शुक्रबार, मंसिर २७, २०७६

    बिदेश

    क्रिमिया विवादका ५ वर्ष : रुसमा भव्य कार्यक्रम, पुटिन पुगे क्रिमिया

    मंगलवार, चैत्र ५, २०७५ साल
    सिमफरोपोल, क्रिमिया, ५ चैत  : युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ ।  क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो ।  क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले जनाएको छ..

    बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

    सोमबार, चैत्र ४, २०७५ साल
    जाकार्ता, ४ चैत  इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ ।  यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।  खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिनु भएको..

    थाइल्याण्डमा नमुना मतदान, थाई राजाद्वारा अवलोकन

    आईतवार, चैत्र ३, २०७५ साल
    बैङ्कक, ३ चैत   थाइल्याण्डमा आइतबार विहानैदेखि ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान जारी रहेको छ ।  मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन लागेका छन् ।  विगत आठ बर्षपछि थाईल्याण्डमा अहिले निर्वाचन हुन लागेको हो । एक हप्तापछि यही मार्च २४ तारिखका दिन हुने निर्वाचनका लागि अहिले गरिएको नमुना मतदानमा झण्डै २३ लाख जनाले मतदान गर्ने अपेक्षा गरिएको..

    क्राइस्टचर्च मस्जिद आक्रमण : मुख्य आरोपीलाई अदालतमा पेश गरियो

    आईतवार, चैत्र ३, २०७५ साल
    क्राइस्टचर्च, २ चैत : न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ ।  अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने लुगा र हतकडीमा एउटा हत्याको अभियोगमा अदालत ल्याएको हो । उनीमाथि अरू अभियोजनहरू थपिने अपेक्षा गरिएको छ ।  शनिवारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले टारेन्टले प्रयोग गरेको गाडीमा थुप्रै हतियार भेटिएको र उसले आक्रमणलाई..

    चाइना द वर्ल्ड पावर ? विश्वव्यापी नेतृत्वमा अमेरिका नै पछि !

    आईतवार, चैत्र ३, २०७५ साल
    बेइजिङ, २ चैत : सिन्ह्वा  सन् २०१८ मा चीनको विश्वव्यापी नेतृत्व अमेरिकाको तुलनामा उच्च रहेको एक अध्ययन प्रतिवेदनले जनाएको छ । अमेरिकी जनमत सर्भेक्षण सञ्चालक, द ग्यालप अर्गनाइजेसनले बिहिबार जारी गरेको प्रतिवेदनमा चीनको औसत अनुमोदन मूल्याङ्कन ( मिडियन एप्रोभल रेटिङ) ३४ प्रतिशत पुगेको र यो तथ्याङ्क पछिल्लो दशकमा सबैभन्दा उच्च बिन्दूमा पुगेको रिपोर्टमा उल्लेख छ।  ’ग्यालप्स रेटिङ वल्ड लिडर्स २०१९’ नाम दिइएको..

    पर्खाल विवाद : राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार प्रयोग

    शनिबार, चैत्र २, २०७५ साल
    वासिङ्टन, २ चैत अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ ।  राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा पहिलो पटक भिटो प्रयोग गर्नुभएको हो । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्नका लागि मेक्सिको सीमामा पर्खाल निर्माण गरिछाड्ने..

    न्यूजिल्याण्डमा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौँ, १ चैत  सरकारले न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा शुक्रबार  भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट स्तब्ध भएको जनाएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ ।  न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ । साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ..

    न्युजिल्याण्ड मस्जिद आक्रमणमा ४० जनाको मृत्यु, २० घाइते

    शुक्रबार, चैत्र १, २०७५ साल
    क्राइस्टचर्च, न्युजिल्याण्ड, १ फागुन  न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ ।  उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।  “यो प्रष्ट भएको..

    न्यूजिल्यान्डको मस्जिदमा आक्रमण, ३० जनाको मृत्यु

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौं, १ चैत न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् । प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान..

    सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

    बिहिवार, फागुन ३०, २०७५ साल
    कायरो, ३० फागुन  सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ ।  तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा हुनुहुन्छ । उहाँकै शासनकालमा तेलको धनी मानिएको..

    ब्राजिलको एक विद्यालयमा गोली चल्दा १० को मृत्यु

    बिहिवार, फागुन ३०, २०७५ साल
    साओ पाउलो, ब्राजिल, ३० फागुन  ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।  बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ ।  स्थानीय..

    संसारभर बोइङका ७३७ म्याक्स विमान उडानमा रोक

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन  अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण जहाजहरूमा उडान रोक लगाएको छ । यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरू अर्को निर्णय नभएसम्मका लागि उड्ने छैनन् । अमेरिकी उड्डयन नियामक निकायले गत आइतबार उक्त मोडेलको एउटा विमान दुर्घटना भएको इथियोपियाबाट नयाँ प्रमाण भेटिएपछि त्यस्तो निर्णय लिइएको बताएको छ ।   कस्तो प्रमाण ? भेटिएको नयाँ प्रमाण र भू-उपग्रहबाट लिइएका..

    दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अध्ययनका लागि यूरोप पठाइने

    बुधबार, फागुन २९, २०७५ साल
    अदिस अबाबा, इथियोपिया, २९ फागुन   इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एअरलान्सको बोइङ ७२७ म्याक्स विमानको ब्लाक बक्समा रेकर्ड भएका गतिविधि अध्ययन तथा विश्लेषणका लागि यूरोप पठाउने निर्णय भएको विमान कम्पनीका प्रवक्ताले बुधबार जानकारी गराउनुभएको छ ।  हामीले ब्लाक बक्सको विश्लेषणका लागि यूरोप पठाउने निर्णय गरेका छौँ । तर कुन देशमा पठाउने भन्ने बिषयमा सम्बन्धित देशको अनुमतिपश्चात सार्वजनिक गरिनेछ । हामीले अहिलेसम्म यही देश पठाउने..

    जापानको वाकाया प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

    बुधबार, फागुन २९, २०७५ साल
    टोकियो, २९ फागुन  जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ ।  स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।  वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको..

    ब्रेक्जिट सम्झौताको प्रस्ताव दोस्रोपटक पनि अस्वीकृत

    बुधबार, फागुन २९, २०७५ साल
    फागुन २९ , बुधबार । ब्रिटिस प्रधानमन्त्री टरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ इयुबाट ब्रिटेन बाहिरिने सम्झौता दोस्रोपटक अस्वीकृत भएको छ। मार्च २९ मा ब्रिटेन युरोपेली संघ इयुबाट बाहिरिने मिति तोकिसकिएको बेला मंगलवार संसदको तल्लो सदनको ठूलो बहुमतले सो प्रस्ताव अस्वीकृत गरिदिएको हो। प्रधानमन्त्री मेका अनुसार सांसदहरूले अब बुधवार बिना कुनै सम्झौता इयु छाड्ने प्रस्तावबारे मतदान गर्नुपर्नेछ।   मेले के भनिन् ? मंगलबार साँझ संसदमा थकित र..

    भेनेजुएलामा राजनीतिक सङ्कट: अमेरिकाले आफ्ना कर्मचारी फर्काउने

    मंगलवार, फागुन २८, २०७५ साल
    वासिङ्टन, २८ फागुन  संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो ।  भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो । यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय..

    पश्चिम अफगानिस्तानमा भिडन्त, ११ र सुरक्षा अधिकारीको मृत्यु

    मंगलवार, फागुन २८, २०७५ साल
    काबुल, २८ फागुन  अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चार माध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।  प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनांै सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय..

    ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

    सोमबार, फागुन २७, २०७५ साल
    वासिङ्टन, २७ फागुन  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कङ्ग्रेस समक्ष आग्रह गर्नुभएको छ । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच पुनः सङ्घर्ष चर्किने खतरा बढेको छ ।  सोमबार सार्वजनिक गरिने सन् २०२० को बजेटमा गत वर्ष माग गरिएको ५ अर्ब ७० करोड डलरभन्दा..

    दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

    सोमबार, फागुन २७, २०७५ साल
    वासिङ्टन, २७ फागुन छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।  बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ..

    इथियोपिया विमान दुर्घटना : सबैको मृत्यु भएको पुष्टि

    आईतवार, फागुन २६, २०७५ साल
    अदिस अबाबा, २६ फागुन  फागुनइथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।  इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो ।  इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट..

    केन्यामा १ सय ५७ यात्रु बोकेको जहाज दुर्घटनग्रस्त

    आईतवार, फागुन २६, २०७५ साल
    नैरोबी, २६ फागुन  इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ ।  आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ ।  इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ ।  “दुर्घटनामा परेका मानिसहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु” भन्दै प्रधानमन्त्री अबी अहमदले ट्वीट गर्नुभएको छ ।  एयरलाइन्सले खोजी..

    नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

    आईतवार, फागुन २६, २०७५ साल
    वार्सा, २६ फागुन  उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ ।  वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो ।  युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको..

    राष्ट्रपति ट्रम्पले गरे आँधी प्रभावित अलाबामा क्षेत्रको निरीक्षण

    शनिबार, फागुन २५, २०७५ साल
    अलाबामा, २५ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित अलाबामा राज्यको स्थलगत निरीक्षण गर्नुभएको छ । शक्तिशाली आँधीले अलाबामा राज्यको ग्रामीण क्षेत्रमा जनधनको ठूलो क्षति भएको थियो ।  गत आइतबारको आँधीले ग्रामीण क्षेत्रका घरहरु भत्काएको, रुखहरु ढालेको तथा दुई दर्जनजति स्थानीयबासीको मृत्यु भएको थियो । आँधीबाट खासगरी बेउरगार्ड इलाका सर्वाधिक प्रभावित भएको छ । उक्त इलाकामा कुनै पनि घर दुरुस्त अवस्थामा..

    भारतमा लडाकू जेट विमान दुर्घटना

    शुक्रबार, फागुन २४, २०७५ साल
    नयाँ दिल्ली, २४ फागुन  भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ ।  भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।  भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ । विमान दुर्घटना भएपनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् ।  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन्..

    व्यापार युद्धको असार - चीनको आयात-निर्यात दुबै घट्यो

    शुक्रबार, फागुन २४, २०७५ साल
    बेइजिङ, २४ फागुन  चीनको आयात निर्यात गत फेब्रुअरी महिनामा अपेक्षा गरेभन्दा बढी न्यून भएको छ । संयुक्तराज्य अमेरिकासँग व्यापार युद्ध गरिरहेको चीनमाथि आर्थिक वृद्धिमा आएको न्यूनताले थप चिन्तित बनाएको छ ।  चीनको भन्सार प्रशासनका अनुसार, संयुक्तराज्य अमेरिकासँगको व्यापार नाफा फेब्रुअरीमा १४ अर्ब ७० करोड डलर पुगेको छ । गत जनवरीमा यस्तो नाफा २७ अर्ब ३० करोड डलर थियो ।  यस वर्ष चीनको कूल..

    उत्तर कोरियाद्वारा पुन रकेट ‘साइट’ निर्माण, ट्रम्प निराश

    बिहिवार, फागुन २३, २०७५ साल
    वासिङटन, २३ फागुन  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर कोरियाले ‘रकेट साइट’ निर्माण गर्न लागेको हो भने सो घटना निकै दुःखद भएको बताउनुभएको छ ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने चेतावनी दिएको भोलिपल्ट राष्ट्रपति ट्रम्पको यो धारणा आएको छ ।  राष्ट्रपति ट्रम्पले केही समाचारहरुमा..

    उत्तर कोरियाले 'थाल्यो' रकेट प्रक्षेपण गर्ने स्थानको पुनर्निर्माण

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूले देखाएका छन् । उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन् । उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन । सो प्रक्षेपणस्थललाई..

    उत्तर कोरियामा खाद्य उत्पादन दशककै न्यून

    बुधबार, फागुन २२, २०७५ साल
    सियोल, २२ फागुन  संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो ।  अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनि चरम खाद्य सङ्कट हुने गरेको छ ।  राष्ट्रसङ्घका अनुसार गत वर्ष कोरियामा ४९ लाख ५० हजार टन खाद्यान्न..

    उत्तर कोरियालाई अमेरिकाको चेतावनी - नाकाबन्दी लगाइन्छ !

    बुधबार, फागुन २२, २०७५ साल
    वासिङटन, २२ फागुन  संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिनुभएको छ ।  उहाँले एक अन्तर्वार्तामा सो धारणा राख्नुभएको हो । उहाँले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताउनुभयो ।  ‘फक्स बिजनेस नेटवर्क’सँगको अन्तर्वार्तामा उहाँले उत्तर कोरिया यसअघिका सहमतिका..

    सन् २०२० मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवार नबन्ने

    मंगलवार, फागुन २१, २०७५ साल
    वासिङ्टन, संयुक्त राज्य अमेरिका, २१ फागुन : अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताउनुभएको छ ।  तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा लाग्ने उहाँले बताउनुभयो ।  ट्रम्प प्रशासनबाट गर्न नसकेका वास्तविक समस्या र प्रतिवद्धता पूरा नभएका बिषयको लामो सूची छ त्यसैले कुनै कुरालाई ग्यारेन्टीसाथ नलिनुस् । प्रसिद्ध अमेरिकी टेलिभिजन न्युज १२ द्वारा सोमबार प्रशारण..
    Results 1332: You are at page 17 of 45
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 Next Last
    Weather Forecast