आईतवार, चैत्र २३, २०७६

    बिदेश

    उत्तरी अफगानिस्तानमा भएको हवाई कारबाहीमा २८ जना आतङ्ककारी मारिए

    सोमबार, असोज २२, २०७५ साल
    मैमाना, अफगानिस्तान, २२ असोज उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिकस्रोतले सोमबार सो जानकारी दिएको छ ।  आइतबार साँझ अफगान र अमेरिकाआवद्ध नेटो सेनाले फर्याब प्रान्तको कायसार र दउलत अवाद जिल्लामा गरेको हवाई कारबाहीमा परी ती आतङ्ककारी मारिएको सेनाका प्रवक्ता हनिफ रेनाइले बताएका छन् ।   यस हवाई कारबाहीमा परी तालिवानका दुई स्थानीय कमाण्डर..

    साउदी अरब सरकारका आलोचक रहेका वेपत्ता पत्रकार 'जमाल खसोग्गी' मारिएको दावी

    आईतवार, असोज २१, २०७५ साल
    इस्तानबुल, २१ असोज : साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन ।  टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले भने, “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।”  साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित..

    इन्डोनेसियामा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ५ शय ७१ नाघ्यो

    आईतवार, असोज २१, २०७५ साल
    पालु, इन्डोनेसिया, २१ असोज  :   इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ नाघेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए ।    यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर..

    इन्डोनेसिया भूकम्प र सुनामी अपडेट - अझै १ हजार वेपत्ता, जीवितै उद्धारको सम्भावना कम

    शुक्रबार, असोज १९, २०७५ साल
    पालु, इन्डोनेसिया, १९ असोज    इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् ।    इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घरहरु सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए ।  बलारोआ क्षेत्रमा रहेको एक सरकारी भवनमा पुरिएको आशंकामा खोजी र उद्धार कार्य..

    रुसी राष्ट्रपति पुटिनको भारत भ्रमण, ५ अर्ब डलरको हतियार खरिद सम्झौता हुँदै

    बिहिवार, असोज १८, २०७५ साल
    नयाँदिल्ली, १८ असोज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् ।  दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली..

    इन्डोनेसिया भूकम्प र सुनामी अपडेट : ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो [९ फोटो]

    बुधबार, असोज १७, २०७५ साल
    जकार्ता, १७ असोज    इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।    यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ ।    भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताएका..

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरियाको भ्रमणमा जाँदै

    बुधबार, असोज १७, २०७५ साल
    वासिङ्टन, १७ असोज  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आउँदो आइतबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन् ।   अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक निःशस्त्रीकरणको प्रक्रिया अगाडि बढाउने अमेरिकी अपेक्षामा यसपटक ठोस प्रगति हुनेछ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो शिखर बैठकको तयारी पनि गर्नेछन् । त्यसपछि..

    भौतिकशास्त्रतर्फको नोबल पुरस्कार अमेरिका, फ्रान्स र क्यानडाका वैज्ञानिकलाई संयुक्त

    मंगलवार, असोज १६, २०७५ साल
    काठमाडौं, १६ असोज यसवर्षको भौतिकशास्त्रतर्फको  नोबल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । अमेरिकाका आर्थर आस्किन,फ्रान्सका जेरार्ड मुराउ र क्यानडाकी डोना स्ट्रिकल्याण्डलाई भौतिकशास्त्र तर्फको नोबल पुरस्कार दिइएको मंगलबार घोषणा गरिएको छ । जसमा आस्किनलाई आधा र बाँकी दुई जनाले आधा पुरस्कार पाएका छन् । लेजर फिजिक्सको क्षेत्रमा गरिएको अभूतपूर्व उपलब्धीका लागि उनीहरुलाई नोबल पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले..

    भूकम्पबाट १ हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

    सोमबार, असोज १५, २०७५ साल
    पालु, इन्डोनेसिया, १५ असोज    इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।    यस भूकमपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ ।    उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरहरुको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । जसका..

    नाफ्टाको परिमार्जन सहित प्रतिस्थापन, अब नयाँ नाम अमेरिका–मेक्सिको–क्यानडा

    सोमबार, असोज १५, २०७५ साल
    वासिङ्टन, १५ असोज  क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आएका थिए ।  हाल प्रतिस्थापित सम्झौताबाट..

    जापानमा शक्तिशाली आँधी, ५० घाइते, जनजीवन प्रभावित, पहिरोले थप क्षति गर्ने सम्भावना

    आईतवार, असोज १४, २०७५ साल
    कागोसिमा, जापान, १४ असोज  जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् ।  ‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द..

    इन्डोनेसियामा भूकम्प-सुनामी अपडेट : मृतकको संख्या ८३२ पुग्यो {तस्वीर सहित}

    आईतवार, असोज १४, २०७५ साल
    पालु, इन्डोनेसिया, १४ असोज  इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।  स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।  इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री..

    इन्डोनेसियामा भूकम्प-सुनामी अपडेट : मृत्यु हुनेहरूको संख्या चार सय नाघ्यो

    आईतवार, असोज १४, २०७५ साल
    पालु, इन्डोनेसिया, १४  असोज : इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या चार सय नाघेको छ ।  सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले  जानकारी दिएका छन् ।  अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ ।  प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको..

    इन्डोनेसियामा आज ६.१ म्याग्निच्युडको भूकम्प, मानवीय र सम्पत्तिको क्षति छैन

    शुक्रबार, असोज १२, २०७५ साल
    जाकार्ता, १२ असोज  मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।  यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।  यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति भने नभएको यहाँको भूभौतिक विभागले जानकारी दिएको छ । सुनामी डर..

    सुरक्षा कारबाहीमा ८ जना तालिबान मारिए, सुरक्षा गस्ती बाक्लो बनाइयो

    बिहिवार, असोज ११, २०७५ साल
    काबुल, ११ असोज  अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ ।  अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त स्रोतले बिहीबार दिएको जानकारी अनुसार उक्त कारबाहीका क्रममा अरु छ जना तालिबान पनि घाइते भएका छन् ।  सुरक्षा गस्तीमा खटेका अधिकारीमाथि तालिबानले आक्रमण गरेका थिए । सो आक्रमणपछि अफगान सुरक्षाकर्मीहरुले  पनि जवाफी कारबाही गरेका बताइएको..

    अमेरिकाले व्यापार युद्ध हार्नेछ : युरोपेली बैंक, अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी

    बुधबार, असोज १०, २०७५ साल
    फ्रान्कफर्ट, १० असोज  संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् ।  इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी दिएपछि इसीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो ।  अमेरिका बाहेक सबैलाई समानरुपमा..

    संयुक्त राज्य अमेरिका र चिनबीच इतिहासकै ठूलो व्यापार युद्ध आरम्भ, सम्बन्ध थप तनावपूर्ण बन्दै !

    बुधबार, असोज १०, २०७५ साल
    बेइजिङ, १० असोज अमेरिकाले करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा कर लगाउने घोषणाको कार्यान्वयन गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । चिनियाँ समाचार संस्था सिन्हवाले सार्वजनिक गरेको आधिकारिक श्वेतपत्रमा चीनले ‘अन्य देसहरूमाथि व्यापारिक दमन गरेको तथा विश्व अर्थतन्त्रमाथि प्रहार गरेको’ जनाएको छ । चीनले अमेरिकाले इतिहासकै ठूलो व्यापार युद्धको सुरुवात गरेको आरोप लगाएको छ । पछिल्लो घटनाक्रमसँगै चीनले ‘अमेरिकासँग..

    दक्षिण सुडानका चिकित्सकलाई राष्ट्रसंघीय शरणार्थी 'नान्सेन' पुरस्कार

    मंगलवार, असोज ९, २०७५ साल
    जेनेभा, ९ असोज दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ । दक्षिण सुडानमा रहेको शहर बुन्जमा रहेको मबान अस्पतालमा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो ।  चिकित्सक इभान आतार आदाहले सञ्चालन गरेको अस्पतालको नाम मबान अस्पताल हो । चिकित्सक अदाहले..

    २ सय अर्ब डलरका चिनीया सामानमा करवृद्धि शुरु, “तेस्रो चरण”को करवृद्धि पनि हुने चेतावनी

    सोमबार, असोज ८, २०७५ साल
    वासिङ्टन, ८ असोज  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।  योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात..

    माल्दीभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी, ५८.३ प्रतिशत मत प्राप्त

    सोमबार, असोज ८, २०७५ साल
    माले, माल्दीभ्स, ८ असोज  माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भए ।  निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरेका छन् ।  निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली..

    'कीम जोङ उन'को सन्देश लिएर अमेरिका उड्दै दक्षिण कोरियाली राष्ट्रपति 'मून जाए इन'

    आईतवार, असोज ७, २०७५ साल
    एजेन्सी, ७ असोज दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै गर्दैछन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।  उत्तर कोरियाली नेता कीम जोङ–अनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मूनले अमेरिका भ्रमण गर्न लागेका हुन् । साथै, अमेरिकामा रहँदा राष्ट्रपति मूनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन..

    माल्दीभ्समा आज बिहानैदेखि देशव्यापीरुपमा राष्ट्रपतिको चयनका लागि मतदान सुरु

    आईतवार, असोज ७, २०७५ साल
    माले, ७ असोज   माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ ।  माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् ।  मतदानको प्रारम्भिक नतिजा..

    कोरियाली द्वीपमा दिगो शान्तिको आशा, विश्वास निर्माणमा पहिलो कदम

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौं, ६ असोज  महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा उल्लेख छ ।  कोरियाको दुई टुक्राको अवस्था रुस, जापान र चीनका लागि सामरिक र रणनीतिक महत्व बोकेको कोरियाली द्वीपमाथि सन् १९४५ अर्थात् दोस्रो विश्वयुद्ध अघि त्यसबेलाको पूर्वी एसियाकै महाशक्ति राष्ट्र जापानले..

    फ्रान्समा तातो हावाका कारण १५ शय भन्दा बढीको मृत्यु, मर्नेहरुमा अधिकांश जेष्ठ नागरिक

    शुक्रबार, असोज ५, २०७५ साल
    पेरिस, ५ असोज :  अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए ।  यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ..

    गम्भीर रोगबाट प्रभावित भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको ६१ वर्षको उमेरमा निधन

    शुक्रबार, असोज ५, २०७५ साल
    हनोई, ५ असोज  भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।  लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको छ ।  उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको थियो । यसअघि उनले चार दशकभन्दा बढी..

    ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा, ‘आकार’ले खासै प्रभाव नपार्ने !

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ५ असोज संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभा न्यूयोर्कमा आरम्भ भएपछि विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको मार्ग महासभा सञ्चालन भइरहेको भवनतर्फ सोझिएको छ । यसका बीच ठूला वा साना मुलुक कसले यस विश्व सङ्गठनबाट सबैभन्दा बढी फाइदा लिने भन्ने बहस निरन्तर चलिरहेको छ ।  कहिलेकाहीँ भन्ने गरिन्छ, ‘सुरक्षा परिषद्को आसनमा नभएको मुलुक टेबुल र मेनुमा हुन्छ ।’ यसैले..

    राष्ट्रपति ट्रम्पसँग फेरी शिखर वार्ता गर्न किमलाई दक्षिण कोरियाबाट मुन र चीनको आग्रह

    बिहिवार, असोज ४, २०७५ साल
    सोल, ४ असोज उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका हुन् ।  दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गरेका समाचारमा जनाइएको छ ।  तीन दिन अगाडी गत मंगलबारदेखि शिखर..

    जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी

    बिहिवार, असोज ४, २०७५ साल
    टोकियो, ४ असोज  जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनि अध्यक्ष निर्वाचित भएका बताइएको छ ।  यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको छन् ।  उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका..

    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक पक्राउ, लाखौं रकम अनियमितता गरेको आरोप

    बुधबार, असोज ३, २०७५ साल
    क्वालालम्पुर, ३ असोज : मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।  नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।  पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उनका विरुद्धमा लगाइएका आरोपहरुका..

    पाकिस्तानी अदालतद्वारा नवाज शरीफको सजाय निलम्बन, धरौटीमा थुनामुक्त गर्न आदेश

    बुधबार, असोज ३, २०७५ साल
    एजेन्सी, ३ असोज  पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफ, उनकी छोरी र उनका ज्वाईंको कारावास सजाय निलम्बन गरेर उनीहरू धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ ।  इस्लामाबाद उच्च अदालतले बुधवार भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । उक्त मुद्दा भ्रष्टाचारप्रतिरोधी एक न्यायाधिकरणले शरीफहरूविरुद्ध यसै वर्षको शुरूआतमा हालेको थियो ।  अदालतले शरीफ, छोरी मर्यम र ज्वाईं मोहम्मद सफदरलाई थुनामुक्त गर्न आदेश पनि दिएको..
    Results 1490: You are at page 30 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast