ओएमजी Omg!
आईतवार, मंसिर २२, २०७६ साल

काठमाडौं, २२ मंसिर ।
पौडीकी खेलाडी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा नयाँ कीर्तिमान राख्दै सागको एउटै संस्करणमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
यसअघि २ स्वर्ण जितेकी गौरिकाले १३ औं सागको पौडी अन्तरगत आइतबारको खेलमा ४०० मिटर फ्री स्टाइलमा समेत स्वर्ण जितेर इतिहास रचेकी हुन् ।
..
शनिबार, मंसिर २१, २०७६ साल

काठमाडौँ, २१ मङ्सिर
हाँसो–ठट्टा गर्ने मान्छे प्राय कसलाई मन पर्दैन् र, विशेष केटीहरु यस्ता केटालाई बढी मन पराउँछन्,
१. ‘बोर फिल’ हुन दिँदैनन्ः
रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन्..
शुक्रबार, मंसिर २०, २०७६ साल

भद्रपुर, २० मङ्सिर ।
झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् ।
वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र ..
बिहिवार, मंसिर १९, २०७६ साल

एजेन्सी, १९ मङ्सिर ।
पृथ्वी जीव बस्नप्रतिकूलबाट अनुकूलतातर्फ कहिले आयो होला ? पृथ्वीको परिवर्तन प्रक्रियाबारे पहिले सोचेभन्दा फरक र नाटकीय किसिमको रहेको तथ्य बाहिर आएको छ ।
दुई अर्ब तीन करोड वर्षअघि पृथ्वीमा रहेको अक्सिजनको महाविस्फोटन भएको र सोही विष्फोटनले पृथ्वीलाई जीवहरुको घरमा परिवर्तन गरेको नयाँ तथ्य खुलेको हो ।
करिब दुई अर्ब वर्षपहिलेको एउटा समुद्री नुनले पृथ्वीको अक्सिजन सन्तुलनमा ल्याएको खुलेको हो..
बिहिवार, मंसिर १९, २०७६ साल

काठमाडौँ, १९ मङ्सिर
विश्वका आठ धनाढ्य पुरूषसँग आधा विश्वको सम्पत्ति छ।
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, बर्कसायर ह्याथवेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत वार्रेन बफेट, एमजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस, ओर्याकलका सहसंस्थापक ल्यारी एल्लिसन, न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग र फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग सबै अमेरिकी नागरिक र अर्बपति हुन्।
तीमध्ये ६ जना फोर्ब्सको विश्वकै धनी सूचीमा परेका..
मंगलवार, मंसिर १७, २०७६ साल
.jpg)
एजेन्सी, १७ मङ्सिर ।
ज्योतिषशास्त्रका अनुसार प्रेम सम्बन्धमा तपाईको पार्टनरको राशि कुन भन्ने बारे खास ध्यान राख्नु पर्दछ। यदी पार्टनरको राशि तपाईको राशिसँग मिल्छ भने तपाईको प्रेम सम्बन्ध निकै राम्रो हुने गर्दछ।
ज्योतिषशास्त्र अनुसार जानिराख्नुहोस् कुन राशिका व्यक्तिको हुन्छ राम्रो जोडी
वृष र कन्या
यी दुई राशि भएका व्यक्तिलाई घर परिवार र स्थितरता आवश्यक हुने गर्दछ। त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई..
सोमबार, मंसिर १६, २०७६ साल

कोची, १६ मङ्सिर
भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बन्नुभएको छ ।
शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उहाँ गत वर्ष भारतीय जलसेनामा भर्ना हुनुभएको थियो ।
शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थाल्नुभएको छ । उहाँले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाउनु भएको छ ।
..
सोमबार, मंसिर १६, २०७६ साल

काठमाडौँ, १६ मङ्सिर ।
विदेश भ्रमण गर्ने यात्रीहरूलाई विदेश जाँदा हुने जोखिमका बारेमा सचेत गराउनका लागि यो नक्सा जारी गरिएको छ हो ।
लिबिया र सोमालियालाई संसारकै सबैभन्दा खतरनाक देशका रूपमा ट्राभल रिस्क म्यापमा चित्रण गरिएको छ । त्यसपछि अफगानिस्तान र भेनेजुएला सुचीमा परेका छन् ।
नक्सामा रातो लगाइएका देशहरूमा सडक सुरक्षा, शान्ति सुरक्षा र स्वास्थ्य समस्याले यात्रीलाई समस्यामा पार्ने बताइएको छ ।
सबैभन्दा..
सोमबार, मंसिर ९, २०७६ साल

काठमाडौँ, ९ मङ्सिर
हिन्दु धार्मिक परम्पराअनुसार ३२ गुण भएकी युवती लाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ ।
धेरैलाई थाहा नहुनु सक्छ, महिलामा हुनुपर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ ।
१) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।
२) हातका औँला लामा–लामा हुनु ।
३) औलाका कापमा छाला विशेष..
सोमबार, मंसिर ९, २०७६ साल

काठमाडाैं, ९ मंसिर ।
वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन् । त्यसोभए कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा ?
करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी ठोकिएका थिए । यो टक्करबाट पृथिवीमा अनि मंगल र चन्द्रमामा पनि सुन र प्लेटिनम जस्ता धातु पुगेका थिए ।
यसरी खगोलीय पिण्डहरूको टक्करबाट पृथिवीलाई नोक्सान..
सोमबार, मंसिर ९, २०७६ साल

काठमाडाैं, ९ मंसिर
जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिको सजिलो हुन्छ र तिघ्रा अनि नितम्बलाई सजिलो हुन्छ कि हुँदैन, सबै विचार गर्नुपर्छ । सानो साइजका लुगा कहिल्यै लगाउनु हुँदैन । यो लगाउँदा तपाईंको शरीरलाई हानि पुग्छ ।
टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ ।
चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं..
बिहिवार, मंसिर ५, २०७६ साल

काठमाडौँ, मंसिर ५
अधिकांश मानिसले जीवनमा कुनै न कुनै बेला धोका दिने वा पाउने गर्दछन् । तर धोका पाउने वा दिनेलाई धोका के हो भन्नेसमेत थाहा हुँदैन ।
धोका पाउने व्यक्तिका लागि धोकाले मानसिक र स्वास्थ्यमा असर पार्दछ । यसैकारण कतिपय मानिसको धोकाको आडमा नै सम्बन्धहरु तोडिएका छन् । तर धोका दिएको मानिसलाई एक पटकलाई अवसर दिएर उसको नैतिकता र इमान्दारिता मापन..
सोमबार, मंसिर २, २०७६ साल

काठमाडौँ, २ मङ्सिर
जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी सबै अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व झल्किन्छ ।
जसको जिब्रो मोटो छ त्यस्ता किसिमका मानिसहरू गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् । यस्तो मोटो जिब्रो भएको मानिसले प्रायजसो घरमा शासन जमाएको हुन्छन् । लामो जिब्रो भएको मान्छे बुद्धिमान् हुन्छन् । यदि,..
शनिबार, कार्तिक ३०, २०७६ साल

काठमाडौँ, ३० कात्तिक ।
पहिलो सच्चा मायाले आफ्नो भावनासँग परिचित गराउँछ , जुन राम्रो होस् या नराम्रो , आर्चयजनक होस या स्वभाविक , जस्तोसुकै भएपनि यस्तो प्रेम त्यो भन्दा पहिले कहिल्यै भएको हुदैँन् । त्यसैले जब हामी पहिलो मायाको बारेमा सोच्छौँ , जुन निकै अजीब र रमाइलो लाग्दछ । पहिलो माया सधै महसुस हुनेभएकाले कहिलेकाही सम्झन गाह्रो हुन्छ । वैज्ञानिकहरुको अनुसार..
बिहिवार, कार्तिक २८, २०७६ साल

हेटौँडा, २८ कात्तिक ।
मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डीभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ ।
चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ ।
वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष..
मंगलवार, कार्तिक २६, २०७६ साल

बेनी, २६ कत्तिक ।
एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो ।
उहाँले सञ्चालन गर्नुभएको धवलागिरि बोयर..
सोमबार, कार्तिक २५, २०७६ साल

शाङ्घाई, २५ कात्तिक :
चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गर्नुभएको थियो ।
चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन्..
मंगलवार, कार्तिक १९, २०७६ साल

एजेन्सी, १९ कात्तिक ।
हीरा त्यस्तो तत्व हो जुन एकल तत्वले निर्माण हुन्छ । यसलाई काट्न अन्य धातुले सक्दैन । हीरालाई हीराले मात्र काट्न सकिन्छ ।
हीरा ९९.५ प्रतिशत कार्बनले बनेको हुन्छ । यसमा ०.५ प्रतिशत अन्य धातु मिश्रित हुन्छ । हीरा कोइलाबाट बन्छ । अन्य धातुहरुले हिराको रंग र आकार बनाउन मदत पुर्याउछ । खनिजको रूपहरूले हिराको पहिचान निर्धारण गर्न मद्दत..
बिहिवार, कार्तिक १४, २०७६ साल

काठमाडौँ, १४ कात्तिक
सन् १८६८ को डिसेम्बर १० तारेखमा बेलायतको लण्डनस्थित सबैभन्दा पहिले संसदभवन बाहिरको सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो ।
रेलवेका अभियन्ता जेके नाइटले उक्त ट्राफिक लाइट जडान गरेका थिए । रातमा देखियोस् भन्नका लागि यसमा ग्यासको प्रयोग गरिएको थियो । त्यस समयमा ट्राफिक लाइटमा केवल दुईवटा मात्र रङको प्रयोग गरिएको थियो, एउटा रातो र अर्को हरियो । तर पछि..
आईतवार, कार्तिक १०, २०७६ साल

एजेन्सीहरु, १० कार्तिक ।
यदी आफ्नै मातापिताबाट प्राप्त भएको उपहारले कुनै छोरा रातारात भएमा तपाईं त्यसलाई के भन्नुहुन्छ ? हो, अमेरिकाको पेन्सिलभेनिया निवासी २४ वर्षे ठिटो अहिले चर्चाको शिखरमा छन् ।
जसको कारण हो एरिकलाई उनका आमाबाबुले दिएको उपहार र मुल्य ।
यस्तो छ सप्र्राइज गिफ्ट
अमेरिकाको पेन्सिलभेनियामा चीनको सिनो फर्मास्युटिकलका संस्थापक त्से पिंग तथा उनकी पत्नी चेयुंग लिन चेंगले कंपनीको २१ दशमलव..
बिहिवार, कार्तिक ७, २०७६ साल

काठमाडौं, कात्तिक ७ ।
उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ ।
तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ ।
त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ । हाम्रै वरिपरि..
बुधबार, कार्तिक ६, २०७६ साल

चितवन, ६ कात्तिक ।
भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ । सो खाकामा थपघटका लागि सुझाव लिन बुधबार यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन..
बुधबार, कार्तिक ६, २०७६ साल

डोटी, ६ कात्तिक
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो ।
आगामी मङ्सिरबाट उक्त भत्ता दिइने तथा त्यसका लागि नगरभित्र रहेका अविवाहित महिलाको तत्थ्याङ्क सङ्कलनकार्य भइरहेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो । नगरपालिकाले विवाह नगरी एकल जीवनयापन..
आईतवार, कार्तिक ३, २०७६ साल

काठमाडौँ, ३ कात्तिक
कैयौं मानिसलाई अहिले आएर यो कुरा सुन्दा अचम्म लाग्न सक्छ की ६० को दशकमा रोमानियामा निकोलस चाचेस्कुले लगातार २५ वर्षसम्म आफ्नो देशमा मिडियाको आवाजलाई बाहिर निस्कन दिएन ।
मिडियको हरेक कार्यालयमा चाचेस्कुले आफ्ना गुप्तचर बिभागका कर्मचारी खटाउने गथ्र्यो । साथै उसले खाना, पानी, तेल तथा औषधीसम्मको उपभोगमा आफ्ना देशबासीलाई नियन्त्रणमा राख्यो । जसको नतिजा यस्तो भयो की रोमानियाका मानिसहरु..
मंगलवार, असोज २१, २०७६ साल

एजेन्सी- थाइल्याण्डका एक न्यायाधीशले अदालतभित्र आफैँलाई गोली हानेका छन् । उनले देशको न्यायिक प्रणालीप्रति असन्तुष्टि जनाउँदै आफैलाई गोली हानेका हुन् ।
हत्याको मुद्दामा संदिग्ध पाँच जना आरोपीलाई सबुतको अभावमा सफाइ दिने आफ्नो फैसलाबाट आहत भएका न्यायाधीश खनाकोर्न पियानचानाले आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
उनले वरिष्ठ न्यायाधीशमाथि आफ्नो फैसलामा दखल पुर्याएको आरोप लगाउँदै आफू आफ्नो कर्तव्यविरुद्धको काम गर्न नसक्ने बताएका छन् ।
थाइल्याण्डको दक्षिणी..
बुधबार, असोज १५, २०७६ साल

जलेश्वर, १५ असोज ।
महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ ।
जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ ।
कुकुरबाट घाइते हुनेलाई जिल्ला अस्पताल जलेश्वरमा प्राथमिक उपचारपश्चात् थप..
मंगलवार, असोज १४, २०७६ साल

काठमाडौं, १४ असाेज ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिलालाई जबरजस्ती गरेकाे आराेप लागेपछि उनले पदबाट राजिनामा दिएका छन् ।
सभामुख महराले संसद सचिवालयकी ती महिला कर्मचारीलाई आइतबार साँझ महिलालाई जबरजस्ती गर्ने क्रममा मदिरा सेवन गरेको खुलेको हो ।
मदिरा पिएर आफै बोतल बोकेर ती महिला कर्मचारीको डेरामा भित्रिएका महराले स्न्याक्सपनि साथमै लगेर गएका थिए । दुई वटा गिलासमा मदिरा राखेपनि महराको..
शुक्रबार, असोज १०, २०७६ साल

काठमाडौँ, १० असोज ।
महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।
असार २६ गते सिंगापुरको गेलाङस्थित एक होटल अगाडि तामाङले एक महिलाको छाती छोएको आरोपमा अदालतमा मुद्दा परेको थियो। आफूमाथि दुव्र्यवहार भएको भन्दै ती महिला मुद्दा दायर गरेलगत्तै तामाङ पक्राउ परेका थिए। दुव्र्यवहारमा..
बिहिवार, असोज ९, २०७६ साल

धनगढी, ९ असाेज ।
धनगढीकी खगित्रा शाहीले एकै पटक ४ बच्चा जन्माएकी छिन् । सत्ताइस वर्षीया शाहीले चम्ल्याहा शिशु जन्माएकी हुन् ।
शाहीले सिनामङ्गलस्थित काठमाडाैं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिइन् ।
आठ महिनाको गर्भलाई चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको..
मंगलवार, असोज ७, २०७६ साल

काठमाडौँ, ७ असोज
मःमका लागि ल्याइएको राँगोले फुत्केर उपद्रो मच्याएपछि एक राँगोलाई गोली हानेर मारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान चार बजे काठमाडौँको स्वयम्भू क्षेत्रबाट फुत्केको राँगोले तीनजनालाई घाइते बनाएको छ ।
बिहान साढे ६ बजेतिर न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो । ..
Results 577: You are at page 1 of 20