बिहिवार, असोज ३०, २०७६

    पर्यटन समाचार

    भ्रमण वर्ष २०२० सँगै ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने

    शनिबार, असोज ४, २०७६ साल
    चितवन, ४ असोज  भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ ।  चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको हो ।  सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय..

    अन्तर्राष्ट्रिय उडानबाट ब्याक हुँदै बुद्ध एयर, अब कोलकाता उडान बन्द हुने

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडौँ, ३ असोज  निजी वायुसेवा कम्पनी बुद्ध एयरले कोलकाता उडानलाई व्यवसायिक रुपले परीक्षण उडान गर्दा नाफामुलक नभएपछि डिसेम्बरबाट काठमाडौं-कोलकाता उडान बन्द गर्ने भएको छ । 'हामीले कोलकाता उडानलाई परीक्षणका रुपमा लिएका थियौँ । हामीले यो गन्तब्य उडानमा उडान गर्नु अघि ६ महिनाको परीक्षण उडान गर्ने भनेका थियौं ।' कम्पनीका एक कर्मचारीले बिजमाण्डूसँग भने । उनका अनुसार आर्थिक सम्भावना नभएका स्थानमा उडान बन्द गर्ने..

    लाप्राक आएकी फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडाैं, ३ असाेज । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ। मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए। ‘धार्चेको लाप्राक आएदेखि नै उहाँ बिरामी हुनुभएको रहेछ’, वडाध्यक्ष गुरुङले भने, ‘घटनाका बारेमा सम्बन्धित..

    जहाज होल्डबारे पर्यटनमन्त्रीको चासो : तत्काल सुधार गर्न निर्देशन

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा सुदृढीकरणको अयिभानमा जुट्नुभएका पर्यटनमन्त्री भट्टराईले विमानस्थलको समस्या सुन्नासाथ..

    आजदेखि बाइसधारा र रत्नपार्क जान पैसा नलाग्ने

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौं, २ असार । बिहीबारदेखि  काठमाडौंका रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिर्नु नपर्ने भएकाे छ ।  आजदेखि ४ गतेसम्म रत्नपार्क र बाइसधारा घुम्न प्रवेश शुल्क तिनु नपर्ने भएको हाे। काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो । महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बालाजुस्थित बाइसधारा र..

    भ्रमण वर्षको आधिकारिक वेबसाइट तथा समाचार पोर्टल सार्वजनिक

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज    भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले आधिकारिक वेबसाइट, समाचार पोर्टल तथा सामाजिक सञ्जाल सार्वजनिक गरिएको छ ।   उक्त वेबसाइट तथा सामाजिक सञ्जालको आज यहाँ एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षको प्रचारप्रसारमा यसबाट थप गुणात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   भ्रमण वर्ष अभियानका गतिविधि द्रुत गतिमा अघि बढेको सन्दर्भमा..

    ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज  नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको  छ ।   छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने..

    खराब मौसमले हवाई उडान प्रभावित हुँदा चार दिनदेखि पर्यटक अलपत्र

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौं, १ असाेज । खराब मौसमका कारण काठमाडौंलगायत मुलुकभरको हवाई उडान प्रभावित भएका छन् । मंगलबार बिहानैदेखि परिरहेको लगातारको वर्षाले मौसम बिग्रिएपछि केही समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान र अवतरण ठप्प  भएको थियो । केही समय काठमाडौंको आकासमा विमान उडानका लागि आवश्यक भिजिबिलिटी नपुगेका कारण आन्तरिक र बाह्य उडानका धेरै विमानको सेवा प्रभावित भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक..

    प्रतिकूल मौसमले खुम्बु आउने पर्यटक अन्नपूर्णतर्फ, लुक्लाका होटल भरिभराउ

    मंगलवार, भाद्र ३१, २०७६ साल
    सोलुखुम्बु, ३१ भदौ । खुम्बु क्षेत्रको मौसम प्रतिकूल हुँदा खुम्बु आउने अधिकांश पर्यटक गन्तव्य परिवर्तन (ड्राइभर्ट) हुने सम्भावना बढेको छ । काठमाडौंबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटक हवाईसेवा प्रभावित हुने बित्तिकै अन्नपूर्ण पदमार्गतर्फ जाने पर्यटन व्यवसायीले बताएका छन् । सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरुले खुम्बुको विकल्पका रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँका अनुसार चार..

    पर्यटनमन्त्री योगेश भट्टराई किन बने आलोचित ?

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  डेढ महिनाअघि संस्कृति, पर्यटन नथा नागरिक उड्ययनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । सामाजिक सञ्जाल र सञ्चार माध्यम उनका प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे । सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा भट्टराई आएका थिए..

    पर्यटकीय सिजनको मुखैमा डेंगु त्रास

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  पर्यटनमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। मौसम अनुकूल हुने हुँदा यो बेला नेपाल घुम्न आउने विदेशी पर्यटकको चाहना हुन्छ। तर, मुख्य सिजनको सुरुमै पोखरामा डेंगु संक्रमण डरलाग्दो रुपमा फैलिइरहेको छ।  पोखरामा अहिलेसम्म १४ सयभन्दा बढी सर्वसाधारण डेंगुबाट संक्रमित भइसकेका छन्। विदेशी नागरिक संक्रमित भएको घटना सार्वजनिक नभए पनि संक्रमणको जोखिम भने उत्तिकै रहेको चिकित्सकले बताएका छन्। एकजना..

    चिनियाँ जहाज बेच्न निर्देशन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदौ ।  नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो। समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान..

    बाघले बढायो पर्यटक, छोटो समयमै निकुञ्जको सफलता

    सोमबार, भाद्र ३०, २०७६ साल
    बाँके, ३० भदौ   बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हुँदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो ।    छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको..

    हवाई मार्गको विकल्प नहुँदा सयौँ पर्यटक लुक्लामै अलपत्र

    सोमबार, भाद्र ३०, २०७६ साल
    सोलुखुम्बु, ३० भदौ ।   तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौँ फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।    उहाँका अनुसार शुक्रबारदेखि मौसम प्रतिकूल हुँदा पर्यटक अलपत्र परेका हुन् । शुक्रबार २० वटा उडान तालिका भए पनि कुनै उडान..

    भ्रमण वर्ष सफल पार्न त्रिदेशीय ट्राभल एक्स्पो हुँदै, जुट्दै व्यवसायी र सरकार

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ   नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् ।   मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी..

    ५० अन्तर्राष्ट्रिय इभेन्टमा नेपाल भ्रमण वर्ष २०२० काे प्रचार गरिदै

    शनिबार, भाद्र २८, २०७६ साल
    काठमाडौं, २८ भदौ । विदेशका करीव ५० अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० काे प्रचार हुने भएकाे छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नेपालले चालु आर्थिक वर्षभित्र करिब ५० अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिने भएको हाे । पर्यटन बोर्डका अधिकारीका अनुसार संसारभर चर्चित ट्राभल शोहरुमा उपस्थिति जनाएर नेपालको प्रवर्द्धन गरिने छ। नियमित पर्यटक आइरहेका मुख्य स्रोत बजारमा हुने यस्ता इभेन्टले अन्तर्राष्ट्रिय व्यवसायीमाझ नेपाल एक विश्वासिलो..

    डेङ्गु नियन्त्रण नहुँदा पर्यटन व्यवसायी चिन्तित, भन्छन् - परिणाम सोचेजस्तो देखिएन

    शुक्रबार, भाद्र २७, २०७६ साल
    चिप्लेढुङ्गा, २७ भदौ गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि त्यसको परिणाम सोचेजस्तो सकारात्मक देखिन सकेको छैन । कास्कीमा साउनको पहिलो साता एक जनामा देखिएको डेङ्गु दोस्रो साताबाट ह्वात्तै बढ्दै. अहिले करीब..

    इन्द्रजात्रा अवलोकन गर्न ६ देशका ४८ विदेशी पाहुना काठमाडौँ आउँदै

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडौँ, २६ भदौ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक छ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै हुनुहुन्छ ।  भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।  “भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको..

    पर्यटकका लागि ७ सय ७७ सिँढी निर्माण, आर्कषण झनै बढ्ने आकाङ्क्षा

    बुधबार, भाद्र २५, २०७६ साल
    दैलेख, २५ भदौ दैलेख र कालीकोटको सिमानामा पर्ने चार हजार २०० मिटर उचाईमा अवस्थित महावुगाथमा पर्यटकको सजिलोका लागि पदमार्गसँगै ७७७ सिँढी निर्माण गरिएको छ ।  कर्णाली प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत दैलेखको डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेको हो । दुई किलोमिटर पदमार्गमा ७७७ वटा सिँढी निर्माण गरिएको छ भने ९८१ मिटर पदमार्ग निर्माण गरिएको छ ।  उपभोक्ता समितिमार्फत..

    एक पटक पुग्नैपर्ने पौराणिक तथा धार्मिकरूपले प्रसिद्ध गङ्गाजमुना

    मंगलवार, भाद्र २४, २०७६ साल
    धादिङ, २४ भदौ   मानिस धर्म गर्न जाँदा रमाइलो होस् भन्ने ठान्दछन् भने गङ्गाजमुना झरना धादिङ, गोरखा, रसुवा नुवाकोट र काठमाडाँै, चितवन मकवानपुरका लागि उपयुक्त स्थान हो । पहाडको माथिबाट ठूला दुई झरना निरन्तर झरिहन्छ । सबै गाउँवासीले देखेर होइन आफ्ना पूर्खाले भोगेर कथा जसरी सुनाएर झरनाको महत्व सुनाउँदा प्रफुल्लित हुने यो झरनामा हरेक वर्ष ठूलो मेला लाग्छ ।   दुई झरना ठूलो गङ्गा..

    नेपाल भ्रमण वर्ष २०२० : पर्यटक बढाएर बसाइँ लम्ब्याउन गृहकार्य

    मंगलवार, भाद्र २४, २०७६ साल
    चितवन, २४ भदौ भ्रमण वर्ष २०२० मा पर्यटक बढाउने र बसाइँ लम्ब्याउने गरी गृहकार्य शुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्लास्तरीय सहजीकरण तथा आयोजक समितिले सरोकारवालाको सहभागितामा विभिन्न कार्यक्रमसहित भ्रमण वर्षलाई प्रभावकारी बनाउन तयारी थालेको हो ।  समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सरोकारवालाको सहभागितामा ७१ सदस्यीय समिति गठन गरिएको छ । सोही समितिबाट तीन उपसमिति..

    नेपालमा डंगर गिद्ध २,००० मा सीमित, आकडा केलाउदा जे देखियो...

    सोमबार, भाद्र २३, २०७६ साल
    अर्घाखाँची, २३ भदौ । नेपालमा पाइने चराका ८८६ प्रजातिमध्ये डंगर गिद्ध अति सङ्कटापन्न (लोप हुने) अवस्थामा छ । हाल नेपालमा डंगर गिद्धको सङ्ख्या २ हजारको हाराहारीमा रहेको अनुमान छ । सन् १९९० को दशकमा दक्षिण एशियामा करोडौं र नेपालमा लाखौंको सङ्ख्यामा पाइने गिद्ध झण्डै ९५ प्रतिशतले घटी हिजोआज केही हजारमा सीमित हुन पुगेको छ । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिण..

    घ्वाङखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै

    आईतवार, भाद्र २२, २०७६ साल
    वालिङ, २२ भदौ स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकास्थित घ्वाङखोलालाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको छ ।   वालिङ नगरपालिकाअन्तर्गत ८ र १० नम्बर वडामा अवस्थित घ्वाङखोलामा आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरेसँगै धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको क्षेत्र बन्दै गएको हो ।   वालिङ नगरपालिकाको मुख्य बजार वालिङबाट झण्डै तीन किलोमिटरको दूरीमा रहेको घ्वाङखोलासम्म पुग्न सडकको सहजता छ । स्थानीयवासीले बिहानीपख..

    विकास र समृद्धिको मुख्य आधार पर्यटन : मुख्यमन्त्री राउत

    शनिबार, भाद्र २१, २०७६ साल
    महोत्तरी, २१ भदौ   प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताउनुभएको छ । बर्दिवासमा  आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उहाँले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताउनुभयो ।    प्राकृतिक, सांस्कृतिक र भौगोलिक रुपले नेपाल वैभवशाली भए..

    पर्यटन वर्षलाई सघाउन उपसमिति गठन

    शनिबार, भाद्र २१, २०७६ साल
    बागलुङ, २१ भदौ  गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष (सन् २०१९–२०२२) सफल पार्न जिल्लास्तरीय समन्वय उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उपसमिति घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा गठित उपसमितिको उपाध्यक्षमा जिससका उपप्रमुख विष्णुप्रसाद भुसाल रहनुभएको छ । पदेन सदस्यमा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, उद्योग वाणिज्य सङ्घका..

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ   तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन । विमानस्थल कार्यालयले नेपालमै पहिलो पटक आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको हो ।   बेल्टको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलको सेवा स्तरोन्नतिको नयाँ थालनी भएको र यसलाई..

    युरोपेली पर्यटक : भ्रमण वर्ष सफलताका मुख्य आधार

    शुक्रबार, भाद्र २०, २०७६ साल
    पेरिस(फ्रान्स), २० भदौ ।   नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिन्छ । युरोपेली मुलुकहरुबाट सन् २०१८ मा दुई लाख ४३ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महीनाको अवधिमा यो सङ्ख्या एक लाख चार हजार ७८३ रहेको..

    सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौँ, १९ भदौ    निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ ।    कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत सफाइ अभियानका साझेदार संस्था..

    पर्यटनमन्त्री भट्टराईद्वारा देवघाटधामको अवलोकन

    बुधबार, भाद्र १८, २०७६ साल
    भरतपुर, १८ भदौ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज देवघाटधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले देवघाटधामको अवलोकनसँगै निर्देशनसमेत दिनुभएको हो ।  मन्त्री भट्टराईले देवघाटको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयको समन्वयमा देवघाटको विकास गर्नुपर्छ, मन्त्रालयका तर्फबाट सक्दो सहयोग हुन्छ ।” उहाँले छिट्टै स्थानीय तह, प्रदेश सरकार र मन्त्रालयबीच देवघाटको विकासका लागि..

    पर्यटकको रोजाइमा शालग्राम, दैनिक ३ सय पर्यटक सङ्ग्रहालय

    मंगलवार, भाद्र १७, २०७६ साल
    गलकोट, १७ भदौ । बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्माण अन्तिम चरणमा छ । निर्माणाधीन अवस्थामै  रहेको सङ्ग्रालयको सुरुङ हेर्न तथा मन्दिर अवलोकनका लागि दैनिक २०० देखि ३०० पर्यटक आउन थालेका छन् । करिब..
    Results 918: You are at page 2 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast