शनिबार, आषाढ २०, २०७७

    पर्यटन समाचार

    सञ्चारमन्त्रीको एमालेलाई सल्लाह– मधेसमा गएर उत्तेजनात्मक भाषण नगर

    शुक्रबार, चैत्र ४, २०७३ साल
    भक्तपुरः सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले मधेसी मोर्चाबिना निर्वाचनमा गए मधेसमा अतिवादले प्रश्रय पाउने बताएका छन् । उनले मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनैपर्ने बताए ।  रफत सञ्चार क्लवमा शुक्रबार बोल्दै कार्कीले देशका अधिकांश क्षेत्रमा निर्वाचन भएर मधेसका केही ठाउँमा अवरोध भए पनि निर्वाचन नसर्ने बताए । स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन गरेपछि जनता खुसी भएको उनको तर्क..

    सरकारले एनसेलको पुँजीगत लाभकर असुलीमा नीतिगत भ्रष्टाचार गरेको एमालेको दावी

    शुक्रबार, चैत्र ४, २०७३ साल
    महेन्द्रनगर : मेची-महाकाली अभियान अन्तर्गत रहेको नेकपा-एमालेले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी विषयलाई मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै त्यसमा 'नीतिगत भ्रष्टाचार' भएको दावी गरेको छ । कन्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा माओबादी सरकारले आफ्नो मन्त्रिपरिषदको निर्णयबाट एनसेल सम्बन्धी लाभकर असुलीमा नीतिगत भ्रष्टाचार गरेको हो । "एमालेले..

    एमालेपछि अव राप्रपा गाउँ-गाउँ पस्ने, ‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन

    शुक्रबार, चैत्र ४, २०७३ साल
    काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।  काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् ।  पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन..

    नेपाल–भारत प्रबुद्ध समूहको बैठक पुनः स्थगित

    शुक्रबार, चैत्र ४, २०७३ साल
    काठमाडौंः सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ ।  यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठक केहीबेर अघि भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए ।  उनले भारतमा..

    देउवासँग रुष्ट भएर हिंडेकी आरजु दुई महिनापछि बल्ल फर्किइन

    आईतवार, चैत्र ६, २०७३ साल
    काठमाडौंः पति शेरबहादुर देउवासँग राजनीतिक विषयमा कुरा नमिलेपछि रुष्ट भएर लण्डन गएकी आरजु देउवा दुई महिनाभन्दा लामो समयपछि बल्ल दिल्ली हुँदै काठमाडौं फर्किएकी छन् ।  छोरो जयवीर विरामी भएको भन्दै जनवरी पहिलो साता लण्डन पुगेकी आरजुले राजतन्त्रको विषयमा काँग्रेसले नरम नीति लिनुपर्ने भन्दै काँग्रेसको सभापतिसमेत रहेको आफ्ना पति शेरबहादुरलाई दबाब दिए पनि शेरबहादुर त्यसमा त्यत्ति सकारात्मक नभएपछि आरजु रुष्ट भएको देउवा..

    मोर्चाले समर्थन फिर्ता लिएसँगै संविधान संशोधनको संभावना टर्योः रायमाझी

    बिहिवार, चैत्र ३, २०७३ साल
    काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् । राजधानीमा बिहीबार एक कार्यक्रममा बोल्दै रायमाझीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन ।    आफ्नो पार्टीका नेताहरु संविधान संशोधन गराउन लागिरहँदै त्यसको विरोधमा उभिंदै आएका नेता रायमाझीले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्याउन..

    कञ्चनपुर घटनाबारे निधिलाई भेटेर भारतीय गृहमन्त्रीले भने- घटना अपसोचपूर्ण छ

    बिहिवार, चैत्र ३, २०७३ साल
    नयाँदिल्ली : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृह मन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जवाफमा भारतीय..

    प्रधानमन्त्रीले दोहोर्याए-चोभारमा अत्याधुनिक मेला आयोजना भवन निर्माण हुनेछ

    बिहिवार, चैत्र ३, २०७३ साल
    काठमाडौँस् प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको दोहोराएका छन् । प्रधानमन्त्री दाहालले छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको दावी गरे ।  नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उनले आग्रह गरे । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन..

    नयाँ दिल्ली पुगेका निधिले मनमोहन सिंहलाई भेटे

    मंगलवार, चैत्र १, २०७३ साल
    नयाँदिल्लीः प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली आइपुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।  सिंहको निवासमा भएको भेटमा सिंहले दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ । निधिले नेपालको पछिल्लो राजनीतिक अबस्थाबारे जानकारी गराएका थिए ।  पूर्व प्रधानमन्त्री सिंहले..

    मधेसी मोर्चा भइन्जेल मधेसको विकास पनि हुन्न, शान्ति पनि हुन्नः ओली

    बुधबार, चैत्र २, २०७३ साल
    नेपालगञ्जः एमाले अध्यक्ष केपी ओलीले केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको आरोप लगाउँदै तिनको उद्देश्य पूरा हुन एमालेले नदिने बताएका छन् ।  मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा आयोजित सभामा बोल्दै ओलीले भने, ‘एउटा समूह नेपाललाई विखण्डन गर्न लागेको छ, नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ, त्यो चाहना हामी पूरा हुन..

    संविधान संशोधन अघि बढाउन काँग्रेस नेतृत्वलाई दबाब, चैत १० मा केन्द्रीय समिति बैठक

    मंगलवार, चैत्र १, २०७३ साल
    काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजान नेतृत्वलाई दबाब दिएका छन् ।  काँग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा साँसदहरुले सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलको समर्थन थपिएकोले स्थानीय निर्वाचनको प्रक्रियासँगै संशोधन विद्येयकलाई अघि बढाउन आग्रह गरेका हुन । संशोधन विद्येयक अहिले नै पास नभए पनि नियमित प्रक्रियामा राख्ने र सबै दलको समर्थन जुटाउन पहल पनि जारी राख्न..

    स्थानीय तह कार्यान्वयनले सिंहदरबारको अधिकार गाउँमा पुगेको दाहालको दावी

    मंगलवार, चैत्र १, २०७३ साल
    ललितपुरः प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको कार्यान्वयनले सिंहदरबारको अधिकार जनताको पुगेको तर्क गरेका छन् । ललितपुर महानगरपालिकाको घोषणा कार्यक्रममा मंगलबार उनले त्यस्तो बनाएका हुन ।  आजदेखि सात सय ४४ स्थानीय तहको कार्यप्रारम्भ भएपछि सिंहदरबारको अधिकार गाउँमा पुगेको दाहालको भनाई छ । सिंहदरबारमा रहेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार गाउँ तहका जनताको घर दैलोमा पुगेको भन्दै उनले यसबाट अधिकार सम्पन्न भएको बताए..

    कमल थापाले लाजै नमानी भने– मलाई पदको कुनै लोभ छैन, सात दिन कुरेको भए प्रम नै हुन्थें

    सोमबार, फागुन ३०, २०७३ साल
    काठमाडौंः उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा संसदमा निर्णायार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने दावी गरेका छन् ।   सोमबार रिपोर्टर्स क्लबमा  उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनै पनि द्धिविधा र अस्पष्ट नरहेको बताउँदै भने, ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको विपक्षमा छ, यसको विपक्षमा मतदान..

    स्थानीय निर्वाचन अव कुनै हालतमा रोकिन्न : यादव

    सोमबार, फागुन ३०, २०७३ साल
    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन–कानून प्राप्त भएकोले चुनाव कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।   रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरि आयोगले आफ्नो कामलाई तिव्रता दिईरहेको बताए । चुनावका लागि वातावरण बनाउन सबै राजनीतिक दलहरुलेपनि आफ्नो..

    अव मन्त्री-राज्यमन्त्रीको पनि सरुवा ! पर्यटन राज्यमन्त्री बानियाँको गृह राज्यमन्त्रीमा पदस्थान

    सोमबार, फागुन ३०, २०७३ साल
    काठमाडौँ : यस अघिका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।  पर्यटन राज्यमन्त्रीमा राप्रपाका पर्शुराम तामाङ नियुक्त भएपछि बानियाँलाई गृहको जिम्मा दिइएको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सम्हालेको गृह मन्त्रालयमा राज्यमन्त्री थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा निकट बानियाँ मकवानपुर- १ का सांसद तथा पार्टी जिल्ला सभापति हुन् ।..

    लोहनीद्वारा राप्रपा परित्याग, भन्छन् - पार्टीमा अवसरवादी र अराजक प्रवृति चल्न थाल्यो

    आईतवार, फागुन २९, २०७३ साल
    काठमाडौँ : डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको घोषणा गरेका छन् । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी नेता डा. लोहनीले राप्रपा र राप्रपा नेपालबीच एकता महाधिवेशनपछि पार्टीको विधानलाई उपेक्षा गरिएको र महाधिवेशनका क्रममा भएका समझदारीलाई लत्याइएको आरोपसहित पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । “एकता महाधिवेशनपछि पार्टी सानो समूहको स्वार्थपूर्ति गर्ने झुण्डको रुपमा प्रयोग हुन थालेको छ,” उनले भने..

    गच्छदारको सरकारमा जाने तयारी, भन्छन् : हामी कहाँ कमल थापा जस्तो फुत्त सरकार जाने हो र ?

    सोमबार, फागुन ३०, २०७३ साल
    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ मत पुर्‍याउन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई सरकारमा ल्याउने तयारी गरेका छन् । मधेसी मोर्चाको सातदिने अल्टिमेटम गुज्रिँदै गर्दा सत्ता गठबन्धन जोगाउन राप्रपा नेतृत्वलाई मन्त्रिपरिषद्मा सामेल गराएका प्रमुख सत्तारूढ पार्टी कांग्रेस र माओवादी केन्द्रले फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई समेत सरकारमा ल्याउने तयारी गरेका..

    ७४४ एकाइमा चैत तीन गतेभित्र कर्मचारी खटाउन निर्वाचन आयोगको सरकारलाई निर्देशन

    आईतवार, फागुन २९, २०७३ साल
    काठमाडौँ : निर्वाचन आयोगले आगामी चैत ३ गतेभित्र तोकिएको स्थानमा कर्मचारी पुग्ने गरी कर्मचारी खटनपटनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगको आज बसेको पदाधिकारी बैठकले हाल कायम रहेका ७४४ वटा एकाइमा कर्मचारी खटाउने कार्य तत्काल अगाडि बढाउन निर्देशन..

    आखिर किन दिए तिमिल्सनाले प्रधानमन्त्रीका स्वकीय उपसचिवको पदबाट राजीनामा ?

    आईतवार, फागुन २९, २०७३ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि तिमल्सिनाले पदबाट दिएको राजीनामा प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको छ । आफ्नो घरायसी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरासमक्ष मनहरिले यही फागुन २६ गते राजीनामा दिएका थिए । प्रमुख स्वकीय सचिव महराले तिमल्सिनाको राजीनामा स्वीकृत गर्दै उहाँले सचिवालयमा रहेर पु¥याएको योगदानप्रति आभार प्रकट गरेको सचिवालयले जनाएको छ ।..

    कञ्चनपुर घटनावारे भारतले माफी मागी अन्तर्राष्ट्रिय कानुन मान्नुपर्छ: ओली

    शनिबार, फागुन २८, २०७३ साल
    चितवन: नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि उनले बताए । अध्यक्ष ओलीले भने–“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु, भन्ने घमण्ड हो । अर्काको..

    वाग्मतीको जस्तै राजनीतिको फोहर पनि निर्वाचनसंगै सफाइ गरिनुपर्छ: प्रधानमन्त्री दाहाल

    शनिबार, फागुन २८, २०७३ साल
    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बतायीका छन् ।  वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताए ।  “वाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै..

    गोविन्द गौतम सहिद घोषित, सम्मानका साथ अन्त्यष्टि गरिने

    शनिबार, फागुन २८, २०७३ साल
    काठमाडौंः चौतर्फी आक्रोस र विरोधपछि सरकारले कञ्चनपुरको आनन्दबजारस्थित अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीले मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेको छ ।  एसएसबीले नेपाली भूमिमै पसेर निर्दोष नेपाली नागरिकलाई गोली हानी हत्या गरेको घटनाप्रति शुक्रबारको संसद बैठकमा साँसदहरुले समेत चर्को विरोध गरेपछि सरकारले गौतमलाई शहिद घोषणा गर्न बाध्य भएको हो ।  नेपाली भूमिको रक्षाका लडदाखेरी ज्यान गुमाउन पुगेका ३२ बर्षीय..

    कञ्चनपुर घटनाको अनुसन्धानमा सघाउन भारतको नेपाली पक्षसँग आग्रह

    शनिबार, फागुन २८, २०७३ साल
    काठमाडौंः नेपालका लागि भारतका कार्यबहाक राजदुत विनय कुमारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई शुक्रबार भेटी कञ्चनपुर घटनाको आफूहरुले अनुसन्धान सुरु गरेको जनाउँदै यसमा सघाउन नेपाली पक्षसँग आग्रह गरेका छन् ।  उनले कञ्चनपुरको लाखिमपुर खेरीमा एक जना नेपाली नागरिकको ज्यान जानेगरी भएको घटनाप्रति समवेदना प्रकट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन । विनय कुमारले घटनाको अनुसन्धानका क्रममा मृतकको पोष्टमार्टम तथा फरेन्सिक चेक जाँचमा..

    संविधान संशोधन गराउने शर्तमा आफू र कमल थापा मन्त्री भएको गिरीले स्वीकार गरे

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौंः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन जनाउने शर्त आफू र कमल थापा मन्त्री भएको खुलासा गरेका छन् ।  रिपोर्टर्स क्लवमा उनले नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाईले पारित गर्ने सहमतिका साथ आफूहरु सरकारमा गएको स्वीकार गरे । गिरीले भने, ‘अहिले तीन वटा विषयमा मात्रै हाम्रो सहमति छ, यी तीन वटा..

    एमालेद्वारा भारतीय पक्षबाट भएको गोली प्रहार घटनाको भत्र्सना

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौँ : नेकपा-एमालेले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार भएको विषयलाई गम्भीरतापूर्वक भारत सरकार..

    राप्रपा अध्यक्ष थापाले खाए उपप्रधानमन्त्रीको सपथ, दिलनाथ गिरी पर्यटन मन्त्री

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । थापालाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई पद तथा गोपनीयताको सपथ खुवाइन् । यस्तै आजै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले..

    मधेशी मोर्चालाई 'आतंककारी' भन्दै यसरी कुर्लिए एमाले नेता लालबाबु

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौंः नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेसी मोर्चाले राजनीतिमा अपराध घुसाएर राजनीति गरिरहेको भन्दै आतंककारी भन्नुपर्ने मोर्चाले विवादास्पद गतिविधि गरेको बताए। सप्तरी घटनाबारे स्पष्ट पार्न एमालेले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले मधेसी मोर्चाविरुद्व आक्रामक अभिव्यक्ति दिएका हुन । लालबाबुले भने, ‘राष्ट्रिय झण्डा जलाउनसमेत पछि नपर्ने मधेसी मोर्चालाई आतंककारी भनिनुपर्छ, के मोर्चामा राजनीतिक विचार छैन ?  राजनीतिभित्र अपराध घुसाएर राजनीति गरिएको छ..

    सप्तरी घट्नाका प्रमुख योजनाकार नै गृहमन्त्री–महासेठ, सीमापारीबाट अपराधी ल्याइएको दावी

    बिहिवार, फागुन २६, २०७३ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधिको आर्थिक सहयोगमा मधेसी मोर्चाले सप्तरी घट्ना घटाएको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लबमा बिहीबार बोल्दै उनले भने, ‘सप्तरी घट्नाका प्रमुख योजनाकार नै गृहमन्त्री निधि हुन्, त्यसैले उनले तत्काल राजिनामा दिनुपर्छ, यो मेरो पार्टीको पनि माग हो ।’ गृहमन्त्री निधिको अभिव्यक्ति र आर्थिक सहयोगका कारण सप्तरी घट्ना घटेको महासेठले पटक–पटक..

    एकाएक सरकार पुर्नगठन गरिँदै, कमल थापा उपप्रधानमन्त्रीको सपथ खाने तयारीमा

    बिहिवार, फागुन २६, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई दाहाल सरकारले उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी गरेको हो ।  आजै साँझ थापालाई सपथ खुवाउने तयारी भइरहेको जनाइएको छ । थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्ने निश्चित जस्तै भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । साँझ साढे ६ बजे सपथको कार्यक्रम राखिएको..

    कुनै पनि हालतमा चुनाव हुन्छः पौडेल, हुँदैनः सुजाता

    शुक्रबार, फागुन २७, २०७३ साल
    पर्वतः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने दावी गरेका छन् । बिहीबार बिहान पर्वत कुश्माबजारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने भन्दै यो निर्वाचन कुनै पनि हालतमा हुने बताए ।  उनले मिति घोषणासँगै सिंगो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका..
    Results 1048: You are at page 33 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast