मंगलवार, जेष्ठ २०, २०७७

    पर्यटन समाचार

    बाह्य पर्यटन पछी अब आन्तरिक पर्यटनमा पनि फड्को मार्दै सौराहा

    सोमबार, पौष १७, २०७४ साल
    रत्ननगर, चितवन, १७ पुस  ।  पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् ।  यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए  । “करिब करिब १५-२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने , अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।”  आइतबार साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या..

    नयाँबर्ष २०१८ को अवसरमा ठमेलबजार र दरबारमार्ग २४सै घन्टा खुल्ने

    शनिबार, पौष १५, २०७४ साल
    काठमाडौँ, पुस १४ । गृह मन्त्रालयले काठमाडौं महनगरपालिका भित्र पर्ने प्रमुख व्यापारीक केन्द्र ठमेल बजार र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति प्रदान गरेको छ । स्थानीय प्रशासनले महानगरबासी र यहाँ भित्रने पर्यटकहरुलाई लक्षित गर्दै रात्रीकालीन जीवनका लागि यस्तो व्यवस्था गर्न लागेको हो । यसअघि देखि नै जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी आयुक्तको कार्यालयले यस विषयमा गृहकार्यसमेत अघि..

    दोगडाकेदारमा 'बैतडीकै पहिलो होमस्टे' सञ्चालनमा, सर्बत्र चर्चा

    बिहिवार, पौष १३, २०७४ साल
    बैतडी, १३ पुस  : स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ ।  दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको उक्त होमस्टेमा स्थानीय कला, संस्कृति, पुरानो रीतिरिवाज, वेषभूषा, रहनसहन र यहाँको स्थानीय खानाका परिकार रहेका होमस्टे सञ्चालन सुशीला मडैले जानकारी दिइन् ।  सुशीला होमस्टे नाम दिएर सञ्चालनमा रहेको उक्त..

    विदेशी राष्ट्रप्रमुख स्तरका पाहुनाकालागि 'डिलक्स रुम' तयार गरिँदै

    बुधबार, पौष १२, २०७४ साल
    पोखरा, १२ पुस : कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ ।  रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक पुष्पराज अधिकारीले सुविधासम्पन्न ४२ कोठासहित सेवा प्रवाह गरिरहेको रिसोर्टले थप चार वटा स्वीट रुमसहित अन्य छवटा सुविधासम्पन्न कोठा..

    आजदेखि सौराहामा १४ औं हात्ती महोत्सव सुरु, आगामी पुस १५ सम्म चल्ने

    मंगलवार, पौष ११, २०७४ साल
    चितवन, पुस ११ ।  चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ आज देखि सुरु भएको छ ।  महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ ।  ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुन लागेको महोत्सव आगामी पुस १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए..

    अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण शुरु, पुस १५ सम्म चल्ने

    मंगलवार, पौष ११, २०७४ साल
    पोखरा, १० पुस : ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ आजदेखि अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण शुरु भएको छ ।  अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा शुरु भएको सो महोत्सव पुस १५ गते सम्म चल्ने छ ।  महोत्सवको कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद जगत विश्वकर्माले..

    ६ वर्षदेखि अवरुद्ध धौलागिरि आइसफल पदमार्गको पूर्वाधार निर्माण कार्य आरम्भ

    सोमबार, पौष १०, २०७४ साल
    म्याग्दी, १० पुस ।  म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । छ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तररुपमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।  मनोरम हिमशृंखलाको दृष्यावलोकन गर्न सकिने सो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पदमार्गअन्तर्गत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण..

    विद्युत् अभावमा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय बजार अन्धकारमा

    सोमबार, पौष १०, २०७४ साल
    तेह्रथुम, १० पुस ।  पुस केन्द्रीय प्रसारण लाइनको विद्युत् जडानमा ढिलाइ हुँदा तेह्रथुम र संखुवासभाको सीमावर्ती पर्यटकीय गुफाबजार अन्धकारमै रहेको छ ।  पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजार, सुकेबजार र जोरपोखरी बजार क्षेत्र विद्युत् नहुँदा अन्धकार बनेको हो ।  चैनपुर नगरपालिका–१ नूनढाकीस्थित यी बजार नजिकैसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । तर यी बजारमा विद्युत् विस्तारका लागि बजेट अभाव हुँदा ढिलाइ..

    आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै पर्सा राष्ट्रिय निकुञ्ज

    सोमबार, पौष १०, २०७४ साल
    वीरगञ्ज, १० पुस । केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नं २ मा विस्तारै आन्तरिक तथा बाह्यपर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ ।  निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खुल्ल थालेपछि यो क्षेत्रमा पर्यटक गतिविधि बढ्न थालेको हो । निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह,..

    पुस ११ देखि सौराहामा १४ औं हात्ती महोत्सव शुरु हुँदै

    आईतवार, पौष ९, २०७४ साल
    चितवन, ९ पुस । आगामी पुस ११ गते देखि १५ गते सम्म सौराहामा १४ औं हात्ति महोत्सव हुने भएको छ ।समाज, संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने हात्ति महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने अपेक्षा गरिएको छ । यस महोत्सवमा हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटवल प्रतियोगिता, हात्ती..

    बबई नदीमा रहेको 'भाले गोही' लाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइँदै

    शुक्रबार, पौष ७, २०७४ साल
    चितवन, ७ पुस । चितवन राष्ट्रिय निकुञ्जको टोलीले आज बबई नदीबाट एउटा भाले गोही चितवन ल्याउँदै छ ।निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा बबई र कर्णाली नदी पुगेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार आज अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्वपश्चिम राजमार्गको बबई खोलाको पुलमुनिबाट भाले गोही नियन्त्रणमा लिइएको हो ।  करिब ३५ वर्षको सो..

    राष्ट्रिय प्राणीउद्यान निर्माणले गति लिन सकेन, गुरुयोजना स्वीकृतिमा ढिलाइ

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस । भक्तपुरको सूर्यविनायकमा बन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माणको काम तीव्र गतिमा हुन सकेको छैन ।  विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा भएको हो । भक्तपुरको सूर्यविनायकस्थित २४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उद्यानको १६ किलोमिटरमध्ये अहिलेसम्म जम्मा १३ किलोमिटर बाहिरी घेरा तारजाली हाल्ने..

    निर्वाचनपछि पर्यटन उद्योगमा उत्साह, पर्यटकको संख्या बढ्ने आशा

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौँ, ६ पुस । स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा उत्साह देखापरेको छ । होटल व्यवसायमा प्रशस्त लगानी गरेका व्यवसायी मुलुकमा राजनीतिक स्थिरता सँगै विदेशी पर्यटकको आगमन बढोस् भन्ने अभिलाषामा छन् ।  होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले होटल क्षेत्रमा मात्रै पाँच खर्बभन्दा बढी लगानी भइसकेको छ । सरकारी विवरणअनुसार अहिले ४५ हजार शय्या पुगेको छ..

    घोडेपानीका होटलको क्षमता विस्तार, दैनिक ९०० जनासम्म बास बस्न मिल्ने

    बिहिवार, पौष ६, २०७४ साल
    म्याग्दी, ६ पुस । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् ।  व्यवसायीले काठ, ढुंगा र माटोले बनेका घर विस्थापित गरी करोडौं लगानीमा पक्की भवन निर्माण गरेका छन् । पाँच वर्षयता दुईवटा नयाँ होटल थपिएका छन् भने चारवटाले क्षमता विस्तार गरेका घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशील..

    मोरङ जिल्लाको 'हसिना सिमसार क्षेत्र' पर्यटकीय गन्तव्य बन्दै

    मंगलवार, पौष ४, २०७४ साल
    पथरी, मोरङ, ४ पुस । सुन्दरपुर–६ स्थित हसिना सिमसार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । हसिना सिमसार क्षेत्रको पछिल्लो समय द्रुतगतिमा विकास भइरहेको छ । हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताए ।  अध्यक्ष न्यौपानेले भने, “यस सिमसार क्षेत्रलाई पूर्वाञ्चलकै नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्ने गरी..

    पाँचौं बागलुङ महोत्सवमा दर्शकलाई पर्यटकीयस्थल घुमाइने

    मंगलवार, पौष ४, २०७४ साल
    बागलुङ, ४ पुस । पाँचौं बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ ।  आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले यही पुस २३ गतेसम्म चल्ने महोत्सवले बागलुङको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै महोत्सव ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाको रुपमा..

    आन्तरिक पर्यटकको रोजाइको गन्तब्य बन्दै म्याग्दीकोे बेलढुंगा

    सोमबार, पौष ३, २०७४ साल
    म्याग्दी, ३ पुस । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुंगाका बारेमा प्रचारप्रसार हुन थालेपछि युवाले बिदाको समयमा समूह बनाएर बेनी हुँदै भकिम्लीको बेलढुंगासम्म जाने गरेका छन् ।  पछिल्लो एक हप्तामा बागलुङ र पर्वतबाट मोटरसाइकलमा युवाको समूह भकिम्लीको स्वर्गाश्रम हुँदै बेलढुंगामा पुगेर फर्किएको जयन्ती मावि भकिम्लीका शिक्षक भोजबहादुर जिसीले बताए..

    ढाप पोखरीमा डुङ्गा सञ्चालन गरेर पर्यटक आकर्षित गर्दै जमुनावासी

    आईतवार, पौष २, २०७४ साल
    इलाम, २ पुस । स्थानीयको सक्रियतापछि इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जमुनाको ढाप पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ । पर्यटकीय गतिविधि बढाउँदै पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको हो । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुङ्गा सञ्चालन गर्न थालेको हो ।  यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण निर्माण..

    बर्दिया राष्ट्रिय निकुन्जमा भोलीदेखि बाघ गणना गर्ने तयारी

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौ २९ मंसिर ।  बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ्ग प्रविधिबाट बाघ गणना गर्ने तयारी भएको छ । भोलीदेखि हुने गणनामा खटिने कर्मचारीका लागि हिजोदेखि नै तालिम सुरु गरिएको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।  बर्दिया निकुञ्ज सहित देशैभरीका निकुञ्जमा रहेका बाघको एकिन संख्या पत्ता लगाउने उद्देश्यले क्यामेरा ट्रयापिङ्ग प्रविधिबाट बाघ गणना सुरु गर्न लागिएको निकुञ्जले जनाएको छ..

    सगरमाथाको उचाइ मापन गर्न सबै तयारी पूरा, २ करोड विनियोजन

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौँ, २९ मंसिर : सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ ।  भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए ।  उनले भने, “भूमिसुधार मन्त्रालयले..

    ३७ वटा हात्तीको प्रयोग गरेर देशभर बाघ गणना गरिँदै

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौँ, २८ मंसिर । नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गर्न लागेको हो । जसमध्ये चितवन १५, पर्सा..

    रामसार क्षेत्र संरक्षणको लागि ९ बर्षे रणनीति तयार पार्दै सरकार

    बिहिवार, मंसिर २८, २०७४ साल
    मंसिर २८, काठमाडौँ । सरकारले रामसार क्षेत्र संरक्षणका लागि योजना बनाउने भएको छ । रामसार महासन्धी कार्यान्वयन गर्न  नेपालले ९ बर्षे रणनीतिक योजना तयार पार्ने भएको हो । मुलुक संघिय संरचनामा प्रवेश गरेसंगै रामसार क्षेत्रको संरक्षणमा कठिनाई नहोस भन्दै योजना तयार पार्न लागिएको हो ।    हाल नेपालले सिमसार क्षेत्र संरक्षण, सम्वर्धन र व्यवस्थापन गर्नका लागि गरेका प्रयासहरुको समीक्षा गर्दै रामसार सचिवालयले..

    भाले गोही खोज्न चितवन राष्ट्रिय निकुञ्जको टोली पश्चिम नेपाल जाने

    बुधबार, मंसिर २७, २०७४ साल
    चितवन, २७ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्राविधिकसहितको टोली त्यसतर्फ जाने तय भएको जानकारी दिए । उनका अनुसार बर्दियाको बबई नदीमा..

    भारी हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौ २६ मंसिर ।  हुम्लामा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । गएराति देखि मौसममा बदली भई हिउँ पर्न सुरु भएको हो ।  सिमकोट बजार क्षेत्रमै करिव १ फिट भन्दा बढी हिउँ परेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।  हिमपात जारी रहँदा हवाई उडान प्रभावित बनेको उनको भनाई छ । हुम्लाको बरगाउँ, हयाप्का खगाल गाउँ लगायत बस्तीमा बाक्लो हिउ..

    पर्यटक लोभ्याउने नेपाली काईदा : “वान्स ईज नट इनफ”

    सोमबार, मंसिर २५, २०७४ साल
    मंसिर २५, काठमाडौ । नेपाल घुम्न आउने पर्यटकहरुको पहिलो आर्कषण हो ठमेल । ठमेल मण्डला स्ट्रिटको क्याफेमा बर्गर र कफी खाँदै गर्दा भेटिएकी मरिया क्रेस तेस्रो पटक नेपाल आएकी हुन् । नेपालका पहाडहरुले मोहनी लगाएको बताउने उनी यो पटकको  भ्रमणमा पूर्वि नेपाल घुम्ने योजनामा छिन् । न्युजिलाण्डकी मरियाले यस अघिका भ्रमणमा पोखरा आसपासका सबै क्षेत्रको भ्रमण गरिसकेकी छिन् । पहिलोपटक नेपाल..

    पोखरामा पर्यटन व्यवसायीलाई तीन दिने फोटोग्राफी तालीम दिईयो

    सोमबार, मंसिर २५, २०७४ साल
    पोखरा, २५ मंसिर । नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयले पर्यटन व्यवसायीलाई फोटोग्राफी र भिडियोग्राफी सम्बन्धमा तीन दिने तालीम दिएको छ ।  गत शुक्रबारदेखि सञ्चालित तालीममा पोखरा र आसपासका क्षेत्रमा घरबास कार्यक्रम सञ्चालन गर्ने व्यवसायी, होटल व्यवसायी तथा पदयात्रा पर्यटन सञ्चालन गर्दै आएका गरी ३५ जनाको सहभागिता रहेको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।  प्रत्येक पर्यटक आफैँमा पर्यटनको सम्वाहक..

    पर्सा निकुञ्जमा बाघको संख्या दोब्बर हुने सम्भावना

    शुक्रबार, मंसिर २२, २०७४ साल
    वीरगञ्ज, २२ मंसिर । पर्सा राष्ट्रिय निकुञ्ज आदाभारमा बाघ गणना शुरु भएपछि यसको संख्या दोब्बरभन्दा बढी हुने सम्भावना रहेको अधिकारी बताउछन् । सन् २०१३ को बाघ गणना अनुसार निकुञ्जभित्र सातवटा बाघ रहेकामा यसको क्षेत्र विस्तार भएपछि बाघको संख्या दोब्बरभन्दा बढी हुने सम्भावना बढेको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।  बाघ गणनाको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बाघको बासस्थान पहिचान गरी १६७ ग्रीड स्थापना..

    नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

    बुधबार, मंसिर २०, २०७४ साल
    भक्तपुर, २० मंसिर । चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ । मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको जानकारी दिए ।  कूल रु एक अर्ब ५३ करोडको लागतमा निर्माण हुने भ्यू टावरबाट आठवटा हिमशृङ्खला..

    मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटकको संख्यामा वृद्धि

    सोमबार, मंसिर १८, २०७४ साल
    बेँसीसहर, १८ मंसिर ।   लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ ।  मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।  आठ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन् । तर पछिल्ला वर्षमा थोरङला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको..

    धनकुटा कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

    शुक्रबार, मंसिर १५, २०७४ साल
    धनकुटा, १५ मंसिर  ।  ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ ।  धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् ।  हिले र धनकुटा बजारको बीच भागमा पर्ने कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न त्यहाँको..
    Results 1048: You are at page 22 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast