शुक्रबार, मंसिर २७, २०७६

    बिदेश

    कङ्गो निर्वाचनः भ्रष्टाचार र असमानता धुरीमा! आँधी आउनु अघिको शान्ति ?

    मंगलवार, मंसिर २५, २०७५ साल
    किन्सासा, २५ मंसिर चुनावी पोस्टर जताततै टाँस्न थालिएको छ, उम्मेदवारहरु पनि दिनरात प्रचारमा लागेका छन् र पार्टीहरु चुनावी सभा एवं र्याली गर्न व्यस्त छन् । तर अफ्रिकाको बारुदको डब्बाको रुपमा रहेको गणतन्त्र कङ्गोमा आगामी डिसेम्बर २३ मा हुने राष्ट्रपति र संसदको चुनाव जति नजिक आउँदैछ चुनावी पर्यवेक्षकहरुको भनाइमा अनौठा घटनाक्रमको पटाक्षेप हुन अझै बाँकी छ । तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको चुनावी अभियान कुनै..

    तान्जानियामा अज्ञात रोगबाट ८ हात्ती मरे, थप हताहतको आशङ्का, नियन्त्रण गर्ने प्रयास जारी

    सोमबार, मंसिर २४, २०७५ साल
    आरुशा, २४ मङ्सिर  तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् ।  स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् ।  वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए । साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्का समेत उनले व्यक्त गरेका छन् ।  तान्जानिया वन्यजन्तु..

    इतिहासकै कुख्यात हत्याराको रुपमा परिचित रुसका १ प्रहरीद्वारा ५६ जनाको हत्या

    सोमबार, मंसिर २४, २०७५ साल
    मस्को, २४ मङ्सिर  रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ ।  यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् ।  ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा..

    अमेरिका–चीनबीच नयाँ ‘तनाव’ सिर्जना ! हुवावे काण्डले चर्काउँदै व्यापार युद्ध

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडाैँ, २४ मङ्सिर ।  चीनियाँ माेबाइल कम्पनी हुवावेका वित्तीय प्रमुख (सिएफअाे) मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसले चीन र अमेरिकाबीचकाे सम्बन्धमा नयाँ ‘तनाव’ सृजना गरेकाे छ । वाङ्झाअाेकाे पक्राउलार्इ लिएर चीनले कडारूपमा विरोध जनाएकाे छ । अन्तर्राष्ट्रिय समाचारहरुमा ‘अमेरिकाको आग्रह’मा सिएफओ मेङलाई क्यानडामा पक्राउ गरी अमेरिकासामु सुपुर्दगी गर्ने याेजना रहेकाे खबर अाएसँगै चीन-अमेरिकाबीचको तनाव नयाँ चरणमा प्रवेश गरेकाे हाे । केही दिनअघि..

    फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, राष्ट्रपतिकै राजीनामा माग, १ हजार ७ सय पक्राउ

    आईतवार, मंसिर २३, २०७५ साल
    पेरिस, २३ मङ्सिर  फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ ।  शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको..

    नोभेम्बरमा चीनको अमेरिकासँग व्यापार नाफा उच्च, सुल्जिएकै हो त कर वृद्धि होडबाजी ?

    शनिबार, मंसिर २२, २०७५ साल
    बेइजिङ, २२ मङ्सिर  चीनको अमेरिकासँगको ब्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ ।  चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्क अनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।  “यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट..

    एक युगको अन्त्य : जर्मन चान्सलर एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा

    शुक्रबार, मंसिर २१, २०७५ साल
    ह्यामबर्ग, २१ मङ्सिर  जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै छन् । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ ।  यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उनले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास..

    अज्ञात व्यक्तिद्वारा टेलीफोनबाट सिएनएन कार्यालयमा बमको चेतावनी, कार्यालय खाली गरियो

    शुक्रबार, मंसिर २१, २०७५ साल
    न्यूयोर्क, २१ मङ्सिर  अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ ।  स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा पाँचवटा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए ।  सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको थियो ।  टेलिभिजन प्रसारणको कार्य..

    क्याथोलिक पादरीलाई ‘बेकामी मुर्ख’ भन्दै हत्या गर्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन !

    बिहिवार, मंसिर २०, २०७५ साल
    एजेन्सी, २० मङ्सिर फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले क्याथोलिक पादरीहरुको हत्या गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनको अभिव्यक्तिको चौतर्फी विरोध भईरहेको छ । उनले आफ्नो मुलुकका क्याथोलिक पादरीहरुलाई ‘बेकामी मुर्ख’ भन्दै उनीहरुलाई हत्या गर्नुपर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति रोड्रिगोले भने, ‘ती मुर्ख र बेकामी पादरीहरुलाई मारिदेऊ १ तिनिहरु आलोचना मात्रै गर्छन् ।’ स्थानीय सरकारी अधिकारीहरुलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।..

    अमेरिकी लडाकू बिमान जुधेर दुर्घटनाग्रस्त, चालक दलका २ सदस्यको उद्धार, ५ जना बेपत्ता

    बिहिवार, मंसिर २०, २०७५ साल
    टोक्यो, २० मङ्सिर  जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन् ।  आकाशमा एउटा लडाकू बिमानमा अर्को सैनिक बिमानबाट तेल भर्ने क्रममा दुबै बिमान एकआपसमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।  अमेरिकी मरिन कप्र्सका अनुसार एफए–१८ लडाकू बिमान र तेल बोकेर आएको..

    न्यू क्यालेडोनिया नजिकै महासागरमा ७.५ म्याग्नीच्यूडको भूकम्प, सुनामीको चेतावनी

    बुधबार, मंसिर १९, २०७५ साल
    वेलिङ्गटन, न्यूजिल्याड, १९ मङ्सिर  न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।  सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् ।  प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको..

    चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय

    बुधबार, मंसिर १९, २०७५ साल
    बेइजिङ, १९ मङ्सिर  चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको सहमतिका बारेमा भने विस्तृत विवरण दिन चीनले अस्वीकार गरेको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी कारमा लाग्दै आएको कर घटाउने र तत्कालै अमेरिकी कृषिजन्य वस्तुको खरिद गर्ने चीनले प्रतिबद्धता व्यक्त गरेको धारणा..

    फ्रान्समा 'इन्धन कर' ६ महिनाका लागि स्थगित भएसँगै 'यल्लो भेष्ट' आन्दोलन सामान्य बन्दै

    बुधबार, मंसिर १९, २०७५ साल
    पेरिस, फ्रान्स, १९ मङ्सिर : फ्रान्सद्वारा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएपछि त्यहाँको अवस्था सामान्य बन्दै गएको छ ।  फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि यहाँको सरकारले आगामी छ महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो ।  इन्धनमा बढाएको करका कारण मुलुकको एकतालाई खतरामा पार्न सक्दैन, प्रधानमन्त्री फिलिपले टेलिभिजनमार्फत..

    पपुवामा पृथकतावादीहरुले गरेको आक्रमणमा ३१ कामदारको मृत्यु

    मंगलवार, मंसिर १८, २०७५ साल
    जयापुरा, इनडोनेसिया, १८ मङ्सिर  इन्डोनेसियाको सधैँ अशान्त भइरहने क्षेत्र पपुवामा पृथकतावादीहरुले गरेका आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।  सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।  पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा..

    अमेरिका र चीनबीच करवृद्धि स्थगित गर्ने सहमति भएसँगै चीन, हङकङको सेयरबजारमा सुधार

    सोमबार, मंसिर १७, २०७५ साल
    साङ्घाई, १७ मङ्सिर  संयुक्तराज्य अमेरिका र चीनबीच जारी करवृद्धि योजना तत्काल स्थगित गर्ने सहमति भएसँगै चीन र हङकङको सेयरबजारमा सोमबार सकारात्मक असर परेको छ । सोमबार दुवै ठाउँमा सेयरबजार उकालो लाग्नुका साथै चिनीया मुद्रा युआन केही बलियो भएको छ ।  साङ्घाई कम्पोजिट इन्डेक्स २ दशमलब ५७ अंकले बढेर दुई हजार ६५४ विन्दुमा पुगेको छ अर्थात् करिब ६७ विन्दुले सेयरबजारमा सुधार आएको छ..

    पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि आपतकालीन वार्ता प्रारम्भ

    सोमबार, मंसिर १७, २०७५ साल
    पेरिस, १७ मङ्सिर फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले पेरिसमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक स्वरुप लिएपछि प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुसँग सोमबार आपतकालीन बैठक डाक्नु भएको छ ।  फ्रान्सको राजधानीमा भएको प्रदर्शनका क्रममा एक सयभन्दा बढी मानिस घाइते भएका छन् भने चार सयभन्दा बढीलाई पक्राउ गरिएको छ । प्रदर्शनकारीले दर्जनौं कारमा आगजनी गरेका छन् ।  राष्ट्रपति इमानुएल म्याँक्रोले अर्जेन्टिनामा आयोजित औद्योगिक समूह जी–२० को बैठकबाट..

    अमेरिका-चीन सहमति : व्यापार युद्ध थाँती राख्न ट्रम्प र सी राजी , दुबैले थप शुल्क नलगाउने

    आईतवार, मंसिर १६, २०७५ साल
    एजेन्सी, १६ मङ्सिर अमेरिका र चीन केही महिनादेखि जारी व्यापार युद्ध थाँती राख्न सहमत भएका छन् । अर्जेन्टिनामा भइरहेको जी २० सम्मेलनमा भएको डिनर वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच यस्तो सहमति भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र चीन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन्, ता कि यो बीचमा दुई देशबीच..

    बलियो बहुमत हासिल गरेका मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ लिने

    शुक्रबार, मंसिर १४, २०७५ साल
    मेक्सिको सिटी, १४ मङ्सिर  मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने हुनुभएको छ । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ ।  “आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी हुनुभएको थियो । साथै, उहाँको गठबन्धनले कङ्ग्रेसका दुवै सदनमा बलियो बहुमत हासिल गरेको..

    अमेरिकीको औसत आयू घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

    बिहिवार, मंसिर १३, २०७५ साल
    टाम्पा, १३ मङ्सिर  औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।  सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ ।..

    उत्तर र दक्षिण कोरियाद्वारा दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्ने

    बिहिवार, मंसिर १३, २०७५ साल
    सोल, १३ मङ्सिर उत्तर र दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् ।  उक्त रेलमार्गको निरक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकिकरण मन्त्रालयले जानकारी दिएको छ ।  आगामी शुक्रबारबाट शुरु हुने यो सीमा क्षेत्र रेलमार्गको निरीक्षण १८ दिनसम्म हुने जनाइएको छ । यी दुई देशको सीमा क्षेत्रमा रहेको यस रेलमार्गको यसरी संयुक्तरुपमा..

    चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ जनाको मृत्यु

    बुधबार, मंसिर १२, २०७५ साल
    शिजिआजुआङ्, चीन, १२ मङ्सिर उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।  बुधबार बिहान सबेरै भएको यस विस्फोटमा परी २२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।  स्थानीय समयानुसार बुधबार मध्यराती १२ः४० बजे हेबेइ सिङ्गहुआको एक रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि..

    दक्षिणी अफगानिस्तानमा १२ आतङ्ककारी मारिए, तालिबान समूहको टिप्पणी आउँन बाँकी

    मंगलवार, मंसिर ११, २०७५ साल
    टिरिन कोट, ११ मङ्सिर :  अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।  हवाई कारबाहीमा तालिबान समूहका एकजना प्रमुख कमाण्डर मुल्लाह जनानको पनि मृत्यु भएको सेनाको विज्ञप्तिमा जनाइएको छ ।  अफगानिस्तानमा सशस्त्र युद्ध जारी राखेको तालिबान समूहले यस विषयमा केही टिप्पणी..

    दक्षिण कोरियाको आकाशमा अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं – ब्राउन

    मंगलवार, मंसिर ११, २०७५ साल
    वासिङ्टन, ११ मङ्सिर  अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए ।  अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहेका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कुटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताए..

    क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा

    सोमबार, मंसिर १०, २०७५ साल
    लस एन्जेलस, १० मङ्सिर क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।  ‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको छ । डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन्..

    न्यूजील्यान्डमा १ सय ४५ वटा ह्वेल मृत भेटिए, रेन लिप्पेन भने - निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नुपर्यो

    सोमबार, मंसिर १०, २०७५ साल
    वेलिङटन, १० मङ्सिर  न्यूजील्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा एकसय ४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  न्यूजील्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री(हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए ।  स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए । “धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किदो..

    युगाण्डा डुङ्गा दुर्घटना : २२ जनाको मृत्यु, २६ जनाको जीवितै उद्धार, ६० जना डुबेको आशंका

    आईतवार, मंसिर ९, २०७५ साल
    काम्पाला, ९ मङ्सिर युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।  लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ ।  घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई जीवितै उद्धार गरिएको छ, युगाण्डा प्रहरीका निर्देशक असुमान मुगेन्यीले..

    अमेरिमा आप्रवासीको आगमन जारी, मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

    शुक्रबार, मंसिर ७, २०७५ साल
    टिजुआना, मेक्सिको ७ मङ्सिर  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिनु भएको बताइएको छ ।  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उहाँले सो चेतावानी दिनुभएको समाचारमा जनाइएको छ ।  साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिनुभएको पनि एक अर्काे समाचारमा जनाइएको..

    पाकिस्तानस्थित चिनियाँ दूतावासमा आतंकवादी आक्रमण, ५ जनाको मृत्यु

    शुक्रबार, मंसिर ७, २०७५ साल
    एजेन्सी, ७ मंसिर ।  शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।  सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा आर्मीको मिडिया शाखाले उक्त कारबाहीमा तीन आतंकवादीको ज्यान गएको बताएको छ ।  पाकिस्तानको चर्चित..

    भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता, दुई देशीय व्यापारिक विषयमा छलफल

    बिहिवार, मंसिर ६, २०७५ साल
    सिड्नी, ६ मङ्सिर  अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुगेका हुन् । भारतीय राष्ट्रपति कोविन्द, उनका श्रीमती सवितालगायतलाई अस्ट्रेलियाका उच्चस्तरीय सरकारी अधिकारीले स्वागत गरेका थिए ।  अष्ट्रेलिया भ्रमणको आज दोस्रो दिन भारतीय राष्ट्रपति कोविन्दले वरिष्ट अष्ट्रेलियाली अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ..

    अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा एवं भत्र्सना

    बुधबार, मंसिर ५, २०७५ साल
    वासिङटन डिसी, ५ मङ्सिर  अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।  यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयांै व्यक्ति घाइते भएका थिए । मुसलमानहरुका धर्मगुरु मोहमदको जन्मदिवसको उपलक्ष्यमा भेला भएका व्यक्तिहरुलाई लक्षित गरी यो आक्रमण भएको थियो ।   अमेरिकाले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना व्यक्त गरेको छ । विस्फोट गराइएको समयमा सो..
    Results 1332: You are at page 22 of 45
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 Next Last
    Weather Forecast