बुधबार, मंसिर २५, २०७६

    कला-सौन्दर्य

    जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

    शुक्रबार, माघ २५, २०७५ साल
    धनुषा, २५ माघ  जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।  पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।  उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र..

    डाँफे संरक्षणमा समुदाय, केहि रोचक तथ्य !

    बिहिवार, माघ २४, २०७५ साल
    गलेश्वर, २४ माघ  म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् ।  समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलमा पाइने स्थानीयले बताएका छन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै..

    अब छिट्टै बुबा बन्दै चक्लेटी नायक आर्यन, अहिले छायांकनमा 'बिजी'

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ ।  आफ्नै फ्यान संग विवाह बन्धनमा बाधिएका आर्यन सिग्देल छिट्टै बाबु बन्न लागेको खबर बाहिर आएको हो ।  चलचित्रको छायांकन सकिएपछि श्रीस्मती सपनालाई समय दिने छन् । प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब पहिलो सन्तान जन्माउदै छिन् । चार वर्ष पहिले प्रेमिका सपना भण्डारीसंग बिहे गरेका सिग्देल यही फगुनमा बुबा बन्न लागेको छन् । अहिले चलचित्र हजार जुनी सम्म को छायांकनका..

    नौमतीको सुर जोगाउदै झापाका ब्राह्मण युवा

    सोमबार, माघ २१, २०७५ साल
    बिर्तामोड, २१ माघ ।  कुनै बेला ‘दमाई बाजा’ नामले चिनिने नौमती बाजा लोप हुन लागेको भन्दै झापामा ब्राह्मण समुदाय संरक्षणमा जुटेका छन् ।  बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हसन पुगेका दलित समुदायले बाजा बजाउन छाडेका थिए । तर अवस्था फेरिदों छ । झापाको बिर्तामोडका ९ जना युवाहरुको समुह एक्टिभ नाइन नामक संस्था स्थापना गरि व्यवसायीक रुपमा नौमति बाजा संरक्षणमा लागेका छन्..

    विवाह बन्धनमा बाँधिदै बलिउडको चर्चित जोडी सलमान खान र कट्रिना कैफ !

    आईतवार, माघ २०, २०७५ साल
    एजेन्सी, २० माघ  बलिवड अभिनेता सलमान खानले सुन्दरी नायिका कट्रिनासगँ विवाह गर्दैछन । भारतिय मिडियाका अनुसार उनिहरुको विहे रियल लाईफमा नभई फिल्ममा हुदै छ । सलमान र कट्रिनाको आउदो फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् ।  फिल्म कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । जुन अवातार भारतको सेटबाट भएको थियो । यसअघि..

    नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो ।  करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु..

    फागुनको अन्तिममा फुल्ने लालीगुराँस अहिले ‘प्रणय दिवस’को बेला नै किन फुल्यो ?

    बिहिवार, माघ १७, २०७५ साल
    अमरगढी, १७ माघ  सधैंजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ ।  जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ । लालीगुराँस माघ महीनामै फुल्न थालेपछि..

    बाँसको जराबाट कलाकारिता, माग देश-विदेशबाट बढेकाले भ्याइनभ्याइ

    बिहिवार, माघ १७, २०७५ साल
    खोटाङ, १७ माघ  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो ।  नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसक्नुभएका राईले अहिले फाइवर,..

    नेपाली युवा सुजन भारतीय रियालिटी शो 'डान्स प्लस ४'को फाइनलमा (भिडियोसहित)

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ ।  पहिले 'डान्स इन्डिया डान्स'मा सहभागी भएका नेपाली युवा सुजन मार्फा तामाङ अहिले चर्चित भारतीय रियालिटी शो 'डान्स प्लस ४'को फाइनलमा पुगेका छन् ।  भारतमा हुने हरेक रियालिटी शोमा नेपालीहरूले भाग लिँदै आएका छन् । नेपालीकै भोटले नेपाली चेली टेरिया मगरले जितिन् । साथै नेपालीकै भोटले नेपाली भाषी प्रशान्त तामाङले जिते । अब सुजनलाई जिताउने पालो आएको छ ।  ..

    वैवाहिक जीवनबारे शान्तिको यस्तो जवाफ.., जसले ‘मिसेस व्यूटी क्वीन’को ताज दिलायो

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिनुभएको छ ।  कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जित्नुभएको हो । योसँगै उहाँले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभयो ।  सिजन मिडियाको..

    बलिउड अभिनेत्री पुनम पाण्डेको 'सेक्स भिडियो' इन्टरनेटमा लिक (भिडियोरिपोर्ट)

    बुधबार, माघ ९, २०७५ साल
    एजेन्सी, ९ माघ पुनम पाण्डे बेलाबेलामा चर्चामा र विवादमा आउने गर्छिन् । अहिले उनको एक निजी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनी आफ्नो एक जना साथीसँग देखिएकी छिन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो 'सेक्स'को बेला रेकर्ड गरिएको हो। भिडियोलाई पुनमसँग रहेका व्यक्तिले रेकर्ड गरेका हुन्। पूरा जानकारी भिडियो रिपोर्टमा।  ..

    अन्तत: विवादै-विवादका बीच टेलिभिजनकर्मी रवि लामिछानेले गरे यी युवतीसँग विहे

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ टेलिभिजनकर्मी रवी लामिछानेले विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् ।  केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता यस अघिका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेकाे..

    बालगायक प्रिन्सको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उहाँकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्यूजिक भिडियो बजारमा आएको हो । पर्यटकीय क्षेत्र सौराहामा छायाङ्कन गरिएको भिडियोमा मौलिक पोशाकमा सजिएका थारू युवतीको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी..

    ‘स्टुडेण्ड अफ द इयर २’ मा टाइगर श्राफकी नयाँ हिरोइनको बोल्ड अवतार [फोटोफिचर]

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँगै २०१९ मा टाइगर श्राफ स्टुडेण्ट अफ द इयरमा देखिँदैछन् । यो फिल्ममा उनको अपोजित हिरोइनको रुपमा दुई नयाँ हिरोइनले बलिउड डेब्यू गर्दैछ् ।  तारा सुतारियाले यो फिल्मबाट डेब्यू गर्दैछिन् । फिल्म रिलिज हुनुभन्दा पहिले नै तारा आफ्नो लुकका कारण चर्चामा छिन् । इन्स्टाग्राममा उनका ४ लाख फलोअर छन् । बलिउडमा स्टारकिडको चर्चा..

    युवा पुस्तामा हस्तान्तरण नहुँदा नौमती बाजा लोप हुने अवस्थामा

    बुधबार, माघ २, २०७५ साल
    बागलुङ, २ माघ नौमती बाजा माघे संक्रन्तिको अवसरमा बागलुङ जिल्लाको कुश्मेसेरामा पुस २७ गतेदेखि चलिरहेको प्रथम जैमिनी महोत्सवमा नौमती बाजा बजाउँदै । युवा पुस्तामा हस्तान्तरण नहुँदा अहिले नौमती बाजा लोप हुने अवस्थामा रहेको छ । नेपाली लोक संस्कृति झल्किने नौमती बाजा यतिबेला जिल्लामा लोप हुने खतरा बढेको छ । आधुनिकतासंगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेहरुको पेशालाई संरक्षण गर्न नसक्दा..

    दलित समुदायले मात्र बजाउने नौमती बाजाको संरक्षणमा गुरुङ समुदाय लागेपछि ...

    आईतवार, पौष २९, २०७५ साल
    तेह्रथुम, २९ पुस कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुनलागेको भन्दै यहाँका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् ।  बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका छन् ।  विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा हुने..

    रविन बर्तौलाको "एक मनेको दही मिठो" गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस ठेट नेपाली झर्रा शब्दहरु प्रयोग गरेर बनेका गीतहरुले बजार पिटीरहेको आजको समयलाई चिनेर रविन बर्तौलाले पनि "फन्दा" नामक एल्बम लिएर बजारमा आएका छन । "एक मने को दही मिठो" बोलको गीतको म्युजिक भिडियो चर्चित निर्देशक गम्भिर बिष्टको निर्देशनमा हाईलाईट्स नेपालको युटुब च्यानलबाट गएको बुधवार रिलिज भएको छ ।  यो गीत यो समाचार लेख्दा सम्ममा ९६,२८७ पल्ट हेरी सकिएको यो भिडियोमा मोडेल..

    सार्वजनिक भएको ४ महिनामै ‘सालको पातको टपरी हुनी’ गीतमा २ करोड ‘भ्युअर्स’

    बिहिवार, पौष २६, २०७५ साल
    बागलुङ, २६ पुस लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।  नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८..

    मलाइका–अर्जुनबीचको सम्बन्धलाई लिएर सलमान असन्तुष्ट, बोनी कपुरलाई टाउको दुखाई !

    बिहिवार, पौष २६, २०७५ साल
    एजेन्सी,  २६ पुस ।  मलाइका अरोडा सलमान खानका भाइ अरबाज खानकी पूर्व पत्नी हुन् । सलमानलाई अर्जुन र मलाइकाबीचको सम्बन्ध मन परेको छैन । अरबाजसँग सम्बन्ध विच्छेद गरेपनि मलाइका खान परिवारसँग नजिक छन् । उनी बेला बेलामा खान परिवारको कार्यक्रममा आउने गर्छिन् । भारतीय संचारमाध्यमका अनुसार सलमान खानले बोनी कपुरका दुई ठूला बजेटका फिल्म  ‘वांटेड–२’ र ‘नो एन्ट्र में एन्ट्री’ केही नभनी काम..

    चरा गणना शुरु, ६ सय ३६ प्रजातिका पन्छी चितवनमा !

    बुधबार, पौष २५, २०७५ साल
    चितवन, २५ पुस   चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ ।  विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् ।  चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ५..

    चितवन महोत्सव शुरु, अध्यक्ष दाहालद्वारा बेलुन उडाएर उद्घाटन, 'सभ्य र भब्य' बनाउन जोड

    बुधबार, पौष २५, २०७५ साल
    चितवन, २५ पुस  उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा बुधबारबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।  महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव..

    ९० घण्टा २ मिनेट भाषण गरेर ‘विश्व रेकर्ड’ कायम गर्न सफल केसी सम्मानित

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस  लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज यहाँ सम्मान गरिएको छ ।  व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक गर्यो ।  केसीले गत भदौ ११ देखि..

    श्रीमती ईशालाई डिभोर्स दिएपछि यी युवतीसँग विहे गर्दै रवि लामिछाने ?

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस श्रीमतीसँगको डिभोर्सको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेका छन् सञ्चारकर्मी रवि लामिछाने । यसैक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने समाचार फैलिएको छ  । गोप्य स्रोतको जानकारी अनुसार उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । को हुन्  निकिता पौडेल ? निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् ।..

    दीपिका पादुकोण बाल्यकालमा यस्ती देखिन्थिन्, हेर्नुहोस् १३ दुर्लभ तस्वीर

    आईतवार, पौष २२, २०७५ साल
    एजेन्सी, २२ पुस  । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले हिजो जन्मदिन मनाएकी छिन् । दीपिकाले २००७ मा शाहरुख खानको फिल्म ओम शान्ति ओमबाट डेब्यू गरेकी थिइन् । दीपिकाले निक कम समयमा सफलता हात पारिन् ।  दीपिका आफूलाई पिताकी छोरी भन्छिन् अर्थात उनी आफ्ना पितासँग निकै जिक छिन् । दीपिकाका पिता प्रकाश पादुकोण ब्याडमिन्टन खेलाडी हुन् । दीपिका स्वयं पनि राष्ट्रिय स्तरसम्म ब्याडमिन्टन खेलिसकेकी..

    २.० को सफलतापछि रजनीकान्तको दमदार कमब्याक, ‘पेट्टा’को हिन्दी ट्रेलर रिलिज

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौं, २१ पुस ।  २०१८ मा आएको रजनीकान्तको ब्लकबस्टर फिल्म २.० को सफलता सेलाउन पाएकै छैन । फिल्म अझैसम्म हलहरुमा चलिरहेको छ । एउटा फिल्मको सफलता सेलाउन नपाउँदै रजनीकान्तको अर्को फिल्म आउने भएको छ । २.० रिलिज भएको ४० दिनमै रजनीकान्तको अर्को दमदार फिल्म ‘पेट्टा’ आउने भएको हो।  फिल्मको हिन्दी ट्रेलर रिलिज भएको छ । यो फिल्ममा रजनीको दमदार एक्शन हुने ट्रेलरबाटै..

    मिस नेपाल शृङ्खला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको सद्भावना दूतमा नियुक्त

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस : व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा - मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ ।  बैंकमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिनुभयो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा..

    नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये २३ प्रतिशत गुल्मीमा, पन्छीबारे रोचक जानकारी

    बुधबार, पौष १८, २०७५ साल
    गुल्मी, १८ पुस  नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ ।  रेसुङ्गा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षणअन्तर्गत चरा सर्भेक्षणसम्बन्धी जानकारी आदानप्रदान कार्यक्रममा रेसुङ्गामा वन..

    भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खान रहेनन्, उनको व्यतित जिन्दगी !

    मंगलवार, पौष १७, २०७५ साल
    एजेन्सी, १७ पुस भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन ।’ ८१ वर्षका कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन् । उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो । सामाजिक..

    रणवीर सिंहले गरे यस्तो खुलासा - फिल्म जेरोमा उनी पहिलो रोजाइमा, यसरि 'बालबाल' बचे

    सोमबार, पौष १६, २०७५ साल
    एजेन्सी, १६ पुस रणवीर सिंहले हालै एउटा खुलासा गरेका छन् । आनन्द एल रायको निर्देशनमा बनेको फिल्म जेरोमा उनी पहिलो रोजाइमा थिए । फिल्ममा शाहरुख खानले चासो देखाए । त्यतिमात्र रहेन, फिल्ममा रोलमात्र होइन, लगानी नै गर्ने तहमा शाहरुख उत्रिए । बलिउडका वादशाहका रुपमा स्थापित शाहरुखले चासो दिएपछि नहुने कुरै भएन । 'रातारात कास्ट परिवर्तन भयो र रणवीरले आफूलाई जेरोबाट बाहिरिएको चाल पाए..

    फोटोग्राफी र सिनोम्याटोग्राफीमा जम्दै जोडी क्लिकर्स नेपाल, सेवाग्राहीले दिए सकारात्मक प्रतिक्रिया ! [फोटोफिचर]

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौ, पुस १५ । मानिसको जीवनका बिभिन्न संस्कारमध्ये विवाहको अलग्गै महिमा रहेको छ । परापूर्वकालदेखि नै विवाहलाई निकै महत्वपूर्ण एवम् मजबुत सम्बन्ध निर्माणको माध्यमका रुपमा लिइदै आएको छ ।  अहिलेको आधुनिक समाजमा हेर्ने हो भने विवाहलाई एक उत्सवकारुपमा समेत लिन थालिएको छ । फोटो सौजन्य : जोडी क्लिकर्स नेपाल बाँकी जिवन सँग-सँगै कटाउनका लागि आफ्नो जीवनसाथीसँग लगनगाँठो कँस्ने दिनलाई अमर बनाउने सबैको चाहना..
    Results 810: You are at page 14 of 27
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last
    Weather Forecast