मंगलवार, भाद्र ३, २०७६

    बिदेश

    ​खशोग्गी हत्याको अडियो सुन्न मानेनन् ट्रम्पले, टेप हिंस्रक, क्रूरतापूर्ण र मुटु कँपाउने खालको !

    सोमबार, मंसिर ३, २०७५ साल
    एजेन्सी, ३ मङ्सिर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्गीको हत्यासम्बन्धी अडियो टेप नसुन्ने बताएका छन् ।  आफूले यसको बारेमा सबै कुरा थाहा पाइसकेकाले यो डरलाग्दो टेप सुनिरहनु आवश्यक नभएको उनी बताउँछन् ।  ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै भने, ‘हामीसँग त्यो टेप छ । म टेप सुन्न चाहन्नँ । यो पीडादायक टेप सुन्नुपर्ने कुनै आवश्यकता छैन । मैले अधिकारीहरूलाई टेप सुन्नैपर्ने हो..

    क्यालिफोर्नियामा डढेलोको भीषण रुप, मृत्यु हुनेको संख्या ७७ पुग्यो, १० हजार भवन खरानी

    सोमबार, मंसिर ३, २०७५ साल
    प्याराडाइज, अमेरिका, ३ मङ्सिर  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।  उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् ।  यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १२ सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र..

    चीन-अमेरिका तनावले पूरै विश्व चिन्तित, घोषणापत्र नै जारी नगरी एपेक बैठक सम्पन्न [फोटो फिचर]

    आईतवार, मंसिर २, २०७५ साल
    पोर्ट मोर्सबी, पपुआ न्यू गिनी, २ मङ्सिर  पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ ।  गिनीको पोर्ट मोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुई दिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१ सदस्य राष्ट्रका सरकार..

    डढेलो लागेको क्षेत्रमा ट्रम्पको भ्रमण, मर्नेको सङ्ख्या ७६ पुग्यो, अझै १ हजार बेपत्ता !

    आईतवार, मंसिर २, २०७५ साल
    प्याराडाइज, अमेरिका, २ मङ्सिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गरेका छन् । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैं वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुःखद घटना भएको बताए ।  क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नजिकका गाउँ सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरु एक हजार भन्दा बढी बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् । “यो..

    भारतले चिनीमा दिएको अनुदानप्रति अस्ट्रेलियाको आपत्ति, नियमहरु पालना नगरेको आरोप, डब्लुटिओमा उजूरी दिने

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    सिड्नी, ३० कात्तिक  अस्ट्रेलियाले चिनीमा भारतले दिइआएको अनुदानका विरुद्धमा विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा उजूरी दिने शुक्रबार घोषणा गरेको छ । विश्वमै चिनीको मूल्यमा अस्थिरता आएको र स्वदेशी चिनी उत्पादकहरुलाई हानि पुर्याएको अस्ट्रेलियाको भनाइ छ ।  विश्वमै भारत दोस्रो सबैभन्दा बढी चिनी उत्पादन गर्ने राष्ट्र हो । भारतले आफ्ना उखु कृषकहरुलाई अनुदान दिने गरेको छ । गत वर्ष भारतमा सबैभन्दा धेरै उखु..

    विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    वासिङ्टन, ३० कात्तिक अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।  विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन् । तर असान्ज विरुद्धको अभियोगको प्रकृति बारे स्पष्ट हुन सकेको छैन ।  अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो, विकिलिक्सले ट्वीटरमा लेखेको छ । अमेरिकी सहायक..

    क्यालिफोर्नियाको डढेलोमा ६ सय भन्दा बढी अझै बेपत्ता, राष्ट्रपति ट्रम्पले प्रभावित क्षेत्रको भ्रमण गर्ने

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    प्याराडाइज, संयुक्तराज्य अमेरिका, ३० कात्तिक   अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।  खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । बिहीबार प्राप्त पछिल्लो सूचनामा उद्धारकर्मीहरुले करिब ६३१ जना बेपत्ता भएको स्पष्ट गरेका छन् । साथै उनीहरुले थप सात जनाको शव आगलागी भएको जङ्गलबाट निकालेको..

    श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट {६ फोटो}

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौं, २९ कात्तिक ।  श्रीलंकामा चर्कँदो दलीय तनावका बीच आज संसद बैठकमै सांसदहरुबीच कुटपिट चलेको छ । सामूहिक रुपमै झगडा हुँदा एक सांसदलाई त अस्पताल नै पुर्याउनु परेको छ । कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ ।   बिहीबारको संसद बैठकमा श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको छ । राजापाक्षेका समर्थकहरुले अविश्वास प्रस्ततावमाथि निर्णय गर्न..

    मध्य–अमेरिकी आप्रवासीहरु अमेरिकी सीमामा, केहीले पर्खाल नाघे, भन्छन् - हामी अपराधी होइनौं

    बिहिवार, कार्तिक २९, २०७५ साल
    तिजुआना, मेक्सिको, २९ कात्तिक  संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहेपनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।  मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर..

    क्यालिफोर्नियामा डढेलो : अग्नि नियन्त्रकहरुको अथक प्रयास जारी, ५० जनाको मृत्यु

    बुधबार, कार्तिक २८, २०७५ साल
    प्याराडाइज, अमेरिका, २८ कात्तिक  अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।  उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन ।  खोजीका क्रममा थप आठ जनाको शव फेला परेपछि मृत्यु हुनेको..

    श्रीलङ्काली संसदद्वारा राजापाक्षविरुद्ध अविश्वास प्रस्ताव पारित, निर्वाचन रोक्न अदालतको आदेश

    बुधबार, कार्तिक २८, २०७५ साल
    कोलम्बो, २८ कात्तिक    श्रीलङ्काको पुनस्र्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।    श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनःस्थापना गर्ने आदेश दिएको थियो । अदालतले राष्ट्रपतिद्वारा अर्को वर्ष हुनेगरी घोषणा गरिएको निर्वाचन पनि रोक्न आदेश दिएको छ ।    सभामुख कारु जयसूर्याले २२५ जना सदस्य रहेको संसदले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको घोषणा..

    राष्ट्रपति ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध सीएनएनद्वारा अदालतमा मुद्दा दायर

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौं, २८ कात्तिक । सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध नालिस दिएको छ ।  ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले अदालतको ढोका ढक्ढकाएको हो । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो । राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार..

    क्यालिफोर्नियामा डढेलोबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो, अझ २ सय भन्दा बढी व्यक्ति बेपत्ता

    मंगलवार, कार्तिक २७, २०७५ साल
    प्याराडाइज, अमेरिका, २७ कात्तिक    अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।    उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।    थप १३ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या ४२ पुगेको काउन्टीका प्रहरी..

    अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुग्यो

    सोमबार, कार्तिक २६, २०७५ साल
    प्याराडाइज, अमेरिका, २६ कात्तिक   अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।    उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुख्खा अवस्था रहने अनुमान गरेका छन् ।    थप ६ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २९ पुगेको काउन्टीका प्रहरी..

    यमन गृहयुद्ध : पछिल्लो भिडन्तमा ६१ हुथी विद्रोही लडाकू मारिए, दर्जनौ घाइते

    आईतवार, कार्तिक २५, २०७५ साल
    होडेडा, यमन, २५ कात्तिक गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन् । सरकारी फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरु र सैन्य स्रोतहरुले शनिबार जनाएका छन् । घाइतेहरुको नजिकैका अस्पतालहरुमा उपचार गरिएको छ । मारिनेमा ४३ जना हुथी विद्रोही र नौ जना उनीहरुका समर्थक रहेका छन् । अन्य नौ जना..

    श्रीलंकामा राजनीतिक संकट : राष्ट्रपति सिरिसेनाद्वारा संसद भंग, चुनावको घोषणा

    शनिबार, कार्तिक २४, २०७५ साल
    कोलम्बो, २४ कात्तिक  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबारदेखि लागु हुनेगरी संसद विघटन भएको घोषणा गरेका छन् ।  आफैले नियुक्त गरेको नयाँ प्रधानमन्त्रीको समर्थनमा उनले संसद विघटन गर्दै निर्वाचन गराउने घोषणा गर्नु भएको हो ।  सिरिसेनाद्धारा अपदस्त हुनु भएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भने राष्ट्रपतिको कदम असंवैधानिक भन्दै अस्विकार गर्दै आउनु भएको छ ।  राष्ट्रपति सिरिसेनाले गत महिना विक्रमासिङ्घेलाई पदच्युत गर्दै पूर्वराष्ट्रपति तथा विपक्षी दलका नेता..

    ट्रम्पले महान्यायाधिवक्तालाई हटाएकोमा विपक्षीको आपत्ति, जवरजस्ती राजिनामा गर्न लगाएको आरोप

    बिहिवार, कार्तिक २२, २०७५ साल
    वासिङ्टन, २२ कात्तिक  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको प्रति विपक्षी पार्टीले आपत्ति जनाएको छ ।  राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट हटाएपछि आफ्नो कमजोरी लुकाउन तथा मनपरी गर्न ट्रम्पले महान्यायाधिवक्तालाई हटाएको विपक्षी डेमोक्र्याट पार्टीको आरोप छ ।  डेमोक्र्याट पार्टीबाट सिनेटमा प्रतिनिधित्व गर्ने नेता चक स्कमरले ट्वीट गर्दै लेख्नु भएको छ, “स्पष्टरूपमा राष्ट्रपतिले लुकाउनुपर्ने केही कुरा हुनुपर्छ ।“  ट्रम्प निर्वाचित भएको राष्ट्रपतिय निर्वाचनमा रुसी..

    ट्रम्पलाई अंकुश ! अमेरिकी माथिल्लो सदनमा रिपब्लीकन र तल्लो सदनमा डेमोक्र्याटको बहुमत

    बुधबार, कार्तिक २१, २०७५ साल
    वासिङ्टन, २१ कात्तिक  अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ ।  मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ ।  राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो ।  ट्रम्प शासनको..

    हतियारधारीद्वारा अपहरित ७९ विद्यार्थी रिहा, अहिलेसम्मकै ठूलो अपहरणको घटना भएको भनाई

    बुधबार, कार्तिक २१, २०७५ साल
    याउन्डे, २१ कात्तिक  क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ ।  गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रण मुक्त गरिएको क्यामरुनका सञ्चार मन्त्रीले बुधबार एएफपीलाई जानकारी दिए ।  अपहरण मुक्त भएकाको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन ।  फ्रान्स भाषीको बाहुल्यता रहेको देशको अंग्रेजी भाषीको बाहुल्यता रहेको ठाउँबाट उनीहरुलाई अपहरण गरिएको हो ।  उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण..

    इन्डोनेसियामा ५.१ म्याग्नीच्युडको भूकम्प, सुनामीको सुचना भने जारी गरिएको छैन

    मंगलवार, कार्तिक २०, २०७५ साल
    जाकार्ता, २० कात्तिक  इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ ।  स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन ।  यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा..

    उत्तर कोरियालाई तर्साउन अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास हुने

    सोमबार, कार्तिक १९, २०७५ साल
    सोल, १९ कात्तिक संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो । त्यस समयमा रोकिएको सो सैन्य अभ्यास..

    चीनको मुद्रा युआन दशककै सबैभन्दा कमजोर अवस्थामा, डलरसँग यूआनको मूल्य स्थिर रहने चीनको दावी

    सोमबार, कार्तिक १९, २०७५ साल
    हङकङ, १९ कात्तिक  : चीनको मुद्रा युआनको मूल्य यस दशककै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ ।  गत हप्ता चिनियाँ बजारमा एक अमेरिकी डलर बराबर ६।९६ युआनको दर कायम रहेको र ब्यापार विवाद रहँदासम्म चिनियाँ युआन कमजोर नै रहने सम्भावना भएको केजिआई एसियाका कार्यकारी निर्देशक बेन कोङले ब्लुमवर्गलाई बताए।  अमेरिकी डलरसँगको अवमूल्यनसँगै चिनियाँ नागरिकले अमेरिकी ब्यापार युद्ध र कमजोर बन्दै गरेको अर्थतन्त्रप्रति चिन्ता व्यक्त..

    सिसिलीको पालेर्मोमा बाढीका कारण एकै परिवारका ९ जना सहित १० जनाको मृत्यु

    आईतवार, कार्तिक १८, २०७५ साल
    रोम, १८ कात्तिक इटालीको दक्षिणी द्वीपीय क्षेत्र सिसिलीको पालेर्मोमा बाढीका कारण एकै परिवारका नौ जना सहित १० जनाको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् ।  सिसिलीको कास्टेलडासियामा एउटा नदी घरभित्र पस्दा घरभित्र रहेका एक, तीन र १५ वर्षका बालबालिका सहित एकै परिवारका नौ जनाको मृत्यु भएको थियो । एजी समाचार समितिका अनुसार उक्त परिवारका तीन जना भाग्न सफल भएका छन् ।  यही हप्ताको शुरुमा सिसिलीमा..

    अमेरिकाको कडा चेतावनीपछि इरानमाथिको नाकाबन्दीले तेल बजारमा उथलपुथल

    आईतवार, कार्तिक १८, २०७५ साल
    लन्डन, १८ कात्तिक  संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् ।  विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ ।  इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता सबैका आँखा इरानी तेल..

    चीन र पाकिस्तानका प्रधानमन्त्री बीच भेटवार्ता, छलफल लगानी र सहयोगमा केन्द्रीत [फोटो सहित]

    शनिबार, कार्तिक १७, २०७५ साल
    बेइजिङ, १७ कात्तिक  चीन भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् ।  उनिहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले बताएका छन् ।  चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गरेका थिए ।  पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी..

    भिन्न प्रकृतिको घटना : लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    लण्डन, बेलायत, १६ कात्तिक :  बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  धारिलो हतियार प्रयोग गरी भएको आक्रमणलाई आतङ्कवादी घटनाभन्दा भिन्न प्रकृतिको घटनाका रूपमा बेलायती प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको छ ।  प्रहरीलाई स्थानीय समय अनुसार विहान ११ बजे घटनाबारे जानकारी गराइएपछि तत्कालै घटनास्थल डेरी स्ट्रीटमा सशस्त्र सुरक्षाकर्मी पठाइएको लण्डन महानगरीय प्रहरीले एक विज्ञप्ति..

    विश्वकै प्रजातान्त्रिक मुलुक भनिएको अमेरिकामा नै विद्युतीय कुर्चीमा राखेर दिईन्छ 'मृत्युदण्ड'

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    सिकागो, १६ कात्तिक दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ ।  विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोसर्की रहेका छन् ।  जागोसर्कीले  सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पुर्याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तीको शरीर दुईहप्ता पछि फेला परेको..

    जापान सरकारद्वारा विदेशी कामदार लिने नयाँ स्यौदा विधेयक स्वीकृत

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    टोकियो, १६ कात्तिक  विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ ।  उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन् ।  जापानी उद्योगी एवं..

    १ सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले पानी ट्याकरलाई ठक्कर दिएपछि…

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कोलकोता, १५ कात्तिक एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित..

    फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

    बुधबार, कार्तिक १४, २०७५ साल
    पेरिस, १४ कात्तिक : फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएसँगै त्यसले त्यहाँको जनजीवनमा असर पारेको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।  मङ्गलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरहरुमा विद्युत आपूर्ति अवरूद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् ।  सडकमा..
    Results 1120: You are at page 16 of 38
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 Next Last
    Weather Forecast