बिहिवार, चैत्र २०, २०७६

    बिदेश

    अमेरिकाको लस–वेगासमा गोली चल्दा मर्नेहरुको सँख्या ५५ नाघ्यो

    सोमबार, असोज १६, २०७४ साल
    १६ असोज, काठमाडौँ ।  सँयुक्त राज्य अमेरिकाको लस वेगासमा अकस्मात भएको एक घटनामा अन्धाधुन्ध गोली प्रहारबाट मृत्यु हुने हरुको सँख्या ५५ नाघेको छ । घटनामा २ सय जनाभन्दा धेरै घाइते भएको तथा त्यसबाट थुप्रै प्रभावित भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा अवस्थित ‘मान्डेले बे रिजोर्ट एण्ड क्यासिनो’को बाहिरी एरियामा रहेको एक सांगीतिक कार्यक्रमस्थलमा एक्कासी अन्धाधुन्ध गोली प्रहार भएको..

    अमेरिकाको लस-वेगासमा गोली चल्यो, २० को मृत्यु, सय बढी घाइते

    सोमबार, असोज १६, २०७४ साल
    १६ असोज, काठमाडौँ ।  सँयुक्त राज्य अमेरिकाको लस वेगासमा अकस्मात भएको एक घटनामा गोली प्रहारबाट २० जनाको मृत्यु भएको छ । घटनामा एक सय जनाभन्दा धेरै घाइते भएको तथा त्यसबाट थुप्रै प्रभावित भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा अवस्थित ‘मान्डेले बे रिजोर्ट एण्ड क्यासिनो’को बाहिरी एरियामा रहेको एक सांगीतिक कार्यक्रमस्थलमा एक्कासी अन्धाधुन्ध गोली प्रहार भएको बताइएको छ..

    क्याटेलोनियाको जनमत संग्रह : 'स्पेनबाट अलग' हुने पक्षमा ९० प्रतिशत मत

    सोमबार, असोज १६, २०७४ साल
    बीबीसी १६ असोज, काठमाडौं ।  यही आइतबार युरोपको क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको छ । यसबैबीच स्पेनले भने निर्वाचनको यस परिणामलाई असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । निर्वाचन परिणामसँगै अब क्याटेलोनियालाई स्वतन्त्र देशकोरुपमा अस्तित्वमा आउने अधिकार प्राप्त भएको क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले दाबी गरेका छन् । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा..

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कदै

    सोमबार, असोज १६, २०७४ साल
    असोज ।  सँयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकको ११ दिने भ्रमणमा निस्कने भएका छन् । आगामी नोभेम्बर महिनामा हुने भनिएको अमेरिकी उच्च अधिकारीहरु सहितको राष्ट्रपति ट्रम्पको भ्रमण मुख्यगरी उत्तर कोरियाले लगातार गरेको परमाणु परीक्षणले निम्त्याएको संकटका विषयमा केन्द्रित रहने जनाइएको छ । सो अवसरमा राष्ट्रपति ट्रम्पले जापान, चीन, दक्षिण कोरिया, भियतनाम, फिलिपिन्स, र अमेरिकी राज्य हवाईको भ्रमण गर्ने गरी कार्यतालिका..

    संसारकै शक्तिशाली महिला ‘एंगेला मर्केल’ चौथोपटक जर्मन चान्सलर

    मंगलवार, असोज १०, २०७४ साल
    बर्लिन ।  जर्मनीमा एंगेला मर्केल चौथो पटक चान्सलरमा निर्वाचित भएपछि अहिले संसारभर उनको थप चर्चा हुन सुरु गरेको छ । हालै सम्पन्न निर्वाचनमा उनले नेतृत्व गरेको क्रिस्टियन डेमोक्र्याट (सिडियु) र क्रिस्टियन सोसल युनियन (सिएसयु) को गठबन्धन जर्मनीको सबैभन्दा ठूलो पार्टी बनेसँगै उनी पुनः जर्मन चान्सलर हुने पक्का भएको हो । यद्यपी, सिडियू–सिएसयूलाई जर्मन संसदमा ३३ प्रतिशत मत ७० वर्षे इतिहासमै प्राप्त..

    उत्तर कोरियाको आकाशमा अमेरिकी बमवर्षक तथा युद्व विमान

    आईतवार, असोज ८, २०७४ साल
    प्योङयाङ ।  अमेरिकी बमवर्षक विमान उत्तर कोरियाको पूर्वी तटको अन्तर्राष्ट्रिय हवाई आकाशमाथि पुगेको छ । अमेरिकी बमवर्षक तथा युद्व  विमान उत्तर कोरियाको त्यति नजिक पुगेको एक्काइसौ शताब्दीमै यो पहिलो पटक भएको समेत दावी गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघको महासभामार्फत उत्तर कोरियालाई ध्वस्त पार्नुको विकल्प नहुने बताएको केही दिनभित्रैमा ‘बि–वान–बि’ नामक बमबर्षक तथा ‘एफ–१५–सी’  युद्व बिमान  शनिबार उत्तरको आकाश नजिक..

    डोनाल्ड ट्रम्पले दिएको चेतावनी ‘कुकुरको भुकाई’ जस्तै हो : उत्तर कोरिया

    बिहिवार, असोज ५, २०७४ साल
    प्योङयाङ । उत्तर कोरियाका उच्च अधिकारीहरुले उत्तर कोरियालाई ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपूर्ण सम्बोधनलाई ‘भुकिरहेको कुकुरको आवाज’ को संज्ञा दिएका छन् । गत बुधबार राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पु¥याइरहेकाले उसलाई ध्वस्त पार्र्नुको विकल्प नरहेको भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । उत्तर कोरियाका विदेश मन्त्री रि–योङहोले हालै त्यसप्रति पहिलो..

    उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प छैन : डोनाल्ड ट्रम्प

    बुधबार, असोज ४, २०७४ साल
    न्यूयोर्क ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको उत्तर कोरिया समस्त विश्वका निम्ति खतरा बनेको दाबी गरेका छन् ।  सँयुक्त राष्ट्रसँघको ७२ औं महासभामा आफ्नो पहिलो सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई परमाणु अस्त्र बनाउन दिनु कसैको स्वार्थमा नरहेको तथा प्योङयाङ्गलाई अब परमाणु अश्त्रहीन गराउनुपर्ने बेला आएको बताएका हुन् ।  प्योङयाङ्गले खतरा उब्जाइरहे अमेरिकाका सामु उत्तर कोरियाको पूर्ण विनाश गर्नु..

    मेक्सिकोमा शक्तिशाली ७.१ रेक्टरको भूकम्प, १५० बढीको मृत्यु

    बुधबार, असोज ४, २०७४ साल
    मक्सिको ।  मंगलबार मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा पनि १ सय ५० जना बढीको ज्यान गएको छ । ७ दशमलव १ रेक्टर स्केल मापन गरिएको उक्त भुकम्पको चपेटामा परी राजधानी मेक्सिको सिटीका दर्जनौं घरहरु भत्किएका छन् । भुकम्पमा परी हजारौं मानिसहरु हराएकाले अहिले त्यहाँ खोजी तथा उद्दार कार्य जारी रहेको बताइएको छ । यसैबीच, स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको..

    इरानी सर्वोच्च नेताद्वारा अमेरिकाको चर्को आलोचना

    आईतवार, असोज १, २०७४ साल
    तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीले अमेरिकाले इरानसँग सन् २०१५ मा गरेको आणविक सम्झौतालाई उल्लंघन गर्न नहुने भएतापनि उसले आणविक सम्झौतालाई उल्लंघन गर्ने बाटोमा लागेको भन्दै त्यसको आलोचना गरेका छन् । खामेनीले यदि अमेरिकाले त्यसो गरेमा त्यो साँच्चै निन्दनीय कार्य हुने भन्दै त्यसतर्फ अमेरिकी प्रशासन सचेत बन्न समेत चेतावनी दिए ।  अमेरिकी प्रशासनले आणविक सम्झौताबारे भएको ‘संयुक्त बृहद् कार्ययोजना’ लाई लागू..

    अमेरिकामाथि ‘हाइड्रोजन बम’ खसाल्न उत्तर कोरिया तयार

    आईतवार, असोज १, २०७४ साल
    प्योङयाङ ।  युरोपमा उत्तर कोरियाका सांस्कृतिक सम्बन्धका विशेष प्रतिनिधी एलेग्जेन्ड्रा काओ डि बेनोले हालैको मिसाइल परिक्षणपछि त्यसको हमलाको प्रकृति हेर्दा उत्तर कोरिया अमेरिकामाथि हाइड्रोजन बम खसाल्न तयार भएको दाबी गरेका छन् ।   उनले उत्तर कोरिया आजको मितिसम्म अमेरिकाको कुनै पनि शहरलाई निशाना बनाउन सक्षम भएको भन्दै चेतावनी समेत दिएका छन् । एलेग्जेन्ड्रो काओ डि बेनो किम जोंगका सबैभन्दा नजिकका व्यक्तिमध्येका एक मानिन्छन्..

    परमाणु वैज्ञानिकसँग मुस्कुराउँदै देखिए 'किम जोङ उन'

    सोमबार, भाद्र २६, २०७४ साल
    प्योङयाङ । केसीएनएले आइतबार प्रकाशित गरेको तस्बिरमा उत्तर कोरियाली सर्वोच्च युवा नेता किम जोङ उन दुई जना वैज्ञानिकका साथ प्योङयाङस्थित पीपुल्स थिएटरमा मुस्कुराउँदै देखापरेका छन् । गत साता उत्तर कोरियाले सातारम्भमा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसिबिएम) मा हाइड्रोजन बम राखेर प्रहार गर्न सक्ने घोषणा र्गयो। यदि उत्तरले दाबी गरेबमोजिम उक्त परीक्षण सफल भएको हो भने आणविकीकरणको दिशामा यो उसका लागि महत्वपूर्ण उपलब्धि..

    म्यानमारमा रोहिंग्या विद्रोहीद्वारा एकतर्फी युद्धविराम घोषणा

    आईतवार, भाद्र २५, २०७४ साल
    म्यानमार । म्यानमारका लामो समयदेखि जारी हिंसाका बीच त्यहाँका अल्पसँख्यक रोहिंग्या मुस्लिम विद्रोहीहरुले एकतर्फीरुपमा युद्धविरामको घोषणा गरेका छन् । म्यानमारको पश्चिमी भागमा जारी संकट समधान गर्नका लागि एक महिना युद्धविराम घोषणा गरिएको रोहिंग्या बताएको हो । यसअघि पहिला आराकाना रोहिंग्या साल्वेशन आर्मीले सुरक्षा बलमाथि आक्रमण गरेको थियो । त्यसको जवाफमा दुई सातापछि म्यानमारको सेनाले सशस्त्र अभियान थालेको थियो । जसका कारण तीन..

    प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएपछि मानिसहरुको भागाभाग

    शुक्रबार, भाद्र २३, २०७४ साल
    मेक्सिको ।  मेक्सिकोको दक्षिणी तटीय क्षेत्र नजिकैमा अवस्थित प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको पिजिजियापान शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिममा भूकम्पको केन्द्रबिन्दू रहेको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । सर्भेका अनुशार कम्पन ७० किलोमिटर तलबाट भएको थियो ।  भूकम्पको धक्का मेक्सिकोको राजधानीसम्म महशुस गरिएको र सो धक्काबाट राजधानीका घरहरुमा हलचल मच्चिएपछि त्यस क्षेत्रमा बस्ने मानिसहरु बाटोमा..

    अमेरिकामा युवा आप्रवासी व्यवस्था कायम राख्न आग्रह

    शनिबार, भाद्र १७, २०७४ साल
    वासिङ्गटन डिसी, एकजना अमेरिकी बरिष्ठ रिपब्लिकन नेता एवम् प्रतिनिधि सभाका सभामुख पाउल रायनले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कागजपत्र नभएका युवा आप्रवासीलाई उनीहरुकै देश फर्काउनबाट रोक्ने व्यवस्थालाई फेरिपनि कायम राख्न आग्रह गरेका छन् ।  आगामी साता राष्ट्रपति ट्रम्पले गर्ने घोषणाका बेला ‘डाका’ भनिने सो कार्यक्रम रद्द गरिदिनेछन् भन्ने अनुमान गरिएका बेला रायनले यस्तो आग्रह गरेका हुन् ।  डाकाले अमेरिकामा गैर कानुनी रुपमा ल्याइएका..

    रुसी कन्सुलेट तत्काल बन्द गर : अमेरिका

    शनिबार, भाद्र १७, २०७४ साल
    सन फ्रान्सिस्को, सँयुक्त राज्य अमेरिकाले रुसलाई सन फ्रान्सिस्कामा रहेको उसका कन्सुलेट र दुईवटा व्यापार नियोगहरु बन्द गर्न आदेश दिएको छ । कन्सुलेट तथा न्यूयोर्क र वाशिङटनमा रहेका कार्यालयहरु शनिबारदेखि बन्द हुनुपर्ने बताइएको हो । गत महिना रुसले त्यहाँस्थित मस्कोबाट अमेरिकी कर्मचारीहरुलाई फिर्ता पठाइदिएपछि अमेरिकाको विदेश मन्त्रालयले पछिल्लो कारबाहीको घोषणा गरेको थियो । रुसमाथि अमेरिकी चुनावमा हस्तक्षेप गरेको तथा क्रिामियाप्रति उसले अन्याय गरेको..

    हराइरहेका आर्जे्न्टिनीबारे हजारौंको प्रदर्शन

    शनिबार, भाद्र १७, २०७४ साल
    आर्जेण्टिना, विगत एक महिना अघि प्याटागोनियामा भएको आदिवासी अधिकार सम्बन्धी प्रदर्शनका बेलादेखि हराइरहेका २८ वर्षीय स्यान्टियागो म्याल्डोन्याडाको खोजीको माग गर्दै अर्जेण्टिनाका मानव अधिकार अभियानकर्ताहरु, युनियन नेताहरु र बामपन्थी समुहहरुले मौरिसियो म्याक्रीको सरकारलाई खोजीमा थप प्रयत्न गर्न आग्रह गरेका छन् । अभियानकर्मीको खोजीको माग गर्दै अर्जेण्टिनाका विभिन्न शहरमा विरोध प्रदर्शन हुँदै आएको छ ।  घटनाका प्रत्यदर्शीहरुले म्याल्डोन्याडो गत अगष्ट १ तारिख दक्षिणी आर्जेण्टिनामा..

    अदालतले बदर गर्यो केन्याको राष्ट्रपति निर्वाचन

    शनिबार, भाद्र १७, २०७४ साल
    केन्यामा गत अगष्ट महिना भएको राष्ट्रपति निर्वाचनमा आएको नतीजालाई त्यहाँस्थित सुप्रिम कोर्टले बदर घोषणा गरेको छ । साथै, त्यहाँ आगामी नयाँ निर्वाचन ६० दिनभित्र गर्नका लागि पनि आदेश दिएको छ । स्मरण रहोस् केन्याको उच्च अदालतले गरेको सो फैसलालाई अफ्रिकी इतिहासमै सबैभन्दा तरिकाले हेर्न सुरु समेत गरिएको छ । कुल ६ सँख्यामा रहेको न्यायधिशहरुको टोलीमध्य जम्मा ४ न्यायाधिशले अगष्टमा सम्पन्न..

    जर्मनीका १४ बिश्वबिद्यालयमा पढाइन्छ संस्कृत

    बिहिवार, भाद्र १५, २०७४ साल
    जर्मनीको हाइडेलबर्ग बिश्वबिद्यालयमा हरेक दिन बिहान बैदिक मंगलोचारणको ध्वनी सुनिन्छ। गुरुदेवलाई प्रणाम गरेपछि संस्कृत भाषाको पढाई शुरु हुन्छ। संस्कृतका प्रारम्भिक शब्दज्ञान, शब्द विन्यासदेखि लिएर बोलीचाली गर्न सिकाइने सो कलेजका बिद्यार्थीहरु संस्कृतमै सम्बाद गर्छन। हाइडेलबर्ग बिश्वबिद्यालयबाट शुरु भएको संस्कृत भाषा सिकाइको अभियान अहिले जर्मनीका १४ बिश्वबिद्यालयमा फैलिएको छ। जबकि हिन्दी, नेपाली, तामिल भाषीहरुको बाक्लो बसोबास रहेको बेलायतमा जम्मा ४ वटा बिश्वबिद्यालयमा मात्र..

    दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्ने

    बिहिवार, भाद्र १५, २०७४ साल
    बेइजिङ– महिनौंको सीमा विवादपछि भारतीय सेना पछि हट्ने निर्णय भएसँगै भारत, चीन र भुटानबीचको विवादित भूमि दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्ने भएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनका गर्दै चीनले भुटानको विवादित उक्त भूमिमा आफ्नो सेनाले गस्ती गरिरहने बताएको हो । सो अवसरमा चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयियाङले दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद निम्त्याएको चिनियाँ सडक निर्माण कार्यले..

    अमेरिकामाथि तत्कालै हमला नगर्ने : उत्तर कोरिया

    बिहिवार, भाद्र १, २०७४ साल
    प्योङयाङ– उत्तर कोरियाली प्रमुख शासक किम जोन उनले सँयुक्त राज्य अमेरिकामाथि तत्कालै हमला नगर्ने बताएका छन् । उत्तर कोरियाले लामो समयदेखि अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाई हमला गर्ने योजना बनाएपनि नेता उनले उक्त योजना तत्कालैका लागि स्थगित गरिएको बताएका हुन् । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार नेता जोन उनले सैन्य क्षेत्रका वरिष्ठ अधिकारीहरूसँग व्यापक छलफल पश्चात् तत्कालै अमेरिका..

    बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र संघलाई अनुरोध

    मंगलवार, श्रावन ३१, २०७४ साल
    नेपाल विद्यार्थी संघले नेपालका बाढी पीडितलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई अनुरोध गरेको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्क पुगेको प्रतिनिधि मण्डलमा सहभागी नेबिसंघ अध्यक्ष नैनसिंह महरले नेपालमा ठूलो विपत्ती आइपरेको भन्दै सहयोगको आग्रह गरेका हुन् । महरले संयुक्त राष्ट्र संघको युवा सभामासम्बोधन गरेका थिए । त्यस्तै, अमेरीकास्थित जनसम्पर्क समितिको छुट्टाछुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघका..

    अब्दुल लतिफलाई मधुकर पुरस्कार

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँकें, साउन १४– साहित्यकार अब्दुल लतिफ शौकलाई स्व.प्रेम प्रकाश मल्ल मधुकर  पुरस्कारबाट सम्मान गरिएको छ । मल्लको ८२ औं जन्मजयन्तीको अवसरमा भेरी साहित्य समाज नेपालगन्जले मधुकरको नाममा स्थापित पुरस्कारबाट उर्दु साहित्यकार शौकलाई प्रदान गरेको हो ।  पुरस्कारको राशी ११ हजार १११ रुपिया रहेको छ ।  भेरी साहित्य समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सेना, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब सदस्य सचिव सनत रेग्मी, लुम्बिनी बाङमय..

    नेपालगन्जमा फोटो प्रदर्शनी

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगन्ज / अन्तराष्ट्रिय बाघ दिवसको अवसर पारि शनिबार नेपालगन्जमा  ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनी गरिएको छ ।  नेपालगन्जको होटल किचनहटमा आईतबारसम्म चल्ने प्रदर्शनीमा १ सय ५ वटा भन्दा वढी फोटो राखिएको आयोजक अन्तरालका टिम लिडर जयनारायण शाहले जानकारी दिए । अन्तरालको आयोजना र व्यवस्थापनमा आयोजना भएको प्रदर्शनीमा मूलुकभर खिचिएका वन्यजन्तु र प्रकृतिका आकर्षक र दुर्लभ तस्वीर समावेश गरिएको छ..

    सामसङ ‘ग्यालेक्सी एस८’ र ‘ग्यालेक्सी एस८ प्लस’ भित्रिए, यस्ता छन् विशेषता

    मंगलवार, श्रावन १७, २०७४ साल
    काठमाडौंः सामसङ इलेक्ट्रोनिक्सको नयाँ उत्पादनहरु ‘ग्यालेक्सी एस८’ र ‘ग्यालेक्सी एस८ प्लस’ नेपालमा भित्राएको छ । राजधानीमा बिहीबार एक कार्यक्रम गरी दुवै नयाँ स्मोर्ट फोनहरु लन्च गरेको हो ।  नयाँ डिजाइन र थुप्रै नयाँ विशेषतासहितका यी फोनहरुको मूल्य एक लाख रुपियाँ नजिक छ । ‘ग्यालेक्सी एस८’ लाई ८८ हजार नौसय रुपियाँ पर्छ भने ‘ग्यालेक्सी एस८ प्लस’लाई ९८ हजार नौसय रुपियाँ पर्छ ।  यस्ता..

    टिसिएलको 'एलइडी टिभी' र 'चेष्ट फ्रिजर'मा १५ हजारसम्म 'क्यास ब्याक'

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः विश्वकै उत्कृष्ट ब्राण्डद्धारा सम्मानित टिसिएलले यस नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै क्यासब्याक तथा उपहारको वर्षा योजना ल्याएको छ । अमेरिकामा सर्वाधिक रुचाइएको टिसिएल ब्राण्डको एलइडी टिभी र चेष्ट फ्रिजरको खरिदमा १५ हजारसम्म क्यास ब्यास प्राप्त हुनेछ ।  नेपालमा टिसिएलको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको इओएल प्रालिका अनुसार वासिङ मेशिनको खरिदमा सिजीको स्प्रे आइरन तथा एसीका सामग्रीमा फ्रि इन्ष्टलेशन सुविधा प्राप्त..

    विश्वज्योति मलमा सञ्चालनमा आयो मोवाइल मार्ट, मोवाइल महोत्सव पनि सुरु

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः राजधानीको मुटु जमलस्थित विश्वज्योति मलमा मोबाइल मार्ट सञ्चालनमा आएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा सञ्चालनमा आएको मार्टमा दर्जन भन्दा बढी ब्राण्डका मोबाइल बिक्री हुनेछ। विभिन्न मोबाइल ब्राण्डका मोबाइलका आधिकारिक बितरक कम्पनीका प्रमुख कार्यकारी अधिकृतले मार्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यसै अवसरमा १० दिने मोबाइल महोत्सव समेत सुरु गरिएको छ । यस अवसरमा पूरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पाइनुका साथै विशेष छुटमा..

    नयाँ बर्षमा गोद्रेजको ‘क्यास ब्याक’ तथा ‘एक्साइटिङ गिफ्ट अफर’

    शनिबार, चैत्र २६, २०७३ साल
    काठमाडौंः विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनको लागि प्रख्यात गोद्रेज ब्राण्डले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी ‘क्यास ब्याक’ तथा ‘एक्साइटिङ गिफ्ट अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकवर्गले गोद्रेजका सिग्नल डोर रेफ्रिजिरेटरहरुमा चार हजार पाँचसयसम्मको क्यास ब्याक, डबल डोरहरुमा सिजी मिक्चरहरुमा सिजीको स्प्रे आइरन तथा माइक्रोवेभहरुमा पिगनको फ्राइ प्यान पाइने छ ।  साथै, गोद्रेज ब्राण्डले नेपालमा पहिलो पटक..

    नयाँ बर्षका लागि एलजी ब्राण्डको यस्ता छन् अफर

    बुधबार, चैत्र २३, २०७३ साल
    काठमाडौंः एलजी ब्राण्डले नया“ वर्ष २०७४ को अवसरमा ‘सेलेब्रेट न्यू एयर लाइक नेभर विफोर’ नाराका साथ आङ्खनो योजना बजारमा ल्याएको छ । यस अवसरमा एलजीका हरेक सामग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुको व्यवस्था गरिएको छ ।  ग्राहकहरुको जीवनमा नया“ उत्साहजनक प्रत्याभुती दिलाउनु यस योजनाको मुख्य उद्देश्य रहेको एलजीको भनाई छ । एलजी होम इन्टरनेनमेन्ट अफरअन्तर्गत एलजी टिभीको खरिदमा दुई बर्षको पूर्ण वारेन्टी र..

    नयाँ बर्षका लागि सिजी ब्राण्डले ल्यायो ‘सिजी इजी अफर’ योजना

    मंगलवार, चैत्र २२, २०७३ साल
    काठमाडौंः नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा परिचित सिजीले नजिकिँदो नयाँ वर्ष २०७४ को अवसरमा ‘सिजी इजी अफर’ नामक योजना ल्याएको छ ।  विश्वस्तरीय प्रविधि सुपथ छ दाम, सर्वप्रिय सिजी सर्वगुण छ काम भन्दै सिजीले नयाँ योजना ल्याएको हो । यस योजनाअन्तर्गत सिजी ब्राण्डका रेफ्रिजिरेटर र एलइडी टिभी (२२–३२ इन्च)ेकोे खरिदमा २० प्रतिशतसम्म क्यासब्याक र ४के स्मार्ट टिभी, स्मार्ट टिभी, टुर्बो..
    Results 1485: You are at page 46 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast