आईतवार, आषाढ २८, २०७७

    बिदेश

    जापानको वाकाया प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

    बुधबार, फागुन २९, २०७५ साल
    टोकियो, २९ फागुन  जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ ।  स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।  वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको..

    ब्रेक्जिट सम्झौताको प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत

    बुधबार, फागुन २९, २०७५ साल
    फागुन २९ , बुधबार । ब्रिटिस प्रधानमन्त्री टरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकृत भएको छ। मार्च २९ मा ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने मिति तोकिसकिएको बेला मंगलवार संसदको तल्लो सदनको ठूलो बहुमतले सो प्रस्ताव अस्वीकृत गरिदिएको हो। प्रधानमन्त्री मेका अनुसार सांसदहरूले अब बुधवार बिना कुनै सम्झौता इयु छाड्ने प्रस्तावबारे मतदान गर्नुपर्नेछ।   मेले के भनिन् ? मंगलबार साँझ संसदमा थकित र..

    भेनेजुएलामा राजनीतिक सङ्कट: अमेरिकाले आफ्ना कर्मचारी फर्काउने

    मंगलवार, फागुन २८, २०७५ साल
    वासिङ्टन, २८ फागुन  संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो ।  भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो । यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय..

    पश्चिम अफगानिस्तानमा भिडन्त, ११ र सुरक्षा अधिकारीको मृत्यु

    मंगलवार, फागुन २८, २०७५ साल
    काबुल, २८ फागुन  अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।  प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनांै सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय..

    ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

    सोमबार, फागुन २७, २०७५ साल
    वासिङ्टन, २७ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ ।  सोमबार सार्वजनिक गरिने सन् २०२० को बजेटमा गत वर्ष माग गरिएको ५ अर्ब ७० करोड डलरभन्दा..

    दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

    सोमबार, फागुन २७, २०७५ साल
    वासिङ्टन, २७ फागुन छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।  बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ..

    इथियोपिया विमान दुर्घटना : सबैको मृत्यु भएको पुष्टि

    आईतवार, फागुन २६, २०७५ साल
    अदिस अबाबा, २६ फागुन  फागुनइथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।  इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो ।  इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट..

    केन्यामा १ सय ५७ यात्रु बोकेको जहाज दुर्घटनग्रस्त

    आईतवार, फागुन २६, २०७५ साल
    नैरोबी, २६ फागुन  इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ ।  आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ ।  इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।  “दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्नुभएको छ ।  एयरलाइन्सले खोजी..

    नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

    आईतवार, फागुन २६, २०७५ साल
    वार्सा, २६ फागुन  उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ ।  वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो ।  युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको..

    राष्ट्रपति ट्रम्पले गरे आँधी प्रभावित अलाबामा क्षेत्रको निरीक्षण

    शनिबार, फागुन २५, २०७५ साल
    अलाबामा, २५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गर्नुभएको छ । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो ।  गत आइतबारको आँधीले ग्रामीण क्षेत्रका घरहरु भत्काएको, रुखहरु ढालेको तथा दुई दर्जनजति स्थानीयबासीको मृत्यु भएको थियो । आँधीबाट खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको छ । उक्त इलाकामा कुनै पनि घर दुरुस्त अवस्थामा..

    भारतमा लडाकू जेट विमान दुर्घटना

    शुक्रबार, फागुन २४, २०७५ साल
    नयाँ दिल्ली, २४ फागुन  भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।  भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्..

    व्यापार युद्धको असार - चीनको आयात-निर्यात दुबै घट्यो

    शुक्रबार, फागुन २४, २०७५ साल
    बेइजिङ, २४ फागुन  चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ ।  चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा यस्तो नाफा २७ अर्ब ३० करोड डलर थियो ।  यस वर्ष चीनको कूल..

    उत्तर कोरियाद्वारा पुन रकेट ‘साइट’ निर्माण, ट्रम्प निराश

    बिहिवार, फागुन २३, २०७५ साल
    वासिङटन, २३ फागुन  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएको भोलिपल्ट राष्ट्रपति ट्रम्पको यो धारणा आएको छ ।  राष्ट्रपति ट्रम्पले केही समाचारहरुमा..

    उत्तर कोरियाले 'थाल्यो' रकेट प्रक्षेपण गर्ने स्थानको पुनर्निर्माण

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूले देखाएका छन् । उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन् । उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन । सो प्रक्षेपणस्थललाई..

    उत्तर कोरियामा खाद्य उत्पादन दशककै न्यून

    बुधबार, फागुन २२, २०७५ साल
    सियोल, २२ फागुन  संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो ।  अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ ।  राष्ट्रसङ्घका अनुसार गत वर्ष कोरियामा ४९ लाख ५० हजार टन खाद्यान्न..

    उत्तर कोरियालाई अमेरिकाको चेतावनी - नाकाबन्दी लगाइन्छ !

    बुधबार, फागुन २२, २०७५ साल
    वासिङटन, २२ फागुन  संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिनुभएको छ ।  उहाँले एक अन्तर्वार्तामा सो धारणा राख्नुभएको हो । उहाँले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताउनुभयो ।  ‘फक्स बिजनेस नेटवर्क’सँगको अन्तर्वार्तामा उहाँले उत्तर कोरिया यसअघिका सहमतिका..

    सन् २०२० मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवार नबन्ने

    मंगलवार, फागुन २१, २०७५ साल
    वासिङ्टन, संयुक्त राज्य अमेरिका, २१ फागुन : अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताउनुभएको छ ।  तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उहाँले बताउनुभयो ।  ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका बिषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस् । प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रशारण..

    भारतलाई दिइरहेको सहुलियत बन्द गर्दै अमेरिका

    मंगलवार, फागुन २१, २०७५ साल
    नयाँदिल्ली, २१ फागुन  संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ ।  संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान..

    ट्रम्पले जंगिदै भने : के भारत हामीलाई मुर्ख सम्झन्छ ?

    आईतवार, फागुन १९, २०७५ साल
    वासि‌ंगटन, १९ फागुन  अमेरिकी प्रधानमन्त्री डोनाल्‍ड ट्रम्पले भारतको अन्तशुल्क दर एकदमै बढी भएको बताएका छन् । अमेरिकाबाट भारत जाने एउटा बाइकमा भारतले १०० प्रतिशत शुल्ककर असुल्छ । तर, भारतबाट अमेरिका जाने समानमा अमेरिकाले कुनै पनि कर लिँदैन । उनले भने, ‘अब हामी पनि भारतबाट आउने सामानमा उसकै अनुपातमा कर लगाउँछौं ।’ मेरिल्याण्डमा जारी कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्शमा बोल्दै उनले प्रश्न गरे, ‘के..

    तेलको पाइप विस्फोट - ५० जनाको मृत्यु

    आईतवार, फागुन १९, २०७५ साल
    अबुजा, नाइजेरिया, १९ फागुन नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् ।  सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी..

    अमेरिका-दक्षिण कोरियाको इतिहासकै ठूलो सैन्य अभ्यास स्थगित

    आईतवार, फागुन १९, २०७५ साल
    काठमाडौँ, १९ फागुन  संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ ।  भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य..

    कृषिमा अनुदान अमेरिकाको पक्षमा फैसला भएपछि चीन दुःखी

    शुक्रबार, फागुन १७, २०७५ साल
    बेइजिङ, १७ फागुन  गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ ।  विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच जारी व्यापार तनाब सुल्झाउन दुबै देशका उच्च प्रतिनिधिमण्डलबीच वार्ता जारी रहेकै समयमा डब्लुटिओको आदेश आएको छ ।  डब्लुटिओमा भएको सहमति विपरीत चिनीया किसानलाई गहुँ र धानमा चीनले १००..

    अमेरिकाको निशानामा ओसामाका छोरा हम्जा बिन लादेन, सूचना दिए पुरस्कार

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौं, १७ फागुन ।  अमेरिकाले सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतंकवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ। हम्जा अल कायदाका नेताका रुपमा उदाइरहेको बताइएको छ।उनी कहाँ छन् भन्ने चाहिँ प्रस्ट थाहा छैन।   किन खतरनाक ? हम्जा बिन लादेन ३० वर्षका रहेको बताइन्छ। पछिल्लो..

    ट्रम्पले भने : भारत-पाकिस्तान युद्ध म मिलाउँछु, भारतीय पाइलट रिहा !

    बिहिवार, फागुन १६, २०७५ साल
    हनोई, १५ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान देशबीचको तनाव समाप्त हुने बताए । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे । भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् ।  भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए ।  अमेरिकी..

    दोस्रो शिखर वार्ता : टुङ्गियो विना सम्झौता

    बिहिवार, फागुन १६, २०७५ साल
    हनोई, १६ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभयो । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता..

    उत्तर कोरियाको परमाणुअस्त्रबारे भियतनाममा के कुरा हुँदैछ [फोटो फिचर]

    बिहिवार, फागुन १६, २०७५ साल
    काठमाडौं, १६ फागुन गत वर्ष जुनमा सिङ्गापुरमा अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अन पहिलो पटक शिखरवार्ता भएको थियो । तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन ।   भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन् । यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ। वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए, "हतार छैन । हामी उचित..

    भारत र पािकस्तानलाई संयम अपनाउन अमेरिकी विदेशमन्त्रीको आग्रह

    बुधबार, फागुन १५, २०७५ साल
    वासिङ्टन, १५  फागुन भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ ।  अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहनु भएका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गर्नुभएको छ ।  जारी तनावलाई बढावा नदिई संयम..

    शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा

    मंगलवार, फागुन १४, २०७५ साल
    हनोइ, १४ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति मङ्गलबार साँझ भियतनाम आइपुग्नुभएको छ ।    अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुँदा उहाँलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ ।  अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ । विश्व..

    दोस्रो शिखर सम्मेलनका लागि कीम भियतनामको राजधानीमा

    मंगलवार, फागुन १४, २०७५ साल
    हनोई, १४ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।  विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर वार्ता यही..

    उत्तर कोरियाली नेता किम जोङ रेल चढेर भियतनाम

    आईतवार, फागुन १२, २०७५ साल
    प्योङयाङ, १२ फागुन  उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ ।  उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक..
    Results 1619: You are at page 27 of 54
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 Next Last
    Weather Forecast