शुक्रबार, मंसिर २०, २०७६

    पर्यटन समाचार

    स्थानीय चुनाव हुन नदिनेगरी चलखेल सुरु

    आईतवार, बैशाख ३, २०७४ साल
    काठमाडौंः दुई दशकपछि हुन लागेको स्थानीय चुनावको मिति नजिकिरहेको बेला मधेसी मोर्चाले चुनावै बिथोल्नेगरी आन्दोलनको घोषणा गरेको छ भने यता काँग्रेस २ नम्बर प्रदेशका साँसदहरुको एउटा समूहलाई मोर्चासँग सहमति नगरी चुनावमा जान नहुने निष्कर्ष निकालेको छ ।  सत्तारुढ पक्षको दावी अनुसार सीमाकंनबाहेक अन्य विषयमा अर्को संविधान संशोधन प्रस्ताव पास गरे आफूहरु चुनावमा सहभागी हुन तयार रहेको बचन दिएको मोर्चाले संशोधन प्रस्ताव..

    नयाँ शक्ति पार्टीसहित ६८ दलहरु चुनाव चिन्ह माग गर्दै अनसनमा

    शनिबार, बैशाख २, २०७४ साल
    काठमाडौं: आ-आफ्ना दलले दलीय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै आएका नयाँ शक्ति पार्टी नेपालसहितका ६८ दलले शनिबारबाट काठमाडौंमा अनसन सुरु गरेका छन् । संसदमा रहेका दलहरुलाई मात्रै दलीय चुनाव चिन्न प्रदान गर्ने कानुनी व्यवस्था खारेज गर्न माग गर्दै उनीहरुले रत्नपार्कस्थित शान्ति वाटिकामा ६ दिने अनसन सुरु गरेका हुन् । अनसनको शुभारम्भ गर्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले..

    संशोधन प्रस्ताव गर्दा गर्ने सहमति गरेर मोर्चा निर्वाचनबाट भागेको सत्ताधारी दलको गुनासो

    शनिबार, बैशाख २, २०७४ साल
    काठमाडौंः असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन संसदमा अर्को संविधान संशोधन प्रस्ताव दर्ता गरिएपछि पनि मोर्चाले स्थानीयसहित सबै चुनावमा भाग नलिने निर्णय गरेकोप्रति सत्तारुढ दलहरुले आश्चर्य प्रकट गरेको छ ।  मोर्चासँगैको भद्र सहमतिमा अर्को संशोधन प्रस्ताव गर्दा गरिएको भन्दै सत्तारुढ तीन दल काँग्रेस, माओवादी र राप्रपाको शुक्रबार साँझ बसेको बैठकले संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरेको..

    वैशाख ५ भित्र हिन्दुराज्य र राजतन्त्र फिर्ता नदिए आयोगविरुद्ध उत्रिने मन्त्रीकै चेतावनी

    शनिबार, बैशाख २, २०७४ साल
    काठमाडौंः सरकारमा उपप्रधानसहित स्थानीय विकास मन्त्रालय सम्हाल्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैशाख ५ गतेसम्म आफ्नो पार्टीको विधानमा रहेको हिन्दुराज्य र राजतन्त्र शब्दावली फिर्र्ता लिन निर्वाचन आयोगलाई चेतावनी दिएका छन् ।  रिपोर्टर्स क्लवमा बोल्दै उनले आफ्नो पार्टीको विधान र प्रस्तावनामा उल्लेख भएका सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र शब्द निर्वाचन आयोगले एकपक्षीय ढंगले हटाएको भन्दै आफूहरुले वैशाख ५ गतेसम्मको समय..

    बाबुरामले आयोगसँग 'आँखा' मागेको खुलासा

    शनिबार, बैशाख २, २०७४ साल
    काठमाडौंः नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष बाबुराम भट्टराईले निर्वाचन आयोगसँग चुनाव चिन्ह आँखा मागेको खुलासा भएको छ । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले उक्त खुलासा गरेका हुन ।  थापाले आयोगले दलहरुलाई निर्वाचन चिन्ह दिनुपर्ने भन्दै भने, ‘बाबुराम भट्टराईजीले आँखा चिन्ह माग्नुभएको छ भने दिए भैगो नि, अरु नयाँ पार्टीहरु पनि छन्, उनीहरुलाई पनि दिए हुन्छ, कानूनी रुपमा बाधा अड्चन भए..

    पूर्वराजाद्धारा २०६३ मा भएको सहमति विपरित दलहरुले धोका दिएको गुनासो

    शुक्रबार, बैशाख १, २०७४ साल
    काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्थित्व संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बर्षको अवसरमा दिइएको शुभकामना सन्देशमा उनले दलहरुले सहमति तोडेर आफूलाई धोका दिएको बताएका छन् ।  शाहले प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि खतरा देखिएको विश्लेषण गर्दै राजनीतिक क्षेत्र प्रतिको भरोसा न्यून हुन पुगेको र त्यसले देशको एकता र सवल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्‍याउने त्रास थपेको बताएका छन् ।  जनताको..

    दलहरुलाई उम्मेदवार छान्नै सकस

    बिहिवार, चैत्र ३१, २०७३ साल
    रत्ननगर (चितवन) ः चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो । जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर चैतको मसान्तसम्म पनि उनीहरुले कुनै पनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन् । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष शङ्कर कँडेल..

    सेना प्रयोग गरेर निर्वाचन सम्भव छैन, त्यो 'ब्याक अप' मात्रै हो: यादव

    बिहिवार, चैत्र ३१, २०७३ साल
    विराटनगर: प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका लागि आयोगदले सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार भेटघाटमा उनले अब आयोगले मतपत्र, परिचयपत्र ढुवानी प्रक्रिया सुरु गर्नुका साथै मतदान केन्द्रित कार्यक्रम लिएर अगाडि बढेको जानकारी गराए । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलगायतको तालिम सम्पन्न भइसकेको उल्लेख गर्दै उनले निर्वाचनको प्रचारप्रसारमा सञ्चार क्षेत्रको अग्रणी भूमिका रहेकाले सत्यतथ्यमा आधारित समाचार..

    स्थानीय र सबै खाले निर्वाचन प्रक्रियामा भाग नलिने मोर्चाको नयाँ घोषणा

    बुधबार, चैत्र ३०, २०७३ साल
    काठमाडौँ: सरकारले हिजो संबिधान संशोधन विधेयक प्रस्ताव दर्ता गरेपछि, त्यसवारे निर्णय गर्न बुधबार  बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले उक्त प्रस्ताव झन् काम नलाग्ने भन्दै  स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाले सो प्रस्ताव पहिले संसदमा दर्ता गरिएको प्रस्तावभन्दा पनि पछाडि रहेको आरोप लगाएको हो । तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसिरहेको बैठकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको,..

    कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन: स्वास्थ्यमन्त्री थापा

    बुधबार, चैत्र ३०, २०७३ साल
    भक्तपुर: स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् । नेपाली काँग्रेस मध्यपुर थिमि नगर समितिले आज थिमिको भुँलाखेलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले दुई वा दुईभन्दा बढी चरणमा भए पनि निर्वाचन हुने तर वैशाख ३१ गतेको मिति हेरफेर नहुने बताएका हुन् । उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने ,..

    रास्ट्रपति भण्डारी बैशाख ४ गते भारत भ्रमणमा निस्कने, यस्तो छ कार्यतालिका

    बुधबार, चैत्र ३०, २०७३ साल
    काठमाडौ: राष्ट्रपति विद्या भण्डारी बैशाख ४ गतेदेखि ८ गतेसम्म भारतको राजकीय भ्रमणमा निस्कने निश्चित भएको  छ। परराष्ट्र मन्त्रालयले राष्ट्रपति भण्डारीको औपचारिक भारत भ्रमणको कार्यतालिका बुधबार सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति प्रणव मुखर्जी,उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी,प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भारत भ्रमणमा जान..

    संविधान संशोधनको अर्को विधेयक दर्ता, यस्ता छन् नयाँ कुराहरु

    बुधबार, चैत्र ३०, २०७३ साल
    काठमाडौंः सरकारले मंगलबार संसद् सचिवालयमा दर्ता गरेको ‘संविधान संशोधन–दोस्रो विधेयक), २०७३ मा प्रदेशको सङ्ख्या र सिमाना हेरफेर सिफारिस गर्न सङ्घीय आयोग गठनको प्रस्ताव गरिएको छ ।  ‘प्रदेश नं ५ का सिमाना हेरफेरको प्रस्तावसहितको अघिल्लो संविधान संशोधन फिर्ता लिई त्यस प्रस्तावमा भएमा अन्य विषय समावेश गरेर प्रदेशको सङ्ख्या र सिमाना हेरफेर सिफारिस गर्न संविधानको धारा, २८७ मा थप गरी सङ्घीय आयोग गठनको..

    ७५ हजार म्यादी भर्ना गर्ने निर्णय सरकारद्वारा अनुमोदन, सेनालाई हेलिकप्टर खरिद गर्न अनुमति

    बुधबार, चैत्र ३०, २०७३ साल
    काठमाडौँ : सरकारले आगामी बैशाख ३१ गतेको लागि तय गरिएको स्थानिय निकायको निर्वाचनलाई दृस्टिगत गर्दै ७५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णयलाई मंगलबार अनुमोदन गरेको छ । गृह मन्त्रालयले गत तीन हप्ता अघि नै एक सूचना प्रकाशित गर्दै ७५ हजार म्यादी प्रहरी भर्ना गर्ने भन्दै आबेदन माग गरिएको थियो । हाल यसको प्रक्रिया म्यादी प्रहरी छनोट प्रक्रिया सकी अब एक महिने..

    चन्दले भने 'म सरकारको निर्णयको स्वागत गर्छु, जुन स्वभाविक पनि थियो'

    मंगलवार, चैत्र २९, २०७३ साल
    काठमाडौंः सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा दोश्रो वारियतामा रहेका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई नियुक्त गरेपछि यसअघि महानिरीक्षक नियुक्त भएका जयबहादुर चन्दले आफूले सरकारको निर्णय स्वागत गर्ने बताएका छन्।   कर्पोरेट नेपालसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'म सरकारको निर्णयको स्वागत गर्दछु र यस बिषयलाई मैलेले नकारात्मक रुपमा लिएको पनि छैन ।' सरकारको यो निर्णय स्वभाविक पनि थियो, उनले थपे । सँगै..

    मन्त्रिपरिषदले आइजिपी नियुक्ति गर्न सकेन, नियुक्तिका लागि सिफारिस गर्न समिति गठन

    मंगलवार, चैत्र २९, २०७३ साल
    काठमाडौंः मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षक ((आइजिपी) नियुक्ति गर्न सकेन । सर्वोच्च अदालतले यसअघिको नियुक्तिलाई खारेज गर्दै वरिष्ठताका आधार प्रक्रिया मिलाएर नियुक्ति गर्न निर्देशन दिए पनि मन्त्रिपरिषदले आज नियुक्ति नगरेर समिति बनाएको हो ।  नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको सिफारिस गर्न चार सदस्यीय कार्यसम्पादन तथा मुल्यांकन समिति गठन गरिएको छ । समितिमा गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन मन्त्रालयका सचिव..

    आफ्नै गुटका नेता देउवाले समेत साथ नदिएपछि निधि संकटमा, संसदमा राजीनामा मागियो

    मंगलवार, चैत्र २९, २०७३ साल
    काठमाडौंः मुखमा आएको सत्ता गुम्नसक्ने डरले आफ्नै गुटका नेता शेरबहादुर देउवाले समेत साथ नदिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि नैतिक संकटमा परेका छन् ।  काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले संसदको ठूलो दल भएको नाताले काँग्रेसलाई मन्त्रिपरिषदमा दोस्रो वरियता दिनुपर्ने अडान लिइरहेको बेला काँग्रेसकै सभापति देउवाले साथ नदिएपछि निधिलाई अप्ठ्यारोमा परेका हुन ।  राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल..

    नेपालमा राजतन्त्र अन्त्य भएकोमा भारतीय नेता खुशी, ‘लोडसेडिङ हट्नुमा भारतीय योगदान’

    सोमबार, चैत्र २८, २०७३ साल
    काठमाडौंः भारतीय जनता पार्टीका एक नेता विजय जोलीले नेपालमा राजतन्त्र अन्त्य भएकोमा खुशी व्यक्त गरेका छन् । नेपाल भ्रमणमा रहेका उनले सोमबार एक कार्यक्रममा नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना हुनुलाई सफलताको रुपमा चित्रण गरे ।  नेपालमा अहिले लोकतन्त्रको सूर्य उदाएको छ, राजतन्त्रको सूर्य अस्ताएको जोलीको भनाई थियो । उनले ३४० मेगावाट विद्युत भारतले दिएर नेपालमा लोडसेडिङ न्यूनीकरण गर्न सहयोग पुगेको..

    योगदान र लोकप्रियताको आधारमा टिकट वितरण हुनुपर्ने पौडेलको सुझाव

    सोमबार, चैत्र २८, २०७३ साल
    धनगढीः सत्तारुढ काँग्रेसले ७ नं प्रदेशअन्तर्गत पर्ने कैलालीको अत्तरियाबाट चुनावी आमसभा थालेको छ । आइतबार आयोजित सभामा काँग्रेसका नेताहरुले वीपी कोइरालालाई सम्झिँदै स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उदघोषसमेत गरेका छन् ।  काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले जस्तो जिम्मेवार पार्टी विभिन्न वर्गका जनताकाबीचमा द्वन्द्व सिर्जना गर्ने षडयन्त्रमा लागेको आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै देउवाले भने, “उखानटुक्का र मधेस..

    प्रधानमन्त्री दाहालद्वारा आइतबार पनि मन्त्रिपरिषद बैठक स्थगन

    आईतवार, चैत्र २७, २०७३ साल
    काठमाडौं: उपप्रधानमन्त्रीको वरियता विवादका कारण तीन सातादेखि सर्दै आएको मन्त्रिपरिषद बैठक आइतबार पनि नबस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार ३ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाए पनि बैठक भोलि ३ बजेका लागि सारिएको, दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार बैठक आज बोलाइएको थियो तर बिशेष कारण बश भोलि तीन बजेसम्मको लागि पुनः सारिएको बताए। हाल, उपप्रधान मन्त्रीद्वय गृहमन्त्री विमलेन्द्र निधि..

    काँग्रेसको चुनावी अभियान सुरु, प्रदेशस्तरीय सभामा भाग लिन देउवा र पौडेल अत्तरियामा

    आईतवार, चैत्र २७, २०७३ साल
    धनगढीः काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता, मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताएका छन् ।  आइतबार कैलालीको अत्तरियामा हुन लागेको काँग्रेसको सात नं प्रदेशस्तरीय चुनावी आमसभामा सहभागी हुन शनिबार आइपुगेका देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भएमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताएका हुन..

    आइतबार अर्को संविधान संशोधन प्रस्ताव दर्ताः दाहाल, एमालेको समेत समर्थन रहेको दावी

    आईतवार, चैत्र २७, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी मोर्चाले पनि स्वीकार गर्ने खालको संविधान संशोधन प्रस्ताव आफूले ल्याउन लागेको बताएका छन् ।  रिपोर्टर्स क्लबको कार्यक्रममा शनिबार उनले भने, ‘मैले अर्को नयाँ संविधान संशोधन विद्येयक ल्याउँदैछु, त्यो प्रस्ताव मधेसी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, प्रस्ताव पूरा तयारी अवस्थामा छ, भोलि संसदमा दर्ता हुन्छ..

    आइजीपी नियुक्तिमा देउवा र पौडेलको फरक धारणा, निधिलाई पौडेलको साथ

    शनिबार, चैत्र २६, २०७३ साल
    काठमाडौंः काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै क्षेत्रका जयबहादुर चन्दलाई नै नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति गर्ने अडानमा रहिरहेको बेला सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अदालतको निर्णयअनुसार नियुक्ति हुनुपर्ने धारणा अघि सारेका छन् ।  पौडेलले शुक्रबार संसदीय दलको बैठकमा काँग्रेसले अदालतको फैसलाविरुद्ध जान नहुने भन्दै सर्वोच्चको फैसलालाई सम्मान गर्दै आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने बताए ।  काँग्रेसबाट गृहमन्त्री रहेका विमलेन्द्र निधिदेखि माओवादीका..

    थापा र निधिको वरियता विवादले दाहाल सरकार संकटमा

    शुक्रबार, चैत्र २५, २०७३ साल
    काठमाडौंः उपप्रधानद्धय कमल थापा र विमलेन्द्र निधिको वरियता विवादले पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय चुनाव नगराउँदै संकटमा परेको छ ।  थापा र निधि दुवैले मन्त्रिपरिषदमा आफूहरु प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा नरहे सरकारमा नबस्ने चेतावनीपछि दाहाल संकटमा परेका हुन । सरकारमा काँग्रेस माओवादीभन्दा ठूलो दल हो भने थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन फिर्ता लिंदा सरकार संकटमा पर्ने संभावना छ ।  थापालाई सरकारमा..

    अदालतको अवहेलना मुद्दामा देउवालाई १० दिनभित्र लिखित जवाफ दिन निर्देशन

    शुक्रबार, चैत्र २५, २०७३ साल
    काठमाडौंः सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।  नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिको विषयमा भएको फैसलालाई लिएर नेपाली काँग्रेस केन्द्रीय समितिले गरेको निर्णयविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले बिहीबार यस्तो आदेश जारी गरेको हो । न्यायधीश  इश्वरीप्रसाद खतिवडाको इजलाशले देउवालाई १० दिनभित्र लिखित जवाफ पेस गर्न आदेश भएको हो ।  अधिवक्ता हरिप्रसाद मैनालीले काँग्रेस..

    विश्व फुटबल बरियतामा भुटानले समेत नेपाललाई उछिन्यो

    शुक्रबार, चैत्र २५, २०७३ साल
    काठमाडौंः नेपालको फुटबल जगतमा गत बर्ष केही आशाका किरण देखिए पनि यो बर्ष भने फेरि खस्किएको छ । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको नयाँ विश्व वरियतामा भुटानले समेत नेपाललाई पछि पारेको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ भने नेपाल १७०औँ स्थानमा यथावत रहेको छ । सार्क राष्ट्रमा भारत..

    इपीजी बैठकमा सन् १९५० को नेपाल-भारत सन्धी पुनरावलोकनबारे छलफल जारी

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौंः नेपाल-भारत प्रबुद्ध समूह (इपीजी)को बैठकमा सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका असमान धाराहरु हटाउन भारत सकारात्मक देखिएको छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको बैठकमा नेपाली पक्षले सन्धि पुनरावलोकनलाई प्रमुख एजेण्डा बनाएकोमा भारतीय पक्ष सकारात्मक हो । बैठक बिहीबार पनि जारी रहनेछ ।  नेपाली पक्षका एक सहभागीका अनुसार सन्धीका सन्धी पुनरावलोकन गरी असमान धाराहरु हटाउने कुरामा भारतीय पक्ष सकारात्मक छन्..

    अब मन्त्री दलको कार्यक्रममा जान पाउने, तर निजी सवारीसाधन चढेर मात्रै

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौंः निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।  आयोगको बुधबार बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको हो ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था..

    मधेसी दलहरु एकताको लागि शुभ दिनको पर्खाइमा

    बिहिवार, चैत्र २४, २०७३ साल
    काठमाडौंः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेता राजकिशोर यादवले मोर्चामा आवद्ध दलहरुबीच छिट्टै एकता हुने दावी गर्दै ज्योतिषले सिफारिस गरेको शुभदिन पर्खिएर आफूहरु सबेको खुलासा गरेका छन् ।   मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका उनले बुधबार रिपोर्टर्स क्लवमा भने, ‘मधेस केन्द्रित दलहरुबीच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले हामीहरुको एकता आवश्यक छ, ज्योतिषले सिफारिस गरेको शुभदिन पारेर..

    निर्वाचनको संघारमा आर्थिक संकटमा परेको भन्दै नयाँ शक्तिले मुठ्ठिदान माग्ने

    बुधबार, चैत्र २३, २०७३ साल
    काठमाडौः पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी आर्थिक संकटमा परेपछि मुठ्ठीदान संकलन गर्ने भएको छ । नयाँ शक्तिले बनाएको निर्वाचन तयारीसम्बन्धी कार्ययोजनामा पार्टी आर्थिक संकटमा रहेको उल्लेख छ ।  नयाँ शक्तिले आर्थिक मितव्ययीताको सात बुँदे कार्ययोजनासमेत बताउँदै थप आर्थिक संकलनका लागि मुट्ठीदान संकलन गर्ने योजना अघि सारेको हो । स्थानीय निर्वाचनमा सहभागी भइरहँदा आर्थिक स्रोत अझ धेरै आवश्यक..

    विजय गच्छदार आफ्नो भन्दा साना दलहरुलाई मिलाएर नयाँ दल बनाउने तयारीमा

    बुधबार, चैत्र २३, २०७३ साल
    काठमाडौंः विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) एक हुने भएका छन् ।  दुवैले एक दुई दिन भित्रमै राजधानीमा पार्टी एकीकरण घोषणा कार्यक्रम गरी एक हुन लागेका हुन । स्थानीय निर्वाचनको मिति नजिकिन लागेको र राष्ट्रिय दल हुन थ्रेसहोल्ड नयाँ कानुन बन्ने निश्चित भएपछि यी दुई दललाई एक हुन दबाब परेको हो ।  फोरम..
    Results 975: You are at page 28 of 33
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 Next Last
    Weather Forecast