बिहिवार, जेष्ठ २२, २०७७

    बिदेश

    ताइवानमा शक्तिशाली भूकम्प, चारको मृत्यु, २२५ घाइते, १४५ बेपत्ता, उद्धार कार्य जारी

    बुधबार, माघ २४, २०७४ साल
    हुवालिन, २४ माघ ।  ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ ।  भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन् । उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन् ।  उनीहरुलाई..

    माल्दिभ्समा राजनीतिक संकट बढ्यो, सरकार र अदालतबीच तीब्र टकराव

    मंगलवार, माघ २३, २०७४ साल
    माले, २३ माघ : मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको  छ ।  गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव श्रीजना भएको हो ।  आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वाेच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो ।  मालदिभ्स्को सर्वाेच्च अदालतले बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।  उक्त फैसलाको..

    दक्षिण कोरियामा हुने ओलम्पिकमा उच्च तहका अधिकारी पठाउने उत्तर कोरियाको तयारी

    सोमबार, माघ २२, २०७४ साल
    एजेन्सी, माघ २२ ।  उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको छ । यस शीतकालीन ओलिम्पिक खेलकुदकाक्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो । उत्तर कोरियाले आफ्ना संसदका प्रमुख किम..

    पाकिस्तानमा आत्मघाती बम विस्फोट, ११ जनाको मृत्यु

    आईतवार, माघ २१, २०७४ साल
    एजेन्सी, माघ २१ ।  पाकिस्तानमा भएको आत्मघाती बम विस्फोटमा ११ जनाको मृत्यु भएको छ ।  खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पोट गराएको बताइएको छ । पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ ।..

    बेलायती प्रधानमन्त्री मेद्वारा ‘ब्रेक्जिट’ योजनाको आलोचना नभएको दावी

    आईतवार, माघ २१, २०७४ साल
    लण्डन, बेलायत, २१ माघ ।  बेलायती प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियनबाट बहिर्गमन बेलायती जनताको चाहना बमोजिम गरिएको निर्णय भएको शुक्रबार बताएकी छिन् ।  तीनदिनको चीन भ्रमणमा रहेकी  प्रधानमन्त्री मेले आफ्नै दल तथा विपक्षीबाटसमेत उनको नेतृत्व र ‘ब्रेक्जिट योजना’ माथि प्रश्न गर्दै दवाव दिइरहेको समय भएको कुराकानीमा आफू अप्रिलमा शुरु भएको बेलायतको इयूबाट बहिर्गमनको प्रक्रियालाई अघि बढाउन लागिपरेको बताइन्  । तर उनले बहिर्गमनपछि..

    अमेरिका - दक्षिण कोरियाली राष्ट्रपति फोनवार्ता, शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना

    आईतवार, माघ २१, २०७४ साल
    वासिङ्टन, २१माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच शनिबार बिहान फोनवार्ता भएको समाचार छ ।  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति इनलाई फोन गरेका थिए  ।  सो फोनवार्तामार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना गर्नुभएको सो विज्ञप्तिमा जनाइएको छ ।  दक्षिण कोरियामा यही फेब्रुअरी ९ देखि..

    ल्याटिन अमेरिकामा चीन र रुसको बढ्दो उपस्थिति खतराको संकेत : टिलर्सन

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौं, माघ १९ ।  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रुसको बढ्दो उपस्थितिले खतराको संकेत गरेको बताउनु भएको छ ।  ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्ससमा उहाँले लगानीमा चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको टिप्पणी गर्नु भयो ।  उहाँले ल्याटिन अमेरिकालाई रुस वा चीनसँग काम गर्नभन्दा अमेरिकासँग गर्न पनि आह्वान गर्नु भएको अन्तराष्ट्रि सञ्चारमाध्यमले..

    सिरियामा जारी चरम मानवीय संकटप्रति राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

    शुक्रबार, माघ १९, २०७४ साल
    एजेन्सी १९ माघ ।  सिरियाको बिद्रोही नियन्त्रित हामा प्रान्तमा पछिल्लो समय बढेको आक्रमणका कारण सर्वसाधारणले चरम मानवीय संकट व्यहोरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।  सन् २०१५ यता सिरियाका हिंसाग्रस्त स्थानमा मानवीय सहायता समेत पुग्न नसक्दा अवस्थाा जटिल बन्दै गएको राष्ट्रसंघले जनाएको छ ।  पछिल्लो पटक सिरियामा हालसम्मकै सुरक्षित मानिएको अल मगारा केभ अस्पतालमा भएको हवाई आक्रमणबाट अस्पताल पूर्ण रुपमा क्षतिग्रस्त..

    सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी विस्थापित

    बिहिवार, माघ १८, २०७४ साल
    नैरोबी, केन्या, १८  माघ ।  अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ ।  विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था (यूएन्एचसीआर) ले जनाएको छ ।  यूएन्एचसीआरका..

    उत्तर कोरिया अझै पनि खतरा हुनसक्छ – राष्ट्रपति ट्रम्प

    बिहिवार, माघ १८, २०७४ साल
    वासिङ्टन, १८  माघ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताएका  छन्  ।  मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उनले सो धारणा राखेका हुन्  । उनले भने– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ ।  उनले आफूले अर्थात..

    म्यानमारकी विदेशमन्त्री सुकीको निवासमा बम आक्रमण

    बिहिवार, माघ १८, २०७४ साल
      याङ्गुन, १८ माघ ।  म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।  सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उहाँको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ ।  पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले..

    अमेरिकाको पछिल्लो कदमले दुइ देशबीचको सम्बन्ध जटिल बन्यो : रुसी राष्ट्रपति

    बुधबार, माघ १७, २०७४ साल
    एजेन्सी, माघ १७ ।  अमेरिकाको पछिल्लो कदमले दुई देशबीचको सम्बन्ध जटिल बनेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ । गत वर्ष भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा प्रभाव पारेको भनिएका रुसका केही राजनीतिकर्मी र व्यापारीको सूची अमेरिकाले सार्वजनिक गरेपछि पुटिनको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाको यो सूची प्रतिबन्धसँग सम्बन्धित एक कानूनको एक हिस्सा भएको बताइएको छ ।..

    यमनको दक्षिणी शहर अदेन सेनासँगको संघर्षपछि पृथकतावादीको नियन्त्रणमा

    बुधबार, माघ १७, २०७४ साल
    काठमाडौं, माघ १७ ।  यमनको दक्षिण सहर अदेनलाई पृथकतावादीहरुले नियन्त्रणमा लिएका छन् । सरकारी सेनासँग संघर्षपछि पृथकतावादीले सहर आफ्नो नियन्त्रणमा लिएका हुन् । यमनका प्रधानमन्त्री अहमद बिन दागेरसहितका मन्त्रिपरिषदका सदस्यहरु राष्ट्रपति कार्यालयमा रहेका छन् । सेना र पृथकतावादी समूहबीच भएको भिडन्तमा ४० जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ ।  पृथकतावादीले अदेनस्थित सैनिक बेसक्यामलाई पनि नियन्त्रणमा लिएका छन् । यमनको सरकारले अदेनमा आफ्नो अस्थायी..

    सन् २०१७ सम्ममा ५५ लाख अफ्रिकी नागरिक विस्थापित : संयुक्त राष्ट्रसंघ

    बुधबार, माघ १७, २०७४ साल
    नैरोबी, केन्या, १७ माघ : अफ्रिकाका केही मुलुकबाट विस्थापित जीवन विताउन बाध्य अफ्रिकीको सङ्ख्या सन् २०१७ को अन्त्यसम्म ५५ लाख पुगेको संयुक्त राष्ट्रसंघद्वारा मङ्गलबार जारी प्रतिवेदनमा जनाइएको छ ।  विस्थापितमध्ये ४१ लाख नागरिक आन्तरिक रूपमा विस्थापित बनेका छन् भने १४ लाख नागरिक अफ्रिकी विभिन्न मुलुक, यूरोप तथा अमेरिकामा शरणार्थी जीवन विताइरहेका संयुक्त राष्ट्रसंघ मानवीय सहयोग मामिला हेर्ने संस्था (यूएन्एचसीआर) ले जनाएको..

    अमेरिकाको संघीय जाँच ब्युरो एफबिआईका उपनिर्देशक मकेबद्वारा पदबाट राजिनामा

    मंगलवार, माघ १६, २०७४ साल
    एजेन्सी, माघ १६ ।  अमेरिकाको संघीय जाँच ब्युरो एफबिआईका उपनिर्देशक एन्ड्रयु मकेबले पदबाट राजीनामा दिनुभएको छ ।  पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पबाट तीब्र आलोचना खेपिरहेका मकेबलाई नियतबस पदबाट राजीनामा दिन बाध्य बनाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आगामी मार्च महिनामा कार्यकाल समाप्त हुन लागेका मकेबलाई पद छाड्न बाध्य पारिएको जनाइएको छ । यद्यपी ह्वाइट हाउसले भने मकेबको राजीनामामा सरकारले कुनैपनि प्रकारको दबाब नदिएको..

    भारतको पश्चिम बंगालमा बस नदीमा खस्दा ३६ जनाको मृत्यु

    मंगलवार, माघ १६, २०७४ साल
    एजेन्सी १६ माघ ।  भारतको पश्चिम बंगालमा यात्रुबाहक बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ । ५० जना यात्रु सवार बस पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर नदीमा खसेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।   माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । बसका चालकले..

    निर्वाचन बहिस्कारको माग गर्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ परेका विपक्षी नेता नाभाल्नी रिहा

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  रुसमा राष्ट्रपतीय निर्वाचन बहिस्कारको आह्वान गर्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ परेका विपक्षी नेता एलेक्सी नाभाल्नी रिहा भएका छन् । मस्कोमा गरिएको प्रदर्शनकै क्रममा पक्राउ परेका नाभाल्नीमाथि लगाइएका सबै अभियोग खारेज गरी रिहा गरिएको हो । नाभाल्नीको पार्टीले सन् २०११ देखि पुटिनबिरुद्ध प्रदर्शन गर्दै आएको छ । नाभाल्नीलाई सन् २०१७ मा तीन पटक अनुमति बिर्नै याली निकालेको आरोपमा पक्राउ गरिएको थियो..

    यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहको नियन्त्रणमा

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ । राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा कम्तिमा १० जनाको मृत्यु भएको छ । संघर्षमा दर्जनौं मानिस घाइते भएका छन् । यमनको..

    यौन दुव्र्यवहारको आरोप लागेपछि स्टिभ विनद्वारा राजिनामा

    आईतवार, माघ १४, २०७४ साल
    एजेन्सी, माघ १४ ।  अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रिय समितिका आर्थिक मामिला प्रमुख स्टिभ विनले पदबाट राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने विनले राजिनामा दिएको बीबीसीले जनाएको छ ।  अमेरिकाको लस भेगस क्यासिनोका मालिक समेत रहेका अर्बपती विनलाई थुप्रै महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ । वाल स्ट्रिट जर्नलमा छापिएको समाचार अनुसार एउटा त्यस्तो..

    साउदी अरेबियाका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त

    आईतवार, माघ १४, २०७४ साल
    रियाद, १४ माघ ।  भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ ।  गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ ।  अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त..

    काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

    शनिबार, माघ १३, २०७४ साल
    काबुल, १३ माघ (रासस/एएफपी) : अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ ।  काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा..

    एफबिआइले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार छु : राष्ट्रपति ट्रम्प

    बिहिवार, माघ ११, २०७४ साल
    एजेन्सी ११ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू संघीय जाँच ब्यूरो एफबिआईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।  राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले एफबिआईका अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई बयान दिन आफू तयार रहेका बताएका हुन् ।  अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे भइरहेको छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भइनसकेको अन्तर्राष्ट्रिय..

    अफगानिस्तानमा भएको सुरक्षाकारबाहीमा २३ बन्दुकधारीको मृत्यु

    बुधबार, माघ १०, २०७४ साल
    एजेन्सी, माघ १० (रासस)। अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारीको ज्यान गएको छ । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार..

    लिबियामा भएको श्रृंखलाबद्ध बम बिस्फोटमा परी २७ जनाको मृत्यु, ३० घाइते

    बुधबार, माघ १०, २०७४ साल
    एजेन्सी, माघ १० । लिबियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा परी २७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० भन्दा बढी घाइते भएका छन् ।  लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र सर्वसाधारण पनि रहेका अधिकारीहरुले बताएका छन्..

    अमेरिकाको एक विद्यालयमा गोलाबारी हुँदा दुई विद्यार्थीको मृत्यु

    बुधबार, माघ १०, २०७४ साल
    एजेन्सी, माघ १० ।  अमेरिकाको केन्टकी राज्यमा भएको गोलाबारीमा दुईजनाको मृत्यु भएको छ । त्यहाँ रहेको एक उच्च माध्यमिक विद्यालयमा गोलाबारी हुँदा १५ वर्षका छात्र र एक छात्राको मृत्यु भएको विविसीले जनाएको छ ।  घटनामा अन्य १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको  अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको प्रहरीले..

    गत शुक्रबार देखि ठप्प अमेरिकी संघीय सरकारका कामकाज शुरु हुँदै

    मंगलवार, माघ ९, २०७४ साल
    एजेन्सी ९ माघ ।  अमेरिकाका दुवै सदनले संघीय निकायमा सरकारी कामकाज सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै गत शुक्रबारदेखि ठप्प भएको सरकारी कामकाज पुनः सुरु हुने भएको छ ।  डेमोक्रेट सांसदहरुले फ्रेबुअरी ८ सम्मका लागि सरकारी निकायलाई खर्च बजेट प्रदान गर्ने अस्थायी विद्येयकमा सहमती जनाएसँगै सरकारी कामकाज पुनस् सुरु गर्न बाटो खुलेको हो । डेमोक्रेटहरुले अस्थायी विद्येयकका लागि सहमती जनाएसँगै तल्लो र माथिल्लो सदबाट सो..

    अफगान सुरक्षा फौजको कारबाहीमा परी ५० लडाकू मारिए, १० गाँउ पुनः सेनाकै कब्जामा

    मंगलवार, माघ ९, २०७४ साल
    कुन्दुज, अफगानिस्तान, ९ माघ  : अफगानिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा परी ५० भन्दा बढी लडाकूहरु मारिएका छन् । कुन्दुुज प्रान्तमा तालिवान लडाकूहरू विरुद्ध गरिएको कारबाहीमा उनीहरु मारिएको र अरु ३० जना घाइते भएको पनि अफगानी सेनाका एक जना प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।  प्रवक्ता गुलाम हज्रात कारिमीले कुन्दुज प्रान्तको चार डारा जिल्लामा एक हप्ता अगाडीदेखि सुरु भएको सुरक्षा कारबाही अब..

    सिरियामा गरेको आक्रमणपछि टर्कीलाई संयम रहन अन्तराष्ट्रिय समुदायको आग्रह

    सोमबार, माघ ८, २०७४ साल
    एजेन्सी, माघ ८ ।  टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ । टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्रा्ष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ ।  उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले शनिबार राति हवाई आक्रमण पनि गरेको एक समाचारमा जनाइएको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ..

    डोनाल्ड ट्रम्पको अमेरिकी नेतृत्वमा एक बर्ष : ज्यादा विवादास्पद, नागरिक विभाजित

    आईतवार, माघ ७, २०७४ साल
    न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ७ माघ : सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उनि सम्भवत सवैभन्दा धेरै विवादास्पद बने ।  अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन् । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् ।  कर कटौती..

    युरोपेली युनियनले सन् २०२० देखि २०३०लाई मेलमिलापको दशक बनाउने

    आईतवार, माघ ७, २०७४ साल
    लिस्बोन, ७ माघ ।  पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टले सन् २०२० देखि २०३० सम्मको दशकलाई युरोपेली सङ्घसँग मेलमिलापको दशक बनाउने बताए  छन्।  कोस्टले पोर्चुगलस्थित अलेन्टेजो क्षेत्रको संयोजन र विकासका लागि क्षेत्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका पोर्चुगलको समाचार संस्थाले जनाएको छ ।  युरोपेली संघसँग सन् १९८६ देखि नै आवद्ध भएको कारण पोर्चुगललाई धेरै उपलब्धि भएको उनले बताए  ।   ..
    Results 1583: You are at page 43 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast