सोमबार, कार्तिक ४, २०७६

    पर्यटन समाचार

    मोर्चासँगको सहमतिलाई नमान्ने एमालेको संकेत, बजेट र निर्वाचन दुवै अन्योलमा

    सोमबार, बैशाख ११, २०७४ साल
    काठमाडौंः असन्तुष्ट मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन भन्दै दुई चरणमा स्थानीय निर्वाचन र संविधान सशोधन गर्ने सरकारको योजना प्रमुख प्रतिपक्ष दल एमालेले अस्वीकार गर्ने संकेत गरेको छ । राष्ट्रियता जोगाउन कुनै पनि हालतमा संविधान संशोधन गर्न नहुने तर्क गर्दै आएको एमालेले स्थानीय निर्वाचनमा मधेसी मोर्चाको सहभागिता सुनिश्चित गर्न र यसको अनुकूल वातावरण निर्माण गर्न फास्ट ट्र्याकबाट संविधान संशोधन गर्ने निर्णय मन्त्रिपरिषदबाट..

    उपेन्द्र यादव: सरकारसँग मोर्चाको सहमति नै भएको छैन, मिडियाले त्यसै आतंक मच्चाए

    आईतवार, बैशाख १०, २०७४ साल
    विराटनगरः सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेसी मोर्चाबीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौता नै नभएको दावी गरेका छन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आइतबार विराटनगरमा आयोजित विरोधसभामा उनले सम्झौता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रसारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाए । यादवले संविधान संशोधन र राष्ट्रिय सवालका विषयमा सम्बोधन नगरिएसम्म निर्वाचनमा सहभागी नहुने बताए ।  आन्दोलनको भावनालाई नसमेटिएको..

    प्रदेश नम्बर १, २, ५ र ७ मा दोश्रो चरणको चुनाव जेठ ३१ गते गर्ने सरकारको निर्णय

    सोमबार, बैशाख ११, २०७४ साल
    काठमाडौं : सरकारले अन्तत: स्थानीय निकायको चुनाव दुई चरणमै गर्ने निर्णय गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दोश्रो चरणको चुनाव जेठ ३१ गतेलाई तोकेको छ । बैठकले निर्वाचन आयोगको परामर्शमा दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात..

    दुई चरणमा निर्वाचनको तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

    आईतवार, बैशाख १०, २०७४ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नु पर्नाको कारणबारे निर्वाचन आयोगका पदाधिकारीसँग आज परामर्श गरेका छन् । सरकार र आन्दोलनरत मधेस केन्द्रित दलसँग शनिबार भएको सहमतिअनुसार केही प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने भएकाले सो सम्बन्धमा आवश्यक तयारीका बारेमा छलफल गरेका हुन् । प्रधानमन्त्री र आयोग पदाधिकारीबीच आज भएको छलफलमा दोस्रो चरणको..

    दुई चरणको निर्वाचनबारे सरकार आयोगसँग छलफलमा, मन्त्रिपरिषद बैठक पनि बस्दै

    आईतवार, बैशाख १०, २०७४ साल
    काठमाडौं: संविधान संसोधन प्रस्ताव परिमार्जनबारे निर्णय लिन आइतबार मन्त्रिपरिषद बैठक डाकिएको छ । सत्तारुढ दलबीच मधेशी मोर्चाको शनिबार साँझ तीन-बुंदे अलिखित सम्झौता भएपछि सरकारले आज त्यसबारे निर्णय गर्न बैठक बोलाएको हो । बैठक ११ बजेपछि बोलाइएको छ र त्यसभन्दा अघि सरकारले निर्वाचन आयोगसँग अहिले दुई चरणको निर्वाचनबारे परामर्श गर्दै गरेको, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हिजो साँझ सरकारले मधेसी मोर्चासँग संविधान..

    स्थानीय निर्वाचन दुई चरणमा गर्ने, मोर्चा पनि चुनावमा आउने सहमति

    आईतवार, बैशाख १०, २०७४ साल
    काठमाडौंः सरकार र मधेसी मोर्चाबीच भएको लामो रस्साकस्सीपछि स्थानीय निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको सरकार र मधेसी मोर्चाबीचको वार्ताले दोस्रो चरणको निर्वाचन जेठ ३१ मा गर्ने सहमति गरेको हो ।  बैशाख ३१ गतेको लागि घोषित मितिमा ३, ४ र ६ नम्बर प्रदेशमा निर्वाचन गर्ने र दोस्रो चरणमा १, २, ५ र ७ प्रदेशमा..

    प्रचण्डले नयाँ शक्तिलाई चुनाव चिन्ह दिन आयोगलाई रोकेको बाबुरामको आरोप

    आईतवार, बैशाख १०, २०७४ साल
    पालुङ्टार (गोरखा) ः पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।  नयाँ शक्तिले गोरखाको पालुङटारमा शनिबार आयोजना गरेको बृहत् आमसभामा भट्टराईले “जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ”– भने । कार्यकर्ता र पार्टी सञ्जाल विस्तार हुन नपाउँदै खुम्चिएको नयाँ शक्तिका संयोजक भट्टराईको चुनाव हुन..

    अब निर्वाचन सार्ने अवस्था छैनः प्रमुख निर्वाचन आयुक्त

    शनिबार, बैशाख ९, २०७४ साल
    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति कुनै पनि हालतमा सार्न नसकिने स्पष्ट पारेका छन् । उनले तोकिएको मितिमा चुनाव हुने पनि दावी गरे ।  शनिबार रिपोर्टर्स क्लबमा बोल्दै यादवले, ‘बैशाख ३१ गते निर्वाचन हुन्छ, अब यो मिति सर्दैन्, आयोगले त्यही मितिअनुसार सम्पूर्ण तयारी गरिसकेको छ, निर्वाचन सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेका छन्, यस्तो अवस्थामा..

    भारत भ्रमण सकेर राष्ट्रपति भण्डारी फिर्ता

    शनिबार, बैशाख ९, २०७४ साल
    काठमाडौंः भारतको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार साँझ स्वदेश फिर्ता भएकी छन् । राष्ट्रपति भएपछिको पहिलो विदेश भ्रमणका लागि उनी सोमबार दिल्ली प्रस्थान गरेकी थिइन ।  राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरालगायत स्वागत गर्न पुगेका थिए ।  सो अवसरमा नेपाली सेनाले २१ तोपको..

    माओवादीले लिएका मन्त्रालयको प्रगति राम्रो, अरुको नराम्रोः कार्की

    शनिबार, बैशाख ९, २०७४ साल
    काठमाडौंः । सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले स्थानीय चुनावमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले सोचेको भन्दा धेरै राम्रो नतिजा हासिल गर्ने दावी गरेका छन्  रिपोर्टर्स क्लवमा शुक्रबार उनले भने, ‘हामी निकै आशावादी छौं, दाबी गर्ने कुरा त होइन, तर भर्खरै सम्पन्न भएको स्ववियू निर्वाचनले पनि हामीलाई ठूलो आशा जगाएको छ ।’ कार्कीले ०६४ को संविधानसभाको चुनावमा जनताले माओवादीलाई ठूलो दल बनाएको..

    मेयरका आकांक्षी काँग्रेस नेतामाथि साङ्घातिक आक्रमण

    शुक्रबार, बैशाख ८, २०७४ साल
    बैतडीः बैतडीको मेलौली नगरपालिकामा काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ । गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।  कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रे घुँडाको पाङ्ग्रा फुटेर टुक्राटुक्रा हुनुका साथै, छाती र आँखामा चोट रहेको जिल्ला अस्पातल बैतडीले जनाएको छ ।..

    राष्ट्रपति विद्या भण्डारी आज साँझ फर्किंदै, उडानहरु केही समय प्रभावित हुने

    शुक्रबार, बैशाख ८, २०७४ साल
    काठमाडौंः भारतको पाँच दिने औपचारिक भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किदा नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाभन्दा बढि समय अवरुद्ध गरिने भनेको छ ।  उक्त समयमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु रोकेर राष्ट्रपति आउने उडानको सहज अवतरणको तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ ।  राष्ट्रपतिको पहिलो विदेश भ्रमणका क्रममा सोमबार दिल्ली पुगेकी राष्ट्रपति आज साँझ ७..

    परिमार्जनसहित संशोधन प्रस्ताव पारित भए निर्वाचनमा सहभागी हुने मोर्चाको जवाफ

    शुक्रबार, बैशाख ८, २०७४ साल
    काठमाडौँ: सत्तारूढ दलले निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा मोर्चाका शीर्षनेताबीच भएको छलफलमा सत्तारूढ दलका नेताले सरकारले संविधान संशोधन प्रस्तावलाई अघि बढाउने र मोर्चाले निर्वाचनमा सहभागी हुने प्रस्ताव राखेका थिए । बैठकमा संविधान संशोधन..

    नयाँ शक्ति र सङ्घीय समाजवादी फोरमबीचको औपचारिक एकताको लागि 'संयोजन समिति’ गठन

    शुक्रबार, बैशाख ८, २०७४ साल
    काठमाडौँ: नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन हुने भएको छ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई र र सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ती जारी गरेर यस्तो घोषणा गरेका हुन् । ‘नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको लागि दुबै पार्टीकाबाट वार्ता..

    प्रधानमन्त्री दाहाल मधेशी दलहरुलाई सहभागि गराउने अन्तिम कसरतमा

    शुक्रबार, बैशाख ८, २०७४ साल
    काठमाडौ: स्थानीय चुनावमा मेधसी मोर्चाआवद्ध दलहरुलाई सहभागि गराउने लगभग अन्तिम कसरतको रुपमा आज प्रधानमन्त्री पुष्प कमल दाहालले बालुवाटारमा छलफलका लागि काँग्रेस र मधेशी मोर्चाका नेताहरुसग संवाद प्रक्रिया थालेका छन् । अहिले बैठक जारी रहेको छ । बैठकमा उपेन्द्र यादवबाहेका मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागि भएका रहेको  प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । बैठक मधेशी मोर्चाआवद्ध छ दलहरु एकीकरण भएपछिको पहिलो हो ।..

    निर्वाचन हुन नदिन केही शक्ति लागिपरेका छन्ः दाहाल

    शुक्रबार, बैशाख ८, २०७४ साल
    सुरुङ्गा (झापा) ः प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने दावी गरेका छन् । उनले चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन नचाहेको बताए ।  विर्तामोडमा बिहीबार आयोजित कार्यक्रममा “लामो समयपछि हुन लागेको निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्नुपर्छ । परिणाम आफ्नो पक्षमा नआउने देखेर निर्वाचनबाट पछि नहट्नु हुँदैन ।” निर्वाचन..

    छ मधेसी दल मिले, नयाँ पार्टीको नाम 'राष्ट्रिय जनता पार्टी'

    शुक्रबार, बैशाख ८, २०७४ साल
    काठमाडौंः मधेसी मोर्चामा आवद्ध छ दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी नामक नयाँ राजनीतिक दल गठन गरिएको छ । जुट्ने र टुट्ने ठेगान नभएका मधेसी दलहरुको यो एकता आफूहरुको राजनीतिक अस्तित्व जोगाउन जरुरी थियो ।  कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा गरिएको पार्टी एकीकरणमा यसअघि पाँच दलबीच मात्रै एकता हुने ठानिए पनि अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी पनि जोडिन आएर छ पार्टी..

    प्रचण्ड अप्ठ्यारोमा परेको हो ? हामी काँध थाप्न तयार छौंः ज्ञवाली

    बिहिवार, बैशाख ७, २०७४ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अप्ठ्यारोमा परेको भए एमाले काँध थाप्न तयार रहेको बताएका छन् ।  राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले चुनाव गराउन कुनै बाधा, अड्चन र अप्ठ्यारो आए प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई आफ्नो पार्टीले साथ दिने बताए ।  सचिव ज्ञवालीले अहिले सरकारमा सहभागी हुने आफ्नो पार्टीको कुनै चाहना नरहेको जिकिर गर्दै..

    निगमको जहाज खरिदका लागि सरकार जमानी बस्ने, दुई पुराना लिलामी प्रक्रियामा जाने

    शुक्रबार, बैशाख ८, २०७४ साल
    काठमाडौँ: मन्त्रिपरिषद्को विहिबारको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो । निगमका अनुसार वाइड बडी जहाज खरिद गर्ने निश्चित भएको भन्दै २ सय ८० सिट क्षमताका जहाज जतिसक्दो चाँडो..

    धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको बस्तीको जग्गा दर्ता राजस्व छुट दिने सरकारको निर्णय

    बिहिवार, बैशाख ७, २०७४ साल
    काठमाडौं: सरकारले महोत्तरीको वर्दिबासस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्तीमा निर्माण भएको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ । बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको नियमित बैठकले जग्गा तथा घरको मालपोतमा दर्ता गर्दा लाग्ने शूल्क मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए । यस्तै बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरीका भ्रमणका लागि स्वीकृती दिएको छ..

    अस्तित्व जोगाउन मधेसवादी दलहरु एक हुँदै, नयाँ पार्टीको नाममा मधेस शब्द हटाइने

    बिहिवार, बैशाख ७, २०७४ साल
    काठमाडौंः मधेसवादी पाँच राजनीतिक दल एक भएर बिहीबार नयाँ पार्टी बनाउने तयारी गरेका छन् । क्रियाशील सातमध्ये पाँच वटा मात्रै मिलेर  ‘मधेस’ शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ नामक नयाँ दल बनाउने भएका हुन ।  तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच एकता हुन लागेको हो । उनीहरुले बिहीबार राजधानीमा..

    कमल थापाको गतिविधि निर्वाचन आयोगलाई मन परेन, दोहोर्याए राम्रो नहुने

    बिहिवार, बैशाख ७, २०७४ साल
    काठमाडौंः सरकारमै बसेर निर्वाचन आयोगको निर्णयविरुद्ध आलोचना र आन्दोलन गर्दै आएका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र उनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको गतिविधिप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ ।  आफ्नो पार्टीको विधानबाट संवैधानिक राजतन्त्र र हिन्दुराज्यसम्वन्धी शब्दाबली हटाइदिएको भन्दै विरोध जनाउँदै आएका कमल थापा र राप्रपाको गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ ।  कमल थापाको यो..

    काँग्रेसले परिकल्पना गर्यो ‘नमुना स्थानीय सरकार’ टोलटोलसम्म सुविधा पुर्याउने

    बिहिवार, बैशाख ७, २०७४ साल
    काठमाडौंः नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा ‘नमुना स्थानीय सरकार’ विकास गर्ने विषयलाई प्राथमिकतामा राख्ने भएको छ ।  काँग्रेस नेता महेश आचार्य नेतृत्वको पार्टीको निर्वाचन घोषणापत्र तयारी समितिले सो पार्टीका शीर्ष नेता तथा पदाधिकारीसँग प्रारम्भिक मस्यौदामाथि छलफल गरेको छ । छलफलका क्रममा नेताले स्थानीयस्तरका विषयलाई बढी प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।  संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले सोहीअनुसार..

    स्थानीय निर्वाचनको लागि देशभर १० हजार ६४० मतदान स्थल

    बिहिवार, बैशाख ७, २०७४ साल
    काठमाडौं : बैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनमा देशभर गरी १० हजार ६४० मतदान स्थल हुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप प्रदान गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान केन्द्र भने १८ हजार ५ सय ७२ निर्धारण गरिएको छ । एक मतदान स्थानमा एक भन्दा बढी केन्द्र पनि..

    निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष

    बुधबार, बैशाख ६, २०७४ साल
    काठमाडौँ: प्रमुख पाँच दलले यही वैशाख ३१ गते हुने निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् । निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटारमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का..

    चुनावमा सेना खटाउने प्रस्ताव मन्त्रिपरिषद्मामा विचाराधीन

    बुधबार, बैशाख ६, २०७४ साल
    काठमाडौँ: स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।  ३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय नगरेको आजको नयाँ पत्रिकामा समाचार छ ।  बजेटसमेत विनियोजन भएको छैन..

    मोदीसँग राष्ट्रपति भण्डारीको भेटवार्ता, स्वागतमा मुखर्जीको रात्रीभोज

    बुधबार, बैशाख ६, २०७४ साल
    नयाँदिल्ली (भारत) : भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति बिद्या भण्डारी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ ।   भेटमा मोदीले नेपालको पुनःनिर्माण तथा समग्र विकासका परियोजनाहरु चाँडोभन्दा चाडो पूरा होस् भन्ने भारत सरकार र आफ्नो व्यक्तिगत चाहनासमेत भएको बताए ।  लोकतन्त्रको सुदृढीकरणमार्फत नेपाल सम्बृद्धिको बाटोमा अघि बढोस् भन्नाका लागि भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उनले बताएको..

    तीनै सुरक्षा प्रमुखलाई बोलाएर निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन प्रधामन्त्रीको निर्देशन

    मंगलवार, बैशाख ५, २०७४ साल
    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भयरहित ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई आज बालुवाटार बोलाएर आपसमा आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले वैशाख ३१ मा हुने..

    भण्डारीलाई भारतीय समकक्षी र मोदीद्वारा संयुक्तरुपमा स्वागत, मुखर्जीलाई चन्दन उपहार

    मंगलवार, बैशाख ५, २०७४ साल
    काठमाडौँ : पाँच-दिने भारतको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संयुक्त रुपमा स्वागत गरेका छन् । भारतको राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले आफ्नो सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका छन् । ‘घनिष्ठ छिमेकीलाई हाम्रो विशेष सम्मान छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन..

    नेपालकी राष्ट्रपतिलाई दिल्लीको तुच्छ स्वागत, केजरीवालसँग आजै भेट हुने

    मंगलवार, बैशाख ५, २०७४ साल
    काठमाडौंः राजकीय भ्रमणको लागि भारत पुगेकी पहिलो नेपाली महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई नयाँ दिल्लीले तुच्छ किसिमको स्वागत गरेको छ । भारतीय महिला तथा बालबालिका बिकास राज्यमन्त्री कृष्णा राजले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेकी हुन ।  भण्डारीको स्वागत कम्तिमा पनि कुनै प्रभावशाली मन्त्री आउने अपेक्षा गरिए पनि कृष्ण राजलाई पठाइएबाट दिल्लीको संस्थापन पक्षले भण्डारीको भ्रमणलाई खासै महत्व नदिएको प्रष्ट झल्किन्छ ।..
    Results 922: You are at page 25 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast