सोमबार, असोज २७, २०७६

    बिदेश

    भारतको पश्चिम बंगालमा बस नदीमा खस्दा ३६ जनाको मृत्यु

    मंगलवार, माघ १६, २०७४ साल
    एजेन्सी १६ माघ ।  भारतको पश्चिम बंगालमा यात्रुबाहक बस नदीमा खस्दा ३६ जनाको मृत्यु भएको छ । ५० जना यात्रु सवार बस पुलबाट नदी तर्ने क्रममा रेलिङमा ठोक्किएर नदीमा खसेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।   माल्डा जिल्लाको करिमपुरबाट मुर्सिदावाद हुँदै नाडियातर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो । बसका चालकले..

    निर्वाचन बहिस्कारको माग गर्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ परेका विपक्षी नेता नाभाल्नी रिहा

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  रुसमा राष्ट्रपतीय निर्वाचन बहिस्कारको आह्वान गर्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ परेका विपक्षी नेता एलेक्सी नाभाल्नी रिहा भएका छन् । मस्कोमा गरिएको प्रदर्शनकै क्रममा पक्राउ परेका नाभाल्नीमाथि लगाइएका सबै अभियोग खारेज गरी रिहा गरिएको हो । नाभाल्नीको पार्टीले सन् २०११ देखि पुटिनबिरुद्ध प्रदर्शन गर्दै आएको छ । नाभाल्नीलाई सन् २०१७ मा तीन पटक अनुमति बिर्नै याली निकालेको आरोपमा पक्राउ गरिएको थियो..

    यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहको नियन्त्रणमा

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ । राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा कम्तिमा १० जनाको मृत्यु भएको छ । संघर्षमा दर्जनौं मानिस घाइते भएका छन् । यमनको..

    यौन दुव्र्यवहारको आरोप लागेपछि स्टिभ विनद्वारा राजिनामा

    आईतवार, माघ १४, २०७४ साल
    एजेन्सी, माघ १४ ।  अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रिय समितिका आर्थिक मामिला प्रमुख स्टिभ विनले पदबाट राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट मानिने विनले राजिनामा दिएको बीबीसीले जनाएको छ ।  अमेरिकाको लस भेगस क्यासिनोका मालिक समेत रहेका अर्बपती विनलाई थुप्रै महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ । वाल स्ट्रिट जर्नलमा छापिएको समाचार अनुसार एउटा त्यस्तो..

    साउदी अरेबियाका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त

    आईतवार, माघ १४, २०७४ साल
    रियाद, १४ माघ ।  भ्रष्टाचारको आरोपमा गत नोभेम्बर महिनामा पक्राउ परेका साउदी अरबियाका राजकुमार थुनामुक्त भएको समाचार छ ।  गत वर्षको नोभेम्बर महिनामा साउदी अरेबियाका युवराज मोहमद बिन सलमानले सुरु गरेको भ्रष्टाचारीहरुको कारबाहीको क्रममा पक्राउ गरिएका अर्बपति राजकुमार अलवालीद बिन तलाल थुनामुक्त भएको समाचारमा जनाइएको छ ।  अर्बपति राजकुमार तलालका साथै अरु पनि त्यस समयमा पक्राउ परेका केही शक्तिशाली व्यक्तिहरू थुनामुक्त भइरहेका खबरहरु प्राप्त..

    काबुलमा यस वर्षकै ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते

    शनिबार, माघ १३, २०७४ साल
    काबुल, १३ माघ (रासस/एएफपी) : अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ ।  काबुलको मध्य भागमा अत्यधिक भीड भएको स्थान लक्ष्य गरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स विस्फोट गराइँदा..

    एफबिआइले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार छु : राष्ट्रपति ट्रम्प

    बिहिवार, माघ ११, २०७४ साल
    एजेन्सी ११ माघ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू संघीय जाँच ब्यूरो एफबिआईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।  राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले एफबिआईका अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई बयान दिन आफू तयार रहेका बताएका हुन् ।  अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे भइरहेको छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भइनसकेको अन्तर्राष्ट्रिय..

    अफगानिस्तानमा भएको सुरक्षाकारबाहीमा २३ बन्दुकधारीको मृत्यु

    बुधबार, माघ १०, २०७४ साल
    एजेन्सी, माघ १० (रासस)। अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारीको ज्यान गएको छ । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार..

    लिबियामा भएको श्रृंखलाबद्ध बम बिस्फोटमा परी २७ जनाको मृत्यु, ३० घाइते

    बुधबार, माघ १०, २०७४ साल
    एजेन्सी, माघ १० । लिबियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा परी २७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० भन्दा बढी घाइते भएका छन् ।  लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र सर्वसाधारण पनि रहेका अधिकारीहरुले बताएका छन्..

    अमेरिकाको एक विद्यालयमा गोलाबारी हुँदा दुई विद्यार्थीको मृत्यु

    बुधबार, माघ १०, २०७४ साल
    एजेन्सी, माघ १० ।  अमेरिकाको केन्टकी राज्यमा भएको गोलाबारीमा दुईजनाको मृत्यु भएको छ । त्यहाँ रहेको एक उच्च माध्यमिक विद्यालयमा गोलाबारी हुँदा १५ वर्षका छात्र र एक छात्राको मृत्यु भएको विविसीले जनाएको छ ।  घटनामा अन्य १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको  अवस्था गम्भीर रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा संलग्न छात्रलाई पक्राउ गरी अनुसन्धान थालेको त्यहाँको प्रहरीले..

    गत शुक्रबार देखि ठप्प अमेरिकी संघीय सरकारका कामकाज शुरु हुँदै

    मंगलवार, माघ ९, २०७४ साल
    एजेन्सी ९ माघ ।  अमेरिकाका दुवै सदनले संघीय निकायमा सरकारी कामकाज सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै गत शुक्रबारदेखि ठप्प भएको सरकारी कामकाज पुनः सुरु हुने भएको छ ।  डेमोक्रेट सांसदहरुले फ्रेबुअरी ८ सम्मका लागि सरकारी निकायलाई खर्च बजेट प्रदान गर्ने अस्थायी विद्येयकमा सहमती जनाएसँगै सरकारी कामकाज पुनस् सुरु गर्न बाटो खुलेको हो । डेमोक्रेटहरुले अस्थायी विद्येयकका लागि सहमती जनाएसँगै तल्लो र माथिल्लो सदबाट सो..

    अफगान सुरक्षा फौजको कारबाहीमा परी ५० लडाकू मारिए, १० गाँउ पुनः सेनाकै कब्जामा

    मंगलवार, माघ ९, २०७४ साल
    कुन्दुज, अफगानिस्तान, ९ माघ  : अफगानिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा परी ५० भन्दा बढी लडाकूहरु मारिएका छन् । कुन्दुुज प्रान्तमा तालिवान लडाकूहरू विरुद्ध गरिएको कारबाहीमा उनीहरु मारिएको र अरु ३० जना घाइते भएको पनि अफगानी सेनाका एक जना प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।  प्रवक्ता गुलाम हज्रात कारिमीले कुन्दुज प्रान्तको चार डारा जिल्लामा एक हप्ता अगाडीदेखि सुरु भएको सुरक्षा कारबाही अब..

    सिरियामा गरेको आक्रमणपछि टर्कीलाई संयम रहन अन्तराष्ट्रिय समुदायको आग्रह

    सोमबार, माघ ८, २०७४ साल
    एजेन्सी, माघ ८ ।  टर्कीले सिरियामा गरेको आक्रमणपछि उसलाई संयमता अपनाउन आग्रह गरिएको छ । टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध स्थलगत रुपमा पनि सैन्य कारबाही थालेपछि अन्तर्रा्ष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह गरेका समाचारमा जनाइएको छ ।  उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले शनिबार राति हवाई आक्रमण पनि गरेको एक समाचारमा जनाइएको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ..

    डोनाल्ड ट्रम्पको अमेरिकी नेतृत्वमा एक बर्ष : ज्यादा विवादास्पद, नागरिक विभाजित

    आईतवार, माघ ७, २०७४ साल
    न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ७ माघ : सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उनि सम्भवत सवैभन्दा धेरै विवादास्पद बने ।  अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन् । अर्थात् अमेरिकीहरू अझैपनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् ।  कर कटौती..

    युरोपेली युनियनले सन् २०२० देखि २०३०लाई मेलमिलापको दशक बनाउने

    आईतवार, माघ ७, २०७४ साल
    लिस्बोन, ७ माघ ।  पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टले सन् २०२० देखि २०३० सम्मको दशकलाई युरोपेली सङ्घसँग मेलमिलापको दशक बनाउने बताए  छन्।  कोस्टले पोर्चुगलस्थित अलेन्टेजो क्षेत्रको संयोजन र विकासका लागि क्षेत्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका पोर्चुगलको समाचार संस्थाले जनाएको छ ।  युरोपेली संघसँग सन् १९८६ देखि नै आवद्ध भएको कारण पोर्चुगललाई धेरै उपलब्धि भएको उनले बताए  ।   ..

    पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको हत्या

    शुक्रबार, माघ ५, २०७४ साल
    एजेन्सी, माघ ५ ।  पाकिस्तानमा पोलियो थोपा खुवाउनमा संलग्न रहेका दुई महिला अभियन्ताको हत्या भएको छ । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियोे थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ताको गोली हानी हत्या गरिएको हो ।  ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया रिजवानाको मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । सकीना र रिजवाना आमा छोरी हुन् ।  बच्चालाई पोलियो खुवाउँदै गरेका समयमा..

    आफ्नो देशमा कुनै पनि आक्रमण नगर्न टर्कीलाई सिरियाको चेतावनी

    शुक्रबार, माघ ५, २०७४ साल
    एजेन्सी, माघ ५ । सिरियाले आफ्नो देशमा कुनै आक्रमण नगर्न टर्कीलाई चेतावनी दिएको छ । सिरियाका सहायक विदेशमन्त्री फैसल मेकदादले आफ्नो देशको हवाई सीमा उल्लंघन गर्ने टर्कीको कुनै पनि लडाकु विमानलाई सिरियाल आफ्नो सेनाले नष्ट गरिदिने बताउनु भएको हो ।  टर्कीले सीमापार कुर्द नियन्त्रणको अफ्रिन क्षेत्रमा सम्भावित हमला गर्न सिरियासँगको सीमा नजिकै सेना जम्मा पारेको बीबीसीले जनाएको छ । यसअघि टर्कीका राष्ट्रपतिले उत्तरी..

    काजकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको मृत्यु

    बिहिवार, माघ ४, २०७४ साल
    एजेन्सी, माघ ४ ।   काजकिस्तानमा एउटा बसमा आगलागी हुँदा कम्तिमा ५२ जनाको ज्यान गएको बीबीसीले जनाएकोे छ । दनदनी आगो बलेको बसबाट ५ जनालाई भने जीविते उद्धार गरिएको अधिकारीले जनाएका छन् । आगलागी बिहीबार स्थानीय समय अनुसार १०ः३० बजे इर्गिज जिल्लाको अक्टोउ  क्षेत्रमा भएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले बसमा कहाँका नागरिक थिए भन्ने नखुलेको बताएका छन् ।..

    राष्ट्रसंघीय सहायता कोष मार्फत अमेरिकाद्वारा प्यालेस्टाइनलाई दिँदै आएको सहयोगमा कटौती

    बुधबार, माघ ३, २०७४ साल
    एजेन्सी, माघ ३ ।  अमेरिकाले प्यालेस्टाइनलाई दिँदै आएको सहयोगमा कटौती गरेको छ । संयुक्त राष्ट्रसंघीय सहायता कोष मार्फत प्यालेस्टाइनलाई दिन लागिएको ६५ अर्ब डलर अमेरिकाले कटौति गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  प्यालेस्टाइनलाई दिने एक सय २५ अर्ब डलरमा अमेरिकाले अब जम्मा ६० अर्ब डलर मात्र दिने बिबिसीले जनाएको छ । राष्ट्रसंघका अधिकारीले भने अमेरिकाको पछिल्लो कदमले हजारौँ प्यालेस्टाइनी प्रभावित हुने बताएका..

    सयौं ज्वालामुखीको भूमी पपुवा न्यू गिनीमा फेरी ज्वालामुखी विस्फोट

    मंगलवार, माघ २, २०७४ साल
    पपुवा न्युगिनी, २ माघ  । कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ ।  वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ ।  यहाँको ज्वालामुखी लामो समयसम्म शान्त रहेको बताइएको थियो । तर आइतबार एक ज्वालामुखी अकस्मात विस्फोट हुन थालेपछि यहाँका टापूहरुबाट करिब १५ हजार मानिसलाई..

    अमेरिकाको हवाई प्रान्तमा मिशाइल आक्रमणसम्बन्धी गलत सन्देश प्रवाह

    आईतवार, पौष ३०, २०७४ साल
    एजेन्सी, पौष ३० ।  अमेरिकाको हवाई प्रान्तमा मिशाइल आक्रमणसम्बन्धी गलत सन्देश प्रवाह हुँदा स्थानीयमा त्रास फैलिएको छ ।  मोबाइलमा एकाएक प्रवाह भएको सन्देशमा ब्यालेस्टिक मिशाइल आक्रमण हुन लागेकाले घरबाट बाहिर ननिस्कन र बाहिर भएपनि सुरक्षित रहन सचेत गराइएको थियो । सन्देश प्रवाह भएसँगै सर्वसाधारणमा त्रास फैलिएको बीबीसीले उल्लेख गरेको छ । टेलिभिजन, रेडियोले पनि घर भित्रै बस्ने सन्देश दिदै आफ्ना प्रशारणहरू बन्द गरेका..

    दमास्कस नजिकै विद्रोही नियन्त्रण क्षेत्रमा ‘क्लोरिन ग्यास’ आक्रमण

    आईतवार, पौष ३०, २०७४ साल
    एजेन्सी ३० पौष ।  सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा राशायनिक आक्रमण भएको छ । दैनिकजसो बम आक्रमण भइरहने पूर्वी गूटा क्षेत्रमा विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा क्लोरिन ग्याँस प्रहार भएको बीबीसीले उल्लेख गरेको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।  सिरियामा गृहयुद्ध शुरु भएदेखि नै क्लोरिन ग्यासको हमला..

    इजरायली प्रधानमन्त्री नेतान्याहु ६ दिने औपचारिक भ्रमणका लागि भारतमा

    आईतवार, पौष ३०, २०७४ साल
    नयाँ दिल्ली, ३० पुस  ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आइपुगेका  छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छ महिना अघि इजरायलको भ्रमणमा गएका थिए  । मोदी इजरायलको भ्रमणमा जाने पहिलो भारतीय प्रधानमन्त्री थिए  । उनको भ्रमणको छ महिनापछि उनको आमन्त्रणमा इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको औपचारिक भ्रमणमा आएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।  नेतान्याहु पनि इजरायलको प्रधानमन्त्रीको रुपमा..

    साउदी अरबमा अब महिला पनि फुटबल खेलमा सहभागी हुन पाउने

    आईतवार, पौष ३०, २०७४ साल
    रियाद, ३० पुस  ।    साउदी अरबका महिलाहरु पनि अबको दिनहरुमा फुटबल प्रतियोगीतामा सहभागीता जनाउन पाउने भएका छन् । पहिलो पटक गत शुक्रबार फुटबल प्रतियोगीतामा सहभागी भई साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।  जेद्दाहामा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् ।  यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो । अव आफ्ना..

    ट्रम्पको नयाँ रणनीति : अफगानिस्तानमा थप ७०० अमेरिकी सेना आउने

    शनिबार, पौष २९, २०७४ साल
    काबुल, अफगानिस्तान, २९ पुस (रासस/एएनआई) : अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ ।  आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भने, “हजारौँको सङ्ख्यामा..

    परमाणु सम्झौताबाट पछाडी नहट्न अमेरिकालाई इयुको आग्रह

    शुक्रबार, पौष २८, २०७४ साल
    एजेन्सी, पौष २८ ।  अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडी नहट्न युरोपेली युनियन इयुले आग्रह गरेको छ । सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्वपूर्ण भएको भन्दै इयुले अमेरिकालाई इरानसँगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको हो ।  इरानको परमाणु कार्यक्रमका बारे सन् २०१५ मा भएको सम्झौतालाई भंग गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णय लिन सक्ने बताइरहेका बेला इयुले यस्तो आग्रह गरेको अन्तराष्ट्रिय..

    रुसी राष्ट्रपतिद्वारा उत्तरकोरियाली नेता किमको प्रशंसा, सक्षम नेताको संज्ञा

    शुक्रबार, पौष २८, २०७४ साल
    एजेन्सी, पौष २८ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाका  नेता किम जोङ उनको प्रशंसा गर्नु भएको छ । अमेरिकाले उत्तर कोरियाली नेताको लगातार आलोचना गरिरहँदा रुसी राष्ट्रपति पुटिनले भने खुलेर प्रशंसा गर्नु भएको हो ।  पुटिनले उत्तर कोरियाली नेता किमलाई एक सक्षम र परिपक्व नेताको सज्ञा दिनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  कोरियाली प्रायद्वीपमा तनाव कम गर्नका लागि उत्तर कोरियाली नेता किमले..

    पृथ्वीमा तापक्रम वृद्धिका कारण बाढीको खतरा बढ्दो : अध्ययन

    शुक्रबार, पौष २८, २०७४ साल
    बर्लिन, जर्मनी, २७ पुस ।  जलवायु परिवर्तनसँगै आएको विश्वव्यापी तापक्रम वृद्धिका कारण आगामी केही दशकभित्र विश्वभर थप लाखौँ व्यक्ति नदीजन्य बाढीको खतरामा पर्ने वैज्ञानिकहरूले बताएका छन् ।  जर्मनीमा भएको अनुसन्धानले संयुक्त राज्य अमेरिका, भारत तथा अफ्रिकाका केही भागहरू, इन्डोनेसिया र मध्य यूरोपमा नदीजन्य बाढीको प्रकोपलाई नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने देखाएको वैज्ञानिकहरूले बताएका छन् । विश्वभर नदीमा आउने बाढीका कारण हरेक बर्ष ठूलो..

    सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन

    बिहिवार, पौष २७, २०७४ साल
    इस्लामावाद, २७ पुस : पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ । स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार पञ्जाव प्रान्तकी वासिन्दा सात वर्षीया जाइनाबलाई गत जनवरी ५ मा ट्युसन पढ्न गइरहेको बेला अपरान्ह एक सङ्कास्पद व्यक्तिले अपहरण गरेको थियो ।  बालिकालाई अपहरण गरेको दृश्य सिसिटीभीको फुटेजबाट पत्ता लागेको थियो । त्यसपछि उनको शव उनलाई अपहरण गरिएको स्थानबाट..

    रोहिंग्या मुसलमानको हत्यामा संलग्न रहेको म्यानमार सेनाको स्वीकारोक्ती

    बिहिवार, पौष २७, २०७४ साल
    एजेन्सी, पौष २७ । म्यानमारको सेनाले रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानको हत्या गरेको स्वीकार गरेको छ । यसअघि रोहिंग्याको हत्यामा आफूहरुको संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक हत्या तथा ज्यादतीमा आफूहरु संलग्न रहेको स्वीकार गरेको हो । तर सबै घटनामा नभइ एक घटनामा मात्रै आफूहरुले रोहिंग्या मुसलमानको हत्या गरेको म्यानमारको सेनाले दाबी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले  जनाएका छन् । सेनाका अनुसार..
    Results 1238: You are at page 32 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast