शनिबार, आषाढ २७, २०७७

    बिदेश

    पानुमजोममा बस्ने भनिएको दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित

    बुधबार, जेष्ठ २, २०७५ साल
    सोल, २ जेठ उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ ।  बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ ।  उत्तर कोरियाले दक्षिण कोरियामा जारी रहेको दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यासको विरोधगर्दै सो बैठक..

    कर्नाटक विधानसभा चुनाव नतिजा २०१८ : काँग्रेसको पकड रहेको कर्नाटकमा मोदीको पार्टी बिजेपीको प्रभुत्व !

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, जेठ १  कर्नाटक विधानसभाको २२२ सिटको पुरै परिणाम आईसकेको छ । बीजेपी सबै भन्दा ठुलो पार्टी बनेर उभिएको छ  तर उसलाई बहुमत भने प्राप्त भएन । बहुमतको सरकार बनाउन ११२ सिट ल्याउनुपर्छ । मोदीको बीजेपी कांग्रेस भन्दा धेरै अगाडी रहेको छ तर उसले बहुमत भने पाएन । यस स्थितिमा पूर्व पीएम एचडी देवगौडाको पार्टी जेडीएस किंग मेकरको रुपमा रहेको छ अर्थात् जेडीएसलाई जस्ले रुझाउन सक्यो..

    भारतका प्रम मोदीको चेतावनीका बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको पत्र

    मंगलवार, जेष्ठ १, २०७५ साल
    नयाँदिल्ली, १ जेष्ठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन् ।  प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गरेका छन् ।  कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ ।  गत..

    चर्चमा आक्रमण हुँदा इण्डोनेशियामा नौ जनाको मृत्यु, दर्जनभन्दा बढी मानिस घाइते

    आईतवार, बैशाख ३०, २०७५ साल
    काठमाडौँ, बैशाख ३०  इण्डोनेशियाको दोस्रो ठूलो सहर सुरबयामा भएको आत्माघाती आक्रमणमा परी कम्तिमा नौ जनाको ज्यान गएको छ। तीनवटा चर्चमा भएको आक्रमणमा परी दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।  स्थानीय समयअनुसार बिहान साढे सात बजे आक्रमण भएको बताइएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले नलिएको इण्डोनेशियाको प्रहरीले जनाएको छ । यसैबीच इण्डोनेशियाली गुप्तचर विभागले जनाएअनुसार इस्लामिक संगठनबाट प्रेरित कुनै समूहले घटना गराएको हुन सक्ने..

    सिंगापुरमा हुन लागेको शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण कदम हुने धारणा !

    शुक्रबार, बैशाख २८, २०७५ साल
    सिंगापुर, २८ वैशाख सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा हुने भएको छ । प्रधानमन्त्री लिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटको प्रतिउत्तरमा भनेका छन्..

    आफ्नै रगत-पसिना लगानी गरेको पार्टीविरुद्ध किन लडे त माथिर मोहम्मद ?

    बिहिवार, बैशाख २७, २०७५ साल
    एजेन्सी, बैशाख २७  बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा ९२ वर्षीय महाथिर मोहमदले भने– हो, म अझै जिउँदै छु। महाथिरको यो भनाइसँगै भएको बिहीबारको सूर्योदय दक्षिण पूर्वी एसियाली मुलुक मलेसियाका लागि धेरै अर्थमा नौलो थियो। बिट्रिस उपनिवेशबाट १९५७ मा स्वतन्त्र भएपछि लगातार शासन गरिरहेको गठबन्धन चुनावमा पराजित भयो। महाथिरको पकाटान हारापन (आशाको गठबन्धन)ले २२२ मध्ये ११३ सिटमा जित हात पार्‍यो। सत्तारुढ बरिसन नेसनल ७९ सिटमा..

    थुना रहेकी दक्षिणी कोरियाली पूर्व राष्ट्रपति पार्क गेउन हाई उपचारका लागि अस्पताल भर्ना

    बिहिवार, बैशाख २७, २०७५ साल
    सोल, २७ वैशाख : दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति उपचारको क्रममा अस्पताल भर्ना भएकी छिन् ।  सोलस्थित एक अस्पतालमा पूर्व राष्ट्रपति पार्क गेउन हाई भर्ना भएको अस्पतालका प्रवक्ताले बुधबार जानकारी दिएका छन् ।  पूर्व राष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो ।  कारागारका अधिकारीहरूको साथमा पार्क नागरिक अस्पताल सेट म्यारी पुगेकी थिइन् । प्रवक्ताले विस्तृत विवरण दिन..

    दिमित्री मेदभेदेव पुनः रुसको प्रधानमन्त्रीमा निर्वाचित, मेदभेदेभको पक्षमा अत्यधिक बहुमत

    बुधबार, बैशाख २६, २०७५ साल
    मस्को, रूस, २६ वैशाख : रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ ।  राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  संसदमा मेदभेदेभको पक्षमा ३७४ मत परेको थियो भने विपक्षमा मात्रै ५६ मत परेको क्रेमलिनले जनाएको छ ।  शक्तिशाली..

    इरानसँगको पारमाणविक सम्झौताबारे अमेरिकाले मंगलबार महत्वपूर्ण अन्तिम निर्णय गर्दै

    मंगलवार, बैशाख २५, २०७५ साल
    वासिङ्टन, २५ वैशाख : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्ने भएका छन् ।  उनले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै दिएका थिए ।  उनले आफ्नो ट्वीटर अकाउन्टमार्फत भनेका छन्– मैले यस विषयमा मंगलबार साँझसम्ममा घोषणा गर्नेछु । यसअघि उनले इरानसँगको सो सम्झौता खारेज गरिने बताउँदै आएका..

    अमेरिकामा नेपाली सामुदायिक भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

    सोमबार, बैशाख २४, २०७५ साल
    अमेरिका, क्यालिफोर्निया, २४ वैशाख अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो ।  नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो ।  अमेरिकाको..

    लेबनानमा संसदीय निर्वाचनका लागि मतदान ! कुल १२८ सिटका लागि ९७६ जना उम्मेदवार भिड्दै !

    आईतवार, बैशाख २३, २०७५ साल
    बेरुत, २३ वैशाख लेबनानमा सन् २००९ पछि पहिलो पटक संसदीय निर्वाचनका लागि आइतबार मतदान भएको छ । कुल १२८ सिटका लागि भएको निर्वाचनमा ९७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने त्यसमध्ये १११ जना महिला रहेका छन् । सन् २०१३ मै संसदको म्याद सकिएको भएपनि विभिन्न कारणले पटक पटक निर्वाचन पछि सर्दै गएकोमा अहिले बल्ल निर्वाचन भएको हो । नवनिर्वाचित संसदले राष्ट्रपतिको निर्वाचन र यहाँको..

    रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीसहित ३ सय ५० जना प्रदर्शनकारी पक्राउ

    आईतवार, बैशाख २३, २०७५ साल
    मस्को, रूस, २३ वैशाख :  रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उनको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ ।  रूसी राष्ट्रपतिले आगामी सोमबार चौँथो कार्यकालको लागि शपथ खानुहुने कार्यक्रम रहेको छ ।  राष्ट्रपति पुटिनको विरुद्ध ४१–बर्षीय नेता नाभाल्नीसहित ठूलो मास..

    अमेरिकाद्वारा एक महिनाको अवधीमा एक लाख ६४ हजार रोजगारी सिर्जना

    शनिबार, बैशाख २२, २०७५ साल
    वासिङटन, २२ वैशाख : अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ ।  सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ ।  यो महिना ३.९ प्रतिशतको दरले बेरोजगारी घटेको मजदूर विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो दर सन् २००० को डिसेम्बर महिनापछिको सबैभन्दा थोरै हो ।  बेरोजगारी दर..

    बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान सम्पन्न, प्रधानमन्त्री टरेसा मेको परिक्षण हुँदै

    शुक्रबार, बैशाख २१, २०७५ साल
    लण्डन, २१ वैशाख (रासस/सिन्ह्वा) : बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ ।  दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ ।  देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो । सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको छ ।  प्रधानमन्त्री टरेसा मे र उनका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान..

    रोहिंग्या शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

    बुधबार, बैशाख १९, २०७५ साल
    याङ्गुन, १९ वैशाख (रासस/सिन्ह्वा) :  हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ ।  केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ ।  अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुसँग..

    दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध कुनैपनि खालको प्रचार-प्रसार नगर्ने

    सोमबार, बैशाख १७, २०७५ साल
    सोल, १७ वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ ।  सो कुराको जानकारी दक्षिण कोरियाको रक्षामन्त्रालयले सोमबार दिएको छ । सोमबार दिएको जानकारीअनुसार दक्षिण कोरियाले विगत लामो समयदेखि सीमा क्षेत्रमा राखेको रक्षा मन्त्रालयअन्तर्गतको उक्त प्रचार सामग्री र समूह हटाउने भएको हो ।  गत शुक्रबार उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता भएको छ..

    अफगानिस्तानमा हिंसाका घटनामा परी नौ प्रहरी र दुई बालबालिकासहित १२ मारिए

    आईतवार, बैशाख १६, २०७५ साल
    काबुल, १६ वैशाख अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् । बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना घाइते भएका छन् । त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान एक महिला..

    हामी भाइ–भाइ हौँ, अब हामीबिच युद्ध हुँदैन : दुई कोरियाली नेता

    शुक्रबार, बैशाख १४, २०७५ साल
    एजेन्सी  ,वैशाख १४ अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् । संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गरे ।  आफ्नो वक्तव्यका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश वास्तवमा एउटै देश,..

    दुई कोरियाको शिखर बैठक : फेरीपनि पटक-पटक भेट्ने प्रतिबद्धता व्यक्त

    शुक्रबार, बैशाख १४, २०७५ साल
    गोयाङ, दक्षिण कोरिया, १४ वैशाख दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार..

    सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु

    बिहिवार, बैशाख १३, २०७५ साल
    मानागुवा, १३ वैशाख विगत एक हप्तादेखि भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा निकारागुवामा ३४ जनाको मृत्यु भएको छ । राष्ट्रपति डानियल ओर्टेगा र सामाजिक सुरक्षा पुनरावलोकनसम्वन्धी कानूनका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा उनीहरुको मृत्यु भएको हो । यही अप्रिल १८ देखि निकारागुवाका विभिन्न ठाउँमा ठूलाठूला प्रदर्शन भएका सञ्चार माध्यमले जनाएका छन् । आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उहाँकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध चर्को..

    'आश' पनि गुम्यो 'आराम' पनि गुम्यो, 'आशाराम'लाई १० वर्षको सजाय हुने

    बुधबार, बैशाख १२, २०७५ साल
    जोधपुर १२, बैशाख : नाबालिक शिष्यामाथि यौनशोषण गरेको आरोपमा ८० वर्षीय आशाराम बापुलाई दोषी करार गरिएको छ । विशेष एससी–एसटी अदालतका न्यायाधीश मधुसुदन शर्माले बुधबार बिहान सेन्ट्रल जेलमा नै बेञ्च बसाएर आफ्नो फैसला सुनाएका हुन् । जोधपुर जेलमा बन्द आशारामसहित दुई सहयोगीहरुलाई पनि दोषी ठहर गरिएको छ । उनलाई कति सजाय हुन्छ भन्ने कुराको पनि आजै घोषणा हुनसक्ने बताइएको छ । फैसलाविरुद्ध आशारामले..

    चिनियाँ पर्यटकको मृत्युप्रति किम जोङ द्वारा गहिरो दुख: व्यक्त

    बुधबार, बैशाख १२, २०७५ साल
    बेइजिङ, १२ वैशाख उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  आइतबार राति प्योङयाङ दक्षिण भागमा भएको यस दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए, भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।  यस घटनापछि नेता किमले उत्तर कोरियास्थित..

    बेलायतको राजपरिवारमा नयाँ सदस्य आगमन, राजकुमार विलियम्स र केटलाई पुत्रलाभ

    मंगलवार, बैशाख ११, २०७५ साल
    लण्डन, ११ वैशाख : बेलायतको  राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।  ‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानका रूपमा केटबाट पुत्रलाभ भएका विज्ञप्तिमा उल्लेख छ ।  बेलायतको केन्सिङ्टन प्यालेसले शिशुको..

    उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु: चीन समाचार

    मंगलवार, बैशाख ११, २०७५ साल
    बेइजिङ, १० वैशाख चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको चीनले जनाएको छ ।  चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् ।  आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् ।  उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता..

    हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

    आईतवार, बैशाख ९, २०७५ साल
    सोल, दक्षिण कोरिया, ९ वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ ।  राष्ट्रपतिको कार्यालयका प्रेस सेक्रेटरी यू योङ चानले शनिबार एक विज्ञप्ति जारी गरी ब्लु हाउसले उत्तर कोरियाको हतियार परीक्षण रोक्ने घोषणाको स्वागत गरेको बताएका छन् ।  उनले भने, “उत्तर..

    दक्षिण र उत्तर कोरियाका नेताका लागि शुक्रबारदेखि छुट्टै हटलाइन सेवा सुरु

    शनिबार, बैशाख ८, २०७५ साल
    सोल, ७ वैशाख (रासस/एएफपी) : दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ ।  दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ता अगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही अप्रिल २७ तारिखमा..

    जापानको दक्षिणी क्षेत्रमा ज्वालामुखी विष्फोट, ४०० मिटर माथिसम्म ज्वालाको मुस्लो तथा खरानी !

    शुक्रबार, बैशाख ७, २०७५ साल
    टोकियोे, जापान, ७ वैशाख जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ ।  ज्वालामूखी विस्फोटका कारण सयौँ मिटरमाथि आकासमा आगोका लप्का पुगेका बताइएको छ । माउन्ट आइओ नाम दिइएको ज्वालामूखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नवस्न सम्वद्ध सवैलाई सूचना गरेको छ ।  जापान मौसम विज्ञानसम्बन्धि निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने..

    इन्डोनेसियामा शक्तिशाली भूकम्प, दुई व्यक्तिको मृत्यु, २१ जना घाइते

    बिहिवार, बैशाख ६, २०७५ साल
    जाकार्ता, ६ वैशाख  इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् ।  यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका..

    अफगानिस्तानको सुरक्षाबल र आतंककारीबीच भएको झडपमा सोह्रजना तालिबान मारिए

    मंगलवार, बैशाख ४, २०७५ साल
    गजनी, अफगानिस्तान, ४ वैशाख अफगानिस्तानको पूर्वीप्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १६ जना आतंककारी मारिएका छन् । यस झडपमा कम्तीमा पनि १६ जना आतंककारी मारिएका छन् भने १३ भन्दा बढी घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले मङ्गलबार जानकारी दिएका छन् । मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू..

    सिरियालाई लिएर अमेरिका र रुसबीचको जुहारी थप कट्टर बन्दै

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौं ३, वैशाख :   सिरियालाई लिएर अमेरिका र रुसबीच जुहारी रोकिने संकेत देखिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन्, ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिनेछ ।’ डूमामा भएको भनिएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए । रुसले यसको विरोध गर्दै आएको छ । राष्ट्रपति पुटिनले अर्को..
    Results 1617: You are at page 40 of 54
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 Next Last
    Weather Forecast