बिहिवार, भाद्र ५, २०७६

    पर्यटन समाचार

    वाग्मतीको जस्तै राजनीतिको फोहर पनि निर्वाचनसंगै सफाइ गरिनुपर्छ: प्रधानमन्त्री दाहाल

    शनिबार, फागुन २८, २०७३ साल
    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बतायीका छन् ।  वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताए ।  “वाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै..

    गोविन्द गौतम सहिद घोषित, सम्मानका साथ अन्त्यष्टि गरिने

    शनिबार, फागुन २८, २०७३ साल
    काठमाडौंः चौतर्फी आक्रोस र विरोधपछि सरकारले कञ्चनपुरको आनन्दबजारस्थित अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीले मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेको छ ।  एसएसबीले नेपाली भूमिमै पसेर निर्दोष नेपाली नागरिकलाई गोली हानी हत्या गरेको घटनाप्रति शुक्रबारको संसद बैठकमा साँसदहरुले समेत चर्को विरोध गरेपछि सरकारले गौतमलाई शहिद घोषणा गर्न बाध्य भएको हो ।  नेपाली भूमिको रक्षाका लडदाखेरी ज्यान गुमाउन पुगेका ३२ बर्षीय..

    कञ्चनपुर घटनाको अनुसन्धानमा सघाउन भारतको नेपाली पक्षसँग आग्रह

    शनिबार, फागुन २८, २०७३ साल
    काठमाडौंः नेपालका लागि भारतका कार्यबहाक राजदुत विनय कुमारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई शुक्रबार भेटी कञ्चनपुर घटनाको आफूहरुले अनुसन्धान सुरु गरेको जनाउँदै यसमा सघाउन नेपाली पक्षसँग आग्रह गरेका छन् ।  उनले कञ्चनपुरको लाखिमपुर खेरीमा एक जना नेपाली नागरिकको ज्यान जानेगरी भएको घटनाप्रति समवेदना प्रकट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन । विनय कुमारले घटनाको अनुसन्धानका क्रममा मृतकको पोष्टमार्टम तथा फरेन्सिक चेक जाँचमा..

    संविधान संशोधन गराउने शर्तमा आफू र कमल थापा मन्त्री भएको गिरीले स्वीकार गरे

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौंः नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले संविधान संशोधनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन जनाउने शर्त आफू र कमल थापा मन्त्री भएको खुलासा गरेका छन् ।  रिपोर्टर्स क्लवमा उनले नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयलाई दुई तिहाईले पारित गर्ने सहमतिका साथ आफूहरु सरकारमा गएको स्वीकार गरे । गिरीले भने, ‘अहिले तीन वटा विषयमा मात्रै हाम्रो सहमति छ, यी तीन वटा..

    एमालेद्वारा भारतीय पक्षबाट भएको गोली प्रहार घटनाको भत्र्सना

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौँ : नेकपा-एमालेले कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएकोमा दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति प्रकाशित गरी नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार भएको विषयलाई गम्भीरतापूर्वक भारत सरकार..

    राप्रपा अध्यक्ष थापाले खाए उपप्रधानमन्त्रीको सपथ, दिलनाथ गिरी पर्यटन मन्त्री

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । थापालाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई पद तथा गोपनीयताको सपथ खुवाइन् । यस्तै आजै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले..

    मधेशी मोर्चालाई 'आतंककारी' भन्दै यसरी कुर्लिए एमाले नेता लालबाबु

    शुक्रबार, फागुन २७, २०७३ साल
    काठमाडौंः नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेसी मोर्चाले राजनीतिमा अपराध घुसाएर राजनीति गरिरहेको भन्दै आतंककारी भन्नुपर्ने मोर्चाले विवादास्पद गतिविधि गरेको बताए। सप्तरी घटनाबारे स्पष्ट पार्न एमालेले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले मधेसी मोर्चाविरुद्व आक्रामक अभिव्यक्ति दिएका हुन । लालबाबुले भने, ‘राष्ट्रिय झण्डा जलाउनसमेत पछि नपर्ने मधेसी मोर्चालाई आतंककारी भनिनुपर्छ, के मोर्चामा राजनीतिक विचार छैन ?  राजनीतिभित्र अपराध घुसाएर राजनीति गरिएको छ..

    सप्तरी घट्नाका प्रमुख योजनाकार नै गृहमन्त्री–महासेठ, सीमापारीबाट अपराधी ल्याइएको दावी

    बिहिवार, फागुन २६, २०७३ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रघुवीर महासेठले गृहमन्त्री विमलेन्द्र निधिको आर्थिक सहयोगमा मधेसी मोर्चाले सप्तरी घट्ना घटाएको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लबमा बिहीबार बोल्दै उनले भने, ‘सप्तरी घट्नाका प्रमुख योजनाकार नै गृहमन्त्री निधि हुन्, त्यसैले उनले तत्काल राजिनामा दिनुपर्छ, यो मेरो पार्टीको पनि माग हो ।’ गृहमन्त्री निधिको अभिव्यक्ति र आर्थिक सहयोगका कारण सप्तरी घट्ना घटेको महासेठले पटक–पटक..

    एकाएक सरकार पुर्नगठन गरिँदै, कमल थापा उपप्रधानमन्त्रीको सपथ खाने तयारीमा

    बिहिवार, फागुन २६, २०७३ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई दाहाल सरकारले उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी गरेको हो ।  आजै साँझ थापालाई सपथ खुवाउने तयारी भइरहेको जनाइएको छ । थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्ने निश्चित जस्तै भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । साँझ साढे ६ बजे सपथको कार्यक्रम राखिएको..

    कुनै पनि हालतमा चुनाव हुन्छः पौडेल, हुँदैनः सुजाता

    शुक्रबार, फागुन २७, २०७३ साल
    पर्वतः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने दावी गरेका छन् । बिहीबार बिहान पर्वत कुश्माबजारमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने भन्दै यो निर्वाचन कुनै पनि हालतमा हुने बताए ।  उनले मिति घोषणासँगै सिंगो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका..

    राजविराज घटनाको छाविन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौंः सरकारले राजविराज घटनाको छानविन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले आयोग गठन गर्ने निर्ण गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश तोक्ने निर्णय गरेको छ ।  आयोगका पदाधिकारी चयन गर्ने गृह मन्त्रालयले गर्नेछ । मन्त्रालयले सुरक्षा निकायका प्रतिनिधिलाई सम्मिलत गरी आयोगलाई पूर्णता दिनेछ । साथै, बैठकले राजविराजमा प्रहरीसँगको झडपमा मृत्यु भएकाहरुको..

    यादवको घोषणाः अब एमालेलाई मधेसमा अवरोध गर्दैनौं, ढुक्क भएर कार्यक्रम गर्नुस

    बिहिवार, फागुन २६, २०७३ साल
    काठमाडौंः मधेसी मोर्चाका एक नेता महेन्द्र राय यादवले मधेसको जुनसुकै भागमा एमालेले अब कार्यक्रम गर्दा अवरोध नगर्ने घोषणा गरेका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले आफूहरुको अवरोधको नीति नरहेको स्पष्ट पारे ।   यादवले भने, ‘अब एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’ उनले..

    उपेन्द्रको ठूला दलका नेतालाई प्रश्न– नरेन्द्र मोदीको अगाडि संविधान संशोधन गर्छु भनेको होइन ?

    बिहिवार, फागुन २६, २०७३ साल
    भक्तपुरः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा बुधबार बोल्दै यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको दावी गरे ।  लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको बिरोध अरुले पनि गर्न पाउने भएता पनि मधेसी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा..

    चुरेको निष्कर्ष– सप्तरी घटनामा मोर्चा दोषी, उसैले जिम्मेवारी लिनुपर्छ

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौंः चुरेभावर राष्ट्रिय एकता पार्टीले सोमबार सप्तरीको राजविराजमा घटेको घटनाको दोषी मधेसी मोर्चा हो भन्दै उसैले यस घटनाको जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।  सो पार्टीले बुधबार विज्ञप्ति प्रकाशित गरी शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गर्ने, भाला लाठी जस्ता घरेलु हतियार प्रहार गर्ने र अराजकता, उदण्डताजस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण नै मानवीय क्षति हुन पुगेको बताएको छ..

    मोर्चाद्वारा प्रधानमन्त्रीलाई पाँचबुँदे ज्ञापनपत्र: पहिलो सर्त स्थानीय निर्वाचन कार्यक्रम फिर्ता

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार पाँचबुँदे ज्ञापनपत्र बुझाई सो माग पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा आबद्ध सात दलका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी स्थानीय निर्वाचनका कार्यक्रम फिर्ता गरिनुपर्ने, संविधान संशोधन गरी आफूले उठाउँदै आएको मुद्दा सम्बोधन गर्नुपर्ने, स्थानीय तहका संरचनालाई प्रदेशको क्षेत्राधिकारभित्र राखिनुपर्ने तथा सरकार गठन..

    नेपालको संबिधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको प्रधानमन्त्री दाहालको दावी

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान एसियाकै सबैभन्दा बढी महिलामैत्री भएको बताएका छन् । १ सय ७ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्री दाहालले नेपालको संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गरेको उल्लेख गर्दै नेपालको संविधान सबैभन्दा महिलामैत्री भएको दावी गरेका हुन् । सरकारले घोषणा गरेको २०७४ वैशाख ३१ गतेको स्थानीय निर्वाचन मार्फत हजारौं महिलाहरु..

    चाक्सीवारीमा पौडेल समूहको बैठक, मुलुकलाई निकास दिन नेतृत्व असफल भएको निष्कर्ष

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौंः मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि काँग्रेसले प्रभावकारी भूमिका खेल्न नसकेको रामचन्द्र पौडेल पक्षधरहरुको मंगलबार बसेको बैठकले निष्कर्ष निकालेको छ ।  संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पार्टीको पदाधिकारीदेखि केन्द्रीय सदस्य तथा विभागलाई पूर्णता दिन सभापति शेरबहादुर देउवा असफल भएको र आर्थिक चलखेलमा राजदूत नियुक्ति जस्ता विवादास्पद कुरामा अल्झिएको पौडेल पक्षधरहरुको बताए ।  पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले राजनीतिक..

    सप्तरीमा नयाँ प्रजिअ र प्रहरी प्रमुख पठाइए

    बुधबार, फागुन २५, २०७३ साल
    काठमाडौँ : गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ । यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक..

    राष्ट्रिय सहमतिको सरकार गठन गरेर भए पनि समस्या समाधान गरौंः पौडेल

    बुधबार, फागुन २५, २०७३ साल
    तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखदायी रहेको बताएका छन् ।  दमौलीमा मंगलबार आयोजित एक कार्यक्रममा उनले मधेसमा आन्दोलनकारीको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी रहेको भन्दै मुलुकभित्र देखिएका समस्या समाधान गर्न आवश्यक परे राष्ट्रिय सहमतीको सरकार गठन गरेर भए पनि निकास दिन सक्नुपर्ने बताए ।  यस्तो स्थितिमा स्थानिय चुनाव हुन सक्ला ? भन्ने..

    एमालेले भन्यो- राजविराज घटनामा हामी होइन, यी कारण मोर्चा दोषी छ

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौंः सप्तरी घटनामा प्रत्यक्ष जोडिएको नेकपा एमालेले उक्त घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । घटना हुनुमा एमालेसमेत दोषी रहेको भन्दै सो दलका नेताहरुलाई कारवाही गर्न माग भइरहेको बेला एमालेले यसमा आफूहरु दोषी नरहेको दावी गरेको हो ।  मंगलबार एमाले मुख्यालय धुम्बाराहीमा गरिएको पत्रकार सम्मेलनमा राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्यो । घटनाको..

    मोर्चा कार्यकर्ताको निशानामा सरकारी गाडि र भवन, मानवअधिकार आयोगको गाडि तोडफोड

    मंगलवार, फागुन २४, २०७३ साल
    सप्तरीः सोमबार प्रहरीसँगको झडपमा तीन जना मधेसी मोर्चाका तीन कार्यकर्ताको ज्यान गएपछि आक्रोसित मोर्चाका कार्यकर्ताले मंगलबार बिहान राष्ट्रिय मानवअधिकार आयोगको गाडि तोडफोड गरेका छन् ।  हिजोदेखि नै तनावग्रस्त रहेको राजविराजमा उत्तेजित भिडले जिल्ला प्रशासन अगाडि नै आयोगको जनकपुर कार्यालयको गाडी तोडफोड गरेको हो । बा ७ च ७४७३ नम्बरको स्कोरपियो गाडिमा पाँच जना आयोगका कर्मचारी सवार थिए । तोडफोडबाट गाडिको सिसा..

    सप्तरी सिडिओ र प्रहरी प्रमुखलाई प्रधानमन्त्री दाहालले काठमाडौँ बोलाए

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना  र जिल्ला प्रहरी प्रमुख दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्। उनीहरुलाई गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीको निर्देशनमा फोन गरेर सोमबारको घटनाबारे बुझ्न प्रधानमन्त्रीले प्रजिअ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाएका हुन्। प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालका अनुसार घटनाबारे जानकारी लिन प्रजिअ र प्रहरी प्रमुखलाई बोलाएको मात्रै हो यसलाई तानिएको वा सरुवा गरिएको भनेरेअ नबुझ्न..

    सप्तरी बन्द, बिहानैदेखि अवस्था तनावपूर्ण

    मंगलवार, फागुन २४, २०७३ साल
    राजविराज (सप्तरी) : प्रहरीको गोली लागेर मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोध एवम् आक्रोशमा मधेसी मोर्चाले आज अह्वान गरेको बन्द कार्यक्रमअन्तर्गत सप्तरी जिल्ला पूर्णरुपमा बन्द भएको छ । बन्दका कारण यातायात, कलकारखाना, उद्योग, शैक्षिक संस्था बन्द भएका छन् । आक्रोशित मधेसी मोर्चा कार्यकर्ता आज बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका बजार क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै बन्द गराउँदै..

    मोर्चाले सरकारले दिएको समर्थन फिर्ता लियो, मुलुक २०४७ सालमा फर्किने संकेत

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौंः सप्तरीको राजविराजमा चार जनाको ज्यान जानेगरी राजनीतिक द्धन्द्ध चर्कियसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  संघीय समाजवादी फोरम, नेपालको कार्यालय सोमबार साँझ तीनकुनेमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  समर्थन फिर्ताको औपचारिक पत्र मंगलबार सभामुख ओनसरी घर्तीलाई बुझाइने मोर्चाले तयारी गरेको छ । मुलुक राजनीतिक निकासभन्दा पनि द्धन्द्ध र मुठभेडतर्फ लम्किँदा..

    राजविराज घटनामा मृत्यु हुनेको संख्या ३, गम्भीर घाइतेहरुको उपचार जारी

    मंगलवार, फागुन २४, २०७३ साल
    काठमाडौंः सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु हुनेमा सप्तरी मलेठ९२ का सञ्‍जन मेहताको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई घाइतको उपचारका लागि लाने क्रममा मृत्यु भएको हो । मृत्यु हुने अन्यमा सप्तरी मलेठ ४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको प्रहरीले जनाएको छ ।  अन्य घाइतेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको..

    एमालेको कार्यक्रम बिथोल्न खोज्दा गोली लागि एक मोर्चा कार्यकर्ताको मृत्यु, जर्दनौ घाइते

    सोमबार, फागुन २३, २०७३ साल
    सप्तरीः प्रमुख प्रतिपक्षी दल एमालेको मेची–महाकाली अभियान बिथोल्न आएको मधेसी मोर्चा समर्थक कार्यकर्तालाई रोक्न प्रहरीले गोली चलाउँदा एक जना युवकको मृत्यु भएको छ । दुईवटा समूहको मुठभेड हुन नदिन प्रहरीले मोर्चाका कार्यकर्तालाई रोक्ने क्रममा भिडबाट ढुँगामुडा हुँदा गोली चलाउन बाध्य भएको प्रहरीको भनाई छ । टउकोमा गोली लागेका मोर्चाका कार्यकर्ता सप्तरीको मलेठ– २ का अन्दाजी १८ वर्षीय सन्जन मेहताको घटनास्थलमै मृत्यु..

    एमालेको शक्ति देखेर शक्ति केन्द्र डराएः रविन्द्र अधिकारी

    सोमबार, फागुन २३, २०७३ साल
    भक्तपुरः नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारीले मधेसका दुई चार ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने तर्क गरेका छन् । रफत सञ्चार क्लवमा सोमबार अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार गर्न सकिन्न भन्दै संविधान संशोधनभन्दा पहिला निर्वाचन जरुरी छ भने । निर्वाचन गराउन नखोज्ने सरकारको नियतलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनको भनाई थियो । एमालेलाई विकासविरोधी प्रमाणित गर्न अधिकारीले..

    स्थानीय विकासका दयालु कर्मचारीले धुर्मुस सुन्तलीलाई दिए एक लाख

    सोमबार, फागुन २३, २०७३ साल
    काठमाडौंः महोत्तरीको बर्दिवासमा मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती निर्माण गरिरहेका हास्य कलाकारद्धय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई स्थानीय विकास मन्त्रालयका कर्मचारीले एक लाख दुई हजार ५१० रुपियाँ सहयोग गरेका छन् ।  बस्ती निर्माण गर्न रकम अभाव भएको भन्ने समाचार सुनेर आफूहरुले धुर्मुस सुन्तलीलाई उक्त सहयोग गरेको कर्मचारीहरुले बताए । धुर्मुस सुन्तलीले बस्ती निर्माण गर्न दुई करोड रुपियाँ आवश्यक..

    मोर्चाको धम्कीपछि एमालेले सरकारसँग माग्यो शान्ति सुरक्षा

    सोमबार, फागुन २३, २०७३ साल
    इटहरीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेसलाई केन्द्रीत गर्दै शनिवारबाट सुरु गरेको मेचीमहाकाली अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको भन्दै एमालेले सरकारसँग शान्ति सुरक्षा मागेको छ ।  आफ्नो अभियान असफल बनाउन स्वयम सरकारले समेत अप्रत्यक्ष रुपमा सहयोग गरेको एमालेको ठहर छ । उसले आफ्नो अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ ।  मोर्चाका कार्यकर्ताले सिरहा, सप्तरीलगायतका स्थानमा..

    सप्तरीको राजबिराजमा दुईवटा बम फेला

    सोमबार, फागुन २३, २०७३ साल
    राजविराज: नेकपा एमालेले गर्न लागेको आजको मेची–महाकाली अभियान अन्तर्गत सभा बिथोल्ने उदेश्यले सोमबार सप्तरीको राजविराजमा दुईवटा बम फेला परेको छ। राजविराज नगरपालिका–४, मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दानबहादुर कार्कीले जानकारी दिए। बम डिस्पोजलका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको कार्कीले बताए । बम भेटिएको स्थान एमालेको सभास्थल नजिकैको पर्दछ। एमालेले राजविराजको औद्योगिक क्षेत्रमा सोमबार दिउँसो..
    Results 848: You are at page 27 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast