आईतवार, चैत्र २३, २०७६

    पर्यटन समाचार

    राजविराज घटनाको छाविन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौंः सरकारले राजविराज घटनाको छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले आयोग गठन गर्ने निर्ण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश तोक्ने निर्णय गरेको छ ।  आयोगका पदाधिकारी चयन गर्ने गृह मन्त्रालयले गर्नेछ । मन्त्रालयले सुरक्षा निकायका प्रतिनिधिलाई सम्मिलत गरी आयोगलाई पूर्णता दिनेछ । साथै, बैठकले राजविराजमा प्रहरीसँगको झडपमा मृत्यु भएकाहरुको..

    यादवको घोषणाः अब एमालेलाई मधेसमा अवरोध गर्दैनौं, ढुक्क भएर कार्यक्रम गर्नुस

    बिहिवार, फागुन २६, २०७३ साल
    काठमाडौंः मधेसी मोर्चाका एक नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले अब कार्यक्रम गर्दा अवरोध नगर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले आफूहरुको अवरोधको नीति नरहेको स्पष्ट पारे ।   यादवले भने, ‘अब एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’ उनले..

    उपेन्द्रको ठूला दलका नेतालाई प्रश्न– नरेन्द्र मोदीको अगाडि संविधान संशोधन गर्छु भनेको होइन ?

    बिहिवार, फागुन २६, २०७३ साल
    भक्तपुरः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा बुधबार बोल्दै यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको दावी गरे ।  लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेसी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा..

    चुरेको निष्कर्ष– सप्तरी घटनामा मोर्चा दोषी, उसैले जिम्मेवारी लिनुपर्छ

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौंः चुरेभावर राष्ट्रिय एकता पार्टीले सोमबार सप्तरीको राजविराजमा घटेको घटनाको दोषी मधेसी मोर्चा हो भन्दै उसैले यस घटनाको जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।  सो पार्टीले बुधबार विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गर्ने, भाला लाठी जस्ता घरेलु हतियार प्रहार गर्ने र अराजकता, उदण्डताजस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण नै मानवीय क्षति हुन पुगेको बताएको छ..

    मोर्चाद्वारा प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र: पहिलो सर्त स्थानीय निर्वाचन कार्यक्रम फिर्ता

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार पाँचबुँदे ज्ञापनपत्र बुझाई सो माग पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन..

    नेपालको संबिधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको प्रधानमन्त्री दाहालको दावी

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको बताएका छन् । १ सय ७ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गरेको उल्लेख गर्दै नेपालको संविधान सबैभन्दा महिलामैत्री भएको दावी गरेका हुन् । सरकारले घोषणा गरेको २०७४ वैशाख ३१ गतेको स्थानीय निर्वाचन मार्फत हजारौं महिलाहरु..

    चाक्सीवारीमा पौडेल समूहको बैठक, मुलुकलाई निकास दिन नेतृत्व असफल भएको निष्कर्ष

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौंः मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि काँग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको रामचन्द्र पौडेल पक्षधरहरुको मंगलबार बसेको बैठकले निष्कर्ष निकालेको छ ।  संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पार्टीको पदाधिकारीदेखि केन्द्रीय सदस्य तथा विभागलाई पूर्णता दिन सभापति शेरबहादुर देउवा असफल भएको र आर्थिक चलखेलमा राजदूत नियुक्ति जस्ता विवादास्पद कुरामा अल्झिएको पौडेल पक्षधरहरुको बताए ।  पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले राजनीतिक..

    सप्तरीमा नयाँ प्रजिअ र प्रहरी प्रमुख पठाइए

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौँ : गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ । यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक..

    राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि समस्या समाधान गरौंः पौडेल

    बुधबार, फागुन २५, २०७३ साल
    तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखदायी रहेको बताएका छन् ।  दमौलीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको भन्दै मुलुकभित्र देखिएका समस्या समाधान गर्न आवश्यक परे राष्ट्रिय सहमतीको सरकार गठन गरेर भए पनि निकास दिन सक्नुपर्ने बताए ।  यस्तो स्थितिमा स्थानिय चुनाव हुन सक्ला ? भन्ने..

    एमालेले भन्यो- राजविराज घटनामा हामी होइन, यी कारण मोर्चा दोषी छ

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौंः सप्तरी घटनामा प्रत्यक्ष जोडिएको नेकपा एमालेले उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । घटना हुनुमा एमालेसमेत दोषी रहेको भन्दै सो दलका नेताहरुलाई कारवाही गर्न माग भइरहेको बेला एमालेले यसमा आफूहरु दोषी नरहेको दावी गरेको हो ।  मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा गरिएको पत्रकार सम्मेलनमा राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्यो । घटनाको..

    मोर्चा कार्यकर्ताको निशानामा सरकारी गाडि र भवन, मानवअधिकार आयोगको गाडि तोडफोड

    मंगलवार, फागुन २४, २०७३ साल
    सप्तरीः सोमबार प्रहरीसँगको झडपमा तीन जना मधेसी मोर्चाका तीन कार्यकर्ताको ज्यान गएपछि आक्रोसित मोर्चाका कार्यकर्ताले मंगलबार बिहान राष्ट्रिय मानवअधिकार आयोगको गाडि तोडफोड गरेका छन् ।  हिजोदेखि नै तनावग्रस्त रहेको राजविराजमा उत्तेजित भिडले जिल्ला प्रशासन अगाडि नै आयोगको जनकपुर कार्यालयको गाडी तोडफोड गरेको हो । बा ७ च ७४७३ नम्बरको स्कोरपियो गाडिमा पाँच जना आयोगका कर्मचारी सवार थिए । तोडफोडबाट गाडिको सिसा..

    सप्तरी सिडिओ र प्रहरी प्रमुखलाई प्रधानमन्त्री दाहालले काठमाडौँ बोलाए

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना  र जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्। उनीहरुलाई गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीको निर्देशनमा फोन गरेर सोमबारको घटनाबारे बुझ्न प्रधानमन्त्रीले प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्। प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार घटनाबारे जानकारी लिन प्रजिअ र प्रहरी प्रमुखलाई बोलाएको मात्रै हो यसलाई तानिएको वा सरुवा गरिएको भनेरेअ नबुझ्न..

    सप्तरी बन्द, बिहानैदेखि अवस्था तनावपूर्ण

    मंगलवार, फागुन २४, २०७३ साल
    राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी जिल्ला पूर्णरुपमा बन्द भएको छ । बन्दका कारण यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था बन्द भएका छन् । आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै..

    मोर्चाले सरकारले दिएको समर्थन फिर्ता लियो, मुलुक २०४७ सालमा फर्किने संकेत

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौंः सप्तरीको राजविराजमा चार जनाको ज्यान जानेगरी राजनीतिक द्धन्द्ध चर्कियसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  संघीय समाजवादी फोरम, नेपालको कार्यालय सोमबार साँझ तीनकुनेमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  समर्थन फिर्ताको औपचारिक पत्र मंगलबार सभामुख ओनसरी घर्तीलाई बुझाइने मोर्चाले तयारी गरेको छ । मुलुक राजनीतिक निकासभन्दा पनि द्धन्द्ध र मुठभेडतर्फ लम्किँदा..

    राजविराज घटनामा मृत्यु हुनेको संख्या ३, गम्भीर घाइतेहरुको उपचार जारी

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौंः सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ९२ का सञ्‍जन मेहताको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई घाइतको उपचारका लागि लाने क्रममा मृत्यु भएको हो । मृत्यु हुने अन्यमा सप्तरी मलेठ ४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरीले जनाएको छ ।  अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको..

    एमालेको कार्यक्रम बिथोल्न खोज्दा गोली लागि एक मोर्चा कार्यकर्ताको मृत्यु, जर्दनौ घाइते

    सोमबार, फागुन २३, २०७३ साल
    सप्तरीः प्रमुख प्रतिपक्षी दल एमालेको मेची–महाकाली अभियान बिथोल्न आएको मधेसी मोर्चा समर्थक कार्यकर्तालाई रोक्न प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको छ । दुईवटा समूहको मुठभेड हुन नदिन प्रहरीले मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा भिडबाट ढुँगामुडा हुँदा गोली चलाउन बाध्य भएको प्रहरीको भनाई छ । टउकोमा गोली लागेका मोर्चाका कार्यकर्ता सप्तरीको मलेठ– २ का अन्दाजी १८ वर्षीय सन्जन मेहताको घटनास्थलमै मृत्यु..

    एमालेको शक्ति देखेर शक्ति केन्द्र डराएः रविन्द्र अधिकारी

    सोमबार, फागुन २३, २०७३ साल
    भक्तपुरः नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले मधेसका दुई चार ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने तर्क गरेका छन् । रफत सञ्चार क्लवमा सोमबार अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार गर्न सकिन्न भन्दै संविधान संशोधनभन्दा पहिला निर्वाचन जरुरी छ भने । निर्वाचन गराउन नखोज्ने सरकारको नियतलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनको भनाई थियो । एमालेलाई विकासविरोधी प्रमाणित गर्न अधिकारीले..

    स्थानीय विकासका दयालु कर्मचारीले धुर्मुस सुन्तलीलाई दिए एक लाख

    सोमबार, फागुन २३, २०७३ साल
    काठमाडौंः महोत्तरीको बर्दिवासमा मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई स्थानीय विकास मन्त्रालयका कर्मचारीले एक लाख दुई हजार ५१० रुपियाँ सहयोग गरेका छन् ।  बस्ती निर्माण गर्न रकम अभाव भएको भन्ने समाचार सुनेर आफूहरुले धुर्मुस सुन्तलीलाई उक्त सहयोग गरेको कर्मचारीहरुले बताए । धुर्मुस सुन्तलीले बस्ती निर्माण गर्न दुई करोड रुपियाँ आवश्यक..

    मोर्चाको धम्कीपछि एमालेले सरकारसँग माग्यो शान्ति सुरक्षा

    सोमबार, फागुन २३, २०७३ साल
    इटहरीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेसलाई केन्द्रीत गर्दै शनिवारबाट सुरु गरेको मेचीमहाकाली अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको भन्दै एमालेले सरकारसँग शान्ति सुरक्षा मागेको छ ।  आफ्नो अभियान असफल बनाउन स्वयम सरकारले समेत अप्रत्यक्ष रुपमा सहयोग गरेको एमालेको ठहर छ । उसले आफ्नो अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ ।  मोर्चाका कार्यकर्ताले सिरहा, सप्तरीलगायतका स्थानमा..

    सप्तरीको राजबिराजमा दुईवटा बम फेला

    सोमबार, फागुन २३, २०७३ साल
    राजविराज: नेकपा एमालेले गर्न लागेको आजको मेची–महाकाली अभियान अन्तर्गत सभा बिथोल्ने उदेश्यले सोमबार सप्तरीको राजविराजमा दुईवटा बम फेला परेको छ। राजविराज नगरपालिका–४, मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर कार्कीले जानकारी दिए। बम डिस्पोजलका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको कार्कीले बताए । बम भेटिएको स्थान एमालेको सभास्थल नजिकैको पर्दछ। एमालेले राजविराजको औद्योगिक क्षेत्रमा सोमबार दिउँसो..

    स्थानीय तहको विवाद समाधान गर्न ७४४ कायम गरियो

    सोमबार, फागुन २३, २०७३ साल
    काठमाडौंः मन्त्रिपरिषदको आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको संख्या ७४४ कायम गर्ने निर्णय गरेको छ । बैठकले माओवादी र कांग्रेसबीच भएको सहमतिअनुसार उक्त संख्या कायम गरेको हो ।  यसअघि स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले स्थानीय तह थप्ने प्रस्ताव सहितको प्रतिवेदन मन्त्रिपरिषदमा बुझाएको थियो । कार्यदलले १० जिल्लामा १९ स्थानीय तह थप्ने प्रस्ताव गरेको भएपनि माओवादी र कांग्रेसबीच मधेसमा २१ र..

    एमालेको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न मोर्चालाई मानवअधिकार आयोगको ध्यानाकर्षण

    सोमबार, फागुन २३, २०७३ साल
    काठमाडौंः राष्ट्रिय मानव अधिकार आयोगले एमालेको पूर्वनिर्धारित र शान्तिपूर्ण कार्यक्रमलाई नबिथोल्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ध्यानाकर्षण गराएको छ । यस्तो कदम मानवअधिकारविपरीत हो भन्दै आयोगले तत्काल त्यस्ता गतिविधि रोक्न मोर्चालाई आग्रह गरेको छ ।  आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्मविपरीत कार्य हो भन्दै भनेको छ, ‘आफ्ना फरक मतहरू राख्ने..

    एमालेको मेची-महाकाली अभियान सुरु, सरकारको दोधारे चरित्रले चुनाव हुनेमा आशंकाः ओली

    आईतवार, फागुन २२, २०७३ साल
    झापाः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाको काँकडभिट्टाबाट शनिबार ‘मेची-महाकाली राष्ट्रिय अभियान' सुरु गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको यस अभियान काँकडभिट्टामा आयोजित आमसभामा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय झन्डा फहराएर थालनी गरेका हुन ।  cयो अभियानअन्तर्गत शनिबार झापाका काँकडभिट्टा, बिर्तामोड र दमकमा आमसभा आयोजना गरियो । मधेसी दलहरुले उठाएका मुद्दालाई चर्को आलोचना गर्दै आएको एमालेले तराईका..

    नैतिकवान नेता नभएर जनताले दुःख पाएः पौडेल

    शनिबार, फागुन २१, २०७३ साल
    इटहरीः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समयमा नेपाली काँग्रेससँग ठोस नीति तथा कार्यक्रम भए पनि नैतिकवान् नेताको खडेरी पर्दै गएकाले नेपाली जनताले दुःख पाइरहेको बताएका छन् ।  नेता पौडेलले नेपाली प्रेसले नैतिकवान् नेपाली नेता बन्नेतर्फ सचेतनाको सन्देश प्रवाह गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ सुनसरीको दसौं जिल्ला अधिवेशन समारोहमा निर्वाचित पदाधिकारीको पदस्थापना समारोहलाई सम्बोधन गर्ने उनले देशले संविधान प्राप्त..

    एमालेले लट्ठी लिएर मधेस आए नमस्कार नगर्ने ठाकुरको चेतावनी

    शनिबार, फागुन २१, २०७३ साल
    काठमाडौंः तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले यसले मधेसमा द्धन्द्ध बढ्ने चेतावनी दिएका छन् ।  नेता ठाकुरले शनिबार राजधानीको एक कार्यक्रममा भने, ‘अहिले मधेस अशान्त अवस्थामा छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरु भइरहेका छन्, यस्तो अवस्थामा एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले..

    महाधिवेशनको एक महिनामै राप्रपामा पदाधिकारी चयन, काँग्रेसलाई चुनौति

    शनिबार, फागुन २१, २०७३ साल
    काठमाडौंः भर्खरै एकता महाधिवेशनसम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छ उपाध्यक्षसहित २७ पार्टी पदाधिकारीको मनोनयन गरेका छन्। मुलुककै ठूलो र आफूलाई लोकतान्त्रिक बताउने काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन भएको महिनौ बितिसक्दासमेत पदाधिकारी नियुक्त गर्न नसकिरहेको बेला राप्रपाले भने महाधिवेशन भएको एक महिनाभित्रमै पदाधिकारी चयन गरेर देखाएर काँग्रेसलाई चुनौति दिएको छ ।  राप्रपामा पाँच महामन्त्री, चार सहमहामन्त्री, छ सहायक महामन्त्री, तीन..

    चुनावमा भाग लिने एउटा मधेसी दलको घोषणा

    शुक्रबार, फागुन २०, २०७३ साल
    काठमाडौंः बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले शुक्रबार राजधानीको एक कार्यक्रममा बोल्दै निर्वाचनमा भाग लिने घोषणा गरेका छन् ।  उनले भने, ‘मधेस आन्दोलनमा मानिसलाई मरिदेउ, तिमीलाई ५० लाख दिन्छु भनेर आह्वान गर्दा कसैको हित हुँदैन र भएन पनि, मर्नेको सपना साकार भएको छैन, यो राजनीतिक चरित्र पनि होइन, प्राप्त उपलब्धिहरू संस्थागत गर्नको लागि निर्वाचनको खाँचो छ ।’ लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकोले..

    असहमतिकाबीच राप्रपाको चुनाव चिन्ह 'गाई' राख्ने निर्णय

    शुक्रबार, फागुन २०, २०७३ साल
    काठमाडौँ : राष्ट्रिय  प्रजातन्त्र पार्टीको (राप्रपा) आधिकारिक चुनाव चिन्ह कुन राख्ने भन्ने विवाद अन्तत 'गाई लाई नै मान्ने गरी सल्टिएको छ। तर पार्टीमा केही शीर्ष नेताहरुले त्यसबारे असहमति जनाएका थिए तर आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चुनाव चिन्ह गाई नै राख्ने निर्णय गरेको हो । पार्टी मुख्यालयमा जारी पार्टीको बैठकले सो निर्णय गरेको केन्द्रीय सदस्य कोमल ओलीले जानकारी दिए। गाईलाई नै पार्टीको..

    कृषि, जलविद्युत् र पर्यटनमा भियतनामसँग सहकार्य गर्न प्रधानमन्त्रीको इच्छा

    शुक्रबार, फागुन २०, २०७३ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उनको आज बिहान भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको बताए ।  प्रधानमन्त्रीले भियतनामले द्रुत आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा राम्रो प्रगति गरेको..

    स्ववियु निर्वाचनको नजितामा तीन संगठनको तीनथरी दावी

    शुक्रबार, फागुन २०, २०७३ साल
    काठमाडौंः त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरुमा फागुन १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको नतिजालाई दिएर प्रमुख तीन दल निकट तीन विद्याथी संगठनले आफुहरुले धेरै स्थानमा विजय हासिल गरेको दावी गरेका छन् ।  सम्वन्धित विश्वविद्यालयले यथार्थ विवरण बाहिर नल्याउँदा स्वयम विद्यार्थी संगठनका नेताहरुले नै जनतालाई भ्रमित बनाउने काम गरेका छन् । यसअघि चुनाव हुन..
    Results 1048: You are at page 34 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast