बिदेश
शनिबार, बैशाख ७, २०७६ साल

काठमाडौँ, ७ वैशाख
चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च) मा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर (राष्ट्रिय सभा केन्द्र) मा आयोजना हुने यस मञ्चमा यस..
शुक्रबार, बैशाख ६, २०७६ साल
.jpg)
इस्लामाबाद, ६ बैशाख
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गर्नुभएको छ ।
पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ । चौधरीको स्थानमा सन् २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफमा प्रवेश गर्नुभएका..
शुक्रबार, बैशाख ६, २०७६ साल

लिस्बन, ६ वैशाख
पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ ।
टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन् ।
उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी..
बिहिवार, बैशाख ५, २०७६ साल

एजेन्सी, ५ वैशाख
पेरुका पूर्वराष्ट्रपति अलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन् । आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनिमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा उनले आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो । पोष्टमार्टम..
बुधबार, बैशाख ४, २०७६ साल

अष्ट्रेलिया, ४ वैशाख ।
अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेको छ ।
अष्ट्रेलियाले आफ्नो आप्रवासी संख्यालाई वार्षिक रुपमा ३० हजारले कम गर्ने घोषणा यसपहिल्यै गरिसकेको छ । पछिल्लो समयमा अष्ट्रेलियामा आप्रवासीहरुका रुपमा आएकाहरुमध्ये करिब ५० प्रतिशत जनसंख्या सिड्नी र मेलबर्नमा बसोबास गरेकाले अष्ट्रेलिया सरकारले दुर्गम भेगमा गएर अध्ययन र बसोबास गर्न प्रेरित गर्ने नियमहरुमा जोड दिइरहेको छ ।
परिवर्ततित नियममा मुख्य..
बुधबार, बैशाख ४, २०७६ साल

जकार्ता, ४ बैशाख
इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ ।
पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ ।
राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिनुभएको मतसर्वेक्षणहरुले देखाएका छन् । विडोडोले..
बुधबार, बैशाख ४, २०७६ साल
.jpg)
वासिङ्टन, ४ बैशाख :
साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गर्नुभएको यो दोस्रो विशेषाधिकार हो ।
अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक..
मंगलवार, बैशाख ३, २०७६ साल

पेरिस, ३ बैशाख :
फ्रान्सको राजधानी पेरिसमा अवस्थित ८ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ ।
आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ ।
एक युवाले दुःखेसो पोखे - पेरिस अब बिरुप भएको छ । अब यो शहर..
सोमबार, बैशाख २, २०७६ साल

सियोल, २ बैशाख
उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।
चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लाग्नुभएका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ ।
स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउँदै हुनुहुन्छ..
सोमबार, बैशाख २, २०७६ साल

बीबीसी विशेष :
अमेरिका र अन्य देशका गोप्य दस्ताबेज इन्टरनेटमा सार्वजनिक गरेर चर्चा कमाएको वेबसाइट विकिलिक्सका एक संस्थापक जुलिअन असान्जलाई उनले शरण लिइरहेको लन्डनस्थित एक्वेडोरको दूतावासबाट बिहीबार गिरफ्तार गरियो।
सतचालीस वर्षीय असान्जले सन् २०१२ देखि उक्त राजदूतावासमा शरण लिँदै आएका थिए।
असान्जले अमेरिकी नागरिक चेल्सी म्यानिङसँग मिलेर आफ्नो देशको रक्षा मन्त्रालयको कम्प्युटरमा रहेको गोप्य जानकारी प्राप्त गर्ने षड्यन्त्र गरेको अमेरिकाले आरोप लगाएको छ।
विकिलिक्स..
आईतवार, बैशाख १, २०७६ साल

तेहरान, १ बैशाख
इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।
गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ ।
पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्रायः सुक्खा..
शनिबार, चैत्र ३०, २०७५ साल

ऐजेन्सी, ३० चैत
उत्तर कोरियाले अमेरिकी आचरण सही भए अर्को वार्ताको लागि आफू तयार भएको बताएको छ।
शनिबार उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी आचरणको आधारमा आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो शिखर वार्ताको लागि तयार हुने बताएको उत्तर कोरियाली संचार माध्यमहरुले जनाएका छन्।
किमले भने,‘अमेरिका उचित र पारस्परिक सम्झौता गर्न चाहान्छ भने उत्तर कोरिया वैठकको लागि तयार छ।’
किम र ट्रम्पको भेट..
मंगलवार, चैत्र २६, २०७५ साल
काठमाडौँ, २६ चैत ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सेना रेभलुशनरी गार्ड कोर (आईआरजीसी)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषित गरेका छन् ।
अमेरिकाले अर्को देशको सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेको यो पहिलो पटक हो।
ह्वाइट हाउसले आईआरजीसीको मुख्य उद्देश्य विश्वव्यापी आतङ्कवादी अभियानलाई लागु गर्नु रहेको दाबी गरेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई आतङ्कवादी सङ्गठन घोषणा गरेर त्यसको प्रत्युत्तर दिएको छ।
केही..
मंगलवार, चैत्र २६, २०७५ साल
काठमाडौं, २५ चैत
लिबिया सरकारले राजधानी त्रिपोलीमा भएको संघर्षमा कम्तीमा २१ जनाको मृत्यु भएको जनाएको छ । यसअघि राष्ट्रसंघले संघर्षमा घाइते भएको र सर्वसाधारणको उद्दारका लागि दुई घण्टा युद्धविरामका लागि आग्रह गरेपछि भिडन्त जारी छ ।
जनरल खलिफा हफतरको नेतृत्वको विद्रोही फौज राजधानीलाई नियन्त्रण गर्ने उद्देश्यका साथ राजधानीलाई दक्षिण र पश्चिमतर्फबाट आक्रमण गर्दै अघि बढेका छन् । प्रधानमन्त्री फयेज अल सेराजले हाफतरले..
सोमबार, चैत्र २५, २०७५ साल
ढाका, बङ्गलादेश, २४ चैत
बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।
सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग कुनै व्यक्तिलाई पनि पक्राउ नगरिएको एक जना भन्सार अधिकारीले जनाएका हुन् ।
भन्सार गुप्तचर विभागका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा..
सोमबार, चैत्र २५, २०७५ साल

वासिङ्टन, २५ चैत
अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताउनुभएको छ । उहाँले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन..
आईतवार, चैत्र २४, २०७५ साल

काठमाडौँ, २४ चैत
नेपालमा वामपन्थी शक्तिको बोलबाला रहेका बेला भारतमा वामविचारधारा बोक्ने राजनीतिक दल कमजोर बन्दै गएका छन् । चुनावी परिणामलाई आधार मान्ने हो भने कम्युनिस्ट पार्टीहरूको जनाधार खस्कँदो छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने पक्का पक्कि छ । भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावमा वामविचारधाराका एक उम्मेदवार निकै चर्चामा छन्, उनि हुन्..
आईतवार, चैत्र २४, २०७५ साल

जकार्ता, २४ चैत
इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।
इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।
भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताउनुभयो । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
इन्डोनेसिया भूकम्पका कारण निकै..
आईतवार, चैत्र २४, २०७५ साल

सान फ्रान्सिस्को, २३ चैत :
सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ ।
यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ ।
नयाँ कानून अनुसार वासिङ्टनमा सुर्तीजन्य पदार्थ खरिद गर्न पाउने न्यूनतम उमेर १८ बाट..
शनिबार, चैत्र २३, २०७५ साल

त्रिपोली, २३ चैत :
लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस लिबिया आउनु भएको छ ।
भ्रमणका क्रममा उहाँले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गर्नु भएको छ ।
मलाई लिबियाका बारेमा गहिरो चासो छ, मलाई अहिले पनि विश्वास छ की लिबियामा भइरहेको रक्तपातको अन्त्य गर्न सकिनेछ ।
“मलाई लिबियाका बारेमा गहिरो चासो छ, मलाई..
शुक्रबार, चैत्र २२, २०७५ साल

सोल, २२ चैत
दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।
डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका थिए ।
राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो..
शुक्रबार, चैत्र २२, २०७५ साल

वासिङ्टन, २२ चैत
अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका हुन् । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यसले कानुनको रुप लिनेछ ।
तर राष्ट्रपति ट्रम्पले सिनेटको उक्त प्रस्ताव..
शुक्रबार, चैत्र २२, २०७५ साल

वासिङ्टन, २२ चैत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ ।
दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्त्याएको छ । अमेरिका र चीन सहित विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकहरुको आर्थिक वृद्धि घट्दै गएको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको अन्तिम व्यापार वार्ता र..
बिहिवार, चैत्र २१, २०७५ साल

ब्रसेल्स, २१ चैत
युरोपेली संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ ।
नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन ।
संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९..
बिहिवार, चैत्र २१, २०७५ साल

अल्जियर्स्, २१ चैत
अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् ।
राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ ।
उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको राजिनामा माग गर्दै भीषण रुपमा प्रदर्शनहरु भएका थिए । त्यसपछि राष्ट्रपतिले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको..
मंगलवार, चैत्र १९, २०७५ साल

काठमाडौँ, १९ चैत
विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताका कारण सन् २०१९ मा विश्वव्यापी व्यापार वृद्धि दरमा कमी आउने विश्व व्यापार संगठन (डब्लुटिओ)ले मङ्गलबार जनाएको छ ।
डब्लुटिआले यस बर्षका लागि उसको प्रारम्भिक अनुमान सार्वननिक गर्दै उक्त कुरा बताएको हो । यस पहिले गरेको प्रतिवेदनमा यस बर्ष विश्वव्यापी व्यापारमा ३.७ प्रतिशतको वृद्धि हुने प्रक्षेपण डब्लुटिओले गरेको थियो । तर यो अनुमानलाई मङ्गलबारको रिपोर्टमा..
मंगलवार, चैत्र १९, २०७५ साल

एजेन्सी, १९ चैत
प्रधानमन्त्री टेरिजा मेले प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताको मस्यौदा चौथो पटक बेलायती संसदले अस्वीकृत गरेको छ । ब्रेक्जिटपछि सीमा शुल्क, नर्वे शैलीको व्यवस्था र बेलायतलाई एकल बजार बनाउने लगायत विषयमा सहमतिका लागि आह्वान गरेको मतदानमा पनि प्रधानमन्त्री मे असफल भएकी छन् । सो मतदान कानूनी रुपमा बाध्यकारी नभएकाले नतिजा मान्न सरकार बाध्य नहुने बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री मेले..
सोमबार, चैत्र १८, २०७५ साल

लन्डन, १८ चैत ।
बेलायती संसद “हाउस अफ कमन्स”मा सांसदहरुले युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट) का विषयमा नयाँ सहमतिको खोजीका लागि सोमबार पुनः छलफल हुँदैछ ।
बेलायतको संसदले यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेले ब्रेक्जीटका बारेमा ल्याउनु भएका प्रस्ताव दुईपटक अस्वीकृत गरिसकेको छ । उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली यूनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ ।
युरोपेली यूनियनबाट बेलायतको बहिर्गमनको अन्तिम..
सोमबार, चैत्र १८, २०७५ साल

किभ, १८ चैत
युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ ।
वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिनुभएको थियो । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गर्नुभएको छ तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्नुभएको छैन ।
प्रारम्भिक..
आईतवार, चैत्र १७, २०७५ साल

बेइजिङ, १७ चैत
संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाबका कारण केही महिनादेखि समस्यामा परेको चिनियाँ कारखानाको उत्पादन क्षमता सरकारको विशेष प्रयत्नका कारण मार्च महिनामा सुधार भएको छ ।
चिनियाँ तथ्याँक ब्यूरोले आइतबार सार्वजनिक गरेको विवरणमा चीनको मासिक खरिद सूचक ५०.५ रहेको देखाइएको छ । गत फेब्रुअरीको तुलनामा यो १.३ विन्दुले वृद्धि भएको हो । गत महिना यो सूचक ५० थियो ।
गत वर्ष चीनको निर्यात..
Results 1326: You are at page 15 of 45