बुधबार, मंसिर ४, २०७६

    प्रेरक प्रसँग

    नवलपुरका युवाद्वारा उदाहरण काम - २० जनालाई ह्वीलचियर बितरण

    शुक्रबार, फागुन १०, २०७५ साल
    नवलपुर ,  फागुन अन्र्तराष्टिय ह्वीलचियर दिवसको अवसर पारेर शुक्रबार २० जनालाई ह्वीलचियर बितरण गरिएको छ ।  अपाङंग पुर्नस्थापना केन्द्र, अपांङग पुर्नस्थापना समन्वय परिषद र रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा नवलपुरका विभिन्न स्थानिय तहका २० जना अपाङगता भएकालाई कावासोतीमा एक कार्यक्रमको आयोजना गरि ह्वीलचियर वितरण गरीएको अपाङंग पुर्नस्थापना केन्द्र तथा अपांङग पुर्नस्थापना समन्वय परिषदका अध्यक्ष सागर लुईटेलले बताए । ल्याटर डे सेन्ट च्यारिटी..

    जब ट्याक्सीमा छुटेको सुन लिएर चालक ट्राफिक कार्यालय पुगे …

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् ।  चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान,..

    योजना धमाधम सञ्चालन ! स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे

    सोमबार, फागुन ६, २०७५ साल
    बेझाड, पाल्पा, ६ फागुन : रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।  यहाँका स्थानीयवासीको रु २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि रामपुर नगरपालिकाले रु ५५ लाख ६७ हजार ५०० विनियोजन गरेको थियो..

    पूर्वप्रधानमन्त्रीको सक्सेस मन्त्र - ‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’

    शुक्रबार, फागुन ३, २०७५ साल
    चिप्लेढुङ्गा, २ फागुन : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताउनुभएको छ ।  पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा विहिबार यहाँ आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईले उद्यमशीलताविना कुनै पनि देशको विकास हुन नसक्ने बताउनुभयो । अहिले देशको राष्ट्रिय..

    फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका, व्यवस्थापनमा सहयोग पुग्ला ?

    मंगलवार, माघ २९, २०७५ साल
    फिक्कल, २९ माघ  इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ ।  वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।  प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर..

    विश्व प्रसिद्ध साहित्यकार सल्मान रुस्दी किन लखेटीए जन्मभुमिबाट ?

    सोमबार, माघ २८, २०७५ साल
    पेरिस, २८ माघ  इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ ।  “म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक..

    मुसिकोटका बासिन्दालाई खुसीको खबर ! अबको ३ वर्षभित्रै हर-घरमा खानेपानी

    बुधबार, माघ २३, २०७५ साल
    वामी, २३ माघ गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।  मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो ।  कार्यक्रममा प्रदेशसभा सदस्य खड्क केसीले अबकोे समय राजनीतिक लडाईंमा भन्दा पनि विकासका लडाईंमा लाग्ने समय आएको बताउनुभयो ।  उक्त खानेपानी..

    नवलपुरका २० जना अती आवश्यक प्रयागकर्तालाई ह्विलचीयर वितरण गर्न नापजाच !

    आईतवार, माघ २०, २०७५ साल
    कावासोती नवलपुर, माग २० नवलपुरका बिभिन्न स्थानमा ह्विलचीयर प्रयोगकर्ताको लागी नापजाच कार्यक्रम सम्पन्न भएको छ ।                                नवलपुरको देवचुली, कावासोती र मध्यबिन्दु नगरपालीकामा भएको नापजाचमा देवचुलीमा ५, कावासोतीमा ५ र मध्यबिन्दुमा १० जना गरी जिल्लामा २० जना ह्विलचीयर  अती आवश्यक प्रयागकर्तालाई नापजाच गरिएको हो । नापजाच गरिएकालाई यही माघ..

    हाँस पालेर खुशी भएकाहरुको संसार, जस्को स्वदेशमै नाम र दाम छ

    मंगलवार, माघ १५, २०७५ साल
    बारा, १५ माघ  बाराको जीतपुरसिमरामा हाँसको व्यवसायीक पालन गरिएको छ ।  उपमहानगरपालिका वडा नं.५ बकुलियाका युवाहरुले  स्वदेशमै शुरु गरेको यो काम बिदेश भासिएर दुख पाएकाहरुको लागि एउटा सवक हुनसक्छ ।  परिवारसंगै रमाउँदै युवाहरुले सामुहिक रुपमा व्यावसायीक हाँस पालन शुरु गरेका छन् । युवा युनाईटेड बहुउद्देश्य कृषि फर्मको गठन गरी १३ जना युवाको समूहले हाँस फर्म सञ्चालन गरेर मुहारमा हाँसो ल्याएका छन् ।  कुनै..

    गाउँ-गाउँमा घुम्ती शिविर, हर घरमा प्रशासन, १ हजारले लिए सेवा, नागरिक खुशी

    सोमबार, माघ १४, २०७५ साल
    ओखलढुङ्गा, १४ माघ  जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले गाउँगाउँमा घुम्ती शिविर सञ्चालन गरेको छ ।  स्थानीय सरकारसँगको समन्वयमा प्रशासनले नागरिकता सहितका सेवा दिन गाउँमै शिविर चलाएको हो । जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने खिजीदेम्बा गाउँपालिकाको रावादोलु र लिखु गाउँपालिकामा शिविर सञ्चालन गरेर सेवा दिइएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताउनुभयो ।  खिजीदेम्बा र लिखुमा जस्तै अन्य स्थानीय सरकारसँगको समन्वयमा सबै आठ वटै स्थानीय तहका गाउँगाउँमा..

    जटिल परिस्थितिमा नेपाल सरकारको निःशुल्क व्यवस्थाअनुरुप गर्भवतीको उद्धार

    बुधबार, माघ २, २०७५ साल
    सोलुखुम्बु, २ माघ  सोताङ गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  सोलु अस्पताल फाप्लुका प्रमुख चिकित्सक मिङ्मार छिरिङ शेर्पाको पहलमा आज १८ वर्षीया लाफुटी शेर्पाको उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । कैलाश हेलिकप्टरमार्फत उद्धार गरिएको चिकित्सक शेर्पाले जानकारी दिनुभयो ।  गर्भवती शेर्पाले बुधबार ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत तीन केजी सात ग्रामकी छोरीलाई जन्मदिएको अस्पतालले जनाएको छ..

    ‘क्लिन काष्ठमण्डप’ अभियान १ वर्षमा, ‘फोहर फाल्ने चेतना नभए विद्वान्को अर्थ छैन’

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस  उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ ।  एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी दिनुभयो ।  युवालाई फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले शुरु भएको अभियानलाई..

    नवलपुरका युवाहरूको उदाहरणीय कार्य, कावासोतीमा ट्राफिक सचेतना कार्यक्रमको सुरुवात

    मंगलवार, पौष २४, २०७५ साल
    कावसोती , २४  पुस तिब्र गति जीवनको क्षती लगायतका नारा सहित कावासोतीको फलफूलचोकमा ट्राफिक सचेतना कार्यक्रम सुरुवात भएको छ । बाताबरण जनजागरण बिकास मञ्च, हरीयाली संस्था र नवलपुर F.M को संयुक्त आयोजनामा कार्यक्रमको सुरुवात गरेको हो ।  नवलपुर क्षेत्रमा बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि नवलपुरलाई दुर्घटना मुक्त बनाउन र सुरक्षित सडक बनाउन यो कार्यक्रमको आयोजना गरेको हो । युवा अभीयान्ता सुमन लम्साल ..

    कोरिया छाडेर खोरियामा रमाउँदै बागलुङका भीम, गरे मेहनत फलाए 'सुन'

    सोमबार, पौष २३, २०७५ साल
    बलेवा, २३ पुस  पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।  कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले..

    'हरियाली संस्था'को उदाहरणीय कार्य, अति विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

    शुक्रबार, पौष १३, २०७५ साल
    कावसोती, नवलपुर, १३ पुस कावासोती नगरपालिका वडा नं. १६ का अति विपन्न बिद्यार्थीहरु ५० जनालाई एक कार्यक्रमको आयोजना गरि ५० थान झोला, कापी, कलम तथा १०० पाकेट सेनेटरी प्याड र २ थान डस्टबीन समेत हस्तान्तरण गरिएको छ । हरियाली संस्थाको आयोजनामा बातावरण जनजागरण बिकास मञ्चको सह आयोजना तथा कावासोती नगरपालीका वडा नं. १६ को आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रम हरियाली संस्थाका अध्यक्ष..

    मानवताको उदाहरण ! सुस्त श्रवण भएका बालबालिकालाई कम्मल बाँडियो

    शुक्रबार, पौष ६, २०७५ साल
    दाङ, ६ पुस घोराहीमा रहेको सगरमाथा सिमेन्ट प्रालिले बिहीबार तुलसीपुरस्थित राप्ती बहिरा सङ्घमा रहेका १०० सुस्त श्रवण बालबालिकाका लागि कम्मल उपलब्ध गराएको छ ।  कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको नेतृत्वमा आएको टोलीले बहिरा सङ्घकी कार्यक्रम निर्देशक प्रतिमा शर्मालाई ती बालबालिकाको छात्रावासमा पुगेर १०० थान कम्मल प्रदान गर्नुभएको हो ।  चिसो मौसम शुरु भएपछि प्रत्येक वर्षझैँ प्रालिले यस वर्ष पनि जिल्लाका विभिन्न स्थानमा पुगेर..

    जोस-जाँगर भए के सम्भव हुन्न ? अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै ...

    बुधबार, पौष ४, २०७५ साल
    कपिलवस्तु ४ पुस दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ ।  उहाँले भन्नुभयो, “हामीजस्ताको हातमा सीप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको थियो । अहिले बुटिक तालीम लिँदै छु ।” बुटिक तालीम लिएपछि उहाँले यसै पेशालाई व्यावसायिक बनाउने बताउनुभयो ।  स्टोमाफाउण्डेसन, किर्डाक..

    ६ वर्ष साउदीमा बिताए यी व्यक्ति 'कला'को मध्यमबाट कुश्मामा तहल्का मच्चाउँदै ...

    मंगलवार, पौष ३, २०७५ साल
    कुश्मा, ३ पुस गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो ।  चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै मूल्य थिएन । आफूसँग भएको सीपको मूल्य नभएका कारण उनलाई दुईचार पैसा बढी कमाइएला कि भन्ने लोभले अवसरको खोजीमा खाडी मुलुक जान प्रेरित..

    गाउँमा दूध सङ्कलन गरी खुवा बनाउने एक साधारण व्यक्ति जसले काठमाडौँमा डेरी उद्योग नै किने !!

    सोमबार, पौष २, २०७५ साल
    बनेपा, २ पुस काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुङ्खर्कका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय सञ्चालन गरेर बजारमा घर किन्नेदेखि काठमाडौँमा डेरी उद्योग सञ्चालन गर्न सफल हुनुभएको छ ।  विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेका दूध सङ्कलन गरी खुवा घोट्न शुरु गर्नुभएका उहाँले अहिले तल बजारमा घर किनेर त्यही लालीगुराँस खुवा उद्योग सञ्चालन गरिरहनुभएको छ । “म किसाने मान्छे, कुनै जागिर होइन, आफ्नै व्यवसाय..

    ‘सङ्गीतकारलाई नोकरी अभिशाप’ - नारायणगोपालको गीतमा सङ्गीत दिएका रायमाझीका जीवन संघर्ष

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ, २८ मङ्सिर  आफ्नो साधनालाई निरन्तरता दिन सके एक दिन उचाइमा पुग्न सकिन्छ भन्ने उदाहरण सङ्गीतकार भूपेन्द्र रायमाझी छन् ।   विसं २०३९ देखि रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा काम गरिसकेका रायमाझी आफू अहिले यो अवस्थामा रहनुको श्रेय आफ्नो साधनालाई नै दिए । सङ्गीतलाई पेशा नमान्ने समयमा परिवारको साथ र हौसला पनि उनका लागि त्यति नै महत्वपूर्ण थियो । विसं २०१६ मा मोरङ,..

    रोल्पाली युवा, लक्ष्य - जिल्लाकै पहिलो पाइलट बन्ने, जसले जहाज उडाउँछन्

    मंगलवार, मंसिर २५, २०७५ साल
    रोल्पा, २५ मङ्सिर  घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।  साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले..

    विदेशजादै हुनुहुन्छ एकछिन ! अकबरे खुर्सानी बेचेर २ लाख आम्दानी

    शुक्रबार, मंसिर २१, २०७५ साल
    कुश्मा, २१ मङ्सिर  रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् ।  आठ रोपनी जमीनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल भएका छन । उनले अहिलेसम्म..

    ‘स्मार्ट भिलेज’बनाउन प्रेरित गर्दै नास्ट, के भनेजस्तै वाइफाईको सहज सुविधा हुन्छ त् ?

    बिहिवार, मंसिर २०, २०७५ साल
    काठमाडौँ, २० मङ्सिर गाउँमा शहरी क्षेत्रमा जस्तै वाइफाईको सहज सुविधा हुनेछ । पहिरोको सम्भावित क्षेत्रवरपर वस्ने नागरिकले पहिरो आउनुभन्दा केही समयपहिले नै पूर्वसूचना पाउनेछन् । भूकम्पको पूर्वसूचना पाएकै आधारमा आउनु पहिले नै सबै पूर्वतयारीमा लाग्नेछन् । जम्मा भएको पोलिथिनलगायत फोहर दिनका लागि नागरिकले पैसा तिर्ने होइन उल्टो पाउनेछन् । विद्युतीय सवारीसाधनका कारण धुँवा र धुलेको मुस्लो देख्नुपर्ने छैन ।  फूर्तिलो गाउँ (स्मार्ट..

    शिक्षण पेशासँगै कृषिमा रमाउँदै, सफलता, खुशी र परिवारको माया बटुल्दै

    मंगलवार, मंसिर १८, २०७५ साल
    कुश्मा, १८ मङ्सिर  मानिस व्यस्त रहनु नै उसको सफलताको शुरुआत हो । शिक्षण पेशाबाट मात्र नभएर बिहान बेलुकाको समय कृषि पेशामा रमाउन थालेका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेशाबाट मात्र तृप्त हुनसक्नु भएन । उनले जीवनलाई सार्थक बनाउन र आर्थिकरूपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गरे ।  फलेवास नगरपालिका–३ रुग्दीका कृषक रेग्मीकोे बारीमा हरेक मौसममा लटरम्म..

    कावासोतीमा एक उदाहरणीय कार्य, लैङ्गिक हिंसाविरुद्ध चेतना फैलाउन यस्तो कार्यक्रम !

    आईतवार, मंसिर १६, २०७५ साल
    कावासोती, १६ मङ्सिर देशब्यापी रुपमा १६ दिने लैङ्गिक हिंसाबिरुद्धको अभियान चलिरहदा नवलपुरमा क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु संचालन भएका छन् । यसै अन्तर्गत नवलपुर क्षेत्रमा सक्रिय संस्थाहरु हरियाली संस्था, वातावरण जनजागरण बिकासमञ्च र 'आउ युवा देश बनाओ' नामक संस्थाहरुको संयुक्त आयोजनामा कावासोती १० स्थित जनता मा. बि. मा अध्यनरत छात्राहरुलाई महिला हिंसा, किशोरी स्वास्थ्य, आत्मरक्षासंग सम्बन्धि सचेतना तथा किशोरीहरुको लागि सेनेटरी प्याड..

    प्लाष्टिकको प्रयोग बन्द गर्न यस्तो अभियान, रारा तालबाट शुभारम्भ गर्ने योजना !

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ ।  समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ । हिमाली जिल्ला मुगुमा पर्ने..

    तरकारी खेतीका कारण यी ४८ वर्षीय व्यक्तिको फेरियो जीवन, परिश्रम र सीपको प्रयोग त् यस्तो होस् !

    सोमबार, मंसिर १०, २०७५ साल
    गलेश्वर, १० मङ्सिर पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तीनै फोहोटा र कान्लाकान्लीलाई सम्याएर बनाएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरेको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन । परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिदो रहेछ भन्ने कुराको उदाहरण बनेका छन् म्याग्दीको बेनी नगरपालिका–२..

    सडकदेखि टेलिभिजनसम्मको अथक र निरन्तर प्रयास पछिको वर्तमान जिन्दगी

    बुधबार, मंसिर ५, २०७५ साल
    चितवन, ५ मङ्सिर  कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी छन् । करीब चार वर्षको उमेरमा सडकमा गएका सुरज कँडेल ‘किरण’ ६ वर्षदेखि भरतपुरस्थित कालिका एफएम र टेलिभिजनमा समाचार खोज्ने, बनाउने र कार्यक्रम प्रस्तुत गर्नेजस्ता कार्यमा व्यस्त छन् ।  भरतपुरको बेलटाँडीमा बसोवास गर्दैगर्दा बाबुको देहावसान भयो । आमा अर्कैसँगै गइन्..

    शिक्षक पेशा छाडेर तरकारीखेती, दिए गतिलो जवाफ - हाम्रा युवा कृषि व्यवसाय गर्न लाज मान्छन्

    आईतवार, मंसिर २, २०७५ साल
    सुर्खेत, २ मङ्सिर  लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ ।  विसं २०५३ मा उनि नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थिए । पछि त्यो पेशालाई छाडेर उनि तरकारीखेती गर्न लागे । शुरुमा उनले काँक्रा फलाए र स्थानीय बजारमा लिएर रु पाँचदेखि..

    आमा समूहको उदाहरणीय कार्य, देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सामुदायिक काममा खर्च !

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    पोखरा, ३० कात्तिक नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई यहाँका आमा समूहले परम्परागत संस्कृतिको संरक्षणका साथै भैलोदेउसी खेलेर आर्थिक सङ्कलन समेत गर्दै आएका छन् ।  पोखरा महानगरपालिका–१७ स्थित शुभकामना आमा समूहले यस वर्ष घरछिमेकमा देउसीभैलो खेलेर रु दुई लाख ३० हजार सङ्कलन गरेको अध्यक्ष बिचित्रा भुजेलले जानकारी दिईन् ।  सो समूहले विभिन्न चाडपर्व, छिमेकमा हुने शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर सङ्कलन गरेको रकमबाट हालसम्म..
    Results 118: You are at page 3 of 4
    First Prev 1 2 3 4 Next Last
    Weather Forecast