बुधबार, कार्तिक ६, २०७६

    ओएमजी Omg!

    सिन्धुपाल्चोकमा विद्यार्थीको कपाल शिक्षकले काट्ने यस्तो चलन

    बुधबार, जेष्ठ ८, २०७६ साल
    सिन्धुपाल्चोक, ७ जेठ सुनकोशी गाउँँपालिका ६ टिमुरेको कोल्दोङदेवी माविका शिक्षकले विद्यालयमा नै विद्यार्थीको कपाल नै काटिदिन थालेका छन् ।  गाउँमा कपाल काट्ने मान्छे नहुँदा विद्यार्थीहरु कपाल काट्न शहर जानुपर्ने बाध्यता थियो । त्यसै कारण कोल्दोङ देवी माविले शिक्षक, विद्यार्थी र अभिभावकलाई कपाल काट्ने तालिम नै सञ्चालन गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सहयोगमा कोल्दोङ देवी माविले जिल्लाका विद्यालयमध्ये यसरी..

    गर्मीले सताएपछि टोयोटा कारलाई गोबरले लिपियो, धेरैको जिज्ञाशा यस्तो !

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    एजेन्सी, ७ जेठ ।  फेसबुकमा भाईरल भैरहेको फोटोमा कारलाई पुरै गोबरले लिपेको देख्न सकिन्छ । भारतको अहमदाबादमा गर्मीबाट बच्न कारलाई गाइको गोबरले लिपेका छन् ।  ४५ डिग्री भन्दा माथिको गर्मीबाट बच्न कारलाई गोबरले लिपिएको हो । गाउँमा घरको भित्ता र जमिनलाई गोबरले लिप्ने चलन रहेको छ ।  फेसबुक प्रयोगकर्ता रुपेश गौरंग दासले उक्त गाडीको फोटो फेसबुकमा राख्दै लेखेका छन् ‘ मैले देखेको गोबरको सबैभन्दा..

    ठूलो खुलासा : चीनमा यसरी यौनदासी बनाइन्छन् उत्तर कोरियाली महिला

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    लण्डन, ७ बैशाख ।  लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ। लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक समूहका अनुसार उत्तर कोरियालीहरूलाई अपहरण गरिन्थ्यो र यौनकर्मीका रूपमा बेचिन्थ्यो वा चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिन्थ्यो।   कारोबार आफ्नो प्रतिवेदन पीडितहरूबाट सङ्कलन गरिएका विवरणमा आधारित भएको बताउने समूहले उक्त बेचबिखनको कारोबार..

    मन्तव्य राख्ने क्रममा लालबहादुरको निधन, यस्तो भन्छन् प्रधानाध्यापक !

    सोमबार, जेष्ठ ६, २०७६ साल
    पाँचथर, ६ जेठ ।  फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ ।  विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँको मृत्यु भएको हो । मन्तव्य राखिसक्ने बित्तिक्कै शिक्षक फागो बेहोस भएर ढल्नुभएको थियो ।  फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५..

    नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो

    सोमबार, जेष्ठ ६, २०७६ साल
    डडेल्धुरा, ६ जेठ ।   डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम शुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।    जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ..

    फोनबाट माया पिरती ! प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा

    सोमबार, जेष्ठ ६, २०७६ साल
    रोल्पा, ६ जेठ “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो ।  सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन । “हामीले..

    १ सय १७ वर्षीया बाटुलीलाई मासिक १० हजार, 'विश्व कीर्तिमान'मा नाम लेखाउन पहल

    आईतवार, जेष्ठ ५, २०७६ साल
    बेत्रावती, ५ जेठ ।   नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी एक सय सत्र वर्षीया ज्येष्ठ नागरिक बाटुली लामिछानेलाई मासिक रु दश हजार उपलब्ध गराइने भएको छ ।   विसं १९५९ चैत १० गते जन्मिनुभएका लामिछानेको स्याहारसुसार तथा उहाँको जीवनका अनुभवको पुस्ता हस्तान्तरणमा सहयोग पुर्याउन गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिनुभयो ।   उहाँका अनुसार गाउँपालिकाले बाटुली लामिछाने (बाला) फाउण्डेशन..

    यहाँ मस्त सुतेको पनि तलब पाइन्छ !

    आईतवार, जेष्ठ ५, २०७६ साल
    एजेन्सी, ५ जेठ ।   जापानको एक कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने सबै कर्मचारीलाई पूरा निन्द्रा सुत्नका लागि पैसा दिने गर्दछ । क्रेजी इंक नामक उक्त कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिने गरेको हो । कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक..

    त्रिशूली ३ बी सवस्टेशन निर्माणको अवरोध हट्यो, आयोजनास्थलमा प्रहरी परिचालन

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काठमाडौँ, ३ जेठ ।   त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माणमा जाने तयारीमा रहेका करीब ६०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न महत्वपूर्ण मानिएको त्रिशूली थ्री बी हव सवस्टेशन निर्माणमा देखिएको अवरोध हटेको छ ।   केही स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि गरेको अवरोध शुक्रबारदेखि हटेको र निर्माण शुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सो सबस्टेशनको क्षमता २२० केभी रहेको छ ।..

    संसारको सबैभन्दा शक्तिशाली देश मानिएको अमेरिका मुसाको अगाडि निरीह !

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    काठमाडौं, ३ जेठ संसारको सबभन्दा शक्तिशाली देश अमेरिका मुसाका अगाडि निरीह देखिएको छ । राजधानी वाशिङटन डीसीमा सबैतिर मुसा देखिन्छन् ।  मुसाहरू वाशिङटन शहरका गल्लीमा घुम्दै खानाको खोजमा फोहरका भाँडामा जम्मा भएका देखिन्छन् । डीसीमा औसत हरेक पाँच फीटको दूरीमा एउटा मुसा भेटिन्छ  । हुँदाहुँदा मुसा ह्वाइट हाउस पनि पुगिसकेका छन् ।  एक निजी समाचार च्यानलका संवाददाताले ह्वाइट हाउस लनमा मुसा भेटे । उनले..

    'नेपालमै हो छुट ?' इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ इञ्जिनीयरको नै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्ने पत्याउन आम मानिसलाई गाह्रो पर्छ । आमजनतालाई पत्याउन गाह्रो परेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्य फेला परेको हो ।  बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढा, मोरङका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ ।  आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इञ्जिनीयर..

    मानिसको पेटबाट ११६ वटा फलामका किला निस्किएपछि डाक्टर नै तीनछक्क !

    बिहिवार, जेष्ठ २, २०७६ साल
    एजेन्सी, १ जेष्ठ । भारतको राजस्थानमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको अप्रेशन गरेर निकालेका हुन् । राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार पनि निकालिएको छ । डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर ४२ वर्षका पुरुषको शल्यक्रिया गरेका थिए । ती व्यक्ति..

    शिक्षक, विद्यार्थी यार्सागुम्बा टिप्न जाने , २ महीनासम्म विद्यालय बन्द

    बुधबार, जेष्ठ १, २०७६ साल
    रुकुमपूर्व, २९ वैशाख ।  यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् ।  प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । विशेष गरेर जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेका विद्यालय बन्द..

    ‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम नै हराएपछि...

    शुक्रबार, बैशाख २७, २०७६ साल
    बाँके, २७ वैशाख  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो ।   मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै रु तीन..

    विषालु सर्प गोमनले टोक्दा दुधालु गाईको एक छिनमै मृत्यु

    शुक्रबार, बैशाख २७, २०७६ साल
    गौशाला, २६ वैशाख । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ । बिहिबार बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ । प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई..

    'साथी' हराएपछि अर्ना समूहको सहारालिदैं एक्लो पोथी बाह्रसिङ्गे

    बिहिवार, बैशाख २६, २०७६ साल
    रत्ननगर, २५ वैशाख  नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका थिए । अहिले निकुञ्जमा एउटा मात्रै पोथी बाह्रसिङ्गे जीवित छ ।  निकुञ्जमा बाह्रसिङ्गे नभएकाले दुई वर्षअघि शुक्लाफाँटाबाट सातवटा ल्याइएको थियो । त्यसमध्ये दुई वटा त्यही समय..

    सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट ग्यास निस्किएपछि...

    बुधबार, बैशाख २५, २०७६ साल
    पाल्पा, २५ वैशाख । माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।   स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताउनुभयो ।   जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर..

    काठमाडौंमा हुने ‘च्याम्पियनसिप रेस्लिङ’ का लागि विश्वविख्यात रेस्लरहरु नेपाल आउँदै

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौं, २४ बैशाख ।    नेपाल रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा यहि बैशाख २८ गते शनिवारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।   त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका,..

    चितवनमा मरेको भनि अन्त्येष्टि गर्नै लाग्दा शिशुले एक्कासि सास फेरेपछि…

    मंगलवार, बैशाख २४, २०७६ साल
    चितवन, २३ वैशाख एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर  पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः  अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी..

    बाँदरले बसिखान नदिएपछि गाउँका बासिन्दा विस्थापित

    सोमबार, बैशाख २३, २०७६ साल
    वालिङ, २३ वैशाख   बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा  घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन् ।    सरकारले जमीन बाँझो नराख्ने..

    यी हुन् भारतीय अर्बपतिका हट छोरी, यस्तो छ विलासी जिवनशैली !

    सोमबार, बैशाख २३, २०७६ साल
    एजेन्सी, २३ वैशाख ।  भारतमा अर्बपतिका कुनै कमी छैन । टाटा बिन्डला अम्वानी समेतका थुप्रै अर्बपतिहरु छन् । यीनहरु दुनियाका अर्बपति र शक्तिशाली व्यक्तिहरुसँग पनि संगत गर्छन् । उनीहरुको विलासी जिवनशैलीको बारेमा त सबैलाई थाहा नै छ । तर, आजमी भारतका अर्बपतिहरुको छोरीहरुको विलासी जिवनका बारेमा जानकारी दिदैछौं ।   १. ईशा अम्वानी इशा मुकेश अम्वानीकी छोरी हुन् । मुकेशका दुई छोरा र एक..

    अब 'airport'मा ३ मिनेटभन्दा बढी समय 'kiss' गर्न नपाइने

    सोमबार, बैशाख २३, २०७६ साल
    एजेन्सी, २२ वैशाख ।  सार्वजनिक स्थानमा चुम्बन गर्दा पर्ने अप्ठ्यारोलाई हाल गर्न भन्दै देशका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ बनाइएको छ । एसिया,युरोप, अमेरिकाका बिकशित शहरका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ र समय पनि निर्धारण गरिएको छ । जहाँ तीन मिनेट भन्दा बढी समय  कसैलाई किस गर्न पाइदैन । सुरुवातमा आफन्तबीचको क्षण महत्त्वपूर्ण हुने भन्दै विमानस्थलमा किस गर्न समय छुट्याईएको..

    सांसद छिर्ने भवन परिसरमा भुस्याहा कुकुर छिरेपछि ... !

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २० वैशाख सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने शुक्रबार कार्यक्रम थियो । शुक्रबार बिहानैबाट संसद भवन सिगार्न संसदका कर्मचारीहरुलाई भ्याईनभ्याई थियो ।   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले संसद भवन सिगार्न कर्मचारीलाई चटारो भइरहेका वेला संसद भवन परिसरमा एक हुल भुस्याहा कुकुर संसद परिसरमा छिरेका थिए । कडा सुरक्षाका बीच भुस्याहा..

    अब आफ्नो बच्चा पढाउन पैसा हैन फोहोर बुझाए हुन्छ !

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं २० वैशाख ।  बढ्दो महँगीको कारण सामान्य व्यक्तिले आफ्नो छोराछोरीलाई विद्यालय पठाउन नसक्ने अवस्था सिर्जना भएको छ । कारण हो निजी स्कुल र चर्को रुपमा लिएको मासिक शुल्क । तर विश्वमा यस्तो स्कुल रहेको छ जहाँ अभिभावकले आफ्नो छोराछोरी पढाउन स्कुलमा पैसा हैन् फोहोरको पोको बुझाए पुग्छ । भारतको असम राज्यस्थित पमोहीमा भएको अनौठो स्कुलको नाम अक्षरा हो । सन् २०१६..

    नेपालमा पहिलोपटक 'bird flu'बाट मानिसको मृत्यु

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं, १९ वैशाख ।  नेपालमा पहिलो पटक बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्टमा बर्ड फ्लु पुष्टि भएको हो । नेपाल पहिलोपटक मानिसमा बर्ड फ्लु भेटिएको हो ।..

    विश्व कै अचम्मको होटल जो बनेको छ आलुबाट ! एक रातकै लाग्छ यति धेरै रकम !

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ बैशाख १९ । अमेरिकाको इदाहो राज्यमा दुनियाँ नै चकित पार्ने ६ टन आलुको आरामदायी होटल निर्माण भएको छ । खान बस्न र सुत्नको राम्रो व्यवस्था भएको उक्त होटलमा एक रात बसेको २ सय ४७ यानकी नेपाली १८ हजार रुपैयाँ तिर्नुपर्छ । आलुको भित्री भागमा २ ना व्यक्ति आरामले सुत्न बस्न मिल्ने रहेको छ । सुन्दै अनौठो लाग्ने होटलमा बस्न मानिसहरु निकै..

    युगान्डाकी १ महिला जसले ३९ वर्षमा जन्माइन ४४ सन्तान ! (भिडियो)

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ,  १८ वैशाख ।  युगान्डाकी यी महिलाको नाम मरिया नाबातन्जी हो । १२ वर्षको उमेरमा विवाह गरेकी उनले १३ वर्षको उमेरदेखि नै बच्चा जन्माउन सुरु गरेकी हुन् । उनले ३९ वर्षको उमेरमा ४४ जना सन्तान जन्माएर दुनियाँ नै चकित बनाएकी छन् । जन्मिएका ४४ सन्तान मध्ये ३८ सन्तान अहिले पनि जिवितै रहेका छन् । ६ जनाको मृत्यु भइसकेको छ । २६ वर्षको..

    नेपालमा यतीको पाइला भेटेको भारतीय सेनाको दाबी

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौं, १७ बैशाख । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेपछि सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ । सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले 'मकालुको आधार शिविरमा 'मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको' जानकारी दिएको छ । ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ । हालसम्म यतीको अस्तित्वको बारेमा..

    भासिँदैछ जकार्ता : इन्डोनेशियाको राजधानी अन्यत्रै सारिने !

    मंगलवार, बैशाख १७, २०७६ साल
    जकार्ता, १७ बैशाख ।  इन्डोनेशियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्न लागेको त्यहाँका योजनामन्त्रीले बताएका छन् । मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोका अनुसार राष्ट्रपति जोको विडोडोले एउटा महत्त्वपूर्ण निर्णय अन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुङ्गो लगाएका हुन् । जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो। राजधानी साँच्चिकै सर्नेबारे इन्डोनेशियालीहरू भने शङ्का व्यक्त गर्छन्। उनीहरूले यसअघि पनि यसबारे सुनेपनि अहिलेसम्मका ६ जना राष्ट्रपतिले त्यसो गर्न सकेका छैनन्। अनुसन्धानकर्ताहरूका..

    अष्ट्रेलियन सरकारको २० लाख जंगली विराला मार्ने योजना

    सोमबार, बैशाख १६, २०७६ साल
    क्यानेबरा, १६ वैशाख  आगामी वर्ष भित्र अष्ट्रेलियन सरकारको  करिब दुई मिलियन (२० लाख)  जंगली विराला मार्ने योजना रहेको  छ । ती विरालाहरुलाई विषालु ससेज दिएर मार्ने योजना सरकारले बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  सरकारका अनुसार हाल अष्ट्रेलियामा २ देखि ६ मिलियन जंगली विराला छन् । ती जंगली विरालाले अन्य स्तन्धारी जनावरमाथि खतरा उत्पन्न गराएको भन्दै सरकारले विराला मार्ने योजना अगाडि बढाएको..
    Results 555: You are at page 8 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast