शुक्रबार, मंसिर २७, २०७६

    बिदेश

    सुडानमा देशव्यापी युद्धबिरामको घोषणा

    बुधबार, असोज २९, २०७६ साल
    खर्तुम, २९ असोज सुडानमा बुधबारदेखि देशव्यापी युद्धबिरामको घोषणा गरिएको छ ।   सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार बुधबार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धबिराम घोषणा गर्नुभएको हो ।  “सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धबिरामको घोषणा गरिएको हो,” परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ ।   उहाँको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि नै..

    उत्तर कोरियाली नेता किम घोडा चढेर हिमालको टुप्पामा

    बुधबार, असोज २९, २०७६ साल
    एजेन्सी, २९ असोज । राज्य नियन्त्रित केसीएनएले जारी गरेका तस्बिरहरूमा उत्तर कोरियाली नेता किम जङ-अनले पेक्टु हिमाल क्षेत्रमा सेतो घोडा चढेको देखिएको छ । उत्तर कोरियाली नेता किम जङ-अनले घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेको त्यहाँको समाचार संस्थाले बताएको छ । किमले दुई हजार ७५० मिटर अग्लो सो हिमाल चढेको यो पहिलो पटक होइन र विज्ञहरूका अनुसार यसअघि ठूलो घोषणा गर्नु अगाडि..

    अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार

    बुधबार, असोज २९, २०७६ साल
    इस्तानबुल, २९ असोज   उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका  राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ ।  अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहनु भएको अवस्थामा एर्डोगानको त्यस्तो भनाइ आएको हो ।  सिरियाली सेनाले उत्तरी सिरियाको मन्बिज शहरमा प्रवेश गर्नु ‘धेरै नकारात्मक’ नभएको, तर..

    टर्कीमाथि अमेरिकी प्रतिबन्धहरु घोषणा, माइक पेन्स टर्की जाने

    मंगलवार, असोज २८, २०७६ साल
    वासिङटन, २८ असोज ।   सिरियाली कुर्द लडाकूहरूबिरुद्धको आफ्नो घातक आक्रमणलाई अन्त्य गर्न माग गर्दै संयुक्त राज्य अमेरिकाले मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ ।  उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने संयुक्त राज्य अमेरिकी निर्णयपछि टर्कीले हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो ।  उत्तरपूर्वी सिरियाको कुर्दिश लडाकूको नियन्त्रणमा रहेको यस इलाकाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा अमेरिकी सहयोग रोकेर असाधारण कदम चालेको भन्दै आलोचना..

    रूसी राष्ट्रपति पुटिन साउदी अरबमा

    सोमबार, असोज २७, २०७६ साल
    रियाद, २७ असोज रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आउनु भएको छ । उहाँ अहिले साउदी अरबको राजधानी रियादमा रहनु भएको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।  यो भ्रमणलाई उहाँको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उहाँले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्नुहुने भएको छ ।  दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा..

    जापानमा आँधीबाट ३१ जनाको मृत्यु, १ लाख १० हजार उद्धारकर्ता खटिए

    सोमबार, असोज २७, २०७६ साल
    टोक्यो, २७ असोज ।  शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा ३१ जनाको ज्यान गएको छ । पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ । आाधीबाट भएको अस्तव्यस्त अवस्थामा उद्धार गर्न १ लाख १० हजार मानिसलाई खटाएको छ । हगिबिस आँधीमा अझै १५ जना हराइरहेको जनाइएको छ ।  सो आँधीका कारण रुग्बी वर्ल्ड कप म्याच पनि रद्ध भएको..

    करिब एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता गर्ने

    आईतवार, असोज २६, २०७६ साल
    वासिङ्टन, २६ असोज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ । टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो । आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।” करिब..

    डढेलोको कारण क्यालिफोर्नियाका दशौ हजार व्यक्ति विस्थापित

    आईतवार, असोज २६, २०७६ साल
    क्यालिफोर्निया, २६ असोज  दक्षिणी क्यालिफोर्नियामा लागेको डढेलोको कारण शुक्रवार १० लाख व्यक्ति विस्थापित भएका छन् । दर्जनौं संरचना र घरहरू ध्वस्त पारेको यस डढेलो निभाउन केही दिन लाग्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । शुक्रबार साँझसम्म शक्तिशाली यस डढेलोबाट ३ हजार ५२ हेक्टर क्षेत्रसम्म फैलिएको बताइएको छ । यस डढेलोबाट कम्तीमा ३१ संरचनाहरु ध्वस्त भएको बताइएको छ ।  यस आगलागीमा ५०..

    मोदी र चिनियाँ राष्ट्रपति सीबीच के भयो सहमति ?

    शनिबार, असोज २५, २०७६ साल
    महाबलीपुरम, २५ असोज  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ को शुरू भएको शनिबार बताउनुभएको छ ।  जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनपिङबीच चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा एक्ला एक्लै भेटवार्ता भएको हो । दुई..

    मोदीले शीलाई हात समातेर घुमाए यी ठाउँहरू

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति शी चिनफिङ शनिवार अपरान्ह भारतको मामल्लापुरमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष विमानमार्फत आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक भेटघाटका लागि शी शुक्रवार भारतको ऐतिहासिक शहर मामल्लापुरम पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूले शी-मोदीको अनौपचारिक भेटलाई विशेष महत्त्वका साथ प्रसारण गरेका छन् । मोदीसँग अनौपचारिक भेटघाट भएपछि शी र मोदी दुवैले भरतनाट्यम..

    चिनियाँ राष्ट्रपति सी आज भारत जाँदै, स्वागतका लागि चेन्नाइ पुगे मोदी

    शुक्रबार, असोज २४, २०७६ साल
    काठमाडौँ, २४ असोज  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर वार्ताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत जाँदैछन् । सी आज दिउँसो भारतमा अवतरण हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ । त्यसका लागि मोदी विहान ११ बजे नै चेन्नाइ पुगेका छन् । सी दिउँसो २ बजे चेन्नाइ अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले..

    इन्डोनेसियाली मन्त्रीमाथि आतंकवादी आक्रमण

    बिहिवार, असोज २३, २०७६ साल
    जकार्ता, २३ असोज आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ ।  इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ । स्थानीय टेलिभिजनले प्रसार गरिरहेका दृश्यहरुमा सुरक्षाकर्मीले जाभा द्वीपको पान्डेग्लाङमा दुई जनालाई पक्राउ गरिरहेको देखाएका छन् । विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो ।..

    नेपाल मामलामा अमेरिकालाई चीनको कडा चुनौती

    बिहिवार, असोज २३, २०७६ साल
    काठमाडौं, २३ असोज  नेपाललाई चीनले अमेरिका या भारतविरुद्धको आफ्नो क्याम्पसमा ल्याउने नियत नराखेको जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण अघि उसले उसले चीनको नेपालसँगको सुमधुर सम्बन्धलाई अमेरिका या भारतले नेपालमा आफ्नो प्रभाव गुमाउँदै गएको अर्थमा बुझ्नुलाई अतिशयोक्ति समेत भनेको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा व्यक्त गर्ने ग्लोबल टाइम्सले लेखेको छ, ‘चीनको नियत दक्षिण एशियामा कुनैपनि देशहरुको मित्र समूह..

    अमेरिकी हवाई आक्रमणमा ३० सर्वसाधारणको मृत्यु

    बुधबार, असोज २२, २०७६ साल
    अफगानिस्तान, २२  असोज  पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् ।  सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।  अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मारिएका हुन  ।  हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र..

    चीनमाथि झन कठाेर बन्दै अमेरिका, चिनियाँ नागरिकको भिसामा पनि लगायाे प्रतिवन्ध

    बुधबार, असोज २२, २०७६ साल
    वासिङटन, २२ असाेज । अमेरिकाले २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा राखेकै भोली पल्ट अर्को ठूलो कदम उठाएको छ। अमेरिकाले मंगलबार चिनियाँ नागरिकका भिसामाथि प्रतिबन्ध गरिदिएको छ। अमेरिकाका विदेश मन्‍त्री माइक पोम्पिओले अल्पसंख्यक मुसलमानमाथि रोक्नका लागि गरिएको एक सम्बोधनका क्रममा भनेका छन्, ुअमेरिका चीनसँग अपिल गर्न चाहन्छ कि चीन शिन्जियाङ्‍मा भइरहेको दमन तत्काल बन्द गरोस्। अमेरिकाले चीन माथि शिन्जियाङ्‍गको पश्चिम क्षेत्रमा उइगर मुस्लिममाथि दमन..

    साउदी अरेबियामा १० दिनमा २४ हजार पर्यटक

    मंगलवार, असोज २१, २०७६ साल
    रियाद, २१ असोज  पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ । साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो ।  साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको..

    चीन-अमेरिका व्यापार युद्व चर्किदै, २८ चिनियाँ कम्पनी अमेरिकाको कालोसूचीमा

    मंगलवार, असोज २१, २०७६ साल
    वाशिङटन, २१ असाेज । अमेरिकाले चीनको सिन्जियाङ प्रान्तमा रहेका उइगुर्स मुश्लिम समुदायलाई ज्यादती गरेको आरोपमा २८ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । अमेरिकाले सो सूचीमा राखेपछि ती कम्पनीले अब वाशिङटनको स्वीकृति बिना अमेरिकी कम्पनीका उत्पादन लिन रोक लाग्नेछ । ती २८ वटा कम्पनीमा सरकारी एजेन्सी र प्रविधि अर्थात् खासगरी सर्भिलेन्स उपकरण सम्बन्धी संगठनहरु रहेका छन् । अमेरिकाले  पहिलो पटक यसपालि..

    अविवाहित विदेशी जोडीलाई साउदी अरबका होटलमा बस्ने अनुमति

    सोमबार, असोज २०, २०७६ साल
    काठमाडौँ, २० असोज  ।  अविवाहित विदेशी जोडीले अबदेखि साउदी अरबका होटलमा एउटै कोठामा बस्न पाउने भएका छन्। कट्टर इस्लामिक कानुन भएको साउदी अरबमा प्रवेशाज्ञासम्बन्धी नयाँ कानुन ल्याइएपछि पुरानो नियममा परिवर्तन हुन लागेको हो। नयाँ कानुनअनुसार महिलाहरूले पनि एक्लै होटलमा बस्न पाउनेछन्। यसअघि महिला र पुरुषले होटलमा एउटै कोठमा बस्न विवाहित भएको प्रमाण पेस गर्नुपर्ने नियम थियो।  पर्यटन उद्योगलाई प्रवर्धन गर्न साउदी सरकारले नियम परिवर्तन..

    मोदी सरकार भारत पेट्रोलियम कर्पोरेशन निजी कम्पनीलाई बेच्दै

    सोमबार, असोज २०, २०७६ साल
    नयाँ दिल्ली, २० असाेज । भारतको केन्द्र सरकारले सरकारी स्वामित्वको पेट्रोलियम कम्पनी भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड बिपिसिएलको प्रस्तावित पूर्ण निजीकरणको बाटो खुल्ला गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वका सरकारले केही समय पहिले भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड बिपिसिएललाई राष्ट्रिकरण गर्ने सम्बन्धी कानूनलाई रद्द गरिदिएको छ। यससँगै मोदी सरकारले बिपिसिएल निजी वा विदेशी कम्पनीलाई बेच्नका लागि संसदसँग अनुमति लिनुपर्ने छैन। मोदी सरकारले प्रस्ताव गरेको निरसन..

    किन भयाे इमरान खानलाई सत्तामा टिक्न मुश्किल ?

    आईतवार, असोज १९, २०७६ साल
    इस्लामाबाद, १९असाेज ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले देशमा चौतर्फी आलोचनाको शिकार बनिरहेका छन् ।  एकातर्फ सेनाप्रमुखले अधिकारक्षेत्र नाघेर व्यापारीहरूसँग बैठक गरिरहेका छन् भने अर्कातर्फ उग्रवादी नेता फजलुर रहमान पनि उनीविरुद्ध मैदानमा ओर्लिएका छन् ।  कुनै बेला इमरान खानले सेना र उग्रवादीहरूको साथ पाएका थिए तर अहिले यी दुवै उनलाई सत्ताबाट हटाउन सुगबुगाइरहेको देखिन्छ ।  जमीयत उलेमा–ए–इस्लामका प्रमुख फजलुर रहमानले स्वतन्त्रता आन्दोलनको घोषणा गरेर..

    उत्तर कोरिया र अमेरिकाबीचको वार्ता स्टकहोममा शुरु

    शनिबार, असोज १८, २०७६ साल
    स्टकहोम, १८ असोज उत्तर कोरिया र अमेरिकी अधिकारीहरु उत्तर कोरियाली आणविक कार्यक्रमका विषयमा वार्ता गर्न शनिबार स्वीडेनको स्टकहोम आइपुगेका छन् । पछिल्लो समय उत्तर कोरियाली लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेकै समयमा दुबै देशका वरिष्ट अधिकारीहरु वार्ताका लागि भेला भएका हुन् । उत्तर कोरियाका किम म्योङ गिल र उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिफेन बाइगनले वार्ता टोलीको नेतृत्व गरिरहनुभएको छ..

    आफगानिस्तानमा ३ दिनमा पचास तालिबान लडाकू मारिए

    शनिबार, असोज १८, २०७६ साल
    एजेन्सी, १८ असोज आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आाखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकू मारिएका छन.् ।   गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी लडाकू घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले शनिबार बताउनु भएको छ ।   ‘बहाराक जिल्लालाई सशस्त्र विद्रोहबाट मुक्त गरिएको छ र तालिबान विद्रोहीबाट हाल प्रान्तीय राजधानी तालुृकान..

    हङ्‍कङमा मास्क प्रतिबन्धित भएसँगै विरोध झन् उर्लियो

    शनिबार, असोज १८, २०७६ साल
    काठमाडौं, १८ असोज ।  हङ्‍कङ सरकारले मास्क लगाउन प्रतिबन्ध लगाएसँगै त्यहाँका हजारौँ नागरिक शुक्रवारदेखि स्वतस्फूर्त विरोध प्रदर्शनमा सहभागी हुन थालेका छन्। हङ्‍कङमा महिनौँदेखि चलेको सरकारविरोधी प्रदर्शन साम्य पार्ने बिभिन्न उपाय गर्दै आएकी प्रमुख कार्यकारी क्यारी लामले औपनिवेशिककालीन कानुन अहिले त्यहाँ प्रयोग गरेकी हुन्।   यस्तो छ कारण यसै अक्टोबर महिनाको १ तारिखका दिन एक प्रहरी अधिकृतले त्यहाँका १४ वर्षीय प्रदर्शनकारीलाई गोली हानेपछि हुनसक्ने उग्र प्रदर्शनलाई..

    इराकी प्रधानमन्त्रीद्वारा हिंसात्मक प्रदर्शन रोक्न आग्रह !

    शुक्रबार, असोज १७, २०७६ साल
    बग्दाद, १७ असोज इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले तीन दिनदेखि मुलुकभर जारी हिंसात्मक प्रदर्शन रोक्न प्रदर्शनकारीलाई शुक्रबार आग्रह गर्नुभएको छ । बेरोजगारी, सरकारी भ्रष्टाचार र आधारभूत सेवाको अभाव रहेको भन्दै इराकका प्रमुख शहर बजारमा तीन दिनदेखि हिंसात्मक प्रदर्शन जारी छन् । प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा कम्तीमा ३८ जनाको मृत्यु भइसकेको छ । टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अब्दुल माहदीले प्रदर्शनका कारण आम सर्वसाधारणको..

    राजनीतिक गतिरोधबीच इजरायली सांसदहरूद्वारा सपथ ग्रहण

    बिहिवार, असोज १६, २०७६ साल
    जेरूसेलम, १६ असोज इजरायलमा केही दिन पहिले भएको निर्वाचनको परिणामबाट कुनै पनि पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेपछि सरकार गठनका बिषयमा देखिएको राजनीतिक गतिरोधबीच यहाँका सांसदहरूले बिहीबार संसद सदस्य (क्नेसेट) का रूपमा सपथ ग्रहण गरेका छन् । निर्वाचनमा सत्तारूढ लिकुद पार्टीले निर्वाचनमा अनपेक्षित हार ब्यहोरेको थियो । संसदमा १२० सदस्यका लागि सेप्टेम्बर १७ मा भएको निर्वाचनमा लिकुदले ३१ सीट मात्र जित्न सफल भएको..

    इराकमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु

    बिहिवार, असोज १६, २०७६ साल
    बग्दाद, १६ असोज । इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने सयौं घाईते भएका छन् । निकै सुरक्षित मानिएको ग्रीन जोनमा गएराति विस्फोट गराइएको छ । ग्रीन जोनमा मन्त्रालयहरु र दूतावासहरु छन् । इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले एक..

    मोदीको भाषण प्रशारण नगरेकाे भन्दै दूरदर्शनका पत्रकार निलम्बित

    बिहिवार, असोज १६, २०७६ साल
    चेन्नई, १६ असाेज । प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रशारण नगरेको भन्दै दूरदर्शन टिभीका एक सहायक निर्देशक निलम्बनमा परेका छन् । सेप्टेम्बर ३० मा चेन्नेई आईआईटी मद्रासको अनुसन्धान केन्दमा आयोजित ‘सिंगापुर–इण्डिया ह्याकथान’ लाई गरेको प्रधानमन्त्री मोदीको सम्बोधन प्रशारण नगरिएको आरोपमा दूरदर्शनका सहायक निर्देशक आर वासुमतिलाई निलम्बन गरिएको हो ।  भारतको सार्वजनिक प्रसारण एजेन्सी, प्रसार भारतीले जारी गरेको निलम्बन पत्रमा कारण भने खुलाइएको छैन । चेन्नईमा..

    'अटेरी' उत्तर कोरियाद्वारा फेरि मिसाइल प्रक्षेपण

    बुधबार, असोज १५, २०७६ साल
    सिउल, १५ असोज ।  उत्तर कोरियाले बुधबार पुनः मिसाइल प्रक्षेपण गरेको छ ।  दक्षिण कोरियाका अधिकारीहरुले जनाए अनुसार उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल ओन्सन बन्दरगाह नजिकैबाट ९१० किमीको दूरी पार गर्दै जापानी समुद्रमा पुगेको थियो ।   जापानका प्रधानमन्त्री शिन्जो अबेले उत्तर कोरियाको यो काम संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को संकल्प प्रस्तावको उल्लंघन हो । सो प्रस्तावमा उत्तर कोरियालाई बलिस्टिक मिसाइल प्रयोगमा रोक लगाइएको..

    उत्तर कोरिया–अमेरिका वार्ता पहलका लागि कार्यदलस्तरीय वार्ता हुँदै

    मंगलवार, असोज १४, २०७६ साल
    प्योङयाङ, १४ असोज वासिङ्टन र प्योङयाङ  आगामी अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । प्रथम उप–विदेशमन्त्री चो सोन हुईले मङ्गलबार जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली प्रतिनिधिमण्डल कार्यदलस्तरीय वार्तामा बस्न तयार बनेको जनाएको छ । उहाँले भन्नुभयो, “मलाई विश्वास..

    जम्मु-कश्मीर विवाद : मोदी सरकारलाई जवाफ पेस गर्न सर्वोच्चको २८ दिने अल्टिमेट

    मंगलवार, असोज १४, २०७६ साल
    काठमाडौं, १४ असाेज । भारतीय सर्वोच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई २८ दिनभित्र जवाफ पेश गर्न आदेश दिएकाे छ ।  जम्मु-काश्मीरको विशेषाधिकार खारेजी र सञ्चार माध्यममाथि लागेको प्रतिबन्धविरुद्ध दायर भएको रिटमा अन्तिम सुनुवाई अघि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई २८ दिनको समय दिइएको हाे।  सर्वोच्च अदातलको संवैधानिक इजलासले संविधानको धारा ३७० खारेज गर्ने निर्णयविरुद्ध दायर भएका अन्य याचिकाविरुद्ध जवाफ पेस गर्न केन्द्र सरकारलाई करिब एक..
    Results 1332: You are at page 4 of 45
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 Next Last
    Weather Forecast