बिहिवार, चैत्र २०, २०७६

    बिदेश

    यूरोपेली मुलुक ग्रीसमा बाढीका कारण १५ जनाको मृत्यु

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    एजेन्सी ३० कार्तिक ।  युरोपेली मुलुक ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीबाट मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।  रातभर परेको पानीका कारण आएको बाढीले ग्रिसको मध्य क्षेत्र बढी प्रभावित भएको छ । बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको..

    जिम्बाबे सेनालाई संवैधानिक व्यवस्थामा फर्कन एयुको आग्रह

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    एजेन्सी ३० कार्तिक ।  अफ्रिकी युनियन एयुले जिम्बाबेको सेनालाई तत्काल संवैधानिक व्यवस्थामा फर्कन आग्रह गरेको छ । सेनाले शक्ति आफ्नो नियन्त्रण लिदै राष्ट्रपति रोबर्ट मुगाबेलाई आफ्नै निवासमा नजरबन्दमा राखेको छ ।  सेनाको कदमलाई एयुले सैन्य कु को संज्ञा दिएको छ । एयु प्रमुख तथा गिनीका राष्ट्रपति अल्फा कोन्डेले जिम्बाबे सेनाले सत्ता हत्याउन चाहेको भन्दै तत्काल संबैधानिक व्यवस्था अनुसार चल्न आग्रह गर्नुभएको हो..

    अस्ट्रेलियामा समलिंगी विवाहले मान्यता पाउने

    बुधबार, कार्तिक २९, २०७४ साल
    एजेन्सी, कात्तिक २९ ।  अस्ट्रेलियाको एक ऐतिहासिक सर्वेक्षणमा समलिंगी विवाहको पक्षमा मतदान भएको छ । यो सर्वेक्षणमा ६१ दशमलव ६ प्रतिशत मानिसले समलैंगिक विवाहको पक्षमा मतदान गरेका छन् । सर्वेक्षणमा ७९ दशमलव ५ प्रतिशत मानिस सहभागी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  समलिंगी विवाहका बारेमा सरकारले आठ हप्तासम्म चलाएको पोस्टल सर्वेक्षणमा अधिकांश मानिसले यसको पक्षमा मतदान गरेका हुन् । यो सर्वेक्षणमा १..

    सिरियामा भएको हवाई आक्रमणमा ५३ जनाको मृत्यु

    मंगलवार, कार्तिक २८, २०७४ साल
    एजेन्सी २८ कार्तिक ।  सिरियाको बिद्रोही नियन्त्रित क्षेत्रमा भएको हवाई आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । एलेप्पोको एक व्यस्त बजार लगायत ४ क्षेत्रमा आक्रमण भएको हो । सो आक्रमण सिरिया सरकार वा रुसी समर्थक कसले गरेको भन्ने खुल्न नसकेको बीबीसीले उल्लेख गरेको छ ।  आक्रमणबाट १ सय बढी पसलहरु रहेको बजार पूर्ण रुपमा क्षतीग्रस्त भएको अधिकारवादी संघ–संगठनहरुले बताएका छन् । ..

    इरान–इराकमा शक्तिशाली भूकम्प, १ सय ३० भन्दा बढीको मृत्यु

    सोमबार, कार्तिक २७, २०७४ साल
    बिबिसी/एजेन्सीहरु इरानमा आएको शक्तिशाली भूकम्पमा परी मर्नेहरुको सँख्या १ सय ३० नाघेको छ । साथै, भूकम्पका कारण हजारौं मानिस घाइते भएको रिपोर्ट प्राप्त भएको छ ।  भूकम्पका कारण इरानका कैयौं गाउँ तथा शहरको विद्युत सेवा अवरुद्ध भएको छ । जोडदार धक्काका कारण त्यहाँका सडकहरु समेत क्षत विक्षत भएकाले राहत एवम् उद्दार कार्यमा समस्या देखिएको छ ।  ७ दशमलव ३ रेक्टर स्केल मापन गरिएको उक्त..

    रुसी राष्ट्रपति पुटिन स्वयम्ले आफैलाई अपमानित महशुष गर्छन् : ट्रम्प

    सोमबार, कार्तिक २७, २०७४ साल
    बिबिसी अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपको आरोपका कारण रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वयम्लाई अपमानित महशुष गरेको सँयुक्त राज्य अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।  भियतनाममा आयोजित एशिया–प्रशान्त सम्मेलनमा सहभागी हुनेक्रममा आफूहरुबीच भएको भेटपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । अमेरिककाको चुनावमा आफू वा आफ्नो देशको कुनै पनि प्रकारको भूमिका नरहेको पुटिनले स्पष्टरुपमा बोलेको ट्रम्ले उल्लेख गरेका हुन् ।  गत सन् २०१६ मा..

    इराकमा ४०० जनाको सामूहिक चिहान भेटियो

    आईतवार, कार्तिक २६, २०७४ साल
    एजेन्सी, कात्तिक २६। इराकमा कम्तिमा चार सयजनाको सामूहिक चिहान भेटिएको छ । इराकको हाविजा शहरमा कम्तिमा चार सयजनाको एकै ठाउँमा शव भेटिएको बिबिसीले जनाएको छ । सन् २०१३ देखि इस्लामिक स्टेट आइएसको  नियन्त्रणमा रहेको यो शहर गएको महिना इराकी सेनाले नियन्त्रण कायम गर्न सफल भएको थियो । किर्कुक शहरका गभर्नर रकान सइदले शहरको एयर बेसमा सामूहिक चिहान फेला परेको जानकारी दिनुभयो । प्रत्यक्षदर्शी..

    भ्रष्टाचारको आरोपमा साउदीमा थप दुइ सय भन्दा बढी व्यक्ति पक्राउ

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    एजेन्सी, कात्तिक २४ । भ्रष्टाचारको आरोपमा एक दर्जन राजकुमारलाई पक्राउ गरेको साउदी  अरवले सोही अभियोगमा दुइ सय भन्दा बढी व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।  ती सबैसँग सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ । पछिल्ला केही दशकमा संगठित भ्रष्टाचार र अनियमितताको माधयमबाट एक सय अर्ब डलरको अपचलन गरिएको त्यहाँका महान्यायाधिवक्ताले जानकारी दिएका छन् । तीन वर्षसम्म चलेको अनुसन्धानपछि गत शनिवार रातीदेखि..

    पाकिस्तानमा बस दुर्घटनामा २२ जनाको मृत्यु, ५१ घाइते

    बिहिवार, कार्तिक २३, २०७४ साल
    इस्लामाबाद, कात्तिक २३ । पाकिस्तानको एट्टोक जिल्लामा बुधबार राति भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । पन्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ । स्थानीय..

    द्वन्द्वग्रस्त मुलुक यमन चरम भोकमरीको चपेटामा

    बिहिवार, कार्तिक २३, २०७४ साल
    एजेन्सी २३ कार्तिक ।  यमनका बढ्दो भोकमरीप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । त्यहाँका लाखौँ सर्वसाधारण पछिल्लो एक दशक यताकै सबैभन्दा भयावह अनिकाल तथा भोकमरीबाट गुज्रिरहेको राष्ट्रसंघले जनाएको छ ।  तत्काल मानवीय सहायता र्पुयाउन नसकेको खण्डमा लाखौँ सर्वसाधारणले चरम अभाव सहनुपर्ने राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले जनाएको छ । जारी द्धन्द्धका कारण यमनका सर्वसाधरण भोकमरीको विषम परिस्थितीबाट गुज्रिरहेका छन् । लामो समयदेखि द्धन्दबाट गुज्रिरहेको..

    अमेरिकी राष्ट्रपति ट्रम्प चीन भ्रमणमा

    बुधबार, कार्तिक २२, २०७४ साल
    बेइजिङ, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । उनी बुधबार अपराह्न चीनको राजधानी बेइजिङ पुगेको जनाइएको छ । चीनको राजकीय भ्रमणकाक्रममा उनी बुधबार दक्षिण कोरियाबाट चीन पुगेका हुन् । एसिया भ्रमणकाक्रममा उनी गत आइतबार जापान पुगेका थिए । गत जनवरीमा ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक चीन भ्रमणमा आएका हुन् । दुई हप्तामात्रअघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट..

    यमनका विद्रोहीलाई इरानले भड्कायो : साउदी अरब

    बुधबार, कार्तिक २२, २०७४ साल
    एजेन्सी, कात्तिक २२ । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ । साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाउनु भएको छ । उहाँले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राख्नु भएको छ । इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनी समेत साउदीका राजकुमारले दिनुभएको छ । यद्यपी इरानले भने साउदीको आरोपलाई अस्वीकार..

    पेरिस जलवायू सम्झौतामा सिरियाको आगमन, अमेरिका बाहिरै

    बुधबार, कार्तिक २२, २०७४ साल
    एजेन्सी, कात्तिक २२। सिरिया जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा सहभागी हुने भएको छ । यसअघि जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिर रहँदै आएको सिरियाले सामेल हुने निर्णय गरेसँगै अब यो सम्झौताबाट बाहिर अमेरिकामा मात्रै रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा जलवायु परिवर्तन हावादारी कुरा रहेको भन्दै आफ्नो देश सम्झौताबाट बाहिने घोषणा गर्नुभएको थियो । सिरिया सम्झौतामा सामेल भएपछि अमेरिका..

    टेक्सासकोे हमलाकारीले परिवार र सासुसँग झगडा गरी चर्चमा गोली प्रहार गरेको खुलासा

    मंगलवार, कार्तिक २१, २०७४ साल
    एजेन्सी, कात्तिक २१ ।  अमेरिकाको टेक्सासस्थित एक चर्चमा अन्धाधुन्ध गोली प्रहार गरी २६ जनाको हत्या गर्ने डेविन प्याट्रिक केलीले गोली प्रहार गर्नु अघि सासुसँग झगडा परेको तथ्य बाहिर आएको छ ।  प्याट्रिकले रंगभेदी मनसाय वा धार्मिक कारणले गोली नचलाई पारिवारिक कारणले चर्चमा गोली प्रहार गरेको  स्थानीय अधिकारीको दावी छ ।  आफ्नो परिवार तथा श्रीमतीको परिवारसँग विवाद भएकाले उनले गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका..

    भ्रष्टाचार अभियोगमा राजपरिवारका सदस्य पक्राउ पर्नु सुरुवात मात्रै भएको साउदीको टिप्पणी

    मंगलवार, कार्तिक २१, २०७४ साल
    एजेन्सी, २१ कार्तिक ।  राजपरिवारकै सदस्यहरुलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेर सनसनीपूर्ण सन्देश दिएको साउदी अरेबियाले यो सुरुवात मात्र भएको टिप्पणी गरेको छ । राजपरिवारका सदस्य, बहालवाला मन्त्री र पूर्व मन्त्रीलाई पक्रनु भ्रष्टाचार विरुद्धको अभियानको सुरुवातमात्रै भएको साउदी महान्यायाधिवक्ताले प्रतिक्रिया दिनु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।  महान्यायाधिवक्ता शेख साउद अल मोजेबले विज्ञप्ति जारी गर्दै यो अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने दिशामा सुरुवात..

    क्याटलोनियाका पूर्व नेता पुज्डेमोनसँगै अन्य ४ पूर्व मन्त्री रिहा

    सोमबार, कार्तिक २०, २०७४ साल
    एजेन्सी, कार्तिक २०। बेल्जियमा आत्मसमर्पण गरेका क्याटलोनियाका पूर्व नेता कार्लस पुज्डेमोन र चारजना पूर्वमन्त्रीहरु रिहा भएका छन् । एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता पुज्डेमोनले आइतबार बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।  सरकारको अनुमति विना देश नछाड्न र बसोबारबारे सम्पुर्ण जानकारी उपलव्ध गराउन वेल्जियमको अदालतले उनीहरुलई निर्देशन दिएको छ । पुज्डेमन सहित ४ मन्त्रीहरु सर्त सहित रिहा..

    यमनीले प्रहार गरेको क्षेप्यास्त्र ध्वस्त पारेको साउदी अरेबियाको दाबी

    आईतवार, कार्तिक १९, २०७४ साल
    एजेन्सी, कात्तिक १९ ।  यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले रियाद विमानस्थल नजिकको आकाशमै ध्वस्त पारेको दावि गरेको छ ।  यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्रा्ष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको अन्तरािष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् ।  आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेको बताइएको छ । यसले साउदीको नियमित हवाई सेवामा..

    भ्रष्टाचारको आरोपमा साउदीमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्री पक्राउ

    आईतवार, कार्तिक १९, २०७४ साल
    एजेन्सी, कात्तिक १९ । भ्रष्टाचारको आरोपमा साउदी अरबमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्री पक्राउ परेका छन् । भ्रष्टाचार प्रतिबन्धको लागि गठन भएको नयाँ कमिटीले चार घण्टा नबित्दै उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेको बिबिसीले उल्लेख गरेको छ ।  हिरासतमा लिइएका व्यक्तिको नाम र के का लागि पक्राउ गरिएको भन्ने खुलाइएको छैन । यस्तै साउदी राष्ट्रिय सुरक्षा र नौसेना प्रमुखलाई..

    न्यूयोर्क हमलामा संलग्नलाई मृत्युदण्ड दिनुपर्छ : राष्ट्रपति ट्रम्प

    शुक्रबार, कार्तिक १७, २०७४ साल
    वासिंटन, कात्तिक १७ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गर्नु भएको छ ।  यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताउनु भएको ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने बताउनु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले ग्वान्तानामो पठाउने प्रक्रिया लामो र जटिल हुने भन्दै मृत्यु दण्डको माग गर्नु भएको हो ।  साइपोभले भने प्रहरीसँग न्यूयोर्कमा आक्रमण गर्दा..

    भारतको एनटीपीसी उर्जा केन्द्रमा विस्फोट, २६ को मृत्यु

    बिहिवार, कार्तिक १६, २०७४ साल
    एजेन्सी, कात्तिक १६। भारतको उत्तर प्रदेशस्थित एक ऊर्जा केन्द्रमा विस्फोट हुदा २६ जनाको मृत्यु  भएको छ भने अन्य ५९ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छने ।  उत्तर प्रदेशको रायबरेली जिल्लाको उंचाहरमा रहेको ‘नेशनल थर्मल कर्पोरेसन लिमिटेड’ (एनटीपीसी) ऊर्जा केन्द्रमा विस्फोट हुदाँ २६ जनाको मृत्यु भएको हो । विस्फोटमा परी घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ ।  ५ सय मेगावट..

    अब डीभी चिठ्ठा प्रणाली रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

    बिहिवार, कार्तिक १६, २०७४ साल
    काठमाडौं, १५ कार्तिक ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशका नागरिकलाई अमेरिकामा बसोबास गर्ने अवसर प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभी चिट्ठा प्रणाली रद्द गर्ने घोषणा गरेका छन् । अमेरिकामा आतंकवादी भित्रिएको दाबी गर्दै अब यो प्रणाली नै रद्द गरिने उनले बताएका थिए । यसअघि ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देश सम्बद्ध डीभी परेका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाइसकेका..

    आतङ्कवादलाई परास्त पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

    बुधबार, कार्तिक १५, २०७४ साल
    वासिङ्टन  १५ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै आतङ्कवादी क्रियाकलापलाई परास्त गर्ने प्रतिबद्धता जनाएको छन्। अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि दिएको प्रतिक्रियामा उनले सो कुराको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। संयुक्त राज्य अमेरिकाको स्थानीय समयानुसार मङ्गलबार दिउँसो लोअर म्यानह्याटनको सडकमा एक जनाले फुटपाथ र साइकल लेनमा ट्रक कुदाएर कम्तीमा आठ जनाको ज्यान लिएको थियो। न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस..

    दक्षिण कोरिया आणविक अश्त्र बनाउने पक्षमा छैन : राष्ट्रपति मुन

    बुधबार, कार्तिक १५, २०७४ साल
    सोल, १५ कात्तिक (रासस/एएफपी) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताएका छन् । दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उनले भने – ‘दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन ।’ राष्ट्रपति मुनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति..

    क्याटेलोनियामा स्पेनको प्रत्यक्ष शासन, संसद र मन्त्रिपरिषद् खारेज

    शनिबार, कार्तिक ११, २०७४ साल
    स्पेन, ११ कात्तिक ।  स्पेनका प्रधानमन्त्री मारियानो राखोयले नवगठीत क्याटेलोनियाको संसद भंग गरेर त्यहाँ प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गर्दै त्यहाँ प्रत्यक्ष शासन लगाएका हुन् ।  साथै, स्पेनका प्रधानमन्त्रीले अब क्याटेलोनियामा २१ डिसेम्बरमा नयाँ चुनाव गराउने समेत घोषणा पनि गरेका बीबीसीले जनाएको छ । साथै, प्रधानमन्त्री राखोयले आगामी सो..

    चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ नेतृत्व, पाँच नयाँ अनुहार

    बुधबार, कार्तिक ८, २०७४ साल
    बेइजिङ । भर्खरै सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व छनौट गरेको छ । गत बुधवारदेखि सुरु भएको सो अधिवेशन नयाँ नेतृत्व सार्वजनिक गर्दै सकिएको हो । यसपटकको चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशनले पाँच जना नयाँ अनुहार समेत छनौट गरेको छ । नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको हुने बताइएको छ ।    अधिवेशनले चीनको सबैभन्दा बढी शक्तिशाली निकाय पोलिब्यूरो स्थायी समितिका..

    चीनले बनायो संसारकै पहिलो प्रविधियुक्त 'स्वचालित विद्युतिय रेल'

    मंगलवार, कार्तिक ७, २०७४ साल
    छाङ्शा ।    संसारकै पहिलो तिब्रगतिको चालकरहित रेल सोमबार चीनको हुनान राज्य अन्तर्गत छाङ्सा शहरमा परिक्षण गरिएको छ। यसलाई सहरी यातायातको परिभाषामा बस, रेल र टार्मको क्रसका रुपमा ब्याख्या गरिएको छ।   तीन वटा डिब्बा भएको ३२ मिटर लामो र ७० किलोमिटर प्रति घण्टाको गतिमा कुद्ने यो रेलले एक पटकमा ३०० जना यात्रु बोक्न सक्छ। बिजुलीबाट चल्ने स्वचालित रेलमा सडक अध्ययन गर्न सक्ने प्रविधि..

    नेल्सन मण्डेलाको ‘लङ वाक टू फ्रिडम’ को नयाँ संस्करण सार्वजनिक

    बिहिवार, कार्तिक २, २०७४ साल
    जोहानेसबर्ग, कात्तिक २ ।  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको आत्मवृत्तान्त ‘लङ्ग वाक टु फ्रिडम’को नयाँ संस्करण सार्वजनिक गरिएको छ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा सार्वजनिक गरिएको उक्त पुस्तकमा मण्डेलाले आफ्नो मृत्यु हुनुअघि पूरा गर्न नसकेका सामग्रीहरु समावेश गरिएको बताइएको छ । मण्डेलाले मृत्युपूर्व बिरामी हुनुअघि कार्यालयमा आफूले बिताएको समयबारे १० वटा भागमा वृतान्त लेखेका थिए ।  बढ्दो उमेर र स्वास्थ्यका कारण मण्डेलाले पूरा..

    उत्तर कोरियासँगको वार्ता समयको बर्बादी मात्रै : अमेरिकी राष्ट्रपति

    बुधबार, असोज १८, २०७४ साल
    न्युयोर्क । सँयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता प्रयास समयको बर्बादीमात्रै भएको टिप्पणी गरेका छन् । अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियासँग थालेको वार्ता प्रयास अर्थहीन रहेको ट्रम्पको भनाई रहेको छ ।  वासिङ्टन र प्योङयाङबीच थालिएको वार्ताको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले आफ्ना विदेशमन्त्री रेक्स टिलर्सनलाई अनावश्यकरूपमा वार्ताको प्रयास गरेको भन्दा त्यसमा अब समय नखर्चिन समेत आग्रह गरेको बीबीसीले जनाएको छ ।   गत..

    चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै, लण्डनको भन्दा चार गुणा अग्लो हुने

    बुधबार, असोज १८, २०७४ साल
    हाङ्झाउ।   चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ ।   पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा चार गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले जानकारी दिएको छ। यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने..

    हङकङ : छैटौं प्रतिस्पर्धी अर्थतन्त्र, चीनको मुख्य भूमि २७ औं स्थानमा

    सोमबार, असोज १६, २०७४ साल
    १७ असोज, हङकङ । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) विश्वको छैटौं प्रतिस्पर्धी अर्थतन्त्रको सूचीमा उक्लिन सफल भएको छ । विश्व आर्थिक मञ्च (डब्लुईएफ)को ‘ग्लोबल कम्पिटेटिभ इन्डेक्स’मा हङकङ गत वर्षभन्दा तीन स्थान माथि उक्लिएको हो । उक्त सूचीअनुसार स्विट्जरल्यान्ड, अमेरिका, सिंगापुर, नेदरल्यान्ड्स र जर्मनी हङकङभन्दा माथि छन् । चीनको मुख्यभूमि भने २७औं स्थानमा छ । स्विट्जरल्यान्डस्थित मञ्चले हङकङलाई संसारको उत्कृष्ट पूर्वाधार संरचनाका लागि सराहना..
    Results 1485: You are at page 45 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast