बिदेश
मंगलवार, फागुन २१, २०७५ साल

नयाँदिल्ली, २१ फागुन
संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ ।
संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान..
आईतवार, फागुन १९, २०७५ साल

वासिंगटन, १९ फागुन
अमेरिकी प्रधानमन्त्री डोनाल्ड ट्रम्पले भारतको अन्तशुल्क दर एकदमै बढी भएको बताएका छन् । अमेरिकाबाट भारत जाने एउटा बाइकमा भारतले १०० प्रतिशत शुल्ककर असुल्छ । तर, भारतबाट अमेरिका जाने समानमा अमेरिकाले कुनै पनि कर लिँदैन । उनले भने, ‘अब हामी पनि भारतबाट आउने सामानमा उसकै अनुपातमा कर लगाउँछौं ।’
मेरिल्याण्डमा जारी कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्शमा बोल्दै उनले प्रश्न गरे, ‘के..
आईतवार, फागुन १९, २०७५ साल

अबुजा, नाइजेरिया, १९ फागुन
नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् ।
सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी..
आईतवार, फागुन १९, २०७५ साल

काठमाडौँ, १९ फागुन
संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ ।
भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य..
शुक्रबार, फागुन १७, २०७५ साल

बेइजिङ, १७ फागुन
गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ ।
विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच जारी व्यापार तनाब सुल्झाउन दुबै देशका उच्च प्रतिनिधिमण्डलबीच वार्ता जारी रहेकै समयमा डब्लुटिओको आदेश आएको छ ।
डब्लुटिओमा भएको सहमति विपरीत चिनीया किसानलाई गहुँ र धानमा चीनले १००..
शुक्रबार, फागुन १७, २०७५ साल

काठमाडौं, १७ फागुन ।
अमेरिकाले सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतंकवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ।
हम्जा अल कायदाका नेताका रुपमा उदाइरहेको बताइएको छ।उनी कहाँ छन् भन्ने चाहिँ प्रस्ट थाहा छैन।
किन खतरनाक ?
हम्जा बिन लादेन ३० वर्षका रहेको बताइन्छ। पछिल्लो..
बिहिवार, फागुन १६, २०७५ साल

हनोई, १५ फागुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान देशबीचको तनाव समाप्त हुने बताए । उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे ।
भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन् । भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए ।
अमेरिकी..
बिहिवार, फागुन १६, २०७५ साल

हनोई, १६ फागुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताउनुभयो । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता..
बिहिवार, फागुन १६, २०७५ साल

काठमाडौं, १६ फागुन
गत वर्ष जुनमा सिङ्गापुरमा अमेरकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेत किम जङ-अन पहिलो पटक शिखरवार्ता भएको थियो । तर त्यसपछि निरस्त्रीकरणको योजनामा कुनै उल्लेख्य काम भएको छैन ।
भियतनाममा दोस्रो दिनको वार्ता थालेका छन् । यो वार्तामा उनीहरूबीच उत्तर कोरियाको परमाणुअस्त्र परित्यागबारे महत्त्वपूर्ण छलफल हुने बताइएको छ।
वार्ताअघि किमको उपस्थितिमा ट्रम्पले भनेका थिए, "हतार छैन । हामी उचित..
बुधबार, फागुन १५, २०७५ साल

वासिङ्टन, १५ फागुन
भारत र पाकिस्तानबीच जारी तनाब कम गर्न केही नियन्त्रणमा रहेर मात्र थप क्रियाकलाप गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आग्रह गर्नुभएको छ ।
अमेरिकी विदेश मन्त्रालयबाट मन्त्री पोम्पेओले जारी गर्नु भएको विज्ञप्तिमा सो आग्रह गरिएको हो । हाल भियतनामको हनोईमा रहनु भएका पोम्पेओले भारतीय विदेशमन्त्री शुस्मा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मोहमद कुरेसीसँग कुराकानी गर्नुभएको छ ।
जारी तनावलाई बढावा नदिई संयम..
मंगलवार, फागुन १४, २०७५ साल

हनोइ, १४ फागुन :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच हनोइमा हुने शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति मङ्गलबार साँझ भियतनाम आइपुग्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुँदा उहाँलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ । विश्व..
मंगलवार, फागुन १४, २०७५ साल

हनोई, १४ फागुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आइपुग्नु भएको छ । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।
विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर वार्ता यही..
आईतवार, फागुन १२, २०७५ साल

प्योङयाङ, १२ फागुन
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन शनिबार दिउँसो भियतनामको राजधानी हनोइतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँ रेलमा चढेर भियतनाम जानु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहुप्रतिक्षित शिखर बैठकमा सहभागी हुनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
ट्रम्प र किमबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक..
शुक्रबार, फागुन १०, २०७५ साल

किटो, १० फागुन
इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ ।
भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन् ।
भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ ।
दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा..
शुक्रबार, फागुन १०, २०७५ साल

काठमाडौं, १० फागुन
भेनेजुएलाले ब्राजिलसँगको सीमा बन्द गर्ने भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरोले ब्राजिलसँगको सीमा बन्द गर्ने घोषणा गरेका हुन् ।
त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहेको बताएका थिए।
देशका लागि आइरहेको मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मदुरोले त्यस्तो कदम चालेका हुन्।
यसअघि नै उसले आफ्तो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द..
शुक्रबार, फागुन १०, २०७५ साल

वासिङ्टन, १० फागुन
अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ ।
उक्त लगानी सम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ ।
कोषले अन्तर्राष्ट्रिय समुदायले इक्वेडरलाई तीन वर्षभित्र उपलब्ध गराउने कूल १० अर्ब डलरकै एक हिस्सा रहेको जनाएको छ । बाँकी करिब ६ अर्ब डलर सहायता दक्षिण अमेरिकी विकास..
शुक्रबार, फागुन १०, २०७५ साल

जेरुसेलम, १० फागुन :
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच कुराकानी भएको छ ।
रुसको राजधानी मस्कोमा हुने भनिएको दुई नेताको बैठक स्थगित भएको एक दिनपछि उहाँहरुका बीचमा टेलिफोन कुराकानी भएको हो ।
“उहाँहरुले निकट भविश्यमा आफुहरुको भेटवार्ता रुसमै गर्ने सहमति गर्नुभएको छ,” इजरायलको सरकारी निकायद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उहाँहरुका बीचमा क्षेत्रीय र आपसी हितका दुई पक्षीय विषयमा..
बिहिवार, फागुन ९, २०७५ साल

बेइजिङ, ९ फागुन
चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नुभएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।
चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् ।
चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२..
बुधबार, फागुन ८, २०७५ साल

वासिङ्टन, ८ फागुन
अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लीकन पार्टी अहिले चुपचाप छ ।
जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको निरन्तरको बृद्धिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै राष्ट्रऋणको कूल भार १९ हजार अर्ब डलरको..
मंगलवार, फागुन ७, २०७५ साल

बैङ्कक, ७ फागुन
थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो ।
थाईल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन हुने तय भएको छ ।
निर्वाचन आयोगले दिएको अन्तिम नामावली अनुसार देशभरी दश हजार ७९२..
मंगलवार, फागुन ७, २०७५ साल

काठमाडौं, ७ फागुन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्।
मिआमीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पले मदुरोलाई साथ दिनेहरुमाथि ुपूरा विश्वको ध्यान रहेकोु बताए।
उनले त्यसलाई निरन्तरता दिएर आफ्नो ज्यान र भविष्य जोखिममा नपार्न आग्रह पनि गरे।
ट्रम्पले त्यहाँका सेनालाई लक्षित गर्दै भनेका छन्, मदुरोलाई गरिरहेको समर्थन नछाडेमा उनीहरुले..
सोमबार, फागुन ६, २०७५ साल

इस्लामाबाद, ६ फागुन
साउदी अरेबियाले पाकिस्तानमा २० अर्ब डलर लगानी गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ । साउदी राजकुमार मोहम्मद बीन सल्मानको पाकिस्तान भ्रमणका क्रममा उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
पाकिस्तानले पछिल्लो समय भुक्तानी सन्तुलनको गम्भीर सङ्कट व्यहोर्दै आएको छ । पाकिस्तानको खस्केको अर्थतन्त्रलाई टेवा दिन उक्त सहयोग महत्वपूर्ण हुने पाकिस्तानको भनाइ छ ।
साउदी पत्रकार जमाल खसोग्जीको हत्याको अभियोगमा निकै..
आईतवार, फागुन ५, २०७५ साल

बेइजिङ, ५ फागुन
संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताउनुभएको छ । तर उहाँका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् ।
विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र..
शनिबार, फागुन ४, २०७५ साल

काबुल, अफगानिस्तान, ४ फागुन
अफगानिस्तानको विभिन्न स्थानमा भएको आक्रमणमा विगत २४ घण्टा यता भएका झडपका क्रममा कम्तिमा ५३ व्यक्तिको मृत्यु भएको अफगानी अधिकारीले शनिबार जनाएका छन् ।
तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले सिन्ह्वालाई..
शनिबार, फागुन ४, २०७५ साल

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, ४ फागुन
व्यापार विवादबारे चीनमा भएको वार्ता पछिल्लो चरणको वार्ता सकिएसँगै अमेरिकी व्यापार विज्ञहरूले संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार सम्बन्धमा सम्झौता गर्न प्रेरित देखिएको प्रतिक्रिया शनिबार दिएका छन् ।
“यो प्रष्ट भएको छ कि दुई पक्षबीच विस्तारै तर विधिसम्मत तरिकाले प्रगति भएको र मुलभुत एवम् सहायक बिषयहरूमा यस हप्ता पुनः वासिङ्टनमा वार्ता हुने प्रसङ्गले दुवै मुलुक व्यापार..
शनिबार, फागुन ४, २०७५ साल

काठमाण्डौ, ४ फागुन
विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर्थिक अस्थिरताले गरिबीको चपेटामा परिरहेको छ । भेनेजुएलाका लागि त्यहाँको प्राकृतिक स्रोत साधन र राजनीतिक प्रणाली नै मुख्य अभिशाप भएको छ । कतिपय विश्लेषकहरु यतिखेरको भेनेजुएला सङ्कट यसै कारणले सिर्जना हुन पुगेको बताउने गर्छन्..
शनिबार, फागुन ४, २०७५ साल

काठमाडौं, ४ फागुन ।
राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। देशमा संकट वा आपत् आइपरेको खण्डमा गरिने घोषणा ट्रम्पले यतिखेर किन लगाउनुपर्यो भनेर व्यापक चर्चा भइरहेका छन्।
के हो संकटकाल ?
अमेरिकाको राष्ट्रिय संकटकालसम्बन्धी ऐन खासमा गम्भीर राष्ट्रिय संकटसँग जुध्न बनाइएको हो। राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सिमानामा आप्रवासी संकट आइपरेको बताउने गरेका छन्। तर उनको..
शनिबार, फागुन ४, २०७५ साल

मड्रिड, ३ फागुन :
स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ ।
प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् । क्याटलोनियासम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि उहाँले निर्वाचन घोषणा गर्नु परेको हो ।
दुई विकल्पहरूमध्ये बजेट विना केही..
शुक्रबार, फागुन ३, २०७५ साल

काठमाडौं, ३ फागुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय आपतकालको घोषणा गर्ने भएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प आफूले चुनावी अभियानदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि सरकारी कोषबाट रकम जुटाउनका लागि राष्ट्रिय आपतकाल घोषणा गर्ने भएको जनाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ खर्च विधेयकमा हस्ताक्षर गर्ने तर अमेरिकी संसदलाई छलेर सेनालाई छुट्याएको बजेट आफ्नो पर्खाल योजनामा लगाउने..
बिहिवार, फागुन २, २०७५ साल

वासिङटन, संयुक्त राज्य अमेरिका, २ फागुन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ ।
दुई नेताबीच भेनेजुयलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् ।
भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुयलाको अवस्थालाई ‘हलचलपूर्ण’ भन्नुभएको छ । यस्तो परिस्थितिमा..
Results 1332: You are at page 18 of 45