आईतवार, भाद्र ८, २०७६

    प्रेरक प्रसँग

    चौतारीमा बसिबियाँलो - वैदेशिक रोजगारले गर्दा एक्लिए ज्येष्ठ नागरिक

    बुधबार, बैशाख ११, २०७६ साल
    रत्ननगर, ११ वैशाख । चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हुँदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र  प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र  बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन् । बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र  सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । सडक..

    “हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव केही छैन”

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ ।   प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो ।    प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार काठमाण्डौँमा..

    विश्व हल्लाएका लेनिन को हुन् ? कसरी हेलिए क्रान्तिको मार्गमा ?

    मंगलवार, बैशाख १०, २०७६ साल
    एजेन्सी, ९ वैशाख “कुनै मुलुकको साँस्कृतिक स्तर कस्तो छ भन्ने कुराको अनुमान लगाउन त्यहाँको पुस्तकालय हेरे पुग्छ ।” यो भनाइ विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने लेनिनको हो । लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्यो । त्यो क्रान्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक..

    तरकारी बेचेरै पढाइ खर्च

    सोमबार, बैशाख ९, २०७६ साल
    खलङ्गा, ९ वैशाख    जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ ।  चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो ।   “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उहाँले..

    आमा समूहद्वारा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध

    शुक्रबार, बैशाख ६, २०७६ साल
    सप्तरी, ६ वैशाख  ।    आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् ।   शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो ।   जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ । आमा..

    भारतिय धनाढ्य मुकेश अम्बानीको सफलताका यी सुत्रहरू :

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौँ, ४ वैशाख । भारतका धनाढ्य मुकेश अम्बानी कसरी धनि बने ? जस्ता विभिन्न कारणहरू लुकेका हुन्छन् । संसारमा सबै मानिसहरु धनी बन्न चाहन्छन् । तर केही व्यक्तिले मात्रै आफ्नो सपना पुरा गर्छन् । भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन् । बाबुले कमाएको धनलाई उनले आफ्नो मेहिनत र लगनशिलताका कारण नयाँ उचाई दिए । सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने अम्बानी भारतमा..

    गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गरेका यी पिता

    शुक्रबार, चैत्र २२, २०७५ साल
    बेझाड, २२ चैत   रामपुर नगरपालिका–६ तिलकपुरका टोपनारायण ढकालले गिट्टी कुटेर छोरीको फार्मेसी पढ्ने सपना पूरा गर्नुभएको छ ।    प्रयाप्त आयस्रोत नहुँदा छोराछोरीको पढ्ने चाहना हुँदाहँुदै पनि बीचमै पढाइ छोडाउन बाध्य हुने यहाँका अभिभावकका लागि गतिलो उदाहरण बनेका छन्, टोपनारायण ढकाल । उनले गिट्टी कुटेको आम्दानीबाट छोरीलाई बुटवल बजारमा राखेर फार्मेसी शिक्षा पढाउँदै आएको छ ।   “सानैदेखि नै छोरीको पढाइ राम्रै थियो, एसएलसी..

    जन्मोत्सवको खर्च हावाहुरी पीडितलाई दिएकी यी युवती

    बुधबार, चैत्र २०, २०७५ साल
    राजविराज, २० चैत सप्तरीको राजविराज नगरपालिका–३ की आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बारा–पर्साका हावाहुरी प्रभावित पीडितलाई दिनुभएको छ । जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश नं २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट रकम जम्मा गर्ने आराध्याका बुबा राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका महासचिव तथा प्रदेश सांसद मनिष सुमनले जानकारी दिनुभयो । आराध्याको जन्म दिनको अवसरमा खर्च हुने अनुमानित रु २१..

    दीपेन्द्र ओलीको आवाजले देश चिनाउने सपना

    सोमबार, चैत्र १८, २०७५ साल
    घोडाघोडी , १८ चैत  कैलालीका एक १८ वर्षे किशोर आफ्नो आवाजका कारण ‘गिनिज बुक अफअल रेकर्डमा’नाम लेखाउन मेहनत गरिरहेका छन् । घोडाघोडी नगरपालिका–१ जनकपुरका १८ वर्षे दीपेन्द्र ओली आफूले निकाल्नसक्ने विभिन्न ११५ भन्दा बढी आवाजका कारण विश्व सामु नेपाललाई चिनाउन चाहन्छन् ।  दीपेन्द्रले करीब पाँचवर्ष पहिले स्थानीय रेडियोमा काम गर्दागर्दै हास्य टेलिशङ्ृखला भद्रगोलका अर्जुन घिमिरे ‘पाडे’को आवाज निकालेर विज्ञापनका लागि पाडेको आवाज चाहिएको..

    बाबुले दागबत्ती नदिएपछि २ छोरी बसे आमाको किरियामा

    आईतवार, चैत्र १७, २०७५ साल
    भक्तपुर, १७ चैत चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलका २३ वर्षीया प्रभा गिरी र १९ वर्षीया प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिकाबारेमा समेत पत्तो थिएन । तर गत ७ गते बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिएर समाधिमा माटो दिँदा अविवाहित यी दुई दिदीबहिनीले आफ्नो मनलाई निकै गाँठो पारे, आमाको शरीरलाई माटोले पुर्दै गर्दा जिन्दगीमा आफूहरु टुहुरो भएको महसुस गरे ।  विसं २०४८ मा चाँगुनारायण..

    लोक भजन-कीर्तन संरक्षणमा जुटे रामपुरवासी

    बिहिवार, चैत्र १४, २०७५ साल
    बेझाड (पाल्पा), १४ चैत हिन्दू समुदायमा लोकभजन कीर्तन निकै लोकप्रिय मानिन्छ । यसको पौराणिक महत्वलाई जोगाइराख्न पाल्पा रामपुरका स्थानीयवासी लोकभजन संरक्षणमा जुटेका छन् ।  रामपुर नगरपालिका क्षेत्रमा छरिएर रहेका लोकभजनका कलाकार र रामपुरवासी एकजुट भएर यसको संरक्षणमा लागेका हुन् । रामपुर भजनकीर्तन मण्डली संस्था गठन गरेर संस्थागतरूपमै रामपुरवासीले लोकभजनलाई संरक्षण गर्नतर्फ अग्रसर भएका छन् । चार वर्षअगाडि संस्था गठन गरेर अहिले निरन्तररूपमा..

    श्रीमानलाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष

    सोमबार, चैत्र ११, २०७५ साल
    अछाम, ११ चैत  मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उहाँका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।  कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उहाँको परिवार..

    ८४ बालबालिकालाई पुनःमिलन

    आईतवार, चैत्र १०, २०७५ साल
    रोल्पा, १० चैत बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनःमिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाँैका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो ।  परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ । “विद्यालय उमेरका त्यस्ता बालबालिका अहिले विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय..

    अन्तरजातीय विवाह गरेका यी सुखी जोडीहरू :

    बिहिवार, चैत्र ७, २०७५ साल
    लमही, ७ चैत  कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भएका छन् भने समाजमा एउटा उदाहरणीय पात्र बन्ने गरेका..

    ‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

    मंगलवार, चैत्र ५, २०७५ साल
    घोडाघोडी, ५ चैत  कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ ।  “मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उहाँ पीडा सुनाइ रहनुहुन्छ । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति..

    जन्मदिनको अवसर पारेर खुट्टा काटिएका बालकलाई आर्थिक सहयोग

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत्र अनुष्का गुप्ताले आफ्नो १५ औं जन्मउत्सबको उपलक्ष्य पारेर श्रेयन बराईलीलाई सहयोग गरेकि छिन् । अनुष्का गुप्ताले आफ्नै हातबाट उपचारको सहयोग स्वरूप १५ हजार ५ शय ५५ नेपाली रुपैया हस्तान्तरण गरेकी थिईन् । अनुष्काकी आन्टी बिमला भुसालको पहलमा सो रकम हस्तान्तरण गरिएको थियो । केहि समय आगाडि आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा..

    लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

    आईतवार, चैत्र ३, २०७५ साल
    बेझाड, ३ चैत  तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् ।  सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो ।  जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि रोकिएको लालपूर्जा पाउने खबरले उत्साहित बनेका हुन् ।  हालको रामपुर नगरपालिका वडा नं ५ स्थित..

    डोटीमा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

    शुक्रबार, चैत्र १, २०७५ साल
    डोटी, १ चैत यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ ।  डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो ।  गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकलाई यात्रा..

    श्रीमान्-श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस

    शनिबार, फागुन २५, २०७५ साल
    मेलम्ची, २५ फागुन : हेलम्बु गाउँपालिकाका महिलाले आफूले स्याहार गरेको जमीनको अधिकार श्रीमान् र श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् ।  किसान महिला तथा पुरुषले जमीनमा बराबर काम गरे पनि जमीनको स्वामित्व भने पुरुषको मात्र भएकाले यस दिन उनीहरुले मालपोत टोली गाउँमै आएको बेलामा संयुक्त पुर्जा बनाएका हुन् । हेलम्बु गाउँपालिकाको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बुमा संयुक्त पुर्जा..

    ‘गरीबसँग विश्वेश्वर’ : एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

    शुक्रबार, फागुन २४, २०७५ साल
    बनियानी, २४ फागुन । बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्षअघिको हो । अहिले उहाँको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ पूँजी उहाँको जीवनको..

    शङ्करनाथ रिमाल : इञ्जिनीयरिङ, आर्किटेक्चर र चित्रमूर्ति कलाका हस्ती

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन आर्किटेक्ट तथा इञ्जिनीयर शङ्करनाथ रिमालले जीवनको ८४ औँ वसन्त पार सक्दासम्म पनि अझै जीवन के हो भन्ने अनुभूति गर्न पाउनुभएको छैन । बहुआयामिक व्यक्तित्वका धनी रिमाल यही फागुन शुक्ल द्वितीयाका दिन ८५ औँ वसन्तमा प्रवेश गर्न लाग्दा पनि जीवन यही हो भन्ने परिभाषा दिन कठिन ठान्नुहुन्छ ।  इञ्जिनियरिङ, आर्किटेक्चर, चित्रकला तथा मूर्तिकलामा सिद्धहस्त रिमालले जीवन के हो भन्ने जिज्ञामा..

    प्रदेशसभा सदस्यद्वारा भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा !

    मंगलवार, फागुन २१, २०७५ साल
    साँखु, २१ फागुन प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् ।  प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो ।  सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन् ।..

    शुन्य चोरी शिकारी बर्ष मनाउंदै नवलपुरका युवाहरू

    आईतवार, फागुन १९, २०७५ साल
    कावासोती नवलपुर, फागुन १९ विगतको बर्ष जस्तै यो बर्षपनि चितवन राष्ट्रिय निकुजमा कुनैपनि  बन्यजन्तु माथि चोरी सिकार नभएकोले शुन्य चोरी बर्ष मनाउँदै गरेको हो । समुदायमा संरक्षणको आवाज सफलतासंगै यो कामले थप उर्जा पाएको हो ।  चितवन राष्ट्रिय निकुञ्ज नवलपुर अन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण ईकाइमा आवद्ध युवाहरु यतिखेर गाउँ-गाउँमा संरक्षणको आवाजलाई बुलन्द पार्दै छन् । शुन्य चोरी..

    पोषण योजना : महिलालाई अण्डा - शिशुलाई लुगा

    आईतवार, फागुन १२, २०७५ साल
    डोटी, १२ फागुन  दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ ।  नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिनुभयो ।  कलेनाभित्र रहेका ६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण गरिएको..

    नवलपुरका युवाद्वारा उदाहरण काम - २० जनालाई ह्वीलचियर बितरण

    शुक्रबार, फागुन १०, २०७५ साल
    नवलपुर ,  फागुन अन्र्तराष्टिय ह्वीलचियर दिवसको अवसर पारेर शुक्रबार २० जनालाई ह्वीलचियर बितरण गरिएको छ ।  अपाङंग पुर्नस्थापना केन्द्र, अपांङग पुर्नस्थापना समन्वय परिषद र रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा नवलपुरका विभिन्न स्थानिय तहका २० जना अपाङगता भएकालाई कावासोतीमा एक कार्यक्रमको आयोजना गरि ह्वीलचियर वितरण गरीएको अपाङंग पुर्नस्थापना केन्द्र तथा अपांङग पुर्नस्थापना समन्वय परिषदका अध्यक्ष सागर लुईटेलले बताए । ल्याटर डे सेन्ट च्यारिटी..

    जब ट्याक्सीमा छुटेको सुन लिएर चालक ट्राफिक कार्यालय पुगे …

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् ।  चालक राईले ट्याक्सीमा छोडिएको ठूलो मङ्गलसूत्र एक थान, सानो मङ्गलसूत्र एक थान, चन्द्रमा एक थान, तिलहरी एक थान, घाँटीको हार एक थान,..

    योजना धमाधम सञ्चालन ! स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे

    सोमबार, फागुन ६, २०७५ साल
    बेझाड, पाल्पा, ६ फागुन : रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो ।  यहाँका स्थानीयवासीको रु २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि रामपुर नगरपालिकाले रु ५५ लाख ६७ हजार ५०० विनियोजन गरेको थियो..

    पूर्वप्रधानमन्त्रीको सक्सेस मन्त्र - ‘देखासिकी होइन नयाँ खोजीको व्यवसाय गर्नुस्’

    शुक्रबार, फागुन ३, २०७५ साल
    चिप्लेढुङ्गा, २ फागुन : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि व्यवसायको देखासिकी गरेरभन्दा पनि व्यवसायमा ‘इन्नोभेटिभ’ भएर अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताउनुभएको छ ।  पोखरा चेम्बर अफ कमर्श कास्कीद्वारा विहिबार यहाँ आयोजित देशको समृद्धिमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा पूर्वप्रधानमन्त्री भट्टराईले उद्यमशीलताविना कुनै पनि देशको विकास हुन नसक्ने बताउनुभयो । अहिले देशको राष्ट्रिय..

    फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका, व्यवस्थापनमा सहयोग पुग्ला ?

    मंगलवार, माघ २९, २०७५ साल
    फिक्कल, २९ माघ  इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ ।  वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो ।  प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर..

    विश्व प्रसिद्ध साहित्यकार सल्मान रुस्दी किन लखेटीए जन्मभुमिबाट ?

    सोमबार, माघ २८, २०७५ साल
    पेरिस, २८ माघ  इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ ।  “म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक..
    Results 112: You are at page 2 of 4
    First Prev 1 2 3 4 Next Last
    Weather Forecast