मंगलवार, जेष्ठ १३, २०७७

    पर्यटन समाचार

    अन्ततः स्थगित भयाे नेपाल भ्रमण वर्ष, सचिवालय विघटनकाे तयारी

    मंगलवार, चैत्र १८, २०७६ साल
    काठमाडौं, १८ चैत । प्रिलसम्मका लागि मात्र स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० अन्ततः पूर्ण रूपमा सथगित भएकाे छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित गरिएकाे नेपाल भ्रमण वर्षकाे अभियान सरकारले अब भने औपचारिक रुपमा स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख..

    लकडाउन घोषणापछि मनास्लुमै अलपत्र परे ११ पर्यटक

    बुधबार, चैत्र १२, २०७६ साल
    काठमाडौं, १२ चैत । विश्वव्यापी रूप लिएकाे काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि देखिन थालेपछि जोखिम न्यूनिकरण गर्न सरकाले एक सातासम्म लकडाउन घोषणापछि मनास्लु पदयात्रा मार्गमा ११ जना रोकिएका छन् । ६ जना विदेशी पदयात्री र ५ जना नेपाली सहयोगी तथा गाइड मनास्लु मै अलपत्र परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका मिडिया कोर्डिनेटर सिम्बिर घलेले जानकारी दिए । मनास्लु पदयात्रा मार्गको मान्छा खोला भन्ने स्थानमा पुगेका..

    आजदेखि विदेशी पर्यटकले पदयात्रा गर्न नपाउने

    शुक्रबार, चैत्र ७, २०७६ साल
    काठमाडौं, ७ चैत । आजदेखि विदेशी पर्यटक पदयात्रामा जान नपाउने भएका छन् । नेपाल पर्यटन बोर्डले आजैबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली 'टिम्स' कार्ड वितरण बन्द गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान पाउने छैनन् । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ । नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल 'टान' ले टीम्स कार्ड वितरण गर्दै..

    काेराेना भाइरसकाे प्रभावले सुनसान बन्याे अन्नपुर्ण पदमार्गमा

    मंगलवार, फागुन २०, २०७६ साल
    कास्की, २० फागुन ।  चीनकाे वुहानबाट शुरू भएकाे काेराेना भाइरसकाे संक्मण अहिले विश्वभर नै फैलिएकाे छ । नेपालमा पनि काेराेना भाइरस संक्रमणका हल्लाहरू आइरहेका छन् तर, पुष्टि भने भइसकेकाे छैन् ।  यसरी विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने..

    कोरोना भाइरस प्रभाव : हवाई यात्रुको संख्यामा कमी

    सोमबार, माघ २०, २०७६ साल
    काठमाडाैं २० माघ कोरोना भाइरसका कारण नेपालमा आउने हवाई यात्रुको संख्यामा कमी आएको छ । चीन सरकारले नै आफ्ना नागरिकलाई सकेसम्म अन्य देशमा नजान आग्रह गरेकाले नेपाल आउने चिनियाँ नागरिकको संख्यामा कमी आएको हुन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले चीनबाट आउने यात्रुको संख्यामा कमी आएको बताए । उनले यात्रुको संख्यामा कमी आए पनि हवाई सेवा भने प्रभावित नभएको बताए..

    नेपाल भ्रमण वर्षका लागि वैकल्पिक पर्यटन बजारको खोजी

    शनिबार, माघ १८, २०७६ साल
    काठमाण्डाै, १८ माघ सरकारले चीनमा देखिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावलाई मध्यनजर गरी वैकल्पिक पर्यटन बजारको खोजी गर्ने भएको छ । प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा प्रभाव पार्ने सम्भावित जोखिम नियन्त्रण र वैकल्पिक पर्यटन बजारको खोजी गर्न लागिएको हो ।  कोरोनाको प्रभावका कारण चीनबाट नेपाल आउने पर्यटकको कमीलाई पूर्ति गर्न अन्य गन्तव्य बजारको..

    काेराेना भाइरस संक्रमणकाे त्रासले नेपालकाे पर्यटन प्रभावित

    शनिबार, माघ १८, २०७६ साल
    काठमाडाैं, १८ माघ । पोखराको लेकसाइडस्थित रेस्टुरेन्ट चान तासीमा मंगलबार दिउँसो चिनियाँ पर्यटक मास्क लगाएर छिरे । भित्र भने उनीहरूले खानाका लागि मास्क झिके । रेस्टुरेन्टका वेटरले मास्क लगाएरै पर्यटकलाई खाना दिए । चीनमा फैलिएको कोरोना भाइरसका कारण पोखरामा पनि त्रास बढेको छ । चिनियाँ पर्यटकको बढी चहलपहल हुने रेस्टुरेन्ट तथा होटलमा सतर्कता अपनाइएको छ । सतर्कता अपनाउँदै मास्क लगाएरै पर्यटकलाई..

    भ्रमण वर्ष सफल पार्न सक्रियताका साथ लाग्न आग्रह

    शुक्रबार, माघ १७, २०७६ साल
    काठमाडौँ, १७ माघ   विभिन्न राजनीतिक दलका नेता र कलाकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै क्षेत्रबाट सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । भ्रमण वर्ष सफल बनाउने उद्देश्यले प्रेमपूर्ण प्रताप फाउण्डेशन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले भ्रमण वर्ष सफल तुल्याउन विभिन्न सरोकारवाला निकायले आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्नेमा जोड..

    मुस्ताङको ढुम्बा ताल जमेर बरफ

    शुक्रबार, माघ १७, २०७६ साल
    ठिनी, १७ माघ हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ । तालको व्यवस्थापन कुछुप तेरेङ्गा गुम्बाले परापूर्वकालदेखि गर्दै आएको छ । तालमा विभिन्न जातका माछा छाडिएको छ, तालको सरसफाइ र माछाको हेरविचार गर्न र आहारा खुवाउने सबै गुम्बाले गर्ने..

    दोलखामा स्की खेल्न दैनिक १० हजार

    बिहिवार, माघ १६, २०७६ साल
    भीमेश्वर, १६ माघ   दोलखामा दुई साता अघिदेखि भएको हिमपातसँगै पर्यटक आगमन वृद्धि भएको छ । एकै दिनमा सयौं पर्यटक हिउँमा स्की खेल्न आउने गरेको पर्यटन व्यवासायीले जनाएका छन् । दोलखाको कालिञ्चोक, शैलुङ, खरिढुङ्ग, मुडे, मागादेउराली, बाघखोर बजारलगयतका स्थानमा हिमपात भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । जिरी, लामाबगर, चँखु मार्बु र च्छयोरोल्पा लगयतका स्थानमा स्थानीय तथा बाह्य पयर्टकको सङ्ख्यामा वृद्धि भएका..

    विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण

    बिहिवार, माघ १६, २०७६ साल
    पर्वत, १६ माघ   पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा  बिहीबार सफल परीक्षण गरिएको हो ।   द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकामा बिहीबार मानिसले नै..

    मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ : पूर्वराष्ट्रपति

    बुधबार, माघ १५, २०७६ साल
    दमौली, १५ माघ   पूर्वराष्ट्रपति डा रामवरण यादवले तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आज मानहुँकोटको अवलोकन भ्रमण गर्दै पूर्वराष्ट्रपति यादवले मानहुँकोटको ऐतिहासिक महत्व रहेकाले यसको प्रवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो ।   मगर समुदायको बाक्लो बस्ती रहेको मानहँुकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्नसके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने तर्क गर्दै पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “मानहुँकोटको भविष्य सुन्दर छ,..

    राराको सुन्दरताबाट नलोभिने को होला !

    बुधबार, माघ १५, २०७६ साल
    दाङ, ११ पुस  गत मङ्सिर महिनाको पहिलोे साता नेपालको सबैभन्दा ठूलो र गहिरो मुगु जिल्लाको छायानाथ नगरपालिका–९ मा पर्ने रारा तालमा भेटिनुभएका नेपालगञ्जका ४८ वर्षीय भीमप्रसाद रेग्मी निकै खुशी हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ  त्यसबाट आफूलाई निकै  सन्तुष्टि  भएको छु ।” श्रीमती  र छोरीसँगै पुग्नुभएका रेग्मीले एक दिन ताल क्षेत्रमा बिताउँदा..

    कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

    सोमबार, माघ १३, २०७६ साल
    काठमाडौँ, १३ माघ सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री योगेश भट्टराईले भाइसरबारे धेरै आत्तिनुपर्ने अवस्था नभए पनि उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो । भाइरसको प्रकोपलाई फैलन नदिन सरकारले तयारी गरिरहेको जानकारी दिनुभयोे । “कोरोना..

    भ्रमण वर्षलाई धार्मिक गतिविधिबाट अन्तर्राष्ट्रियकरण

    आईतवार, माघ १२, २०७६ साल
    काठमाडौँ, १२ माघ   नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न यही माघ २५ र २६ गते अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिने भएको छ । चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इण्डोचाइना फ्रेण्डसिप एशोशिएशनको संयुक्त आयोजनामा चारुमती स्तूप क्षेत्रमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यान्मा र लाओसका करिब २०० भिक्षु÷भिक्षुणी, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता रहनेछ ।     उक्त कार्यक्रमको..

    प्याराग्लाइडिङको परीक्षण उडान सफल

    आईतवार, माघ १२, २०७६ साल
      कास्की, १२ माघ   माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकको  अर्मलाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण उडानसँगै यस ठाउँ आगामी दिनमा प्याराग्लाइडिङको गन्तव्यका रुपमा विकास हुने देखिएको छ ।   पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्न भएसँगै हाल व्यावसायिक रुपमा सराङकोट हुँदै आएको प्याराग्लाइडिङ नहुने निश्चित प्रायः भएकाले अर्मलालाई सराङकोटको उपयुक्त विकल्पका रुपमा समेत हेरिएको छ । पोखरादेखि २० किलोमिटरको दूरीमा दुई हजार ४०० मिटर उचाइमा अवस्थित अर्मलाबाट परीक्षण..

    सेवा सुविधामा चरम विभेद भन्दै नेपाल एयरलाइन्सका २५ पाइलटले बुझाए सामूहिक राजीनामा

    शुक्रबार, माघ १०, २०७६ साल
    काठमाडौं, १० माघ । नेपाली र विदेशी कर्मचारीलाई विभेद गरियो भन्दै नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।  विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले आज सामूहिक राजीनामा दिएका हुन् । ९० दिनको समयसीमा दिँदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने..

    अब चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट

    बिहिवार, माघ ९, २०७६ साल
    काठमाडौँ, ९ माघ  तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ ।   जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू..

    हिउँमा पाँच मिटर खन्दा पनि भेटिएनन् हराएका पर्यटक

    बिहिवार, माघ ९, २०७६ साल
    काठकाडौं, ९ माघ । अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ७ जना पर्यटकहरुको खोजी कार्य जारी छ । ४ जना कोरियन पदयात्री र ३ जना नेपाली गाइडहरुको खोजीमा नेपाली सेनाले सक्रियता देखाएको हो । माघ ७ गतेदेखि नेपाली सेनाको सेकेण्ड रेञ्जर गणका गणपतिसहितको टोली पर्यटक र गाइडको खोजीमा अन्नपूर्ण आधार शिविरमा सक्रिय रहेका छन् । स्थानीय तथा अन्य पर्यटकको सूचनाको आधारमा आधार शिविरको हिउँ..

    १० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम

    मंगलवार, माघ ७, २०७६ साल
    गलकोट, ७ माघ बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो ।  कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर मनै लोभ्याउने गरी..

    एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने

    सोमबार, माघ ६, २०७६ साल
    कास्की, ६ माघ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पु¥याउने भएको छ । यही माघ ४ र ५ गते रुपा गाउँपालिकास्थित रुपाकोटमा बसेको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भ्रमण वर्षमा विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने र भ्रमण वर्षमा नआउने पर्यटकका लागि समेत..

    कालीगण्डकीमा रोमाञ्चकारी जलयात्राको मज्जा लिने कि ?

    सोमबार, माघ ६, २०७६ साल
    तानसेन, ६ माघ   पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका अगामी फागुनको २४ गतेदेखि  महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका नगरप्रमुख अध्यक्ष रमणबहादुर थापाले जानकारी दिनुभयो ।    कालीगण्डकी नदीमा जलयात्रा, रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङ, जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रर्र्दशन महोत्सवमा आकर्षक रहने छ ।  विभिन्न गाउँपालिकासँग समन्वय..

    सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा

    आईतवार, माघ ५, २०७६ साल
      चितवन, ५ माघ    पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधँै एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन् ।    चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको..

    बेसक्याम्पबाट बेपत्ता भएका पाँच जनाको जीवितै उद्धार

    शनिबार, माघ ४, २०७६ साल
    काठमाडौं, ४ माघ । अन्नपूर्ण आधार शिविरमा बेपत्ता भएका मध्ये ५ जनाको  जीवितै उद्धार गरिएको छ । घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् । अन्नपूर्ण आधार शिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये एक नेपालीसहित पाँच जनाको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले बताए । उद्धार गरिएका पाँचै जनालाई..

    प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

    शुक्रबार, माघ ३, २०७६ साल
    काठमाडौं, २ माघ    लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।    विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको राससलाई जानकारी दिनुभयो । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको भनाइ छ ।   बिहीबार..

    नेपाल एयरलाइन्स तोकियो भ्रमण वर्षको आधिकारिक वायुसेवा

    बुधबार, माघ १, २०७६ साल
    काठमाडौँ, १ माघ   राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । निगम र नेपाल भ्रमण सचिवालयबीच भ्रमण वर्ष प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएको हो ।    नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रममा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ । निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र..

    पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर लिएर विदेशी फरार

    मंगलवार, पौष २९, २०७६ साल
    काठमाडौं, २९ पुस । एक विदेशी नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक करोड १३ लाख रुपैयाँ लिएर फरार भएका छन् ।  विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन् । उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला र्पुयाएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए । ‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक..

    सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाइँदै

    आईतवार, पौष २७, २०७६ साल
    सिन्धुलीगढी, २७ पुस   विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई परास्त गरेको ऐतिहासिक सामरिक महत्वको सिन्धुलीगढीलाई अन्तरराष्ट्रियरुपमा प्रवद्र्धन गरिने भएको छ । नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेकाले उक्त स्थल विश्वकै लागि कौतुहलताको विषय बन्न सक्छ । यसले आन्तरिक मात्र नभई अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकाले..

    अन्नपूर्ण पदमार्गका पर्यटक घट्दा व्यवसायी मर्कामा

    आईतवार, पौष २७, २०७६ साल
    लमजुङ, २७ पुस  विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक तीन÷चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन् ।   अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा दर्जनौं होटल व्यवसाय..

    दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक

    शुक्रबार, पौष २५, २०७६ साल
    चरिकोट, २५ पुस दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिउँ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको हो । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । जिल्ला आउने अधिकांश पर्यटकको पहिलो रोजाइ कालीञ्चोक परेको..
    Results 1048: You are at page 1 of 35
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast