शुक्रबार, मंसिर २७, २०७६

    बिदेश

    विपक्षी काग्रेस दलले संसद चल्न नदिने भन्दै अवरोध गरेपछि यस्तो हर्कत् नगर्न प्रम मोदीको आग्रह

    शुक्रबार, श्रावन ४, २०७५ साल
    नयाँ दिल्ली, ४ साउन  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन् ।  उनले वर्षे अधिवेशन सुचारू गर्न दिन विपक्षी काँग्रेस र अरु दलका सदस्यहरुसँग आग्रह गरेका छन् । शुक्रबार बिहान ट्वीट गरेर उनले संसदीय कामकाज सुनिश्चित गर्न दिन राजनीतिक दलहरुसँग आग्रह गरेको बताइएको छ ।  यो संसदको वर्षे अधिवेशन भएकोले यसले कानुन निर्माणदेखि अरु धेरै काम गर्नुपर्ने भएको..

    ट्रम्पद्वारा पुटिनलाई अमेरिका भ्रमणको निम्तो, भ्रमणको लागि तयारी सुरु

    शुक्रबार, श्रावन ४, २०७५ साल
    काठमाडौं, साउन ४ ।  लामो समयदेखि चिसो रहेको दुई शक्तिशाली देश रुस र अमेरिकाबीचको सम्बन्धमा नयाँ मोड आउने संकेत देखिएको छ । हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिनुले उक्त कुराको पुष्टि गरेको हो । राष्ट्रपति ट्रम्पले पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका हुन् ।  ह्वाइट् हाउसका प्रवक्ताका..

    संसदीय निर्वाचनमा आफ्नो कुनै प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

    बिहिवार, श्रावन ३, २०७५ साल
    इस्लामावाद, ३ असार  पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ ।  पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो कुरा बताएका छन् । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको कुनै भूमिका नरहने बताएका हुन् ।  पाकिस्तानको आमनिर्वाचनको परिणामलाई प्रभाव पार्न सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना..

    गुफाबाट उद्धार गरिएका थाइल्याण्डका बालक बुधबार घर फर्किदै

    बुधबार, श्रावन २, २०७५ साल
    बैंकक, २ साउन  गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् ।  करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो ।  ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर फर्किन दिइएको समाचारमा जनाइएको छ ।  यसअघि उनीहरुलाई सञ्चारमाध्यमसँग..

    महान् नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहमा बाराक ओबामाको सम्बोधन

    मंगलवार, श्रावन १, २०७५ साल
    जोहानेस्बर्ग, १ साउन अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गरेका छन् ।  उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका थिए  । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ ।  यस वर्ष उनको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उनको १००..

    पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको बस दुर्घटना हुदा १७ को मृत्यु

    सोमबार, आषाढ ३२, २०७५ साल
    इस्लामाबाद, ३२ असार  पाकिस्तानको सिन्ध प्रान्तमा जन्ती बोकेको एक बस दुर्घटनामा पर्दा त्यसमा रहेका १७ जना को मृत्यु भएको छ ।  एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि बस पल्टिएको थियो । सो दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका हुन् ।  सिन्धको एक स्थानीय सञ्चारमाध्यम उर्दुले दिएको जानकारीअनुसार यस घटनाको अनुसन्धान भइरहेका छ ।  यस दुर्घटनाको वरिष्ठ प्रहरी निरीक्षक..

    रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच आज हेलसिन्कीमा वार्ता : ट्रम्प सतर्क

    सोमबार, आषाढ ३२, २०७५ साल
    एजेन्सी, ३२ असार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा सोमवार भेट्दै छन्। त्यसका लागि उनी फिनल्याण्ड आइपुगेका छन्। आफ्ना साझेदारहरूको आलोचना गरिएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनले पुटिनलाई भेट्न लागेका हुन्। राष्ट्रपति ट्रम्पको जवाफ थियो– “पुटिन मेरा प्रतिश्पर्धी भने अवश्य हुन्, किनभने उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु ।”  उनिहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको..

    रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच सोमबार हेलसिन्कीमा वार्ता

    आईतवार, आषाढ ३१, २०७५ साल
    पेरिस, ३१ असार (रासस/एएफपी) : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ ।  सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उनिहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।  दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।  अमेरिकाको यो..

    पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ शुक्रबार स्वदेश फर्किंदै, उनलाई पक्राउ गर्ने तयारी

    शुक्रबार, आषाढ २९, २०७५ साल
    इस्लामावाद, २९ असार   भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन् ।  उनि बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै छन् ।  लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार उनलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।  ठूलो संख्यामा प्रहरी खटाइएको छ..

    बेलायतले अफगानिस्तानमा थप ४ सय ४० जना सैनिक पठाउने प्रधानमन्त्री मेको प्रतिबद्धता

    बिहिवार, आषाढ २८, २०७५ साल
    लण्डन, २८ असार : बेलायतले अफगानिस्तानमा थप ४४० जना सैनिक पठाउने भएको छ । अफगानिस्तानको शान्तिको विषयमा भएको कुराकानीमा बेलायती प्रधानमन्त्रीले यो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।  बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशहरुको बैठकका क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेले सो प्रतिबद्धता व्यक्त गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।  अफगानिस्तानको शान्ति सुरक्षामा पछिल्ला समयमा चुनौतीहरु थपिन लागेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड..

    आगामी जुलाई २५ मा हुने निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

    बुधबार, आषाढ २७, २०७५ साल
    इस्लामावाद, पाकिस्तान, २७ असार : सेनाको राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुने निर्वाचनमा ‘प्रत्यक्ष भूमिका नरहने’ पाकिस्तानी सेनाका प्रवक्ताले बताएका छन् ।  सेनाको यो भनाई निर्वाचनको परिणामलाई प्रभाव पार्न व्यापक रूपमा सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपप्रति लक्षित गरी आएको हो ।  राज्यको शक्तिशाली संस्था सेनाले आरोपको खण्डन गर्दै आफ्नो झण्डै ७० वर्षको इतिहासमा तीन लाख..

    बेलायतमा नयाँ संकट, ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेशमन्त्रीद्वारा राजिनामा

    मंगलवार, आषाढ २६, २०७५ साल
    लण्डन, २६ असार : बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् ।  बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको  राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।  ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिएका हुन् ।  बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीको..

    बाढी-पहिरोका कारण जापानमा सय जनाको मृत्यु, तस्बिरमा हेर्नुहोस् त्यहाँको 'विध्वंस' ! (फोटोफिचर)

    सोमबार, आषाढ २५, २०७५ साल
    एजेन्सी, २५ असार केही दिनयताको अविरल वर्षाले बाढी र पहिरो निम्त्याएपछि जोखिम स्थानबाट २० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको जापानी सरकारी अधिकारीहरूले जनाएका छन्। जापान मौसम विभागका अधिकारीहरूले यस्तो भीषण वर्षा आजसम्म नदेखेको बताएका छन्। उनीहरूका अनुसार बिहीबारदेखि यो क्षेत्रमा साविक जुलाइ महिनामा हुने वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको छ।  जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल..

    टर्की सरकारद्धारा नौ हजार जना प्रहरी सहित १८ हजार ६ सय ३२ कर्मचारी बर्खास्त

    आईतवार, आषाढ २४, २०७५ साल
    अङ्कारा, २४ असार :  टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।  यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार..

    पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुँदै, २० हजार मतदान केन्द्र संवेदनशील

    शुक्रबार, आषाढ २२, २०७५ साल
    इस्लामावाद, २२ असार : पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाई संवेदनशील मतदान केन्द्रका रुपमा घोषणा गरेको छ ।  आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्र घोषणा गरिएको हो । आयोगका अधिकारीहरूले देशभरीमा ८५ हजार ३०७ ओटा मतदान केन्द्रहरु तोकिएको जानकारी दिएका छन् ।  पाकिस्तानमा यही जुलाई २५ मा आम निर्वाचन हुने..

    राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने, शिखर वार्ताको सहमति गरी निर्णय भएको उल्लेख

    बिहिवार, आषाढ २१, २०७५ साल
    मस्को, २१ असार  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ । उनिहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन् ।  लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको शिखर वार्ताको बारेमा रूसी प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा जनाइएको छ ।  राष्ट्रपति ट्रम्प र पुटिनसँगको परामर्शबाट उनिहरूको शिखर वार्ताको बारेमा सहमति गरी..

    भ्रष्टाचार आरोप लागेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जमानतमा रिहा

    बुधबार, आषाढ २०, २०७५ साल
    क्वालालम्पुर, २० असार   मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।  उनलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए ।  निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको..

    भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ

    बुधबार, आषाढ २०, २०७५ साल
    एजेन्सी, २० असार  भ्रष्टाचार आरोपमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रज्जाक पक्राउ परेका छन्। मलेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी संस्थाले उनलाई पक्राउ गरेको हो। उनीमाथि राष्ट्रिय विकास कोषबाट सात सय मिलियन डलर भ्रष्टाचार गरेको आरोप छ। गत मेमा भएको निर्वाचनको परिणाम घोषणा भएलगत्तै उनीमाथि छानविन सुरू भएको थियो। नजिवले भने भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन्। भ्रष्टाचारका विषयमा यसअघि विशेष अनुसन्धान टोलीले नजिवको बयान लिएको थियो। उनलाई बुधबार..

    ज्वालामुखी विस्फोट भएपछि प्रसिद्ध पर्यटकीय द्वीप बालीको आकाश अझै खुलेन

    मंगलवार, आषाढ १९, २०७५ साल
    डेनपासार, इन्डोनेसिया, १९ असार  इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय द्वीप बालीमा चार दिनअघि शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि आजसम्म पनि आकाश खुलेको छैन ।  उक्त ज्वालामुखीका कारण निस्किएको लाभाका कारण र धुवाँ र धुलोबाट वातावरण धमिएको छ । यसरी अकाश अझै खुल्न नसक्दा हजारौँ पर्यटक अलपत्र परेका छन् ।  बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचार आउने..

    दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीको नेतृत्वमा उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

    मंगलवार, आषाढ १९, २०७५ साल
    सोल, १९ असार  दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ ।  दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित उनी मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।  यस घटनालाई केही सञ्चारमाध्यमहरुले उत्तर र दक्षिणको ‘बास्केटबल डिप्लोमेसी’ भनी व्याख्या गरेका छन् । ती सञ्चारमाध्यमहरुले दुई देशबीच पछिल्लो समयमा..

    अन्तर्राष्ट्रिय मिडियाहरुको प्रश्न: के दक्षिण एसियाली देश मालदिभ्समा प्रजातन्त्रको पुनर्स्थापना होला ?

    सोमबार, आषाढ १८, २०७५ साल
    माले, १८ असार   मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ ।  मालदिभ्स प्रजातान्त्रिक पार्टीका संसदीय दलका नेता सोलिहले प्रतिपक्षी समूहहरूको गठबन्धनको नेतृत्व लिनेछन । उनको नेतृत्वमा विपक्षी दलको समूहले उम्मेदवारी दिएपछि देशमा प्रजातन्त्रको पुनर्स्थापना हुने अपेक्षा गर्न थालिएको छ ।  मालदिभियन विपक्षीहरुको समूहका रुपमा उनलाई पूर्वराष्ट्रपति मोहम्मद..

    कुख्यात फ्रान्सेली डाँका हेलिकोप्टरको सहयोगमा जेलबाटै फरार, पेरिस क्षेत्रको सुरक्षा अवस्था कडा

    सोमबार, आषाढ १८, २०७५ साल
    पेरिस, फ्रान्स, १८ असार : कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।  फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।  फाइडसहित तीनजना..

    भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

    आईतवार, आषाढ १७, २०७५ साल
    भारत (देहरादुन), १७ असार   भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।  उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।  “दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,” एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले..

    थप तेल उत्पादनका लागि अमेरिकाले गरेको आग्रहमा साउदी राजा सलमान सहमत !

    आईतवार, आषाढ १७, २०७५ साल
    वासिङ्टन, १७ असार : साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् ।  तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् ।  संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको..

    माल्दिभ्समा हुन लागेको निर्वाचनमा आफू सहभागी नहुने पूर्व राष्ट्रपति मोहम्मद नासिदको घोषणा

    शनिबार, आषाढ १६, २०७५ साल
    कोलम्बो, १६ असार : माल्दिभ्सका पुर्वराष्ट्रपति मोहमद नसिदले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।  प्रमुख प्रतिश्पर्धी मानिएका अब्दुल्लाह यमिनलाई जेलमा राखेर आउदो सेप्टेम्बरमा गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उनले बताएका हुन् ।  यसअघी, त्यहाँको निर्वाचन आयोगले उनलाई निर्वाचनमा भाग लिन अयोग्य भएको जानकारी दिएपछि उनले निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।  “राष्ट्रपतीय निर्वाचनमा मैले भाग नलिने निर्णय गरेको छु,” उनले..

    बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र

    शुक्रबार, आषाढ १५, २०७५ साल
    डेनपासार, इन्डोनेसिया, १५ असार  इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् ।  बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन् । यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन् ।  शुक्रबार पनि यस्तै ज्वालामुखी विस्फोट भएको छ । यसका कारण आकासमा निकै बाक्लो तुवाँलो देखिएको छ । उक्त तुवाँलोका कारण बालीको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि..

    अमेरिकाको एक दैनिक पत्रिकाको अफिसमा गोली चल्यो, ४ पत्रकारसहित ५ को मृत्यु, केही घाइते

    शुक्रबार, आषाढ १५, २०७५ साल
    मेरिल्याण्ड, १५ असार : अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।  अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ ।  मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदिग्ध..

    बेलायतको जनसंख्या छ करोड ६० लाख नाघ्यो, वृद्धिदर भने अत्यन्तै न्यून

    शुक्रबार, आषाढ १५, २०७५ साल
    लण्डन, १५ असार : बेलायतको जनसंख्या छ करोड ६० लाख नाघेको तथ्य औपचारिक रुपमा बिहीबार सार्वजनिक गरिएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१७ को जुनको अन्त्य देखि अहिले सम्ममा तीन लाख ९२ हजार जनसङ्ख्या थपिएको छ ।  इङ्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डबाट थपिएका ती व्यक्तिहरूसहित अहिले बेलायतको कुल जनसंख्या छ करोड ६० लाख ४० हजार २२९..

    'पुटिन-ट्रम्प' शिखर वार्ताको मिति र स्थान सार्वजनिक, फिनल्याण्डको हेल्सीन्कीमा १६ जुलाईमा भेट्ने

    बिहिवार, आषाढ १४, २०७५ साल
    मस्को, १४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।  लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।  रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उनिहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प..

    भारतस्थित घनावस्ती रहेको मुम्बई शहरमा जहाज दुर्घटना, ५ जना को मृत्यु

    बिहिवार, आषाढ १४, २०७५ साल
    मुम्बइ, १४ असार  मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र अर्का एकजना बाटोमा हिँडिरहेका व्यक्ति परेका हुन् ।  उक्त जहाज खसेपछि बाटोमा हिँडेका व्यक्तिको ज्यान गएको बताइएको छ । उक्त जहाजका एकजना विमान चालक र तीनजना यात्रु परेका थिए ।  भारतको आर्थिक राजधानी मानिने र..
    Results 1332: You are at page 28 of 45
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 Next Last
    Weather Forecast