शुक्रबार, मंसिर २७, २०७६

    बिदेश

    आइएससँग आवद्ध भएको आरोपमा ५२ सिरियाली पक्राउ

    बिहिवार, फागुन २, २०७५ साल
    स्तानबुल, २ फागुन टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहसँग आवद्ध भएको आशङ्कामा ५२ सिरियालीलाई पक्राउ गरेको टर्कीका प्रहरीले बिहीबार जानकारी दिएको छ ।  बुर्सा शहरको पाँच ओटा इलाकामा आतङ्कवादविरुद्ध जारी गरेको सुरक्षा कारबाहीमा ती संदिग्ध आइएस लडाकू पक्राउ परेका थिए । कारबाहीको क्रममा प्रहरीले संगठनात्मक कागजपत्र र डिजिटल सरसमानहरु पनि कब्जा लिएका बताइएको छ ।  टर्कीका आइएस लडाकू समूहले केही..

    भेनेजुएलालाई अमेरिकाले चिढाएपछि रुसले दियो चेतावनी

    बिहिवार, फागुन २, २०७५ साल
    मस्को, १ फागुन संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो नगर्न चेतावनी दिएको छ ।  रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भेनेजुएलामा हाल जारी राजनीतिक सङ्कटको विषयमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।  उहाँले भेनेजुएलामा अमेरिकाले शक्ति प्रयोग गर्न खोजेको संकेत पनि गर्नुभएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले मङ्गलबार फोनमार्फत अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई सो चेतावनी दिनुभएको हो..

    थाइल्याण्डकी राजकुमारीद्वारा क्षमा याचना, पार्टी विघटनको तयारी !

    बुधबार, फागुन १, २०७५ साल
    बैङ्कक, १ फागुन  थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गर्नु भएको छ ।  शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गर्नुभएको थियो ।  उहाँको उम्मेदवारीका बारेमा उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाउनु भएको थियो ।  आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा..

    पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता

    बुधबार, फागुन १, २०७५ साल
    वार्सा, १ फागुन सिन्ह्वा : अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ ।  अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको जनाइएको छ ।    हामी दुई जनाबीच यस विषयमा छफफल भएको छ र आगामी दिनमा पनि यो वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ– पोलिस विदेशमन्त्री जेस..

    थाईल्याण्डकी राजकुमारी प्रधानमन्त्रीका लागि अयोग्य घोषित !

    सोमबार, माघ २८, २०७५ साल
    बैङ्कक, २८ माघ  थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने हुनुभएको छ ।  गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो ।  थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गर्नुभएको थियो ।  उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा..

    उत्तर कोरिया–अमेरिका शिखर वार्ताप्रति दक्षिण कोरियाली आशावादी

    सोमबार, माघ २८, २०७५ साल
    सियोल, २८ माघ  दशमध्ये छ जना दक्षिण कोरियालीले उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भियतनाममा हुने शिखर वार्ताबाट महत्वपूर्ण परिणाम निस्कने आशा व्यक्त गरेका छन् । दुबै मुलुकका राष्ट्राध्यक्षबीच फेब्रुअरी २७ र २८ मा भियतनामको हनोईमा वार्ता हुँदैछ ।  दक्षिण कोरियामा गरिएको एक संक्षिप्त जनमत सर्वेक्षणमा सहभागीमध्ये ६२ दशमलब ५ प्रतिशतले उत्तर कोरियाली आणविक समस्या समाधान हुने अपेक्षा गरेका छन् ।  रियलमिटर संस्थाले गरेको..

    ब्रिटिश राजकुमार फिलिपद्वारा गाडीको लाइसेन्स त्याग

    आईतवार, माघ २७, २०७५ साल
    लन्डन, २७ माघ  बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गर्नुभएको छ ।  गत महिना फिलिप आफैँले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो ।  सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुनुहुन्छ ।  बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गर्नुभएको जनाएको..

    आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

    शनिबार, माघ २६, २०७५ साल
    बैङ्कक, २६ माघ थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाउनु भएको छ ।  ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उहाँकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गर्नुभएको थियो ।  राजकुमारी अहिले पनि राजपरिवारको सदस्य भएकाले दलिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई छ ।  तत्कालिन राजा भूमिबोल अदुल्यादेज..

    थाई राजकुमारीको अभूतपूर्व निर्णय : अब प्रधानमन्त्रीको उम्मेदवार

    शनिबार, माघ २६, २०७५ साल
    बैंकक, २५ माघ  आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।  थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ ।  थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा..

    गोली हानाहनमा १० भारतीय माओवादी मारिए, सुरक्षा कारबाही जारी

    बिहिवार, माघ २४, २०७५ साल
    नयाँ दिल्ली, २४ माघ  मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकू मारिएका छन् ।  छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको थियो ।  भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकू मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको बताइएको छ ।  झडपको क्रममा १०..

    सय वर्षपछि अस्ट्रेलियाको टाउन्सभिलमा ठूलो बाढी, नेपाली समुदाय प्रभावित !

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको पर्यटकीय शहर टाउन्सभीलको हजारौं हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। वातावरण मापन केन्द्रका अधिकारीले विगतमा लगभग एक वर्षमा हुने गरेको वर्षा एकैदिनमा भएको जनाएका छन् । बाढीको चपेटामा परेपछि दुई जनाको मृत्यु हुनुका साथै करौडौको धनजनको क्षती भएको छ। क्वीन्सल्यान्डमा आएको अविरल वर्षाका कारण भएको यो प्राकृतिक प्रकोपले त्यहा रहेका करिब पचास परिवार नेपाली..

    भूमिबाट मार हान्न सक्ने नयाँ क्षेप्यास्त्र प्रणाली निर्माण गर्दै रुस

    बुधबार, माघ २३, २०७५ साल
    एजेन्सी, २३ माघ शीतयुद्धकालीन मध्यमदूरी परमाणु शक्ति वा आइएनएफ नामक सन्धिले विगतमा दुवै देशलाई छोटो तथा मध्यम दूरीका क्षेप्यास्त्र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। तर उक्त सन्धिबाट अमेरिका र रुसले हात झिकेपछि रुसले अब नयाँ क्षेप्यास्त्र प्रणाली विकास गर्ने घोषणा गरेको हो। रुसले उल्लंघन गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता उक्त सन्धिबाट अमेरिकालाई अलग्ग्याएका थिए। लगत्तै, रुसले पनि त्यसै गर्‍यो। के बनाउँदैछ रुस? रुसका..

    राष्ट्रपति ट्रम्प र नेता किमबिच दोस्रो भेटवार्ताको औपचारिक घोषणा, तय भयो मिति र स्थान !

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ सिंगापुरमा भएको पहिलो वार्तामा उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि सहमत भएको थियो । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको दोस्रो भेटवार्ता यहि महिना हुने औपचारिक घोषणा गरेका छन् । वार्षिक स्टेट अफ द युनियन सम्बोधनको क्रममा ट्रम्पले यहि महिना (फेब्रुअरी) मै किम र आफ्नो भेटवार्ता हुने घोषणा गरेका हुन् । ट्रम्पले यो पटकको भेट भियतनाममा..

    अमेरिकी हस्तक्षेपले भेनेजुएलालाई गृहयुद्धतिर लैजाने चेतावनी ! संभावना कति ?

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, माघ  :  भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने बताएका छन्। एक स्पेनी टीभीसँगको अन्तर्वार्तामा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा हस्तक्षेप गरेमा उनले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने चेतावनी दिएका छन्। ूयसको सजिलो जवाफ छैन। यो सबै उत्तरी सामाज्य र उसका मित्रशक्तिको पागलपन र बलमिच्याइँमा भर पर्छ। हामी..

    कसरी शुरु भयो भेनेजुएलामा सङ्कट ? विश्वका कुन देश कसको समर्थनमा ?

    आईतवार, माघ २०, २०७५ साल
    एजेन्सी, २० माघ दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग नेपालको खासै लेनदेन वा सोझो साइनो केही छैन। तर त्यही मुलुकमा मच्चिएको उत्पातले गएको साताभर नेपालको कूटनीति उल्झियो। सत्ताधारी दलले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको समर्थनमा वक्तव्य निकालेपछि त्यसले अमेरिका नेपालसँग स्पष्टरूपमै चिढिएको छ। लगत्तै परराष्ट्र मन्त्रालयले अर्को विज्ञप्ति निकाल्यो। तर त्यसको सारमा पनि भेनेजुएलामा "बाह्य हस्तक्षेप" हुन नहुनेमा जोड दिइएको छ। को कता छन्? खासमा भेनेजुएलालाई लिएर अहिले विश्वभरनै..

    अमेरिकासँग रिसाएको इरानले भन्यो - 'लङ्ग रेञ्ज मिसाइलको सफल परीक्षण गर्यौं !' सत्यता कति ?

    आईतवार, माघ २०, २०७५ साल
    तेहरान, इरान, २० माघ : इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको जनाएको छ । "होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ"   एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन ।    इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग..

    अमेरिकामा अत्यधिक चिसो, १ हजार ८ सय उडान रद्द, जनजीवन अस्तव्यस्त

    बिहिवार, माघ १७, २०७५ साल
    सिकागो, १७ माघ  अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा अबरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन् । हुलाक सेवा स्थगित भएको छ भने झण्डै एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ । धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको..

    भेनेजुएला सर्वोच्चको आदेश : विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध !

    बुधबार, माघ १६, २०७५ साल
    कारकास, १६ माघ  भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न आदेश दिएको छ ।  आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गर्नुभएका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले आदेश दिएको जनाइएको छ ।  गुएइदोका विरुद्धमा महान्यायाधीवक्ता तारेक विलियम साबको मागअनुसार अदालतले यस्तो फैसला गरेको अधिकारीहरुले बताएका छन् ।  विपक्षी नेता गुएइदोले देशको शान्ति सुव्यवस्थामा असर पारेकाले देश छाड्न नपाउने आदेश दिन महान्यायाधीवक्ताले माग गर्नुभएको..

    हुवावे विरुद्ध अमेरिकी अभियोग सार्वजनिक, व्यापार वार्तामा असर, चीनलाई ‘तनाव’

    मंगलवार, माघ १५, २०७५ साल
    वासिङ्टन, १५ माघ  अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता शुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ ।   चोरीको अभियोग : अमेरिकी न्याय विभागले इरान विरुद्धको अमेरिकी प्रतिबन्धलाई हुवावेले उल्लङ्घन गरी इरानसँग कारोबार गरेको तथा हुवावेको अमेरिकी साझेदार कम्पनी..

    हङकङको निर्यात मूल्यमा ७.३ तथा आयातमा ८.४ % को वृद्धि, अर्बौं डलरको व्यापार घाटा

    मंगलवार, माघ १५, २०७५ साल
    हङकङ, १५ माघ हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।  गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ ।  सन् २०१८ को चौथो चौमासिकमा अघिल्लो बर्षको तुलनामा निर्यात..

    राष्ट्रपति ट्रम्पको परराष्ट्र नीति : ६३ प्रतिशत अमेरिकीले गरे अस्वीकार

    सोमबार, माघ १४, २०७५ साल
    वासिङ्टन, १४ माघ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिप्रति अधिकांश अमेरिकी जनता विपक्षमा रहेको एक जनमत सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी आधाभन्दा बढी अमेरिकीले अर्को वर्ष अमेरिकाको विश्वव्यापी उपस्थिति अझ कमजोर हुने पनि बताएका छन् ।  अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस र एनओआरसीले गरेको संयुक्त जनमत सर्वेक्षणमा सिरिया र सम्भवत अफगानिस्तानबाट अमेरिकी सेना हटाउने राष्ट्रपति ट्रम्पको योजनाका बारेमा पनि अमेरिकी समाज..

    तत्काल निर्वाचन गराउने इयूको शर्त भेनेजुयलालाई अमान्य, मादुरोले दिए कडा जवाफ

    आईतवार, माघ १३, २०७५ साल
    अङ्कारा, टर्की, १३ माघ : भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोले तत्काल निर्वाचन गराउन यूरोपेली संघ ९इयू० को अन्तिम चेतावनीस्वरूप राखिएको शर्तलाई अस्वीकार गनुभएको टर्कीबाट प्रशारण हुने एक टेलिभिजनले जनाएको छ ।  जर्मनी, फ्रान्स, स्पेन लगायतका यूरोपेली शक्ति राष्ट्रहरूले शनिबार भेनेजुयलाले आठ दिनभित्र निर्वाचन नगरे उनीहरूले विपक्षी नेता हुँवा गुइदोलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिने चेतावनी दिएका थिए ।  भेनेजुयला इयूमा आवद्ध नरहेकोले उसको निर्देशन..

    जर्मनीमा ५ सय दरको युरो नोट प्रतिबन्ध, आम नागरिकलाई चित्त बुझेन !

    आईतवार, माघ १३, २०७५ साल
    फ्रान्कफर्ट, १३ माघ  युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो ।  कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको यो निर्णयले खिन्न बनाएको छ ।  आइतबारदेखि नै १९ मध्ये..

    हुवावे काण्ड: चीनका लागि क्यानडेली राजदूत बर्खास्त, के हो विवाद र भित्रको तिक्तता ?

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौं, १३ माघ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका निम्ति उनका देशका राजदूतलाई बर्खास्त गरिदिएका छन्। पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएलगत्तै ती राजदूतले जागिर गुमाएका हुन्।   के हो विवाद? चीनका निम्ति क्यानडाका राजदूत जन म्याककुलमले चिनियाँ विशाल टेलिकम ह्वावेइका वरिष्ठ अधिकारीको सुपुर्दगीबारे विवादास्पद टिप्पणी गरेका थिए। प्रधानमन्त्री ट्रुडोले उनले म्याककुलमलाई पदबाट हट्न भनेको बताए। तर कारण भने खुलाएनन्। अमेरिकाको अनुरोधमा मङ्ग वान्जूलाई पक्राउ..

    अष्ट्रेलियामा ९० बढी घोडा, लाखौ माछाको मृत्यु : १ सय २० जनावर मार्ने तयारी, यस्तो छ कारण !

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौँ, ११ माघ अष्ट्रेलियाको उखरमाउलो गर्मीका कारण केही दिनभित्र ९० बढी जंगली घोडाको मृत्यु भएको छ । मध्य र उत्तर–मध्य अष्ट्रेलियाको नर्दन टेरिटोरीको एलिस स्प्रिंग्स नजिकै सुकिसकेका खाल्डामा रेन्जरहरुले मरेका घोडा भेटेका हुन् । करिब ४० घोडाको पानीको कमी र भोकका कारण मृत्यु भइसकेको थियो । बचेका मरणासन्न घोडालाई पछि प्रशासनले मारिदिए । अष्ट्रेलियामा पछिल्लो दुई हप्तादेखि भीषण गर्मी छ । पूरा देशमा गर्मीका..

    भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मदुरो सत्ताच्यूत भएको घोषणा

    बिहिवार, माघ १०, २०७५ साल
    काराकास, १० माघ  भेनेजुएलाको संसदका नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई विस्थापित गरी आफूलाई मुलुकको “अन्तरिम राष्ट्रपति” घोषणा गर्नुभएको छ । गुएइदोको उक्त घोषणासँगै राजधानी काराकासका सडकमा दशौं हजारले विपक्षी नेताको समर्थनमा खुशी मनाउँदै जुलुस निकालेका छन् ।    गुएइदोलाई ट्रम्पको समर्थन : गुएइदोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको पूर्ण समर्थन रहने घोषणा गर्नुभएको छ भने युरोपेली युनियन, भेनेजुएलाका छिमेकी देशहरु ब्राजिल, कोलम्बिया, चिली,..

    बेलायतको ब्रेक्जिट योजनामा के छ ? प्रधानमन्त्री मेलाई किन व्यापक अस्वीकार गरियो !

    बुधबार, माघ ९, २०७५ साल
    लण्डन, ९ माघ  बेलायती प्रधानमन्त्री टरिजा मेले दोस्रो ब्रेक्जिट योजनालाई गत सोमबार सार्बजनिक गर्नुभयो । विकल्पमा ल्याइएको भनिएको यो योजनामा पनि पहिलो योजनाभन्दा सारमा खासै भिन्नता भएको देखिँदैन ।   घुमाइफिराई पूरानै योजना : मे ले यूरोपेली यूनियन (इयू)बाट बेलायतको बहिर्गमनका लागि इयूसँग गरेको सम्झौताको विपक्षमा बेलायती संसदले मतदान गरेपछि ल्याएको दोस्रो योजना घुमाइफिराई पूरानै योजनामा भएका अधिकांश कुराहरूलाई पुनः प्रमाणिकरण गर्ने र संसदबाट..

    क्रिमियाको तटीय क्षेत्रमा पानी जहाजमा आगलागी, १४ जनाको मृत्यु

    मंगलवार, माघ ८, २०७५ साल
    कीभ, ८ माघ  क्रिमियाको तटीय क्षेत्रमा ग्याँस ट्याँकर बोकेको पानी जहाजमा आगलागी हुँदा चौध जनाको मृत्यु हुनुका साथै पाँच जना हराइरहेका छन् । तान्जानियाको झण्डा रहेको उक्त ग्यास ट्याँकरयुक्त पानी जहाज कृष्ण सागर (ब्लाक सी) मा दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।  रुसको सङ्घीय जल यातायात निकायका प्रवक्ता अलेक्सी क्राभचेन्कोले ११ जनाको शब समुद्रबाट निकालिएको बताउनुभयो । उहाँले उद्धारकर्मीहरुले अरु तीन जनाको..

    अमेरिकी राष्ट्रपतिका लागि भारतीय मुलकी कमला ह्यारिसको उम्मेदवारी, अब ट्रम्पसँग प्रतिस्पर्धा

    मंगलवार, माघ ८, २०७५ साल
    वासिङ्टन, ८ माघ  अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उहाँले पनि उम्मेदवारी घोषणा गर्नुभएको हो ।  अमेरिकी मुल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नु पर्छ भन्ने पक्षमा उभिदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको उहाँले बताउनु भएको छ ।  सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत्..

    चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून, विश्व आर्थिक वृद्धिमै चोट !

    सोमबार, माघ ७, २०७५ साल
    बेइजिङ, ७ माघ  चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो ।  राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा..
    Results 1332: You are at page 19 of 45
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 Next Last
    Weather Forecast