आईतवार, चैत्र २३, २०७६

    बिदेश

    भियतनाममा भ्यानलाई ट्रकले ठक्कर दिंदा एकै परिवारका १४ ले ज्यान गुमाए

    सोमबार, श्रावन १४, २०७५ साल
    हनोई, १४ साउन  मध्य भियतनाममा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।  विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो ।..

    इन्डोनेसियामा ६.४ रिक्टर स्केलको शक्तिशाली भूकम्प, १० को मृत्यु

    आईतवार, श्रावन १३, २०७५ साल
    जकार्ता, १३ साउन  इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।  भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो ।  अमेरिकी जियालजिकल सर्भेका अनुसार भूकम्पको गहिराई..

    क्यालिफोर्नियामा फैलिरहेको डढेलो : ४० हजार बढी विस्थापित, ६ काे मृत्यु, दर्जनौ हराए

    आईतवार, श्रावन १३, २०७५ साल
      क्यालिफोर्निया, साउन १३ । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ । डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र उनीहरूका जिजु हजुरआमा पनि रहेको खबरहरू छन्। उक्त डढेलोमा बिहीवार दुईजना अग्निनियन्त्रकहरू मारिएका छन् । न्याशनल गार्डसहित हजारौँ आपत्‌कालीन कर्मचारी उक्त क्षेत्रमा आगो..

    दक्षिणी सिरियामा आइएस आक्रमण, २५० को मृत्यु, मृत्यु हुनेको संख्या अझै बढ्ने

    बिहिवार, श्रावन १०, २०७५ साल
    बेरुत, १० साउन दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ ।  यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए ।  सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए । “आक्रमणबाट सरकार समर्थक लडाकूहरुको पनि ज्यान गएको र..

    पाकिस्तानमा बुधबार भएको निर्वाचनको मतगणना हुँदै, पूर्वक्रिकेटर इमरान खानको दल अग्रस्थानमा

    बिहिवार, श्रावन १०, २०७५ साल
    काठमाडौं, १० साउन ।  पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतगणना मतगणना शुरु भएको छ । प्रारम्भिक नतिजाका अनुशार पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको दल पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार ४७ प्रतिशत मतगणना हुँदा खान नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफले १ सय १३ स्थानमा अग्रता बनाएको छ भने कारागारमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन कमजोर चाहिं देखिएको छ ।..

    पाकिस्तानः मतदान केन्द्रमा आत्मघाती बम विस्फोट, २८ को मृत्यु

    बुधबार, श्रावन ९, २०७५ साल
    क्वेटा,पाकिस्तान, ९ साउन  पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।  पाकिस्तानमा बुधबार जारी राष्ट्रव्यापी आम निर्वाचनमा करिब १० करोड ६० लाखले मतदान गर्दैछन् ।  मतदान केन्द्रमा प्रवेश गर्न लागेका आत्मघाती आक्रमणकारीलाई प्रहरीले रोकेका थिए । तर उनले प्रवेशद्वारमा नै विस्फोटन गराएको..

    जापानमा अत्यधिक गर्मीले ६५ जनाको ज्यान लियो, २२ हजार ६ सय ४७ जना अस्पताल भर्ना

    मंगलवार, श्रावन ८, २०७५ साल
    टोक्यो, ८ साउन  जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।  यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी बिद्यालयको शैक्षिक भ्रमणबाट फर्किए लगत्तै बेहोस भएकोले उपचारार्थ अस्पतालमा भर्ना हुँदा उनको मृत्यु भएको जानकारी दिएको यियो ।  साथै अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन २२ हजार ६४७ जना अस्पताल भर्ना..

    विमानस्थलनजिकै आत्मघाती आक्रमण, २३ को मृत्यु, आइएसले लियो जिम्मा

    सोमबार, श्रावन ७, २०७५ साल
    काबुल, ७ साउन  अफगानिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार एक आत्मघाती आक्रमण भएको छ ।  विमानस्थलको प्रवेशद्वारमा भएको यस आक्रमणमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २३ पुगेको स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।  यस आक्रमणमा परी एएफपी समाचार समितिका एक चालकको समेत मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १०७ जना घाइते भएका छन् ।  निर्वासनमा रहेका अफगान उपराष्ट्रपति अब्दुल रसिद दोस्तुमलाई स्वागत..

    इरानका सर्वोच्च नेता खामेनीद्वारा अमेरिकासँग वार्ता गर्न अस्वीकार, वार्ताको औचित्य नभएको प्रस्टोक्ति

    आईतवार, श्रावन ६, २०७५ साल
    तेहरान, ६ साउन : इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् ।  अमेरिकासँग वार्ता गरेर सम्झौतामार्फत् समस्याको समाधान खोज्ने कुरा जानीजानी गरेको गल्ती जस्तो हुने उनको भनाइ छ । इरानको आधिकारिक समाचार संस्था इर्नाकाअनुसार सर्वोच्च नेता खामेनीले अमेरिकासँग वार्ता गर्न चाहेका  छैनन् ।  “अमेरिकासँगको मुख्य समस्या र विवाद भनेको इस्लामिक आन्दोलनसँगको हो, त्यो आधारभूत र मौलिक विषयमा..

    विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध गरेपछि यस्तो हर्कत् नगर्न प्रम मोदीको आग्रह

    शुक्रबार, श्रावन ४, २०७५ साल
    नयाँ दिल्ली, ४ साउन  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् ।  उनले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेको बताइएको छ ।  यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको..

    ट्रम्पद्वारा पुटिनलाई अमेरिका भ्रमणको निम्तो, भ्रमणको लागि तयारी सुरु

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौं, साउन ४ ।  लामो समयदेखि चिसो रहेको दुई शक्तिशाली देश रुस र अमेरिकाबीचको सम्बन्धमा नयाँ मोड आउने संकेत देखिएको छ । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिनुले उक्त कुराको पुष्टि गरेको हो । राष्ट्रपति ट्रम्पले पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका हुन् ।  ह्वाइट् हाउसका प्रवक्ताका..

    संसदीय निर्वाचनमा आफ्नो कुनै प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

    बिहिवार, श्रावन ३, २०७५ साल
    इस्लामावाद, ३ असार  पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ ।  पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो कुरा बताएका छन् । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको कुनै भूमिका नरहने बताएका हुन् ।  पाकिस्तानको आमनिर्वाचनको परिणामलाई प्रभाव पार्न सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना..

    गुफाबाट उद्धार गरिएका थाइल्याण्डका बालक बुधबार घर फर्किदै

    बुधबार, श्रावन २, २०७५ साल
    बैंकक, २ साउन  गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् ।  करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो ।  ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ ।  यसअघि उनीहरुलाई सञ्चारमाध्यमसँग..

    महान् नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहमा बाराक ओबामाको सम्बोधन

    मंगलवार, श्रावन १, २०७५ साल
    जोहानेस्बर्ग, १ साउन अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गरेका छन् ।  उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका थिए  । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ ।  यस वर्ष उनको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उनको १००..

    पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु

    सोमबार, आषाढ ३२, २०७५ साल
    इस्लामाबाद, ३२ असार  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।  सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेका छ ।  यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक..

    रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आज हेलसिन्कीमा वार्ता : ट्रम्प सतर्क

    सोमबार, आषाढ ३२, २०७५ साल
    एजेन्सी, ३२ असार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा सोमवार भेट्दै छन्। त्यसका लागि उनी फिनल्याण्ड आइपुगेका छन्। आफ्ना साझेदारहरूको आलोचना गरिएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनले पुटिनलाई भेट्न लागेका हुन्। राष्ट्रपति ट्रम्पको जवाफ थियो– “पुटिन मेरा प्रतिश्पर्धी भने अवश्य हुन्, किनभने उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु ।”  उनिहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको..

    रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सोमबार हेलसिन्कीमा वार्ता

    आईतवार, आषाढ ३१, २०७५ साल
    पेरिस, ३१ असार (रासस/एएफपी) : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।  सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनिहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।  दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।  अमेरिकाको यो..

    पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उनलाई पक्राउ गर्ने तयारी

    शुक्रबार, आषाढ २९, २०७५ साल
    इस्लामावाद, २९ असार   भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन् ।  उनि बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै छन् ।  लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार उनलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।  ठूलो संख्यामा प्रहरी खटाइएको छ..

    बेलायतले अफगानिस्तानमा थप ४ सय ४० जना सैनिक पठाउने प्रधानमन्त्री मेको प्रतिबद्धता

    बिहिवार, आषाढ २८, २०७५ साल
    लण्डन, २८ असार : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ । अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।  बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरु थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड..

    आगामी जुलाई २५ मा हुने निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

    बुधबार, आषाढ २७, २०७५ साल
    इस्लामावाद, पाकिस्तान, २७ असार : सेनाको राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुने निर्वाचनमा ‘प्रत्यक्ष भूमिका नरहने’ पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् ।  सेनाको यो भनाई निर्वाचनको परिणामलाई प्रभाव पार्न व्यापक रूपमा सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपप्रति लक्षित गरी आएको हो ।  राज्यको शक्तिशाली संस्था सेनाले आरोपको खण्डन गर्दै आफ्नो झण्डै ७० वर्षको इतिहासमा तीन लाख..

    बेलायतमा नयाँ संकट, ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेशमन्त्रीद्वारा राजिनामा

    मंगलवार, आषाढ २६, २०७५ साल
    लण्डन, २६ असार : बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् ।  बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको  राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।  ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिएका हुन् ।  बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीको..

    बाढी-पहिरोका कारण जापानमा सय जनाको मृत्यु, तस्बिरमा हेर्नुहोस् त्यहाँको 'विध्वंस' ! (फोटोफिचर)

    सोमबार, आषाढ २५, २०७५ साल
    एजेन्सी, २५ असार केही दिनयताको अविरल वर्षाले बाढी र पहिरो निम्त्याएपछि जोखिम स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको जापानी सरकारी अधिकारीहरूले जनाएका छन्। जापान मौसम विभागका अधिकारीहरूले यस्तो भीषण वर्षा आजसम्म नदेखेको बताएका छन्। उनीहरूका अनुसार बिहीबारदेखि यो क्षेत्रमा साविक जुलाइ महिनामा हुने वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको छ।  जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल..

    टर्की सरकारद्धारा नौ हजार जना प्रहरी सहित १८ हजार ६ सय ३२ कर्मचारी बर्खास्त

    आईतवार, आषाढ २४, २०७५ साल
    अङ्कारा, २४ असार :  टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार..

    पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुँदै, २० हजार मतदान केन्द्र संवेदनशील

    शुक्रबार, आषाढ २२, २०७५ साल
    इस्लामावाद, २२ असार : पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाई संवेदनशील मतदान केन्द्रका रुपमा घोषणा गरेको छ ।  आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो । आयोगका अधिकारीहरूले देशभरीमा ८५ हजार ३०७ ओटा मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन् ।  पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने..

    राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने, शिखर वार्ताको सहमति गरी निर्णय भएको उल्लेख

    बिहिवार, आषाढ २१, २०७५ साल
    मस्को, २१ असार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । उनिहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् ।  लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ ।  राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनिहरूको शिखर वार्ताको बारेमा सहमति गरी..

    भ्रष्टाचार आरोप लागेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जमानतमा रिहा

    बुधबार, आषाढ २०, २०७५ साल
    क्वालालम्पुर, २० असार   मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।  उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए ।  निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको..

    भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ

    बुधबार, आषाढ २०, २०७५ साल
    एजेन्सी, २० असार  भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन्। मलेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी संस्थाले उनलाई पक्राउ गरेको हो। उनीमाथि राष्ट्रिय विकास कोषबाट सात सय मिलियन डलर भ्रष्टाचार गरेको आरोप छ। गत मेमा भएको निर्वाचनको परिणाम घोषणा भएलगत्तै उनीमाथि छानविन सुरू भएको थियो। नजिवले भने भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन्। भ्रष्टाचारका विषयमा यसअघि विशेष अनुसन्धान टोलीले नजिवको बयान लिएको थियो। उनलाई बुधबार..

    ज्वालामुखी विस्फोट भएपछि प्रसिद्ध पर्यटकीय द्वीप बालीको आकाश अझै खुलेन

    मंगलवार, आषाढ १९, २०७५ साल
    डेनपासार, इन्डोनेसिया, १९ असार  इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय द्वीप बालीमा चार दिनअघि शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि आजसम्म पनि आकाश खुलेको छैन ।  उक्त ज्वालामुखीका कारण निस्किएको लाभाका कारण र धुवाँ र धुलोबाट वातावरण धमिएको छ । यसरी अकाश अझै खुल्न नसक्दा हजारौँ पर्यटक अलपत्र परेका छन् ।  बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचार आउने..

    दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीको नेतृत्वमा उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

    मंगलवार, आषाढ १९, २०७५ साल
    सोल, १९ असार  दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ ।  दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।  यस घटनालाई केही सञ्चारमाध्यमहरुले उत्तर र दक्षिणको ‘बास्केटबल डिप्लोमेसी’ भनी व्याख्या गरेका छन् । ती सञ्चारमाध्यमहरुले दुई देशबीच पछिल्लो समयमा..

    अन्तर्राष्ट्रिय मिडियाहरुको प्रश्न: के दक्षिण एसियाली देश मालदिभ्समा प्रजातन्त्रको पुनर्स्थापना होला ?

    सोमबार, आषाढ १८, २०७५ साल
    माले, १८ असार   मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ ।  मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय दलका नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्व लिनेछन । उनको नेतृत्वमा विपक्षी दलको समूहले उम्मेदवारी दिएपछि देशमा प्रजातन्त्रको पुनर्स्थापना हुने अपेक्षा गर्न थालिएको छ ।  मालदिभियन विपक्षीहरुको समूहका रुपमा उनलाई पूर्वराष्ट्रपति मोहम्मद..
    Results 1491: You are at page 33 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast