बुधबार, जेष्ठ १४, २०७७

    बिदेश

    सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ

    आईतवार, पौष २३, २०७४ साल
    एजेन्सी, पौष २३ ।  सुविधा कटौती गर्ने सरकारको निर्णय विरुद्ध प्रदर्शनमा उत्रिएका साउदी अरबका ११ जना राजकुमार पक्राउ परेका छन् । साउदी सरकारले राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्ट्याउनु पर्ने मागसमेत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले छन् । यता साउदी..

    अमेरिकाले पाकिस्तानलाई लामो समयदेखि दिँदै आएको 'सुरक्षा सहयोग' रोक्ने

    शुक्रबार, पौष २१, २०७४ साल
    वासिङ्टन डिसी, २१ पुस :   अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका कारबाही पर्याप्त रुपमा नगरेको भन्दै सो सहायता रोक्ने निर्णय अमेरिकाले गरेको समाचारमा जनाइएको छ ।    पाकिस्तानमा आतङ्क मच्चाइरहेका हक्कानी नेटवर्क र अफगानिस्तानका तालिबानका विरुद्धमा पाकिस्तानले सशक्त रुपमा काम गर्न नसकेको अमेरिकी विदेश मन्त्रालयको आरोप..

    प्योङयाङको हिउँदे ओलम्पिक मागबारे दक्षिण कोरियाद्वारा वार्ता प्रस्ताव

    बिहिवार, पौष २०, २०७४ साल
    सोल, दक्षिण कोरिया, २० पुस  ।  दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ ।  उत्तर कोरियाका नेता किम जङ–अनले एउटा टोली हिउँदे ओलिम्पिकमा सहभागी हुन फेब्रवरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो ।  किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका  छन्  । केही..

    जाम्बियाका विदेशमन्त्री ह्यारी कालाबा द्वारा राजिनामा

    बिहिवार, पौष २०, २०७४ साल
    लुसाका, २० पुस । जाम्बियाका राष्ट्रपति इड्गर लङगुको कार्यालयले बुधबार विदेश मन्त्रीले राजीनामा दिएको जनाएको छ । विदेश मन्त्री ह्यारी कालाबाले दिएको राजीनामा कार्यालयलाई प्राप्त भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अमोस चान्डाले जानकारी दिए  ।  मन्त्री कालाबाले आफ्नो पदिय जिम्मेबारीबाट आफू मुक्त भएको उनले सामाजिक सञ्जाल फेसबुकबाट पनि सार्वजनिक गरेका थिए । भिडियो सन्देशमा उनले आफूलाई विदेश मन्त्रीका रूपमा देशको सेवा गर्ने अवसर दिएकोमा जाम्बियाका नेताहरूलाई..

    अफगानिस्तानमा सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित

    बुधबार, पौष १९, २०७४ साल
    काबुल, १९ पुस : अफगानिस्तानमा जारी द्वन्द्वको कारण सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष ती नागरिक विस्थापित भएका छन् ।  अफगानिस्तानमा जारी द्वन्द्वमा जनवरी सन् २०१७ को १ देखि ३१ डिसेम्बर सम्ममा ४ लाख ४५ हजार ३३५ नागरिक विस्थापित भएका जारी विज्ञप्तिमा जनाइएको..

    आर्थिक सहायताको बलदा पाकिस्तानले अमेरिकालाई धोका दियो : राष्टपति ट्रम्प

    मंगलवार, पौष १८, २०७४ साल
    एजेन्सी, पौष १८ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई सहयोग गरिरहेको आरोप लगाउनु भएको  छ । अमेरिकाबाट अर्बौ डलर सहयोग पाईसकेको पाकिस्तानले आफूलाई धोका दिदै आतंकवादलाई सहयोग गरिरहेको ट्रम्पको आरोप थियो । ट्रम्पले ट्वीट गर्दै अमेरिकाले विगत १५ वर्षमा ३३ अर्ब डलर भन्दा बढि सहयोग गरेपनि पाकिस्तानले मुर्ख बनाईरहेको उल्लेख गुर्नभएको छ । अमेरिकाले गत अगष्टमै पठाउने भनेको २५ करोड डलर..

    ब्राजिलको एक कारागारमा झडप, ९ को मृत्यु, सय भन्दा बढी कैदी फरार

    मंगलवार, पौष १८, २०७४ साल
    एजेन्सी १८ पौष ।  ब्राजिलको एक कारागारमा भएको झडपमा ९ जना कैदीबन्दीको मृत्यु भएको छ । हतियार सहितको एक समुहले विपक्षी समुहको क्षेत्रमा प्रवेश गरेपछि झडप सुरु भएको बीबीसीले उल्लेख गरेको छ । गोलीबारी सुरु भएपछि १ सय भन्दा बढी कैदी भागेका थिए ।  भागेका मध्ये ३० जना कैदीलाई भने पुन नियन्त्रणमा लिईएको छ । ब्राजिलमा क्षमता भन्दा बढी कैदी राखिने गरेका झडपका..

    उत्तर कोरिया द्वारा दक्षिण कोरियाको दुवै निमन्त्रणा स्वीकार

    मंगलवार, पौष १८, २०७४ साल
    सोल, १८ पुस ।  दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जे इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छ  । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए  ।  सो सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेका  छन्। शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण..

    जाम्बियामा हैजाको भयंकर प्रकोप, हालसम्म २ हजारको मृत्यु

    मंगलवार, पौष १८, २०७४ साल
    लुसाका, १८ पुस । जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ ।  स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताए ।  उनले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिए  । अधिकारीहरुले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरु गरेको पनि उनले  बताए  ।  मन्त्रालयले..

    अमेरिकालाई किमको धम्की: आणविक हतियारको साँचो सधैँ ‘मेरो टेबलमा’ छ

    मंगलवार, पौष १८, २०७४ साल
    न्यूयोर्क, संयुक्त राज्य अमेरिका, १७ पुस ।  उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन्।  नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरू (अमेरिकी) ले..

    फर्केर हेर्दा : सन् २०१७ मा विश्व, व्यक्ति, समाज र राष्ट्रका उतार-चढाव

    सोमबार, पौष १७, २०७४ साल
    काठमाडौं, १६ पुस  ।  सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा भयो  । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए  । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए । त्यस बाहेक..

    सीमा क्षेत्रमा आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चीनको चेतावनी

    शुक्रबार, पौष १४, २०७४ साल
    एजेन्सी, पौष १४ ।  चीनले सीमा क्षेत्रमा उत्तेजित गतिविधि नगर्न तथा  आफ्ना सैनिकलाई नियन्त्रणमा राख्न भारतलाई चेतावनी दिएको छ । लामो समय डोकलाममा चीन र भारतका सेनाबीच द्वन्द्व चलेको स्मरण गर्दै चीनले आगामी दिनमा त्यस   प्रकारका गतिविधि नदोर्होयाउन भारतलाई चेतावनी दिएको हो । चीनका रक्षा प्रवक्ता कर्णेल रेन गुआछियाङ्गले सन् २०१७ मा चीनले केही गम्भीर समस्यालाई सुझ–बुझपूर्ण ढंगले समाधान गरेको उल्लेख गर्दै तीमध्ये..

    अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा पूर्वफुटबलर जर्ज वे निर्वाचित

    शुक्रबार, पौष १४, २०७४ साल
    एजेन्सी १४ पौष ।  अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा जर्ज वे निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा पूर्वफुटबलर समेत रहेका वे निर्वाचित भएका हुन् ।  दोस्रो चरणको निर्वाचनमा वेले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ । यसअघि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो ।  दोस्रो चरणमा बहुमत मतदाताले पूर्व फुटबलर वेलाई..

    पुटिनद्वारा चौथो कार्यकालकालागि उम्मेदवारी दर्ता

    शुक्रबार, पौष १४, २०७४ साल
    मस्को, १३ पुस । रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गरेका छन् ।  आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरको  अधिकारीहरूले बताएका छन् ।  उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातीप्राप्त व्यक्तिहरू र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको बताइएको छ । पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहधानी र आवश्यक पर्ने हस्ताक्षर..

    न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु

    शुक्रबार, पौष १४, २०७४ साल
    काठमाडौं, १४ पुस । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । घाइते र मृतकको विस्तृत विवरण आउन अझै बाँकी छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।..

    युक्रेन सरकार र पृथकतावादी समूहबीच कैदीबन्दी आदान–प्रदान

    बिहिवार, पौष १३, २०७४ साल
    एजेन्सी, पौष १३ ।   युक्रेन सरकार र पृथकतावादी समुहबीच कैदीबन्दी आदान–प्रदान भएको छ । १५ महिना यताकै दुई समूहबीच भएको यो सबैभन्दा महत्वपूर्ण  एवं पहिलो सम्झौता हो ।  सन् २०१५ मा दुई पक्षबीच भएको मिन्स्क शान्ति सम्झौताका आधारमा कैदीबन्दीहरु आदानप्रदान भएको बीबीसीले उल्लेख गरेको छ ।  युक्रेन सरकारले बन्दी बनाएका २ सय ३० र रुस समर्थित विद्रोहीहरुले बन्दी बनाएका ७४ जनालाई आदान–प्रदान गरिएको..

    अघिल्लो सम्झौताबाट यौनदासी मुद्दा समाधान हुँदैन– कोरियाली राष्ट्रपति

    बिहिवार, पौष १३, २०७४ साल
    सोल, १३ पुस ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदासी  राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताएका छन्  ।  जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदासी राखेको विषयमा यी दुई देशबीच बिगत लामो समयदेखि विवाद उत्पन्न भइआएको छ । जसका कारण यी दुई देशबीच सन् २०१५ मा एक सम्झौता भएको थियो । त्यस..

    परमाणु कार्यक्रममा सहयोग गरेको भन्दै उत्तरकोरियाका अधिकारीमाथि अमेरिकामा प्रतिबन्ध

    बुधबार, पौष १२, २०७४ साल
    एजेन्सी, पुस १२ ।  अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रममा सहयोग गरेको भन्दै दुई जना उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रममा सघाउने किम जोग सिक र रि प्योंग चोललाई अमेरिकाले प्रतिबन्ध लगाएको विविसील उल्लेख गरेको छ ।  परमाणु कार्यक्रमका लागि ठोस इन्धनबाट सञ्चालन हुने मिसाइल विकास गर्न यी दुई अधिकारीको ठूलो हात रहेको अमेरिकाको ठहर छ ।  गत साता..

    रसियाली नेता नाभाल्नीको निर्वाचन बहिस्कार अभियान गैरकानूनी

    बुधबार, पौष १२, २०७४ साल
    मस्को, रसिया, पुस १२ ।  रसियाली अधिकारीले प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीद्वारा आगामी बर्षको मार्चमा हुने राष्ट्रपतीय निर्वाचन बहिस्कारको घोषणाले रसियाली कानूनको उल्लङ्घन गर्ने क्रेमलिनले मङ्गलबार जनाएको छ ।  रसियाको पछिल्लो चर्चित निर्णयमा यहाँको उच्च निर्वाचन निकायले सोमबार राष्ट्रपतिको उम्मेदवार बन्न चाहेका बहुचर्चित प्रतिपक्षी नेता नाभाल्नीलाई भ्रष्टाचार अभियोग लागेको भन्दै निर्वाचनमा सहभागी हुन नदिने निर्णयपछि नाभाल्नीले निर्वाचन बहिस्कार गर्न आग्रह गरेका थिए  ।  निर्वाचनको तयारीमा..

    भारतस्थित काश्मिरमा गोली हानाहान, लस्कर ए तोएबाका कमाण्डरको मृत्यु

    मंगलवार, पौष ११, २०७४ साल
    एजेन्सी, पौष ११ ।  प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा अर्धसैन्य बलसँग भएको दोहोरो गोली हानाहानमा मङ्गलबार विद्रोही समूहका एकजना  वरिष्ठ नेताको मृत्यु भएको छ।  भारत नियन्त्रित काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट करिब २८ किलोमिटर दक्षिणमा रहेको पुल्वाना जिल्लाको समबोओरा गाउँमा दोहोरो गोली हानाहान भएको थियो ।  पुल्वाना जिल्लामा गस्तीमा खटिएको भारतीय अर्धसैन्य बलको कारबाहीमा परी आतङ्ककारी समूह लस्कर ए तोएबाको एकजना वरिष्ठ कमाण्डर..

    भियतनाममा ‘तेम्बिन’ नामक आँधी आउने संकेत, ६२ हजार डुंगालाई माछा मार्न रोक

    मंगलवार, पौष ११, २०७४ साल
    एजेन्सी, पुस ११ ।  भियतनाममा शक्तिशाली ‘तेम्बिन’ नामक आँधी पुनः आउन सक्ने भन्दै सरकारले नागरिकलाई सचेत गराएको छ ।  फिलिपिन्सबाट भियतनातर्फ प्रतिघण्टा ५८ माइलको रफ्तारमा अघि बढ्दै गरेको आँधीले विनास निम्त्याउन सक्ने भन्दै सरकारले ७० हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न सचेत गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।  यसैबीच भियतनामको दक्षिणी प्रान्त ब्याकलेउका बासिन्दालाई विभिन्न विद्यालयमा सारिएको छ । भियतनामको मौसम पूर्वानुमान महाशाखाले दक्षिणपश्चिमी..

    रुसी विपक्षी नेता एलेक्से नभाल्नीद्वारा निर्वाचान बहिस्कारको अपिल

    मंगलवार, पौष ११, २०७४ साल
    मस्को, ११ पुस । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गरेका छन् ।  यहाँको निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ । आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा उक्त चुनावमा उठ्न वञ्चित गरेपछि उनले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गरेका हुन् ।  उनले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता..

    ट्युनिसियामा युएईको इमिरेट्स एयरलाइन्सको जहाज अवतरणमा प्रतिबन्ध

    सोमबार, पौष १०, २०७४ साल
    एजेन्सी, पुस १० ।  ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ ।  ट्युनिसियाका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई राजधानी ट्युनिसमा अवतरण गर्न नदिएको हो । ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दा अधिकारवादी संस्थाले विरोध गरेको तथा घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको..

    'इजरायल'मा रहेको ग्वाटेमालाको दुतावास 'जेरुसेलम'मा सार्ने तयारी

    सोमबार, पौष १०, २०७४ साल
    एजेन्सी १० पौष ।  लेटिन अमेरिकी मुलुक ग्वाटेमालाले इजरायलमा रहेको  आफ्नो दुतावास जेरुसेलममा सार्ने तयारी गरेको छ ।  जेरुसेलमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णय संयुक्त राष्ट्रसंघमा असफल भएपछि जारी तनावका बीच ग्वाटेमालाले पछिल्लो निर्णय गरेको हो ।  ग्वाटेमालाका राष्ट्रपति जिम्मि मोरालेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको छलफलपछि इजरायलस्थित दुतावास जेरुसेलममा सार्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्..

    फिलिपिन्समा आँधी र आगलागीमा २३७ को मृत्यु, राष्ट्रसंघद्वारा दुःख व्यक्त

    सोमबार, पौष १०, २०७४ साल
    दावाओ सिटी, फिलिपिन्स, १० पुस ।   फिलिपिन्समा भएका दुई ओटा ठूला घटनामा परी तीन दिनमा कम्तीमा पनि २३७ जनाको मृत्यु भएको समाचार छ । शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको सङ्ख्या अहिले सम्म २०० पुगेको छ भने शनिबार दावाओ सिटीमा रहेको एउटा सपिङ मलमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको आगलागीमा परी हराइरहेकामध्ये उनीहरुको मृत्यु..

    भ्रष्टाचारको अभियोग लागेका साउदी राजकुमारसंग ६ अर्ब डलर धरौटी माग

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ , १० पुस । साउदी अरबका राजकुमार अलवालेद बिनसँग अदालतले ६ अर्ब अमेरिकी डलर धरौटी माग गरेको छ । साउदी अरबको इतिहासमा तलालसँग मागिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो धरौटी रकम हो । राजकुमारसँग अदालतले ६ अर्ब अमेरिकी डलर धरौटी मागेपछि उनको स्वामित्वमा रहेको कम्पनीको ठूलो हिस्सा सुम्पनु पर्ने बताइएको छ ।  बिन तलालको ‘किङडम होल्डिङ’ कम्पनीको बजार मूल्य ९ अर्ब अमेरिकी डलर..

    फिलिपिन्सको एक सपिङ मलमा आगलागी हुँदा २५ जनाको मृत्यु

    आईतवार, पौष ९, २०७४ साल
    एजेन्सी ९ पौष ।  फिलिपिन्सको दक्षिणी क्षेत्रस्थित एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । दाभाओमा रहेको सपिङ मलमा स्थानीय समय अनुसार आज बिहानै आगलागी भएको हो ।   सपिङ मलभित्र फसेकाहरुको खोजी र उद्दार भइरहेको अधिकारीहरुले जनाएका छन् । सपिङ मलको चौथो तलामा रहेको कल सेन्टरमा रहेका धेरै कर्मचारीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।  कलसेन्टरमा फसेका कर्मचारीको..

    उत्तर कोरियाले कडा शब्दमा गर्‍यो नाकाबन्दीको विरोध

    आईतवार, पौष ९, २०७४ साल
    सोल, ९ पुुस । उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।  अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदामा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको बताइएको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा पहिले नै..

    चीनमा थर्मल प्लान्ट विष्फोट हुँदा चार जनाको मृत्यु

    आईतवार, पौष ९, २०७४ साल
    हाङझाउ, चीन, ९ पुस ।  चीनको पूर्वी क्षेत्रमा रहेको झेजियाङ प्रान्तमा रहेको एक ‘थर्मल पावर प्लान्ट’मा शनिबार विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । घटनामा पाँच जना घाइते भएका बताइएको छ ।  जियासिङ शहरको सिनफेङ क्षेत्रमा शनिबार मध्यान्न १ः४७ मा भएको उक्त दुर्घटनामा नौ जना घाइते भएपछि तत्कालै उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । विस्फोटमा सख्त..

    चेतावनीका बाबजुद 'अमेरिका विरुद्ध' मतदान, १ सय २८ राष्ट्र बिपक्षमा

    शनिबार, पौष ८, २०७४ साल
    संयुक्त राष्ट्रसङ्घ, ८ पुस  : राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरू विरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ ।  राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि गरेको मतदानमा अमेरिका विरुद्ध उभिएका छन् ।  अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन..
    Results 1558: You are at page 44 of 52
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 Next Last
    Weather Forecast