागिताको अनिवार्य आवश्यकता छ, भारत विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हो, भारतले चुनावको कहिल्यै पनि विरोध गर्दैन्, चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ, त्यसैले नेपालमा हुन लागिरहेको..

    संविधान संशोधनमा ओली लचक, उनकै दलका मधेसी नेता भन्छन– कुनै हालतमा पास हुन्न

    बिहिवार, फागुन १२, २०७३ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन गर्न नहुने कुरामा आफ्नो अडानबाट पछि हट्न लागेका बेला सोही पार्टीका एक मधेसी नेताले भने कुनै पनि हालतमा संविधान संशोधन नहुने जिकिर गरेका छन्  ।  एमालेका नेता रघुवीर महासेठले बिहीबार रिपोर्टर्स क्लवमा बोल्दै कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरे । मधेसी मोर्चाले परिमार्जनसहित प्रस्ताव पारित गर्नुपर्ने माग राखेको..

    कुनै पनि हालतमा संशोधन प्रक्रिया नस्वीकार्ने बताउँदै आएका ओली भए यूटर्न

    शुक्रबार, फागुन १३, २०७३ साल
    काठमाडौंः संविधान संशोधनले राष्ट्यितामा आघात पुग्ने भन्दै कुनै पनि हालतमा यसलाई स्वीकार नगर्ने अडान दिँदै आएका एमाले अध्यक्ष केपी ओली एकाएक संशोधन प्रक्रिया अघि बढाउन सहमत भएका छन् ।  संशोधन विद्येयक अघि बढाउने विषयमा विपक्षी दल एमालेका अध्यक्ष ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तिबीच बिहीबार बिहान सहमति भएको छ । सहमतिसँगै व्यवस्थापिका संसद पनि आजदेखि सञ्चालन हुने जनाइएको छ..

    निर्वाचन आयोगले सार्वजनिक गर्यो यस्तो निर्वाचन कार्यतालिका

    बिहिवार, फागुन १२, २०७३ साल
    काठमाडौंः सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले बुधबार कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको छ । आयोगले निर्वाचनका सन्दर्भमा आयोगबाट भएका..

    ओलीको चकलेट राजनीति ! आफ्नो जन्म दिनमा संसद भवनमा चकलेट वितरण

    बुधबार, फागुन ११, २०७३ साल
    काठमाडौं : संयोग नै मान्नु पर्छ, आजै नै संसद बैठक अनि आज नै नेकपा एमालेका अध्यक्ष केपी ओलीको ६६ औं जन्म दिन । अचम्म त के भने गएको साल ओलीले आफ्नो जन्म दिन भारतको नयाँ दिल्लीमा मनाएका थिए जतिबेला उनी प्रधानमन्त्री हुँदा भारतको औपचारिक भ्रमणमा थिए भने यसपाली उनले अलि फरक शैली रोजे त्यो के भने सबै सांसदहरुलाई संसद भवनमा चकलेट..

    एमाले नेता गौतम जनकपुरमा मोर्चाको घेराबन्दीमा, दुई कार्यकर्ताबीच झडप

    बुधबार, फागुन ११, २०७३ साल
    जनकपुधाम : मधेसी मोर्चाले बुधाबर घोषित मधेश बन्दको बेला जनकपुरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा  एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराबन्दीमा परेका छन् । मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका छन्। सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता..

    संविधान संशोधनमा एमालेले सम्झौता नगर्ने, मोर्चाले बहिस्कार गर्यो सर्वदलीय बैठक

    मंगलवार, फागुन १०, २०७३ साल
    काठमाडौंः निर्वाचन घोषणासँगै मधेस केन्द्रीत केही दल रुष्ट भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सघाउन विपक्षी दल एमालेलाई आग्रह गरे पनि उसले ठाडै अस्वीकार गरेको छ ।  नयाँ बानेश्वरमा बसेको सबै दलीय बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहितका नेताहरुले अस्वीकार गरेका हुन । एमालेले पहिले देखि नै संविधान संशोधनको औचित्यतता नरहेको भन्दै प्रदेशहरुको सीमांकनसमेत हेरफेर गर्न नहुने अडान लिँदै आएको..

    स्थानीय निर्वाचनमा भोटिङ मेशिन प्रयोग गर्ने निर्णयबाट आयोग पछि हट्यो

    मंगलवार, फागुन १०, २०७३ साल
    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागु हुने बताएका छन् ।  मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘आयोगले यही हप्ताभित्रै आचार संहिता लागु गर्छ, शुन्य सहनशिलताका आधारमा हामी आचार संहिता लागु गर्नेगरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेबित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं ।’ यादवले आयोगले निष्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन..

    एमालेको कार्यक्रममा अवरोध भए त्यसको प्रतिकार हुनेछ: ओली

    मंगलवार, फागुन १०, २०७३ साल
    काठमाडौँ :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको दलको मेची–महाकाली अभियानलाई कुनै पनि खालको अवरोध र अडचन हुने कार्यक्रम नगर्न सचेत गरेका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा मंगलबार ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उनले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु¥याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरेका..

    संसद बैठक सूचना टाँसेर स्थगित

    मंगलवार, फागुन १०, २०७३ साल
    काठमाडौँ : आज बस्ने भनिएको संसद बैठक सूचना टाँसेर  स्थगित गरिएको छ। बैठक  बस्नकै लागि भनेर  सभामुख ओनसरी  घर्तीले  बिहानदेखि  प्रमुख  दलका  प्रमुख  सचेतकहरूसंग छुट्टाछुट्टै बैठक गरेकी  थिइन् । संविधान संशोधन प्रस्तावलाई कार्यसूचीमा राख्दा एमालेको सदनमा हुन सक्ने अवरोध र मोर्चाको मागबारे संसोधन प्रस्ताव कार्यसूचीमा नराख्दा मोर्चाले पनि अबरोध गर्न सक्ने भएकोले आजको बैठक सूचना टाँसेर स्थगित गरिएको संसद सचिवालयले जनाएको..

    निर्वाचन घोषणाको विरोधमा मोर्चाले सुरु गर्यो आन्दोलन

    मंगलवार, फागुन १०, २०७३ साल
    वीरगन्जः सरकारले माग सम्बोधन नगरी स्थानीय निर्वाचन घोषणा गरेको भन्दै मधेसी मोर्चाले आन्दोलन सुरु गरेको छ । मोर्चालाई मनाएर चुनाव घोषणा गर्ने सरकारको प्रयास असफल भएपछि सरकारले सोमबार विना सहमति बैशाख ३१ लाई चुनावको मिति घोषणा गरेको थियो ।  मोर्चाका एक नेता राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टीले वीरगन्जमा मंगलबार बिहानैदेखि निर्वाचनको विरोधमा प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले प्रधामन्त्री पुष्पकमल दाहालको..
    Results 1048: You are at page 35 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35
    Weather Forecast