बिहिवार, चैत्र २७, २०७६

    बिदेश

    कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका, नाकाबन्दी अझै जारी

    सोमबार, पौष २३, २०७५ साल
    वासिङटन, २३ पुस   संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ ।  राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन ।  अर्काे..

    व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा, विश्व शेयर बजार सकारात्मक

    सोमबार, पौष २३, २०७५ साल
    बेइजिङ, २३ पुस  चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ ।  अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जारी विवाद अन्त्य गर्न सम्झौता हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्वकै अर्थतन्त्रमा अस्थिरता ल्याउने..

    मलेसियाका राजा सुल्तानद्वारा राजगद्दी त्याग गरेको घोषणा, यस्तो थियो विवाद !

    आईतवार, पौष २२, २०७५ साल
    क्वालालम्पुर, २२ पुस  मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ ।  मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ ।  मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको..

    अमेरिकामा वर्षौंसम्म सरकारी काम ठप्प पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    शनिबार, पौष २१, २०७५ साल
    वासिङ्टन, २१ पुस  विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ ।  वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि उहाँले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताउनु भएको हो ।  मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा..

    अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त, नेतृ शक्तिशाली राजनीतिज्ञ

    शुक्रबार, पौष २०, २०७५ साल
    वासिङटन, २० पुस  अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ ।  संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल हुनुभयो । “सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै..

    छिमेकी देश चीनमा ८ लाख बढी सामाजिक संस्था दर्ता, झण्डै १२ हजार स्वयमसेवी संस्था

    शुक्रबार, पौष २०, २०७५ साल
    बेइजिङ्, २० पुस : चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिनुभएको छ । बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उहाँले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको बताउनुभयो ।  चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उहाँको भनाई छ ।  देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा..

    अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, राष्ट्रपति ट्रम्पमाथि थप दबाब

    बिहिवार, पौष १९, २०७५ साल
    वासिङ्टन, १९ पुस  अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि संसदीय कामकारबाहीप्रति सबैको ध्यान गएको छ ।  हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनको सभामुखमा ट्रम्पविरोधी प्रखर वक्ता न्यान्सी पेलोसी चयन हुने सम्भावना छ । क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसक्नु..

    नयाँ वर्षको पूर्व सन्ध्याका दिन रुसमा विस्फोट, १४ जनाको मृत्यु, अन्य २७ अझै वेपत्ता

    बुधबार, पौष १८, २०७५ साल
    मस्को, १८ पुस  मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् ।  पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले..

    ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण, आमजनताको ठूलो आशा र भरोसा

    मंगलवार, पौष १७, २०७५ साल
    साओ पाउलो, ब्राजिल, १७ पुस  ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गर्नुहुने भएको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र भरोसा व्यक्त गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका “फ्यान” बताउने ६३ वर्षीय बोल्सोनारो आफ्ना भ्रष्टाचार विरोधी अभियान र बन्दुक राख्न दिने नीतिको पक्षधरका कारण शक्तिमा पुग्नुभएको हो । पूर्व सैनिक बोल्सोनारोका..

    रिवाइन्ड २०१८ : विश्व चर्चित यी १० घटना, खेलदेखि जालझेलसम्म

    सोमबार, पौष १६, २०७५ साल
    काठमाण्डौ, १६ पुस  वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ..

    कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास, ३ भेनेजुयलाका नागरिक पक्राउ, अनुशन्धानकार्य जारी

    आईतवार, पौष १५, २०७५ साल
    बोगोटा, १५ पुस  कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।  कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो ।  उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिनुभएको छ ।  “विगत केही महिनादेखि उहाँको हत्या गर्ने प्रयास भइरहेको गुप्तचरले पुष्टी गरेका छन्,” विदेश मन्त्री कार्लोस होल्मसले भन्नुभयो ।  पक्राउ परेकाबाट घटनाका..

    मतदानकै दिन बङ्गलादेशमा २ को मृत्यु , बिहान ८ बजेदेखि मतदान सुरु, कसले मर्ला बाजी ?

    आईतवार, पौष १५, २०७५ साल
    ढाका, १५ पुस  बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ ।  मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।  विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो ।  “गोली लागि घाइते भएका एक जनाको मृत्यु..

    अमेरिकी राष्ट्रपति ट्रम्पको आकस्मिक इराक भ्रमणको कदमले इराकी नेताहरु क्रोधित, सेना फिर्ता गर्न माग

    शुक्रबार, पौष १३, २०७५ साल
    बग्दाद, १३ पुस  युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ, तर राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ । उनीहरुले इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन् ।  अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले..

    २ कोरियाबीच सीमाक्षेत्रका इलाकाहरुमा रेलमार्ग र सडकहरुले जोड्ने अभूतपूर्ण समारोह सम्पन्न

    बुधबार, पौष ११, २०७५ साल
    सोल, ११ पुस   दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ ।  सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोहमा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको सहभागिता रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।  यस समारोह स्थानीय समयानुसार..

    निर्वाचन नजिकिँदै गर्दा बङ्गलादेशमा साढे १० हजार विपक्षी पक्राऊ, कीर्तिमान राख्ने दाउमा प्रधानमन्त्री हसिना !

    मंगलवार, पौष १०, २०७५ साल
    ढाका, बङ्गलादेश, १० पुस  बङ्गलादेशको प्रहरीले निर्वाचनका समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले मङ्गलबार जनाएका छन् ।  संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।  तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल..

    क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घरतर्फ, ट्रम्पले पेश गरेको बजेट पारित भएन, कर्मचारीले पाएनन् तलव

    मंगलवार, पौष १०, २०७५ साल
    वासिङ्टन, १० पुस : इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा गएका हुन् ।  ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानूनी रुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने बाचा गर्नु भएको थियो । तर त्यो काम अहिलेसम्म शुरु हुन सकेको छैन । अमेरिकी संसद्..

    इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २ सय ८१, खोज तथा उद्धारको कार्य अझै जारी

    सोमबार, पौष ९, २०७५ साल
    कारिता, इन्डोनेसिया, ९ पुस  इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ ।  इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २८१ व्यक्तिको..

    इन्डोनेसिया सुनामी अपडेट : मुत्यु हुनेको सङ्ख्या १ सय ६८ पुग्यो, ३० सर्वसाधारण वेपत्ता

    आईतवार, पौष ८, २०७५ साल
    जकार्ता, ८ पुस  इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ ।  इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।  दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ..

    ज्वालामुखी बिस्फोटपछि इन्डोनेसियामा सुनामी - ज्यान गुमाउनेको संख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

    आईतवार, पौष ८, २०७५ साल
    जकार्ता, ८ पुस  इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ ।    आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।  सो विभागकाअनुसार पछिल्लो समाचारमा करिब ५८४ जना घाइते भएका छन् भने कैयौं..

    केन्याका प्रधानन्यायाधीश ड्याभिड मारागा तथा उनकी श्रीमती सडक दुर्घटनामा घाइते, अस्पताल भर्ना

    आईतवार, पौष ८, २०७५ साल
    नैरोवी, केन्या, ७ पुस : केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको छ ।  प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती युकावेथ न्याबोके नैरोबीबाट करिब १७० किलोमिटर टाढा रहेको नाकारू जिल्लाको नोरो क्षेत्रमा एउटा चर्चमा प्रार्थनाका लागि जाने क्रममा सडक दुर्घटनामा पर्नुभएको हो ।  उहाँहरू दुबैजनालाई राष्ट्रपति उहुरू केन्याटाको निर्देशनमा हेलिकोप्टरमार्फत उद्धार गरी स्थानीय अस्पतालमा उपचारका..

    नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु

    शनिबार, पौष ७, २०७५ साल
    अबुजा, ७ पुस  नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाका मारिएका छन् ।  जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी अरू एक दर्जनभन्दा बढी घाइते भएका छन् ।  विभिन्न स्रोतले दिएको जानकारीअनुसार बिर्नीन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो ।  नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हँुदै आएको छ ।  स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान..

    २९ आप्रवासी यात्रु रहेको डुङ्गामा आगलागी, अल्जेरियाली तटमा २० जना बेपत्ता

    शनिबार, पौष ७, २०७५ साल
    अल्जेर्स, ६ पुस अल्जेरियाली  तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुदाँ २० आप्रवासी बेपत्ता भएका छन् ।  सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए ।  घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालिमप्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । ती मध्ये दुई जना बालबालिका रहेका छन् ।  उद्धारगरिएकाहरु मध्ये केहीलाई आगोले डडाएकोले..

    सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने ट्रम्पको घोषणा लगतै रक्षामन्त्री म्याटिसको राजीनामा

    शुक्रबार, पौष ६, २०७५ साल
    वासिङटन, ६ पुस अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो ।  सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन् ।  ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश नीति अधिकारीका रुपमा..

    म्याडागास्करको चुनाव, राष्ट्रपतिका दुबै उम्मेदवारले गरे जितको दाबी, को कसमा हावी !

    बिहिवार, पौष ५, २०७५ साल
    अन्तानानारिभो, म्याडागास्कर, ५ पुस  म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आआफू विजयी भएको दाबी गर्नुभएको छ । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ ।  दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ ।  “भोलि अवश्य परिवर्तन आउनेछ, र पापाले..

    पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुगेपछि (भिडियो सहित)

    बिहिवार, पौष ५, २०७५ साल
    एजेन्सी, ५ पुस अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पताल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेका छन्। सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे। त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएको सार्वजनिक भएको छ। बासिंटन पोस्टका अनुसार उनले अस्पतालमा करिब डेढ घन्टा..

    बेलायतद्वारा आप्रबासीलाई लक्षित गरी कडा नीति प्रस्ताव, श्रमिकमाथि थप दवाब

    बुधबार, पौष ४, २०७५ साल
    लण्डन, बेलायत, ४ पुस  बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमनपछि इयू क्षेत्रबाट बेलायत आप्रबासनबारे बेलायतको प्रस्ताब बुधबार सार्वजनिक गरिएको छ । तर व्यवसायिक समूहहरूले ब्रेक्जिट सम्झौता गरिनु पहिले आप्रबासनबारे लिइने कडा नीतिले बेलायती अर्थतन्त्रलाई समस्या पार्नसक्ने भनी यस बिषयमा संवेदनशील बन्न आग्रह गरेका छन् ।  बेलायती गृह मन्त्री साजित जाबिदले भन्नुभयो, “ब्रेक्जिटपछि इयू सदस्य राष्ट्रहरूबाट बेलायत आउने नागरिकलाई भिसाको व्यवस्था गरिने छ..

    विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन ट्रम्प समक्ष सिफारिस

    बुधबार, पौष ४, २०७५ साल
    वासिङ्टन, ४ पुस  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ ।  गत फेबु्रअरीमा पार्कल्याण्ड, फ्लोरिडामा पूर्व विद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या भएपछि गठन गरिएको टोलीले मङ्गलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व सैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाव..

    फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

    बुधबार, पौष ४, २०७५ साल
    वासिङ्टन, ४ पुस  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाउनुभएको छ ।  ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो ।  उहाँले भन्नुभयो, “फेसबुक,..

    चीनको आर्थिक विकासमा कुनै मुलुकले हस्तक्षेप गर्न नसक्ने राष्ट्रपति सीको दाबी

    मंगलवार, पौष ३, २०७५ साल
    बेइजिङ, ३ पुस  चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ ।  चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको विकास र प्रगति त्यही नीतिका आधारमा निरन्तर अगाडि बढेको र त्यसलाई छाड्न नसकिने बताउनुभयो ।  चिनीया ग्रेट हल अफ द पिपुलमा..

    मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती, तैनाथ सेनाको संख्या करिब ३ हजार मात्र

    मंगलवार, पौष ३, २०७५ साल
    वासिङ्टन, ३ पुस संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।  मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार..
    Results 1494: You are at page 26 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast