आईतवार, चैत्र २३, २०७६

    बिदेश

    महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन दलको दाबी

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौँ, ६ पुस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताउनुभएको छ ।   सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताउनुभएको हो । उहाँले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भन्नुभएको छ ।   साथै उहाँले यस कार्यलाई विपक्षीहरुले गरेको एउटा..

    डोनाल्ड ट्रम्पविरुद्धकाे महाअभियोग प्रस्ताव तल्लाे सदनबाट पारित, पदबाट हट्लान् ?

    शुक्रबार, पौष ४, २०७६ साल
    एजेन्सी, ४ पुस ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ । लामो समयदेखि चर्चामा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन कंग्रेसमा बुधबार बहस र मतदान भएको छ ।  स्थानीय समयअनुसार बुधबार साँझ (नेपाली समयअनुसार अहिले बिहान) मतदान हुँदा संसदको तल्लो सदन कंग्रेसले प्रस्ताव बहुमतले पारित गरेको छ ।  अमेरिकी तल्लो सदनमा विपक्षी डेमोक्र्याट्सको बहुमत भएकोले..

    रूसद्वारा सन् २०१९ मा १३ अर्ब डलरको हतियार आपूर्ति

    सोमबार, मंसिर ३०, २०७६ साल
    मस्को,  ३० मङ्सिर  रूसले सन् २०१९ मा १३ अर्ब अमेरिकी डलर बराबरको हतियार विश्वका विभिन्न मुलुकमा आपूर्ति गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार बताउनुभएको छ । उहाँका अनुसार रूसले हतियार आपूर्तिबाट गत बर्षको तुलनामा यस बर्ष दुई अर्ब अमेरिकी डलर बढी आम्दानी गरेको छ । “‘अस्वस्थ प्रतिस्पर्धा र रूसमाथिको कडा प्रतिबन्ध’ का बाबजुद विश्वमा रूसको हतियार बजार फस्टाएको छ,” पुटिनले विदेशी मुलुकहरूसँगको रूसी..

    अमेरिकालाई टर्कीले दियो हवाइ आधार बन्द गरिदिने चेतावनी

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर आफूहरुमाथि लगाएको प्रतिबन्धमा टर्कीले अमेरिकालेप्रति  असन्तुष्टि व्यक्त गरेको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले यसबारे बोल्दै भन्यो ,‘ अमेरिकाले टर्कीमाथि थप प्रतिबन्ध लगायो भने हामी अमेरिकाको इनसर्लिक हवाई आधारलाइ बन्द गर्न सक्छौं । ’ एर्दोगानले इनसर्लिकको अतिरिक्त मलाक्या प्रान्तको अदानामा रहेको कुरेसिच रडार स्टेशनलाई पनि बन्द गर्ने विकल्प आफूहरुसँग रहेको बताए । कुरेसिच बेसमा अमेरिकी सेनाको महत्वपूर्ण रडार छ ।..

    चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित

    आईतवार, मंसिर २९, २०७६ साल
    बेइजिङ, २९ मङ्सिर  चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको जनाएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।  चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको छ, र “अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप..

    ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको उत्तर कोरियाली अधिकारीद्वारा जानकारी

    शनिबार, मंसिर २८, २०७६ साल
    प्योङयाङ, २८ मङ्सिर  उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको सरकारी समाचार संस्था (केसीएनए)ले शनिबार सरकारी स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।  उत्तर कोरियाली सोहाए परमाणु परीक्षण स्थलबाट देशको परमाणु क्षमता बिस्तार गर्ने खालको महत्वपूर्ण परीक्षण गरेको उत्तर कोरिया सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले लेखेको छ ।  “अर्को महत्वपूर्ण परीक्षण यही डिसेम्बर १३ गते साँझ १०ः४१ मा सुरू भै १०ः४८ बजे..

    अब ब्रेक्जिट समस्याको समाधान सुरू गरौं : बोरिस जोनसन

    शनिबार, मंसिर २८, २०७६ साल
    लण्डन, मंसिर २८ ।  बेलायतमा बिहीबार भएको निर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ पार्टीले अत्यधिक बहुमतका साथ जित हात पारेपछि जोन्सनले आफ्नो पार्टीको 'असाधारण' विजयले ब्रेक्जिट विवादको समाधान नजिक पुगाएको बताउँदै भने, "अब समस्याको समाधान सुरू गरौं ।"  १० डाउनिङ् स्ट्रिटमा बोल्दै उनले पहिलोपटक कन्जरभेटिभलाई मतदान गर्ने लेबर पार्टीका समर्थकहरुको विश्वासलाई मर्न नदिनेसमेत बताए ।  अब जोनसनलाई बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका..

    बेलायतमा सरकार गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री जोनसन बकिङ्गम दरबारमा

    शुक्रबार, मंसिर २७, २०७६ साल
    लण्डन, २७ मङ्सिर  बेलायतमा कन्जभेटिभ पार्टीको जीतसँगै नयाँ सरकार गठनका लागि औपचारिक प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन ‘बकिङ्गम प्यालेस’ जानुभएको छ । बिहीबार ६५० सदस्यका लागि भएको निर्वाचनमा जोनसनको दलले ३६४ सीट प्राप्त गर्न सफल भएको छ ।  जोनसनको दलको जीतले बेलायतलाई यूरोपेली संघबाट बहिर्गमन गराउने कार्यका लागि त्यहाँका जनताले फेरि एक पटक कन्जर्भेटिभ पार्टीलाई बृहत अवसर मिलेको छ  ।  निर्वाचनमा ऐतिहासिक..

    बेलायतमा आमनिर्वाचन : कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, २७ मङ्सिर  बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । ६ सय ४२ सिटका लागि बिहीबार भएको निर्वाचनमा पछिल्लो मतपरिणामअनुसार कन्जर्भेटिभ पार्टीले ३ सय ६२ सिट जितिसकेको छ । सदनमा स्पष्ट बहुमतका लागि ३ सय २६ सिट भए पुग्छ । प्रतिपक्षी दल लेबर पार्टीले भने २ सय ३ सिटमा जीत हासिल गरेको छ । कन्जर्भेटिभ पार्टीले पछिल्लो ३२..

    बेलायत आम निर्वाचन : कन्जर्वेटिभ पार्टीलाई पूर्ण बहमुत !

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, मंसिर २७ बिहीबार स्थानीय समय अनुसार बिहान ७ बजेदेखि राति १० बजे सम्म बेलालयतमा मतदान भएको थियो । मतदान सकिएलगत्तै बिबिसी–स्काई–आइटिभीले एग्जिट पोल जारी गरे । बेलालयतको आम चुनावमा कन्जर्वेटिभ पार्टीलार्ई एक पटक फेरि सत्तामै रहने अनुमान गरिएको छ।  त्यस अनुसार बोरिस जानसनको कन्जर्वेटिभ पार्टीलाई पूर्ण बहुमत मिल्ने देखिएको हो । एग्जिट पोलका अनुसार ६५० सिटको संसदमा कन्जर्वेटिभलाई ३६८, लेबर पार्टीलाई १९१..

    नागरिकता संशोधन विधेयक पासपछि भारतमा आन्दोलन : नेपाललाई कस्तो असर ?

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  भारतीय संसदका दुईवटै सदनले नागरिकता संशोधन विधेयक पास गरेपछि विपक्षी दल लगायत विभिन्न समूहहरु आन्दोतिल बनेका छन् । खासगरी मुस्लिम समुदायले विधेयकको विरोध गर्दैआएको छ । विद्यार्थी, नागरिक अगुवा पनि प्रदर्शनमा भाग लिएका छन् । उक्त विधेयक राज्यसभाबाट पारित भएपछि आन्दोलन झन् चर्किएको हो । कतिपय ठाउँमा प्रदर्शनकारीले ढुंगामुडा प्रहार गर्दै टायर बालेका छन् । प्रहरीसँग झडप हुँदा दर्जनौं प्रदर्शनकारी..

    बेलायत निर्वाचन : यसपटक सेल्फी खिच्न प्रतिबन्ध, शुक्रबारसम्ममा परिणाम, प्रमुख मुद्दा ब्रेग्जिट

    बिहिवार, मंसिर २६, २०७६ साल
    लण्डन, २६ मंसिर ।  बेलायतमा अहिले ५ वर्षभित्रै तेस्रो पटक निर्वाचन हुँदै छ । मध्यान्हबाट शुरु त्यहाँको मतदान राति १० बजे सकिने तथा यही शुक्रबार बिहानै मतपरिणाम आइसक्ने प्रक्षेपण गरिएको छ । त्यहाँको सरकारले यसपटक मतदानका क्रममा सेल्फी खिच्न प्रतिबन्ध लगाएको छ ।  बेलायतमा ५ वर्षभन्दा कम समयमै बिहीवार तेस्रोपटक निर्वाचन हुँदै गरेको हो । सामान्यतया ग्रेट ब्रिटेनमा चारदेखि पाँच वर्षभित्र निर्वाचन हुने..

    प्रदूषण नियन्त्रण गर्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन

    बुधबार, मंसिर २५, २०७६ साल
    सिड्नी, २५ मङ्सिर   अष्ट्रेलियाको राजधानी सिड्नीमा बुधबार हजारौँले सरकारलाई दबाब दिन प्रदर्शन गरेका छन् ।    प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको जनाएका छन् ।   अत्यधिक प्रदूषणका कारण सिड्नीको वातावरण नराम्रो र घातक हुँदै गएको र धरै मानिसलाई असर पार्न थालेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।    पछिल्लो समयमा अस्पतालमा आउने बिरामीमध्ये वायु प्रदूषणका कारण बिरामी भएर आउनेहरूको..

    टर्की लिवियामा सेना पठाउन तयार

    मंगलवार, मंसिर २४, २०७६ साल
    अङ्कारा, टर्की, २४ मङ्सिर   टर्कीले माग भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार भएको मङ्गलबार जनाएको छ ।   टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले विश्व समुदायद्वारा मान्यताप्राप्त लिवियाली सरकारलाई सहयोग गर्न यदि लिवियाली उच्च अधिकारीद्वारा आग्रह भएमा आफ्नो सेनालाई लिविया पठाउन तयार रहेको बताउनुभएको हो । हामीबाट सहयोगको अपेक्षासहित माग भएमा टर्कीले आवश्यक सेना तथा सैन्य सहयोग लिविया पठाउन तयार छ ।   गत महिना लिवियासँग..

    ३४ वर्षीय सन्ना मरिन प्रधानमन्त्रीरूपमा फिनल्याण्डको संसदबाट अनुमोदित

    मंगलवार, मंसिर २४, २०७६ साल
    हेल्सीङ्की, २३ मङ्सिर  फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी) प्रधानमन्त्रीका रूपमा सोमबार चयन गरेको थियो । फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरेपनि त्यसलाई संसदले अनुमोदन गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्रीसमेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि..

    फिनल्याण्डकी ३४ बर्षिया मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्दै

    सोमबार, मंसिर २३, २०७६ साल
    हेल्सीङ्की, २३ मङ्सिर फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि उहाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।  उहाँ आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत बर्ष पार्टी चलाउनुभएको थियो ।  गठबन्धन सरकारका रहेका पाँच..

    फिनल्याण्डकी ३४ वर्षीया सान्ना बन्ने भइन् विश्वकै कान्छी प्रधानमन्त्री

    सोमबार, मंसिर २३, २०७६ साल
    काठमाडौँ, २३ मङ्सिर  फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन प्रधानमन्त्री हुने भएकी छन् । मरिनले यही हप्ता प्रधानमन्त्रीको रुपमा सपथ लिनेछिन् । उनले अब पाँच दलको मध्य–वामपन्थी गठबन्धनको नेतृत्व गर्नेछिन् । ती सबै दलका नेतृत्वमा महिला नै छन् ।  प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीमा नेतृत्वको लागि चुनाव भएको थियो । रेनीले गठबन्धन सदस्यबाट विश्वासको मत गुमाएपछि..

    इरानद्वारा अमेरिकी प्रतिबन्धविरूद्धमा ‘प्रतिरोधी बजेट’ घोषणा

    आईतवार, मंसिर २२, २०७६ साल
    तेहरान, इरान, २२ मङ्सिर इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेको छ । अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरिएको हो । बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ ।  बजेटको घोषणा गर्दै राष्ट्रपति..

    बेलायती चुनावअघि दुई नेताबीच आरोप प्रत्यारोप, ब्रेक्जिट नै मुख्य मुद्दा

    आईतवार, मंसिर २२, २०७६ साल
    लन्डन, २२ मङ्सिर :  बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् ।  बेलायतमा संसदको आमचुनाव आउन छ दिन बाँकी हुँदा आयोजित यो बहस निकै रोचक बनेको थियो । ब्रेक्जिट र ब्रिटेनको भविष्यका बारेमा दुई नेताले पुरानै शैली र योजना अघि सारेका थिए ।  युरोपेली युनियनबाट बेलायतको बहिर्गमन ब्रेक्जिट लाई समर्थन..

    अमेरिका–तालिबान वार्ता पुनः शुरु

    शनिबार, मंसिर २१, २०७६ साल
    दोहा, २१ मङ्सिर  संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता शुरु भएको छ ।  टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता शुरु भएको बताएको छ । स्रोतले अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार गर्नेतर्फ वार्ता केन्द्रित भएको जनाएको छ ।  हालैमात्र, अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले काबुलको दुई दिने भ्रमण गर्नुभएको..

    इरानमा अहिलेसम्म सात हजार प्रदर्शनकारी पक्राउ

    शुक्रबार, मंसिर २०, २०७६ साल
    जेनेभा, २० मङ्सिर इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ ।  संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए ।  राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको..

    ट्रम्पसँगको विवादास्पद भेटवार्तापछि रूसका विदेशमन्त्री लाभरोभ अमेरिका जाँदै

    शुक्रबार, मंसिर २०, २०७६ साल
    मस्को, २० मङ्सिर ।  रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले अर्को हप्ता अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको उहाँका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सन् २०१७ मा भएको विवादास्पद भेटवार्तापछि अहिले पहिलो पटक विदेशमन्त्री लाभरोभ अमेरिका जान लाग्नुभएको हो । “यही डिसेम्बर १० तारिखका दिन उहाँको भ्रमण हुनेगरी तयारी भइरहेको छ,” रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले भन्नुभयो । उहाँले..

    ‘राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने बाटो खुल्यो’

    शुक्रबार, मंसिर २०, २०७६ साल
    एजेन्सी, मंसिर २०  अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि शक्तिको दुरुपयोग अभियोगमा लगाउने बाटो खुलेको बताएकी छन् । ट्रम्पविरुद्ध महाअभियोग लगाउने बाटो खुला गरिएको त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) की प्रवक्ता न्यान्सी पेलोसीले बताएकी छिन् ।  सत्ताको दुरुपयोग मामिलामा विवादित बनेका ट्रम्पका कारण लोकतन्त्र नै दाउमा परेको र कुनै विकल्प बाँकी नरहेको प्रवक्ता पेलोसीले दाबी छ ।   महाभियोग लगाउनेबारे..

    अमेरिकी व्यापार घाटा घट्यो, अक्टोबरमा घाटा प्रतिशत ७.६ कायम

    बिहिवार, मंसिर १९, २०७६ साल
    वासिङ्टन, १९ मङ्सिर  अमेरिकाको ब्यापार घाटा अक्टोबरमा अनपेक्षितरूपमा घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकीहरूले यो बर्ष विदेशी कार तथा अन्य सवारी साधन खरिदमा गरेको नियन्त्रण र खेलौना तथा मोबाइल आयातमा अर्बौँ अमेरिकी डलर कम खर्चिएका अमेरिकी बाणिज्य विभागद्वारा बिहीबार जारी तथ्याङ्कले देखाएको छ । अमेरिकाका समग्र ब्यापार घाटा ७.६ प्रतिशतमा झर्दा अझै ४७ अर्ब दुई करोड अमेरिकी डलर घाटा देखिएको छ ।..

    नेटो साझेदारकै नेताहरुले उडाए ट्रम्पको खिल्ली

    बिहिवार, मंसिर १९, २०७६ साल
    काठमाडौँ, १९ मङ्सिर २९ सदस्य राष्ट्र भएको उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को ७० औं वार्षिक बैठक सकिएको छ । नेटोको बैठकपछिको एक भिडियो भने अहिले निकै चर्चामा रहेको छ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा काटिएको उक्त भिडियो सार्वजनिक भएसँगै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले यसबारेको समाचार प्रकाशन गरेका छन् । सार्वजनिक भएको भिडियोमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, ब्रिटिश प्रधानमन्त्री..

    ओमनका २९ सय जनामा एचआईभी एड्स

    बुधबार, मंसिर १८, २०७६ साल
    मुस्कट, १८ मङ्सिर  हालै सार्वजनिक भएको आधिकारीक तथ्याङ्कअनुसार ओमनमा दुई हजार ९२७ जनामा एचआईभी÷एड्स रहेको पाइएको छ ।  राष्ट्रिय तथ्याङ्क तथा सूचना केन्द्रले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा एचआईभी÷एड्स सङ्क्रमितहरूको यो सङ्ख्या ५.२ प्रतिशतले घटेको देखिएको छ ।  अहिले सार्वजनिक भएको तथ्याङ्क सन् २०१८ को अन्त्यसम्मको हो भने सन् २०१७ को सङ्ख्याभन्दा घटेको देखिएको हो । एचआईभी÷एड्सबाट प्रभावित भएकाहरूमध्ये सबैभन्दा धेरै १५..

    यमनी हुथी समूहद्वारा युद्धविराम उल्लङ्घन गर्दै १ बर्षमा २ सय १७ नागरिकको हत्या

    मंगलवार, मंसिर १७, २०७६ साल
    एडेन, यमन, १७ मङ्सिर यमनमा हुथी विद्रोहीले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामलाई उल्लङ्घन गर्दै एक बर्षमा २१७ सर्वसाधारणको हत्या गरेको यमनको सरकार पक्षधर सुरक्षाकर्मीले मङ्गलबार बताएको छ । यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बनदरगाह शहर होडेइडामा युद्धविरामपछि २१७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको र दुई हजार १५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन् ।  राष्ट्रसंघको..

    रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन

    सोमबार, मंसिर १६, २०७६ साल
    मस्को, १६ मङ्सिर रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ ।  विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास  पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ ।   रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले टेलिभिजनबाट प्रसारण भइरहेको समारोहमा सोमबार ग्यास  पाइपलाइनको उद्घाटन गर्नुभएको छ । दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा..

    भुटानमा भारतले अर्बौँ रकम खर्च गर्दै ! यस्तो छ 'मास्टरप्लान'

    शनिबार, मंसिर १४, २०७६ साल
    नयाँदिल्ली, १४ मङ्सिर भारत र भूटानका उच्च सरकारी अधिकारीबीच द्वीपक्षीय सहयोगका विविध विषयमा छलफल भएको छ । दुई मुलुकबीच भूटानमा भारतद्वारा सञ्चालित विभिन्न परियोजनाको समीक्षा पनि गरिएको भारत सरकारले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीमा भएको यो द्वीपक्षीय छलफल दोस्रो हो । भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव टिएस त्रिमूर्तिले गर्नुभएको थियो भने भूटानी टोलीको नेतृत्व भूटानका विदेश सचिव..

    इराकी प्रधानमन्त्री मेहदीद्वारा राजिनामाको घोषणा

    शुक्रबार, मंसिर १३, २०७६ साल
    बग्दाद, १३ मङ्सिर इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजिनामा दिने घोषणा गर्नु भएको छ ।  उहाँले राजिनामा पत्र संसदमा पेश गर्ने तयारी गर्नुभएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।  इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिनुभएको थियो । सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उहाँले शुक्रबार राजिनामा दिने घोषणा गर्नुभएको हो ।  “मैले प्रधानमन्त्री पदबाट दिएको राजिनामा संसदमा..
    Results 1491: You are at page 6 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast