बिहिवार, चैत्र २०, २०७६

    बिदेश

    टेलिकमले ल्यायो जुनसुकै मोबाइल फोनमा राख्न मिल्ने सिमकार्ड

    शनिबार, श्रावन १, २०७३ साल
    काठमाडौं। कुनै पनि ब्रान्डको मोबाईल फोन किन्दा त्यसमा लाग्ने सिमकार्ड सोहि अनुसारको बनाउनु पर्ने कारण आजित भैइरहेका ग्राहकहरुलाई अब भने नेपाल टेलिकमले जुनसुकै मोबाइलमा लाग्ने सिम बजारमा ल्याएको छ।   टेलिकमका अनुसार उसले यस्तो सिमकार्ड गएको हप्तादेखि बजारमा ल्याएको हो। यसलाई नयाँ किसिमका स्मार्ट फोनमा प्रयोग गर्नको लागि काट्नु पर्ने झन्झट अब पर्दैन। टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यका अनुसार जीएसएम प्रिपेड र पोस्टपेड दुवै सिस्टमका..

    लेनोभोको क्यास काउन्ट योजना, पाँचसयदेखि एक लाखसम्म पुरस्कार प्राप्त गर्न सकिने

    बुधबार, जेष्ठ ५, २०७३ साल
    काठमाडौं । नेपालको लागि लेनोभो स्मार्ट फोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले क्यास काउन्ट नामक नयाँ योजना प्रस्तुत गरेको छ । नेपाली ग्राहकको मोवाइलप्रति बढ्दो मागलाई ध्यानमा राखेर यस्तो योजना ल्याएको कम्पनीको भनाई छ ।  यस योजनाअन्तर्गत प्रत्येक लेनोभो फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । जसबाट कम्तिमा पाँच सयदेखि एकलाख रुपियाँसम्म नगद प्राप्त गर्नसक्नेछन । जुनसुकै मोवाइल पसलबाट पनि यो..

    लेनोभोले ल्यायो स्मार्टफोनभन्दा पनि सस्तो ल्यापटप

    मंगलवार, बैशाख १४, २०७३ साल
    एजेन्सी। कम्प्युटर बनाउने कम्पनी लेनोभोले स्मार्टफोनभन्दा पनि सस्तो ल्यापटप बजारमा ल्याएको छ।  कम्पनीले भारतीय बजारमा आइडियाप्याड १००एसलाई सार्वजनिक गरेको हो। जसको मूल्य भारतीय बजारमा १४ हजार ९ सय ९९ रुपैंयाँ राखिएको छ।    यो ल्यापटप विन्डोज १० अपरेटिङ सिष्टममा चल्ने गरी बनाइएको छ। यो लेनोभो आइडियाप्याड १००एसमा ११.६ इन्चको एचडी(१३६६x७६८ पिक्सेल) डिस्पले रहेको छ। यसका साथै यसमा १.८३ गीगाहर्जको क्वाड-कोर इन्टल एटम जेड३७३५एफ..

    सोनी इलेक्ट्रोनिकको शोरुम अब जावलाखेलमा पनि

    बिहिवार, बैशाख ९, २०७३ साल
    काठमाडौं। सोनी इलेक्ट्रोनिक्सले ललितपुरको जावलाखेलमा नयाँ शोरुम खोलेको छ। सोनीका क्षेत्रीय बजार विकास केन्द्र सिंगापुरका अध्यक्ष मासाकी मात्सुमले शोरुमको उद्घाटन गरेका हुन ।  जापानी ब्राण्ड सोनीको नेपालका लागि आधिकारिक विक्रेता नेपाहिमा ट्रेडलिङ्क प्रालिले आफ्नो बजार विस्तारको क्रममा नयाँ शोरुम खोलेको हो । नयाँ शोरुममा नेपाली बजारमा उपलब्ध सोनीका सवै उत्पादनहरु पाइने ट्रेडलिङ्कले जनाएको छ। अध्यक्ष मात्सुमले सोनी ब्राण्डलाई नेपालको इलेक्ट्रोनिक्स बजारमा अझ..

    रोबोटमार्फत प्रचार गरी प्रदीप पौडेललाई विजयी गराउने इन्जिनियरहरु अमेरिकामा सम्मानित

    सोमबार, चैत्र २९, २०७२ साल
    काठमाडौ । अमेरिकामा भएको अन्तर्राष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।  अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ (ओलम्पिक अफ रोबोर्टिस) अन्तरर्गतको फायर फाइटिङ बिधामा नेपाली टोली दोश्रो भएको हो । नेपाली टोलीको प्रतिनिधित्व शशांकश्री न्यौपाने, गणेशविक्रम आले, यज्ञप्रसाद देवकोटा, अनुज रेग्मी र सुमन थपलियाले गरेका थिए । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका हुन..

    सूचना प्रविधि पार्क सञ्चालन गर्न बल्ल भयो सम्झौता

    बिहिवार, चैत्र २५, २०७२ साल
    बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित सूचना प्रविधि पार्क सञ्चालनमा ल्याउनेबारे बुधबार सम्झौता भएको छ । सरकारले पार्क सञ्चालन गर्न नसक्ने केही वर्षदेखि निष्क्रिय रहेको थियो ।   विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभाग, सफ्टेक फाउण्डेसन प्रालि, डिल्लीबजार, क्लाउड हिमालय प्रालि थापाथली र काठमाडौँ विश्वविद्यालय, धुलिखेलबीच पार्कमा सूचना तथा प्रविधि उद्योगसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताअनुसार सफ्टेक फाउण्डेसन..

    प्रमुख अथिति रोबोटद्धारा युवा नेता प्रदीप पौडेल सम्मानित

    शनिबार, चैत्र १३, २०७२ साल
    काठमाडौं । रोबोटबाट नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल सम्मानित भएका छन । काँग्रेसको तेह्रौं महाधिवेशनमा उक्त रोबोटले नै प्रचारप्रसार गरी खुल्लातर्फ केन्द्रीय सदस्यमा अत्यधिक बहुमतले निर्वाचित भएका पौडेललाई शुक्रबार सोही रोबोटले फुलमाला लगाएर सम्मान गरेको हो । प्राविधिक विद्यार्थी समूहले आयोजना गरेको कार्यक्रममा काँग्रेस महाधिवेशनमा प्रविधिको प्रयोग गरी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएकोे भन्दै पौडेललाई सम्मान गरेको हो..

    विद्युतीय बसका लागि भौगोलिक अध्ययन सम्पन्न, अब चाँडै चीनबाट बस ल्याइने

    बिहिवार, फागुन २७, २०७२ साल
    काठमाडौं । चीनबाट ल्याउने तयारीमा रहेको अपाङ्गमैत्री विद्युतीय बस (इ–बस) का लागि काठमाडौँ उपत्यकाको भौगोलिक अध्ययन सकिएको छ । तर पूर्णरुपमा अध्ययन प्रतिवेदन आउन बाँकी छ ।  काठमाडौँ महानगरपालिकाले ल्याउन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउँदो छ वा छैन भनेर भौगोलिक अध्ययन गरिएको महानगरपालिकाले जनाएको छ । “चार दिनअघि चीनको मोटर कम्पनी सिआरआरसिटीका चिनियाँ प्रतिनिधि आई उपत्यकाका विभिन्न स्थानको अध्ययन..

    माइक्रोम्यासको ‘क्यानभास जुस४ क्यू३८२’ बजारमा, मूल्य १० हजार रुपियाँ

    शुक्रबार, फागुन ७, २०७२ साल
    काठमाडौं । भारतीय ब्राण्डको स्मार्टफोन माइक्रोम्याक्सले नयाँ फोन ‘क्यानभास जुस४ क्यू३८२’ नेपाली ग्राहकमाझ ल्याएको छ । एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टमद्धारा सञ्चालित यो फोनमा १.३ गिगाहर्ज क्वार्ड–कोर प्रोसेसर रहेको छ ।  यो प्रोसेसरले फोनलार्ई छिटो र बढी सक्षम बनाउन मद्दत गर्ने माइक्रोम्यासको भनाई छ । यसमा रहेको पाँच इन्चको एफडब्ल्युभीजीए आइपीएस स्क्रिनले फोनलाई अत्यन्तै आकर्षक बनाएको, यसमा पाँच मेगाफिक्सेलको प्राइमेरी र..

    पानीको ट्यांकीमा पानी भरियो वा सकियो भनेर दिक्क हुनुहुन्छ भने अब आयो 'अटो गार्ड’ उपकरण

    मंगलवार, फागुन ४, २०७२ साल
    विराटनगर । सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका–४ का एक युवकले ‘अटो गार्ड’ नामक यन्त्र प्रयोगमा ल्याएका छन् । पानीट्यांकीमा राख्न सकिने सो उपकरणको सफल परीक्षण गर्दै निमेष खुलालले घरायसी प्रयोजनमा ‘अटो गार्ड’ले धेरै सजिलो पार्ने बताए । सो उपकरण प्रयोगमा ल्याइएमा ट्यांकीमा पानी सकियो भनेर हेरिरहनुपर्ने झन्झट व्यहोर्नु नपर्ने जनाइएको छ । इटहरीस्थित सुष्मा कोइराला मेमेरियल इन्जिनियरिङ कलेजमा भर्खरै डिप्लोमा इन्जिनियरिङ सक्नुभएका खुलालले..

    लेनोभोका स्मार्टफोनका विभिन्न रेन्ज बजारमा ल्याउने तयारी

    शुक्रबार, माघ २९, २०७२ साल
    काठमाडौं । नेपालमा लेनोभो स्मार्ट फोनको आधिकारिक वितरक लाइफकम प्रा.लि.ले नेपाली बजारमा स्मार्टफोनको विभिन्न रेन्ज बजारमा ल्याउने तयारी गरेको छ ।  ल्याबटप तथा कम्प्युटरहरुमा समेत राम्रो पहिचान बनाएको लेनोभो ब्राण्डका फोन ल्याउने पहिलो कम्पनी लाइफकम हो । कम्पनीका निर्देशक अमित अग्रवालले भने– सबैले ल्यापटपको लागि लेनोभो जस्तो शानदार ब्राण्डमै विश्वास गर्दछन् । यसको स्मार्टफोनमा शक्तिशाली मल्टिकोर प्रोसेसर र डिस्प्ले छ ।..

    जियोनी मोवाइलद्धारा उपभोक्ता ठगी, भने भन्दा कम विशेषता र गुणस्तर

    बिहिवार, माघ २१, २०७२ साल
    काठमाडौं । विश्वको अग्रणी मोवाइल फोन उत्पादक कम्पनी जिओनीका सेटहरुमा भने भन्दा कम विशेषता र गुणस्तर पनि नहुँने गरेको एक उपभोक्ताले बताएका छन् ।  राजधानीमा सरावगी टुर्सं एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका वीरेन्द्र सरावोगीले विहीबार पत्रकार सम्मेलन गरेर आफूले खरिद गरेको सो कम्पनीको एम५ मोडलको मोबाइल सेटमा कम्पनीले भने जस्तो विशेषताहरु नभएको र गुणस्तर पनि न्यून रहेको भन्दै आफै आफू ठगिएको..

    आईटी पार्कको जिम्मा दिए चार वर्षमा साच्चिकै आईटी पार्क बनाएर देखाउछौंः ढकाल

    बिहिवार, माघ २१, २०७२ साल
    काठमाडौं । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले राजनीतिमा बुढा पुस्ता हावी हुँदा नेपालको विज्ञान र प्रविधिको क्षेत्रको विकास हुन नसकेको बताएका छन ।  रिपोर्टर्स क्लबमा बुधबार उनले नयाँ प्रविधि प्रयोगमा बुढा पुस्ता अलि कमजोर हुने भएकोले यस क्षेत्रको विकास हुन नसकेको तर्क गरे । मन्त्री थापाले विज्ञान प्रविधि क्षेत्रको विकासको लागि सरकारको ध्यान जान नसकेकोले यो क्षेत्रको आशातित विकास हुन..

    माइक्रोम्याक्सको ‘क्यानभास प्लस ४जी इ४५१’ बजारमा, मूल्य रु. १८ हजार ३७०

    बुधबार, माघ २०, २०७२ साल
    काठमाडौं । स्मार्टफोन क्षेत्रमा लोकप्रिय भारतीय मोवाइल ब्राण्ड माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति ‘क्यानभास प्लस ४जी इ४५१’ नेपाली बजारमा भित्राएको छ । माइक्रोम्याक्सले न्यून आयस्तरका उपभोक्तालाई उपयुक्त सस्तो मूल्यका मोवाइल उत्पादनमा अगाडि रहेको छ । माइक्रोम्याक्सको ‘क्यानभास प्लस ४जी इ४५१’ एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टमबाट सञ्चालित छ । दुई वटा सिम प्रयोग गर्न सकिने यो मोवाइलमा रहेको ५ इन्च एचडी आईपीस स्क्रिनले..

    जियोनिले ल्यायो 'पी फाइभ डब्लु' नेपाली बजारमा, मूल्य ११ हजार ९९९ रुपियाँ

    मंगलवार, माघ १२, २०७२ साल
    काठमाडौँ । जियोनिले नेपालमा 'जियोनि पी फाइभ डब्लु' हिजोबाट बजारमा ल्याएको छ । यो मोडेल पाँच भिन्दाभिन्नै कालो, निलो, सुनौलो, गुलाबी र सेतो रंगहरुमा उपलब्ध छ  । पी फाइभ डब्लु मा पाँच इन्चको एच डी स्क्रिन, १६ जी बि इन्टरनल स्टोरेज र दुई जी बि ¥याम रहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा १ जी बि ¥याममा उपलब्ध पी फाइभ डब्लु नेपाली बजारमा..

    प्लास्टिकबाट पनि इन्धन निकाल्ने प्रविधि आयो

    शुक्रबार, माघ १, २०७२ साल
    रमेश लम्साल/काठमाडौं । तपाईँले फोहोर भनेर फाल्ने गर्नुभएको प्लास्टिक अबदेखि कहीँकतै नफाल्नु होला । प्लास्टिकको प्रयोग पुनः हुँदैन भन्दै जलाउने गर्नुभएको छ वा अरु केही गर्नु भएको छ भने त्यसो नगर्नु होला किनकी सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ ।   नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको छ । यससम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि..

    विद्युतीय सवारी साधनको विकासका लागि नाष्ट र एसियन ब्याट्रीजबीच समझदारी

    शुक्रबार, पौष २४, २०७२ साल
    काठमाडौं । नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले निजी क्षेत्रको ब्याट्री उत्पादक कम्पनी एसियन ब्याट्रीजसँगको सहकार्यमा विद्युतीय सवारी साधन विकासका लागि अनुसन्धान सुरु गर्ने भएको छ ।    नाष्टका प्रविधि महाशाखा प्रमुख डा. सुरेश ढुंगेल र एसियन ब्याट्रीजका प्रवन्ध निर्देशक सुरज लोहनीले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । नाष्टले विद्युतीय सवारी साधनका साथै ब्याट्रीको कार्यक्षमता विकासका लागि पनि अनुसन्धान गर्नेछ..

    नवीकरणीय उर्जा किन र कसरी जडान गर्ने ? जानकारी दिन भृकुटीमण्डपमा नवीकरणीय उर्जा प्रदर्शनी सुरु

    शनिबार, पौष १८, २०७२ साल
    काठमाडौं । उर्जाको भरपर्दो स्रोत हुने संभावना हुँदाहुँदै पनि सरकारको प्रभावकारी प्रोत्साहनमूलक कार्यक्रमको अभावले अघि बढन नसकेको नवीकरणीय उर्जाको प्रवद्र्धन र जनचेतना बढाउन राजधानीमा यससम्वन्धी प्रदर्शनी सुरु भएको छ ।  मुलुकले चर्को उर्जा संकट भोगिरहेको बेला वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आजबाट तीन दिने नवीकरणीय उर्जा प्रदर्शनी सुरु गरेको हो । कुल १२५ वटा स्टल रहेको प्रदर्शनीमा जलविद्युतदेखि सौर्य उर्जा, सुधारिएको चुलो,..

    माइक्रोम्यासको ‘क्यान्भास निट्रो ३’ बजारमा आयो, मूल्य रु. १५ हजार ८४०

    बुधबार, पौष १५, २०७२ साल
    काठमाडौं । भारतीय मोवाइल ब्राण्ड माइक्रोम्याक्सले नयाँ फोन ‘क्यान्भास निट्रो ३’ नेपाली बजारमा भित्राएको छ । अटोफोकस हुने १३ मेगाफिक्सेलको मुख्य क्यामरा रहेको यो फोनमा पाँच मेगाफिक्सेलको फ्रन्ट क्याम्रा पनि रहेको छ । इन्टरर्नल मेमोरी १६ गिगावाइट रहेको यस मोवाइल थप १६ गिगावाइट मेरोरी कार्ड प्रयोग गर्न सकिने जनाउँदै माइक्रोम्यासले मोवाइल किन्दा उक्त कार्ड निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।  यो फोन एन्ड्रोइड..

    दरबारमार्गमा पनि सिटिभीको मल्टिब्राण्ड शोरुम, एक हजारदेखि नौ लाखसम्मका मोवाइल बिक्रीमा

    मंगलवार, मंसिर २९, २०७२ साल
    काठमाडौं । सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम सञ्चालनमा ल्याएको छ ।  सोरुमको उद्घाटन पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दीपक मलहोत्रा र आइएमएसकै प्रेसिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्तरुपमा गरे ।  एक हजार हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस शोरुमबाट सामसुङ, हुवावे, सोनी, एचटीसी, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइललगायत..

    स्मार्टकार्ड चालक अनुमतिपत्र वितरण पुस २ गतेदेखि

    सोमबार, मंसिर २८, २०७२ साल
    काठमाडौं । यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ । मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।  एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री..

    माइक्रोम्यासको ‘क्यानभास ५इ४८१’ नेपाली बजारमा, मूल्य २१ हजार पाँचसय रुपियाँ

    बुधबार, मंसिर २३, २०७२ साल
    काठमाडौं । भारतीय मोवाइल ब्राण्ड माइक्रोम्याक्सलको नयाँ उत्पादन क्यानभास ५इ४८१ नेपाली बजारमा ल्याएको छ । विशेष किसिमको सिम प्रोसेसिङ रहेको यस फोन एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टमबाट सञ्चालित हुन्छ ।  दुईवटा सिम प्रयोग गर्न सकिने यस फोनमा १.३ गिगाहर्ज कोक्टा कोर प्रोसेसिङ रहनुका साथै ५.२ एचडी आइपीएस ओजीएस स्क्रिनले अतिरिक्त मज्जा थप्ने जनाइएको छ । कुल २१ हजार पाँचसय रुपियाँ मूल्य..

    आइफोनका नयाँ संस्करण नेपाली बजारमा, मूल्य ९० हजारदेखि एक लाख ३३ हजार रुपियाँसम्म

    शनिबार, मंसिर १२, २०७२ साल
    काठमाडौं । नेपालका आइफोनका पारखीहरुलाई खुशीको समाचार छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसनले आइफोनका नयाँ संस्करणहरु ‘सिक्स एस’ र ‘सिक्स एस प्लस’ नेपाली बजारमा ल्याएको छ ।  दुबै संस्करणका सेटहरु रोज गोल्ड, गोल्ड र स्पेस ग्रे कलरमा उपलब्ध छन् भने सबैमा एक वर्षको स्ट्यान्डर्ड एप्पल वारेन्टी पनि दिइएको जनाइएको छ । यसमध्ये ६४ गिगावाइट (जीबी)को आइफोनको मूल्य एक लाख..

    सुचना प्रविधिको विकासका लागि सगुन र क्यानबीच समझदारी

    शुक्रबार, मंसिर ४, २०७२ साल
    काठमाडौं । सगुन इङ्कर्पोरेशन र क्यान महासंघबीच नेपालको सूचना प्रबिधि क्षेत्रको बिकास र बिस्तारमा सम्भायता अध्ययनका लागि सहकार्य गर्ने समझदारी भएको छ। सूचना प्रबिधि क्षेत्रको छाता संगठन क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालीले सुरु गरेको सामाजिक सञ्जाल सगुन डटकमले देशको सूचना प्रबिधि क्षेत्रको बिकासमा टेवा पुर्याउन सक्ने बिश्वास लिदै क्यान महासंघ र सगुनबीच के के कुरामा सहकार्य हुन सक्छ अध्ययन गरी..

    माइक्रोम्याक्सको नयाँ 'क्यू३९२ क्यानभास जुइस३' बजारमा

    मंगलवार, मंसिर १, २०७२ साल
    काठमाडौं । भारतीय मोवाइल ब्राण्ड माइक्रोम्याक्सले नयाँ फोन क्यू३९२ क्यानभास जुइस३ नेपाली बजारमा ल्याएको छ । कम मूल्यका फोनहरुको उत्पादनमा लोकप्रिय रहेको माइक्रोम्यासको यो फोनमा ५.१ ल्लिपप ओस अपरेटिङ सिस्टम रहेको छ । यो अपरेटिङ सिस्टम स्मार्टफोनहरुमा प्रयोग हुने उत्कृष्ट सिस्टममध्येको एक हो । १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसरसहित सहज र तीब्र गतिमा चल्ने यो फोन पाँच इन्चको स्क्रिन रहेको छ..

    सामसुङ दशैं बोनान्जाको दोस्रो बजाज पल्सर २०० आरएसको विजेता घोषणा

    बिहिवार, कार्तिक १२, २०७२ साल
    काठमाडौं । सामसुङले सञ्चालन गरेको दशैं बोनान्जा नामक योजना अन्तर्गत सामसुङ नेपालले बजाजपल्सर २०० आरएस को दोस्रो विजेता घोषणा गरेको छ ।  यो योजनाअन्तर्गत हरेक दिन तीन जनाले ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जूम, ग्यालेक्सी एस सिक्स मोबाईल, हरेक दिन एक जनाले ग्यालेक्सी टयाब टि ७०५, हरेक १५ दिनमा एक जनाले बजाज पल्सर २०० आरएस र योजनाको अन्तिममा ग्राण्ड प्राइजमा एक जनाले..

    ‘सामसुङ जे२’ नेपाली बजारमा, मूल्य रु. १३ हजार ४९०

    बिहिवार, असोज २१, २०७२ साल
    काठमाडौं । सामसुङ नेपालले ‘सामसुङ जे’ संस्करण अन्र्तगतको अर्को नयाँ उत्पादन ‘सामसुङ जे२’ नेपाली बजारमा भित्राएको छ ।  थ्रीजी स्मार्टफोन फोनहरुमा थप सुदृढ गरी ल्याइएको यो फोन इन्टरनेट कनेक्शन र डाउनलोड तीब्र गतिमा हुने, क्यूएचडी सुपर एमोलेड स्क्रिन जस्ता विविध प्रकृतिका नयाँ गुणहरु रहेको शक्तिशाली फोन रहेको जनाइएको छ ।  तेह्र हजार ४९० रुपियाँ पर्ने यो फोन एक दशमलव तीन गिगाहर्ज कोर..

    ​सामसङ इलेक्ट्रोनिक्स “स्मार्ट महाउत्सव” योजना सुरु

    शनिबार, असोज १६, २०७२ साल
    काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको नेपालको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले दशैं र तिहारलक्षित “स्मार्ट महाउत्सव” योजना बजारमा ल्याएको छ । दुवै बिक्रेताले संयुक्तरुपमा ल्याएको यो योजना बिहीबारबाट सुरु भई आउँदो कार्तिक २९ गतेसम्म सञ्चालन हुनेछ । यो योजनामार्फत ग्राहकले सामसङ इलेक्ट्रोनिक्सको सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको खरिदमा आकर्षक पुरस्कार पाउन सक्नेछन् ।  सामसङ टिभीको कुनै पनि मोडल खरिदमा स्टेट..

    ​पानासोनिकका पाँच नयाँ फोन नेपाली बजारमा, मूल्य दुई हजार तीनसयदेखि साढे २२ हजारसम्म

    मंगलवार, असोज ५, २०७२ साल
    काठमाडौं । नेपालका लागि पानासोनिक मोबाइल फोनको आधिकारिक बिक्रेता एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले यसका पाँच नयाँ फोन नेपाली बजारमा ल्याएको छ ।  पानासोनिकका जीडी२२, टी१० लभ, पी५५ नोभा, पी५५ नोभा प्लस र इलुगा जेड फोनहरु बिक्री सुरु भएको छ । जीडी२२ फोनमा ६४ मेगावाइट स्टोरेज र ३२ गिगावाइट मेमोरी रहेको छ । दुई दशमलव चार इन्च डिस्प्ले र एक दशमलव तीन मेगाफिक्सेल..

    ​तीजको अवसरमा मोवाइल एक्सपोमा महिलालाई छुट

    सोमबार, भाद्र २८, २०७२ साल
    काठमाडौं । लगनखेलस्थित ललितपुर मलमा जारी मोवाइल एक्सपो २०७२ मा तीजको अवसरमा महिलाहरुलाई निःशुल्क प्रवेश र मोवाइल खरिदमा विशेष छुट दिइएको छ ।  एक्सपोको चौथो दिन झण्डै ७५ हजारले यसको अवलोकन गरेको आयोजकले जनाएको छ । तीजको अवसरमा दिइने छुटले मोवाइल खरिद गर्न आउने महिलाको संख्यामा उल्लेख्य वृद्धि हुने एक्सपोको आयोजक मोवाइल कम्प्लेक्सले जनाएको छ ।  हलसम्म एक्सपोमा दुई लाखभन्दा बढीले अवलोकन..
    Results 1485: You are at page 49 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast