शनिबार, मंसिर २१, २०७६

    पर्यटन समाचार

    केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण अघि बढाउन चीन तयार

    शनिबार, चैत्र १२, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौँ तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसञ्चालन र दुई देशबीचका अन्य नाका सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।  एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन शुक्रबार हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएका शिष्टाचार भेटका अवसरमा द्विपक्षीय एवम् क्षेत्रीय विकासलाई ध्यान..

    नव नियुक्त भारतीय राजदूत मन्जिव सिंह आज नेपाल आउँदै

    शुक्रबार, चैत्र ११, २०७३ साल
    काठमाडौं: नेपालका लागि नव नियुक्त भारतीय राजदूत मन्जिवसिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । अघिल्ला राजदूत रन्जीत रेले समावाधि सकेपछि उनको स्थानमा पुरी आउन लागेका हुन् ।  रे फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किसकेका छन् । भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नामा रास्ट्रपति मार्फत अनुमोदन गरिएको थियो । उनले आफ्नो अहोदाको प्रमाण रास्ट्रपति विद्या..

    चिनियाँ रक्षामन्त्री चाङ नेपालमा, चीन-नेपाल सैन्य अभ्यासबारे कुरा हुने

    बिहिवार, चैत्र १०, २०७३ साल
    काठमाडौं : चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान तीनदिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनी पौने एक बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् । उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता कार्यक्रम तय भएको छ । चिनियाँ रक्षामन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहाल चीन जाने छन् । श्रीलंकाको भ्रमण सकेर नेपाल हुँदै बेइजिङ फर्किन लागेका रक्षामन्त्री चाङले आजै नेपाली समकक्षी बालकृष्ण खाणसँग पनि भेटवार्ता..

    प्रधानमन्त्री दाहाल आज चीन जाँदै, के-के छन् कार्यक्रमहरु?

    बिहिवार, चैत्र १०, २०७३ साल
    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल सातदिने भ्रमणका लागि आज चीन जाँदै छन् । उनी बिहीबार राति ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उड्नेछन् । बोआओ फोरमको सम्मेलनमा भाग लिन चीन जान लागेका प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायतसँग भेटवार्ता गर्ने बताइएको छ । दाहालले चैत १२ गते बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले चिनियाँ..

    साना दलको अस्तित्व शंकटमा, तीन प्रतिशत थ्रेसहोल्डको विद्येयक पास

    बिहिवार, चैत्र १०, २०७३ साल
    काठमाडौँः व्यवस्थापिका संसद्को बुधबारको बैठकले समानुपातिकमा ३ प्रतिशत न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक २०७३’ बहुमतले पारित गरेको छ ।  पारित विधेयकमा प्रतिनिधि सभामा समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक स्थान नल्याउने दल राष्ट्रिय दल नमानिने उल्लेख छ । विधेयक पारित गराउन प्रमुख ठूला दलबीच समान मत देखियो भने साना दलबाट चर्को विरोध भयो । संविधान जारीपछि विवादित यस राष्ट्रिय..

    प्रस्तावित राजदूतहरु विशेष समितिबाट अनुमोदित

    बिहिवार, चैत्र १०, २०७३ साल
    काठमाडौंः सरकारले विभिन्न मुलुकका लागि राजदूत प्रस्ताव गरेका नामहरु संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएका छन् । समितिमा लगातारको तीन दिनको सुनुवाईपछि ती नाम अनुमोदन भएका हुन ।  सरकारले १४ मुलुकका लागि राजदूत सिफारिस गरेकोमा काँग्रेस कोटातर्र्फकी एक जना आशा लामाको नाम यसअघि फिर्ता भइसकेको छ । बाँकी सबै अनुमोदन भएका छन् । यी नामहरुमा विजय गच्छदारबाट सिफारिस भई सरकारले प्रस्ताव..

    एक मधेसी नेता भन्छन– निर्वाचनदेखि तिमीहरु भाग्यौ, तर हामी कहिल्यै भाग्या छैन

    बुधबार, चैत्र ९, २०७३ साल
    काठमाडौंः मधेसी मोर्चाका एक नेता अनिल झाले आफूहरु स्थानीय निर्वाचनमा भाग लिन आतुर रहेको तर सत्तापक्ष आफै निर्वाचन नहोस भन्नेमा लागेको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लवमा बुधबार उनले काँग्रेसले तीन दशक, एमालले दुई दशक र माओवादी केन्द्रले एक दशक निर्वाचन बहिष्कार गरेको इतिहास छ तर आफ्नो  दल र मधेसी मोर्चाले कहिल्यै चुनाव वहिष्कार गरेको छैन भने ।  झाले स्वतन्त्र विद्यार्थी युनियनको..

    राष्ट्रिय दलको मान्यता पाउन अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने

    बुधबार, चैत्र ९, २०७३ साल
     काठमाडौं : हाल अस्तित्वमा रहेका दलहरुले राष्ट्रिय दलको मान्यता पाउन अब प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । यस्तै समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्डको व्यवस्था राखिएको छ । संसदको राज्यव्यवस्था उपसमितिमा यसबारे सहमति जुटेपछि समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड र राष्ट्रिय दल बन्न प्रत्यक्षमा अनिवार्यरुपमा एक सिट जित्नुपर्ने भएकाे हाे । संसदको राज्य व्यवस्था समितिले सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा..

    संविधान संशोधनबिना निर्वाचन गर्छु भन्ने नसोचे हुन्छः राजेन्द्र महतो

    मंगलवार, चैत्र ८, २०७३ साल
    भक्तपुरः नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधान संशोधन बिना निर्वाचन गर्ने आँट कसैको नभएको भन्दै काँग्रेस, एमाले र माओवादीले आफूहरुलाई बेइमानी गरेको आरोप लगाएका छन् ।  रफत सञ्चार क्लबमा मंगलबार बोल्दै महतोले काँग्रेस, एमाले र माओवादीको बेइमानीका कारण संबिधान संशोधन हुन नसकेको भन्दै संशोधन बिना स्थानीय तहको निर्वाचन गर्ने कसैको आँट नभएको र भए देश रक्तपातमा डुब्ने बताए ।    उनले मधेसमा..

    संवैधानिक राजतन्त्र र हिन्दुराज्य फिर्ता माग्न गएका राप्रपा कायकर्तालाई प्रहरीको लाठी

    सोमबार, चैत्र ७, २०७३ साल
    काठमाडौंः आफ्नो पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावली हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोग अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीसँग झडप भएको छ ।  झपमा राप्रपाको अध्यक्षसमेत भइसकेका पशुपतिशम्शेर राणासहित राप्रपाका कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेमा केही समयअघि राप्रपा प्रवेश गरेकी गायिक कोमल ओलीसहित १९ जना कार्यकर्ता रहेको सो पार्टीले जनाएको छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार आयोग..

    प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई सुरु, आज एकजनाको मात्रै

    सोमबार, चैत्र ७, २०७३ साल
    काठमाडौंः विभिन्न १३ मुलुकको लागि राजदुत सिफारिस भएका १३ जनाको संसदीय सुनुवाई सोमबारबाट सुरु भएको छ । सरकारको आग्रहअनुसार संसदीय सुनुवाई विशेष समितिले उनीहरुको सुनुवाई सुरु गरेको हो ।  पहिलो आज अष्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी लक्की शेर्पाको सुनुवाई रहेको समितिका एक सदस्यले जानकारी दिए । उनी माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएकी हुन । शेर्पाको सुनुवाईअघि राजदूत सिफारिस भएकाहरुविरुद्ध परेका..

    एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई चिर्नु जरुरी छः पौडेल

    सोमबार, चैत्र ७, २०७३ साल
    बनियानी (झापा): नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको राष्ट्रवाद र मधेसवादीको मधेसवादलाई नचिरेसम्म मुलुक अगाडी बढ्न नसक्ने बताएका छन् ।  नेपाली काँग्रेस झापाले आज विर्तामोडस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘जिल्लास्तरीय कार्यकर्ता भेला’मा पौडेलले भने, “एमालेको राष्ट्रवाद र मधेसवादी दलको मधेस प्रेरित सोच घातक छ ।”  निर्वाचन गराउन मधेसी जनतालाई सम्झाउनुपर्नेमा उनको भनाई थियो । पौडेलले स्थानीय तहको निर्वाचनले देशलाई अघि बढ्ने..

    राप्रपा सत्ताको दुरुपयोग गर्दै आयोगलाई प्रभावमा पर्न धम्कीपूर्ण भाषा बोल्दैछ: बिजुक्छे

    आईतवार, चैत्र ६, २०७३ साल
    भक्तपुर: नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नसक्ने बताउँदै पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसद्मा पेस गरी छलफल गर्न सुझाव दिए..

    प्रधानमन्त्री दाहाल अर्को साता चीन जाने भ्रमण तालिका तय

    आईतवार, चैत्र ६, २०७३ साल
    काठमाडौः बोआओ फोरममा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालले अर्को साता गर्ने चीन भ्रमणका  लागि भ्रमण तालिका तय गरिएको छ । साताब्यापी भ्रमणका लागि चीन जान लागेका दाहालको भ्रमण टोलीमा १२ देखि १५ जना सहभागी हुने अनुमान गरिएको छ ।   भ्रमण टोलीमा परराष्टमन्त्री प्रकाशशरण महत, परराष्ट मन्त्रालयका कर्मचारी, बेइजिस्थित नेपाली राजदूत लिलामणि पौडयाल, प्रधानमन्त्रीका सुरक्षाकर्मी, सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलगायत हुने जनाइएको छ।  प्रधानमन्त्रीका..

    भारतबाट राष्ट्रियतामा र मधेसवादी दलबाट प्रजातन्त्रमा खतरा भयोः मैनाली

    शनिबार, चैत्र ५, २०७३ साल
    भक्तपुरः नेकपा मालेका महासचिव सिपी मैनालीले छिमेकी भारतबाट राष्ट्रियता र मधेशीवादी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् । भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेताहरुले राष्ट्र र यसको विशिष्ट इतिहासलाई ख्याल नगर्दा प्रजातन्त्र र राष्ट्रियतामाथि निरन्तर प्रहार भइरहेको बताए । दलहरुको कमजोरीले राष्ट्रियता खतरामा परेको मैनालीको भनाई थियो ।  उनले नेपालमा एकीकरणदेखिनै वैदेशिक हस्तक्षेप भए पनि अहिले भने..

    आफ्नो विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र हटाउँदा राप्रपाको फितलो विरोध कार्यक्रम

    आईतवार, चैत्र ६, २०७३ साल
    काठमाडौंः निर्वाचन आयोगले आफ्नो विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको घोषणा गरेको छ । विगतदेखि नै राजतन्त्र  र हिन्दु राज्यलाई मुल नारा बनाउँदै आएको राप्रपाले आफ्नो विधानबाट तिनै कुराहरु हटाउँदा सत्ता त्यागेर कडा आन्दोलनमा होमिने अनुमान गरे पनि सामान्य आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  उसले आयोगको निर्णयविरुद्ध सदनदेखि सडकसम्म संघर्ष गर्ने जनाएको..

    निर्वाचन आयोगले 'राजसंस्था' र 'हिन्दु राष्ट्र' हटाइदिएपछि राप्रपाले बोलायो आकस्मिक बैठक

    शनिबार, चैत्र ५, २०७३ साल
    काठमाडौंः विघटित राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट यी दुई शब्द निर्वाचन आयोगले हटाइदिएपछि राप्रपाले आकस्मिक बैठक बोलाएको छ ।  आयोगले संविधानसँग बाझिएको भन्दै एकाएक विधानबाट राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएपछि राप्रपा आक्रोसित भएको हो । आयोगको शुक्रबार बसेको बैठकले यी वाक्याशं हटाइदिएको हो ।  पूर्व पञ्चहरुको पार्टीको रुपमा चिनिएको राप्रपाले आफ्नो विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक..

    निधीले भेटे मोदीलाई, कञ्चनरपुर घटनाको गल्ती स्वीकार, दोषीलाई कारवाही हुने

    शनिबार, चैत्र ५, २०७३ साल
    नयाँ दिल्लीः भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । मोदीको सरकारी निवासमा भएको भेटवार्ताका क्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि थिए ।  भेटमा निधिले कञ्चनपुर घटनाबारे कुरा उठाएको निधिको सचिवालयले जनाएको छ । त्यस्तै, नेपालमा आउँदो वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका ‘लजिस्टिक सपोर्ट’ गर्न पनि उनले आग्रह..

    सञ्चारमन्त्रीको एमालेलाई सल्लाह– मधेसमा गएर उत्तेजनात्मक भाषण नगर

    शुक्रबार, चैत्र ४, २०७३ साल
    भक्तपुरः सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले मधेसी मोर्चाबिना निर्वाचनमा गए मधेसमा अतिवादले प्रश्रय पाउने बताएका छन् । उनले मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनैपर्ने बताए ।  रफत सञ्चार क्लवमा शुक्रबार बोल्दै कार्कीले देशका अधिकांश क्षेत्रमा निर्वाचन भएर मधेसका केही ठाउँमा अवरोध भए पनि निर्वाचन नसर्ने बताए । स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन गरेपछि जनता खुसी भएको उनको तर्क..

    सरकारले एनसेलको पुँजीगत लाभकर असुलीमा नीतिगत भ्रष्टाचार गरेको एमालेको दावी

    शुक्रबार, चैत्र ४, २०७३ साल
    महेन्द्रनगर : मेची-महाकाली अभियान अन्तर्गत रहेको नेकपा-एमालेले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै एनसेलको पुँजीगत लाभकर असुली सम्बन्धी विषयलाई मन्त्रिपरिषदबाट निर्णय गराएको भन्दै त्यसमा 'नीतिगत भ्रष्टाचार' भएको दावी गरेको छ । कन्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा माओबादी सरकारले आफ्नो मन्त्रिपरिषदको निर्णयबाट एनसेल सम्बन्धी लाभकर असुलीमा नीतिगत भ्रष्टाचार गरेको हो । "एमालेले..

    एमालेपछि अव राप्रपा गाउँ-गाउँ पस्ने, ‘जनताको माझमा राप्रपा कार्यक्रम’ सञ्चालन

    शुक्रबार, चैत्र ४, २०७३ साल
    काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई सहज बनाउने उद्देश्यले यही चैत ७ देखि १० गतेसम्म देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनाव सम्बन्धी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।  काठमाडौँबाट सुरु गरिने सो कार्यक्रमअन्तर्गत स्थानीय तह निर्वाचनका विभिन्न योजना तथा कार्यक्रम देशका सबै स्थानमा पार्टीका जिल्ला समिति तथा जनवर्गीय सङ्गठनले व्यवस्थापन गर्नेछन् ।  पार्टीका सम्पूर्ण जिल्ला कार्य समितिले विस्तारित बैठक तीन..

    नेपाल–भारत प्रबुद्ध समूहको बैठक पुनः स्थगित

    शुक्रबार, चैत्र ४, २०७३ साल
    काठमाडौंः सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ ।  यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठक केहीबेर अघि भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए ।  उनले भारतमा..

    देउवासँग रुष्ट भएर हिंडेकी आरजु दुई महिनापछि बल्ल फर्किइन

    आईतवार, चैत्र ६, २०७३ साल
    काठमाडौंः पति शेरबहादुर देउवासँग राजनीतिक विषयमा कुरा नमिलेपछि रुष्ट भएर लण्डन गएकी आरजु देउवा दुई महिनाभन्दा लामो समयपछि बल्ल दिल्ली हुँदै काठमाडौं फर्किएकी छन् ।  छोरो जयवीर विरामी भएको भन्दै जनवरी पहिलो साता लण्डन पुगेकी आरजुले राजतन्त्रको विषयमा काँग्रेसले नरम नीति लिनुपर्ने भन्दै काँग्रेसको सभापतिसमेत रहेको आफ्ना पति शेरबहादुरलाई दबाब दिए पनि शेरबहादुर त्यसमा त्यत्ति सकारात्मक नभएपछि आरजु रुष्ट भएको देउवा..

    मोर्चाले समर्थन फिर्ता लिएसँगै संविधान संशोधनको संभावना टर्योः रायमाझी

    बिहिवार, चैत्र ३, २०७३ साल
    काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझिले यथास्थितिमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारेका छन् । राजधानीमा बिहीबार एक कार्यक्रममा बोल्दै रायमाझीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधन टरेको बताएका हुन ।    आफ्नो पार्टीका नेताहरु संविधान संशोधन गराउन लागिरहँदै त्यसको विरोधमा उभिंदै आएका नेता रायमाझीले आफ्नो चट्टाने अडानले देशलाई सही मार्गमा डोर्याउन..

    कञ्चनपुर घटनाबारे निधिलाई भेटेर भारतीय गृहमन्त्रीले भने- घटना अपसोचपूर्ण छ

    बिहिवार, चैत्र ३, २०७३ साल
    नयाँदिल्ली : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृह मन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । जवाफमा भारतीय..

    प्रधानमन्त्रीले दोहोर्याए-चोभारमा अत्याधुनिक मेला आयोजना भवन निर्माण हुनेछ

    बिहिवार, चैत्र ३, २०७३ साल
    काठमाडौँस् प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उर्वर क्षेत्र रहेको दोहोराएका छन् । प्रधानमन्त्री दाहालले छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको दावी गरे ।  नेपालमा लगानी गर्न कुनै दुविधा नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई उनले आग्रह गरे । सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी चैत ७ गतेसम्म सञ्चालन..

    नयाँ दिल्ली पुगेका निधिले मनमोहन सिंहलाई भेटे

    मंगलवार, चैत्र १, २०७३ साल
    नयाँदिल्लीः प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली आइपुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।  सिंहको निवासमा भएको भेटमा सिंहले दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रक्रिया र विकासका बारेमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ । निधिले नेपालको पछिल्लो राजनीतिक अबस्थाबारे जानकारी गराएका थिए ।  पूर्व प्रधानमन्त्री सिंहले..

    मधेसी मोर्चा भइन्जेल मधेसको विकास पनि हुन्न, शान्ति पनि हुन्नः ओली

    बुधबार, चैत्र २, २०७३ साल
    नेपालगञ्जः एमाले अध्यक्ष केपी ओलीले केही तत्वहरु देशलाई जात, भूगोल र धर्मका नाममा विखण्डन गर्न लागिपरेको आरोप लगाउँदै तिनको उद्देश्य पूरा हुन एमालेले नदिने बताएका छन् ।  मेची–महाकाली अभियान अन्तर्गत मंगलबार नेपालगञ्जमा आयोजित सभामा बोल्दै ओलीले भने, ‘एउटा समूह नेपाललाई विखण्डन गर्न लागेको छ, नेपाल कहिल्यै विकासको बाटोमा जान नसकोस्, स्थिरता नहोस् भन्ने उनीहरुको चाहना छ, त्यो चाहना हामी पूरा हुन..

    संविधान संशोधन अघि बढाउन काँग्रेस नेतृत्वलाई दबाब, चैत १० मा केन्द्रीय समिति बैठक

    मंगलवार, चैत्र १, २०७३ साल
    काठमाडौंः सत्तारुढ नेपाली कांग्रेसमा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजान नेतृत्वलाई दबाब दिएका छन् ।  काँग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा साँसदहरुले सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलको समर्थन थपिएकोले स्थानीय निर्वाचनको प्रक्रियासँगै संशोधन विद्येयकलाई अघि बढाउन आग्रह गरेका हुन । संशोधन विद्येयक अहिले नै पास नभए पनि नियमित प्रक्रियामा राख्ने र सबै दलको समर्थन जुटाउन पहल पनि जारी राख्न..

    स्थानीय तह कार्यान्वयनले सिंहदरबारको अधिकार गाउँमा पुगेको दाहालको दावी

    मंगलवार, चैत्र १, २०७३ साल
    ललितपुरः प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको कार्यान्वयनले सिंहदरबारको अधिकार जनताको पुगेको तर्क गरेका छन् । ललितपुर महानगरपालिकाको घोषणा कार्यक्रममा मंगलबार उनले त्यस्तो बनाएका हुन ।  आजदेखि सात सय ४४ स्थानीय तहको कार्यप्रारम्भ भएपछि सिंहदरबारको अधिकार गाउँमा पुगेको दाहालको भनाई छ । सिंहदरबारमा रहेको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार गाउँ तहका जनताको घर दैलोमा पुगेको भन्दै उनले यसबाट अधिकार सम्पन्न भएको बताए..
    Results 976: You are at page 30 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast