शनिबार, चैत्र २२, २०७६

    बिदेश

    मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्दै, अर्काे संसदीय निर्वाचनको तयारी

    शुक्रबार, चैत्र २३, २०७४ साल
    क्वालालम्पुर, २३ चैत (रासस/सिन्ह्वा) : मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताएका छन् ।  उनले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लागेका हुन् । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।  उनले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गर्नुभएको छ ।  मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले..

    अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा : मेक्सिकोसँगको सीमाक्षेत्रमा सैनिक खटाउने

    बुधबार, चैत्र २१, २०७४ साल
    वासिङटन, २१ चैत (रासस/सिन्ह्वा ) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सैनिक खटाउने बताएका छन् । आफ्नो प्रतिबद्धताअनुसार अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल नलगाउदा सम्मका लागि सैनिक खटाउन लागिएको राष्ट्रपति ट्रम्पले मंगलबार बताए ।  “हामीले हाम्रा सैनिकहरु मार्फत हाम्रो सीमाक्षेत्र घेर्न गइरहेका छौं,” ह्वाईट हाउसमा ट्रम्पले संबाददाताहरुसँग भने ।  स्टोनिया, लाट्भीया र लिथुनियाका नेताहरुसँगको भेटपछि उनले यस्तो बताएको विभिन्न सञ्चार..

    युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

    बुधबार, चैत्र २१, २०७४ साल
    सान ब्रुनो, संयुक्तराज्य अमेरिका २१ चैत (रासस/एएफपी) : उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।  एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस गोलीकाण्डमा परी तीन जना गम्भीर रुपमा घाइते भएका छन् ।  युट्युबको सो मुख्यालयमा एकजना बन्दुकधारी व्यक्ति प्रवेश गरेको भन्ने थाहा पाएपछि सो कार्यालयमा प्रहरी पुगेको..

    करिब पचास प्रतिशत अमेरिकीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली चित्तबुझ्दो !

    मंगलवार, चैत्र २०, २०७४ साल
    वासिङ्टन, २० चैत (रासस/सिन्ह्वा) : करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन् ।  अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो बताएका छन् । अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन् ।  राष्ट्रपतिको कार्यसम्बन्धी गरिएको रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्यांक आएको छ । उक्त अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रपति..

    राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छ : पाकिस्तानी प्रधानमन्त्री अव्वासी

    सोमबार, चैत्र १९, २०७४ साल
    इश्लामावाद, पाकिस्तान, १९ चैत (रासस/पिटीआई) : पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अव्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन् ।  पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अव्वासीको भनाई आएको हो ।  पूर्व प्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनिमाथि पदीय मर्यादा..

    सोलमा अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास सुरु

    आईतवार, चैत्र १८, २०७४ साल
    सोल, १८ चैत (रासस/एएफपी) : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ ।  उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ ।  अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा..

    दुई कोरियाबीचको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता थप सहज हुने अपेक्षा

    शनिबार, चैत्र १७, २०७४ साल
    वासिङ्टन, १६ चैत (रासस/सिन्ह्वा) : उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ ।  यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ ।  अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले यस विषयमा जानकारी दिएका ..

    उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमण सकारात्मक – अमेरिकी राष्ट्रपति ट्रम्प

    शुक्रबार, चैत्र १६, २०७४ साल
    वासिङ्टन, १६ चैत (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणलाई सकारात्मक भनेका छन् ।  उनले किमको सो भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका हुन् ।  उनले आफ्नो ट्वीट अकाउन्टमा भनेका छन्– ‘यो राम्रो अवसर हो र किमले अब कोरियाली प्रायद्वीपमा के गर्दा आफ्ना जनता र मानवीयताका लागि..

    भेनेजुएलाको भ्यालेन्सियास्थित कारागारमा झडप र आगलागीमा हुँदा ६८ जनाको मृत्यु

    बिहिवार, चैत्र १५, २०७४ साल
    काराकस, १५ चैत (रासस/सिन्ह्वा) : भेनेजुएलाको भ्यालेन्सिया सहरमा रहेको एक कारागार र त्यससँगैको प्रहरी चौकीमा थुनुवा र सुरक्षाकर्मीबीचको झडप र त्यसपछिको आगलागीमा परी ६८ जनाको ज्यान गएको समाचार छ ।  उक्त सहरमा रहेको कारागार र त्यससँगैको प्रहरी चौकीमा अकस्मात दंगा फैलिएपछि त्यहाँ आगलागी सुरु भएको थियो । कतिपयको आगोमा जलेर ज्यान गएको छ ।  केही आगलागीको घटनामा परेर तथा अरु कतिपय आपसी..

    म्यानमारले पायो नयाँ राष्ट्रपति, सत्तारुढ दलका ‘उ विन मिन्त’ अत्यधिक मतले निर्वाचित

    बुधबार, चैत्र १४, २०७४ साल
    नेपित्व, १४ चैत (रासस/सिन्ह्वा) : म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् । उनि सत्तारुढ दलका उम्मेदवार थिए । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उनको एकजना निकटस्थ व्यक्ति हुन ।  सन् १९४८ पछि उनि म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए ।  म्यानमारको युनियन संसदले बुधबार..

    चिनियाँ राष्ट्रपति सि र उत्तरकोरियाली नेता किमबीच बेइजिङमा वार्ता

    बुधबार, चैत्र १४, २०७४ साल
    बेइजिङ, १४ चैत : रासस/एएफपी/सिन्ह्वा : मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उनको भ्रमणको पुष्टि गरेको छ ।  भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ ।  बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र उहाँको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले..

    उत्तर कोरियाली नेता किमको चीन भ्रमणबारे चिनियाँ सरकार बेखबर !

    मंगलवार, चैत्र १३, २०७४ साल
    बेइजिङ, १३ चैत (रासस/एएफपी) : उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ ।  उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भएको बताएका छन् ।  उनले भने– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा..

    म्यानमारमा बुधबार राष्ट्रपतिको निर्वाचन, वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले पनि उम्मेदवार

    मंगलवार, चैत्र १३, २०७४ साल
    नेपित्व, म्यानमार, १३ चैत (रासस/सिन्ह्वा) : म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि सो पदको लागि निर्वाचन हुन लागेको हो ।  बुधबार हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि सोमबार उम्मेदवार दर्ताको लागि दर्खास्त आह्वान गरिएको म्यानमार संसद्को सचिवालयले सोमबार घोषणा गरेको छ । म्यानमारको संसद्का नवनियुक्त सभामुख यु माह्न विन..

    रसियाको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु, ४५ व्यक्ति घाइते

    सोमबार, चैत्र १२, २०७४ साल
    मस्को, १२ चैत (रासस/सिन्ह्वा) । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ ।  यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।  सो सपिङ्ग..

    उत्तर कोरिया संसारकै लागि त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति ओबामाको दाबी

    सोमबार, चैत्र १२, २०७४ साल
    टोकियो, १२ चैत (रासस/एएफपी) : उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।  उनले भने – उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।  जापानको भ्रमणमा रहेका पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका..

    भ्रष्टाचारको अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ बाक पक्राउ

    शुक्रबार, चैत्र ९, २०७४ साल
    सोल, ९ चैत : दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएलगत्तै उनि पक्राउ परेको कोरियाली संचार माध्यमहरुले दाबी गरेका छन् । उनि आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका थिए ।  सन् २०१३ सम्म उनि आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले..

    सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

    बिहिवार, चैत्र ८, २०७४ साल
    संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत (रासस/सिन्ह्वा) : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन् ।  उनले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह पनि गरेको समाचारमा जनाइएको छ ।  संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इदलिबलगायतका..

    बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु, अरु कैयौँ व्यक्ति नराम्ररी घाइते

    बिहिवार, चैत्र ८, २०७४ साल
    बैंकक, ८ चैत : थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।  उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।  उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा..

    ​अफ्रिकाका विभिन्न ४४ मुलुकबीच स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्झौता

    बिहिवार, चैत्र ८, २०७४ साल
    किगाली, रुवाण्डा, ८ चैत (रासस/एएफ्पी) :  अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् ।  अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताए ।  'अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम्झौता भएको र यसबाट अफ्रिकी मुलुकमा व्यापार व्यवसाय गर्न सदस्य राष्ट्रलाई सहज हुनेछ,..

    अस्वस्थताको कारण जनाउदै म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

    बुधबार, चैत्र ७, २०७४ साल
    याङ्गुन, ७ चैत : म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ ।  राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।  बुधबार उनले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी..

    दुर्लभ सेतो गैँडाको अन्तिम भाले ‘सुडान’ रहेन, सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित

    बुधबार, चैत्र ७, २०७४ साल
    वासिङटन, संयुक्त राज्य अमेरिका, ६ चैत :  दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ ।  सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ । अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित छन् ।  बूढो सुडान मांसपेशी र हड्डीको समस्याबाट पीडित थियो..

    जापानी प्रधानमन्त्रीको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने

    मंगलवार, चैत्र ६, २०७४ साल
    बेइजिङ, ६ चैत ।  चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ ।  चीन जापान संयुक्त बैठकका लागि उनि जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनि जापान जाने विचार गर्नुभएको बताइएको छ ।  ‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु– प्रधानमन्त्री..

    राष्ट्रपतिलाई जापानको बधाई, जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने प्रतिबध्ता व्यक्त

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत  ।  विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन्  ।  राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको  बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन्  ।  भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल..

    बेलायतले रुसी कुटनीतिज्ञलाई देश निकाला गरेकोप्रति युरोपियन युनियनको समर्थन

    मंगलवार, चैत्र ६, २०७४ साल
    ब्रसेल्स, ६ चैत (रासस/सिन्ह्वा) : युरोपेली संघका विदेश मन्त्रीले रुसी कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने बेलायतको निर्णयप्रति समर्थन जनाएका छन् ।  विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा बेलायतले २३ जनालाई देश निकाला गर्ने निर्णयप्रति उनले सोमबार समर्थन जनाएका हुन् ।  मासिक बैठकपछि निकालेको वक्तव्यमा उनले आक्रमणको कडा शब्दमा भत्सर्ना गरेका छन् ।  घटनामा संलग्नलाई कानुनी कठघरामा..

    विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिन पुनः रुसी राष्ट्रपतिमा निर्वाचित

    सोमबार, चैत्र ५, २०७४ साल
    मस्को, ५ चैत । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ ।  प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उनका  निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।  विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गर्नुभएको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।  उनीहरुका..

    सिरियाली युद्ध अपराध रोक्न राष्ट्रसंघ विफल : सिरियाली प्रतिपक्षी

    आईतवार, चैत्र ४, २०७४ साल
    रियाद, साउदी अरब, ४ चैत ।  सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताएका छन्  ।  प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भने , “हामीले सिरियाको गुटा लगायतका क्षेत्रमा अपराधलाई रोक्न असफल हुनुमा प्रत्यक्ष जिम्मेवार राष्ट्रसंघ, सुरक्षा परिषद् र विश्व समुदायको मौनता भएको ठहर गरेका छौँ ।”  “तर यो पनि विसिन्नौँ कि सिरियामा अपराध फैलाउन प्रत्यक्ष भूमिका..

    अघि बढ्यो 'अमेरिका - उत्तर कोरिया' वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

    आईतवार, चैत्र ४, २०७४ साल
    हेलसिन्की, ४ चैत ।  संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् ।  गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।  सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शनिबार जानकारी दिएका छन्..

    विश्वकपको टिकट बेच्न खुलेका ८ सय ५८ ओटा अनलाईन बन्द

    शुक्रबार, चैत्र २, २०७४ साल
    मस्को, २ चैत (रासस/एएफपी) : विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।  रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द..

    जर्मन चान्सलरमा एन्जेला मर्केल चौथो पटक निर्वाचित

    बिहिवार, चैत्र १, २०७४ साल
    बर्लिन, चैत १ जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छिन्  ।जर्मनीको संसदले बुधबार उनलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ ।  जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए । संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित..

    ‘स्पेस फोर्स’ अर्थात् अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

    बुधबार, फागुन ३०, २०७४ साल
    सान डियागो, संयुक्तराज्य अमेरिका, ३० फागुन (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गरेका छन् ।  अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले स्पष्ट गरेका छन् ।  सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गरेको सम्बोधनका क्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ ।  उनले भने – अमेरिकाको नयाँ..
    Results 1488: You are at page 37 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast