सोमबार, असोज २७, २०७६

    बिदेश

    चिनियाँ राष्ट्रपति सि र उत्तरकोरियाली नेता किमबीच बेइजिङमा वार्ता

    बुधबार, चैत्र १४, २०७४ साल
    बेइजिङ, १४ चैत : रासस/एएफपी/सिन्ह्वा : मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उनको भ्रमणको पुष्टि गरेको छ ।  भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ ।  बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहनुभएको र उहाँको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले..

    उत्तर कोरियाली नेता किमको चीन भ्रमणबारे चिनियाँ सरकार बेखबर !

    मंगलवार, चैत्र १३, २०७४ साल
    बेइजिङ, १३ चैत (रासस/एएफपी) : उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ ।  उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्लामात्र भएको बताएका छन् ।  उनले भने– यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिकरुपमा..

    म्यानमारमा बुधबार राष्ट्रपतिको निर्वाचन, वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले पनि उम्मेदवार

    मंगलवार, चैत्र १३, २०७४ साल
    नेपित्व, म्यानमार, १३ चैत (रासस/सिन्ह्वा) : म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि सो पदको लागि निर्वाचन हुन लागेको हो ।  बुधबार हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि सोमबार उम्मेदवार दर्ताको लागि दर्खास्त आह्वान गरिएको म्यानमार संसद्को सचिवालयले सोमबार घोषणा गरेको छ । म्यानमारको संसद्का नवनियुक्त सभामुख यु माह्न विन..

    रसियाको ‘सपिङ्ग मल’ मा आगलागी हुदा ४८ को मृत्यु, ४५ व्यक्ति घाइते

    सोमबार, चैत्र १२, २०७४ साल
    मस्को, १२ चैत (रासस/सिन्ह्वा) । रसियाको दक्षिणी भागमा पर्ने केमेरोभो सहरमा रहेको एक ‘सपिङ्ग मल’ (किनमेल केन्द्र) मा आइतबार आगलागी हुदा कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको समाचार छ ।  यस आगलागीमा परी ४५ व्यक्ति घाइते भएका छन् । आगोको मुस्लोका कारण ६४ जना अझै बेपत्ता छन् । बेपत्ता रहेकामा ४१ जना बालबालिका पनि परेका स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन ।  सो सपिङ्ग..

    उत्तर कोरिया संसारकै लागि त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति ओबामाको दाबी

    सोमबार, चैत्र १२, २०७४ साल
    टोकियो, १२ चैत (रासस/एएफपी) : उत्तर कोरिया संसारकै लागि एउटा ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन् ।  उनले भने – उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ, यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ ।  जापानको भ्रमणमा रहेका पूर्व राष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका..

    भ्रष्टाचारको अभियोगमा दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ बाक पक्राउ

    शुक्रबार, चैत्र ९, २०७४ साल
    सोल, ९ चैत : दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएलगत्तै उनि पक्राउ परेको कोरियाली संचार माध्यमहरुले दाबी गरेका छन् । उनि आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका थिए ।  सन् २०१३ सम्म उनि आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले..

    सुरक्षा परिषदमा सिरिया हमलाबारे छलफल, सबैलाई एकताबद्ध हुन राष्ट्रसंघीय प्रमुखको आग्रह

    बिहिवार, चैत्र ८, २०७४ साल
    संयुक्त राष्ट्रसंघ, न्युयोर्क, ८ चैत (रासस/सिन्ह्वा) : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा यहाँको हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो व्यक्त गरेका छन् ।  उनले यस बारेमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन आग्रह पनि गरेको समाचारमा जनाइएको छ ।  संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुलाई उनले सिरियाली सैनिकले पछिल्लो समयमा गुटा, इदलिबलगायतका..

    बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु, अरु कैयौँ व्यक्ति नराम्ररी घाइते

    बिहिवार, चैत्र ८, २०७४ साल
    बैंकक, ८ चैत : थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।  उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।  उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा..

    ​अफ्रिकाका विभिन्न ४४ मुलुकबीच स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्झौता

    बिहिवार, चैत्र ८, २०७४ साल
    किगाली, रुवाण्डा, ८ चैत (रासस/एएफ्पी) :  अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् ।  अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताए ।  'अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम्झौता भएको र यसबाट अफ्रिकी मुलुकमा व्यापार व्यवसाय गर्न सदस्य राष्ट्रलाई सहज हुनेछ,..

    अस्वस्थताको कारण जनाउदै म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

    बुधबार, चैत्र ७, २०७४ साल
    याङ्गुन, ७ चैत : म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ ।  राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।  बुधबार उनले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।  म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी..

    दुर्लभ सेतो गैँडाको अन्तिम भाले ‘सुडान’ रहेन, सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित

    बुधबार, चैत्र ७, २०७४ साल
    वासिङटन, संयुक्त राज्य अमेरिका, ६ चैत :  दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ ।  सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ । अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित छन् ।  बूढो सुडान मांसपेशी र हड्डीको समस्याबाट पीडित थियो..

    जापानी प्रधानमन्त्रीको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने

    मंगलवार, चैत्र ६, २०७४ साल
    बेइजिङ, ६ चैत ।  चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ ।  चीन जापान संयुक्त बैठकका लागि उनि जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनि जापान जाने विचार गर्नुभएको बताइएको छ ।  ‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु– प्रधानमन्त्री..

    राष्ट्रपतिलाई जापानको बधाई, जापान–नेपाल मैत्रीलाई थप सुदृढ तुल्याउन सक्रिय रुपमा सहयोग गर्ने प्रतिबध्ता व्यक्त

    मंगलवार, चैत्र ६, २०७४ साल
    काठमाडौँ, ६ चैत  ।  विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन्  ।  राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको  बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपालले गरेको प्रगतिको सराहना गरेका छन्  ।  भूकम्पपछिको पुनःनिर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री आबेले जापान–नेपाल..

    बेलायतले रुसी कुटनीतिज्ञलाई देश निकाला गरेकोप्रति युरोपियन युनियनको समर्थन

    मंगलवार, चैत्र ६, २०७४ साल
    ब्रसेल्स, ६ चैत (रासस/सिन्ह्वा) : युरोपेली संघका विदेश मन्त्रीले रुसी कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने बेलायतको निर्णयप्रति समर्थन जनाएका छन् ।  विष सेवन गराएर एक जना पूर्व रूसी गुप्तचर र उनकी छोरीको हत्या प्रयास प्रकरणमा बेलायतले २३ जनालाई देश निकाला गर्ने निर्णयप्रति उनले सोमबार समर्थन जनाएका हुन् ।  मासिक बैठकपछि निकालेको वक्तव्यमा उनले आक्रमणको कडा शब्दमा भत्सर्ना गरेका छन् ।  घटनामा संलग्नलाई कानुनी कठघरामा..

    विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिन पुनः रुसी राष्ट्रपतिमा निर्वाचित

    सोमबार, चैत्र ५, २०७४ साल
    मस्को, ५ चैत । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ ।  प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उनको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उनका  निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।  विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गर्नुभएको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।  उनीहरुका..

    सिरियाली युद्ध अपराध रोक्न राष्ट्रसंघ विफल : सिरियाली प्रतिपक्षी

    आईतवार, चैत्र ४, २०७४ साल
    रियाद, साउदी अरब, ४ चैत ।  सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताएका छन्  ।  प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भने , “हामीले सिरियाको गुटा लगायतका क्षेत्रमा अपराधलाई रोक्न असफल हुनुमा प्रत्यक्ष जिम्मेवार राष्ट्रसंघ, सुरक्षा परिषद् र विश्व समुदायको मौनता भएको ठहर गरेका छौँ ।”  “तर यो पनि विसिन्नौँ कि सिरियामा अपराध फैलाउन प्रत्यक्ष भूमिका..

    अघि बढ्यो 'अमेरिका - उत्तर कोरिया' वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै

    आईतवार, चैत्र ४, २०७४ साल
    हेलसिन्की, ४ चैत ।  संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् ।  गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।  सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शनिबार जानकारी दिएका छन्..

    विश्वकपको टिकट बेच्न खुलेका ८ सय ५८ ओटा अनलाईन बन्द

    शुक्रबार, चैत्र २, २०७४ साल
    मस्को, २ चैत (रासस/एएफपी) : विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।  रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द..

    जर्मन चान्सलरमा एन्जेला मर्केल चौथो पटक निर्वाचित

    बिहिवार, चैत्र १, २०७४ साल
    बर्लिन, चैत १ जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित भएकी छिन्  ।जर्मनीको संसदले बुधबार उनलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उनको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ ।  जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए । संसदको स्पष्ट बहुमत उनलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित..

    ‘स्पेस फोर्स’ अर्थात् अन्तरिक्ष सेना बनाउने अमेरिकी राष्ट्रपतिको प्रस्ताव

    बुधबार, फागुन ३०, २०७४ साल
    सान डियागो, संयुक्तराज्य अमेरिका, ३० फागुन (रासस/सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब अन्तरिक्ष सैन्य बल (स्पेस् फोर्स्) गठन गर्ने प्रस्ताव गरेका छन् ।  अमेरिकी सशस्त्र बलको नयाँ अंगका रुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले स्पष्ट गरेका छन् ।  सान डियागोको एक म्यारिन कप्र्स् एयर स्टेशनमा सैनिक अधिकारीहरुलाई गरेको सम्बोधनका क्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ ।  उनले भने – अमेरिकाको नयाँ..

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशमन्त्री टिलरसन बर्खास्त

    बुधबार, फागुन ३०, २०७४ साल
    एजेन्सी, ३० फागुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्ना विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणागरेका छन ।    राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराएका हुन् । अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख..

    भेनेजुयाली नागरिकको शरणार्थी दावी गर्ने क्रम बढ्दो : संयुक्त राष्ट्रसंघ

    बुधबार, फागुन ३०, २०७४ साल
    जेनेभा,स्वीट्जरल्याण्ड, ३० फागुन (रासस/एएफपी) :  सन् २०१७ को शुरुदेखि अहिलेसम्म भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन दिएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।  पछिल्लो समय भेनेजुयलाबाट पलायन भई विश्वका विभिन्न क्षेत्रमा पुग्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)का अनुसार सन् २०१४ को तुलनामा त्यसपछिका दिनमा शरणार्थीको स्थान..

    उत्तर कोरियाली नेता किमसँग हुने भेटका लागि अमेरिकी राष्ट्रपति ट्रम्प उत्साहित

    आईतवार, फागुन २७, २०७४ साल
    मुन टाउनसिप, संयुक्त राज्य अमेरिका, २७ फागुन (रासस/एएफपी) : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गरेका छन ।  उनले भने– मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ ।  पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त..

    समलिंगी श्रीमानबाट याैन अानन्द नभएपछि सुसाइट नाेट लेख्दै अात्महत्या गरिन श्रीमतीले

    आईतवार, फागुन २७, २०७४ साल
    फाल्गुन २७, एजेन्सी । भारतको नयाँ दिल्लीमा एक महिला डाक्टरको आत्महत्याको विषयले सनसनी फैलिएको छ । एम्स अस्पतालमा काम गर्ने प्रिया बेदीले आत्महत्याअघि एक सुसाईड नोट लेखेर फेसबुकमा आफूले आफ्ना आत्महत्याको जिम्मेवार श्रीमान भएको बताएकी छन् । उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो । विवाहको ५ वर्षसम्म पति पत्नीबीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ । समलिंगी रहेका..

    रोहिंज्या शरणार्थी समस्या समाधानका लागि पहल गरिने : संयुक्त राष्ट्रसंघ

    आईतवार, फागुन २७, २०७४ साल
    जेनेभा, स्वीट्जरल्याण्ड, २६ फागुन ।  म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बङ्गलादेश पुगेका लाखौँ रोहिंज्या शरणार्थीहरूका लागि मानवीय सहायता पुर्याउन झण्डै एक अर्ब डलर आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ ।  स्वीट्जरल्याण्डको जेनेभामा आगामी हप्ता हुने बैठकमा सहयोगका लागि औपचारिक आह्वान गरिने संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले जनाएका छन् ।  संयुक्त राष्ट्रसंघका आवासीय संयोजक मिया सेप्पोले भने, “शरणार्थीहरूलाई पूर्ण रूपमा घरफर्काउन अझ कति समय लाग्छ भन्ने..

    विवादकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याटिन अमेरिकी देशको भ्रमण गर्दै

    आईतवार, फागुन २७, २०७४ साल
    वासिङ्टन, २७ फागुन  । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना पेरु र कोलोम्बियाको भ्रमण गर्ने  समाचार छ ।  उनले आगामी महिना ल्याटिन अमेरिकाको भ्रमणका लाग कार्यक्रम तय गरेको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी दिएको समाचारमा जनाइएको छ ।  ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा भनिएको छ– उनले सो भ्रमणका क्रममा पेरुको राजधानी लिामामा आयोजना गरिएको अमेरिकी राष्ट्रहरुको एक सम्मेलनमा पनि सहभागिता जनाउने छन् ..

    भेनेजुयलाको राष्ट्रपति निर्वाचन : स्वतन्त्र निर्वाचनबारे शंका व्यक्त गर्दै निर्वाचन बहिस्कार गर्ने चेतावनी

    आईतवार, फागुन २७, २०७४ साल
    म्यड्रिड, २७ फागुन (रासस/एएफ्पी) : भेनेजुयलाको राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी हेन्री फाल्कनले सत्तासिन राष्ट्रपति निकोलास माडुराले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि ल्याउन आफुले गरेको मागलाई अस्वीकार गरेमा निर्वाचनको दौडबाट नै बाहिरिने बताएका छन् ।  शनिबार प्रकाशित एक अन्तर्वार्तामा ५६ बर्षीय प्रतिपक्षी नेता फाल्कनले निर्वाचनलाई स्वतन्त्र र स्वच्छ वनाउन अन्तर्राट्रिय पर्यवेक्षक संस्थाले अनुगमन गर्नुपर्ने माग गरे ।  दोस्रो छ बर्षको कार्यकालका लागि पुन प्रतिस्पर्धा..

    फिर्ता लियो अमेरिकाले आङ साङ सुकीलाई दिएको प्रतिष्ठित मानवअधिकार सम्मान

    शुक्रबार, फागुन २५, २०७४ साल
    वासिंगटन , फाल्गुन २५। अमेरिकाको हालोकास्ट स्मारक संग्रहालयले म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई दिएको प्रतिष्ठित मानवअधिकार सम्मान फिर्ता लिएको छ । म्यानमारको राखिन राज्यमा अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि सेनाले दमन गरी जातीय सफायाको अभियान चलाउँदा त्यसलाई रोक्न कुनै भूमिका नखेलेको भन्दै संग्रहालयले सम्मान फिर्ता लिएको हो । देशको सैन्य शासनका विरुद्ध लामो समय संघर्ष गरेका कारण सन् १९९१ मा नोबेल शान्ति..

    महिला अधिकारबाट मात्र शान्ति र प्रजातन्त्र–सुकी

    शुक्रबार, फागुन २५, २०७४ साल
      मनिला, २४ फागुन म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले महिलालाई अधिकार दिइयो भनेमात्र त्यस देशमा मानवअधिकारको अवस्था राम्रो हुने धारणा राखेकी छिन्  ।  उनले  शान्ति र प्रजातन्त्रको स्थापना र स्थायित्वका लागि महिलालाई अधिकार दिनुपर्नेमा जोड दिएकी छिन्  ।  मनिलामा आयोजित अन्तरराष्ट्रिय नारी दिवससम्बन्धी एक कार्यक्रमलाई सम्बोधनगर्दै उनले  भनिन्  – जबसम्म महिलाले उनीहरुका आधारभूत आवश्यकताको परिपूर्तिका लागि अधिकार पाउँदैनन् तबसम्म त्यस देशमा अरु अधिकारको..

    सिरियाको गुटामा शुक्रबार पनि सहायता सामाग्री पुर्याउन सकिएन

    शुक्रबार, फागुन २५, २०७४ साल
      दमासकस, २५ फागुन ।  हिंसा जारी रहेको पूर्वी सिरियाको एक द्वन्द्वग्रस्त क्षेत्र गुटामा शुक्रबार पनि अत्यावश्यक मानवीय सहायता सामाग्रीहरु पुर्याउन सकिएको छैन ।  राष्ट्रसंघीय अधिकारीहरुले सो क्षेत्रमा ठूलो मात्रामा यस्ता सामाग्रीको खाँचो रहेको बताएका छन् । तर पनि अहिलेसम्म निकै लामो समयदेखि यहाँ सहयोग पुर्याउन सकिएको छैन ।  प्राय विद्रोहीहरूको नियन्त्रण रहेको बताउँदै आइएको उक्त क्षेत्रमा सिरियाली सेनाले हवाई आक्रमण रोकेको छैन र यसले..
    Results 1238: You are at page 29 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast