सोमबार, कार्तिक ४, २०७६

    पर्यटन समाचार

    प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- बाध्य भएर महाभियोग ल्याउनु पर्यो, यसले चुनाव बिथोलिन्न

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार भेट गरी प्रधानन्यायधीस सुशीला कार्कीविरुद्ध ल्याउनुपरेको महाअभियोग प्रस्तावबारे जानकारी गराएका छन् । दाहालले यसबाट असहज परिस्थिति नआउने विश्वास समेत दिलाएका छन् ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय, शीतल निवास बोलाइएका दाहालले महाअभियोग प्रस्तावले निर्वाचनलगायत काममा कुनै असर नपर्ने राष्ट्रपति भण्डारीलाई जानकारी गराए । दाहाल र भण्डारीबीच झण्डै एक घण्टा लामो वार्ता..

    कमल थापाको पार्टीका साँसद एकएक बेपत्ता, पूर्वराजाले पार्टी फुटाउन खोजेः थापा

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः नेपालको राजनीतिमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव राष्ट्रिय प्रजातन्त्र पार्टीमा परेको छ । प्रधानन्यायधीस सुशीला कार्कीलाई महाअभियोग लगाउने काँग्रेस र माओवादीको तयारीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने घोषणा गरेलगत्तै राप्रपाका एक दर्जन साँसद वेपत्ता भएका छन् ।  राप्रपा अध्यक्ष कमल थापाले भने आफ्नो पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको आरोप लगाएका छन् । थापाले सोमबार सरकार छोडने भनेपछि उनको..

    काँग्रेसको उम्मेदवारको विवाद केन्द्रमा थुप्रियो, आज टुँगो लाग्दै

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ ।  काँग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र..

    पछिल्लो राजनीतिक घटनाक्रमबाट सेना सशंकित: थप सुरक्षा सतर्कता अपनाउने निर्णय

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौँ: जारी नेपाली राजनीतिको पछिल्लो घटनाक्रमलाई लिएर नेपाली सेनाले आइतबार सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ । सेनाको जंगी अड्डा, भद्रकालीमा आज साँझ १० बजे सकिएको आकस्मिक पि.एस.ओज. बैठकले आइतबार दिनभर बिकसित घटनाक्रमलाई नियाल्दै वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समीक्षा गरेको, सैनिक जनसम्पर्क निर्देशनालयले बिज्ञप्ति मार्फत जनाएको छ । "देशमा हाल विकसित घट्नाक्रमको समीक्षा गर्न..

    देउवासँग असन्तुष्टि जनाउँदै गृहमन्त्री निधिले दिए राजीनामा

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौंः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएका छन । लामो समयदेखि कमल थापासग वरियता विवादका कारण मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका निधिले राजीनामा दिएका हुन ।  यद्यपि उनले राजीनामा दिनुको कारण प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टी जनाएको देखाए पनि मुख्य कारण भने डिआइजी नवराज सिलवालमाथि कारवाहीको तयारी रहेको स्रोतको भनाई छ । सिलवाललाई बचाउ गर्न पूर्वप्रधानन्यायाधीश कल्याण..

    कामु प्रधानन्यायधीसमा पराजुलीको पदबहाली, झण्डावाल गाडिमै निस्किइन कार्की

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशमा पदबहाली गरेका छन् । सर्वोच्चमा आइतबार आयोजित एक कार्यक्रमबीच पराजुलीले पदवहाली गरे । पदबहालीसँगै पराजुलीले सर्वोच्चमा उपस्थित न्यायाधीश र कर्मचारीलाई इमान्दार र कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्बाह गर्न निर्देशनसमेत दिए । झण्डावाल गाडिमै फर्किन कार्की पराजुलीले पदबहाली गनुअघि प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्चको गाडीमा झण्डासहित करिव..

    सुशीला कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पुग्यो, यस्तो छ महाअभियोगको व्यहोरा

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौंः प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र)का एक चौथाई सांसदले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै संसद सचिवालयले उनको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ ।  नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेकोलगायतका आरोपसहित कांग्रेस र माओवादीका सांसदले आइतबारसंसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि विशेषगरी सामाजिक सञ्जालहरुमा समर्थन..

    प्रधानन्यायधीसविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।  मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् रहेर २५९ जनाले हस्ताक्षर प्रस्ताव दर्ता गरेका हुन ।  उनीहरुले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव रहेको, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने गरेको, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार..

    प्रधानमन्त्री वैशाख ३१ मै चुनाव हुने विश्वासमा

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौंः पहिलो चरणको स्थानीय निर्वाचनको मिति सर्ने वा कायम रहनेबारे दलका नेताहरुबीच नै फरक फरक धारणा आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले ३१ गते नै निर्वाचन हुनेगरी वैशाख १९ गते मनोनयन दर्ता हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले र केही मधेसी दलले दुई चरणमा चुनाव गर्न नहुने भन्दै एउटै चरणमा गर्न सुझाव दिइरहेको बेला दाहालले अहिलेकै मितिमा निर्वाचन हुने दावी..

    संशोधन विधेयकमाथिको कार्यसूचिमै प्रवेश नै नगरी संसद बैठक चैत २० गतेसम्मलाई स्थगन

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौं : दर्ता गरिएको संविधान संशोधन विधेयकमाथि छलफल गर्ने भनि बोलाइएको आइतबारको व्यवस्थापिका संसद बैठक कार्यसूचीमै प्रवेश नगरी चैत २१ गतेलाई बोलाइएको छ । आजको संसदको कार्यसूचिमा सरकारले चैत २९ गते व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयक माथि फास्ट ट्रयाकबाट संसोधन प्रक्रिया अगाढी बढाउने निर्णय कार्यक्रम थियो । बैठक ११ बजे बोलाइएकोमा उक्त बिषयमा प्रवेश नै नगरी नेपाली कांग्रेसका पूर्व सांसद..

    संशोधन विधेयकलाई असफल पार्न सबै खाले प्रयत्न अपनाउने एमाले स्थायी कमिटीको निर्णय

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौँ: नेकपा (एमाले)को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । “बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,” पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने..

    प्रमुख प्रतिपक्षी दलसहितबाट संविधान संशोधनका लागि ४७ वटा संशोधन प्रस्ताव दर्ता

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौँ: व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा आज साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिए । संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उनले बताए । दर्ता भएका..

    निर्वाचनको बीचमा बजेट जारी गर्न नमिल्ने निर्वाचन आयोगको निष्कर्ष

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौंः निर्वाचन आयोगले आचारसंहिता विपरित हुने भन्दै निर्वाचनको बीचमा बजेट ल्याउन नमिल्ने निष्कर्षमा पुगेको छ । दलहरुबीच निर्वाचनको मिति र बजेट जारी गर्ने विषयमा विवाद भइरहेको बेला आयोगले निर्वाचनको बीचमा बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।  यसले सरकारलाई निर्वाचनको मिति सार्न बाटो खुलेको छ । विपक्षी दल एमालेका कारण तत्काल संविधान संशोधनको संभावना नरहेसँगै बजेट जारी गर्ने मिति पछाडि गर्ने..

    एक मधेसी नेता भन्छन– जनता अहिले कै संविधानमा खुशी छन, किन चाहियो संशोधन ?

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेता रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लवमा शनिबार बोल्दै उनले संशोधनविना अहिलेकैै संविधान लागु होस् भन्ने जनताको चाहना रहेको बताए । महासेठले बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि एमालेसँग कुनै छलफल तथा सहमति नगरिकन संशोधन प्रस्ताव आउनु नै दुर्भाग्य भएको..

    ‘एमाले ज्ञानेन्द्रलाई सिंहासनमा फर्काउन खोज्दैछ, त्यही भएर राष्ट्रपतिकी छोरीको विहेमा बोलाइयो’

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका एक नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याइएको संशोधन विद्येयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने, ‘वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन..

    देउवालाई ओलीको चुनौती- एमाले बिना संसोधन प्रस्ताव पारित गरेर देखाउनुस्

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौं: प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भेटवार्ता भएको छ । संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा सहमति जुटाउनको लागि एमालेलाई मनाउन काँग्रेस शीर्ष नेताहरु ओली निवास पुगेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला बालकोट पुगेका थिए । करिब..

    मध्यपुर ठिमी, सुर्यविनायक र चाँगुमा एमाले उम्मेदवारको टुंगो

    शनिबार, बैशाख १६, २०७४ साल
    भक्तपुर: नेकपा एमालेले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाका लागि पार्टीको उम्मेदवार घोषणा गरेको छ । एमालेले मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा सुशीला सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । त्यसैगरी एमालेले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा जुना बस्नेत र भक्तपुर नगरपालिकाको प्रमुखमा विष्णु अवाल, केपी चावल र श्रीकुमार रञ्जित तथा उपप्रमुखमा रिता अवाललाई सर्वसम्मत रुपमा..

    राप्रपाले आफूले जित्ने स्थानीय तहमा पृथ्वीनारायण शाहको तस्विर राख्ने

    बिहिवार, बैशाख १४, २०७४ साल
    काठमाडौ: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी दश वर्षमा प्रत्येक नगरपालिकालाई आधुनिक र सबै सुविधायुक्त सहर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने लक्ष्य लिएको छ । स्थानीय तहको निर्वाचनका लागि मंगलबार जारी गरिएको सङ्कल्पपत्रमा प्रत्येक गाउँपालिकालाई स्थानीय जनताको आधारभूत आवश्यकता परिपूर्ति गरी आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकास गराउने उल्लेख छ ।  सो पार्टीका अध्यक्ष कमल थापा, वरिष्ठ नेता विश्वबन्धु थापा र पशुपति..

    तराईमा स्थानीय तह थप्ने सरकारी तयारी असफल, संसद सुचारु

    बिहिवार, बैशाख १४, २०७४ साल
    काठमाडौंः विभिन्न ११ जिल्लामा स्थानीय तहको संख्या थप गर्ने सरकारको तयारी असफल भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाउँदै संसद अवरोध गरेपछि सरकार निर्णयबाट पछि हटन बाध्य भएको हो । मधेसी मोर्चाको दबाबमा परेर सरकारले तराईका ११ जिल्लामा स्थानीय तह थप्ने तयारी गरे पनि एमालेले निर्णय फिर्ता नलिएसम्म संसद चल्न नदिने भनेपछि सरकार पछि हटन बाध्य भएको हो ।  स्थानीय..

    देउवालाई फेरि प्रधानमन्त्रीको रुपमा देख्न खाँडलाई हतार, एमालेको गरे आलोचना

    बुधबार, बैशाख १३, २०७४ साल
    काठमाडौंः रक्षामन्त्री समेत रहेका काँग्रेसका एक नेता बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचन भएलगत्तै पुष्पकमल दाहालले सत्ता छोडने र शेरबहादुर देउवा प्रधानमन्त्री हुने दावी गरेका छन् ।  रिपोर्टर्स क्लवमा बुधबार बोल्दै उनले पहिलो चरणको स्थानीय चुनावपछि दाहालले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दाबी गरेका हुन । खाँडले भने, ‘आउँदो आर्थिक बर्षको बजेट निर्माण गर्नेगरि हाम्रो पार्टीका सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’  उनले काँग्रेस–माओवादी केन्द्रको..

    प्रचण्ड र ओलीबीच कुरा मिलेन, अप्ठ्यारो पारेर विदेशीले स्वार्थ पूर्ति गर्न खाजेको एमालेको दावी

    बुधबार, बैशाख १३, २०७४ साल
    काठमाडौंः रजनीतिक निकास खोज्न सत्तारुढ दलहरु र विपक्षी नेकपा एमालेबीच बुधबार संसदमा भएको छलफलले दलहरुबीच दूरी थप बढाएको छ । मधेसी मार्चासँग गरिएका सम्झौता राष्ट्रहित र बदनियतपूर्ण रहेको भन्दै एमालेले त्यसलाई नमान्ने बताएपछि निर्वाचनसमेत अन्योलमा परेको छ ।  संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी नेता केपी  ओलीबीच संसद भएको बैठकमा चर्काचर्की भएको छ..

    पूर्वमा दोश्रो चरणमा मात्रै चुनाव हुनेभएपछि निर्वाचन अधिकृतहरु फिर्ता

    बुधबार, बैशाख १३, २०७४ साल
    भद्रपुर: स्थानीय तहको निर्वाचनतालिका फेरबदल भएका कारण झापामा निर्वाचनका निम्ति नियुक्ति भएर आएका निर्वाचन अधिकृत मंगलबारदेखि आ–आफ्ना कार्यक्षेत्र फिर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । सात गाउँपालिका र आठ नगरपालिकाका निम्ति निर्वाचन आयोगबाट खटिएका कर्मचारी यही वैशाख ३ गते झापा आइसकेका थिए । प्रमुख निर्वाचन अधिकृत सुदर्शन पाण्डेबाहेक अन्य सबै निर्वाचन अधिकृत फिर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताए..

    एमालेको आज पनि संसदमा अवरोध, स्थानीय तह संख्याबारे मन्त्री थापाको जवाफ चित्त बुझेन

    बुधबार, बैशाख १३, २०७४ साल
    काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार बसेको व्यवस्थापिका संसद्को बैठक पनि अवरुद्ध पारेको छ। एमालेले मधेसवादी दलहरुसँग स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्नेबारे सरकारले चित्त बुझ्दो जवाफ दिन नसकेको भन्दै बुधबार मध्यान्ह बसेको संसद बैठक अवरुद्ध गरेको हो । स्थानीय तहको संख्या र सीमाना हेरफेरबारे जवाफ दिनका लागि सभामुख ओनसरी घर्तीले बैठक सुरु भएलगत्तै उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल..

    मोदीले प्रचण्डलाई फोन गरेर सोधे- निर्वाचनको लागि कस्तो सहयोग चाहिन्छ ?

    मंगलवार, बैशाख १२, २०७४ साल
    काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर स्थानीय निर्वाचनका लागि भारत सहयोग गर्न तयार रहेको भन्दै कस्तो सहयोग आवश्यक छ ? भनि सोधेका छन् ।  मोदीले आसन्न स्थानीय निर्वाचन सफलताको कामना गर्दै त्यसका लागि जस्तो सुकै सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता जनाएका हुन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार ‘प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी भारतीय प्रधानमन्त्री मोदीले..

    संविधान संशोधन प्रस्तावको विरोधमा एमालेको अवरोधपछि संसद् बैठक स्थगित

    बुधबार, बैशाख १३, २०७४ साल
    काठमाडौंः विपक्षी एमालको अवरोधपछिछ संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिए ।  यसअघि आजै संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेका सांसद गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाएका थिए ।  सम्बन्धित मन्त्रीले..

    दुई चरणको निर्वाचन हामी मान्दैनौंः एमाले, संविधान संशोधनमा पूरानै अडान

    सोमबार, बैशाख ११, २०७४ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने निष्कर्ष निकाल्दै दुई चरणमा गर्ने सरकारको निर्णयलाई नमान्ने निष्कर्ष निकालेको छ ।  सो पार्टीका अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले वैशाख ३१ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुनु पर्ने निर्णय गरेको हो । मधेसी मोर्चालाई समेत सहमतिमा ल्याउन जेठ ३१ गर्ने दोस्रो चरणको..

    अब पालो देउवाकोः रिजाल, अहिलेको गठबन्धन नटुट्ने दावी

    सोमबार, बैशाख ११, २०७४ साल
    काठमाडौंः काँग्रेसका एक नेता मिनेन्द्र रिजालले शेरबहादुर देउवाको प्रधानमन्त्री हुने पालो आएको बताएका छन् । रिपोर्टर्स क्लवमा सोमबार बोल्दै उनले पुष्पकमल दाहालको पालो सकिन लागेको भन्दै अब पालो देउवाको भएको बताए ।  विपक्षी एमालेले समेत माओवादीलाई समर्थन गरे दाहाललाई नै निन्तरता दिन आफूहरु तयार रहेको बताइरहेको बेला रिजालले भने दाहाल लगत्तै देउवा प्रधानमन्त्री हुने दावी गरेका हुन ।  काँग्रेसले यही गएको चैत..

    सिलवाललाई तत्काल थुनामुक्त गरी अदालत उपस्थित गराउन आदेश

    मंगलवार, बैशाख १२, २०७४ साल
    काठमाडौं: नेपाल प्रहरीले बयानका लागि बोलाएका डीआईजी नवराज सिलवाललाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उनलाई तत्काल रिहा गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको हो । अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेर  सिलवाललाई पक्राउ नगर्न आदेश माग गरेका थिए । सर्वोच्चका सह–प्रवक्ता विश्वराज पौडेलले भने अदालतले तत्काल थुनामुक्त गरी रोहवरमा उपस्थित गराउन आदेश..

    ओलीसँग राजनीतिक बार्गेनिङका लागि सिलवाल हतियार, ओलीको प्रतिक्रियाः यो ध्रुवे हात्ति शैली

    मंगलवार, बैशाख १२, २०७४ साल
    काठमाडौंः स्थानीय चुनावको संघारमा राजनीतिक संकट बढिरहेको बेला सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग राजनीतिक बागर्नेनिङको लागि नायव प्रहरी महानिरीक्षक (डिआइजी)लाई हतियार बनाएको छ ।  पछिल्लो समयमा प्रहरी महानिरीक्षक नियुक्तिमा एमालेले खुल्ला रुपमा सिलवालको समर्थन गर्नुका साथै उनलाई आइजिपी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी ओलीले पटक पटक दबाब दिएका थिए ।  यद्यपि सिलवाल एमाले समर्थन नभए पनि उनलाई डिआइजी बनाउन एमाले..

    पहिलो चरणको उम्मेदवारी दर्ताको मिति सारियो, बजेट पनि सार्ने तयारी

    सोमबार, बैशाख ११, २०७४ साल
    काठमाडौं । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठकले  पहिलो चरणको चुनावको उम्मेदवारी दर्ता बैशाख १६ गतेबाट दुई दिनपछि सार्ने निर्णय गरेको छ  ।   आज बसेको बैठकले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति बैशाख १६ गतेलाई बैशाख १८ मा सार्ने, निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको..
    Results 922: You are at page 24 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast