आईतवार, चैत्र २३, २०७६

    बिदेश

    पाकिस्तानलाई साउदी अरेबियाले किन दियो ठुलो रकम ?

    सोमबार, फागुन ६, २०७५ साल
    इस्लामाबाद, ६ फागुन  साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ ।  साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै..

    अमेरिका–चीन व्यापार वार्ता : सकारात्मक दुबै देश

    आईतवार, फागुन ५, २०७५ साल
    बेइजिङ, ५ फागुन  संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताउनुभएको छ । तर उहाँका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् ।  विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र..

    अफगानिस्तानमा निरन्तर झडप, २४ घण्टामा ५० बढीको मृत्यु

    शनिबार, फागुन ४, २०७५ साल
    काबुल, अफगानिस्तान, ४ फागुन  अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् ।  तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले सिन्ह्वालाई..

    अमेरिका, चीन व्यापार सम्झौता गर्न इमान्दार छन् : विज्ञ

    शनिबार, फागुन ४, २०७५ साल
    न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ४ फागुन  व्यापार विवादबारे चीनमा भएको वार्ता पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया शनिबार दिएका छन् ।  “यो प्रष्ट भएको छ कि दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभुत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वासिङ्टनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार..

    विश्वभर फैलिँदै भेनेजुएला सङ्कटको तरङ्ग

    शनिबार, फागुन ४, २०७५ साल
    काठमाण्डौ, ४ फागुन  विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला सङ्कट यसै कारणले सिर्जना हुन पुगेको बताउने गर्छन्..

    अमेरिकामा संकटकाल घोषणा, विपक्षी भन्छन् - जरुरी नै थिएन !

    शनिबार, फागुन ४, २०७५ साल
    काठमाडौं, ४ फागुन ।  राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्‍यो भनेर व्यापक चर्चा भइरहेका छन्।   के हो संकटकाल ? अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउने गरेका छन्। तर उनको..

    स्पेनका प्रधानमन्त्रीद्वारा अचानक निर्वाचनको घोषणा

    शनिबार, फागुन ४, २०७५ साल
    मड्रिड, ३ फागुन  : स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ ।  प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् । क्याटलोनियासम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि उहाँले निर्वाचन घोषणा गर्नु परेको हो ।  दुई विकल्पहरूमध्ये बजेट विना केही..

    अमेरिकी राष्ट्रपतिले राष्ट्रिय संकटकाल घोषणा गर्दै, पुरा होला ट्रम्पको सपना ?

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौं, ३ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गर्ने भएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प आफूले चुनावी अभियानदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट रकम जुटाउनका लागि राष्ट्रिय आपतकाल घोषणा गर्ने भएको जनाएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसदलाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने..

    भेनेजुयला सङ्कट कम गर्न अमेरिका र कोलम्वियाबीच सहकार्य

    बिहिवार, फागुन २, २०७५ साल
    वासिङटन, संयुक्त राज्य अमेरिका, २ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ ।  दुई नेताबीच भेनेजुयलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् ।  भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुयलाको अवस्थालाई ‘हलचलपूर्ण’ भन्नुभएको छ । यस्तो परिस्थितिमा..

    आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

    बिहिवार, फागुन २, २०७५ साल
    स्तानबुल, २ फागुन टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँग आवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ ।  बुर्सा शहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती संदिग्ध आइएस लडाकू पक्राउ परेका थिए । कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमानहरु पनि कब्जा लिएका बताइएको छ ।  टर्कीका आइएस लडाकू समूहले केही..

    भेनेजुएलालाई अमेरिकाले चिढाएपछि रुसले दियो चेतावनी

    बिहिवार, फागुन २, २०७५ साल
    मस्को, १ फागुन संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ ।  रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।  उहाँले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गर्नुभएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिनुभएको हो..

    थाइल्याण्डकी राजकुमारीद्वारा क्षमा याचना, पार्टी विघटनको तयारी !

    बुधबार, फागुन १, २०७५ साल
    बैङ्कक, १ फागुन  थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गर्नु भएको छ ।  शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गर्नुभएको थियो ।  उहाँको उम्मेदवारीका बारेमा उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाउनु भएको थियो ।  आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा..

    पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता

    बुधबार, फागुन १, २०७५ साल
    वार्सा, १ फागुन सिन्ह्वा : अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको जनाइएको छ ।    हामी दुई जनाबीच यस विषयमा छफफल भएको छ र आगामी दिनमा पनि यो वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ– पोलिस विदेशमन्त्री जेस..

    थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य घोषित !

    सोमबार, माघ २८, २०७५ साल
    बैङ्कक, २८ माघ  थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने हुनुभएको छ ।  गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।  थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।  उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा..

    उत्तर कोरिया–अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी

    सोमबार, माघ २८, २०७५ साल
    सियोल, २८ माघ  दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।  दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।  रियलमिटर संस्थाले गरेको..

    ब्रिटिश राजकुमार फिलिपद्वारा गाडीको लाइसेन्स त्याग

    आईतवार, माघ २७, २०७५ साल
    लन्डन, २७ माघ  बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।  गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो ।  सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुनुहुन्छ ।  बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गर्नुभएको जनाएको..

    आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

    शनिबार, माघ २६, २०७५ साल
    बैङ्कक, २६ माघ थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाउनु भएको छ ।  ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गर्नुभएको थियो ।  राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ ।  तत्कालिन राजा भूमिबोल अदुल्यादेज..

    थाई राजकुमारीको अभूतपूर्व निर्णय : अब प्रधानमन्त्रीको उम्मेदवार

    शनिबार, माघ २६, २०७५ साल
    बैंकक, २५ माघ  आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।  थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ ।  थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा..

    गोली हानाहनमा १० भारतीय माओवादी मारिए, सुरक्षा कारबाही जारी

    बिहिवार, माघ २४, २०७५ साल
    नयाँ दिल्ली, २४ माघ  मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् ।  छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो ।  भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ ।  झडपको क्रममा १०..

    सय वर्षपछि अस्ट्रेलियाको टाउन्सभिलमा ठूलो बाढी, नेपाली समुदाय प्रभावित !

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको पर्यटकीय शहर टाउन्सभीलको हजारौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। वातावरण मापन केन्द्रका अधिकारीले विगतमा लगभग एक वर्षमा हुने गरेको वर्षा एकैदिनमा भएको जनाएका छन् । बाढीको चपेटामा परेपछि दुई जनाको मृत्यु हुनुका साथै करौडौको धनजनको क्षती भएको छ। क्वीन्सल्यान्डमा आएको अविरल वर्षाका कारण भएको यो प्राकृतिक प्रकोपले त्यहा रहेका करिब पचास परिवार नेपाली..

    भूमिबाट मार हान्न सक्ने नयाँ क्षेप्यास्त्र प्रणाली निर्माण गर्दै रुस

    बुधबार, माघ २३, २०७५ साल
    एजेन्सी, २३ माघ शीतयुद्धकालीन मध्यमदूरी परमाणु शक्ति वा आइएनएफ नामक सन्धिले विगतमा दुवै देशलाई छोटो तथा मध्यम दूरीका क्षेप्यास्त्र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। तर उक्त सन्धिबाट अमेरिका र रुसले हात झिकेपछि रुसले अब नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने घोषणा गरेको हो। रुसले उल्लंघन गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता उक्त सन्धिबाट अमेरिकालाई अलग्ग्याएका थिए। लगत्तै, रुसले पनि त्यसै गर्‍यो। के बनाउँदैछ रुस? रुसका..

    राष्ट्रपति ट्रम्प र नेता किमबिच दोस्रो भेटवार्ताको औपचारिक घोषणा, तय भयो मिति र स्थान !

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको दोस्रो भेटवार्ता यहि महिना हुने औपचारिक घोषणा गरेका छन् । वार्षिक स्टेट अफ द युनियन सम्बोधनको क्रममा ट्रम्पले यहि महिना (फेब्रुअरी) मै किम र आफ्नो भेटवार्ता हुने घोषणा गरेका हुन् । ट्रम्पले यो पटकको भेट भियतनाममा..

    अमेरिकी हस्तक्षेपले भेनेजुएलालाई गृहयुद्धतिर लैजाने चेतावनी ! संभावना कति ?

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, माघ  :  भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने बताएका छन्। एक स्पेनी टीभीसँगको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी दिएका छन्। ूयसको सजिलो जवाफ छैन। यो सबै उत्तरी सामाज्य र उसका मित्रशक्तिको पागलपन र बलमिच्याइँमा भर पर्छ। हामी..

    कसरी शुरु भयो भेनेजुएलामा सङ्कट ? विश्वका कुन देश कसको समर्थनमा ?

    आईतवार, माघ २०, २०७५ साल
    एजेन्सी, २० माघ दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग नेपालको खासै लेनदेन वा सोझो साइनो केही छैन। तर त्यही मुलुकमा मच्चिएको उत्पातले गएको साताभर नेपालको कूटनीति उल्झियो। सत्ताधारी दलले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको समर्थनमा वक्तव्य निकालेपछि त्यसले अमेरिका नेपालसँग स्पष्टरूपमै चिढिएको छ। लगत्तै परराष्ट्र मन्त्रालयले अर्को विज्ञप्ति निकाल्यो। तर त्यसको सारमा पनि भेनेजुएलामा "बाह्य हस्तक्षेप" हुन नहुनेमा जोड दिइएको छ। को कता छन्? खासमा भेनेजुएलालाई लिएर अहिले विश्वभरनै..

    अमेरिकासँग रिसाएको इरानले भन्यो - 'लङ्ग रेञ्ज मिसाइलको सफल परीक्षण गर्यौं !' सत्यता कति ?

    आईतवार, माघ २०, २०७५ साल
    तेहरान, इरान, २० माघ : इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । "होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ"   एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन ।    इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग..

    अमेरिकामा अत्यधिक चिसो, १ हजार ८ सय उडान रद्द, जनजीवन अस्तव्यस्त

    बिहिवार, माघ १७, २०७५ साल
    सिकागो, १७ माघ  अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको..

    भेनेजुएला सर्वोच्चको आदेश : विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध !

    बुधबार, माघ १६, २०७५ साल
    कारकास, १६ माघ  भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न आदेश दिएको छ ।  आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ ।  गुएइदोका विरुद्धमा महान्यायाधीवक्ता तारेक विलियम साबको मागअनुसार अदालतले यस्तो फैसला गरेको अधिकारीहरुले बताएका छन् ।  विपक्षी नेता गुएइदोले देशको शान्ति सुव्यवस्थामा असर पारेकाले देश छाड्न नपाउने आदेश दिन महान्यायाधीवक्ताले माग गर्नुभएको..

    हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर, चीनलाई ‘तनाव’

    मंगलवार, माघ १५, २०७५ साल
    वासिङ्टन, १५ माघ  अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।   चोरीको अभियोग : अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी..

    हङकङको निर्यात मूल्यमा ७.३ तथा आयातमा ८.४ % को वृद्धि, अर्बौं डलरको व्यापार घाटा

    मंगलवार, माघ १५, २०७५ साल
    हङकङ, १५ माघ हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।  गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।  सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो बर्षको तुलनामा निर्यात..

    राष्ट्रपति ट्रम्पको परराष्ट्र नीति : ६३ प्रतिशत अमेरिकीले गरे अस्वीकार

    सोमबार, माघ १४, २०७५ साल
    वासिङ्टन, १४ माघ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् ।  अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज..
    Results 1491: You are at page 24 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast