बिहिवार, माघ ९, २०७६

    बिदेश

    ह्वाइट हाउसबाट ट्रम्पकाे सम्बोधन : इरानमाथि नयाँ नाकाबन्दी

    बिहिवार, पौष २४, २०७६ साल
    अमेरिका, २४ पुस । राष्ट्रका नाममा सम्बाेधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेको बताएका हुन् । इरानले अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणबाट अमेरिकी सेनातर्फ कोही हताहती नभएको समेत उनले बताए..

    इरानको आणविक भट्टी नजिकै ४.५ म्याग्नीच्युडको भूकम्प

    बिहिवार, पौष २४, २०७६ साल
    तेहरान, २४ पुस । इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।   देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन् । स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो ।   राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले..

    सुलेमानीको शवयात्रामा भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

    मंगलवार, पौष २२, २०७६ साल
    तेहरान, २२ पुस इरानको दक्षिणपूर्वी शहर केरमानमा जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ । उक्त घटनामा घाइते भएका सबैजनालाई..

    अमेरिकाद्वारा इराकबाट सेना फिर्ता गर्ने कुरा अस्वीकार

    मंगलवार, पौष २२, २०७६ साल
    वाशिङटन,२२ पुस । अमेरिकी रक्षामन्त्री मार्क इस्परले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने कुरा अस्वीकार गरेका छन् ।  इराकस्थित अमेरिकी सेनाका कमान्डरले इराकी रक्षा मन्त्रालयलाई पठाएको भनिएको पत्रले अन्योलको अवस्था उत्पन्न भए पनि सेना फिर्ता गर्ने कुरा अस्वीकार गरेका हुन् । इराकी सांसदहरुले अमेरिकीलगायत विदेशी सेना फिर्ताको कुरा गरेपछि अमेरिकी रक्षामन्त्रीले सो कुरा बताएका छन् । तर, इराकस्थित अमेरिकाका  ब्रिगेडियर जनरल विलियम एच सेलीले इराकी रक्षा..

    इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य

    सोमबार, पौष २१, २०७६ साल
    काठमाडौं, २१ पुष अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् ।  आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो । ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्नेछन्..

    इराकको संसदले गर्‍याे अमेरिकी सैनिकलाई देशबाट हटाउने प्रस्ताव पारित

    सोमबार, पौष २१, २०७६ साल
    एजेन्सी, २१ पुस । इराकको संसदले अमेरिकी सैनिकलाई देशबाट हटाउने प्रस्ताव पारीत गरेकाे छ । उक्त प्रस्तावमा इराकले सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो । इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन,..

    अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु मारिए

    आईतवार, पौष २०, २०७६ साल
    काठमाडौं, २० पुस अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।  आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अनियन्त्रित भएको बीबीसीले जनाएको छ ।  डढेलोका कारण..

    अष्ट्रेलियाको डढेलो : चर्को हावा चलेका कारण डढेलो निभाउन मुश्किल

    आईतवार, पौष २०, २०७६ साल
    काठमाडौं, २० पुस चर्को हावाहुरीले अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलो निभाउनका लागि अवरोध गरेको छ ।  न्यु साउथ वेल्समा लागेको डढेलोलाई थप चर्काउन १२८ किलोमिटर प्रतिघन्टामा हावाहुरी चलिरहेको अधिकारीहरूले बताए । छिमेकी राज्य भिक्टोरियामा आगोमा फसेका मानिसको उद्धारका लागि सेनाका हेलिकप्टर खटाइएका छन् ।  गत सेप्टेम्बर महिनादेखि डढेलोका कारण अस्ट्रेलियामा कम्तीमा २३ जनाको मृत्यु भएको छ । १२ सयभन्दा बढी घरहरू ध्वस्त भएका..

    इरानले यसरी लिनसक्छ अमेरिकासँग बदला

    शनिबार, पौष १९, २०७६ साल
    पुस १९, काठमाडौं इरानका प्रमुख सैन्य कमान्डर कासिम सोलेमानी अमेरिकाले गरेको आक्रमणमा मारिएका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीवार इराकको राजधानी बगदादस्थित विमानस्थलनजिकै उनी चढेको कारमाथि गरिएको ड्रोन आक्रमणमा परी उनको ज्यान गएको हो । सोलेमानी इरानका निकै महत्वपूर्ण सैन्य अधिकारी हुन् । उनी इरानी सेनाको विशेष एकाइ कुड्सका प्रमुख थिए । इरानमा उनलाई सर्वोच्च नेता अयातोल्लाह खामेनीपछि सबैभन्दा शक्तिशाली व्यक्तिको..

    इरानका सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा बढ्याे तेलकाे मूल्य

    शनिबार, पौष १९, २०७६ साल
    काठमाण्डाै, पुस १९   इरानका सैन्य कमाण्डरकाे हत्यापछि अन्तर्राष्ट्रिय बजारमा तेलकाे मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हाे । इराकको राजधानी बग्दादमा शुक्रबार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि तेलको भाउ बढेको हो । विश्लेषकले अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाब..

    अमेरिकाले विनाशकारी युद्धको सुरुवात गरेको छ : इराक

    शनिबार, पौष १९, २०७६ साल
    एजेन्सी, १९ पुस । आफ्ना बरिष्ठ कमाण्डर मारिएपछि इरानले अमेरिकालाई ‘विनाशकारी युद्ध निम्त्याएकाे आराेप लगाएकाे छ । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका हुन् ।  इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भनेका छन्– यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण..

    अमेरिकाको विरोध गर्दै दशौं हजार इरानी सडकमा उत्रिए

    शुक्रबार, पौष १८, २०७६ साल
    तेहरान, १८ पुस अमेरिकी हवाइ आक्रमणमा इरानी सैन्य कमाण्डर मारिएपछि इरानमा अमेरिका विरोधी विशाल प्रदर्शन भएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकालाई चेतावनी दिँदै अभिव्यक्ति दिएका छन् । अमेरिकी सेनाले भने उक्त हमला 'अमेरिकी राष्ट्रपतिको निर्देशन'मा भएको प्रतिक्रिया दिएको छ । शुक्रबार बिहानै इरानी सैनिक विशेष फौजका कमाण्डर कुसेम सोलेमानी अमेरिकी हवाइ हमलामा मारिएका थिए । उक्त घटनापछि दशौं हजार नागरिकले सडकमा उत्रिएर 'अमेरिकी..

    अमेरिकी आक्रमणको बदला लिने इरानको कडा चेतावनी

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौं, १८ पुस  अमेरिकी आक्रमणमा इरानको कुद्स सेनाका प्रमुख जनरल मारिएपछि इरानले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । शोकको घोषणा गर्दै इरानका सर्वोच्च धार्मिक नेता अयातुल्ला अली खमानीले आक्रमणका दोषीमाथि कडा बदला लिने चेतावनी दिएका छन् । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि खामेनीको यस्तो प्रतिक्रिया आएको हो । इरानका विदेशमन्त्री जावद जरिफले यो घटनालाई ‘अन्तर्राष्ट्रिय..

    अमेरिकी आक्रमणमा मारिए इरानका कुद्स सेनाका प्रमुख

    शुक्रबार, पौष १८, २०७६ साल
    एजेन्सी, १८ पुस । इरानको कुद्स सेनाका प्रमुख जनरल कासिम सोलेमानी बगदाद अमेरिकी आक्रमणमा मारिएका छन् । उक्त अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी अमेरिकाले लिएको छ ।  पछिल्लो समय आएका समाचारअनुसार यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै निर्देशनमा भएको थियो । यही आक्रमणमा कताइब हिजबुल्लाहका कमान्डर अबु महदी अल मुहान्दिस पनि मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,..

    इराकस्थित अमेरिकी दूतावासमा हमला, इरानले ठूलो मूल्य चुकाउनु पर्ने ट्रम्पकाे चेतावनी

    बुधबार, पौष १६, २०७६ साल
    बगदाद, १६ पुस । इराकको एउटा मिलिट्यान्ट समूहले बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेको छ । अमेरिकाद्वारा हालै गरिएको हवाइ आक्रमणबाट आक्रोशित इरान समर्थितहरूले मंगलबार अमेरिकी दूतावासमा आक्रमण गरेको हाे । अमेरिकी सेनाले भीडलाई तितरबितर पार्न अश्रु ग्यासको प्रयोग गरेको थियो । अमेरिकी दूतावास निकै सुरक्षित मानिने ग्रिन जोनमा रहे पनि त्यहाँ आक्रमण भएको हो ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो आक्रमणमा इरान जिम्मेवार भएको..

    अमेरिका र चीनबीच पहिलो चरणको व्यापार सम्झौता वासिङ्टनमा हुने

    मंगलवार, पौष १५, २०७६ साल
    वासिङ्टन, १५ पुस अमेरिका र चीनबीच लामो समयदेखि प्रतिक्षा गरिएको व्यापार सम्झौता अमेरिकाको वासिङ्टनमा हुनेभएको छ । अमेरिका–चीनबीच हुने भनिएको ‘पहिलो चरण’को व्यापार वार्तामा अर्को महिनाको मध्यतिर वासिङ्टनमा हस्ताक्षर गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बताउनुभएको हो ।  “हाम्रो चीनसँग हुने पहिलो चरणको बृहत् व्यापार सम्झौतामा मैले जनअरी १५ मा हस्ताक्षर गर्नेछु, राष्ट्रपति ट्रम्पले ट्विटर सन्देशमा लेख्नुभएको छ ।  “चिनियाँ उच्च प्रतिनिधिमण्डलको उपस्थिति रहने..

    भारतीय प्रधानमन्त्री नरेन्द्र माेदिकाे आवासीय परिसरमा आगलागी

    मंगलवार, पौष १५, २०७६ साल
    नया दिल्ली, १५ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लोक कल्याण मार्गस्थित आवासीय परिसरमा आगलागी भएको छ । सोमबार साँझ साँझ ७ः२५ बजे आगलागी भएकोमा त्यसलाई तत्काल नियन्त्रणमा लिइएको थियो । भारतको अग्निशमन विभागका अनुसार आगो नियन्त्रणमा लिनका लागि दमकल समयमै पुगेका कारण क्षति हुन नपाएको जनाइएको छ । अधिकारीहरुका अनुसार आगो सामान्य भएकोले समयमै नियन्त्रण गर्न सकिएको थियो ।  पछि प्रधानमन्त्री मोदीको..

    अष्ट्रेलियामा आगलागी आतंक बढेपछि ४ हजार मानिस समुद्री किनारामा

    मंगलवार, पौष १५, २०७६ साल
    अष्ट्रेलिया, १५ पुस । अष्ट्रेलियाको भिक्टोरियाको माल्लाकूटा क्षेत्रमा भएकाे आगलागी फैलिदै गएकाे छ । स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा आगलागी फैलिएर घर भएको स्थानतिर आउने क्रम मंगलबार बिहानैदेखि बढेको हाे ।  साे क्षेत्रमा लागेकाे आगाे  फैलिएपछि हजारौं मानिसहरु पानी भएको स्थानतर्फ हिंडेका छन्।  स्थानीय बासिन्दाले पोस्ट गरेको तस्विरमा आकाश पुरै रातो देखिनुका साथै धुवाँ  र पुरै अँध्यारो अवस्था देखिन्छ । सिडनी र मेलबर्नका केही ख्यातिप्राप्त होलिडे स्पटहरु..

    भागेर लेबनान पुगे भ्रष्टाचारकाे अभियोग लागेका निसानका पूर्व प्रमुख

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौं, १५ पुस । भ्रष्टाचारकाे अभियोग लागेका निसानका पूर्व प्रमुख कार्लोस गोन्स जापानबाट भागेर लेबनान पुगेका छन् ।  सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार भ्रष्टाचारको अभियोग लागेका कार्लोस लेबनानको बेरुत पुगेका हुन् । एक लेबनानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले कार्लोस बेरुत पुगेको तर उनले कसरी जापान छोडे भन्ने थाहा नभएको उल्लेख गरेको छ । आर्थिक अनियमितताको अभियोगमा कार्लोस सन् २०१८ मा पक्राउ परेका थिए..

    आहाखबर विशेष : यी हुन् सन् २०१९ का चर्चित १९ घटनाहरु

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ ।    १. भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित   सन् २०१९ को सुरुवात..

    प्रहरीले कांग्रेसकी महासचिव प्रियंका गान्धीकाे गर्धनमा समातेपछि

    आईतवार, पौष १३, २०७६ साल
    नयाँ दिल्ली, १३ पुस । उत्तर प्रदेश प्रहरीले भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीकाे गर्धनमा समातेकाे छ । नागरिकता संशोधन कानूनको विरोध गर्दा गिरफ्तारीमा परेका अवकाशप्राप्त प्रहरीको घर जाने क्रममा आफुमाथि हातपात भएको प्रियंकाले दावी गरेकी छिन्। ७६ बर्षीय पूर्व प्रहरी अधिकारी एसआर दारापुरीको घर जाने क्रममा प्रियंका एक स्कुटरमा बसेकी थिइन्। उत्तर प्रदेश प्रहरीले भने प्रियंकामाथि कुनै आक्रमण या दुव्र्यवहार नभएको बताएको छ। निर्धारितभन्दा फरक बाटोबाट..

    ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

    शनिबार, पौष १२, २०७६ साल
    मस्को, १२ पुस रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए । रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्नेछ र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको..

    संसदमा हिंसात्मक क्रियाकलाप गरेपछि विपक्षी नेता पक्राउ

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौँ, १२ पुस संसदमा नाटकीय र हिंसात्मक क्रियाकलाप गरेको भन्दै मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ ।  धार्मिक स्वतन्त्रता सम्वन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानुनमा समावेश गरिएको चर्च सम्वन्धी विषयलाई लिएर मोन्टेनेग्रोका सरकार पक्ष र विपक्षका बीचमा विवाद रहेको छ । संसदमा बिहीबार विवाद भएकोमा राती अबेरसम्म पनि त्यो साम्य भएको थिएन ।..

    अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    शनिबार, पौष १२, २०७६ साल
    हवाई, १२ पुस । अमेरिकको हवाई राज्यमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । शुक्रबार हवाई राज्यको नपाली समुन्द्री तटमा भ्रमणका लागि गएको हेलिकप्टर हावाहुरीका कारण दुर्घटनामा परेको थियो। हावाहुरी चलेपछि हेलिकप्टर अवतरण गर्ने प्रयास भएको थियो । अवतरणको प्रयास क्रममा हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।   ..

    मृत्युदण्डको फैसलाविरुद्ध मुशर्रफले दिए पुनरावेदन

    शुक्रबार, पौष ११, २०७६ साल
    इस्लामावाद, पाकिस्तान, ११ पुस  पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गर्नुभएको छ । उहाँलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस पहिले नै राख्नुभएको थियो । पाकिस्तानी..

    यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ सर्वसाधारणको मृत्यु

    बिहिवार, पौष १०, २०७६ साल
    साना, यमन, १० पुस  यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । यमनमा पछिल्ला केही महिना यता तुलनात्मक रूपमा शान्त रहने गरेको भएपनि सादामा एक महिनाको अन्तरालमा तीन आक्रमण भएका छन् । इरानसँग निकट..

    २४ घण्टामा १ सय भन्दा बढी तालिवान लडाकूको मृत्यु

    मंगलवार, पौष ८, २०७६ साल
    काबुल, अफगानिस्तान, ८ पुस  अफगानिस्तानमा सेनाले देशभर चलाएको सुरक्षा कारबाहीमा परी १०० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । कारबाहीबारे तालिवान समूहबाट कुनै प्रतिक्रिया आइसकेको छैन । सुरक्षाकर्मीले देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध कारबाही चलाएको सेनाले बताएको छ । उफगानिस्तानको रक्षा मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध..

    कम्पनीमा पुनः आत्मविश्वास स्थापित गर्ने उद्देश्यसहित बोइङ्गले बर्खास्त गर्‍यो प्रमुख कार्यकारी

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस  अमेरिकी विमान निर्माता कम्पनी बोइङ्गका ७३७ म्याक्स संस्करणका दुई विमान लगातार दुर्घटनामा परेपछि कम्पनी समस्यामा छ ।  प्रमुख कार्यकारी डेनिस मुलिनबर्गलाई बर्खास्त गरेको छ। कम्पनीमा पुनः आत्मविश्वास स्थापित गर्ने उद्देश्यसहित बोइङ्गले डेनिसलाई बर्खास्त गरेको हो । बोइङ्गका ७३७ म्याक्स संस्करणका दुई विमान लगातार दुर्घटनामा परेपछि कम्पनी समस्यामा छ । ३४० जना भन्दा बढीको ज्यान गएका ती दुर्घटनापछि बोइङ्गमागि यात्रुको सुरक्षा..

    अफगानिस्तानको निर्वाचनको प्रारम्भिक परिणाम राष्ट्रपतिद्धारा स्वीकार

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस अफगानिस्तानका राष्ट्रपति असरफ गनीले अफगानिस्तानमा हालै भएको निर्वाचनको प्रारम्भिक परिणाम स्वीकार गर्नुभएको बताइएको छ ।  यहाँ हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको आइतबार सार्वजनिक भएको प्रारम्भिक परिणाम राष्ट्रपति असरफ गनीले स्वागत गर्नुभएको समाचारमा जनाइएको छ ।  जनाइएअनुसार आइतबार सार्वजनिक भएको उक्त निर्वाचनको प्रारम्भिक परिणामलाई उहाँले निष्पक्ष भन्नुभएको छ ।  साथै उहाँले सो निर्वाचनका लागि अफगानिस्तानको निर्वाचन आयोगलाई धन्यवाद पनि दिनुभएको काबुलबाट प्राप्त..

    ट्रम्प महाभियोगः युक्रेनलाई दिइने सहयोग रोक्न निर्देशन दिइएको खुलासा

    सोमबार, पौष ७, २०७६ साल
    एजेन्सी, पुस ७ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको मात्र ९१ मिनेटपछि ह्वाइट हाउसले युक्रेनलाई दिने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको छ। टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए। डोमोक्र्याटहरू भन्छन्: राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा त्यसले देखाउँछ। त्यो महत्त्वपूर्ण टेलिफोन कुराकानी शक्तिको दुरुपयोगमा..
    Results 1402: You are at page 2 of 47
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast