बिहिवार, चैत्र २०, २०७६

    पर्यटन समाचार

    खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि, सबैभन्दा बढी बेलायतका ३ सय ५४ जना पर्यटक

    शुक्रबार, चैत्र २३, २०७४ साल
    सल्लेरी, सोलुखुम्बु, २३ चैत फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए । अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७०..

    ढोरपाटन अवलोकन भ्रमण सम्पन्न, भ्रमणका विषयवस्तुलाई समेटेर प्रतिवेदन तयार गरिदै

    बिहिवार, चैत्र २२, २०७४ साल
    पोखरा, २२ चैत : नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि शुरु ढोरपाटन अवलोकन भ्रमण सकिएको छ ।  ढोरपाटन र आसपासका क्षेत्रका पर्यटकीय सम्भावनालाई उजागर गर्दै तिनीहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वको ३० सदस्यीय टोली आइतबार पोखराबाट प्रस्थान गरेको थियो ।  नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका..

    ग्रामीण क्षेत्रको कुडुले घर पर्यटक लोभ्याउँदै, अवलोकनका लागि जानेको घुइचो

    बुधबार, चैत्र २१, २०७४ साल
    पाल्पा, २१ चैत : पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ ।  खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा घुमारा शैलीका..

    पानी सुख्न थालेपछि गैंडाका लागि ‘कृत्रिम ताल’, करीव दुई लाख रुपियाँको लागत

    मंगलवार, चैत्र २०, २०७४ साल
    रत्ननगर, चितवन, २० चैत सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए । करीव रु २ लाखको लागतमा ताल निर्माण गरी बोरिङ लगाएर कृत्रिम..

    हिमाल आरोहणको मुख्य याम 'वसन्त ऋतु' शुरु, आरोही धमाधम हिमालतिर

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत : हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।  सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।  पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन्..

    सगरमाथाको बाटो बनाउँछन् असी वर्षे शेर्पा, ३३ वर्षदेखि निरन्तर सक्रिय

    सोमबार, चैत्र १९, २०७४ साल
    सल्लेरी, सोलुखुम्बु, १९ चैत : ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनि विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन्  । गाला चाउरी परिसके, केश फुलिसक्यो, ढाडसमेत कुप्री प¥यो तर अझै जोस–जाँगर भने १६ वर्षे जवानीको जस्तै छ..

    पर्यटकको अभिलेख होटल व्यवसायीद्वारा राख्न शुरु, प्रहरीले खोजेका बखत विवरण बुझाउनुपर्ने

    आईतवार, चैत्र १८, २०७४ साल
    रसुवा, १८ चैत पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्या परे तुरुन्त उद्धारका लागि सहज वातावरण बनाउन होटलमा पनि अभिलेख राख्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख..

    पर्यटनमन्त्रीद्वारा सय दिनमा गर्ने काम सार्वजनिक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता दिईने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजनालाई १०० दिने प्रमुख कार्यमा राखिएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनःनिर्माण, पर्यटन क्षेत्रको..

    पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आचारसंहिता, पर्यटकलाई दुव्र्यवहार हुनबाट जोगाउने मुख्य लक्ष्य

    शुक्रबार, चैत्र १६, २०७४ साल
    रत्ननगर, चितवन, १६ चैत चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूले नयाँ आचारसंहिता निर्माण गरेका छन् । पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन् नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ष गिरीले जानकारी दिए । उनका अनुसार सौराहाका होटल तथा रेष्टुरेन्ट गर्मीमा राति १२ बजेसम्म र जाडोमा ११ बजेसम्म खोल्ने गरी आचारसंहिता बनाइएको हो । आगामी..

    गाउँ चिनाउन करोडौंको लगानीमा होटल सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटकहरुको अावागमन बढ्यो

    बिहिवार, चैत्र १५, २०७४ साल
    भीमदत्तनगर, १५ चैत सन् १९९९ मा भारतको कस्मीरमा भारत–पाकिस्तान युद्ध हुँदा भारतीय गोर्खा सेनामा कार्यरत सञ्जु गुरुङ गोली लागेर घाइते भए । युद्धमा पेटमा दुईवटा गोली लागेर घाइते भएका गुरुङलाई निको हुन तीन महिना लाग्यो । अठार वर्ष भारतीय गोर्खा राइफलमा जागिर गरेर गुरुङ नेपाल फर्किए । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ त्रिभुवनबस्तीका ४८ वर्षीय गुरुङले पाँच वर्षयता आफ्नै गाउँमा रु एक करोडभन्दा बढीको..

    राजनीतिक स्थायित्वको प्रभाव : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

    बुधबार, चैत्र १४, २०७४ साल
    चितवन, १४ चैत : चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२/७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज..

    शंकरपुरमा लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा

    मंगलवार, चैत्र १३, २०७४ साल
    रुपन्देही, १३ चैत तिलोत्तमा नगरपालिका– ९ शंकरपुरमा मंगलबारदेखि लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालनमा आएको छ । बुटवलबाट नौ किलोमिटर दक्षिण र भैरहवाबाट १० किलोमिटर उत्तरमा रहेको सो हेल्थ वाटरमा वेभ पुल, रेन्बो, ट्युब स्लाइडर, मल्टी स्लाइडर, फेमली स्लाइडर, किड्स पुल, रेन डान्स तथा फुटसलको आनन्द लिन सकिने संस्थाका अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिए । दुई बिघा तीन कट्ठा क्षेत्रफलमा रहेको हेल्थ वाटर किङ्डममा..

    रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डमा ड्रोन क्यामेरा लैजान निषेध

    सोमबार, चैत्र १२, २०७४ साल
    रसुवा, १२ चैत :  रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ ।  माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताए ।  उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी पदयात्रा पर्यटनको छाता..

    पर्यटकको पर्खाइमा "काहुँ धरहरा", फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल

    आईतवार, चैत्र ११, २०७४ साल
    पोखरा, ११ चैत पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित..

    आरोही दावा शेर्पाले सगरमाथा आरोहण गर्ने, नेपाली ब्राण्डका चिया तथा कफीलाई प्रवद्र्धन गर्ने उद्देश्य

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी  छिन् । दोलखाको गौरीशंकर नगरपालिका–९ सिमीगाउँकी २४ वर्षीया शेर्पाले सगरमाथामा राष्ट्रिय झण्डा फराउँदै त्यहाँको वातावरणमा चिया र कफी तयार गरी अन्य आरोहीलाई वितरण गर्ने छिन् । व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गरेकी शेर्पाको आरोहणका लागि..

    कागजी युगमै पर्यटन बोर्ड, विद्युतीय प्रचारप्रसारको प्रयोगले प्राथमिकता पाउन सकेन

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत: मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक करोड ५० लाख रकम खर्च गर्दै आएको छ । बोर्डले प्रचारप्रसारको काममा समेत कागजी युगबाट बाहिर निस्कन सकेको छैन । आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कागजी..

    चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रमा सरसफाइ, सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा चुनौती

    शुक्रबार, चैत्र ९, २०७४ साल
    रत्ननगर, चितवन, ९ चैत विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखिएको छ । विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तुमा समेत असर परिरहेको छ । यस्ता फोहर वन्यजन्तुले खाएमा तिनीहरुको स्वास्थ्यमा असर गर्ने..

    रजत वर्षका अवसरमा तालीम, ६५ जना व्यवसायी सहभागी

    शुक्रबार, चैत्र ९, २०७४ साल
    पोखरा, ९ चैत नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम शुक्रबारदेखि शुरु भएको छ । पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालीममा टानमा आवद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन..

    सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाउने घोषणा, चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’,

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

    अर्ना स्थानान्तरणको एक वर्ष : तीन अर्नाको गर्भधारण

    बुधबार, चैत्र ७, २०७४ साल
    चितवन, ६ चैत चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना चितवनको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् । गत वर्षाद्मा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोशीटप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले एउटै समूहमा हिँड्डुल गर्न शुरु गरेका छन् । निकुञ्जको पदमपुर क्षेत्रमा..

    ठमेल आसपास क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न टिवानको माग, गृहमन्त्रालयको पर्यटकीय बसपार्क सार्ने निर्णयबारे असन्तुष्ट

    सोमबार, चैत्र ५, २०७४ साल
    काठमाडौँ, ५ चैत टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले ठमेल आसपासको क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग गरेको छ । गृहमन्त्रालयको आइतबारको बैठकले कान्तिपथबाट पर्यटकीय बसपार्क अन्यन्त्र सार्ने निर्णय गरेसँगै सोमबार  टिवानले एक विज्ञप्ति जारी गरी ठमेल आसपासमा बसपार्क निर्माण गर्न माग गरेको हो । टिवानका महासचिव कृष्ण आचार्यले कान्तिपथबाट दैनिक हजारौँ पर्यटकलाई आवतजावत गराउने पर्यटकीय बसलाई ठमेल वरपरको क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने..

    पर्यटन प्रवद्र्धन गर्न हातेमालो गर्नुपर्छ : भारतीय राजदूत मञ्जिवसिंह पुरी

    शुक्रबार, चैत्र २, २०७४ साल
    चितवन, २ चैत नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच हातेमालो गरी अघि बढ्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुतको कार्यालय वीरगञ्जले शुक्रबार चितवनमा संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत दुई देशीय पर्यटन प्रवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल र भारतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू पुग्नका लागि सहजै सकिने भएकाले एक देशको पर्यटकीय ठाउँहरूको बारेमा अर्को देशमा प्रचारप्रसार..

    पर्वतारोहणको मौसम सुरु, सगरमाथाको आरोहणको लागि तयारी तीब्र

    शुक्रबार, चैत्र २, २०७४ साल
    काठमाडौं, चैत्र २ ।  जाडो सकिएर गर्मी सुरुभयसँगै हिमाल आरोहणको मौसम पनि सुरु भएको छ ।  सर्वाेच्च सिखर सगरमाथाको आरोहणको लागि पनि तयारी भैरहेको छ । सगरमाथा आरोहणको बाटो बनाउन मंगलबार २९ फागुन देखि ‘आइस पोडक्टर’हरु पठाउन थालिएको नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ ।   ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल मध्ये ८ वटा हिमाल नेपालमै छन् । तसर्थ पनि नेपाली..

    महोत्तरीका गाउँका वनमा एकैसाथ फेला परे १०० भन्दा बढी नीलगाई

    मंगलवार, फागुन २९, २०७४ साल
    गौशाला, २९ फागुन  ।  महोत्तरीको दक्षिण पश्चिमवर्ती आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई फेला परेका छन् ।  भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दा बढीको संख्यामा देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।  स्थानीयवासीले यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलो रंगका ती जनावर एक्कासि गाउँको वनमा आएपछि गाउँले जनावरलाई हेर्न वनमा ओइरो..

    खप्तड राष्ट्रिय निकुञ्जमा आठ महिनामा २९ पर्यटक भित्रिए, आगमन न्यून मात्रामा

    मंगलवार, फागुन २२, २०७४ साल
    बाजुरा, २२ फागुन खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण..

    पर्यटकीय नगरी देवघाट र लोथरमा गोही गणना, मानवीय चापले गोही बस्न नसक्ने अवस्था

    सोमबार, फागुन २१, २०७४ साल
    रत्ननगर, चितवन, २१ फागुन अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ । करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार २०५५/५६ सालतिर सो क्षेत्रबाट पनि गोहीको अण्डा संकलन हुन्थ्यो । त्यसपछि विस्तारै गोही हराउँदै गयो ।..

    धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला, तीन करोडभन्दा बढीको कारोबार हुने अनुमान

    आईतवार, फागुन १३, २०७४ साल
    कञ्चनपुर, १३ फागुन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ । प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी 'मुडका बाबा'को दर्शनका लागि पुगेका छन् । बिहानैदेखि मुडका बाबाको ३० हजार भन्दा बढी दर्शनार्थीले दर्शन गरी प्रसाद ग्रहण गरेको वैजनाथ सनातन धर्म संरक्षण समितिका..

    ‘‘कालु पाँडेको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिक ठाउँ बनाइने”

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन् ।  बुधबार इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को यहाँ उद्घाटन गदै उनले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताए ।  ‘‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि..

    उदयपुरमा परिक्षण प्याराग्लाइडिङ सफल, चाँडै नियमित संचालनमा आउँदै

    आईतवार, फागुन ६, २०७४ साल
    गाईघाट, उदयपुर, ६ फागुन ।  उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।  बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा (स्वस्ती) ले बताएका छन्  ।  उनले भने,“बेलका..

    रुकुमको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ, साहसिक पर्यटनको प्रबर्धन गर्ने लक्ष्य

    शनिबार, फागुन ५, २०७४ साल
    रुकुम, ५ फागुन : रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडाइएको छ । परीक्षणका लागि जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोटमा प्याराग्लाइडिङ उडाइएको हो । पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमको आयोजनामा प्याराग्लाइडिङ परीक्षण शुरु भएको हो ।  यसभन्दा पहिले सिङ्गो रुकुम एक हुँदा रुकुम पश्चिमको मुसिकोटबाट प्याराग्लाइडिङमा रुकुमकोट पुगिए पनि नयाँ जिल्ला भएपछि पहिलो पटक प्याराग्लाइडिङ उडानको परीक्षण भएको सिस्ने गाउँपालिका अध्यक्ष..
    Results 1048: You are at page 20 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast