मंगलवार, चैत्र २५, २०७६

    पर्यटन समाचार

    योगदान र लोकप्रियताको आधारमा टिकट वितरण हुनुपर्ने पौडेलको सुझाव

    सोमबार, चैत्र २८, २०७३ साल
    धनगढीः सत्तारुढ काँग्रेसले ७ नं प्रदेशअन्तर्गत पर्ने कैलालीको अत्तरियाबाट चुनावी आमसभा थालेको छ । आइतबार आयोजित सभामा काँग्रेसका नेताहरुले वीपी कोइरालालाई सम्झिँदै स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उदघोषसमेत गरेका छन् ।  काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षडयन्त्रमा लागेको आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै देउवाले भने, “उखानटुक्का र मधेस..

    प्रधानमन्त्री दाहालद्वारा आइतबार पनि मन्त्रिपरिषद बैठक स्थगन

    आईतवार, चैत्र २७, २०७३ साल
    काठमाडौं: उपप्रधानमन्त्रीको वरियता विवादका कारण तीन सातादेखि सर्दै आएको मन्त्रिपरिषद बैठक आइतबार पनि नबस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाए पनि बैठक भोलि ३ बजेका लागि सारिएको, दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार बैठक आज बोलाइएको थियो तर बिशेष कारण बश भोलि तीन बजेसम्मको लागि पुनः सारिएको बताए। हाल, उपप्रधान मन्त्रीद्वय गृहमन्त्री विमलेन्द्र निधि..

    काँग्रेसको चुनावी अभियान सुरु, प्रदेशस्तरीय सभामा भाग लिन देउवा र पौडेल अत्तरियामा

    आईतवार, चैत्र २७, २०७३ साल
    धनगढीः काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता, मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताएका छन् ।  आइतबार कैलालीको अत्तरियामा हुन लागेको काँग्रेसको सात नं प्रदेशस्तरीय चुनावी आमसभामा सहभागी हुन शनिबार आइपुगेका देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भएमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताएका हुन..

    आइतबार अर्को संविधान संशोधन प्रस्ताव दर्ताः दाहाल, एमालेको समेत समर्थन रहेको दावी

    आईतवार, चैत्र २७, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चाले पनि स्वीकार गर्ने खालको संविधान संशोधन प्रस्ताव आफूले ल्याउन लागेको बताएका छन् ।  रिपोर्टर्स क्लबको कार्यक्रममा शनिबार उनले भने, ‘मैले अर्को नयाँ संविधान संशोधन विद्येयक ल्याउँदैछु, त्यो प्रस्ताव मधेसी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, प्रस्ताव पूरा तयारी अवस्थामा छ, भोलि संसदमा दर्ता हुन्छ..

    आइजीपी नियुक्तिमा देउवा र पौडेलको फरक धारणा, निधिलाई पौडेलको साथ

    शनिबार, चैत्र २६, २०७३ साल
    काठमाडौंः काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै क्षेत्रका जयबहादुर चन्दलाई नै नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गर्ने अडानमा रहिरहेको बेला सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अदालतको निर्णयअनुसार नियुक्ति हुनुपर्ने धारणा अघि सारेका छन् ।  पौडेलले शुक्रबार संसदीय दलको बैठकमा काँग्रेसले अदालतको फैसलाविरुद्ध जान नहुने भन्दै सर्वोच्चको फैसलालाई सम्मान गर्दै आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने बताए ।  काँग्रेसबाट गृहमन्त्री रहेका विमलेन्द्र निधिदेखि माओवादीका..

    थापा र निधिको वरियता विवादले दाहाल सरकार संकटमा

    शुक्रबार, चैत्र २५, २०७३ साल
    काठमाडौंः उपप्रधानद्धय कमल थापा र विमलेन्द्र निधिको वरियता विवादले पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय चुनाव नगराउँदै संकटमा परेको छ ।  थापा र निधि दुवैले मन्त्रिपरिषदमा आफूहरु प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा नरहे सरकारमा नबस्ने चेतावनीपछि दाहाल संकटमा परेका हुन । सरकारमा काँग्रेस माओवादीभन्दा ठूलो दल हो भने थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन फिर्ता लिंदा सरकार संकटमा पर्ने संभावना छ ।  थापालाई सरकारमा..

    अदालतको अवहेलना मुद्दामा देउवालाई १० दिनभित्र लिखित जवाफ दिन निर्देशन

    शुक्रबार, चैत्र २५, २०७३ साल
    काठमाडौंः सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।  नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिको विषयमा भएको फैसलालाई लिएर नेपाली काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बिहीबार यस्तो आदेश जारी गरेको हो । न्यायधीश  इश्वरीप्रसाद खतिवडाको इजलाशले देउवालाई १० दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएको हो ।  अधिवक्ता हरिप्रसाद मैनालीले काँग्रेस..

    विश्व फुटबल बरियतामा भुटानले समेत नेपाललाई उछिन्यो

    शुक्रबार, चैत्र २५, २०७३ साल
    काठमाडौंः नेपालको फुटबल जगतमा गत बर्ष केही आशाका किरण देखिए पनि यो बर्ष भने फेरि खस्किएको छ । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले समेत नेपाललाई पछि पारेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ भने नेपाल १७०औँ स्थानमा यथावत रहेको छ । सार्क राष्ट्रमा भारत..

    इपीजी बैठकमा सन् १९५० को नेपाल-भारत सन्धी पुनरावलोकनबारे छलफल जारी

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौंः नेपाल-भारत प्रबुद्ध समूह (इपीजी)को बैठकमा सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक देखिएको छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको बैठकमा नेपाली पक्षले सन्धि पुनरावलोकनलाई प्रमुख एजेण्डा बनाएकोमा भारतीय पक्ष सकारात्मक हो । बैठक बिहीबार पनि जारी रहनेछ ।  नेपाली पक्षका एक सहभागीका अनुसार सन्धीका सन्धी पुनरावलोकन गरी असमान धाराहरु हटाउने कुरामा भारतीय पक्ष सकारात्मक छन्..

    अब मन्त्री दलको कार्यक्रममा जान पाउने, तर निजी सवारीसाधन चढेर मात्रै

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौंः निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।  आयोगको बुधबार बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको हो ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था..

    मधेसी दलहरु एकताको लागि शुभ दिनको पर्खाइमा

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेता राजकिशोर यादवले मोर्चामा आवद्ध दलहरुबीच छिट्टै एकता हुने दावी गर्दै ज्योतिषले सिफारिस गरेको शुभदिन पर्खिएर आफूहरु सबेको खुलासा गरेका छन् ।   मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका उनले बुधबार रिपोर्टर्स क्लवमा भने, ‘मधेस केन्द्रित दलहरुबीच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले हामीहरुको एकता आवश्यक छ, ज्योतिषले सिफारिस गरेको शुभदिन पारेर..

    निर्वाचनको संघारमा आर्थिक संकटमा परेको भन्दै नयाँ शक्तिले मुठ्ठिदान माग्ने

    बुधबार, चैत्र २३, २०७३ साल
    काठमाडौः पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी आर्थिक संकटमा परेपछि मुठ्ठीदान संकलन गर्ने भएको छ । नयाँ शक्तिले बनाएको निर्वाचन तयारीसम्बन्धी कार्ययोजनामा पार्टी आर्थिक संकटमा रहेको उल्लेख छ ।  नयाँ शक्तिले आर्थिक मितव्ययीताको सात बुँदे कार्ययोजनासमेत बताउँदै थप आर्थिक संकलनका लागि मुट्ठीदान संकलन गर्ने योजना अघि सारेको हो । स्थानीय निर्वाचनमा सहभागी भइरहँदा आर्थिक स्रोत अझ धेरै आवश्यक..

    विजय गच्छदार आफ्नो भन्दा साना दलहरुलाई मिलाएर नयाँ दल बनाउने तयारीमा

    बुधबार, चैत्र २३, २०७३ साल
    काठमाडौंः विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) एक हुने भएका छन् ।  दुवैले एक दुई दिन भित्रमै राजधानीमा पार्टी एकीकरण घोषणा कार्यक्रम गरी एक हुन लागेका हुन । स्थानीय निर्वाचनको मिति नजिकिन लागेको र राष्ट्रिय दल हुन थ्रेसहोल्ड नयाँ कानुन बन्ने निश्चित भएपछि यी दुई दललाई एक हुन दबाब परेको हो ।  फोरम..

    आफूले राष्ट्र हितमा काम गरे पनि एमालेले भ्रम सिर्जना गरेको महतको दावी

    मंगलवार, चैत्र २२, २०७३ साल
    काठमाडौंः परराष्ट्रमन्त्री एवं काँग्रेस नेता प्रकाशशरण महतले देशको स्थिरताका लागि अब कााग्रेस ठूलो पार्टी मात्र होइन बहुमतको पार्टी हुनु आवश्यक रहेको तर्क अघि सारेका छन् ।  बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी नामक संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले एमालेले अहिले संगठित रुपबाट मिडियामार्फत् भ्रम फिजाउने काम गरिराखेको आरोप लगाए । महतले एकातर्फ देशलाई विभाजित गर्ने र अर्कोतर्फ राष्ट्रवादी आवरण प्रस्तुत..

    देश खारेज हुनुपर्छ भनेर आलोचित बनेकी हिसिलाले सार्वजनिकरुपमा माफी मागिन

    मंगलवार, चैत्र २२, २०७३ साल
    काठमाडौंः पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पत्नी एवं नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले सोमबार पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी छिन् । चौतर्फी आलोचनापछि उनी मार्फी माग्न बाध्य भएकी हुन । नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको अन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने..

    एमालेका उम्मेदवारका आकांक्षीहरुले तीन वटा निर्वाचनमध्ये एउटा मात्रै राज्नुपर्ने

    मंगलवार, चैत्र २२, २०७३ साल
    काठमाडौंं: नेकपा एमालेले तीन तहको निर्वाचनमा एक व्यक्ति एक तहको नीति लागू गर्ने भएको छ । कुनै व्यक्ति स्थानीय तह वा प्रादेशिक वा केन्द्रीय संसदको निर्वाचनमा मात्रै सहभागी हुने पाउने छ ।  एमालेको सोमबार उसको पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकले एउटा व्यक्ति तीन वटा निर्वाचनमध्ये एउटामा मात्रै उम्मेदवार बन्न पाउने निर्णय गरेको हो । निर्वाचनमा उम्मेदवारहरुको आक‌ंक्षी धेरै हुने..

    अदालतको अपमान गरेको भन्दै देउवाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

    सोमबार, चैत्र २१, २०७३ साल
    काठमाडौंः अदालतको अवहेलना गरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरि मैनालीले देउवाविरुद्ध मुद्दा हालेका हुन ।  सर्वोच्च अदालतको आदेशको उल्लंघन हुनेगरी पार्टीको केन्द्रीय कार्यसमितिबाट निर्णय गरेको भन्दै उनले निवेदन दर्ता गराएका हुन् । काँग्रेसको केन्द्रीय समितिले गतसाता बैठकले प्रहरी महानिरीक्षकसम्बन्धी रिटमा शक्ति पृथकीकरणको मर्मविपरीत सर्वोच्चले आदेश गरेको भन्दै विरोध जनाएको थियो ।  केन्द्रीय समिति..

    चुनाव चिन्ह नदिएको भन्दै प्रहरी हिरासतमै धर्ना सुरु, माग पूरा नभएसम्म धर्ना बस्ने

    आईतवार, चैत्र २०, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्रीसमेत भइसकेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले प्रहरी रिहासतभित्र धर्ना सुरु गरेका छन् । निर्वाचन आयोगले निर्वाचन चिन्ह नदिएको भन्दै विरोधमा उत्रिएको बेला प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेपछि त्यही उनले धर्ना सुरु गरेका हुन ।  आफ्नो पार्टीलाई निर्वाचन चिन्ह दिनुपर्ने माग गर्दै नयाँ शक्ति लगायतका दलहरु आइतबार बिहान निर्वाचन आयोग घेराउ गर्न पुगेका थिए। घेराउको क्रममा भट्टराई लगायत बैद्य..

    निर्बाचन आयोग घेराउ गर्न गएका पूर्वप्रधानमन्त्री डा. भट्टराई सहित नेताहरु पक्राउ

    आईतवार, चैत्र २०, २०७३ साल
    काठमाडौँ: निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोधमा  आयोग कार्यलय घेराउ गर्न गएका  पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पक्राउ परेका छन् । प्रहरीले भट्टराई लगायत बैद्य माओवादीका नेता सीपी गजुरेल, परशुराम तामाङ, हिसिला यमी, गंगा चौधरी लगायत का साथै लगायत अन्य नेताहरुलाई पनि पक्राउ गरेको छ । निर्बाचन आयोग  घेराउ गर्न जमलबाट  अयोगतर्फ अघि बढेका नेता तथा कार्यकर्तालाई..

    ६४ दलको निर्वाचन आयोग घेराउ कार्यक्रम, प्रहरीले जमलमै रोक्यो

    आईतवार, चैत्र २०, २०७३ साल
    काठमाडौँ: निर्वाचन आयोगले चुनाव चिन्ह नदिएको विरोधमा नयाँ शक्ति लगायत ६४ दलले  आइतबार बिहान निर्वाचन आयोग घेराउ कार्यक्रम आयोजना गरेका छन् ।  कार्यक्रममा उक्त दलका प्रमुख नेताहरु सडकमा उपस्थित भएका छन् । निर्वाचन आयोग घेराउ कार्यक्रममा सहभागी दलहरुमध्ये केही थ्रेसहोल्डको समेत विपक्षमा छन् ।   नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, सीपी गजुरेल  लगायतको नेतृत्वमा निर्बाचन आयोग कार्यालय घेर्न गएका प्रदर्शनकारीलाई प्रहरीले जमलबाट..

    पाँचबुँदे सहमतिका साथ संशोधन अगाडी बढाउनेबारे मधेशबादी र प्रमुख तीन दल सहमति नजिक

    शनिबार, चैत्र १९, २०७३ साल
    काठमाडौँ: विवादित विषयमा सहमति गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा मोर्चाको मागलाई सम्बोधन गर्न संविधान संशोधनको परिमार्जित प्रस्ताव तयार गर्ने भनिए पनि सत्तापक्षकै कतिपय शीर्ष नेताको उपस्थिति नभएकाले सहमति जुट्न सकेन । सत्तारुढ र आन्दोलनरत पक्षसँग शीर्ष तहमा छलफल गरी चाँडै..

    देउवाले भने- 'प्रहरी महानिरीक्षकमा कसको नियुक्ति हुन्छ हेर्दै जाँऊ'

    शुक्रबार, चैत्र १८, २०७३ साल
    विराटनगर: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै एकै चरणमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा निर्वाचनका लागि सहमति जुटाउन मधेसी मोर्चासँग छलफल भइरहेको र दुई–चार दिनमै सहमति हुने उल्लेख गर्दै उनले भने, “नेपाली काँग्रेस संविधान संशोधनको प्रस्तावलाई असफल भएको देख्न चहाँदैन ।” मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने,“पार्टीभन्दा जनतानै..

    मधेसी मोर्चाका कार्यकर्ताद्वारा नगरपालिका र जिससमा तोडफोड

    शुक्रबार, चैत्र १८, २०७३ साल
    कञ्चनपुर (सप्तरी): संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ । लगत्तै नाराजुलुससहित जिल्ला समन्वय समितिमा..

    प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने- वैशाख ३१ का लागि ढुक्क हुनुस्

    शुक्रबार, चैत्र १८, २०७३ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । बालुवाटारस्थित आफ्नै निवासमा उनले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गरेका हुन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सञ्चारकर्मीलाई जानकारी दिए । “आयोगको..

    सिरहामा आशंकाबीच दलहरु चुनावको तयारीमा

    बिहिवार, चैत्र १७, २०७३ साल
    लहान: स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलनका कारण समयमा निर्वाचन हुने/नहुने आशंकाबीच सिरहामा तीन ठूला दलले निर्वाचनको आन्तरिक तयारी थालेका छन् । मधेसवादी दलहरुको आन्दोलनका कारण यहाँ आगामी वैशाख ३१ गते निर्वाचन हुने वा नहुने आशंका रहेको भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका हुन् ।..

    भारतीय राजदूत पुरीले भेटे प्रधानमन्त्री दाहाललाई

    बिहिवार, चैत्र १७, २०७३ साल
    काठमाडौँ: हिजो मात्रै चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय नवनियुक्त राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री निवास वालुवाटारमा विहिबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई राजदूत सिंहले आफ्नो पदको कार्यभार सम्हालेपछि पहिलोपटक भेट गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकट सम्बन्ध रहेको चर्चा गर्दै राजदूत पुरीको कार्यकालको सफलताको शुभकामना गरेको प्रधानमन्त्रीको निजी सचिवालयले..

    गच्छदारको पार्टीले पनि सरकारमाथिको समर्थन फिर्ता लिने

    बिहिवार, चैत्र १७, २०७३ साल
    काठमाडौं: मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । दुई दिनसम्म चलेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । स्थानीय चुनावको वतावरण बनाउन नसकेको, मधेशको माग पुरा गर्न नसकेको, सरकार समक्ष राखेको माग पूरा गर्न नसकेको कारण देखाउँदै सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको पार्टीले जनाएको छ । राप्रपाका अध्यक्ष कमल थापासँगै..

    राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष रावतलाई नेपाली सेनाको 'मानार्थ महारथी' को पदवी प्रदान

    बिहिवार, चैत्र १७, २०७३ साल
    काठमाडौँ : भारतीय सेनाका स्थल सेनाध्यक्ष बिपिन रावतलाई रास्ट्रपति बिद्या देवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्ज्यानी चिन्ह र खड्ग प्रदान गरेकी छिन्  ।  रास्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित एक बिशेष कार्यक्रमकाबीच  रावतलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी जिन्न्ह प्रदान गरिएको हो  ।   उक्त समारोहमा राष्ट्रपतिले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दज्र्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी थिइन  ।  नेपाल–भारतबीचको..

    सर्वोच्चले माग्यो उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दाको फाइल

    बिहिवार, चैत्र १७, २०७३ साल
    काठमाडौँ:  उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दाका निर्णयका फाइलहरु मगाउने आदेश जारी गरेको हो । न्याय परिषद्लाई विपक्षी बनाई मङ्गलबार नायब महान्यायाधिवक्ता दुर्गावन्धु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइमा सो आदेश..

    चुनावमा मधेसी मोर्चा समेत सहभागी हुने प्रधानमन्त्री दाहालको बिश्वास, चीन भ्रमण सफल

    बुधबार, चैत्र १६, २०७३ साल
    काठमाडौं: एक हप्ते चीनको औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । स्वदेश फर्किए लगतै त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै, दाहालले बैशाख ३१ गतेको स्थानीय निर्वाचन अब जसरी पनि भएरै छोड्ने बताएका छन् । "अब पनि चुनाव हुँदैन कि भन्ने प्रश्न नगर्न उनले संचारकर्मीलाई आग्रह गरे । हामी मधेसी मोर्चालाई समेतको चुनावमा सहभागितामा गराउने गरी प्रयत्नरत छौँ उनेल भने..
    Results 1048: You are at page 31 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast