आईतवार, चैत्र २३, २०७६

    कला-सौन्दर्य

    चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक (भिडियो)

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौं, पुस १४। चलचित्र ‘शत्रु गते’ मा समावेश ‘रुपै मोहनी’ बोलको गीन शुक्रबार सार्वजनिक गरिएको छ । पुल्चोकको ब्रिक्स क्याफेमा शुक्रबार एक औपचारिक कार्यक्रम गरि गीत सार्वजनिक गरिएको हो ।  युट्युबमा भने दिउँसो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । छायांकनकै समयदेखि नै यो गीतको चर्चा बटुलेको यस गीत आज मात्र सार्वजनिक गरिएको हो ।  मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको..

    नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’को भिडियो २५ वर्षपछि सार्वजनिक

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौं, १४ पुस । आफ्नो स्थापनाको २५ औं वर्ष मनाउँदै गर्दा बहुचर्चित नेपाली ब्याण्ड नेपथ्यले ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपि राखे है’ बोलको गीतको भिडियो रिलिज गरेको छ । ‘आँगनैभरि हिउँ नै झरे' नेपथ्यको पहिले रेकर्ड भएको गीत हो । सन् १९९३ को अप्रिल एक तारिखमा उक्त एल्बम रिलिज भएको थियो । त्यसैले १ अप्रिललाई नेपथ्यको स्थापना दिवस पनि मानिएको..

    हिरो र निर्देशकको गर्लफ्रेन्ड नबन्दा कैयौं फिल्मबाट निकालिएं : प्रियंका चोपडा

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौं पौष १३ ।  बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले चलचित्र क्षेत्रमा काम गर्दा वा स्थापित हुँदा विभिन्न खाले सास्ती खेप्नु परेको दुखेसो पोखेकी छिन् ।  बलिउडका आफ्नो राम्रो समुन्नत करियर बनाउनका लागि संघर्षको दौडानमा विभिन्न सास्ती खेप्नु परेको उनले बताएकी हुन् ।  कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको चोपडाले खुलाएकी छिन् । उनले भनेकी छिन, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै..

    फिलिपिन्समा चित्रकला प्रदर्शनी, उल्लेखनीय सहभागीता

    बिहिवार, पौष १३, २०७४ साल
    मनिला (फिलिपिन्स), १३ पुस : फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाई स्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ ।  ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा यहाँ आयोजित प्रदर्शनीमा सहभागी हुन विद्यार्थी, चित्रकार, स्थानीयलगायत सरोकारवालाको सहभागीता रहेको आयोजकले जनाएका छन् । उक्त प्रदर्शनीमा नेपालको पर्यटनलाई झल्काउने किसिमका चित्र, कला, संस्कृति, परम्परा, धर्म, जातीय वेषभूषालगायत झल्कने खालको चित्र राखिएको संस्थाका प्रबन्ध..

    'क्लब डान्स' मा उत्रिए नायक अनमोल, भन्दैछन् ‘यति-यति पानी...’

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं, पौष १२ । नेपाली सिने जतगमा अत्याधिक नै चर्चामा रहेको नाम हो - अभिनेता अनमोल केसी । उनी कहिले पारिश्रमिकका कारण चर्चामा हुन्छन् त कहिले चलचित्रमा गरेको अभिनयका कारण र प्रत्येक चलचित्रमा फरक–फरक नायिका सँगै काम गर्ने अवसर पाएकोमा पनि ।  उनले अहिले सम्म काम गरेको चलचित्रमा फरक फरक अभिनेत्रीहरुसँग काम गरेका छन् । पछिल्लो समय अनमोल उनको बहुप्रतिक्षित चलचित्र ‘कृ’को..

    चलचित्र ‘छल्की’ मा दिपाश्री थारु महिलाको भूमिकामा

    बुधबार, पौष १२, २०७४ साल
    काठमाडौं पौष १२ ।  निर्देशक तथा अभिनेत्री दिपाश्री निरौला पछिल्लो समय चलचित्र ‘छल्की’को छायाँकनमा व्यस्त भएकी छिन् । उनी भारु भषाको चलचित्र छल्की मा मुख्य भूमिका निभाइरहेकी छिन् ।  दिपाश्री चलचित्र ‘सत्रुगते’ को छायाँकन सकिए लगत्तै छल्कीको छायाँँकनमा व्यस्त भएकी हुन् । केशव रायमाझीको लेखन तथा निर्देशन रहेको फिल्ममा थारु भाषाका कलाकार राजेन्द्र भगतको मुख्य भूमिका छ ।  फिल्ममा कलाकार जय चौधरी, प्रज्वल..

    बलिउडकी चर्चित अभिनेत्री काजोल अब गायिका बन्दै

    मंगलवार, पौष ११, २०७४ साल
    काठमाडौं पौष ११ ।  बलिउडकी चर्चित अभिनेत्री काजोल देवगन अब गायिका बन्ने भएकी छिन् । पछिल्लो समय उनी अभिनय तिर मात्र नभएर गायनको क्षेत्रमा पनि प्रवेश गने कोशिसमा छिन् ।  काजोलले निर्देशक प्रदिप सरकारको नयाँ चलचित्र ‘एला’मा अभिनयको साथ साथै गीत पनि गाउन लागेको भारतीय  सञ्चारमाध्यमले जनाएका छन् ।  आनन्द गान्धीको ‘बेटा कागाडो’मा आधारित गुजराती नाटकमा बन्न लागेको चलचित्रलाई अभिनेता अजय देवगन र..

    भूकम्पपीडितको सहयोगार्थ फिलिपिन्समा चित्रकला प्रदर्शनी

    आईतवार, पौष ९, २०७४ साल
    ललितपुर, ९ पुस । ललितपुरको योङ पिकासोको आयोजनामा फिलिपिन्सको गजमान स्ट्रिटस्थित मंगलदान नेशनल हाइस्कुलमा नेपाली कलाकारहरुद्वारा सामूहिक चित्रकला प्रदर्शनी गरिने भएको छ ।  सो प्रदर्शनी मंगलबारदेखि बिहीबारसम्म तीन दिन सञ्चालन हुने छ ।  उक्त चित्रकला प्रदर्शनीमा अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्वारा तयार पारिएका चित्रहरु राखिने छन् ।  चित्रकला बिक्रीबाट संकलन भएको रकम नेपालका भूकम्पपीडितको सहयोगका लागि प्रदान गरिने आयोजकले जनाएको..

    बालविवाह रोक्ने अभियानमा सक्रिय हुँदै नायिका रेखा थापा

    आईतवार, पौष ९, २०७४ साल
    नेपालगन्ज, पुस ९ ।  नेपाली सिनेमा उद्योगकी चर्चित नायिका एवम् निमात्री रेखा थापाले अब आफू बालविवाह रोक्ने अभियानमा सक्रिय हुने बताएकी छन् । बालविवाहकै कारण आफू स्वयम्ले पनि विभिन्न पीडाहरुको सामना गर्नु परेको भन्दै यी सुन्दरी नायिकाले आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेकी हुन् ।  बाँकेमा आयोजित एक कार्यक्रमका क्रममा उनले ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि नै आफूले..

    बलिउडका चर्चित निर्देशक करणको अफर कृति र परिणितीद्वारा अस्विकार

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौं पौष ७ । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको प्रस्ताव चर्चित नायिका द्वय कृति सेनन र परिणिती चोपडाले अस्वीकार गरेका छन् ।  निर्माता तथा निर्देशक करण जोहर छोटो चलचित्र बनाउने तयारीमा जुटेका छन् । यसका लागि, उनले सुरुवातमा नायिका परिणिती चोपडालाई अफर गरेका थिए । परिणितीले करणको अफर अस्विकार गरिन् । यसपछि, करणले अर्की नायिका कृति सेननलाई अफर गरे । कृतिले..

    बलिउड अभिनेता शाहिद कपूर र निर्देशक इम्तियाज अली एक दशकपछि सँगै काम गर्दै

    शुक्रबार, पौष ७, २०७४ साल
    एजेन्सी, पुस ७ ।  बलिउडका चर्चित अभिनेता शाहिद कपूर र निर्देशक इम्तियाज अली फेरि सँगै काम गर्ने भएका छन् । शाहिदले भनेका छन, ‘हामी दुईजना छिट्टै काम गर्दैछौँ र म इम्तियाज जस्तो प्रतिभाशाली निर्देशकसँग फेरि पनि सँगै काम गर्ने मौका पाएकोमा निकै उत्साहित छु ।’    अभिनेता कपूर र अलीले पहिलो पटक सँगै काम गरेको फिल्म ‘जब वी मेट’ प्रदर्शन भएको १० वर्ष..

    विराट र अनुष्काको रिसेप्शन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (फोटो फिचर)

    शुक्रबार, पौष ७, २०७४ साल
    नयाँ दिल्ली, पुस ७ । चर्चित भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा केही दिन अघि एकआपसमा विवाह बन्धनमा बाँधिएको समाचारले भारतीय सञ्चार माध्यमहरु तरंगित बनेको थियो ।  कोहली र शर्माले केही अघि इटालीको एक भव्य होटलमा विवाहको लगनगाँठो कँसेका थिए । अहिले आएर उनीहरुले  नयाँ दिल्लीस्थित एक पाँच तारे होटलमा रिसेप्शन पार्टीको आयोजन गरेका हुन् ।  उक्त रिसेप्सन पार्टीमा भारतका..

    विवाहका लागि सहि व्यक्तिको खोजीमा छु : प्रियंका चोपडा

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं पौष ६ ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले आफू विवाहका लागि केटा खोजिरहेका बताएकी छिन् । हालै एक अवार्ड शोमा पुगेकी बलिउड अभिनेत्री चोपडाले विवाहका लागि केटा खोजिरहेको बताएकी हुन् ।  उनले भनिन् ‘विवाह योजना गरेर हुँदैन । तपाईलाई आफ्नो लागि एउटा सहि व्यक्तिको खोजी आवश्यक हुन्छ । यदी मलाई सहि व्यक्ति मिल्यो भने म तुरुन्त विवाह गर्नेछु । अहिले म यस्तै..

    टुँडिखेलमा बलिउड स्टार 'सलमान खान'सहित कलाकारको कन्सर्ट हुँदै

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं पौष ५ ।  बलिउड अभिनेता सलमान खान नेपाल आउँदै छन्। आगामी फागुन २६ हुने गते सांगीतिक कार्यक्रम ’दबंग द टुर नेपाल’का लागि काठमाडौं आउने भएका हुन्। टुँडिखेलमा हुने कन्सर्टमा सलमान खानसहित बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने आयोजक ओडिसी मिडियाले विज्ञप्तीमा जनाएको छ । उनीहरुले उक्त कन्सर्टमा..

    ध्यान र शाकाहार नै मेरो सुन्दरताको रहस्य : दिपाश्री निरौला

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौँ, ४ पुस । निर्देशक तथा कलाकार दिपाश्री निरौलाले ध्यानका कारण आफ्नो खानपान र जीवनशैली नै बदलिएको बताएकी छिन् । काठमाडौँको एक होटलमा गत शुक्रबार आयोजित ‘भेज डिनर विद सेलिब्रिटी’ कार्यक्रममा उनले सो कुरा बताइन् ।  “पहिले म ध्यानमा बस्दा आफ्नो ध्यान केन्द्रित गर्नै सक्दिनथेँ । पछि केही साथीहरूले माछामासु खानेलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने बताए । माछामासु छाडेपछि मेरो ध्यान लाग्न..

    गायक उदित नारायणको परिवारसँग निरुता सिंहको हिमचिम बढ्दो

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौं पौष ४ ।  नेपाली सिने जगतको एक समयको सर्वाधिक रुचाइएकी तथा सफल नायिका हुुन निरुता सिंह । हाल उनी भारतमा छिन् । झन्डै एक दशक देखि उनी भारतमा नै बस्दै आएकी छिन् ।  नेपाली चलचित्र क्षेत्रमा उनको व्यस्तता कम नहुदै उनी भारत पसेकी हुन् । लामो समय भइसकेको  छ कि निरुता ठूलो पर्दामा नदेखिएकी पनि ।  डेब्यु फिल्म ‘दक्षिणा’ बाटै लोकप्रियता बटुलेकी..

    बलिउड अभिनेत्री सन्नी लियोनी कार्यक्रमका कारण विवादमा

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौं पौष ४ ।  बलिउड अभिनेत्री सन्नी लियोनी विवादमा आएकी छिन् । पछिल्लो केही समययता बलिउडमा केही कलाकर्मीहरु विवादमा परिरहेका छन् ।  केहि कलाकार चलचित्रका कारण विवादमा आएका छन् भने केहि कलाकार व्यक्तिगत अभिव्यक्ति तथा कार्यक्रमका कारण विवादमा तानिएका छन् ।  बलिउड निर्देशक सञ्जय लीला भन्सालीको विरोध कम नहुँदै बलिउड अभिनेत्री सन्नी लियोनी विवादमा आएकी हुन् । उनी चलचित्रको कारण नभई कुनै एक..

    'नेपाल कला परिषद्'मा श्यामकृष्ण श्रेष्ठका मूर्तिकला प्रदर्शनीमा

    सोमबार, पौष ३, २०७४ साल
    काठमाडौँ, ३ पुस ।  'नेपाल कला परिषद्'मा  अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भर्‍याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ ।  झ्वाट्ट हेर्दा सडकमा देखिने साँच्चिकै अजंगको साँढेजस्तो लाग्छ । त्यसमाथि विराजमान छन् भगवान् महादेव । युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले तयार परेको उक्त मूर्तिको उचाइ नौ फिटको छ । फाइबर ग्लास (एक प्रकारको झोल पदार्थ)..

    गायक प्रमोद खरेल र गायिका अनिता चलाउने भन्दै छन् ‘देउडा खेल्छु चट्टै’(भिडियो)

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २९ । नेपाली सांगीतिक चर्चित नाम हो प्रमोद खरेल । उनले सयौं लोकप्रिय तथा चर्चित गीतहरु दर्शक माँझ प्रस्तुत गरिसकेका छन् ।  उनको ‘मेरो दिल छ पोखरामा’, ‘चल बतास चल चल’, लगायतका दर्जनौ चर्चित तथा अध्याधिक रुचाइएका गीतहरु रहेका छन् । खरेलले पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदयमान हस्तीको रुपमा रहेकी गायिका अनिता चलाउनेसँग ‘देउडा खेल्छु चट्टै’ बोलको गीत गाएका..

    पीडा लुकाएर मुस्कुराएकी नायिका रीमा (फोटो फिचर)

    शुक्रबार, मंसिर २९, २०७४ साल
    काठमाडौं, मंसिर २८ ।  बैवाहिक सम्बन्ध बिच्छेद भएको केही दिन बित्न नपाउदै नेपाली सिने जगतकी चर्चित नायिका रीमा विश्वकर्मा  सुटिङ सेटमा भेटिएकी छिन् ।  उनको मिल्ने साथी नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा रीमाले अतिथि कलाकारको भूमिका निभाएकी छिन् ।  विशाल भण्डारीले निर्देशन गरि रहेको ‘कोहलपुर एक्सप्रेस’मा रीमाको भागमा एउटा गीत परेको छ । यही मंगलबार राती रिमा उत्तर बाहिनी..

    बलिउडमा जम्ने दाउमा नायिका जेनिशा, सलमान खानसँग काम गर्दै

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौं मंसिर २७ ।  नेपाली फिल्मबाट खासै ठूलो सफलताको हात पार्न नसकेकी नायिका हुन् जेनिशा केसी । उनी अहिले बलिउडमा जम्ने प्रयास गर्दै छिन् ।  चाँडै उनी बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिँदैछिन् । उनले मंगलबार साँझ मात्र बलिउड सुपस्टार सलमान खानसँग भेट गरेकी छिन् । पछिल्लो समय उनले बलिउडका कलाकारहरुसँग सम्बन्ध बढाउदै लगेकी छिन् । उनले सलमानसँग भेट..

    भिजे तथा मोडल सन्ध्या केसीको कमब्याक कस्तो होला ?

    मंगलवार, मंसिर २६, २०७४ साल
    काठमाडौं, मंसिर २६ ।   भिजे तथा मोडल सन्ध्या केसीले अनमोल केसीको ‘ड्रिम्स’ मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरिन् । तर पछिल्लो समय उनी गुमनाम जस्तै बनेकि थिइन् ।  उक्त फिल्ममा उनी साम्राज्ञी पछिकी मुख्य नायिकाका रुपमा थिइन् । साम्राज्ञी एकाएक हिट भइन । हराएकी सन्ध्याले फिल्म ‘हेप्पी न्यु ईयर’मा अभिनय गरेकी छन् । त्यो पनि सोलो हिरोइन भएर । सन्ध्या सँगै दुई नायक कुशल..

    भारतीय क्रिकेटर बिराट कोहली र अनुष्का शर्माबीच विवाह (फोटो हेर्नुस्)

    सोमबार, मंसिर २५, २०७४ साल
    नयाँदिल्ली, मंसिर २५  भारतीय क्रिकेटर बिराट कोहली र चर्चित बलिउड अभिनेत्री अनुष्का शर्माले एक–आपसमा विवाह गरेका छन् । उनीहरुबीच इटालीको एक शानदार स्थानमा अवस्थित ७०० वर्ष पुरानो होटलमा विवाह सम्पन्न भएको थियो । विवाह सम्पन्न भएपश्चात क्रिकेटर विराट कोहलीले ट्वीट गर्दै आफू र अनुष्काले एक–आपसमा सदाका लागि माया साट्ने बाचा गरेको बताएका थिए । साथै कोहलीले आफूलाई यो खबर सुनाउँदै गर्दा अत्यन्तै..

    चलचित्र विकास वोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौं मंसिर २५ ।  चलचित्र विकास बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छन् । सोमबार बसेको मन्त्रि परिषद्को बैठकले पौडेललाई विकास वोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।  गोपीकृष्ण टिभी फिल्मी, गोपीकृष्ण मुभिज र नेपाल चलचित्र विकास कम्पनिको अध्यक्ष समेत रहेकी निकिता विकास वोर्डको पहिलो महिला अध्यक्ष हुन् । गत जेठ २४ मा निवर्तमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकिए पछि वोर्ड केहि महिना अध्यक्ष..

    चर्चित नायिका रीमाले गरिन् श्रीमानसँग डिभोर्स

    आईतवार, मंसिर २४, २०७४ साल
    काठमाडौं मंसिर २४ ।  प्राय जसो कलाकारहरुको विवाहको केहि वर्ष पछि डिभोर्स हुनु सामान्य मानिन्छ । हालसालै नेपाली सिने जगतकी चर्चित नायिका तथा मोडेल रीमा विश्वकर्माको वैवाहिक सम्बन्धमा पनि दरार आएको छ ।  सामाजिक सञ्जाल फेसबुकमा कुराकानी हुँदै गहिरो प्रेम पश्चात नायिका रीमा विश्वकर्माले २०७२ साल असोज १० गते काठमाडौंको सबैभन्दा महंगो पाँच तारे होटल हायतमा भेरी जोन नामक एक अमेरिकन टेलिकम..

    चकलेटि नायक सलिनले सुरु गरे अनलाईन कपडा पसल

    शुक्रबार, मंसिर २२, २०७४ साल
    काठमाण्डौ, मंसिर २२ । ’ए मेरो हजुर २’ बाट नेपाली सिने जगतमा भित्रिएका चकलेटी नायक सलिनमान बनियाँ अहिले गुपचुप जस्तै छन् । प्रत्येक नायक आफ्नो डेब्यू फिल्म हिट भएपछि निकै व्यस्त रहने गर्छन् तर सलिनमानको भने ’ए मेरो हजुर २’ रिलिजपछि कुनै चर्चा सुनिएको छैन ।    डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् । ..

    नायक राजबल्लभ कोइराला विवाह बन्धनमा बाँधिए

    बुधबार, मंसिर २०, २०७४ साल
    काठमाडौं मंसिर २० ।  नेपाली सिने जगतका चर्चित नायक राजबल्लव कोइराला वैवाहिक जीवनमा बाँधिएका छन् । उनले आफ्नी प्रेमिका प्रतिमा विमलीसँग विवाह गरेका हुन् ।  उनीहरु बीचको लामो समय देखिको प्रेम सम्बन्ध डिसेम्बर ३ तारिखका दिन वैवाहिक जीवनमा परिणत भएको हो । उनीहरुले अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा विवाह सम्पन्न गरेका हुन् ।  प्रतिमा जीव चिकित्सा अभियन्ता (बायो मेडिकल इन्जिनियर) हुन ।..

    आज स्वर सम्राट नारायणगोपालको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै

    मंगलवार, मंसिर १९, २०७४ साल
    काठमाडौं, मंसिर १९ ।  आज स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाउनु भएको छ । वि स १९९६ मा काठमाडौंको किलागलमा जन्मनु भएका नारायण गोपालले ‘एउटा मान्छेको मायाले..

    बलिउड स्टार अर्जुन र परिणिती मंगलबार नेपाल आउँदै

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौं मंसिर १७ ।  बलिउड स्टार अर्जन कपुर र परिणिती चोपडा मंगलबार नेपाल आउने भएका छन् । ‘सन्दिप और पिंकी फरार’ चलचित्रको सुटिङका लागि नेपालको बैतडि आउन लागेका हुन् । दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुन लागेको हो । अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँदिल्लीमा सकिएको छ ।  फिल्मको दोस्रो सेड्युल..

    नारायणगोपाल स्मृति सम्मान गायक सिके रसाइलीलाई

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौँ, १७ मंसिर ।  नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।  नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा यही मंसिर १९ गते प्रदान गर्ने उक्त सम्मानको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।  त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी,..
    Results 886: You are at page 28 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast