बुधबार, जेष्ठ २१, २०७७

    बिदेश

    अहिलेसम्मकै सबैभन्दा खराब अमेरिकी राष्ट्रपति बने ट्रम्प ! को बन्यो असल अमेरिकी राष्ट्रपति ?

    बिहिवार, फागुन १०, २०७४ साल
    एजेन्सी ,  १० फागुन ।  एजेन्सीका अनुसार अहिलेसम्मकै खराब अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प छानिएका छन् । ट्रम्पलाई अमेरिकाको लोकतन्त्रको २२९ वर्षको इतिहासकै सबभन्दा खराब राष्ट्रपतिका रूपमा दुईसय राजनीतिविशेषज्ञ तथा अमेरिकी जनताले छानेका हुन् । ट्रम्प ग्रेट प्रेसिडेन्ट सर्भेको ४४औं स्थान अर्थात् सबभन्दा अन्तिम स्थानमा रहे । यस सर्वेमा अमेरिकाका राष्ट्रपतिहरूलाई उनीहरूको उपलब्धि, असफलता, विवाद, छवि र उनको कार्यकालमा देशको स्थितिको आधारमा अंक दिइएको..

    गलत निशाना : रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए

    बुधबार, फागुन ९, २०७४ साल
    आर्बिन, सिरिया ९ फागुन : दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।  यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ ।  विद्रोहीको बलियो प्रभाव रहेको यस इलाकामा..

    नवविवाहित बेहुला ट्वाइलेट जाँदा विधवा भइन् बेहुली, आखिर के भएको थियो ?

    बुधबार, फागुन ९, २०७४ साल
    एजेन्सी,  फागुन ९ मानिसहरुका धेरै भुलहरु हुन्छन तर एक अनौठो घटना भारतमा घटेको छ जहाँ  भर्खर बिहे गरेका बेहुलाको लागि शौचालय जानु उन्को जीवनकै सबैभन्दा ठूलो भूल सावित भएको छ ।  यो न त उन्ले सोचेका थिए होलान् न त दुलहीले नै सोचेकी थिईन् । यो  घटना भारतको उत्तर प्रदेशको आगरामा भएको हो जहाँ बेहुला शौचालय जाँदा नवविवाहित बेहुली विधवा भएकी..

    सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु

    बुधबार, फागुन ९, २०७४ साल
    एजेन्सी, फागुन ९ ।  सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको विविसीले उल्लेख  गरेको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् । संयुक्त राष्ट्र संघले त्यहाँको अवस्था..

    यिनी जसलाई ‘बेबी’ भनेर बोलाउंथे, त्यहि "बेबी"ले लियो उन्को जीवन

    सोमबार, फागुन ७, २०७४ साल
    एजेन्सी– ७ फागुन ।  तपाईं पनि कुनै पनि जनावर पाल्नु भन्दा अगाडी सोचेर पाल्नु होला । किन ? यहि प्रसङ्गसंग मिल्दो जुल्दो एउटा घटना घटेको छ । यो प्रसङ्ग ड्यानिएल ब्राण्डनलाईको हो जो  बसिङ्गस्टोक ह्याम्प्सायरमा बसोबास गर्दै आइरहेका थिए । उनि सर्पका मालिक थिए जो ८ फिट लामो पाल्तु अजिङ्गरबाट मारिएका छन् । उनी सो अजिङ्गरलाई माया गरेर ‘बेबी’ भनेर बोलाउथें । ..

    इरान विश्वका लागि खतरा भएको इस्राएली प्रधानमन्त्री नेतन्याहुको आरोप

    सोमबार, फागुन ७, २०७४ साल
    म्युनिक, जर्मनी, ७ फागुन  ।  ‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिक सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्दै आइतबार बताएका छन्  ।  नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोष्टले लेखेको छ, “हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई पुनःलेखन गर्न दिने छैनौ । विश्वका लागि इरान खतरा भएको छ तर यो मेरो धारणा हो । एक पटक आणविक हतियारबाट सुसज्जित भएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न..

    ओटवास्थित नेपाली राजदूतावासले मनायो क्यानडामा पनि प्रजातन्त्र दिवस

    सोमबार, फागुन ७, २०७४ साल
    काठमाडौँ, ७ फागुन ।  अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो ।  त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा लागेको बताए ।  क्यानडामा रहेका नेपालीहरुको संस्थाका प्रतिनिधि प्रभाकर रेग्मीले क्यानडामा..

    क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडो भारत भ्रमणमा, सपरिवार ताज महलको दर्शन

    सोमबार, फागुन ७, २०७४ साल
    ओटावा, क्यानडा, ७ फागुन (रासस/एएनआई) : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सात दिन लामो भ्रमणका सिलसिलामा आइतबार भारत आएका छन् ।  भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ट्रुडोले ट्वीटरमा जनाए अनुसार उनको भ्रमण मुख्यतः भारत र क्यानडाबीचको सम्बन्ध सुधार तथा रोजगारीका अवसर सिर्जना गर्ने बिषयमा..

    एक ट्वीटले गरायो प्रधानमन्त्रीको डिभोर्स, थाहा पाउनुहोस आखिर के थियो कारण !

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौं, फागुन ६ ।  जस्टिन त्रुदो हाल आफ्नो परिवारका साथ भारत भ्रमणमा रहेका छन् । उनि क्यानडाका प्रधानमन्त्री हुन् । अहिले भारतमा उनि आफ्नो पत्नी सोफी जर्जिया र तीन बच्चाहरूका साथ समय बिताईरहेका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा उनको डिभोर्स भएको चर्चा खुबै चल्यो । यो घटना उन्को आफ्नै श्रीमतीसँग भएको भने होईन तर अर्कै युवतीसँग भएको हो  । अचम्मको कुरो..

    दक्षिणी इरानमा एक विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

    आईतवार, फागुन ६, २०७४ साल
    तेहरान, फागुन ६ । इरानमा एक विमान दुर्घटना हुँदा त्यसमा सवार ६६ जनाको मृत्यु भएको छ । असेमन एयरलाइन्सको विमानमा ६० यात्री, दुई सुरक्षाकर्मी र चालक दलका चार सदस्य सवार थिए । सो एयरलाइन्सले आफ्नो विमान दक्षिणी इरानमा दुर्घटना भएको र सबै यात्रीको मृत्यु भएको जनाएको छ । एयरलाइन्सका प्रवक्ता मोहम्मद ताघी टाबाटबइले इरानको टेलिभिजनलाई दिएको जानकारीअनुसार विमानमा सवार सबैको मृत्यु भएको छ..

    मेक्सिकोमा सरकारी अधिकारी सवार हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु

    आईतवार, फागुन ६, २०७४ साल
    एजेन्सी ६ फागुन ।  मेक्सिकोमा आएको शक्तिशाली भूकम्पपछि प्रभावित क्षेत्र अवलोकनका लागि गएको सरकारी कर्मचारी सवार हेलिकप्टर दुर्घटनामा परेको छ ।  सरकारी वरिष्ठ कर्मचारी सवार हेलिकप्टर दुर्घटना हँदा एक बालकसहित १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।  हेलिकप्टरमा मेक्सिकोका गृहमन्त्री र दक्षिणी क्षेत्र ओसाकाका गभर्नर पनि सवार रहेकामा नउीहरुलाई सामान्य चोटपटक मात्र लागेको बिबीसीले उल्लेख गरेको छ ।  हेलिकप्टर अवतरण गर्ने..

    चीनियाँ प्रहरीसंग छ अपराधी चिन्ने चस्मा !

    शुक्रबार, फागुन ४, २०७४ साल
    काठमाडौं, ४ फागुन । के तपाई चस्माको पारखी हुनुहुन्छ ? तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? हामी प्रायले लगाउने चस्मा पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबल इत्यादी विशेषताको हुन्छ । तर अनौठो बिशेषताको चस्मा चीनमा अहिले खुबै चर्चामा छ । हामीलाई झट्ट विस्वास गर्न मुस्किल होला तर यो चस्माले अपराधीलाई चिन्न सक्छ । चीनियाँ प्रहरीले अपराधीलाई पहिचान गर्नका निम्ती यो चस्मा लगाउन सुरु..

    दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाद्वारा पदबाट राजीनामा

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन ३ । दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले राजीनामा दिएका छन् । उनले बुधबार साँझ राष्ट्रका नाममा टेलिभिजनमार्फत सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । यसभन्दा पहिले उनलाई उनको पार्टी अफ्रिकन नेसनल कंग्रेस(एनएसी) ले बुधबार पद  छाड्न वा अविश्वासको प्रस्ताव सामना गर्न आग्रह गरेको थियो ।  ७५ वर्षीय जुमालाई लगातार पद छाड्न दवाव आइरहेको थियो । उनलाई उपराष्ट्रपति सिरिल रामापोसाका लागि ठाउँ..

    इजरायलका प्रधानमन्त्री नेतन्याहुमाथि भ्रष्टाचारको मुद्दा चलाउने प्रहरीको तयारी

    बुधबार, फागुन २, २०७४ साल
    एजेन्सी, फागुन २ ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि प्रहरीले भ्रष्टाचार, धोका दिएको र विश्वासघात गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउन पर्याप्त प्रमाण रहेको जिकिर गरेको छ । तर प्रधानमन्त्री नेतन्याहूले भने प्रहरीले लगाएको आरोपको ठाडै अस्वीकार गर्नु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँले आफू प्रधानमन्त्री मै रहने बताउनु भएको छ ।  प्रधानमन्त्री नेतन्याहूमाथि इजरायलको पत्रिका..

    दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्ष जेल सजाय

    बुधबार, फागुन २, २०७४ साल
      सोल, दक्षिण कोरिया, २  फागुन।  दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ ।  दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएकी थिइन्  ।  चोईलाई हिरासतमा लिएको १५ महिनापछि उनीमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक..

    अफ्रिकी मुलुक अल्जेरियामा स्वाईन फ्ल्युबाट २१ को मृत्यु

    बुधबार, फागुन २, २०७४ साल
    अल्जेरिया, २ फागुन ।  स्वाईन फ्ल्युको नामले चिनिने ‘एचवानएनवान इन्फ्ल्युन्जा’का कारण अल्जेरियामा २१ व्यक्तिको मृत्यु भएको छ ।  सो रोगबाट उनीहरुको मृत्यु भएको घटनाको स्थानीय सरकारी अधिकारीहरुले राज्यद्धारा संचालित टेलिभिजनमा मङ्गलबार पुष्टि गरेका हुन् ।  स्वास्थ्य मन्त्रालयको रोकथाम निर्देशक जामेल फौरारले दिएको जानकारीनुसार स्वाईन फ्ल्युको संक्रमणबाट मृत्यु हुनेमा चारदेखि ६५ बर्ष सम्मका नागरिकहरु रहेका छन ।  गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि स्वाईन..

    म्यानमारका हतियारधारी दुई जातीय समुहबीच युद्धविरामको घोषणा, सम्झौतापत्रमा हस्ताक्षर

    बुधबार, फागुन २, २०७४ साल
    म्यानमार, २ फागुन (रासस/एएफपी) : म्यानमारका हतियारधारी दुई जातीय समुहकाबीचमा मङ्गलबार राष्ट्रिय युद्धविराम सम्झौतामा हस्ताक्षर भएको छ ।  यस युद्धविराम सम्झैताबाट लगातार झगडा गरिररहेका यी दुई समुह शान्ति प्रक्रियातर्फ लाग्ने सरकारको तर्फबाट आशा गरिएको छ ।  शान्ति सम्झौतासँगै दुवै पक्षको युद्ध सधैका लागि अन्त्य हुने म्यानमारको सरकारले विश्वास व्यक्त गरेको छ ।  द न्यु मोन स्टेट पार्टी (एनएमएसपी) नामक समुह र लाहु डेमोक्रयाटिक..

    अमेरिकाको न्यूयोर्क विश्वका धनी शहरको सूचीमा, लण्डन दोस्रो स्थानमा

    सोमबार, माघ २९, २०७४ साल
    एजेन्सी, माघ २९ ।  विश्वका धनी शहरको सूचीमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ । न्यू वल्र्ड वेल्थले रिपोर्टले विश्वका धनी १५ शहरको सूची सार्वजनिक गरेकोमा न्यूयोक पहिलो नम्बरमा परेको हो । यसैगरी बेलायतको लण्डन दोस्रो, जापानको टोकियो तेस्रो र अमेरिकाको सनफ्रान्सिस्को चौथो नम्बरमा छन् । पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाई परेका छन् । भारतको मुम्बई पनि विश्वको..

    नाइजेरियाको विद्रोही समूह बोकोहरामको नियन्त्रणमा रहेका १३ जना नागरिक मुक्त

    आईतवार, माघ २८, २०७४ साल
    एजेन्सी २८ माघ ।  नाइजेरियाको विद्रोही समूह बोको हरामले कब्जामा लिएका १३ जना नागरिकलाई कब्जा मुक्त गरेको छ । गत बर्ष मैदुगुरीमा तेल अन्वेषणमा रहेका उनीहरुलाई बोको हरामले नियन्त्रणमा लिएको थियो ।  कब्जा मुक्त हुनेमध्ये १० जना महिला रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । रेडक्रसको पहलमा उनीहरु रिहा भएको नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले जानकारी दिनुभयो ।  रिहा गरिएकालाई हेलिकप्टरबाट उद्धार गरी मैदुगुरी..

    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न कटिवद्ध छौ : अमेरिका

    आईतवार, माघ २८, २०७४ साल
    एजेन्सी २८ माघ ।  अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर दक्षिण कोरियासँग भएको सहमतिमा दुवै मुलुक कटिबद्ध भएको स्पष्ट पारेको छ ।  दक्षिण कोरियामा जारी वीन्टर ओलम्पिकमा उत्तर कोरिया समेत सहभागी भएपछि दुई मुलुकबीच सम्बन्ध सुधार हुनसक्ने आंकलनकाबीच अमेरिकी उपराष्ट्रपति माईक पेन्सले दक्षिण कोरियासँगको समझदारी कायमै रहेको बताएका हुन् ।  वीन्टर ओलम्पिकको उद्घाटन समारोहमा सहभागि भई फकर्ने क्रममा उपराष्ट्रपति पेन्सले उत्तर कोरियामाथि दबाब..

    हिउँदे ओलम्पिक संगै दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

    आईतवार, माघ २८, २०७४ साल
    सोल, माघ २८ माघ । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगे  ।  उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषदमा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गर्ने निर्णय पनि भयो ।  सोही बमोजिम दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगे । उनको यो स्वागत कार्यक्रमको..

    युवती बनेर भारतीय वायुसेनाका ‘ग्रुप क्याप्टेन’लाई यसरी फसाए जासुसले

    शुक्रबार, माघ २६, २०७४ साल
    एजेन्सी, माघ २६ ।  जासुसको एक समूहले फेसबुकमा युवती बनेर भारतीय वायुसेनाका एक ‘ग्रुप क्याप्टेन’सँग अन्तरङ्ग कुरा गर्दै महत्वपूर्ण दस्तावेज हासिल गरेको तथ्य सार्वजनिक भएको छ ।  भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो । अरुण मारवाह नाम गरेका भारतीय वायुसेनाका ती ‘ग्रुप क्याप्टेन’माथि करिब १०..

    जर्मनीमा वर्तमान चान्सलर मर्केलको पार्टी र वामपन्थी पार्टीबीच गठबन्धन सरकार बन्ने निश्चित

    बिहिवार, माघ २५, २०७४ साल
    एजेन्सी २५ माघ ।  जर्मनीमा गठबन्धन सरकार बन्ने भएको छ । वर्तमान चान्सलर एञ्गेला मर्केलको कन्जरभेटिभ पार्टी र मध्य वामपन्थी सोसल डेमोक्रयाट्स पार्टी बीच गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो । सहमतिसँगै गत सेप्टेम्बरमा भएको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले पराजय बेहोरेपछि उत्पन्न राजनीतिक गतिरोधको समेत अन्त्य भएको छ । निर्वाचन भएको चार महिना बितिसक्दा पनि त्यहाँ नयाँ सरकार गठन हुन सकेको थिएन..

    विभिन्न देशको आग्रहलाई अस्वीकार गर्दै सैन्य परेड गर्ने उत्तरकोरियाको तयारी

    बिहिवार, माघ २५, २०७४ साल
    एजेन्सी, माघ २५ ।  दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकलाई मध्यनजर गर्दै सैन्य परेड नगर्ने बताएको उत्तर कोरियाले अन्तिम समयमा आएर सैन्य परेड गर्ने भएको छ ।  सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेबु्ररी ८ तारिकमा सैन्य परेड आयोजना गर्दै आएको उत्तर कोरियाले यो वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । विश्वका विभिन्न देशले उत्तर कोरियालाई सैन्य परेड नगरेर ओलम्पिक खेललाई सहयोग गर्न..

    समस्याको समाधान संकटकाल घोषणा होइन : संयुक्त राष्टसंघ महासचिव

    बुधबार, माघ २४, २०७४ साल
    एजेन्सी, माघ २४ ।  संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान नभएको बताएका हुन् । उनले मालदिभ्समा विकसित पछिल्लो स्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको उल्लेख गरे ।   उनले देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गरे । सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत गर्नु र..

    अमेरिकाद्वारा विश्वकै सबै भन्दा शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण

    बुधबार, माघ २४, २०७४ साल
    एजेन्सी, माघ २४ ।  अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट आज विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको अधिकारीहरुले बताएका छन् । अहिलेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार बहन गर्न सक्ने अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्पेक्स..

    घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्वारा सिरियाको निन्दा

    बुधबार, माघ २४, २०७४ साल
    संयुक्त राष्ट्रसंघ, २४ माघ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाएका छन् ।  उनले यस्तो कार्य मानवीय आधारभूत अधिकारका विरुद्धको कार्य भन्दै नागरिकको बाँच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथि यस्तो हतियारको प्रयोग गर्नु भनेको पनि जघन्य अपराध हो भनेका छन्  ।  गत हप्तामात्र पनि अमेरिकाले..

    ताइवानमा शक्तिशाली भूकम्प, चारको मृत्यु, २२५ घाइते, १४५ बेपत्ता, उद्धार कार्य जारी

    बुधबार, माघ २४, २०७४ साल
    हुवालिन, २४ माघ ।  ताइवानमा बुधबार विहान शक्तिशाली भूकम्प गएको समाचार छ । त्यसमा परी चार जनाको ज्यान गएको छ भने अरु २२५ जना नराम्ररी घाइते भएका बताइएको छ ।  भूकम्पमा परी अरु १४५ जना हराइरहेका छन् । साथै युनमेन नामक एक व्यापारिक भवनमा १४३ जना च्यापिएर रहेका छन् । उक्त व्यापारिक भवन आंशिक रुपमा भत्किएका कारण नागरिकहरु भवनको चेपुवामा परेका छन् ।  उनीहरुलाई..

    माल्दिभ्समा राजनीतिक संकट बढ्यो, सरकार र अदालतबीच तीब्र टकराव

    मंगलवार, माघ २३, २०७४ साल
    माले, २३ माघ : मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको  छ ।  गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव श्रीजना भएको हो ।  आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वाेच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो ।  मालदिभ्स्को सर्वाेच्च अदालतले बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।  उक्त फैसलाको..

    दक्षिण कोरियामा हुने ओलम्पिकमा उच्च तहका अधिकारी पठाउने उत्तर कोरियाको तयारी

    सोमबार, माघ २२, २०७४ साल
    एजेन्सी, माघ २२ ।  उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको छ । यस शीतकालीन ओलिम्पिक खेलकुदकाक्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो । उत्तर कोरियाले आफ्ना संसदका प्रमुख किम..
    Results 1580: You are at page 42 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast