सोमबार, कार्तिक ४, २०७६

    पर्यटन समाचार

    त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध

    बिहिवार, फागुन १६, २०७५ साल
    हेटौँडा, १६ फागुन : गएरातिदेखिको अविरल वर्षाले त्रिभुवन राजपथको दामन, पालुङ र सिमभञ्ज्याङमा डेढ फिट बाक्लो हिउँ पर्नाले हेटौँडा र काठमाडौँतर्फको यातायात सेवा आज बिहानैबाट अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  त्यसैगरी हेटौँडा कुलेखानीतर्फ जाने थाखेल सडकखण्डको विभिन्न स्थानमा एक फिट बाक्लो हिउँ पर्नाले हेटौँडा, कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा पनि अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ..

    घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी

    बुधबार, फागुन १५, २०७५ साल
    घोडाघोडी, १५ फागुन    विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।    करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित व्यवस्थापन नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत वर्ष गतवर्ष माघ मसान्तसम्म करीब ८१ हजार पर्यटक घोडाघोडी ताल क्षेत्रमा आए पनि अहिले गत महिनाको मसान्तसम्ममा घटेर ७२ हजार ७०० पुगेको..

    सूर्यविनायक पर्यटकीय गन्तव्य, प्याराग्लाइडिङको उडान सफल

    मंगलवार, फागुन १४, २०७५ साल
    भक्तपुर, १४ फागुन  सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ ।  आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिनुभयो । सूर्यविनायकलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै पर्यटक भित्र्याउने..

    निकुञ्जद्वारा हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध

    शनिबार, फागुन ११, २०७५ साल
    बाँके, ११ फागुन बाँके राष्ट्रिय निकुञ्जले हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मेला, महोत्सवलगायतका पर्वमा हात्ती भाडामा प्रयोग नगर्नु भन्ने सरकारले निर्देशन दिएसँगै प्रतिबन्ध लगाइएको निकुञ्जले जनाएको छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नयाँ निर्देशन प्राप्त भएपछि हात्ती कहीँकतै पठाइएको छैन । प्रमुख संरक्षण अधिकृत रेग्मीले भन्नुभयो,“अब हात्ती निकुञ्ज र संरक्षण क्षेत्रको कामबाहेक अन्यत्र प्रयोग हुँदैनन्..

    गोदावरी - सुन्दर ठाउँको अवलोकनसँगै प्याराग्लाइडिङ मजा

    बिहिवार, फागुन ९, २०७५ साल
    गोदावरी, ९ फागुन  खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन ।  हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिनुभयो ।  कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले..

    प्रकृतिको वरदान पोखरा, ‘सुन्दरतामा जहिल्यै मोहित हुने यो मन’

    मंगलवार, फागुन ७, २०७५ साल
    चिप्लेढुङ्गा, ७ फागुन ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया  जीवन मेरो सेती बगर विना तिम्रो माया’  पत्रकार मोहन मैनालीले एक प्रसङ्गमा भन्नुभएको थियो, “प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।” केही समयअघि मात्रै पोखरा घुम्न आउनुभएका फिलिपिनो राजकुमारी मारिया अमोरले पनि पोखराको सुन्दरताको खुलेरै प्रशंसा गर्नुभयो । पोखरा अधिकांश सर्वसाधारण, कलाकार, नेता व्यापारी, कर्मचारी, विद्यार्थी, कविलेखक सबै सबैको प्रमुख रोजाइको शहर पनि हो..

    पर्वतमा प्याराग्लाइडिङको मज्जा ! सफल उडान परीक्षण

    आईतवार, फागुन ५, २०७५ साल
    पर्वत, ५ फागुन : दक्षिण पर्वतको बिहादी गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । बिहादी गाउँपालिका–५ को लुम्राङको डाँडामा प्याराग्लाइडिङको उडान सफल भएको हो । उरामको गेप्ताङस्थित मगर बस्तीमा रहेको गेप्ताङ सामुदायिक घरबास (होमस्टे)ले आयोजना गरेको गाउँ पर्यटन प्रवद्र्धन कार्यक्रमको अवसरमा प्याराग्लाइडिङ उडान गरिएको हो ।  पोखराको सराङकोटमा प्याराग्लाइडिङ सञ्चालन गर्दै आउनुभएका विवेक राना र गोले लामाको नेतृत्वमा विपीन परियार, रमेश..

    ‘भ्यालेन्टाइन डे’ दिवसका अवसरमा मायालु डाँडामा भिड

    बिहिवार, फागुन २, २०७५ साल
    गलेश्वर, २ फागुन  भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ ।  सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।  हिजोआज..

    जनवरीमै ९१ हजार पर्यटक आए, २६ प्रतिशतको 'ग्रोथ'

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ  सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार ३०० पर्यटक नेपाल आएका छन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी हो ।  यस अवधिमा पनि..

    कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

    आईतवार, माघ २७, २०७५ साल
    कास्की, २७ माघ : कास्कीको माछापुच्छरे गाउँपालिका–७ धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । दुई शहरका बीचमा संस्कृति आदानप्रदान तथा सामाजिक र आर्थिक विकासमा भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास गरिएको छ ।  पर्यटकीय गाउँ धम्पुस र ब्रेकन शहरकाबीच भगिनी सम्बन्ध पत्रमा आइतबार यहाँ हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । माछापुच्छरे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडाध्यक्ष समबहादुर गुरुङ तथा..

    पन्ध्र गोही नदीमा, भारत पुग्ने चिन्ता !

    आईतवार, माघ २७, २०७५ साल
    चितवन, २७ माघ  घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका १५ गोहीलाई विशिष्ट अतिथिको उपस्थितिमा शनिबार राप्ती नदीमा छाडिएको छ ।  नेपालका लागि बेलायती राजदूत रिचर्ड मेरिस, जेडएसएल लण्डनका महानिर्देशक डोमिन जर्मसी, राष्ट्रिय प्रतिनिधि हेमसागर बराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक सरिता ज्ञवाली, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका सहायक रथी होमनाथ दवाडीलगायतको उपस्थितिमा गोही छाडिएको हो ।  निकुञ्जका प्रमुख..

    सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ ।  ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा टेवा पुग्ने गरी पर्यापर्यटन सञ्चालन गर्न योगदान पुग्ने छ ।  सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गरी..

    जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण

    शुक्रबार, माघ २५, २०७५ साल
    मुग्लिन, २५ माघ  पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ ।  हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट रु २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिनुभयो । भ्यूटावरसहितको गोलोघरबाट झरनाको अवलोकन गर्न सकिनेछ..

    पर्यटकीय सम्भावना बोकेको आलिताल सरंक्षण र संवद्र्धनको पर्खाइमा !

    मंगलवार, माघ २२, २०७५ साल
    डडेल्धुरा, २२ माघ  प्रदेश न ७ को महत्वपुर्ण पर्यटकीय सम्भावना बोकेको आलिताल सरंक्षण र संवद्र्धनको पर्खाइमा रहेको छ । डडेल्धुुराको भित्री मधेस आलीताल गाँउपालीकामा रहेको आलीतालको समुद्री सतहबाट करिब ८०० मिटर उचाईमा महाभारत पहाडी श्रृखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरुको संख्या बढाउन सकिने भएता पनि कुनै निकायले पहल नगर्दा अहिले ताल ओझेलमा रहेको स्थानीयहरुको गुनासो छ ।  थुप्रै सम्भावना बोकेको ताललाई..

    पर्यटकीय गन्तव्य ‘धरमपोखरी’, गौतमबुद्धकी आमा नुहाउने स्थल !

    शनिबार, माघ १९, २०७५ साल
    परासी, १९ माघ   भगवान् गौतमबुद्धकी आमा मायादेवी माइत आउँदा नुहाउने गरेको धरमपोखरी ताललाई धार्मिक पर्यटनको रुपमा विकास गरिने भएको छ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुर गाउँमा रहेको उक्त पोखरीलाई रामग्राम नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । प्रकृतिको उपहार मनोरम वातावरणमा अवस्थित तीन बिघा क्षेत्रफलमा फैलिएको धरमपोखरीको बुद्धशान्ति साझेदारी वन समूह र स्थानीयवासीले संरक्षण गर्दै आएका छन् ।..

    नेपालको मिनि स्वीटजरल्याण्ड 'जिरी' आउने पर्यटकलाई अब ५० % छुट

    बुधबार, माघ १६, २०७५ साल
    जिरी, १६ माघ   दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।  पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी..

    हिमपातले जनजीवनमा असर, यातायात सेवा अवरुद्ध, पर्यटकलाई भने हिउँ प्यारो [२० फोटो]

    सोमबार, माघ १४, २०७५ साल
    बाजुरा, १३ माघ लगातारको हिमपातका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हिउँ परेको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । हिमपातपछि कोल्टीमा हवाईसेवा बन्द भएको नागरिक उड्डयन शाखा कार्यालय कोल्टीले जनाएको छ ।  यात्रु..

    चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेसँगै राजश्वमा पनि वृद्धि

    बिहिवार, माघ १०, २०७५ साल
    चितवन, १० माघ  चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र..

    फेवाताल संरक्षण गर्न गण्डकी सरकारले कार्ययोजना ल्याउँदै, यस्ता छन् बैठकका निर्णयहरु :

    बुधबार, माघ ९, २०७५ साल
    पोखरा, ९ माघ गण्डकी प्रदेश मन्त्रिपरिषद्‍को बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बुधबार बसेको बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने, पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण र मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायत निर्णय गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा समिति गठन भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले..

    सन् २०१८ मा १५ लाख विदेशीले मालदिभ्स घुमे, अधिकांश युरोपेली र चिनियाँ पर्यटक

    शनिबार, माघ ५, २०७५ साल
    माले, ५ माघ  क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्स सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेको समाचार छ ।  एक वर्षमा यति धेरै पर्यटक यस देशमा पुगेको यो नै पहिलो पटक भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  मालदिभ्स्का पर्यटनमन्त्री अलि वाहिदले यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार गत वर्षमात्र यहाँ १४ लाख ८४ हजार जना विदेशी पर्यटक पुगेका..

    आकाशमा प्याराग्लाइडिङ र नदीमा र्याफ्टिङ, पर्यटकीय सम्भावना बोकेर आयो 'फिक्कल महोत्सव'

    शुक्रबार, माघ ४, २०७५ साल
    फिक्कल (सिन्धुली), ४ माघ नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।  भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ ।  मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको..

    बुद्ध एयरले आगामी वैशाखदेखि भारतको कोलकाता उडान भर्ने, बङ्गाली पर्यटकलाई लक्षित

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौँ, ३ माघ : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ ।  पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान शुरु गर्न लागिएको बताउनुभयो ।  उहाँका अनुसार..

    घोडेपानी–घान्द्रुक पदमार्गमा १ वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिए

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ म्याग्दी २ माघ म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ ।  वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्याङ्ककाअनुसार सन् २०१७ को तुलनामा २०१८ मा..

    नेपालको हिमश्रृंखलामा लोभिए विदेशी पर्यटक, ऋतुअनुसार फरक-फरक रकमको ‘रोयल्टी’ !

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौं, १ माघ  नेपालका हिमाललाई विदेशीले ‘हीरा’को संज्ञा दिने गरेका छन् । नेपालमा त्यस्ता हिमाल छन् जुन हिमाल विश्वकै सबैभन्दा अग्ला र सुन्दर छन् । विश्वका अग्ला १४ वटा हिमाल मध्ये नेपालकै मात्र ८ वटा हिमाल पर्दछन् । पर्वतारोहीका लागि नेपालमा ५५ वटा हिमाल खुला गरिएका छन् । विश्वकै चर्चित सगरमाथा, कञ्चनजङ्गा, मनास्लु, लोत्से, अन्नपूर्णलगायतका हिमालहरुमा वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने..

    पोखरास्थित गुप्तेश्वर गुफाबाट साढे ४ करोड आम्दानी, साढे ६ लाख बढी पर्यटकबाट अवलोकन

    मंगलवार, माघ १, २०७५ साल
    पोखरा, २९ पुस : पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ ।  विभिन्न तीन किसिमका रु ५० को टिकटबाट रु एक करोड ३६ लाख ४६ हजार २००, रु ३५ बाट रु ३९ लाख ४७ हजार ७९० रु २० दरको टिकटबाट रु छ..

    प्रदेश १ को झापामा एशियाली पर्यटन महोत्सव हुँदै, नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित

    शुक्रबार, पौष २७, २०७५ साल
    भद्रपुर, २७ पुस : प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।  नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने..

    बाघको सङ्ख्या बढ्यो तर आहारा बढेन, निकुञ्जलाई भयो हम्मे-हम्मे !

    बिहिवार, पौष २६, २०७५ साल
    बाँके, २६ पुस बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ । बाघको सङ्ख्याको तुलनामा यसले आहारा बनाउने जनावरहरु नबढ्दा दीर्घकालीन रुपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न..

    अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न लुम्बिनीमा बुद्धिष्ट मार्ट

    बुधबार, पौष २५, २०७५ साल
    लुम्बिनी, २५ पुस  कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पुर्याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।  बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा..

    पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको..

    चिसो बढेसँगै काठमाडौं उपत्यकामा हिउँदे वर्षा, चन्द्रागिरी र दामन हिउँले ढकमक्क

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौं, पुस २३ ।  चिसो बढ्दै जानेक्रममा आज बिहानदेखि राजधानीलगायत देशका विभिन्न भेगमा हिउँदे वर्षा भएको छ । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।   पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ भने काठमाडौं आसपासका फूल्चोकी लगायतमा समेत हिउँ पर्ने सम्भावना छ। अहिले राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र..
    Results 922: You are at page 10 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast