बिहिवार, भाद्र ५, २०७६

    पर्यटन समाचार

    रारामा प्रधानमन्त्रीले गरे शब्दको खेती, पौनेघण्टा वाचन र भावनाले ओतप्रोत

    आईतवार, बैशाख २, २०७५ साल
    काठमाडौं २,वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उषाको लालीसँगै रारातालको डिलमा बसेर देशबासीका नाममा सम्वोधन गरे । १८ पृष्ठ लामो, ३१ बुँदा रहेको पौनेघण्टा वाचन गरिएको प्रधानमन्त्रीको भाषण निकै लामो र भावनाहरुले ओतप्रोत थियो । हुन त प्रधानमन्त्रीले रारा तालबाट केही नयाँ घोषणा पनि गरेका छन् । प्रधानमन्त्रीका ती घोषणालाई ‘ऋषि मुनीका छोराछोरीहरु’ले पक्कै पनि नोट गरेर राख्नेछन् । किनभने, प्रधानमन्त्री ओलीले..

    कर्णाली पर्यटन वर्ष २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

    शनिबार, बैशाख १, २०७५ साल
    मुगु, १ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को शनिबार मुगुमा  एक समारोहबीच उद्घाटन गरे ।  प्रधानमन्त्री ओलीले भने, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।”  सो अवसरमा उनले रारा एक पटक जानै पर्ने ठाउँ..

    रारा आउने पर्यटकलाई गाउँमै बासको व्यवस्था, शुल्क पर्यटकको इच्छाअनुसार लिने !

    बिहिवार, चैत्र २९, २०७४ साल
    मुगु, २९ चैत आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरुलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ । रारा..

    कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख बजेट विनियोजन

    बिहिवार, चैत्र २९, २०७४ साल
    सुर्खेत, २९ चैत ; कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ ।  सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो ।  त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद्..

    लाङटाङ पर्यटकीय पदमार्गमा होटल सञ्चालन, दैनिक ५० हजारभन्दा बढी आम्दानी

    बुधबार, चैत्र २८, २०७४ साल
    रसुवा, २८ चैत पर्यटकीय क्षेत्र लाङटाङ जाने पर्यटकको सुविधाका लागि यथेष्ट होटल लजको व्यवस्था भएको छ । लाङटाङ मार्गमा भूकम्पछि ७१ वटा होटल तथा लजको निर्माण भइसकेको छ । पर्यटकको ओहोर–दोहोर हुनाले त्यस क्षेत्रका व्यवसायीले दैनिक रु ५० हजारभन्दा बढी आम्दानी गर्न थालेका होटल व्यवसायी ढिण्डुप तमाङ बताउछन्  । भूकम्पपछि मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्रका बासिन्दा विस्थापित भएको ६ महिनाभित्र आफ्नो थातथलो फर्र्किइ..

    यस वर्ष अर्ना गणना प्रारम्भ अर्ना गणनाका लागि चार टोली परिचालन

    बुधबार, चैत्र २८, २०७४ साल
    इटहरी, २८ चैत : कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ ।  प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्यामा कमी आएको हुनसक्ने..

    पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्यूटावर, आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै

    सोमबार, चैत्र २६, २०७४ साल
    धनकुटा, २६ चैत धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ ।  यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । भ्यूटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंगा, मनास्लुलगायत हिमाल अवलोकन गर्न सकिन्छ । जेफालेबाट सूर्योदयको दृश्यावलोकन गर्न पर्यटक बढी मात्रामा आउने..

    इलाममा पर्यटकीयस्थलको प्रवद्र्धनका लागि चैत २९ देखि सडक महोत्सव हुँदै

    आईतवार, चैत्र २५, २०७४ साल
    मंगलबारे, इलाम, २५ चैत : पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ ।  दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो ।  आयोजक समितिका सचिव युवराज प्रधानका अनुसार..

    सम्पदाको प्रवद्र्धन गर्न हनुमानढोकादेखि स्वयम्भूनाथसम्म पैदल यात्रा गरिने

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूनाथसम्म पैदल यात्रा गरी स्थानीय सम्पदाको प्रवद्र्धन गरिने भएको छ । आगामी वैशाख ५ गते विश्व सम्पदा दिवसका दिन गरिने उक्त यात्रामा स्वदेशी तथा विदेशीलाई त्यस क्षेत्रका ऐतिहासिक पक्षका बारे जानकारी गराइने छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा पर्ने दुवै विश्व सम्पदास्थलबारे प्रचारप्रसार गर्नका लागि सोही क्षेत्रका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा मूल..

    ढोरपाटन जाने बाटोमा नजिकै रहेको रुद्रताल संरक्षण र प्रचारप्रसारको पर्खाइमा

    शुक्रबार, चैत्र २३, २०७४ साल
    ढोरपाटन, बाग्लुङ, २३ चैत : “उच्च पहाडी भूभागमा वरिपरि गुराँसले ढकमक्क ढाकिएको जंगलको बीचमा रहेको फराकिलो तालले यहाँ आउने जो कोही पर्यटकको पनि मन आकर्षित गर्ने गरेको छ,” – ढोरपाटन नगरपालिका–७ का अमर बुढामगरले भने ।  पाल्पास्थित पवित्र तीर्थस्थल रुरु क्षेत्र जोड्ने रुद्रावती गंगाको उद्गमस्थल बाग्लुङको रुद्रताल धार्मिक एवं पर्यटकीय रुपमा महत्वपूर्णस्थल भएर पनि संरक्षण र प्रचारप्रसारको अभावमा पछि परिरहेको उनले बताए..

    खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि, सबैभन्दा बढी बेलायतका ३ सय ५४ जना पर्यटक

    शुक्रबार, चैत्र २३, २०७४ साल
    सल्लेरी, सोलुखुम्बु, २३ चैत फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए । अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७०..

    ढोरपाटन अवलोकन भ्रमण सम्पन्न, भ्रमणका विषयवस्तुलाई समेटेर प्रतिवेदन तयार गरिदै

    बिहिवार, चैत्र २२, २०७४ साल
    पोखरा, २२ चैत : नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आइतबारदेखि शुरु ढोरपाटन अवलोकन भ्रमण सकिएको छ ।  ढोरपाटन र आसपासका क्षेत्रका पर्यटकीय सम्भावनालाई उजागर गर्दै तिनीहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल नेतृत्वको ३० सदस्यीय टोली आइतबार पोखराबाट प्रस्थान गरेको थियो ।  नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका..

    ग्रामीण क्षेत्रको कुडुले घर पर्यटक लोभ्याउँदै, अवलोकनका लागि जानेको घुइचो

    बुधबार, चैत्र २१, २०७४ साल
    पाल्पा, २१ चैत : पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ ।  खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न झन्झटिलो हुँदा घुमारा शैलीका..

    पानी सुख्न थालेपछि गैंडाका लागि ‘कृत्रिम ताल’, करीव दुई लाख रुपियाँको लागत

    मंगलवार, चैत्र २०, २०७४ साल
    रत्ननगर, चितवन, २० चैत सुख्खायाम शुरु भएसँगै तालतलैयामा पानी सुख्न थालेपछि दुर्लभ वन्यजन्तु गैंडाका लागि आहाल खेल्न रत्ननगरको चित्रसेन मध्यवर्ती सामुदायिक वनले कृत्रिम ताल निर्माण गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त वनले यहाँको कृत्रिम ‘गैंडा ताल’मा पम्पसेटमार्फत पानीको व्यवस्थापन गरिएको सामुदायिक वनको अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए । करीव रु २ लाखको लागतमा ताल निर्माण गरी बोरिङ लगाएर कृत्रिम..

    हिमाल आरोहणको मुख्य याम 'वसन्त ऋतु' शुरु, आरोही धमाधम हिमालतिर

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत : हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।  सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।  पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन्..

    सगरमाथाको बाटो बनाउँछन् असी वर्षे शेर्पा, ३३ वर्षदेखि निरन्तर सक्रिय

    सोमबार, चैत्र १९, २०७४ साल
    सल्लेरी, सोलुखुम्बु, १९ चैत : ‘असी पुगी बसी खाने’ बेला भयो भन्ने नेपाली उखानै छ । तर यो उखानले माप्यदूधकोशी गाउँपालिका काकुका ७९ वर्षीय बृद्ध पासाङ शेर्पालाई छोएन । उनि विगत ३३ वर्षदेखि निरन्तर नाम्चेभन्दा माथि सगरमाथा जाने बाटो निर्माणमा सक्रिय छन्  । गाला चाउरी परिसके, केश फुलिसक्यो, ढाडसमेत कुप्री प¥यो तर अझै जोस–जाँगर भने १६ वर्षे जवानीको जस्तै छ..

    पर्यटकको अभिलेख होटल व्यवसायीद्वारा राख्न शुरु, प्रहरीले खोजेका बखत विवरण बुझाउनुपर्ने

    आईतवार, चैत्र १८, २०७४ साल
    रसुवा, १८ चैत पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्डलगायत पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएकाले कुन पर्यटक कुन मार्ग प्रयोग गरी कहाँ पुगे र उनीहरूलाई आकस्मिक समस्या परे तुरुन्त उद्धारका लागि सहज वातावरण बनाउन होटलमा पनि अभिलेख राख्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख..

    पर्यटनमन्त्रीद्वारा सय दिनमा गर्ने काम सार्वजनिक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता दिईने

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ । मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजनालाई १०० दिने प्रमुख कार्यमा राखिएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनःनिर्माण, पर्यटन क्षेत्रको..

    पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आचारसंहिता, पर्यटकलाई दुव्र्यवहार हुनबाट जोगाउने मुख्य लक्ष्य

    शुक्रबार, चैत्र १६, २०७४ साल
    रत्ननगर, चितवन, १६ चैत चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूले नयाँ आचारसंहिता निर्माण गरेका छन् । पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन् नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ष गिरीले जानकारी दिए । उनका अनुसार सौराहाका होटल तथा रेष्टुरेन्ट गर्मीमा राति १२ बजेसम्म र जाडोमा ११ बजेसम्म खोल्ने गरी आचारसंहिता बनाइएको हो । आगामी..

    गाउँ चिनाउन करोडौंको लगानीमा होटल सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटकहरुको अावागमन बढ्यो

    बिहिवार, चैत्र १५, २०७४ साल
    भीमदत्तनगर, १५ चैत सन् १९९९ मा भारतको कस्मीरमा भारत–पाकिस्तान युद्ध हुँदा भारतीय गोर्खा सेनामा कार्यरत सञ्जु गुरुङ गोली लागेर घाइते भए । युद्धमा पेटमा दुईवटा गोली लागेर घाइते भएका गुरुङलाई निको हुन तीन महिना लाग्यो । अठार वर्ष भारतीय गोर्खा राइफलमा जागिर गरेर गुरुङ नेपाल फर्किए । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ त्रिभुवनबस्तीका ४८ वर्षीय गुरुङले पाँच वर्षयता आफ्नै गाउँमा रु एक करोडभन्दा बढीको..

    राजनीतिक स्थायित्वको प्रभाव : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

    बुधबार, चैत्र १४, २०७४ साल
    चितवन, १४ चैत : चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको यसै अवधिमा ८८ हजार ७२७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२/७३ मा वर्षभरिमा ८७ हजार ३९१ जनामात्रै पर्यटक निकुञ्ज..

    शंकरपुरमा लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा

    मंगलवार, चैत्र १३, २०७४ साल
    रुपन्देही, १३ चैत तिलोत्तमा नगरपालिका– ९ शंकरपुरमा मंगलबारदेखि लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालनमा आएको छ । बुटवलबाट नौ किलोमिटर दक्षिण र भैरहवाबाट १० किलोमिटर उत्तरमा रहेको सो हेल्थ वाटरमा वेभ पुल, रेन्बो, ट्युब स्लाइडर, मल्टी स्लाइडर, फेमली स्लाइडर, किड्स पुल, रेन डान्स तथा फुटसलको आनन्द लिन सकिने संस्थाका अध्यक्ष गोपालबहादुर पोखरेलले जानकारी दिए । दुई बिघा तीन कट्ठा क्षेत्रफलमा रहेको हेल्थ वाटर किङ्डममा..

    रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डमा ड्रोन क्यामेरा लैजान निषेध

    सोमबार, चैत्र १२, २०७४ साल
    रसुवा, १२ चैत :  रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ ।  माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताए ।  उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी पदयात्रा पर्यटनको छाता..

    पर्यटकको पर्खाइमा "काहुँ धरहरा", फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल

    आईतवार, चैत्र ११, २०७४ साल
    पोखरा, ११ चैत पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहुँ धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित..

    आरोही दावा शेर्पाले सगरमाथा आरोहण गर्ने, नेपाली ब्राण्डका चिया तथा कफीलाई प्रवद्र्धन गर्ने उद्देश्य

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी  छिन् । दोलखाको गौरीशंकर नगरपालिका–९ सिमीगाउँकी २४ वर्षीया शेर्पाले सगरमाथामा राष्ट्रिय झण्डा फराउँदै त्यहाँको वातावरणमा चिया र कफी तयार गरी अन्य आरोहीलाई वितरण गर्ने छिन् । व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गरेकी शेर्पाको आरोहणका लागि..

    कागजी युगमै पर्यटन बोर्ड, विद्युतीय प्रचारप्रसारको प्रयोगले प्राथमिकता पाउन सकेन

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौँ, ९ चैत: मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक करोड ५० लाख रकम खर्च गर्दै आएको छ । बोर्डले प्रचारप्रसारको काममा समेत कागजी युगबाट बाहिर निस्कन सकेको छैन । आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कागजी..

    चितवन राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रमा सरसफाइ, सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा चुनौती

    शुक्रबार, चैत्र ९, २०७४ साल
    रत्ननगर, चितवन, ९ चैत विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखिएको छ । विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तुमा समेत असर परिरहेको छ । यस्ता फोहर वन्यजन्तुले खाएमा तिनीहरुको स्वास्थ्यमा असर गर्ने..

    रजत वर्षका अवसरमा तालीम, ६५ जना व्यवसायी सहभागी

    शुक्रबार, चैत्र ९, २०७४ साल
    पोखरा, ९ चैत नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम शुक्रबारदेखि शुरु भएको छ । पोखराको लेकसाइडस्थित होटल रानीवन अर्किटमा दुई दिनसम्म चल्ने उक्त तालीममा टानमा आवद्ध ६५ जना व्यवसायी सहभागी भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पर्यटनलगायत विभिन्न क्षेत्रमा तीन..

    सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाउने घोषणा, चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय ‘प्रोडक्ट’,

    बुधबार, चैत्र ७, २०७४ साल
    काठमाडौँ, ७ चैत सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

    अर्ना स्थानान्तरणको एक वर्ष : तीन अर्नाको गर्भधारण

    बुधबार, चैत्र ७, २०७४ साल
    चितवन, ६ चैत चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना चितवनको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् । गत वर्षाद्मा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोशीटप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले एउटै समूहमा हिँड्डुल गर्न शुरु गरेका छन् । निकुञ्जको पदमपुर क्षेत्रमा..
    Results 848: You are at page 13 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast