बिदेश
सोमबार, असोज १५, २०७५ साल

पालु, इन्डोनेसिया, १५ असोज
इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ ।
यस भूकमपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ ।
उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरहरुको भग्नावशेषबाट कैयौँ व्यक्तिको शव निकालेका छन् । जसका..
सोमबार, असोज १५, २०७५ साल

वासिङ्टन, १५ असोज
क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसीए) हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटकपटक चेतावनी दिँदै आएका थिए ।
हाल प्रतिस्थापित सम्झौताबाट..
आईतवार, असोज १४, २०७५ साल

कागोसिमा, जापान, १४ असोज
जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् ।
‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द..
आईतवार, असोज १४, २०७५ साल

पालु, इन्डोनेसिया, १४ असोज
इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।
इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री..
आईतवार, असोज १४, २०७५ साल

पालु, इन्डोनेसिया, १४ असोज :
इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या चार सय नाघेको छ ।
सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अरु सयौँ जनाको अस्पताल उपचार भइरहेको उनीहरुको भनाई छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउने क्रममा पनि चलिरहेको बताइएको छ ।
प्रकोप व्यवस्थापन सम्वन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको..
शुक्रबार, असोज १२, २०७५ साल

जाकार्ता, १२ असोज
मध्य इन्डोनेसियामा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको भू विज्ञान विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।
यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ ।
यस भूकम्पपछि तत्काल मानवीय र सम्पत्तिको क्षति भने नभएको यहाँको भूभौतिक विभागले जानकारी दिएको छ । सुनामी डर..
बिहिवार, असोज ११, २०७५ साल

काबुल, ११ असोज
अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ ।
अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त स्रोतले बिहीबार दिएको जानकारी अनुसार उक्त कारबाहीका क्रममा अरु छ जना तालिबान पनि घाइते भएका छन् ।
सुरक्षा गस्तीमा खटेका अधिकारीमाथि तालिबानले आक्रमण गरेका थिए । सो आक्रमणपछि अफगान सुरक्षाकर्मीहरुले पनि जवाफी कारबाही गरेका बताइएको..
बुधबार, असोज १०, २०७५ साल

फ्रान्कफर्ट, १० असोज
संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएका छन् ।
इसीबीका अध्यक्ष मारिओ ड्रागी र विश्व व्यापार संगठनका प्रमुख रोबर्टो आज्भेडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “अमेरिका प्रथम” नीतिले विश्व अर्थतन्त्रमा संरक्षणवादको विजारोपण गरेको चेतावनी दिएपछि इसीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो ।
अमेरिका बाहेक सबैलाई समानरुपमा..
बुधबार, असोज १०, २०७५ साल

बेइजिङ, १० असोज
अमेरिकाले करिब २ सय अर्ब डलरका चिनियाँ सामानमा कर लगाउने घोषणाको कार्यान्वयन गरेपछि दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।
चिनियाँ समाचार संस्था सिन्हवाले सार्वजनिक गरेको आधिकारिक श्वेतपत्रमा चीनले ‘अन्य देसहरूमाथि व्यापारिक दमन गरेको तथा विश्व अर्थतन्त्रमाथि प्रहार गरेको’ जनाएको छ । चीनले अमेरिकाले इतिहासकै ठूलो व्यापार युद्धको सुरुवात गरेको आरोप लगाएको छ । पछिल्लो घटनाक्रमसँगै चीनले ‘अमेरिकासँग..
मंगलवार, असोज ९, २०७५ साल

जेनेभा, ९ असोज
दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ । दक्षिण सुडानमा रहेको शहर बुन्जमा रहेको मबान अस्पतालमा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो ।
चिकित्सक इभान आतार आदाहले सञ्चालन गरेको अस्पतालको नाम मबान अस्पताल हो । चिकित्सक अदाहले..
सोमबार, असोज ८, २०७५ साल

वासिङ्टन, ८ असोज
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।
योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात..
सोमबार, असोज ८, २०७५ साल

माले, माल्दीभ्स, ८ असोज
माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भए ।
निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली..
आईतवार, असोज ७, २०७५ साल

एजेन्सी, ७ असोज
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै गर्दैछन् ।
उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।
उत्तर कोरियाली नेता कीम जोङ–अनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मूनले अमेरिका भ्रमण गर्न लागेका हुन् ।
साथै, अमेरिकामा रहँदा राष्ट्रपति मूनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन..
आईतवार, असोज ७, २०७५ साल

माले, ७ असोज
माल्दीभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दीभ्सको निर्वाचन आयोगले जनाएको छ ।
माल्दीभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाता रहेका छन् । द्वीप समूहले बनेको माल्दीभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् ।
मतदानको प्रारम्भिक नतिजा..
शनिबार, असोज ६, २०७५ साल

काठमाडौं, ६ असोज
महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया) को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा उल्लेख छ ।
कोरियाको दुई टुक्राको अवस्था
रुस, जापान र चीनका लागि सामरिक र रणनीतिक महत्व बोकेको कोरियाली द्वीपमाथि सन् १९४५ अर्थात् दोस्रो विश्वयुद्ध अघि त्यसबेलाको पूर्वी एसियाकै महाशक्ति राष्ट्र जापानले..
शुक्रबार, असोज ५, २०७५ साल

पेरिस, ५ असोज :
अति उच्च तापक्रम तथा तातो हावाका कारण फ्रान्समा अहिलेको गर्मी याममा मात्रै १५ सय भन्दा बढीको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये अधिकांश जेष्ठ नागरिक रहेको फ्रान्सका स्वास्थ्य मन्त्री अग्नेज बजिनले शुक्रबार जानकारी दिए ।
यद्यपि तातो हावाका कारण यसबर्ष मृत्यु हुनेहरुको संख्या यसअघि सन् २००३ मा मृत्यु हुनेहरुको भन्दा दश गुणा कम भएको समाचारमा जनाइएको छ..
शुक्रबार, असोज ५, २०७५ साल

हनोई, ५ असोज
भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।
लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको छ ।
उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हाल्नु भएको थियो । यसअघि उनले चार दशकभन्दा बढी..
शुक्रबार, असोज ५, २०७५ साल

काठमाडौँ, ५ असोज
संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभा न्यूयोर्कमा आरम्भ भएपछि विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको मार्ग महासभा सञ्चालन भइरहेको भवनतर्फ सोझिएको छ । यसका बीच ठूला वा साना मुलुक कसले यस विश्व सङ्गठनबाट सबैभन्दा बढी फाइदा लिने भन्ने बहस निरन्तर चलिरहेको छ ।
कहिलेकाहीँ भन्ने गरिन्छ, ‘सुरक्षा परिषद्को आसनमा नभएको मुलुक टेबुल र मेनुमा हुन्छ ।’ यसैले..
बिहिवार, असोज ४, २०७५ साल

सोल, ४ असोज
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न दक्षिण कोरिया र चीनले सुझाव दिएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले चाडै नै ट्रम्पसँग शिखर बैठक गर्न किमलाई बिहीबार आग्रह गरेका हुन् ।
दुई कोरियाको शिखर बैठकमा क्रममा मुनले किमसँग यस्तो अपेक्षा व्यक्त गरेका समाचारमा जनाइएको छ ।
तीन दिन अगाडी गत मंगलबारदेखि शिखर..
बिहिवार, असोज ४, २०७५ साल

टोकियो, ४ असोज
जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनि अध्यक्ष निर्वाचित भएका बताइएको छ ।
यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षको छन् ।
उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेका..
बुधबार, असोज ३, २०७५ साल

क्वालालम्पुर, ३ असोज :
मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
नाजिब र उनका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो ।
पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उनका विरुद्धमा लगाइएका आरोपहरुका..
बुधबार, असोज ३, २०७५ साल

एजेन्सी, ३ असोज
पाकिस्तानी अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफ, उनकी छोरी र उनका ज्वाईंको कारावास सजाय निलम्बन गरेर उनीहरू धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको छ ।
इस्लामाबाद उच्च अदालतले बुधवार भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । उक्त मुद्दा भ्रष्टाचारप्रतिरोधी एक न्यायाधिकरणले शरीफहरूविरुद्ध यसै वर्षको शुरूआतमा हालेको थियो ।
अदालतले शरीफ, छोरी मर्यम र ज्वाईं मोहम्मद सफदरलाई थुनामुक्त गर्न आदेश पनि दिएको..
बुधबार, असोज ३, २०७५ साल

न्यूयोर्क, ३ असोज
संयुक्त राष्ट्र सङ्घको साधारणसभाको ७३ औँ अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ । अधिवेशन शुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र, दिगो, सम्मानपूर्ण, समावेशी तथा सहयोगी विश्व निर्माण गर्न आह्वान गरिन् ।
जुन महिनामा सभाका अध्यक्ष निर्वाचित हुँदा इक्वेडोरकी कूटनीतिज्ञ गार्सेसले यस वर्ष ‘संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण..
मंगलवार, असोज २, २०७५ साल

वासिङ्टन, २ असोज
ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ ।
पछिल्लो करबृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य बृद्धि हुनेछ ।
आगामी सोमबारदेखि लागू हुने अमेरिकी करबृद्धि १० प्रतिशतबाट आरम्भ हुनेछ, र आगामी वर्ष..
सोमबार, असोज १, २०७५ साल

मनिला, फिलिपिन्स, १ असोज
फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ६५ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ ।
फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा यस आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा अन्य ११ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी अन्य ४३ बेपत्ता रहेका र ६४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
हाल फिलिपिन्समा केही मत्थर देखिएको..
सोमबार, असोज १, २०७५ साल

मोन्टेपुज, मोजाम्बिक, १ असोज
मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र भएको बताए ।
रुबीबाट धनदौलत र पुरस्कार पाउनुको साटो यहाँका गाउँलेले उत्पीडन र हिंसामात्र होइन स्थानीय प्रशासनले रुबीको प्रलोभनमा खेतीपाती गर्नबाट स्थानीयबासीलाई रोकेको छ ।
रुबीको..
आईतवार, भाद्र ३१, २०७५ साल

मस्को, रूस, ३१ भदौ :
रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको बिषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुुपर्ने नयाँ प्रस्ताव ल्याएका हुन् ।
यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा..
शनिबार, भाद्र ३०, २०७५ साल

मस्को, रूस, ३० भदौ
रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
अमेरिकाले एकतर्फी रूपमा अनुसन्धानका लागि गरेको माग जायज नरहेको दावी गर्दै यस विरुद्ध प्रतिकार गर्ने शुक्रबार मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता मारिया जाखारोभाले बताए ।
अमेरिकी उप–विदेशमन्त्री मनिषा सिंहले बिहीबार यदि रूसले रासायनिक हतियारबारे स्थलगत छानविनमा सघाएमा..
शनिबार, भाद्र ३०, २०७५ साल

जाकार्ता, ३० भदौ
इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो ।
यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानी जहाजमा आगलागी..
शनिबार, भाद्र ३०, २०७५ साल

नर्थ क्यारोलाइना, भदौ ३० ।
यसअघि देखि नै आउने भनिएको समुद्री आँधी ‘फ्लोरेन्स’ का कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।
यसैबीच उक्त आँधीबाट अझै धेरै मानिसको मृत्यु हुनसक्ने चेतावनी समेत दिइएको छ । आँधीका कारण ६ लाख मानिसहरू विजुलीको सेवाबाट बञ्चित बनेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नर्थ क्यारोलाइना राज्यको विलमिङटनस्थित घरमा एउटा रुख ढल्दा एउटी..
Results 1332: You are at page 25 of 45