मंगलवार, भाद्र ३, २०७६

    बिदेश

    कुपोषणले आउँदो वर्ष कङ्गोमा ४ लाख बालबालिकाको मृत्यु हुने चेतावनी

    बिहिवार, मंसिर २८, २०७४ साल
    संयुक्त राष्ट्रसङ्घ, २८ मङ्सिर । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा चार लाख बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुनसक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो ।  युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै कसाई क्षेत्रमा मृत्यु भएको पाइएको जानकारी दिइएको छ । विभिन्न खालका हिंसा, आम विस्थापन र न्यून..

    रोहिंग्या शरणार्थी शिविरमा शकांस्पद ‘भ्यागुते रोग’ बाट नौ जनाको मृत्यु

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौं मंसिर २७ ।  वङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको छ । अन्य सात सय भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि खोप अभियान सञ्चालन गरेको छ ।  म्यानमारमा जातिय हिंसा चर्किएपछि केही महिना पहिले भागेर बङ्गलादेश पुगेका ६ लाख ४६ हजार रोहिङ्ग्याहरू रहेका शिविरमा भ्यागुते रोगको सङ्क्रमण भेटिएको विविसीले उल्लेख गरेको छ ।  बङ्गलादेशको सरुवा रोग तथा..

    न्यूयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले ट्रम्पलाई चेतावनी दिएको खुलासा

    बुधबार, मंसिर २७, २०७४ साल
    एजेन्सी, मंसिर २७ ।  अमेरिकाको न्यूयोर्क्स्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ । बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  उनले फेसबुकमा ‘ट्रम्प आफ्नो देशको सुरक्षामा असफल भएको’ पोस्ट गरेका थिए । अमेरिकी अभियोजन कर्ताहरुले इस्लामिक स्टेट समूहको समर्थनमा ती..

    इरानमा ६.२ म्याग्निच्युडको भूकम्प, १८ जना घाइते

    बुधबार, मंसिर २७, २०७४ साल
    इरान, २६ मङ्सिर । इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा गएको भूकम्पका कारण समाचार तयार गर्दासम्म १८ जना घाइते भएका बताइएको छ भने भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त भएको छैन ।  भूकम्पको धक्कापछि घरभित्र बसिरहेका तथा व्यवसायमा सम्लग्न मानिस..

    ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप, ह्वाइट हाउसद्वारा अस्वीकार

    मंगलवार, मंसिर २६, २०७४ साल
    एजेन्सी, मंसिर २६ ।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाउने तीन महिलामाथि प्रश्न उठाएको छ । राष्ट्रपतिकी प्रवक्ताले ती आरोपविरुद्ध छानबिनका लागि संसदीय जाँच गराइनुपर्ने मागहरु खारेज गरेकी छन् । ह्वाइट हाउसले ती आरोपहरु झुटो भएको बताएको छ । ’बीबीसी’का अनुसार यसअघि रेचल क्रुक्स, जेसिका लिड्स र समान्था होल्भेले राष्ट्रपति चुनिनु अघि ट्रम्पले आफूहरुलाई अश्लील ढंगले छोएको,..

    द्वन्द्वग्रस्त मुलुक सिरियामा तैनाथ रहेका रुसी सेना फिर्ता बोलाइयो

    मंगलवार, मंसिर २६, २०७४ साल
    एजेन्सी, मंसिर २६ ।  रुसले सिरियामा तैनाथ आफना सेना फिर्ता बोलाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले सिरियामा तैनाथ गरिएका आफ्ना सेना फिर्ता गर्ने निर्णय गरे सँगै रुसी सेना फिर्ता भएका हुन् ।  अचानक सिरिया पुगेका रुसी राष्ट्रपति पुटिनले सिरियाको अवस्थामा केही सुधार आएको भन्दै सेना फिर्ता बोलाउने निर्णय गरिएको रुसी रक्षामन्त्री सरगोई सोइगुले जानकारी दिए ।  सिरिया भ्रमणकै क्रममा रुसी राष्ट्रपति भ्लादिमीर..

    अरब र मुस्लिम बाहुल्य मुलुकहरुमा अमेरिकाविरुद्ध व्यापक प्रदर्शन जारी

    सोमबार, मंसिर २५, २०७४ साल
    एजेन्सी, मंसिर २५ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिनेगरी राखेको अभिव्यक्तिका विरुद्धमा विभिन्न देशमा अमेरिकाविरुद्ध प्रदर्शन जारी रहेका बताइएको छ । यसअघि गत हप्तादेखि भएको सो घोषणाको विषयलाई लिएर विभिन्न देशहरुले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलन र विरोध प्रदर्शनको क्रम आइतबार पनि जारी रहेको बताइएको छ । प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि संघर्षरत इस्लामिक हमास..

    भेनेजुयलामा विपक्षी पार्टीहरुलाई राष्ट्रपति निर्वाचनमा भाग लिन प्रतिबन्ध

    सोमबार, मंसिर २५, २०७४ साल
    एजेन्सी, मंसिर २५ । भेनेजुयलाका मूख्य विपक्षी पार्टीहरुलाई अर्को वर्षको राष्ट्रपति निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाइको छ । राष्ट्रपति निकोलस मडुरोले मेयरको निर्वाचनमा भाग लिएका पार्टीले मात्र राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने बताएका हुन् । उक्त निर्वाचनमा जस्टिस फस्र्ट, पपुलर विल, डेमोक्रेटिक एक्सन पार्टीका नेताहरुले निर्वाचन प्रणाली नै पक्षपात पूर्ण भएको र निर्वाचनले मडुरोको तानाशाहीलाई बढावा मात्र दिने भन्दै निर्वाचन बहिष्कार गरेका..

    राष्ट्रपति पुटिन स्वतन्त्र उम्मेदवार हुने वा नहुने निर्णय भएको छैन : पेश्कोभ

    शुक्रबार, मंसिर २२, २०७४ साल
    मस्को, २१ मङ्सिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को कार्यकालका लागि निर्वाचनमा उठ्ने बताएपनि उनले रसियाली सत्ताधारी दल युनाइटेड रसियाको तर्फबाट लड्ने वा स्वतन्त्र रूपमा निर्वाचनमा उठ्ने भन्ने विषयमा निर्णय लिइनसकेको उनका प्रवक्ता दिमित्री पेश्कोभले विहीबार जनाएका छन् ।  राष्ट्रपतिको निर्वाचन आगामी बर्षको मार्च १८ मा हुने बताइएको छ । सन् २००० देखि रसियाको नेतृत्व सम्हालेका पुटिनको दलले गत बर्षको निर्वाचनमा भारी..

    २७ लाख फिलिपिनी जनता भोकमरी व्यहोर्न वाध्य : अध्ययन

    शुक्रबार, मंसिर २२, २०७४ साल
    मनिला, २१ मङ्सिर । फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसङ्ख्याले भोकमरीको समस्या झेल्न वाध्य रहेको विहीबार सार्वजनिक एक अध्ययन पतिवेदनमा जनाइएको छ ।  सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’(एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९.५ मा २.३..

    कतारमा नाकाबन्दीमा पनि आर्थिक वृद्धि,वृद्धि दर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा

    बिहिवार, मंसिर २१, २०७४ साल
    दोहा, २० मङ्सिर ।  कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ । कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिएका छन् । उनले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका बेला पनि कतारमा नाकाबन्दी नरोकिएको जनाएका हुन् ।  गभर्नर सेख अब्दुल्लाह  विन साउड अल थानीले..

    इजरायलको राजधानी जेरुसेलममा सार्ने ट्रम्पको तयारी, अरब राष्ट्रहरु रुष्ट

    बुधबार, मंसिर २०, २०७४ साल
    एजेन्सी, मंसिर २०। इजरायलको राजधानी जेरुसेलममा सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति अरब राष्ट्रहरु रुष्ट बनेका छन् । अरब देशका नेताहरुले जेरुसेलमलाई राजधानी बनाउँदा मुस्लिम समुदायमाथि आघात पुग्ने भन्दै त्यस्तो निर्णय नगर्न आग्रह गरेका छन् । इजरायलमा रहेको अमेरिकी दूताबास तेल अभिवबाट जेरुसेलम सार्ने तथा जेरुसेलमलाई नै राजधानीको मान्यता दिने ट्रम्पको तयारी छ ।  साउदी अरबका राजा सलमानले ट्रम्पको यस्तो निर्णयले विश्वभरिका मुस्लिम समुदायमाथि..

    रोहिङ्ग्या समस्याको भरपर्दाे समाधानका लागि एम्नेस्टिको आग्रह

    मंगलवार, मंसिर १९, २०७४ साल
    याङ्गोन, १९ मङसिर । म्यानमारको रोहिङ्ग्या समुदायका मुसलमानहरुको समस्या समाधानको लागि भरपर्दाे उपाय निकाल्न विश्व मानवअधिकारवादी संस्था एम्नेस्टि इन्टरनेसनलले आग्रह गरेको छ ।  संयुक्त राष्ट्रसंघ र अमेरिकाले रोहिङ्ग्या मुसलमान जातिकै जातीय सफाया गर्ने प्रयास गरेको आरोप लगाउँदै आएकोमा म्यानम्यारको सैनिकले भने यसलाई अस्वीकार गर्दै आएको छ ।  म्यानमारका सैनिकको दमनको कारण म्यानमारको उत्तरी राज्य राखिनबाट ६ लाख २० भन्दा बढी रोहिङ्ग्या मुसलमानहरु म्यानमारबाट..

    टाइम म्यागेजिनले छानेको यस वर्षका सबैभन्दा प्रभावशाली १० व्यक्तित्वहरु

    मंगलवार, मंसिर १९, २०७४ साल
    मंसिर १९, काठमाडौँ । टाइम म्यागेजिनले सन् २०१७ का लागि वर्ष व्यक्तिका १० अन्तिम नाम सार्वजनिक गरेको छ । सन् १९२७ देखि वर्षको सबैभन्दा प्रभावशाली व्यक्ति, समूह वा विचार छान्दै आएको म्यागेजिन संसारकै प्रभावशालि म्यागेजिन मानिन्छ । १. डोनाल्ड ट्रम्प : २०१६ को वर्ष व्यक्ति बनेका ट्रम्पको सधै विवादका कारण चर्चामा रहिरहे । ट्रम्पले हेल्थ केयर, आप्रवास, वातवरण, करलगायतका क्षेत्रमा विवादास्पद निर्णयहरु गरे..

    ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय कार्यन्वयन गर्न सर्वोच्चको आदेश

    मंगलवार, मंसिर १९, २०७४ साल
    एजेन्सी, मंसिर १९ ।  अमेरिकी सर्वोच्च अदालतले मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई समर्थन गरेको छ । सर्वोच्चले राष्ट्रपति ट्रम्पको निर्णयलाई समर्थन तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न पनि निर्देशन दिएको  अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगत्तै मुस्लिम बाहुल्य देशबाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा..

    हुथी विद्राहीसँगको संर्घषका क्रममा यमनका पूर्व राष्ट्रपति सालेह मारिए

    मंगलवार, मंसिर १९, २०७४ साल
    एजेन्सी, मंसिर १९ ।  यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिएका छन् । सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएको विविसीले उल्लेख गरेको छ ।  सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणका क्रममा उनी मारिएको जनाएको छ । तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र..

    बेलायतको इयूबाट हुने बर्हिगमनका लागि सम्झौतावार्ता ‘सहमति नजिक’ : टस्क

    मंगलवार, मंसिर १९, २०७४ साल
    बेल्जियम, १८ मङ्सिर ।  यूरोपियन यूनियन (इयू) र बेलायतबीच बेलायतको इयूबाट बर्हिगमनका लागि सम्बद्ध पक्षबीच भएको सम्झौतावार्ता सहमति नजिक पुगेको इयू प्रमुख डोनाल्ड टस्कले सोमबार बताएका छन् ।  बेलायतको बर्हिगमनका लागि भएको वार्ता यस पहिलेको तुलनामा सहमतिको निकै नजिक पुगेको टस्कले बताए । सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, इयू प्रमुख टस्कले बताए..

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आफ्नै मातहतको अनुसन्धान निकाय एफबीआईको कडा आलोचना

    सोमबार, मंसिर १८, २०७४ साल
    एजेन्सी, मंसिर १८ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै मातहतको अनुसन्धान निकाय ‘फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन’(एफबीआई)को कडा आलोचना गर्नु भएको छ ।  अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले यस्तो आलोचना गर्नु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  एफबीआईका पूर्व निर्देशक जेम्स कूमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उहाँले जिकिर  गर्नूभयो..

    रोहिंग्या मुस्लिमलाई स्वदेश फिर्ताको सम्बन्धमा बंगलादेश र म्यानमारबीच आज छलफल हुदै

    सोमबार, मंसिर १८, २०७४ साल
    एजेन्सी, मंसिर १८ ।  बंगलादेशमा रहेका रोहिंग्या मुस्लिम समुदायलाई आफ्नो देश फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच आज छलफल हुदै छ ।  बंगलादेश र म्यानमारबीच दुइ महिनाभित्र रोहिंग्या मुस्लिम समुदायलाई स्वदेश फिर्ता गर्ने सहमति भए अनुसार नै आज दुइ देशबीच छलफल हुन लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  रोहिंग्यालाई स्वदेश फिर्ताको विषयमा आज दुइ देशका उच्चअधिकारीहरु बीच थप छलफल हुनेछ । म्यानमारमा..

    रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सम्बन्धमा सोमबार छलफल हुँदै

    आईतवार, मंसिर १७, २०७४ साल
    याङगुन, बङ्गलादेश, १७ मंसिर ।  बङ्गलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बङ्गलादेश र म्यानमारका अधिकारीबीच सोमबार छलफल हुने भएको छ ।  यसअघि बङ्गलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । यस विषयमा थप छलफलका लागि सोमबार बङ्गलादेश र म्यानमारका यससम्बन्धी उच्च अधिकारीहरुबीच भेटवार्ता हुने भएको प्राप्त समाचारमा जनाइएको छ ।  म्यानमारमा पछिल्ला केही महिना..

    फ्लिनले रुसी अधिकारीहरुसँग भेटेर कुनै गल्ती गरेका छैनन् : ट्रम्प

    आईतवार, मंसिर १७, २०७४ साल
    एजेन्सी, मंसिर १७ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पूर्वसुरक्षा सल्लाहकार माइकल फ्लिनले रुसी अधिकारीहरुसँग भेटेर कुनै गल्ती नगरेको बताएका छन् ।  अमेरिकी राष्ट्रपतीय निर्वाचनपछि फ्लिनले जे गरे त्यो कानूनतः वैध भएको ट्रम्पको भनाइ छ । यस विषयमा कुनै कुरा नलुकाइएको भन्दै ट्रम्पले चुनावमा रुसी हस्तक्षेपका बारेमा अनुसन्धान गरिरहेको टोलीसँग फ्लिनले दिएको जवाफ  सही भएको पनि बताए । फ्लिनले तात्कालीन रुसी राजदूत सर्गई..

    अमेरिकी रक्षामन्त्री 'जिम म्याटिस' यसै हप्ता पाकिस्तान आउदै

    आईतवार, मंसिर १७, २०७४ साल
    वासिङ्टन, अमेरिका, १७ मङसिर  : अमेरिकी विदेशमन्त्री जिम म्याटिशसले यसै हप्ता पाकिस्तानको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री म्याटिस इजिप्ट, जोर्डन, पाकिस्तान, र कुबेतको भ्रमणका क्रममा यही डिसेम्बर ४ मा पाकिस्तान पुग्ने पेन्टागनले जनाएको छ । पाकिस्तानमा रहँदा विदेशमन्त्री म्याटिसले आतङ्कवादी समूहविरुद्ध थप सक्रिय बन्न इश्लामावादलाई दवाव दिने अपेक्षा गरिएको छ ।  अमेरिकाद्वारा लगातार मध्यपूर्व, पश्चिम अफ्रिका र दक्षिण एसियामा लामो समयदेखि पु¥याउँदै..

    भारतमा आँधी र भीषण वर्षाबाट ८ जनाको मृत्यु, सय भन्दा बढी वेपत्ता

    शुक्रबार, मंसिर १५, २०७४ साल
    नयाँदिल्ली, मंसिर १५ ।  भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा पनि आठजनाको ज्यान गएको बताइएको छ । सो आँधीका कारण कम्तीमा पनि आठजना मृत्यु हुनुका साथै १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक..

    जापानी सम्राटले सन् २०१९ मा गद्दी त्याग्ने घोषणा

    शुक्रबार, मंसिर १५, २०७४ साल
    टोकियो, १५ मङसिर । जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने घोषणा गरेको समाचार छ ।  सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार घोषणा गरेका हुन् । उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएको समाचारमा जनाइएको छ ।  जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा..

    पाकिस्तानको पेशावरमा आतंकवादी हमला, ९ जनाको मृत्यु

    शुक्रबार, मंसिर १५, २०७४ साल
    एजेन्सी, मंसिर १५ ।  पाकिस्तानको पेशावरमा शुक्रबार भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु भएको छ । सहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  हमलामा अन्य ३६ जना घाइते भएको विविसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार शुक्रबार बिहानै तीन बन्दुकधारी बुर्का लगाएर सो केन्द्रमा प्रवेश गरेका थिए । जवाफी सुरक्षा कारवाहीमा तीनै हमलाकारी मारिएको..

    आपराधिक घटनामा संलग्न भएको आरोपमा अर्जेन्टिनामा २९ जनालाई आजीवन जेल सजाय

    बिहिवार, मंसिर १४, २०७४ साल
    एजेन्सी , मंसिर १४ । अर्जेन्टिनाको उच्च अदालतले आपराधिक घटनामा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै २९ जनालाई आजीवन जेल सजाय सुनाएको छ । सन् १९७६ देखि १९८३ सम्म अर्जे्िन्टनामा भएको तानाशाही शासनको बेला हत्या, हिंसा र अपहरणका घटनामा संलग्न भएको भन्दै बोएनोस एरेसस्थित एक अदालतले उनीहरुलाई आजीवन जेल सजाय सुनाएको हो । ती बाहेकका अन्य १९ जनालाई पनि ८ देखि २५ बर्षसम्मको..

    म्यानमारकी नेत्री ‘आङसाङ सुकी’ को महत्वपूर्ण पदक खोसियो

    बुधबार, मंसिर १३, २०७४ साल
    मंसिर १३, काठमाडौँ । म्यानमारकी नेत्री आङसाङ सुकीले पाएको एउटा पदक फिर्ता लिईएको छ । रोहिंग्या मुस्लिम समुदायमाथि भएका हिंसाका घटनाहरूमा मौन बसेको भन्दै आलोचित भएकी नोवेल शान्ति पुरस्कार विजेता सुकीले प्राप्त गरेको ’फ्रिडम अफ द सिटी’ पदक खोसिएको हो ।  लोकतन्त्रका लागि लामो संघर्ष गरेको भन्दै उनलाई अक्सफोर्ड सिटी काउन्सिलले सन् १९९७ मा ’फ्रिडम अफ द सिटी’ पदक प्रदान गरेको थियो..

    उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण,विश्व समुदायको विरोध

    बुधबार, मंसिर १३, २०७४ साल
    सोल, १३ मङसिर । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।  उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति, योनहापले बुधबार बिहान जनाएको थियो । विश्व समुदायको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको समाचारमा जनाइएको..

    पुर्वराष्ट्रपति मुगावेको जन्मदिनमा जिम्बाबेमा सार्वजनिक विदा दिइने

    मंगलवार, मंसिर १२, २०७४ साल
    एजेन्सी, मंसिर १२ ।  जिम्बाबेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जन्मदिन फेब्रुअरी २१ तारिखमा सार्वजनिक विदा दिइने भएको छ ।  जिम्बाबेको राजपत्रमा फेब्रुअरी २१ को दिनलाई रोबर्ट गाब्रेल मुगाबे राष्ट्रिय युवा दिवस घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  युवा दिवसको अवसरमा बिदा दिनका लागि सत्तारुढ दल जानु–पीएफको युवा संगठनले पहल गरेको थियो । युवाहरुको सशक्तिकरणका लागि उनले खेलेको भूमिकाको..

    इराकको राजधानी बग्दादमा आत्मघाती आक्रमण, १७ जनाको मृत्यु

    मंगलवार, मंसिर १२, २०७४ साल
    एजेन्सी १२ मंसिर ।  इराकको राजधानी बग्दादमा भएको आत्मघाती आक्रमणमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुई बग्दादको दक्षिण पूर्वी क्षेत्र नाहरावानमा आक्रमणकारीले आक्रमण गरेका हुन् । घटनामा २८ जना घाइते भएको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । आक्रमणको जिम्मा बिद्रोही समुह इस्लामिक स्टेट आइएसले लिएको छ । आक्रमणकारीले सर्वसाधारण नागरिकको भिड लागेको ठाउँमा अन्धाधुन्ध गोली चलाएका हुन्..
    Results 1120: You are at page 31 of 38
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 Next Last
    Weather Forecast