शुक्रबार, मंसिर २७, २०७६

    बिदेश

    हाइटीमा आन्दोलन : अहिलेसम्म ४२ को मृत्यु

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    जेनेभा, १५ कात्तिक हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।  प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन् । हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ । उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त..

    न्यूयोर्कबाट बसाइँ सर्दै अमेरिकी राष्ट्रपति ट्रम्प

    शुक्रबार, कार्तिक १५, २०७६ साल
    २०७६ कार्तिक १५  न्यूयोर्कस्थित ट्रम्प टावरलाई छोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्थायी निवास फ्लोरिडालाई बनाउने भएका छन् ।  उनले आफूले लाखौं डलर कर बापत तिरेपनि न्यूयोर्कका राजनीतिक नेताहरुले आफूमाथि नराम्रो व्यवहार गरेको जनाएका छन् । ट्रम्प न्यूयोर्कमा जन्मेकोमा उनले लामो समय पाल्म बिचको मार—ए—लोगो स्टेटमा बिताउँदै आएका थिए । राष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने न्यूयोर्कका स्टेट गभर्नर एन्ड्रयु कुमो र नगरका मेयर..

    लेबनानमा १५औँ दिन पनि आन्दोलन जारी !

    बिहिवार, कार्तिक १४, २०७६ साल
    बेरुत, १४ कात्तिक  लेबनानमा भइरहेको आन्दोलन १५ औ दिन पनि जारी रहेको छ ।  आफ्ना मागहरु पुरा गर्न दवाव दिँदै उनीहरूले देशभरी सडक आन्दोलन गरिरहेको अल जादिद टिभीले बिहीबार जनाएको छ ।  आन्दोलनकारीहरुले केही सडकहरुमा यातायात अवरुद्ध गरेका थिएभने सेनाले अवरोध खुलाउने प्रयास गरेको थियो ।  उनीहरूले शासन व्यवस्था परिवर्तन गर्नुपर्ने, आर्थिक अवस्था सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्नेलगायतका माग राखेका थिए । “हामी स्वतन्त्रता र..

    अमेरिकाले अशान्ति फैलाएको इरानको आरोप

    बुधबार, कार्तिक १३, २०७६ साल
    तेहरान, १३ कात्तिक   इरानका सर्वोच्च नेता अयोतुल्लाह अलि खमेनीले यस क्षेत्रमा अशान्ति फैलिनुमा अमेरिकाको भूमिका रहेको आरोप लगाउनु भएको छ ।     पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले अमेरिका र पश्चिमी गुप्तचरहरूका कारण अशान्ति फैलिएको टिप्पणी गर्नुभएको हो ।   उनीहरूको पछाडि अन्य केही प्रतिक्रियावादी तथा प्रतिगामी देश र निकायहरू पनि लागेको उहाँको भनाइ छ ।    सर्वोच्च नेता खमेनीले आफ्नाविरुद्ध गलत भूमिका खेल्नेहरूलाई निगरानीमा राख्न पनि आह्वान गर्नुभयो..

    बेलायती प्रधानमन्त्रीको प्रस्ताव बहुमतले पारित, आउँदो डिसेम्बर १२ तारिखमा आमनिर्वाचन हुने

    बुधबार, कार्तिक १३, २०७६ साल
    बेलायत, १३ कात्तिक  ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई बहुमतले पारित गरेको छ। योसँगै अब त्यहाँ आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आमनिर्वाचन हुने निश्चित भएको छ । ब्रिटेनमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा आमनिर्वाचन हुनेछ ।निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा २० जना सांसद उभिएको बिबिसीले जनाएको छ ।..

    मोदीमाथि आक्रमणको चेतावनी, बढाइयो सुरक्षा

    मंगलवार, कार्तिक १२, २०७६ साल
    काठमाडौँ, १२ कात्तिक  भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीमाथि आक्रमणको आशंका गरिएको छ । त्यसैले उनीहरुको सुरक्षा बढाइएको छ ।  भारतीय न्युज एजेन्सीका अनुसार भारतको राष्ट्रिय जाँच एजेन्सीलाई उनीहरुमाथि आक्रमण गर्ने चिठी आएको थियो । यो चिठी कसले पठाएको हो भन्ने चाहिँ खुलेको छैन । तर, दिल्ली प्रहरी र भारतको प्रहरीले..

    श्रीलंकाको चुनावमा २ लाखभन्दा बढी कर्मचारी परिचालन गरिँदै

    मंगलवार, कार्तिक १२, २०७६ साल
    श्रीलंका, १२ कात्तिक  श्रीलंकाको राष्ट्रपति निर्वाचनका लागि देशका विभिन्न चुनावी मतदान स्थलका लागि दुई लाखभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । निर्वाचन आयोगका अनुसार जिल्लास्तरीय मतगणना केन्द्रहरुमा ४८ हजारभन्दा बढी कर्मचारी परिचालन हुनेछन् । निर्वाचन मतदान स्थलमा मात्र एक लाखभन्दा बढी कर्मचारी परिचालन गरिएको आयोगका एक अधिकारीले बताए । जिल्लास्तरमा परिचालन हुने निर्वाचन अधिकृतहरुले मतदान स्थलमा खटिने अरु कर्मचारीको संख्याका बारेमा जानकारी..

    अमेरिकाको क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

    सोमबार, कार्तिक ११, २०७६ साल
    हेल्डस्बर्ग, अमेरिका, ११ कात्तिक  अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ ।  क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन् ।  सान फ्रान्सिस्को क्षेत्रमा लागेको “किनकेड फायर” नाम दिइएको..

    बेलायती राजपरिवारमा किचलो, महारानीले हटाइन् राजकुमारको तस्वीर !

    सोमबार, कार्तिक ११, २०७६ साल
    काठमाडौं, ११ कात्तिक  पछिल्लो समय बेलायतको राजनीतिक गतिरोधसँगै यहाँको राजपरिवारमा पनि किचलो सुरु भएको छ । आपसी मतभेद् बढ्दै जाँदा राजपरिवारका सदस्यहरु समेत विखण्डनमा पुगेका छन् । उनीहरु अलग–अलग भएर बस्ने निर्णयमा पुगेको बताइन्छ । हालै आईटिभीले ह्यारीबारे बनाएको डकुमेन्ट्रीबाट पनि परिवारभित्रको विवाद बाहिरियो । बेलायती महारानी एलिजाबेथले ह्यारी र मेघनको तस्बिर आफ्नो कोठाबाट झिकेकी छन् । त्यस ठाउँबाट विलियम र केटको तस्बिर..

    आईएस प्रमुख बगदादी मारिएको डोनाल्ड ट्रम्पको घोषणा

    आईतवार, कार्तिक १०, २०७६ साल
    एजेन्सी, १० कात्तिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबू बकर अल बग्दादी मारिएको दाबी गरेका छन् । आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सेनाको एउटा अपरेसनमा बग्दादी मारिएको दाबी गरेका हुन् । यसभन्दा अघि ट्रम्पले आइतबार ट्वीटमा गर्दै ‘केही ठूलो कुरा भयो’ भनेका थिए । बग्दादी इस्लामिक स्टेटका प्रमुख हुन् र पछिल्लो पाँच वर्षदेखि अण्डरग्राउण्ड थिए । अप्रिलमा आईएसको मिडिया विंग अल फूरकानले..

    उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाथ

    आईतवार, कार्तिक १०, २०७६ साल
    दमास्कस, ९ कात्तिक सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा दुई हजारभन्दा बढी सैनिक तैनाद गरिएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । सिरियाली सेनाले पाँच बर्ष पहिले उक्त स्थानबाट पछि हटेको थियो ।  राजमार्गमा तैनाद सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ । बेलायतस्थित उक्त मानवअधिकार समूहले भनेको छ, “सिरियाली कुर्दहरूसँग टर्की र रूसले..

    राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

    शनिबार, कार्तिक ९, २०७६ साल
    सान्टीयागो, ९ कात्तिक चिलीमा राष्ट्रपतिको राजिनामा माग्र्दै शुक्रबार दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् ।    प्रदर्शनमा सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत..

    क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, ८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द

    शनिबार, कार्तिक ९, २०७६ साल
    एजेन्सी ९ कात्तिक । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी हुँदा ३६ काउन्टीहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।  आगो नियन्त्रणमा लिने प्रयासमा अग्नियन्त्रकहरु छन् । हवाई तथा स्थल अग्नि नियन्त्रकहरु खटिएका छन् । आगो निभाउने प्रयास जारी रहँदा क्यालिफोर्नियाका धेरै ठाउँमा विद्युत आपूर्ति बन्द भएको हो ।  ८ लाख ५० हजार घरमा विद्युत आपूर्ति बन्द भएको सेवा प्रदायकले जनाएको छ । तीव्र गतिमा हावा..

    ब्रेक्जिटको गाँठो : डिसेम्बरमा चुनाव गर्न जोन्सनको फेरि प्रस्ताव

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    लन्डन, ८ कात्तिक । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटमा बेलायती संसदमा सहमति जुटाउन असफल भएपछि प्रधानमन्त्री बोरिस जोन्सनले आगामी डिसेम्बर १२ मा संसदको चुनाव गर्ने प्रस्ताव गर्नुभएको छ । उहाँको विचारमा नयाँ चुनावले ब्रेक्जिटमा देखिएको गतिरोध अन्त्य हुनेछ । पछिल्ला मतसर्वेक्षणहरुले संसदको चुनाव भएमा कन्जरभेटिभ्स पार्टीका नेता समेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने देखाएका छन् । विपक्षी दलहरु मध्यावधि चुनाव..

    बाङ्ग्लादेशमा विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

    बिहिवार, कार्तिक ७, २०७६ साल
    फेनी बङ्गलादेश, ७ काात्तिक । बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।  उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो ।  नुसरतले एक शिक्षकले आफूलाई यौन दुरव्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्विकार गरेपछि उनको जलाएर..

    श्रीलङ्कामा राष्ट्रपतीय निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता

    बुधबार, कार्तिक ६, २०७६ साल
    कोलम्बो, ६ कात्तिक श्रीलङ्कामा आसन्न राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको छ ।  देशभरको सुरक्षा सतर्कताका बारेमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । श्रीलङ्कामा आउँदो नोभेम्बर १६ तारिखका दिन राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।  राष्ट्रपति सिरिसेनाले अघिल्लो हप्ता पनि उच्च सुरक्षा अधिकारीहरुसँग छलफल गरी राष्ट्रपतिका उम्मेदवारहरुको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन निर्देशन दिनुभएको थियो ।  निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रपतिका..

    उत्तरी सिरियामा शान्तिका लागि रूस र टर्कीबीच सहमति

    बुधबार, कार्तिक ६, २०७६ साल
    सोकी, रूस, ६ कात्तिक  रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग सोकीमा भएको छलफलपछि उक्त सहमति भएको हो । सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्नेगरी टर्की र रुसले नयाँ सहमति गरेका हुन् । सहमतिलाई दुबै मुलुकले ‘ऐतिहासिक’ भनेका..

    जापानी सम्राट नारूहितोको भब्य समारोहबीच राजगद्दि आरोहण

    मंगलवार, कार्तिक ५, २०७६ साल
    टोकियो, ४ कात्तिक जापानी सम्राट नारूहितोले जापानी उच्च धार्मिक विधिपूर्वक मङ्गलबार विहान ९ बजे औपचारिकरूपमा राजगद्दि आरोहण गर्नुभएको छ ।  जापानको प्राचीनकालीन शैलीमा राजधानी टोकियोस्थित राजदरबारको सेइडेन स्टेट हलमा राज्याभिषेक समारोहको आयोजना भएको हो । विश्वभरबाट निम्त्याइएका करिब दुई हजार अतिथिको अगाडि पूर्व सम्राट तथा आफ्ना पिता अकिहितोको उपस्थितिमा ५९ वर्षीय नारुहितोको राज्य आरोहण भएको हो । सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो यसै..

    क्यानडामा प्रधानमन्त्री ट्रुडाे विजयी, तर बहुमत गुमाए

    मंगलवार, कार्तिक ५, २०७६ साल
    ओट्टावा, ५ कात्तिक   क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ ।  संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थाल्नु भएको छ ।  मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ..

    भारतमा उपनिर्वाचन : महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान

    सोमबार, कार्तिक ४, २०७६ साल
    महाराष्ट्र,छत्तिसगढ, ४ कात्तिक  भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ ।  हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४.५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।  महाराष्ट्रको साँझ ५ बजेसम्म र हरियाणामा वेलुका ६ बजेसम्ममा उक्त परिमाणमा मत खसेको थियो । महाराष्ट्र अन्तर्गतको मुम्बई जिल्लामा भने स्थानीय..

    दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

    सोमबार, कार्तिक ४, २०७६ साल
    दुबई, ४ कात्तिक  दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ । ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले..

    चीनको अर्थतन्त्र स्थिर, गत वर्षको तुलनामा ८ प्रतिशतको वृद्धि !

    आईतवार, कार्तिक ३, २०७६ साल
    बेइजिङ, ३ कात्तिक चालु आर्थिक वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा ६९७ खर्ब ७९ अर्ब ८० करोड युआन पुगेको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा कूल ग्राहस्थ उत्पादन ६.२ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।  औद्योगिक उत्पादन लगातार विकसित भैरहेको, निर्दिष्ट मापदण्डभन्दा माथि उद्यम थपिने मूल्य गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको..

    सर्वाधिक लामो यात्रुवाहक उडान, बन्यो विश्व कीर्तिमान !

    आईतवार, कार्तिक ३, २०७६ साल
    सिड्नी, ३ कात्तिक  करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ ।  यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ ।  क्वान्टासको फ्लाइट नम्बर क्यूएफ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो ।  अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय..

    हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

    शनिबार, कार्तिक २, २०७६ साल
    सान्टियागो, चिली, २ कात्तिक चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ ।  मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपतिले संकटकालको घोषणा गर्नुभएको हो । संकटकालघोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पु¥याएका छन् । प्रदर्शनकारीको तोडफोडका..

    सिक्रेट डील : चीनले के गर्यो त्यस्तो जसले मच्चायो संसारभर हंगामा !

    शनिबार, कार्तिक २, २०७६ साल
    बेइजिंग, २ कार्तिक ।  विश्वभर आफ्नो प्रभाव जमाउँदै गइरहेको चीन अहिले सबैको ध्यान खिच्न सफल छ । विशेष गरी अहिलेका चिनियाँ सर्वोच्च नेता (प्रेसिडेण्ट) सी जिनफिंग थप शक्तिशाली बन्दै गइरहेका छन् भने उनको देश चीन पनि आर्थिक तथा सामरिक क्षेत्रमा थप मजबुत बन्दै गएको प्रष्ट देख्न सकिन्छ ।  यस्तो अवस्थामा चीनले अहिले सोलोमनसँग गरेको गोप्य सम्झौता अर्थात् सीक्रेट डीलका कारण त्यो विश्वभर..

    ट्रम्पले लेखेको चिठी टर्कीका राष्ट्रपतिले फाेहरकाे टाेकरीमा फ्याँकिदिए !

    शुक्रबार, कार्तिक १, २०७६ साल
    काठमाडौँ, १ कात्तिक प्रायः सामाजिक सञ्जाल ट्विटरमा ट्वीटका कारण चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस पटक एउटा चिठीका कारण चर्चामा आएका छन् । ट्रम्पले लेखेको चिठीको भाषा देखेर टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले त्यसलाई सिधै रद्दीमा फ्याँकिदिए ।  सिरियाबाट अमेरिकी सेना फिर्तापछि राष्ट्रपति ट्रम्पले गएको ९ अक्टोबरमा टर्कीका राष्ट्रपति इर्दाेआनलाई सरकारी चिठी पठाएका थिए, जसमा भनिएको थियो– धेरै कडा नबन्नुस्, बेवकुफी..

    युरोपेली सामानमा ७ अर्ब ५० करोडको करवृद्धि गरिएको अमेरिकाको घोषणा

    शुक्रबार, कार्तिक १, २०७६ साल
    वासिङ्टन, १ कात्तिक  संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ ।  अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा (वाइन) र स्कटल्यान्डको ह्विस्कीमा परेको छ । यी सामान अमेरिकामा सर्वाधिक निर्यात हुने वस्तुको सूचीमा छन् । युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरुबीच करवृद्धिका विषयमा घनीभूत छलफल भए पनि अन्त्यमा वार्ता बिफल..

    जापानको आँधीमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

    बिहिवार, असोज ३०, २०७६ साल
    टोकियो, ३० असोज  जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।  अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।  केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ । यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।    अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३..

    कतारले तोक्यो कामदारको न्यूनतम पारिश्रमिक, आउँदो जनवरीदेखि लागु हुने

    बिहिवार, असोज ३०, २०७६ साल
    काठमाडौँ, ३० असोज  कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम पारिश्रमिक तोक्ने कानून पारित गरेको छ। साथै काफला पद्धती हटाइएको निर्णय पनि गरेको छ । यो कानुन आउँदो जनवरीदेखि कार्यान्वयन गरिने जनाइएको छ । कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा..

    सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

    बिहिवार, असोज ३०, २०७६ साल
    वासिङटन, ३० असोज अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केहीदिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गर्नु भएको थियो ।  संसदले पारित गरेको..
    Results 1332: You are at page 3 of 45
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 Next Last
    Weather Forecast