बिहिवार, आषाढ १८, २०७७

    बिदेश

    अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा

    बिहिवार, माघ २, २०७६ साल
    काठमाडौँ, २ माघ  अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छन् ।  न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै..

    ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने !

    बुधबार, माघ १, २०७६ साल
    एजेन्सी, १ माघ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ ।  आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ ।  बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उहाँमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ ।  सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने छन् । उनीहरुले दुई तिहाई बहुमतबाट राष्ट्रपति..

    निर्भया बलात्कार काण्ड : फासी चढ्नुअघि परिवारसँग अन्तिम पटक भेट्नेछन् दोषी

    बुधबार, माघ १, २०७६ साल
    नयाँ दिल्ली, १ माघ । निर्भया सामूहिक बलात्कार घटनाका दोषीलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरिएको छ ।  भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया बलात्कार घटनाका चारजना दोषीहरुलाई परिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका हुन् । द टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग..

    अमेरिका र उत्तर कोरियाको वार्ता नयाँ चरणमा हुने

    मंगलवार, पौष २९, २०७६ साल
    एजेन्सी, २९ पुस उत्तर कोरिया र अमेरिकाबीच वार्ता प्रक्रिया अघि बढ्न नसक्दा दक्षिण कोरियाली नेताले उनीहरुको सम्बन्धबारे निराश हुनुपर्ने अवस्था नआएको बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले उत्तर कोरिया र अमेरिकाको सम्बन्ध बारे आशावादी हुनुपर्ने अभिव्यक्ति दिएका हुन् । साथै दुई देशबीच नयाँ चरणमा संवाद हुने बताएका छन् । मुन तिनै नेता हुन्, जसले वासिङ्टनबाट डोनल्ड ट्रम्पले उत्तर कोरियाली..

    अष्ट्रेलियाको डढेलो : पृथ्वी घुमेर यसरी पुग्दैछ फेरि अस्ट्रेलियामा धुवाँ

    मंगलवार, पौष २९, २०७६ साल
    अस्ट्रेलिया, २९ पुस अष्ट्रेलियाको भीषण डढेलोका कारण निस्किरहेको धुँवाले चाँडै नै पृथ्वीको एक फन्को घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र जनावरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। उक्त..

    अमेरिका-इरान द्वन्द्वले उत्तर कोरिया उत्साही, चीनको टाउको दुखाइ

    मंगलवार, पौष २९, २०७६ साल
    काठमाडौं, २९ पुस । अमेरिकाले जनवरी २ को राति बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका९इरानबीचको तनाव चुलिएको छ । इरानले इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा जवाफी कारबाही गरेको थियो भने जनवरी ८ मा युक्रेनी विमान खसालेको पनि स्वीकार गरिसकेको छ ।  इरान-अमेरिकाबीचको तनावलाई अमेरिकासँग व्यापार युद्ध चलिरहेको चीन र अमेरिकाले प्रतिबन्ध लगाएको..

    मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’

    सोमबार, पौष २८, २०७६ साल
    लाहोर, २८ पुस पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज शरिफबीच कारगिल युद्धमा सेनाको संलग्नताको विषयमा विवाद उत्पन्न भएपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो हातमा लिनुभएको थियो । उहाँले सन्..

    आगलागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्दैछ अष्ट्रेलिया

    सोमबार, पौष २८, २०७६ साल
    सिड्नी, पुस २८ न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र  गाँजर हेलिकप्टरबाट बाँड्न थालिएको छ । झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन् । ‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन् । सरकारको प्रारम्भिक..

    फिलिपिन्समा ठूलो ज्वालामूखी विस्फोटको खतरा, शहर खाली गराइदैं

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडाैं, २८, पुस । मनिलानजिकै आइतबार ज्वालामूखी विस्फोट भएलगत्तै फिलिपिन्स सरकारले अर्को विनाशकारी ज्वालामुखी फुट्नसक्ने चेतावनी जारी गरेको छ। अर्को ठूलो र भयानक ज्वालामूखी विस्फोट हुने तथा घन्टौंसम्म लाभा र खरानी निस्किइरहन सक्ने जनाइएको छ। सो क्षेत्रमा अहिले सानोतिनो भूकम्पीय झट्का समेत महशुस गरिएको छ। आइतबार विस्फोट भएको ज्वालामुखीबाट प्रभावित बसोबास गर्ने स्थान खाली गराइएको छ। यो ज्वालामूखी मनिलाबाट ६० किलोमिटर टाढा..

    इराकमा रहेको अमेरिकी सैनिक अड्डामा पुन: रकेट आक्रमण

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडाैं, २८ पुस । इराक स्थित अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् ।  इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ ।  अल–बलाड सैनिक अड्डा इराकमा..

    आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

    आईतवार, पौष २७, २०७६ साल
    होस्टन, २७ पुस  अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।   आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो ।     त्यसैगरी ओक्लाहोमामा पनि बाढी र..

    युक्रेनी विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

    आईतवार, पौष २७, २०७६ साल
    काठमाडौँ, २७ पुस  युक्रेनी विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू  सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बीबीसीले जनाएको छ । सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएका थिए । सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध..

    अमेरिकामा भिषण आँधी, कम्तिमा ८ जनाको मृत्यु

    आईतवार, पौष २७, २०७६ साल
    वाशिङटन, २७ पुस । दक्षिणी अमेरिकामा आँधीका कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । सो आँधीका क्रममा वर्षा र तीब्र गतिमा हावा चलेको थियो । मृत्युका घटना अलाबामा, लुजियाना र टेक्सास क्षेत्रमा भएका छन् । हजारौं मानिसहरु बत्ती नभएर प्रभावित भएका छन् । साथै घरहरु भत्किएका छन् र सडकमा बाढी पसेको छ । केही टोर्नाडो आँधीको चेतावनी समेत शनिबार दिइएको थियो..

    ट्रम्पद्वारा किम जोङलाई जन्मदिनको शुभकामना, उत्तर कोरियाले अमेरिकासँग तत्काल वार्ता नगर्ने

    आईतवार, पौष २७, २०७६ साल
    सियोल, २७ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन्।  उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई पठाएको बधाई-पत्र संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त भएको पुष्टि गरेका छन्। ‘विश्वले बुझेजस्तो नेता ट्रम्प र किमबीचको व्यक्तिगत सम्बन्ध नराम्रो छैन,’ विदेश मन्त्रालयका अधिकारीद्वारा जारी विज्ञप्तिलाई..

    इरानी शीर्ष नेतामाथिको अमेरिकी आक्रमण असफल !

    शनिबार, पौष २६, २०७६ साल
    वाशिङ्टन, २६ पुस संयुक्त राज्य अमेरिकाले कासिम सुलेमानीको हत्या गरेकै राति एक अर्का इारनी शीर्ष अधिकारीलाई निशाना बनाएको खुलासा भएको छ । अमेरिकाको उक्त प्रयास भने असफल भएको जनाइएको छ ।  अमेरिकी उच्च सुरक्षा अधिकारीका अनुसार सुलेमानीको हत्या गरेकै शैलीमा यमनमा रहेका ती इरानी उच्च अधिकारीको हत्या गर्ने अमेरिकी योजना असफल भएको छ । उक्त मिसन र अमेरिकाले कसरी उक्त प्रयास गरेको..

    भुलवश युक्रेनी विमान खसालेको इरानद्वारा स्विकार

    शनिबार, पौष २६, २०७६ साल
    एजेन्सी, २६ पुस । इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण“ विमान खसालिएको बताएको हो । इरानी सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ । यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका..

    ट्रम्पको चेतावनी : इरानसँग अब कहिल्यै आणविक हतियार हुँदैन

    शुक्रबार, पौष २५, २०७६ साल
    वासिङ्टन, २५ पुस अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अब कहिल्यै आणविक हतियार नहुने जिकिर गरेका छन् । बिहीबार ट्रम्पले यस्तो दावी गरेका हुन् । तेहरान अमेरिकी प्रतिबन्धको पीडा भोगिरहेको पनि उनले बताए । ‘इरान अहिले गडबड छ । उनीहरु आफ्नो मुलुकको अर्थतन्त्र छिटो भन्दा छिटो सुधार्न सक्छन् । हेरौँ, उनीहरु सम्झौता गर्छन् कि गर्दैनन् !,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममाझ भनेका हुन्..

    ईरानसँग बिनाशर्त वार्ता गर्न अमेरिका तयार

    बिहिवार, पौष २४, २०७६ साल
    काठमाडौँ, २४ पुस अमेरिकाले इरानसँग बिनाशर्त वार्ता गर्न तयार रहेको बताएको छ । केही दिनयता दुई देशबीच तनाव चुलिएका बेला अमेरिकाले बिनाशर्त वार्ता गर्न तयार भएको बताएको हो । संयुक्त राष्ट्रसङ्घलाई पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट..

    राजपरिवारको वरिष्ठ सदस्यबाट पछि हट्ने ह्यारी–मेगनको घोषणा

    बिहिवार, पौष २४, २०७६ साल
    बेलायत, २४ पुस ब्रिटेनकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी तथा नातिनी बुहारी मेगन मर्कलले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूलाई अलग्ग्याएको घोषणा गर्दै अब आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनका लागि काम गर्ने जानकारी दिएका छन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले सिरियर राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गरेका हुन् ।राजकुमार ह्यारी र मेगनले एक वक्तव्य जारी गर्दै भनेका छन् कि उनीहरु अब..

    ह्वाइट हाउसबाट ट्रम्पकाे सम्बोधन : इरानमाथि नयाँ नाकाबन्दी

    बिहिवार, पौष २४, २०७६ साल
    अमेरिका, २४ पुस । राष्ट्रका नाममा सम्बाेधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेको बताएका हुन् । इरानले अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणबाट अमेरिकी सेनातर्फ कोही हताहती नभएको समेत उनले बताए..

    इरानको आणविक भट्टी नजिकै ४.५ म्याग्नीच्युडको भूकम्प

    बिहिवार, पौष २४, २०७६ साल
    तेहरान, २४ पुस । इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।   देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन् । स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो ।   राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले..

    सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

    मंगलवार, पौष २२, २०७६ साल
    तेहरान, २२ पुस इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ । उक्त घटनामा घाइते भएका सबैजनालाई..

    अमेरिकाद्वारा इराकबाट सेना फिर्ता गर्ने कुरा अस्वीकार

    मंगलवार, पौष २२, २०७६ साल
    वाशिङटन,२२ पुस । अमेरिकी रक्षामन्त्री मार्क इस्परले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने कुरा अस्वीकार गरेका छन् ।  इराकस्थित अमेरिकी सेनाका कमान्डरले इराकी रक्षा मन्त्रालयलाई पठाएको भनिएको पत्रले अन्योलको अवस्था उत्पन्न भए पनि सेना फिर्ता गर्ने कुरा अस्वीकार गरेका हुन् । इराकी सांसदहरुले अमेरिकीलगायत विदेशी सेना फिर्ताको कुरा गरेपछि अमेरिकी रक्षामन्त्रीले सो कुरा बताएका छन् । तर, इराकस्थित अमेरिकाका  ब्रिगेडियर जनरल विलियम एच सेलीले इराकी रक्षा..

    इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, २१ पुष अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् ।  आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो । ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्नेछन्..

    इराकको संसदले गर्‍याे अमेरिकी सैनिकलाई देशबाट हटाउने प्रस्ताव पारित

    सोमबार, पौष २१, २०७६ साल
    एजेन्सी, २१ पुस । इराकको संसदले अमेरिकी सैनिकलाई देशबाट हटाउने प्रस्ताव पारीत गरेकाे छ । उक्त प्रस्तावमा इराकले सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो । इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन,..

    अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु मारिए

    आईतवार, पौष २०, २०७६ साल
    काठमाडौं, २० पुस अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।  आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अनियन्त्रित भएको बीबीसीले जनाएको छ ।  डढेलोका कारण..

    अष्ट्रेलियाको डढेलो : चर्को हावा चलेका कारण डढेलो निभाउन मुश्किल

    आईतवार, पौष २०, २०७६ साल
    काठमाडौं, २० पुस चर्को हावाहुरीले अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलो निभाउनका लागि अवरोध गरेको छ ।  न्यु साउथ वेल्समा लागेको डढेलोलाई थप चर्काउन १२८ किलोमिटर प्रतिघन्टामा हावाहुरी चलिरहेको अधिकारीहरूले बताए । छिमेकी राज्य भिक्टोरियामा आगोमा फसेका मानिसको उद्धारका लागि सेनाका हेलिकप्टर खटाइएका छन् ।  गत सेप्टेम्बर महिनादेखि डढेलोका कारण अस्ट्रेलियामा कम्तीमा २३ जनाको मृत्यु भएको छ । १२ सयभन्दा बढी घरहरू ध्वस्त भएका..

    इरानले यसरी लिनसक्छ अमेरिकासँग बदला

    शनिबार, पौष १९, २०७६ साल
    पुस १९, काठमाडौं इरानका प्रमुख सैन्य कमान्डर कासिम सोलेमानी अमेरिकाले गरेको आक्रमणमा मारिएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीवार इराकको राजधानी बगदादस्थित विमानस्थलनजिकै उनी चढेको कारमाथि गरिएको ड्रोन आक्रमणमा परी उनको ज्यान गएको हो । सोलेमानी इरानका निकै महत्वपूर्ण सैन्य अधिकारी हुन् । उनी इरानी सेनाको विशेष एकाइ कुड्सका प्रमुख थिए । इरानमा उनलाई सर्वोच्च नेता अयातोल्लाह खामेनीपछि सबैभन्दा शक्तिशाली व्यक्तिको..

    इरानका सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा बढ्याे तेलकाे मूल्य

    शनिबार, पौष १९, २०७६ साल
    काठमाण्डाै, पुस १९   इरानका सैन्य कमाण्डरकाे हत्यापछि अन्तर्राष्ट्रिय बजारमा तेलकाे मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हाे । इराकको राजधानी बग्दादमा शुक्रबार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि तेलको भाउ बढेको हो । विश्लेषकले अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाब..

    अमेरिकाले विनाशकारी युद्धको सुरुवात गरेको छ : इराक

    शनिबार, पौष १९, २०७६ साल
    एजेन्सी, १९ पुस । आफ्ना बरिष्ठ कमाण्डर मारिएपछि इरानले अमेरिकालाई ‘विनाशकारी युद्ध निम्त्याएकाे आराेप लगाएकाे छ । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका हुन् ।  इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भनेका छन्– यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण..
    Results 1601: You are at page 8 of 54
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 Next Last
    Weather Forecast